मोरी कति मायालाग्दी छे भने, के कुरो गर्नु र। आफ्नो भविश्य राम्रो हुन्छ त्यस्लाई छोडेर अम्रिका छिरेको नि ३ बर्ष हुन लगिसकेछ। एत्रो समय बितिसक्दा नि माया मार्न सकियेन। अरु भन्छन नि - जति टाढा भयो माया उती घट्छ, अनी त्यस्तो सम्बन्ध धेरै दिन टिक्दैन। लामो दूरिका सम्बन्ध टिक्दैनन् भनेर साझामै पनि थुप्रै लेख देख पारीरहन्छन। तर म सोच्छु - खै त, आफ्नो अझै राम्रै छ त! ३ बर्ष हुँदा पनि पहिलाको भन्दा केही फरक छैन! फेरी मान्छे किन लामो दुरीका सम्बन्ध काम गर्दैनन भन्छन? अरुको जे जस्तो भएपनी आफ्नो सम्बन्ध लामो दुरिको हुँदा हुँदै पनि राम्रै चलिरहेको हुनाले आफुलाई केही भाग्यमानी ठान्छु। आजसम्म अरुले जस्तो मायामा धोका पाएको कबिता र लेख लेख्नु परेको छैन। कहिले कही सानो तिनो कुरामा खट्-पट् भएर २-४ दिन कुरा नभएको बेलामा लेखम लेखम लग्थ्यो, तर जब लेख्छु भनेर सुरु गर्‍यो "तैत! के लेख्नु! बरु फोन गरेर फकाउछु।" भन्ने सोच्न आउथ्यो अनी फोन गर्‍यो, केही नभएको जस्तो गरी राम्रै सँग बोल्थी मोरी। फकाउनु नि नपर्ने, कती सजिलो! साचै भन्नु पर्दा, एस्ता झै-झगडा पर्दा मैले उस्लाई भन्दा उस्ले मलाई बढी फकाउने गर्छे। अनी भन्छे, "अरुको चाही केटी रिसाइ भने केटोले कत्ती मेहेनत गरेर फकाउछन, गिफ्ट दिन्छन; हाम्रो चाँही कस्तो उल्टो छ, मैले फकाउनुपर्छ! आफु खाली हुप्प परेर बस्छ! (हाँस्दै) फकाउनु पर्दैन मलाई?" म केही भन्दिन, आफ्नै बानी त्यस्तो भएपछी "होइन" भनेर जित्न खोज्नु ब्यर्थ हुन्छ। बल्ल बल्ल मीड-टर्म सकेर फुर्सद भएको थियो, कुरा नगरेको पनि ३ दिन जस्तो भएको थियो क्यारे। घुमाये फोन मैले। कुरा के हुनु र - दसैं! फोन गर्न पाको छैन, "मलाई दसैंलाई के किन्दिनी?" भन्छे! "के चाहिन्छ भन, म दिन्दिउला" भने। "मलाई पाइन्ट, टि-सर्ट, अनी जुत्ता किन्देउ"; एक्छिन यो पनि चाहिन्छ त्यो पनि चाहिन्छ भनेर गनगन गर्छे अनी आँफै भन्छे, "भयो, केही चाहिदैन अहिले, पछी किन्दिनु"। "पछी?" "बिहे भएपछी, नबुझ्या </
jantare1 · Oct 2, 2011 1:25 PM · 20 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion