[Show all top banners]

SadhanaSharma
Replies to this thread:

More by SadhanaSharma
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 आमा
[VIEWED 8228 TIMES]
SAVE! for ease of future access.
Posted on 11-27-07 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कविता अहिले सम्म मैले लिखितरुपमा पढ्न पाएकी छैन । मेरा पिता श्री लक्ष्मीधर गुरागाईंले म सानै हुँदादेखि यो कविता मलाई सुनाउने गर्नुहुन्थ्यो र आजसम्मपनि यो हामी बाबुछोरीको मनपर्ने कविता मध्येको एक हो । यस कविताका रचयिता श्री कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भन्ने पनि मैले मेरा पिता मार्फत सुनेकी हुँ ।  यो कविता यहाँ पुरा नहुन पनि सक्छ, हरफहरु तलमाथि भएकापनि हुनसक्छन् । त्यो यहाँले बताइदिनुभए म आभारी हुनेछु ।   यस्तो सुन्दर सिर्जनाका सर्जकलाई हृदयदेखि नै धन्यवाद दिंदै म यो कविता सबैसामु पस्किन चाहन्छु ।

आमा
झिकेर मुटुको टुक्रा छाती भित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्
जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा

कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्
ताते ताते भनी मीठो तोते बोली सिकाउँछिन्
राखेर काखमा नानी कहिले गीत गाउँछिन्
बाबु सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन्

बाबु उठ्छ भनी राती अल्प अल्प निदाउने
बाबु रुन्छ भनी चाडैं अन्तबाट बिदा हुने
बाबुकै साथमा खेल्छिन्, काखै काख नचाउँछिन्
आमाले नै विधाताको शृष्टिलाई बचाउँछिन्

कोखा कोखा भनी खाना नानीलाई खुवाउँछिन्
बगाई दुधको धारा शिशुलाई नुहाउँछिन्
मातृवात्सल्य रित्तिन्न जस्तै दु : ख भएपनि
बचरा गुँड छोडेर टाढा टाढा गएपनि

कुनैबेला लुकी आफैं शिशुलाई छकाउँछिन्
रोएपनि स्वयम् आई हाँसी हाँसी फकाउँछिन्
डर भन्ने कुनै हुन्न आमाको काखमा हुँदा
भन्दछन् पोष नै लाग्छ स्नेहिला हातले छुँदा

आमाको रुप बिग्रिन्छ सन्तान जन्मिएपछि
सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि
तरपनि हुन्छ यो सारा आमाको निम्ति गौरव
आमा निश्वार्थ देवी हुन् नभनौं कसरी अब

जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान्
धर्ती मैं छ सबै चीज खोजे मिल्छ घरी घरी
तर जन्मदिने आमा पाईंदैन कसै गरी
                       तर जन्मदिने आमा पाईंदैन कसै गरी ।।

 
Posted on 11-27-07 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साधना जी अत्यन्त मार्मीक छ ।
के गर्ने आमा भन्ने शब्द नै प्यारो छ।
पोस्ट गर्नु भएछ
धन्यवाद छ धेरै।

उही
सोमेसार्की

 
Posted on 11-27-07 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Simply masterpiece! Amazing creation.

Thanks for presentation.


 
Posted on 05-04-08 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Mother's day to all!!!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters