म पुष्पकमल (प्रचंड) हुदो हूँ त.....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

- कम बोल्ने, गर्ने कुरा मात्रै बोल्ने, सके सम्म बिबाद माँ आउने कुरै नगर्ने... - बैध गुरुका कुरा सुन्ने, अनी डाक्टर लाइ लौ गुरु संग मिलेर मात्रै काम गर्नु पर्छ भन्ने... - म बबुरोले  के मा घमंड गर्नु , घमंड भन्ने कुरा गर्दै नगर्ने, परिवारबादबाट टाडै  रहन खोज्ने... -  झलजी संग मिलेर छिटो भन्दा छिटो शिविर व्यवस्थापन गर्ने, ५-६ हजार पूर्ब लडाकूलाई सुरक्षाफौजमा गाभ्ने| बाँकीलाई प्रतिव्यक्ति रु.४-५ लाख दिने , अनी केही गर भन्ने.. -  लोकतान्त्रिक संविधान स्वीकार्ने, किनकि यसमा हामीलाई कुनै नोक्सान छैन ।  यसो गर्दा हाम्रो खोइरो खन्ने देशी-विदेशी दलालहरूको मुखमा बुझो लाग्नेछ । - जातीय संघीयता हामीले बोक्न नसक्ने भारी भइसक्यो, एस्लाई जसरी हुन्छ  थान्को लगाउने.. - राजनीतिमा हिंसाको प्रयोग घोषित रूपमा त्याग्ने । "जनयुद्ध" को प्रयोगको  लागि पनि जनतासामु क्षमायाचना को लागी तैयार हुने । - हामीले हाम्रो पार्टी को नाम परिवर्तन गर्नेपर्ने  हुन्छ  संसार को  लागी पनी । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक  माओवादी) { United Nepal Communist party ( Democratic Maoist )}  राख्ने पार्टी को नाम.. यी वचनद्वारा मैले आफ्ना कार्यकर्तालाई मनाउने । किनकि सबैलाई थाहा भएकै कुरा हो , जनयुद्धको नाटक त यहाँसम्म आउनका लागि थियो । जो जो सही सिद्धान्तका लागि लडेका थिए तीमध्ये अधिकांश आत्मा त कहाँ पुगिसके कहाँ , त्यो त कल्लाई के थाहा ;)  Last edited: 01-May-11 08:55 AM

syandai · May 1, 2011 8:52 AM · 152 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion