[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तालिवानिकरणको दिशामा लम्केको नेपाल
[VIEWED 5154 TIMES]
SAVE! for ease of future access.
Posted on 12-09-09 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन दुइगुणा रात चौगुणाको दरमा देश ओरालो लागेको छ, राज्य ब्यबस्था अस्तब्यस्त छ । सुशासन, नियम र इमान्दारिता जोकको विषय भएको छ, नेपाल जस्तै नेपालीहरु पनि अन्तरविरोधयुक्त मानसिकताले ग्रस्त छन । जे भन्छन त्यो गर्दैनन् जे गर्छन त्यो भन्दैनन ।

लोकतन्त्र गणतन्त्र आइसक्यो तर पनि  उत्पीडित र अन्यायमा परेकाहरूको लागि केइ न केइ । उहि बासि अनुहार उहि भ्रष्ट मान्छेहरु उहि जमात र उहि निर्लज्ज तौरतरीकाले जताततै राज गरेको छ । सर्वसाधारण र निम्न तथा गरिखाने मानिसका लागि राज्यको दृष्टिकोण, ब्यबहार सरसुविधा एकथोपा बदलिएको छैन । सरकारमा जुनसुकै सिद्धान्त वा पार्टीको नेता पुग्दा पनि सरकार चलाउने तौरतरीका उस्तै छ । परीवर्तनको आभाष गराउन तिनीहरु पुरै विफल छन र जनता पुरै निराश छन ।

त्यसमाथि  हरेक ठूला दलमा मुख्य नेता कमजोर हुँदै छन् । माओबादीमा प्रचण्डको कुरालाइ कतिपल्ट धोति लगाइदियो गनि साध्य छैन । गिरीजाको साख काँग्रेसमा ह्वात्तै घटेर कृष्णप्रसाद हुनेतिर लम्केको छ । माधव, झलनाथ र ओलि कोहि पनि एमालेमा आफ्नो नेतृत्त्व पकड देखाउने हैसियत राख्दैनन । मधेशि नेताहरु पनि हलुँगो छन । यो नेता गतिलो छ भनेर विश्वास दिन लायक, आशा गर्न लायक कोहि देखा परेका छैनन । 

जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने स-साना कामको लागि पनि आन्दोलनै गर्नु पर्ने स्थीति छ, दबाव नदिएसम्म केहि पनि नहुने, बलिया बाँगाले जे गरे पनि हुने जस्ता राज्यहिनताले समग्र देशलाइ चरम निराशातिर लगेको छ । 

निराशाको वातावरण झनझन बढ्दो छ, नजानिदो पारामा हाम्रो समाज धार्मिक, जातीय, क्षेत्रिय कट्टरतामा डुब्दैछ। बढ्दो अव्यबस्था, घट्दो राजनीतिक पकड, बढ्दो जातीय-क्षेत्रीय द्वेष, राज्यहिनता तथा उत्पिडित वर्गका जायज माग तथा आकांक्षामाथि उपेक्षा हुने स्थिति का साथै गञ्जागोल राजनीतिक वातावरण तथा अनिश्चित भविष्य ले सर्वसाधारणलाइ बिस्तारै पार्टी राजनीतिबाट बिमुख बनाउदै जातिय क्षत्रीय राजनीति तर्फ डोर्याउदै छ । यसको स्पष्ट संकेत भनेको नेपाल तालिवानिकरणको दिशामा लम्केको नै हो । 

तालिवानिकरण भन्नाले अफगानिस्तानमा एकसमय सामान्य विद्यार्थी आन्दोलनबाट शुरु भएर आगो सरी फैलिएको धर्मान्ध सैनिक गुटबन्दी हो, जसलाइ अफगानिस्तानी सत्ताबाट धपाउन अमेरीका नै ओर्लनु परेको थियो ।  नेपालमा त्यस्तै प्रकृतिको अन्धो सैनिक गुटबन्दी कुनैपनि बेला शुरुहुने र आगोसरी फैलने सम्भावना छ, ती शायद जातीय र क्षेत्रीय गुटबन्दी हुन बेर छैन । वर्तमान राजनीतिले निश्चय नै देशलाइ तालिवानिकरण तर्फ तीब्र गतिमा धकेलिरहेको छ जस्तो मलाइ लागेको छ, तपाइहरुलाइ कस्तो लाग्छ कुन्नि ?


Last edited: 09-Dec-09 07:09 PM

 
Posted on 12-09-09 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तरकारी ज्यु,,


निराशाको वातावरण झनझन बढ्दो छ, नजानिदो पारामा हाम्रो समाज धार्मिक, जातीय, क्षेत्रिय कट्टरतामा डुब्दैछ। बढ्दो अव्यबस्था, घट्दो राजनीतिक पकड, बढ्दो जातीय-क्षेत्रीय द्वेष, राज्यहिनता तथा उत्पिडित वर्गका जायज माग तथा आकांक्षामाथि उपेक्षा हुने स्थिति का साथै गञ्जागोल राजनीतिक वातावरण तथा अनिश्चित भविष्य ले सर्वसाधारणलाइ बिस्तारै पार्टी राजनीतिबाट बिमुख बनाउदै जातिय क्षत्रीय राजनीति तर्फ डोर्याउदै छ । यसको स्पष्ट संकेत भनेको नेपाल तालिवानिकरणको दिशामा लम्केको नै हो ।


I am really surprised to see this kind of thread with above mentioned lines from you, as I can remember sometimes (knowingly or unknowingly) you have some influence towards some cast, religion or region.

Here are your few post:
http://www.sajha.com/sajha/html/OpenThread.cfm?ThreadID=65308

http://www.sajha.com/sajha/html/OpenThread.cfm?ThreadID=76843

But I am glad that your are able to see where we are heading towards and can come up with this good message and hope that all NEPALI can realize the fact that

"IF THERE IS NO NEPAL, THERE WILL NOT BE ANY NEPALESE AND HENCE SO CALLED ETHNIC STATES"

बिन्दु बिन्दु मिलेर नै सिन्धु बन्छ, सबै नेपालीलेनी समयइ मा सचेत भएर उन्नत राष्ट्र निर्माण को लागि अगी बडौ


Last edited: 09-Dec-09 10:00 PM

 
Posted on 12-11-09 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank Khoikkhoik for reminding me those threads. 

The main message of this thread does have no relation with those two threads you referred. The first thread was

 बिगत लामो समय देखि नेपाल सम्बतको पक्षमा आफुलाइ उभ्याउँदै आएको हुँदा म यो निर्णयको स्वागत गर्छु ।

 नेपाल सम्बत हाइ हाइ ..........

 I am strictly on the same position. I feel proud on Nepal Sambat, its historical importance, the message it carries for the benefit of the entire public.


The main message of the second thread was

 थिचिएका जनजातिहरुले समयसमयमा ब्यक्त गर्ने आक्रोश बुझ्न सकिन्छ तर तिनलाइ होच्याएर हेपेर जथाभावि लेख्नेहरुको कमि पनि छैन । म सोच्तै छु, ह्वाँ नेपालमा धमाधम राज्य घोषणा हुन थालिसकेको छ, ह्याँ घोचपेच गर्दै बसेर के काम ? यस्ता घोचपेचले ती स्वायत्त राज्य घोषणालाइ झनै तिव्रता नै  दिनेछ । 

This is what exactly happening and in more rapid manner than it should be and with less preparation. Hasty decision in such crucial matter would cause trouble later on.

The main message of this thread is 
निराशाको वातावरण झनझन बढ्दो छ, नजानिदो पारामा हाम्रो समाज धार्मिक, जातीय, क्षेत्रिय कट्टरतामा डुब्दैछ। 

If things were smooth and people are open to realize what others are talking about, we would not have this sort of problem. The voice of federal restructuring should be for co-existence not for extremism. Nepal practice EXTREMISM for last 3 centuries by forceful domination of united minority against un-united majority of indigenous people. That EXTREMISM made our country one of the poorest. Now, we want co-existence but again this is being pushed toward another EXTREMISM of separate identities. The whole turmoil created by short-cited leaders are fueling that sort of dangerous EXTREMISM, which I compared to the Talibanism.


 
Posted on 12-11-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Talibanization of Afghanistan is caused by continuous colonization of its land by outsiders. Destroyed government quickly became failed state and the political vacuum filled by the most ruthless and opportunistic forces. The outsider didnt realize that winning on the battlefield is only half the struggle may be even less, winning the peace is far more important.


Federalization of Nepal is caused by lack of good governmence, ineffective rule of law, irresponsiveness towards nation's interests by parties and leaders. Should we have more sweat during democratization of our country to stay united, the less we would bleed and fall apart during this difficult time.


 
Posted on 12-12-09 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तरकारी ज्यु,

tanpain lai aafno dharana rakhne purna adhikar cha.. ra tehi anusar tanpain le tesko prayog(sadupayog wa durupayog ho, tyo aafnai thau ma cha) garnu bhayoo


janha sammma tanpain lai jane buje aunsar.. tanpain "rahul_bhai" ji ko samakalin.. bhane pachi ma bhanda dherai jethooo.. bhane pachi tanpain lai maile janebujeko pako (anartha nalagos) wa samajhe bujheko bekti bhan thaneko chu.. tehi bhayera tanpain lai mero kehi jigyasa chan.. sayad mero alpagyan wa thorai jeewan bhogai le garda maile nabujheko hola.. sayad maile tanpain bata  bujhne mauka paauchu bhanne aasha gareko chu,,

pahilo prasna k bhane.. kina tanpain lai newa sambat testo pyaarooo lagcha, k ma jaana sakchu?
(yes samandha ma mera aru jigyasa chan.. ma pachi bekta garula)

dosro kura k ahile hami lai new pradesh ko kancho cha? newa pradesh le newar jati lai k dina sakcha.. jun hamile paayeka chainau.. newar jati jo pahile dekhi byapyar (bussiness) ma kahalieka thie.. rajya ko k kura bata thicho micho ma pareko thie wa kaha uni haru ko pahunch bhaeko thiena

k ahile newa pradesh ko saatta hami le kathakathit newar ko uchha jati ra kathakathit newar ko tallo jat bich ko khadal purnu parne ko lagi awaz uthaunu parne hoina? k tanpain le ahile pani  shakya, shrestha wa  aru sayad testai upploo jati ka chora chori.. ko bihe  jyapuu jaat wa pode jaat wa aru testai jaat ko chora chori sanga bihe bha ko thaha cha?

maile thaha paye anusar.. kathmandu ko jamal ganesh.. bhadrakali ra swabhagwati ko pujari ko kaam tehi poode jaat ko guthi bata sanchalan huncha.. jaba bhagwan lai tesko kehi farak chaina bahne kina ahiel samma newar jati le tyo khadal purana sakeka chainan..

malai thaha chaina.. tanapain tesari nirdharan gareko kun jati bhitra parnu huncha.. tara malai tanapain america ma basera jiwiko parazan garna sakne bahne pachi.. pakai sikchit barga mai parnu huncha hola.. kina tanpain jasta sikchit bekti le yesko birodh garna suru garnu hunna... k hami lai new pradesh.. ko satta testo khadal purnu parne hoina.. k newa pardesh bhayoo bhane yoo jatiya khadal meitncha..


mero barema bhannu parda...ma swayam neewar hoina.. tara mera dherai newar mitra chann.. ma garva garchu... ma newar tol ma hurke..ra.. kathmandu ma bhayeko jatra ra newari parampara ramro sanga chit parichit huna paaye ra ramro lagcha ki kasari newari jaati le aafno parampara jogai raheka chan
Last edited: 12-Dec-09 01:35 AM

 
Posted on 12-12-09 4:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्याधिक समय फाल्तु भएको कारण, कुनै लोक-कल्याणकारी कार्य गर्ने जमर्को गरेको छु । जसरी भानुभक्तले रामायण उल्था गरेर समाजको भलो गरेका थिए, त्यही महान कर्म अनुसरण गर्दै मैले 'खोइ के खोइ के' ज्यूले पोस्ट गर्नु भएको सामाग्रीलाई देवनागरी लिपीमा उल्था गरेको छु। मलाई विश्वाश छ मेरो यस कार्यले नयाँ पिढीमा समाजमा केही गर्ने उत्साह मिल्नेछ । साथ साथै यस अनुवाद दीर्घ समय पछी स्वर्ण अक्षरले लेखिने आशा गर्दछु। अनन्तकाल सम्म यो अनुवाद पाठ्यक्रममा समावेश हुने कुरामा दुविधा छैन।  

Although, I have read the sequences/comments of this article, I reserve my opinion and as a 'true translator.' I neither endorse nor reject the postulates presented here within. Just for the readability, I translated it into devnagari. So, I don't have any grudges or any emotional arguments whatsoever towards the article and the posters alike. I am glad such healthy debates, quiet not a commonplace, are being staged here in sajha.

//

खोइ के खोइ के लेक्छन् :

तपाईंलाई आफ्नो धारणा राख्ने पूर्ण  अधिकार  छ  र  तेही  अनुसार  तपाईंले तेस्को  प्रयोग  (सदुपयोग वा  दुरुपायोग  हो) , त्यो  आफ्नै ठाउँमा  छ  गर्नु भयो

जहाँ सम्म्म तपाईंलाई जाने बुझे अनुसार तपाईं  "राहुल्_भाइ" जी को समकालिन  .. भने पछी म भन्दा धेरै जेठो .. भने पछी तपाईंलाई   मैले जानेबुजेको पाको (अनर्थ नलागोस) वा सम्झे बुझेको ब्यक्ति भनठानेको छु .. तेही भएर तपाईं लाई मेरो केही जिज्ञासा छन् .. शायद मेरो अल्पज्ञान वा थोरै जीवन भोगाइ ले गर्दा मैले नबुझेको होला .. शायद मैले तपाईंबाट  बुझ्ने मौका पाउछु भन्ने आश गरेको छु ..
पहिलो प्रश्न के  भने किन  तपाईंलाई नेवा सम्बत् तेस्तो प्यारो  लाग्छ, के  म जान्न सक्छु?
(यस सम्वन्धमा मेरा अरु जिज्ञासा छन्  म पछी ब्यक्त गरुला)

दोस्रो कुरा के अहिले हामीलाई  नेवा प्रदेश को खांचो छ? नेवा प्रदेशले नेवार जाती लाई के  दिन सक्छ ..जुन  हामीले पाएका छैनौ  नेवार जाती जो पहिले देखि ब्यापार (bussiness) मा कहलिएका थिए .. राज्य  को के कुरा बाट थिचो मिचो मा परेको थिए वा कहाँ उनीहरुको  पहुंच भएको थिएन

के अहिले नेवा प्रदेश को सट्टा  हामी ले कथाकथित नेवार को उच्च जाती र कथाकथित नेवार को तल्लो जात बिच को खाडल  पुर्नु पर्ने को लागि आवज उठाउनु पर्ने होइन? के तपाईंले अहिले पनि  शाक्य, श्रेष्ठ वा  अरु शायद तेस्तै उपल्लो जाती का छोरा छोरी को बिहे  ज्यापू  जात वा पोडे जात वा अरु तेस्तै जात को छोरा छोरी सँग बिहे भाको थाहा छ?

मैले थाहा पाए अनुसार काठमाडौंको जमल गणेश भद्रकाली र शोभा-भगवतीको  पूजारी को काम तेही पोडे जात को गुठी बाट सन्चालन हुन्छ ..जब भगवानलाई तेस्को केही फरक छैन भने  किन अहिले  सम्म नेवार जाती ले त्यो खाडल पुर्न  सकेका छैनन

मलाई थाहा छैन तपाईं त्यसरी निर्धारण गरेको कुन जाती भित्र पर्नु हुन्छ तर मलाई तपाईं अमेरिका मा बसेर जिविकोपार्जन गर्न सक्ने भने  पछी पकै शिक्षित बर्ग मै पर्नु हुन्छ होला.. किन तपाईं जस्ता शिक्षित  ब्यक्तीले येस्को बिरोध गर्न सुरु   गर्नु हुन्न .. के हामीलाई नेवा प्रदेशको सट्टा त्यस्तो    खाडल  पुर्नु पर्ने होइन.. के नेवा  प्रदेश  भयो भने यो  जातिय  खाडल मेटिन्छ ?

मेरो बारेमा भन्नु पर्दा म स्वयम नेवार होइन तर मेरा धेरै नेवार मित्र छन  म गर्व गर्छु म नेवार टोलमा  हुर्केर काठमाडौं मा भएको जात्रा  र नेवारी परम्परा राम्रो सँग चिरपरिचित   हुन पाएर  राम्रो लाग्छ कि कसरी नेवारी जातीले  आफ्नो परम्परा जोगाइ रहेका छन
Last edited: 12-Dec-09 04:54 AM

 
Posted on 12-13-09 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thanks bhakunde bhut,

चना तरकारी ज्यु would like to know your view
Last edited: 13-Dec-09 10:49 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters