ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालमै २ करोड ६५ लाख १० हजार रुपैयाँ तलब/भत्ता
[VIEWED 1853 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-19 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं । २ करोड ६५ लाख १० हजार रुपैयाँ तलब/भत्ता । त्यो पनि नेपालमै आफ्नै घरपरिवारसँग बसेर ।

तपाईंलाई पत्यार नलाग्न पनि सक्छ । तर, यो सत्य हो । र, गर्न सक्नेले नेपालमै पनि मालामाल कमाउँछन् भन्ने ज्वलन्त उदाहारण पनि हो यो ।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति पाँडेले गत वर्ष बैंकबाट तलब र भत्ता गरी २ करोड ६५ लाख १० हजार रुपैयाँ बुझेका छन् ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरणमा सीइओ पाँडेले सो रकम बुझिलिएको उल्लेख छ ।

बैंकहरुको लोन ग्रोथ: रकममा एनआइसी एशिया र प्रतिशतमा एनबी फस्ट, इन्भेष्टमेन्ट र प्राइम लास्ट

सीइओ पाण्डेले १ करोड ४ लाख ७८ हजार रुपैयाँ तलब, १ करोड ३० लाख २५ हजार रुपैयाँ भत्ता, १९ लाख ५९ हजार रुपैयाँ दशैं भत्ता र १० लाख ४८ हजार रुपैयाँ सञ्चय कोष गरी बैंकबाट कूल २ करोड ६५ लाख १० हजार रुपैयाँ लिएका हुन् । मासिक रुपमा हेर्दा पाँडेले बैंकबाट २२ लाख ९१ हजार ६६ रुपैयाँ लिएको देखिन्छ ।

कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

इन्भेष्टमेन्ट बैंकका सीइओ पाँडे नै नेपाली बैंकिङ क्षेत्रको सबैभन्दा महंगो व्यक्ति हुन् । तर, यो वर्ष पाँडे सीइओ भएको बैंकले भने प्रगति गर्न सकेको छैन ।

निक्षेप बढाउनमा जनता र माछापुच्छ्रे फस्ट, इन्भेष्टमेन्ट बैंक लास्ट, प्राइमको घट्यो, अरुको के भयो ? (सूचिसहित)

सञ्चालक समितिमा समेत यति महंगा सीइओको पफर्मेन्समाथि पटक-पटक प्रश्न उठ्न थालेको छ । बैंकको नाफा १० प्रतिशतले घटेको छ भने खराब कर्जा ३०० प्रतिशतले बढेको छ । निक्षेप र कर्जाको वृद्धिदर पनि सन्तोषजनक छैन ।

व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)

सीइओलाई धेरै तलबभत्ता दिने दोस्रो बैंक हो स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल । गत वर्ष सीइओ रहेका जोसेफ सिल्भानुसले बैंकबाट २ करोड ५१ लाख ५५ हजार रुपैयाँ बुझेका थिए । मासिकरुपमा यो २० लाख ९६ हजार २ सय ५० रुपैयाँ हो । उनी अहिले सीइओ छैनन् ।

सीइओलाई तेस्रो धेरै तलबभत्ता दिने बैंक हो नविल बैंक । सर्वाधिक नाफा कमाउने नविल बैंकले गत वर्ष सीइओको तलब र भत्तामा २ करोड ७ लाख रुपैयाँ खर्च गर्यो । मासिकरुपमा यो १७ लाख २५ हजार रुपैयाँ हो ।

गत वर्ष नविलमा केही महिना शसिन जोशी सीइओ र बाँकी अहिलेका सीइओ अनिल शाहले डेपुटी सीइओ भएर काम गरेका थिए ।

ग्लोबल आइएमइ बैंक पनि सीइओलाई धेरै तलबभत्ता दिने बैंकहरुको सूचिमा चौथो नम्बरमा पर्छ । गत वर्ष सीइओ रहेका जनक शर्मा पौडेलले बैंकबाट तलब र भत्ता गरी १ करोड ९६ लाख ९३ हजार रुपैयाँ बुझेको बैंकले प्रकाशति गरेको वार्षिक वित्तीय विवरणमा उल्लेख छ । मासिकरुपमा यो १६ लाख ४१ हजार ८३ रुपैयाँ हो । अहिले उनी सीइओ छैनन् ।

त्यसैगरी, बैंकर्स संघका अध्यक्षसमेत रहेका नेपाल बंगलादेश (एनबी) बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना पाँचौ धेरै तलबभत्ता खान्छन् । ढुंगानाले गत वर्ष बैंकबाट १ करोड ८३ लाख ५८ हजार रुपैयाँ बुझेका छन् । मासिकरुपमा हेर्दा यो १५ लाख २९ हजार ८ सय ३३ रुपैयाँ हो ।

बैंकर भुवन दाहाल छैठौं बढी तलबभत्ता खाने सीइओमा पर्छन् । गत वर्ष दाहालले सानिमा बैंकबाट १ करोड ७४ लाख रुपैयाँ लिएका छन् । मासिकरुपमा यो १४ लाख ५० हजार रुपैयाँ हो ।

सातौं महंगो सीइओमा प्रभु बैंकका सीइओ अशोक शेरचन पर्छन् । शेरचनले गत वर्ष बैंकबाट १ करोड ६७ लाख ६१ हजार रुपैयाँ लिएका छन् । मासिकरुपमा यो १३ लाख ९६ हजार ७ सय ५० रुपैयाँ हो ।

सीइओलाई धेरै तलबभत्ता दिने बैंकहरुको सूचिमा सिभिल बैंक आठौं स्थानमा छ । बैंकले सीइओ गोविन्द गुरुङलाई गत आर्थिक वर्षमा १ करोड ६६ लाख रुपैयाँ दिएको छ । मासिकरुपमा हेर्दा यो १३ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ हो ।

धेरै तलबभत्ता खाने सीइओहरुको सूचिमा सुनिल केसी नवौं स्थानमा छन् । एनएमबि बैंकबाट गत वर्ष केसीले १ करोड ६३ लाख २२ हजार रुपैयाँ लिएका छन् । मासिकरुपमा हेर्दा यो १३ लाख ६० हजार १ सय ६६ रुपैयाँ हो ।

सीइओलाई धेरै तलबभत्ता दिने बैंकको सूचिमा हिमालयन बैंक १०औं स्थानमा छ । यो बैंकले सीइओ अशोक राणालाई गत वर्ष १ करोड ५५ लाख ७७ हजार रुपैयाँ दिएको छ । मासिकरुपमा हेर्दा यो १२ लाख ९८ हजार ८३ रुपैयाँ हो ।

नेपालमा २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । सरकारी स्वामित्वका ३ वटा बैंकलाई छाड्ने हो भने अधिकांश बैंकका सीइओले वर्षमा १ करोड रुपैयाँभन्दा बढी तलबभत्ताबापत बैंकबाट लिन्छन् ।

करौडौं तलब लिने सीइओहरुले लगानीकर्तालाई कस्तो प्रतिफल दिए त ? त्यो अर्को स्टोरीमा ।

https://clickmandu.com/2019/06/84880.html


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters