New Buddha, is he villain or hero?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  बम्जनले आफ्नै दाजु र बहिनीलाई कुटे   २१ चैत, पथलैया । दुई महिलालाई तीन महिना सम्म बन्धक बनाएर राखेकेा घटना सेलाउन नपाउँदै तपस्वि भनिएका रामबहादुर बम्जनले फेरि आफ्नै दाजु र बहिनीलाई कुटपिट गरेका छन । स्लोभाकियाकी मारिचीलाई बन्धक बनाएर यौनशोषण गरेको समाचार सार्वजनिक भएपछि दोषीलाई कारबाहीको माग गदै हलखोरिया जंगल पुगेका आफ्नै परिवारका सदस्यहरुलाई बम्जनले कुटपिट गरेका हुन । मारिचीले आफुलाई बाधी श्रवण संघले बन्धक बनाएको र संघका दर्शन लिम्बुले यौन शोषण गरेको बताएकी थिईन । घटनाका बारेमा बुझ्न बम्जनको परिवारका सदस्य सहित नौ जना आईतबार राती तपस्या स्थल हल खोरिया जंगल पुगेका थिए । उक्त ठाउँमा पुगेका ६ जनालाई लिम्बुले तरबार देखाउँदै खेदेका थिए भने  बम्जनले आफ्नै परिवारका तीन जना दाजु भाई र बहिनीलाई पिटेको आजको अन्नपूर्ण पोष्टले खबर छापेकेा छ । Last edited: 02-Apr-12 11:17 PM

timer · Apr 2, 2012 11:11 PM · 132 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion