साथीहरु संसारमा कति धेरै कुराहरु भैराख्याछ.संकटग्रस्त बृद्ध पूँजीवादी अर्थतन्त्रबीच गुज्रिरहेको अम्रिकामा मध्यरातदेखि संघीय सरकारका अत्यावश्यक वाहेकका सेवाहरु बन्द हुने सुरसार छ. भारतमा चलचित्र-परिहासमा सीमित गान्धीबादी बिरोधको ताजा अनुकरण अन्ना हजारेले गरेका छन् र त्यहाँ सरकार सचेत नागरिकहरुको सहभागितामा भ्रस्टाचार विरोधी कडा कानून मस्यौदा गर्न राजी भएको छ. हाम्रो प्यारो मुलुक नेपाल क्रान्तिको शीर्षकअन्तर्गतको पछिल्लो भुवंरीबाट अघि निस्कने एक अप्ठेरो एैठनबीच छ. म बस्ने यो उदास सहर फिलाडेल्फियामा आज साँझ सिमसिम वर्षा भएको छ, सायद वसन्तको स्वागतमा. हामीहरु संसार परिवर्तनको एक विशिस्ट घडीबीच छौ , सायद कुनै पनि पुस्ताझैं. परिवर्तनको यो श्वाश्वत ढुकढुकी सायद हामी सबै महसूस गरिरहेछौ , म यही आशा राख्दछु. कृपया आफ्ना अनुभूति तथा अनुभवहरु साट्नु होला , म अलि भावुक अवस्थितिमा छु .
tenthfractal · Apr 8, 2011 8:13 PM · 711 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion