[Show all top banners]

deeps
Replies to this thread:

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेरि मधेश र प्रशान्तको कुरा
[VIEWED 5455 TIMES]
SAVE! for ease of future access.
Posted on 10-07-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधेश र प्रशान्तको वारेमा रामरिझन यादवद्वारा लेखिएको विचारोत्तेजक लेखका लागि www.palpaonline.com  मा जानुहोस्।

 
Posted on 10-07-07 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i agree with him

 
Posted on 10-08-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रशान्त-क्रेजले उब्जाएको प्रश्न : रामरिझन यादव

Filed under: Politics, Articles, Dhanusa, Culture, Nepal, India, Madhesh, Terai, Debate, Views, Social Justice, Society, Political Analysis — admin at 5:48 pm on Sunday, October 7, 2007

विगत करबि एक दशकको नेपाली राजनीतिलाई वस्तुपरक ढङगबाट व्याख्या-विश्लेषण गर्ने हो भने कैयौँ पूर्ववत् मान्यताहरू धराशयी भएको पाइन्छ । नेपालको राष्ट्रिय अखण्डताको प्रतीकका रूपमा बखान हुँदै आएको राजतन्त्र आफ्नो अन्तिम दिन गनिरहेको छ भने एकात्मक र केन्द्रीकृत राज्यप्रणालीको विकल्प नेपालमा छैन भन्ने कथित आधारभूत सोच एवम् दृष्टिकोण पूर्ण रूपमा गलत सावित भएको छ । यहाँसम्म कि हिन्दू र हिन्दूत्व यहाँको प्राण हो अनि गणतन्त्रात्मक शासन प्रणालीको यहाँ कुनै गुन्जाइस छैन भन्ने सयौँ वर्षको स्थापित मान्यता मरणासन्न अवस्थामा पुगिरहेको छ । यस्तो बेला एउटा ‘इन्डियन आइडल’ प्रशान्त तामाङप्रतिको नेपाल-’क्रेज’ ले यस्ता थुप्रै प्रश्नहरू जन्माएको छ, जसको सही, ठोस र वस्तुपरक जवाफ खोज्नु अहिलेको आवश्यकता हो ।

प्रशान्त तामाङ दार्जीलिङका हुन् । उनको राष्ट्रियता भारतीय हो । प्रहरी ब्यान्डमा काम गर्दा दिनहुँ ‘जन-गण-मन अधिनायक जय हो भारत भाग्य विधाता पन्जाब सिन्ध गजुरात मराठा’ भन्ने भारतीय राष्ट्रिय गीतबाट आफनो दैनिक दिनचर्या सुरु गर्ने प्रशान्तले नेपाली भाषा बोल्दैमा र ढाकाटोपी लगाउँदैमा नेपालीहरूले यति जोडतोडका साथ नारा, जुलुस र उत्सव नमनाउनुपर्ने हो । काठमाडौँका सडकमा कहिल्यै नदेखिएको मध्यरातीमा दीपावलीझैँ पटाका नपड्काउनुपर्ने हो । तर, व्यवहारमा एउटा विशुद्ध नेपालीले प्राप्त गरेको विजयभन्दा भारतीय नागरकिको विजयमा ठूलो उत्सव मनाइनुले कतिपय नेपालीभाषी नेपालीहरूमा एकलकाँटे सोच र विचार अद्यावधि कायम रहेको प्रतीत हुन्छ ।

पञ्चायतकालमा राजा महेन्द्रको भाषिक राष्ट्रवादलाई अहिले नेपाली जातीय राष्ट्रवादमा रूपान्तरण गरिएको देखिन्छ । त्यसैले प्रशान्त तामाङलाई नेपालीको जातीय पहिचानको प्रतीक, नेपाल र संसारभर छरिएर रहेका नेपालीहरूको गौरव, नेपालीको सान, नेपाली जातिका एकताका प्रतीक, नेपालीपनको पुनर्जागरण तथा नेपालीहरूको गहनाजस्ता कैयौँ विशेषणयुक्त श्रीपेचबाट अलङ्कृत गरेको देख्दा नेपालीय मधेसी मन चिसिन्छ, तातिन्छ र उम्लिन्छ  ।

एक करोड नेपालीय मधेसीहरूको भाषा, संस्कृति, रहनसहन र परम्परा आफनै मुलुकमा एउटै राष्ट्रियता बोकेका डेढ करोडभन्दा बढी पहाडी मूलका नेपालीहरूसँग त्यति मिल्दैन, बरु भारतसँग मेल खान्छ । यस्तो परिस्थितिमा धोती, कुर्ता र गम्छामा सजिएर कुनै भारतीयले नोबेल पुरस्कार थाप्छ भने त्यस खुसीलाई नारा, जुलुस र उत्सवमा रूपान्तरण गरी मधेसीहरूले मधेसलाई नै जुलुसमय बनाउँछन् भने त्यो पनि अतिवादी चिन्तनधाराबाट ग्रस्त भएको बुझ्नुपर्छ ।

सुगौली सन्धिले प्रशान्त तथा प्रशान्तजस्ता थुप्रै गोर्खालीहरूलाई भौगोलिक परिधिभित्र बाँधे पनि भाषा, संस्कृति र परम्परालाई छेकवार गर्न नसकेकाले नेपालीभाषी नेपालीहरूको मन र मस्तिष्क प्रशान्तको विजयमा रमाएको कुरालाई स्वाभाविक मान्न सकिएला । तर, जुन रूपमा तिनीहरूले खुसी व्यक्त गरेका छन्, त्यस अतिशयोक्तिलाई व्याख्या-विश्लेषण गर्ने हो भने औसत नेपालीभाषी नेपालीहरू अहिले पनि राजा महेन्द्रको भाषिक राष्ट्रवादबाट यो वा त्यो अर्थमा प्रभावित रहेको देखिन्छ । यहाँसम्म कि ठूलाबडा केही नेपालीभाषी लेखक तथा पत्रकारहरू पनि यस रोगबाट अछूतो रहन सकेका छैनन् ।

अरुणा लामा, लैनसिंह वाङ्देल, रणधीर सुब्बा, तुलसी घिमिरे, नीरुता सिंह सबै भारतबाट आएका प्रतिष्ठित र लोकपि्रय विद्वान्, कलाकार, गायक तथा नेताहरू हुन् । नेपाल सरकारले नेपालीभाषीको हैसियतले उनीहरूलाई प्रदान गरेको इज्जत, प्रतिष्ठा, पद र सम्मानको कुनै लेखाजोखा छैन । तर, मुलुकको दोस्रो सबभन्दा बढी बोलिने भाषा मैथिलीको नेपालमा पठनपाठनदेखि साहित्य-सिर्जनामा प्राध्यापक डा धीरेश्वर झा ‘धीरेन्द्र’ ले जुन योगदान गरेका छन्, त्यतिको स्तरमा एउटा मैथिलीभाषी नेपाली साहित्यकारले आजसम्म गर्न सकेको देखिँदैन । तर, डा धीरेन्द्र मैथिलीभाषी भारतीय नागरकि भएकाले त्यो मर्यादा र सम्मान नेपाली शासकबाट पाउन सकेनन्, जुन सम्मान र प्रतिष्ठा नेपालीभाषी भएकाले लैनसिंह वाङ्देलले पाए ।

राजा महेन्द्रले कुनै नेपालीभाषीलाई दार्जीलिङबाट उठाएर प्रज्ञा-प्रतिष्ठानको उपकुलपति बनाउन सक्छन् भने ४० वर्षदेखि प्राध्यापन गररिहेका डा धीरेन्द्र त्यस पदमा किन पुग्न सक्तैनन् भन्ने प्रश्न उहिलेदेखि सचेत नेपालीय मधेसीहरूको मनमा उठिरहेको अवस्थामा नेपालीभाषी नेपालीहरूले प्रशान्तबारे आवश्यकताभन्दा बढी चासो देखाएकाले मधेसीहरूको मनमा चिसो पसेको हो । खासगरी ‘एउटै भाषा एउटै भेष, प्राणभन्दा प्यारो छ’ भन्ने पञ्चायतकालीन सूत्रबाट प्रशिक्षित व्यक्तिहरूले कपिलवस्तुभन्दा कालिम्पोङलाई काठमाडौँको नजिक ल्याउने प्रयास गरेको देखिन्छ । बहुजातीय र बहुभाषिक समाजमा राजा महेन्द्र शैलीको राष्ट्रवाद अफापसिद्ध भइसकेको अवस्थामा प्रशान्तलाई नेपाली जातिको सान र पहिचानका रूपमा प्रस्तुत गर्नु पक्कै पनि २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनको अपमान हो । यहाँसम्म कि उक्त महान् जनआन्दोलनको परपिूरकका रूपमा भएको माघे मधेसी विद्रोहलाई बुझ्न, सम्झन र आत्मसात् गर्न नसक्नु हो ।

गोर्खालीको वीरता, साहस र सौर्यको इतिहाससँग प्रशान्तलाई जोड्ने हो भने त्यो केही हदसम्म जायज हुन्छ । किनभने, प्रशान्त तथा प्रशान्तजस्तै थुप्रै पहाडी नेपालीहरूको पुर्खाले वीरताको युद्ध लडेको इतिहास छ । गोर्खा नेपालमा छ तर भारतीय नेपालीभाषीहरू आफूलाई गोर्खाली भन्न रुचाउँछन् । यसको मूल कारण फेरि पनि पहिचानको सङ्कट नै हो । सुगौली सन्धिले भौगोलिक सीमा निर्धारण गरेको सयौँ वर्ष बितिसक्दा पनि स्वतन्त्र भारतमा नेपालीभाषीहरूको पहिचानको सङ्कट कायमै थियो, जसरी मधेसीहरूको नेपालमा अद्यावधि रहेको छ ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा सन् ‘८० को दशकमा चलाइएको छुट्टै गोर्खाल्यान्ड राज्य प्राप्तिको आन्दोलनले केही हदसम्म उक्त समस्यालाई हल गरेपछि नेपालीभाषी भारतीयहरूले अलग पहिचान कायम गर्न आफ्नो क्षेत्रलाई गोर्खा पर्वतीय परिषद्, आफ्नो भाषा र आफूलाई गोर्खाली भन्न थालेका हुन् । दार्जीलिङका नेपालीभाषी समुदायका नेता सुवास घिसिङ गोर्खा पर्वतीय परिषद्‌को प्रमुख हुन पाउनुपूर्व सन् १९५० को नेपाल-भारत सन्धिको कट्टर विरोधी थिए । तर, त्यसबारे अचेल उनी बोल्दैनन् ।

प्रशान्तले पनि गीत गाउँदा नेपाली शब्द उच्चारण गर्नुभन्दा बढी गोर्खा शब्द नै प्रयोग गरेको देखियो । ‘गोर्खाको छोरा हुँ, गोर्खाली मेरो नाम’ भन्ने गीतले नेपालीभाषीहरूको मन र भावनालाई छुन सकेको होला तर यसले यस पङ्क्तिकारका पिता विश्वनाथ यादवलाई खासै असर पार्दैन । यसको मूलकारण फेर पनि राजनीति नै हो । सन् १९१४ को बि्रटिस भारतसँगको युद्धमा मधेसीहरूको भावनात्मक एकता आफ्नै देशको सरकारभन्दा उपनिवेशवादी बि्रटिस भारततर्फ थियो  । र, सायद त्यसैले होला, दुई वर्षपछि सुगौली सन्धि हुँदा ब्रिटिस भारतले तराईवासीहरूलाई कुनै प्रकारको दुःख नदिने सर्तनामा गराएको तथ्य इतिहासको पानामा अङ्कित छ । तर, इतिहासबाट सिक्न नचाहनेहरू मधेस र मधेसीको सवालमा संवेदनशील हुन सकेनन् । उनीहरूलाई राष्ट्रको मूलधारमा ल्याउनुभन्दा उपेक्षित तथा तिरस्कृत गररिहे ।

शासकहरूको यो षड्यन्त्रकारी सोचमाथि प्रत्यक्ष वा अप्रत्यक्ष स्वीकृति दिनेहरूका लागि प्रशान्त तामाङ नेपालीको पहिचान, नेपालीको सान र नेपालीको ज्यान हुनसक्छ, मधेसीका लागि होइन । मधेसीका लागि ऊ भारतीय हो । भारतीय टीभी च्यानलको प्रतिभावान उद्यमी हो । त्यसैले, इन्डियन आइडल हुन सकेको हो । तसर्थ, प्रशान्तको विजयमा धरान तात्तियो, काठमाडौँ उम्लियो तर जनकपुर, राजविराज र नेपालगन्ज उफ्रन सकेन । किनभने, नेपाल अहिले पनि साँचो अर्थमा राष्ट्रिय-राज्य (नेसन स्टेट) बन्न सकेको छैन । राष्ट्रिय-राज्यको निर्माण एकलकाँटे गीत गाएर हुँदैन । बहुराष्ट्रिय सोच र दृष्टिकोण हुनुपर्छ । बहुलवादी समाजको चरत्रि बोकेको राष्ट्रमा एक भाषा एक भेषको नीतिले प्रशान्त तामाङहरूलाई उचाल्न सक्छ । तर, आफ्नै मुलुकका मैथिली, भोजपुरी र अवधिजस्ता भाषाहरूलाई हामी आफैँले अपनाउन र चिन्न नसकेको यथार्थलाई आत्मसात् नगरुन्जेेल वास्तविक अर्थमा राष्ट्रियता मजबुत हुन सक्दैन । ऐतिहासिक जनआन्दोलनले दिएको मूल सन्देश पनि यही हो ।

अल्पसङ्ख्यक समुदायको सुरक्षाको प्रश्न अहम् विषय बनिरहेको वर्तमान विश्वमा भारतीय नेपालीभाषीहरू पनि त्यही प्रक्रियाबाट गुजि्रनुपरेको छ, जसरी आज नेपालमा मधेसीहरू गुजि्ररहेका छन् । गोर्खाल्यान्ड आन्दोलन नभएको भए भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई समावेश गर्न गाह्रै थियो । आफ्नो भाषालाई राज्यले मान्यता नदिएका कारण सिक्किमकी नेपालीभाषी सांसद दिलकुमारी भण्डारी एकताका भारतीय संसद्मा क्वाँ-क्वाँ रोएकी थिइन् । नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा प्रवेश पाएपछि भारतीय नेपालीभाषीहरूले त्यस दिनलाई दीपावलीका रूपमा मनाउँछन् भने नेपालका मधेसीभाषीहरूले आफनो देशमा त्यस स्तरको मान्यता अझै पाउन सकेका छैनन् । त्यसैले भाषा, संस्कृति र परम्पराले जातीय पहिचानलाई फराकिलो पार्छ भन्ने सोचका आधारमा दार्जीलिङवासी भारतीयहरूलाई आफ्नै मुलुकका मैथिली, भोजपुरी र अवधिभन्दा बढी प्रश्रय दिन खोजिएको हो भने त्यसले कालान्तरमा राष्ट्रियताको प्रश्नमा कलह निम्त्याउँछ ।

उदेकलाग्दो कुरा त के छ भने जसले हिन्दी भाषाको नाम पनि सुन्न चाहँदैन, तिनीहरूले नै हिन्दी गीत गाएर इन्डियन आइडल बनेका प्रशान्त तामाङलाई आफ्नो सान ठान्छन् । र, के अर्थमा गर्व गर्छन् भने प्रशान्त तामाङ नेपालीभाषी हो । यसरी आफ्नो समुदायको भएकै कारण अन्तरिक्ष वैज्ञानिक कल्पना चावला र सुनीता विलियम्सप्रति भारतीयहरूले पनि खुब खुसी व्यक्त गरेका थिए, नारा-जुलुस लगाएका थिए । तर, आफ्नै मुलुकका एक अल्पसङ्ख्यक जातिमध्ये रहेका गोर्खालीका छोरा प्रशान्त तामाङ इन्डियन आइडल भएपछि दिल्लीको एक उरन्ठेउले एफएम रेडियोले अपशब्द प्रयोग गर्दा सिलिगुडीमा झन्डै साम्प्रदायिक दङ्गा भड्केको थियो । पहाडको रानी दार्जीलिङप्रति मात्र होइन, नेपालप्रति समेत भारतीय शासकको दृष्टिकोण राम्रो नभएकाले यस प्रकारको स्थिति सिर्जना भएको हो । तर, बुझ्नुपर्ने कुरा के छ भने भारतीय हैकमवाद तिनै प्रशान्त तामाङ र उनले पाएको इन्डियन आइडल उपाधिमार्फत नेपालमाथि आफ्नो सांस्कृतिक वर्चस्व कायम राख्ने प्रयास गर्दैछ, जसको खुलासा आगामी दिनहरूमा हुँदै जानेछ ।


 
Posted on 10-08-07 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

me too. i totally agree with him. 'Hritik Kaanda' didnt seem enough for us nepalese to start this craziness with Prashant tamang. Personally I too admire Prashant but I do think that "We Nepalese deserve more than Prashant to have something to be proud of" just like one of my indian friend said.
 
Posted on 10-08-07 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sayy nigga man!! i agree with u ova here.. even though i thought u were pendejo.. u arent that bad .. WRETCH!! u do have a good point ova here.. oraley homes!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters