kukur
Replies to this thread:

More by kukur
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 indian idol result
[VIEWED 2536 TIMES]
SAVE! for ease of future access.
Posted on 09-08-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

….तर ग्राण्ड फाइनलमा पुग्न सफल भए त ?
-रिजेन/नयाँ दिल्ली-
अपडेट (अपराह्न २२०): सम्पूर्ण नेपालीका चासोका विषय बन्न पुगेका प्रशान्त तामाङ अन्ततः इन्डियन आइडलको ग्राण्ड फाइनल अर्थात् टप टुमा पुग्न सफल भए कि भएनन् त ? इन्डियन आइडलको आज राति प्रसारण हुने कार्यक्रमका लागि भएको शुटिङमा उपस्थित मेरा मित्र अभिषेकले मलाई एसएमएसबाट दिएको जानकारी अनुसार कार्यक्रमको सुरुमा अमितलाई सेफ भनी घोषणा गरिन्छ भने प्रशान्त र इमोन ड्यान्जर जोनमा पर्छन्। प्रशान्त ड्यान्जर जोनमा परेको यो दोस्रो अवसर हो। यसअघि धेरै पहिले गाला राउन्ड सुरु हुनुअघि जुन महिनामा प्रसारण भएको कार्यक्रममा प्रशान्त बटम फोर अर्थात् ड्यान्जर जोनमा परेका थिए।

तर अन्त्यमा प्रशान्त ग्राण्ड फाइनलमा पुग्न सफल हुन्छन्। इमोन आजको कार्यक्रमबाट आउट हुन्छन्।

अब इन्डियन आइडलको ग्राण्ड फाइनल गीतसंगीतमा एकदम प्रवीण अमित र संगीतको कुनै अ‍ौपचारिक शिक्षा नलिएका दार्जिलिङका अनाथ तर आफ्नै प्रयास र समर्थकहरुको ठूलो सहानुभूतिका बीच यहाँसम्म आइपुगेका नेपाली मूलका प्रशान्तबीच हुनेछ।

यो सँगै अब हाम्रो रिजल्ट पहिले नै थाहा पाउने क्रमको पनि अन्त्य हुनेछ। किनभने ग्राण्ड फाइनलको रिजल्ट लाइभ प्रोग्राममा हुनेछ अहिलेको जस्तो रेकर्डेड प्रोग्राममा हैन। अबका केही हप्ता विभिन्न ठाउँमा टप टुले कन्सर्ट गर्दै भोट क्याम्पेन गर्नेछन् र, अन्त्यमा केही घण्टा लामो ग्राण्ड फाइनलको सोनीमा लाइभ टेलिकास्ट हुनेछ।
-rijen.ndh@gmail.com

 
Posted on 09-08-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्ततः समर्थकहरुको अपार समर्थनका साथ प्रशान्त इन्डियन आइडलको ग्रान्ड फाइनलमा पुग्न सफल भएका छन्। संगीतको कुनै अ‍ौपचारिक शिक्षा नलिएका प्रशान्तको अगाडि अब प्रतिस्पर्धीका रुपमा इन्डियन आइडल कै सबैभन्दा प्रतिभाशाली मानिएका गायक अमित छन्। यस अगाडिका कार्यक्रमहरुमा लगातार सबैभन्दा बढी मत पाउने प्रतिस्पर्धीका रुपमा रहे पनि प्रशान्त यस पटकको कार्यक्रममा भने बटम टुमा पुगे। अर्थात् सबैभन्दा बढी मत अमितले पाए। त्यसैले पनि प्रशान्तको आगामी यात्रा त्यति सहज हुने छैन, जति पहिले थियो। त्यसो त कार्यक्रमको शैली पनि अब फरक हुनेछ। ग्राण्ड फाइनल २३ सेप्टेम्बर आइतबार राति आठ बजेदेखि १० बजेसम्म दुई घण्टा नयाँ दिल्लीमा हुनेछ।यसमा दुवै गायकले आफ्नो गायन प्रतिभा देखाउने छन्।

यसअघि भारतका विभिन्न सहरमा दुवै गायकले कन्सर्ट गर्नेछन् र आफ्नो लागि भोट माग्नेछन्। भोटिङ अवधिका बारेमा यकिन थाहा हुन सकेको छैन। तर भोटिङ अवधि पनि पहिलेको तुलनामा धेरै हुनेछ। अमितलाई पूरै भारतको र प्रशान्तलाई नेपाली समुदायको मात्र समर्थन रहेको रुपमा चित्रण हुन थालेकोले पनि प्रशान्तको यात्रा कठिन हुने देखिन्छ।

२३ सेप्टेम्बरमा दुई घण्टा लामो लाइभ प्रोग्राममा इन्डियन आइडल ३ को अ‍ौपचारिक घोषणा गरिनेछ। लाइभ प्रोग्राममा यस्तो घोषणा गरिने भएकोले तपाईँहरु आफै यो कार्यक्रम हेरेर रिजल्ट थाहा पाउन सक्नुहुनेछ, अहिले जस्तो मैले पहिले नै भनिरहनु पर्ने हुँदैन।विगत केही हप्तामा मैले अग्रिम रिजल्ट बताउँदा मेरो व्यक्तिगत इमेलमा आएका धन्यवादका शब्दहरुका लागि आभार व्यक्त गर्दछु।

२३ सेप्टेम्बरमा विजयी घोषणा भएका इन्डियन आइडल (अमित पल वा प्रशान्त तामाङ) लाई आवाजमा अझ बढी निखार ल्याउनका लागि सोनी बिएमजीले एक वर्षसम्म प्रशिक्षण दिनेछ। त्यसपछि इन्डियन आइडलको पहिलो एल्बम बजारमा ल्याइनेछ। यसबाहेक सोनी इन्टरटेनमेन्ट टेलिभिजनसित पनि विजयीको एक करोड रुपैयाँको कन्ट्रयाक्ट हुनेछ। -rijen.ndh@gmail.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
advanced parole
Tourist Visa - Seeking Suggestions and Guidance
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters