[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

shirish

Geology Tiger

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पोइल
[VIEWED 10436 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हाम्रा चाड पर्व यहाँका जस्ता १,२ दिनमै सकिने कहाँ हुन्छन र? यसै लामा लामा चाड पर्व झन अचेल त ओभरल्याप पनि हुन थालेका छन। १९९६ मा देशभरी सुरु भको गढीमाईको मेला २००६ मा सकियो। मेला त सकियो तर मेलाको धङधङी सकिएको छैन।  फेरी २००८  मा वानेश्वरमा कुम्भको मेला सुरु भो। त्यो कुम्भको मेला सकिने छाँटकाँट त कहाँ हुनु बरु अचेल शिवरात्रीको मेला जस्तो पो देखिन थालेको छ। झन यही जुलाई २१  देखी त शिवरात्रीको मेलामा गाईजात्रा पनी सुरु भो। हाम्रो देशका सर्बोच्च अभीनेताहरुले देखाउन थालेका गाइजात्रे प्रहसन सातौं भागसम्म पुग्दा पनि क्रमश: मै अड्केको छ। अब त हेर्दा हेर्दा दर्शक थाकी सके तर अभीनेता थाकेका छैनन। यता गाईजात्रा चली नै रहेको छ उता तीजलाई डोर्याउँदै बाको मुख हेर्ने दिन पनि आइ सकेछ। अनी मैले पनि फोन गरें बालाई, मुख हेर्न।

"हेलो !"

"हेलो बुवा---"

"हेलो नानु!"

"हजुर---"

"हेलो!"

" नानु के छ तेरो हालखबर? "

"ठिकै छ-- मैले आज हजुरको मुख हेर्न फोन गरेको--"

"ए हो? ल ल्या त ल्या फलफुल, मिठाइ, लत्ता कपडा के के ल्याकी छस--"

"हि हि--- केइ पनि छैन--"

"छोरी बिदेश गए पछी सार्है लोभी भै। पहिले पहिले रुमाल, मोजा त दिन्थी त्यो पनि दिन छोडि अचेल--"

" अब आको बेला किन्दिन्छु नि मोजा । अनी हजुरलाई आरामै छ? "

"आराम त आरामै--- यो तीज लागे देखी अली प्रेसर बढेको छ मेरो --"

" तीज लागेर प्रेसर किन बढेको नि? हजुरलाई नि बोलाउन थाले कि के हो दर खान? "

" दर खार हैन-- याँ तेरी आमा "पोइल जान पाम पाम---" भनेर नाच्छे। आफु चैं उसैलाई भनेर रामदेव सङसङै लागेर बिहान भरी स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्छु, ऊ चैं त्यस्तो गीतमा नाच्दे पछी मेरो प्रेसर बढ्दैन त? "

"हा हा हा--- ममी खै त?"

"यही छे-- ल कुरा गर--"

" हेलो ममी!"

" के छ नानु तेरो हालखबर? सञ्चै छ तँलाई? "

" सञ्चै छ --"

" अफिस जाने बेला भो त तेरो? "

" एती राती काँ अफिस जानु ?"

" ए त्यता त राती पो हो त-- कती बज्यो अहिले?"

" ९:०० बज्न लाग्यो --"

" अनी भुजा खाइस त? "

" खाएँ खाएँ--- अनी हजुर त "पोइल जान पाम पाम--" भन्दै  नाचीसिन्छ रे। बुढेसकालमा के आट्या त्यस्तो? "

" तैंले पनि काम पाइस अब? तेरो बालाई जिस्काउन पाए पछी के चाहिन्छ र? काँ सुनिसेछ त्यो गीत, त्यस पछी तिमीहरुको तिजको गीत त एस्तो भनेर जिस्काको जिस्काइ होइसिन्छ। गीत पनि के के बनाका हुन अचेल? त्यै बुढाको लागि बर्त बस्नु छ, पोइल जान पाम रे--"

" आधुनिक नारीहरुको गीत हो त्यो, त्यसै जागरण आउँछ ?"

" आयो जागरण! दुख्ख पाउने पाका पाइ छन, याँ यि मोटिहरु नाचेर के हुन्छ र?"

"अनी हजुरहरुको फाईनल दर चैं कता नि---"

" मामाघरमा शुक्रबार-- सबै जना आउँछन, तँ मात्र हुँदिनस, खल्लो हुन्छ--"

" नजिकै भको भए त आइ हाल्थे नि---"

" एउटी छोरी छे, त्यो पनि काँ हो काँ हो---"

"अब फेरी किन रुन थालेको ? हरे! "

" खै म कुरा गर्छु-- तेरी आमा पिल पिल गर्न थाली अब---"

" सम्झाइस्यो न ममिलाई ---"

" के सम्झाउनु अब? त्यै तँलाई सम्झेर त रोकी ? अहिले एक छिन्मा आँफै बिर्सिन्छे। मिल्छ भने दशैंमा आइज। झन घर उज्यालो हुन्छ भनेर छोरी पाको, न छोरी आउछे न बत्ती आउछ-- "

"हा हा हा-- के आउनु दशैंमा, दक्षिणा त पाइँदैन जस्तो छ--- यसपाली बजेट भाषण नभएर कर्मचारीलाई तलब दिने पैसा त छैन रे ---"

" बिजोक छ या--- धन्न चली रा छ--- के के गर्ने हुन----तर तेरो दक्षिणा त त्यै दश रुप्याँ त हो नि, खोज खाज पारेर भए नि दिउँला नि तँलाई --"

" मेरो दक्षिणा पनि हाम्रो बारीमा रोपेको अंबाको रुख जस्तो  भो, कहिल्यै नबढ्ने---"

"के अंबाको रुखलाई भन्छेस, तँ आँफै जस्तो भो भन न--- तैंले पनि सात क्लास देखी नै हो बढ्न बिर्सेंको---"

" भेरी फनी---"

"के फनी नि? भाको कुरा--- ल झरी रोकियो, एकछीन कुरा गर--- म चैं गएँ रामदेव कन्टीनीउ गर्न---"

" हस् हस्---"

"नानु!"

"हजुर--- किन रोको? नरोइस्यो---"

"छैन रोको--- अब रोएर पनि के गर्नु? छोरा छोरीलाई यतै आउ, यतै बस भन्ने स्थिती भको भए पो--- आँफै छोडेर हिंड्नु जस्तो लाग्छ कैले काँही त ---  यि बाँदर जस्ता नेता चैं बरु सबै पोइल गए नि हुन्थ्यो---"

"हा हा हा हा हा हा--- हजुरलाई पनि बुवाको हावाले छुन थालेछ---"

"के गर्नु त दिक्क लागे पछी? अनी तिमीहरु पनि दर खानु। सबैजना मिलेर रमाइलो गर्नु है !"

" हस हस, डोन्ट वरी---  हजुरहरु पनि रमाइलो गरिस्यो---"

" ल ल---"

"ल बाई बाई--"

"बाई--"

फोन राखे पछी आमाको कुरा सम्झे फेरी। कुरा चैं गतिलो गर्नु भाको हो मेरी आमाले। अब यि नेताहरु राजनको शरण परेर आफ्नो नैतीकता अर्घ चढाकै छन बरु एसो उसो उनिहरु सङै पोइल गैदे देखिन ढुक्कै हुन्थ्यो। काले सँग जान मन नलागे चिम्से सँग गए नि हुन्थ्यो। बरु नयाँ आउनेले मेरी आमालाई रुवाउँदैन थिए कि भन्ने आस नि आफ्नो।

अस्तु


 
Posted on 09-09-10 10:22 AM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-10 10:28 AM     [Snapshot: 41]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संबादमय प्रस्तुती को उत्तम नमूना।


साह्रै राम्रो नक्कली, कथा चाँही सक्कली ?


 
Posted on 09-09-10 10:28 AM     [Snapshot: 19]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-10 10:48 AM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त बिदेश गए पछी सबै कुरा बिर्सीइन्छ भनेको त हैन र हेछ। बुडिले ए भोलि त बाउको मुख हेर्नेदिन होनी मुखमा केही नहाली नुहाउन जानु अनी पानी अर्पण गर्ने रेमाइन्डएर सुनिएर हो वा अरु कुनै कारणले पिताजी मात्रै हैन गुरु लाई पनि सपनामा देख्न पुगेछु ।
ढिलाई भए पनि गुरुपुत्रलाई ए कथा सुनाइ दिए। धन्य हो श्रीमतीजी जुनादिन देखी तिमी जिबनमा प्रबेश गर्‍योउ यि कर्ममा म पछाडि पर्न परेको छैन। खैले काही एसो सोच्छु किन हामी कन्जुस्याइ गर्छौ ? एक अन्जुली पानी त हो नि दिबँगत आत्माको नाममा अर्पन गर्ने ? बेफुर्सदी वा अनस्था ?

हो नक्कली,  यि नेता जोईल गए केही हुन्थ्यो कि ? नयाँ तथ्यान्क अनुसार हामी अझै तल पुछारमा पुर्याउन बाकिनै रहेछ ।

 
Posted on 09-09-10 11:03 AM     [Snapshot: 118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्दमै राम्रो प्रस्तुती

एसो पढ्दै गएको सकिएला भनेर टेन्सन आफुलाई

गज्जब नक्कली 
 
Posted on 09-09-10 11:25 AM     [Snapshot: 152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Nice one Nakalli keti.

 
Posted on 09-09-10 12:37 PM     [Snapshot: 221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dharai ramro lagyo!


Sufal


 
Posted on 09-10-10 9:05 AM     [Snapshot: 439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तैंले पनि सात क्लास देखी नै हो बढ्न बिर्सेंको---"


ड्याडी मम्मी र छोरीको झक्कासको फोन बार्ता पढ्न सुरु गरे बाट हास्न सुरु गरेको उता सेरिअलले फेरी पढ्दा पढ्दै सक्किन्छ भनेर फारो गरी गरी पढेको भन्या जस्तो पढेर म त झन्डै मुर्छै परेको हासेर !


Very well narrated ! Speechless !


 


 

Last edited: 10-Sep-10 10:37 AM

 
Posted on 09-10-10 9:09 AM     [Snapshot: 437]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you all for taking time to read my family saga....

को कहाँ पुग्ने हो केही थाहा छैन
आघौं भेट फेरी हुने हो हैन
तीज को रहर आयो बरी लै ....

Happy Teej!

 
Posted on 09-10-10 9:46 AM     [Snapshot: 465]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशको जलदो बल्दो अवस्था, आमा बुवाको विवस्ता र बाध्यतालाई एउँटा फोन संवादमा राम्रोसगँ प्रस्तुत गर्नु भएको छ!

राम्रो लाग्यो... तीजको शुभकामना!!!

 
Posted on 09-10-10 10:22 AM     [Snapshot: 463]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters