Hot Article/Truth story never spoken

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.ekantipur.com/kanti... दिग्भ्रमित कांग्रेस अमेरिका र युरोपतिर दालभात चाख्दै, चन्दा बटुल्दै नेपाली राजनीतिको 'गफ' गरेर राष्ट्रको संक्रमणकालीन समयलाई एउटा जिम्मेवार व्यक्तिले कसरी पदीय दायित्व निर्वाह गर्‍यो, आफैं स्पष्ट छ । त्यतिले नपुगेर नयाँ दिल्लीको पर्खाइमा 'आत्मग्लानि' भन्दा 'आत्मरति' मा रमाएका सभापति कोइरालाले 'राष्ट्रिय स्वाभिमान' चुहिएको पत्तै पाएनन् । बिजुलीदेखि ढल, पानी, प्रश्न/उत्तरपत्र एवं राजस्व चुहिने रोगबाट कहिल्यै मुक्ति पाउन नसकेको हाम्रो दुःखी देशमा 'राष्ट्रियता' र 'राष्ट्रिय बजेट' चुहिनु नौलो भएन एमालेबाट माओवादीमा काजमा खटिएका प्रधानमन्त्री र अर्थमन्त्रीले माओवादीले जे चाहन्छ त्यही गरे जुन चाहिँ माओवादीका अर्थमन्त्रीले समेत गर्न चाहेनन् तब बोक्रे भाषणले मुलुक उँभो लाग्ने भए त पञ्चहरूले उहिल्यै एसियाली मापदण्डभन्दा माथि पुर्‍याइसकेका थिए । अन्यथा 'बहुलवाद' भित्र नेपालको संघीयता र शासकीय शैलीको चित्र कोर्न किन ढिला ? कांग्रेसको यस्तै सतही चाला कायम रहिरह्यो भने राजनीतिक टाउकोबाट पुच्छरतिर र्झन अब धेरै समय पर्खनु पर्दैन । अब प्रदीप गिरीको व्याख्यान न त तिनका सभापतिले बुझ्छन्, न त अन्य पदाधिकारीले नै मनन गर्ने कष्ट गर्छन् । त्यसैले अब कनिष्ठ कोइरालाले वरिष्ठ कोइरालाको समाजवादको 'सांगे श्राद्ध' गरिदिए पनि खासै फरक पर्दैन संसद्मा सबैभन्दा कम उपस्थित हुनेमध्येका शेरबहादुर देउवा संसदीय दलको नेता बन्न खोजे पनि संविधान लेखिन्छ भन्ने कुनै निश्चित आधार त छैन तर यिनको ताप्केभन्दा बिंड चाँडो तात्ने प्रक्रिया अचम्मको छ । 'कोइराला' सँग नेतृत्व मागेर यिनले कहिल्यै पनि पाउँदैनन्, त्यो तथ्य थाहा नभएको होइन तर पनि किन गनगन गरिराख्ने ? के देउवाले सोचेका छन् कि सुशील कोइरालाले तिनलाई प्रधानमन्त्री बनाउने कसरतमा अघिल्लो पंक्तिमा राखेका छन् ? हिजो जब देउवा प्रधानमन्त्री थिए तब सुशील कोइरालाले आफ्ना नन्दी, भृङ्गी लगाएर कसरी त्यो सरकार गिराएका थिए ? संसारमा बाघ बूढो भएर शाकाहारी भएको दृष्टान्त अहिलेसम्म वैज्ञानिकहरूले भेटेका छैनन् । उदाहरणका लागि सुशील कोइरालालाई खुसी पार्न प्रकाशनमान सिंहले नेविसंघ विघटन गर्ने प्रस्ताव गर्नु प्रजातान्त्रिक मूल्य र मान्यताभन्दा फरक कार्य थियो किनभने सुशील कोइरालाको राजनीतिक संस्कार नै 'विघटन' को हो जसरी महेन्द्र शाहले संसद् विघटन गरेपछि तिनको जागिर बच्यो । विगत १५/१६ वर्षमा नेपाली कांग्रेसका यावत् संस्थाहरू विघटन गर्दै 'टीके' राजनीतिका प्रवर्तक वर्तमान सभापतिको 'शास्त्रीय नीति' लाई नै आत्मसात् गर्न थालेपछि रामचन्द्र पौडेल र प्रकाशमान सिंहको राजनीतिक धर्मसंकटमा नपर्ने कुरै भएन

dimehot · Jul 21, 2011 4:07 PM · 951 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion