PLAYBOY1
Replies to this thread:

More by PLAYBOY1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 स्वास्नी भगाउने केटोलाई पहिलेको लोग्नेले जार भन्ने चलन थियो, koi chan jhar haru sajha ma :)
[VIEWED 15183 TIMES]
SAVE! for ease of future access.
Posted on 07-10-12 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रचण्डपुत्र प्रकाश दाहाललाई हिजो पार्टीले निलम्बन गरेको थियो। आज भने उनीसँग बेपत्ता भएकी बिना मगरलाई माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निलम्बन गरेको छ। बिना सरस्वती क्याम्पसकी स्ववियु सभापति थिइन्। अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ति अनुसार बिना संगठनको सम्पर्क बाहिर रहेको एक हप्ता भइसकेछ। बिहीबारदेखि उनी घरमा नपसेकी रहिछिन् भने २३ गतेदेखि फोन अफ रहेछ।
प्रकाश-बिना बारे यत्रो समाचार बनिरहँदा पनि उनी लोग्ने र माइतीको सम्पर्कमा नआएका रहेछन्। त्यसैले ‘गम्भीर रुपको सांस्कृतिक विचलनको प्रश्न र आशंका जन्मिएको’ भन्दै तत्काललाई निलम्बन गरी के भा हो भन्ने बारे छानबिन गर्ने वक्तव्यमा उल्लेख छ।






कानुन अनुसार के सजाय हुन्छ उनीहरुलाई ?

नेपालको विद्यमान कानुन अनुसार जाने हो भने कस्तो सजाय भोग्नु पर्छ त उनीहरुले ? के व्यवस्था छ बहुविवाहसम्बन्धी नेपालको कानुनमा ?

बहुविवाह गर्नेलाई अहिले मुलुकी ऐन अनुसार सजाय हुन्छ। मुलुकी ऐनको बिहावारी महल अनुसार कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छंदै वा कानून बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की स्वास्नी मानिससँग विवाह गरे वा अर्की स्वास्नी राखे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना समेत हुने व्यवस्था छ। पहिलो श्रीमती भएको थाहा पाई पाई त्यस्तो विवाह गर्ने वा स्वास्नी बन्न जान्नेलाई पनि उति नै सजाय हुने व्यवस्था छ।

२०५८ सालमा ऐन संशोधन गरी सजाय बढाइएको हो। नत्र २०२२ सालमा लागू भएको ऐनमा एक महिनादेखि दुई महिनासम्म कैद र एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिबाना मात्र हुने व्यवस्था थियो।

त्यसैले कानुनी व्यवस्था अनुसार मुद्दा अदालतमा परे र प्रमाणित भए प्रकाश र बिना दुवैले कम्तिमा एक वर्ष कैद र पाँच हजार रुपियाँ जरिवानाको सजाय भोग्नुपर्छ। बढीमा त तीन वर्ष जेल र २५ हजारसम्म जरिवाना हो। कति सजाय तोक्ने भन्ने निर्धारण चाहिँ न्यायाधीशले गर्नेछन्।

माओवादीले जनयुद्ध भन्ने गरेको कालमा यस्तो भएको भए उनीहरुको तथाकथित जनअदालतले सफाया अर्थात् मार्दिनेसम्मका कारबाही गरेका उदाहरण छन्।

अझ पछाडि जाने हो भने विक्रम संवत् १९१० को मुलुकी ऐन हेर्ने हो भने त यस्तो व्यवस्था छ-

यो जार भन्ने शब्द अहिले प्रयोग नहुने हुनाले कतिलाई थाहा नहुन सक्छ। कसैले आफ्नी स्वास्नी भगायो भने स्वास्नी भगाउने केटोलाई पहिलेको लोग्नेले जार भन्ने चलन थियो उतिबेला। जारको बारेमा त्यो पुरानो ऐनमा निकै व्यवस्था गरिएका छन्, माथि एउटा मात्र साभार गरेको।

 
Posted on 07-10-12 8:20 PM     [Snapshot: 140]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 त्यहि त भन्या,

यो जार शब्दको संन्दर्भमा कुरा गर्दा, हाम्रो गाउमा एउटा दोबाटो थियो . जसलाई हामी जार काटेको दोबाटो, निकै प्रचलित  (उहिले धेरै समय अगाडीको घटना, कसैले त्यहाँ छप्कैदेछा, उही स्वास्नी भगौनेलाई ) भन्दथ्यौ . अहिले आएर केहि बर्ष अगाडी तेस्को अर्को नामकरण भयो. जाजरकोटे दोबाटो रे भयो अब. भू. पु. जाजरकोटी कांग्रेसी संसदले बकैदा घर नजिकै बनाएर बसेका कारणले आफ्नै पाराले नाम दिए त्यो स्थानको . तेही भएर यो समय संगसंगै नेपाली शब्दको परिभाषासंग मेल खाने काम गरेर कमरेड पुत्रले नेपाली भाषाको शब्दावलीमा जार भन्ने शब्द जीवित छ है भन्ने संदेश दिन खोज्नु भाको त होइन. 

 
Posted on 07-10-12 10:19 PM     [Snapshot: 320]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 not related to the topic, but to me, this guy looks like mundre's step brother aka 'bhok lagyo' character from meri bassai. 
 
Posted on 07-11-12 9:00 AM     [Snapshot: 629]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकल " PLAYBOY " भनिन्छ | अनि आधुनिक समाजमा  "माचोपनाको" घोत्तक पनि हो  कि ?

पुरानो जमानामा जार काट्न पाउने चलन थियो रे ? ल्याऊने हो कि त्यो चलन ?



Last edited: 11-Jul-12 10:36 AM

 
Posted on 07-11-12 7:43 PM     [Snapshot: 882]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's not a big deal. It is personal between them.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
2020 : Why No Trump !
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters