रवीन्द्र मिश्रको 'भूमध्यरेखा' चेपाङ गाउँलाई उपहार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रवीन्द्र मिश्रको 'भूमध्यरेखा' चेपाङ गाउँलाई उपहार Tuesday, 02 November 2010 17:47 नागरिक काठमाडौं, कात्तिक १६ (नागरिक)- चर्चित स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ। पुस्तक सार्वजनिक मिति नजिकिँदै जाँदा मिश्रले भूमध्यरेखा बिक्रीबाट प्राप्त सबै लेखकस्व चितवन कान्दाको चेपाङ समुदायलाई प्रदान गर्ने घोषणा गरेका छन्। 'पुस्तक बिक्रीबाट पाउने सबै लेखकस्व चेपाङ समुदाय उत्थानका लागि दिनेछु', नागरिकन्युजसँग मिश्रले भने- 'मैले दिए जति नै रकम प्रकाशकले पनि थप्नेछन्।' मिश्रले लेखकस्व स्वरुप एउटा पुस्तकको बिक्रीबाट २८ रुपैयाँ पाउनेछन्। प्रकाशकले २८ रुपैयाँ नै सहयोग गर्दा पाठकले किनेको एउटा पुस्तकबाट चेपाङ समुदायलाई ५६ रुपैयाँ जानेछ। पत्रकारितालाई जीवनवृत्ति बनाएर सँगसँगै मानवकल्याणतर्फ अग्रसर मिश्रको भूमध्यरेखा विचारोत्तेजक स्तम्भ संग्रह हो। पुस्तकको अन्तर्वस्तु राजनीति र कल्याण रहेको उनले बताए। 'पुस्तक राजनीति र कल्याण केन्द्रित छ। र मेरो पत्रकारिताको मूलबाटो पनि त्यही नै हो', उनले भने। नेपाली पुस्तकको आधुनिक बजार व्यवस्थापनका लागि ख्याती कमाएको फाइन प्रिन्टले उनको पुस्तक प्रकाशित गर्न लागेको हो। 'भूमध्यरेखा छपाइ प्रक्रियाको अन्तिम चरणमा पुगेको छ', फाइन प्रिन्टका निरज भारीले भने- 'नोभेम्बर दोस्रो साता सार्वजनिक हुनेछ।' २ सय ४३ पृष्ठको पुस्तक नेपालीभित्र २ सय ८० रुपैयाँमा उपलब्ध हुनेछ। कान्दा, चितवनका चेपाङ बालबालिका जसको सहयोगका लागि मिश्रको लेखकस्व खर्च हुनेछ। तस्विर सौजन्यः रविन्द्र सिंह बानियाँ Last edited: 02-Nov-10 10:03 AM

ANS · Nov 2, 2010 9:56 AM · 194 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion