bikash kc
Replies to this thread:

More by bikash kc
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

$88888888$
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 an interview with chakre milan aka milan gurung
[VIEWED 43384 TIMES]
SAVE! for ease of future access.
Posted on 07-09-08 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कभरस्टोरी

राजधानीका 'डन’ चक्रे मिलन भन्छन्- 'पोलिटिक्समा जान्छु'
अन्य समाचार
पुरानो अंक


2008-07-07,Monday


केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, २२ असार

हत्याको अभियोगमा केन्द्रीय कारागारमा एक वर्षको जेलजीवनपछि जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका राजधानीका 'डन' मिलन गुरुङ उर्फ चक्रे मिलन अब सक्रिय राजनीति गर्ने योजनामा छन् । शनिबार ११ बजे महाराजगन्जस्थित निवासमा वरपर केटाहरू राखेर राजनीतिक गफमा व्यस्त उनले जाँदाजाँदै सोधे, 'मेरो त आज शनिको ब्रत हो, साथीहरू केही लिने हो ?'

आजभोलि के गर्दै हुनुहुन्छ ?

घरमै बसेर 'फ्रेस' भइराख्या छु । मेरो धेरै टाइम विदेशमा बित्छ । नेपालमा त जेल हालिहाल्छन्, बाहिर बस्नै दिन्नन् ।

यसैगरी चल्ने भयो त जिन्दगी ?

अब समाजसेवा गर्ने विचारमा छु । हुन त म परेँ, पहिल्यैदेखि समाजसेवी । तर, अबचाहिँ यसैमा बढी समय बिताउँजस्तो लाग्या छ । अब म पोलिटिक्स पनि गर्ने ।

भनेपछि नेता बन्ने अब ?

अँ । देशमा 'पोलिटिक्स' गर्नेहरू इमान्दार भएनन् के । खालि भाषण
भाषण मात्र गर्छन्, कामसाम गर्दैनन् । भाषण मात्र गरेर देश बन्छ ? काम गर्नुपर्‍यो नि, काम । मचाहिँ अरू जस्तो भाषण गर्ने नेता होइन, काम गर्ने नेता बन्ने हो । पोलिटिक्स गर्ने तर काम गर्न । उद्देश्य के ? काम, काम, काम ।

कुन पार्टीबाट राजनीति गर्ने ?

ल, कस्तो प्रश्न सोधेको ? म पहिल्यैदेखि एमाले भन्ने थाहा छैन ?

सधैं जेल पर्ने, गुन्डागर्दी गर्नेलाई पार्टीले पत्याउँछ ?

गुन्डागर्दी चैं नभन्नोस्, ल ! मैले कहिले गरेँ गुन्डागर्दी ? खालि हावाको तालमा गुन्डा भनिदिने ? हिजोजस्तो छैन के म । सोझोलाई, निर्दोषलाई कुट्ने, मार्ने काम गर्‍या छु मैले ? अब धनी बाबुका बिग्रिएका छोराहरूलाई यसो पिटपाट गर्दा सुध्रिन्छन् भने त उनीहरूको कल्याण नै हो नि, होइन ? फेरि जेल जाँदैमा राजनीति गर्न नपाइने भन्ने छैन क्यारे । तपाईं भन्नोस् त अहिलेका कुन चैं नेता जेल परेको छैन ? उनीहरू चैं जेल पर्दा सम्मान बढ्ने मचाहिँ बद्नाम हुने ? यो त भएन नि, भयो ? हेर्नोस्, म त जेलमा पनि समाजसेवा गरेर फर्केको मान्छे । एक वर्ष बसेँ, केन्द्रीय कारागार । बन्दी भेट्न आउनेहरू बस्ने ठाउँमा पानी चुहिन्थ्यो, मैले छाना फेरिदिएँ । ३० हजारभन्दा बढी रुपैयाँको किताब किनेर लाइब्रेरी खोल्द्या छु । भित्र ट्वाइलेट बनाइद्या छु । चौरमा दुबो रोपेर चिटिक्क पारद्या छु । कुनै नेताले जेल बसेर गर्‍यो यति काम ? अब ती योग्य कि म योग्य ?

तपाईं ग्याङस्टार त हो नि । कि यो पनि गलत आरोप हो ?
प्रहरीले बनायो मलाई ग्याङस्टार । म त खुरुखुरु आफ्नो व्यापार गरेर बसेको मान्छे । तर, कतै केही भयो कि हावातालमा पुलिसले मलाई नै समात्ने । घटनाको दोषी को हो भनेर खोज्ने होइन । उनीहरूलाई पनि सजिलो हुँदोरहेछ के । आयो समात्यो, लग्यो । हैरानै बनाए मलाई । मैले पटकपटक भनेको छु- पहिला घटनाको अनुसन्धान त गर्नुस् यार । म संलग्न रहेछु भने पक्राउ गर्नुस् र सजाय दिनुस् न । चक्रे मिलन अरूजस्तो होइन नि । अपराध गरेको छ भने सजाय भोग्न तयार छ क्या । अरूजस्तो आफूले गरेको काम गरेकै छैन भनेर टार्ने व्यक्ति होइन चक्रे । तर, नगरेको काम कसरी गरेको हुँ भन्ने ? त्यो डंगोलको (हत्या) केस हेर्नुस् । घरमा पूजा गरेर बसेको मान्छेलाई हत्यामा संलग्न छ भनेर पक्रेर बेक्कारमा एक वर्ष जेलमा राख्यो । आखिरमा सत्य के हो त अदालतबाट पुष्टि भइहाल्यो नि ।

राजनीतिमा जान ठूलै तामझाम गर्दै हुनुहुन्छ त्यसो भए ?

पहिला यो चक्रपथ एरियालाई 'ड्रग फ्रि जोन' बनाउँछु म । म जेल बसेको एक वर्षमै धेरै ड्रगिस्ट केटा बढेछन् यहाँ । तिनीहरूलाई अब ठीक पार्ने हो । म नभएको मौका छोपेर एक वर्षमा भ्यालीमा टन्न बढेछन्, टोले गुन्डाहरू । अपराध पनि बढेछ । म अब यो सब रोक्नतिर लाग्छु । पुलिसलाई पनि सहयोग गर्न तयार छु । यी भए मेरा प्लान । मेरा साथीहरूले समाजसेवाका अरू प्लान पनि बनाएका छन् । अरू नयाँ कुरा पनि गरिन्छ ।

तपाईंको नाम चक्रे मिलन कि मिलन गुरुङ ?

मिलन गुरुङ हो नि, कहाँ चक्रे मिलन हुनु ? पुलिस र फुच्चे केटाहरू मिलेर फोकटमा मेरो नाम बिगारिदिए । हेर्नुस् त, बाध्य भएर चक्रे मिलनको ट्याग बोक्नुपर्‍या छ मलाई । चक्रपथमा बस्ने भनेर बेकारमा चक्रे मिलन बनाइदिने ?

कुन नाम मन पर्छ त अहिले ?

मिलन गुरुङ नै राम्रो नि । मेरो टोलमा सबैले मिलन नै भनेर चिन्छन् । तर के गर्ने, बाहिर चक्रे मिलन नभनी चिन्दैनन् ।

व्यापार गर्छु भन्नुभयो । के-के व्यापार छ तपाईंको ?
क्लब छ । बालुवाखानी छ । यस्तै-यस्तै ।

यस्तै-यस्तै भन्नाले ?

यस्तै के यस्तै । यसो ठेक्कापट्टा ।

अरू व्यापारी एक्लैदुक्लै हिँड्छन् । तपाईंलाई चाहिँ किन अघिपछि ग्याङ लिएर हिँड्नुपर्छ ?
ग्याङ होइन के, मेरा भाइहरू हुन् । कोही मेरो बिजनेसका सहयोगी हुन् । सबै बिजनेस मैले मात्र हेरेर सक्छु ? सहयोगीहरू चाहिएन ? तर, सधैं त्यस्तो ग्याङ बोकेर कहाँ हिँडेको छु र ?

तर, तपाईंको व्यापारका देखाउने र खाने दाँत बेग्लाबेग्लै छन् रे, हो ?

कहाँ हुन्छ, त्यस्तो ? सब मेरा शत्रुहरूको हल्ला हो । अलिकति पपुलर भएपछि शत्रुले नचाहिँदो हल्ला गर्ने र'छन् । म त नियमकानुन मानेर व्यवसाय गर्ने मान्छे परेँ । म किन चलाउँछु यार भूमिगत शैलीमा व्यवसाय ।

हप्ता असुली पनि व्यवसाय हो ?
हप्ता असुली व्यवसाय होइन ।

तपाईं व्यापारीलाई धम्क्याएर हप्ता असुली गर्नुहुन्छ, होइन ?
कस्तो हावा कुरा गर्नुहुन्छ तपाईं ? मैले अहिलेसम्म हप्ता असुली गरेको छैन । कागले कान लग्यो भनेर कागको पछि लाग्ने कि कान छाम्ने हो ? लेखेर राख्नुस्, मैले अहिलेसम्म न एकजनाबाट हप्ता उठाएको छु न एकजनालाई धम्क्याएको छु न कसैको अपहरण गरेको छु । त्यस्तो गरेको भए त चक्रेले कति कमाउँथ्यो कति । तपाईं गन्न पनि भ्याउनुहुन्थेन । मलाई मेरो पुख्र्यौली सम्पत्तिले नै खान पुग्छ । यही एरियामा पाँच रोपनी जग्गा छ । आठ-दस करोडको सम्पत्ति छ । किन हप्ता असुली गर्नुपर्‍यो मलाई ?

तपाईंका केटाहरूले पनि गर्दैनन् ?

म ग्यारेन्टीका साथ भन्छु- गर्दैनन् । कसैले गरेको प्रमाण भए म तिनलाई कारबाही गराउन प्रहरीलाई सघाउँछु, ल । तर, हाम्रो पुलिसमै समस्या छ के । कसैले केही गर्‍यो कि मेरो नाम मुछिहाल्छन् उनीहरू । भारेभुरेहरूले म चक्रेको मान्छे हुँ भन्दै थर्काउँदै हिँड्छन् । पक्रेर सजाय गर्नुको साटो पुलिस चैं मेरो पछि लाग्छ । कहाँ कसले मेरो नाम बिकाएर गलत काम गरिरहेको हुन्छ, त्यो मलाई कसरी थाहा हुन्छ ? त्यस्तो कुनै घटना भए, मलाई जानकारी दिए त म स्पष्ट गरिहाल्थेँ नि । तर, उनीहरू अनुसन्धान नै नगरी मेरो नाम लिन्छन् ।

तपाईसँग थुप्रै हतियार छन् रे, हो ?

हतियार छन् नि । भान्छामा गएर हेर्नुस् त चक्कु, चुलेसी, खुकुरी टन्न छन् ।

त्यस्तो हतियार भनेको होइन, बन्दुकहरू ?

छैन, छैन एउटै छैन ।

दीपक गुरुङ र तपाईंबीच ग्याङफाइट हुने चर्चा छ नि ?

अचम्म छ भन्या ? कसरी चल्छ यस्तो हावा हल्ला ? यो सब हिन्दी फिल्मको प्रभाव हो । यहाँ सब फिल्मको जस्तो सोच्छन्, बेबकुफहरू । एउटा जेलबाट निस्कन्छ अनि सखाप पार्छ । तर, वास्तविक जीवन र चलचित्रमा फरक छ । यो हावा मात्र हो । मेरो तर्फबाट त्यस्तो केही हुँदैन । म त केही समय आराम गरेपछि आफ्नै बिजनेसमा फर्किहाल्छु । त्यस्तो वार-स्वार केही हुन्न । ऊ उसको व्यापार गर्छ, म मेरो व्यापार गर्छु । उसको र मेरो व्यापारको नेचर नै फरक छ । म उसको व्यापारमा इन्टरफेयर गर्न जान्न । अब मेरोमा आयो भने छोडिँदैन ।

त्यसो भए अब तपाईंका तर्फबाट लफडा हुन्न ?

यसभन्दा अगाडि म जेलबाट निस्कनासाथ ह्वार्र ग्याङवार भए । फेरि म जेल परेपछि शून्य भयो । तर, त्यो संयोग मात्र हो, प्लान होइन के । तर, कोही आइलाग्छ भने त जाइलाग्न त परिहाल्यो । कोही मलाई वा मेरा केटाहरूलाई हान्न आयो भने चुप लागेर बस्ने व्यक्ति परिनँ म । पहिला म कसैलाई हान्दिनँ, तर कसैले हान्यो भने छोड्दिनँ ।

पहिला ग्याङफाइट किन भयो त ?

दीपक र मबीच दुश्मनी नै थिएन । ग्याङवार गराएर फाइदा लुट्ने समूह छन्, यहाँ । केटाहरू पनि छन्, केही पुलिसहरू पनि छन् । उनीहरूले हामी दुवैबीच कुरा लगाएर असमझदारी बढाएर ग्याङवार गराएका हुन् । केही प्रहरी छन् जो अपराध नियन्त्रणको साटो ग्याङवार गराएर फाइदा लुट्ने योजनामा हुन्छन् । मकहाँ आयो दीपकको कुरा गर्‍यो, दीपककोमा गयो मेरो कुरा गर्‍यो । तिनीहरूले नै जुधाएका हुन् ।

अहिले कुरा मिल्यो ?
कुरा मिल्ने-नमिल्ने मलाई थाहा छैन । म कसैलाई हान्न जान्न । अब कोही हान्न आउँछ भने सुतेर बस्ने त कुरै छैन । म शनिको भक्त । जसले मिलन चक्रेलाई छुन्छ, त्यसलाई शनिको दसाले छुन्छ । कुरा यत्ति हो ।

एक वर्षको जेलअवधिमा तपाईंको सञ्जाल ध्वस्त भयो रे, हो ?
मार्केटले देखाउँछ, कसको सञ्जाल बलियो छ, कसको भत्कियो भन्ने । जुन दिन चक्रेमाथि कसैले हात हाल्छ त्यो दिन देख्नेछ को कति बलियो छ भन्ने । जेल जाँदा छोड्न चार सय साथीहरू आएका थिए । बाहिरिँदा त्यत्तिकै साथीहरू स्वागत गर्न आएर पुलिस नै डरायो । फोटो खिच्न हनुमानढोका लगेको, मेरा केटाहरू नहिँडी मलाई बाहिर निस्कनै दिएन पुलिसले । यसैले देखाउँछ, मेरो संयन्त्र केही भएको छैन । दुई-चारजना यताउति गए होलान्, तर त्यसले केही फरक पर्दैन । म बाघ हुँ, अरू स्याल हुन् ।

तपाईंसँग काम गर्नेहरूको संख्या कति छ ?
म संख्या तोक्दिनँ । समय आएपछि देखिन्छ ।

भनेपछि राजनीति गर्ने नै भइयो अब ?
भइयो । म पनि सेलिब्रेटी हो नि यार, काठमाडौंको । पुलिसका हाकिमहरू जेल भ्रमणमा आउँदा अरू सब काम छाडेर मलाई हेर्न आउने । मचाहिँ चिडियाखानाको बाघजस्तो क्या । बाटोमा हिँड्दा पनि मान्छेहरू 'ऊ त्यो हो चक्रे मिलन' भन्छन्, औंलाले देखाएर । मलाई त लाज लाग्छ यार ।

http://www.nayapatrika.com/newsdetail.php?id=807070311492449&n_id=23
 
Posted on 07-09-08 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bikash Ji,

                  UML ko neta aaba ta Jai jai kar garnu parla tapai haru le..ki kaso


 
Posted on 07-09-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जसले मिलन चक्रेलाई छुन्छ, त्यसलाई शनिको दसाले छुन्छ ।"
 
Posted on 07-09-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo Muj! milan pani neta re . Lol .This is got be a joke . Esta  khate haru politics ma ayo bhanne , aba nepal ko k halat huncha . Yo muj! khate milan should be in bars . Lol and its funny to hear him be called a don . Sala he's a freaking coward , who cant even walk alone .
Esta muj! politics ma aunu bhanda ta muj! kukkur lai uthaye huncha .

 
Posted on 07-09-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maobaadi kukur kaaa YCL bhandaa ta Chakre Milan nai thik.....at least khulera bolna ta hichkichaaunna...maobaadi kukur haru jasto yahaa euta kura uhaa arko kura ta gardaina.....


 
Posted on 07-09-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Damn!!! chakre is going to be a NETA. I like it. hahahaha.. see nepal ko dasa.

we went to high school together back in the day in Vanasthali, he was never in class, he was a smart kid but never cared to study, we went to Makkhan all the time and hung around our gang called KIDS hahaha.

Now he will be a Neta, what will happen to our Nepal now. He is talking positive though. There is no doubth he can't be a Neta, he got manpower and money, that is all you need in nepal and india to be a politician. N' he fit's the Bill.. New Lalu Prasad in Nepal.


 
Posted on 07-09-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही मलाई वा मेरा केटाहरूलाई हान्न आयो भने चुप लागेर बस्ने व्यक्ति परिनँ म । पहिला म कसैलाई हान्दिनँ, तर कसैले हान्यो भने छोड्दिनँ ।

 म कसैलाई हान्न जान्न । अब कोही हान्न आउँछ भने सुतेर बस्ने त कुरै छैन । म शनिको भक्त । जसले मिलन चक्रेलाई छुन्छ, त्यसलाई शनिको दसाले छुन्छ । कुरा यत्ति हो ।


 
Posted on 08-25-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 25-Aug-08 01:27 PM


 
Posted on 08-25-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau Man in black pani pakkai ko neta bhayechha

 
Posted on 08-25-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hatya hingsakai raajniti bokeko partyma chirna pani garho bhayenani chakre brolai. GO maoist GO. You need to formalize and systematize intimidation, confistication, kidnapping and more Where Chakres can see themselves Leading.

Good Job.
Go Maoist Go Chakres !

 
Posted on 08-25-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That's all we need now, one more gansta in our political mainsteream.! Don't we have enough of these people in our politics. and i am so sorry for those  who still praise these kind of  people.

Last edited: 25-Aug-08 03:10 PM

 
Posted on 08-25-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ha ha.. one more leader.. god bless nepal.


 
Posted on 08-25-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

alik dhilo bhe chha jail bata chhutna. Natra sabhasad bhayera rastriya sahamati ko lagi bhumika khelthyo ki chakrey milan ley. diamond cuts diamond rey kya :)
 
Posted on 08-25-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WHAT?????!!!!!!!! hahahhahahahahahahhahaha i really dunno wht to say
 
Posted on 08-25-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chakre le bhaneko pani sahi.... jasle teslai chuncha shaani ko dasa lagcha bhaneko jastai nepal le ni chuyo aba nepali ke dasaa lagne ho... cant handle no more......please chakre u r good as a gangster no politics
 
Posted on 08-25-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

new joke in the market guys,,

milan chakre our new leader...

hahhahahahahhhahaa


 
Posted on 08-25-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  chor bro, are u sure he studied in vanasthali? Since u urself said that he studied with you, its hard to argue on that case.  I m also from vanasthali i never knew that he was from same school.
Last edited: 25-Aug-08 03:54 PM

 
Posted on 08-25-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What's wrong with Milan stepping in. Is he the first crook to be a politician. I've more respect for him, at least he's honest about his past and we know his character, unlike the rest of the Daura Surwal, Tie-Suit, humble looking politicians who have raped and sold our country. What have we to loose, there is nothing to loose. Nepali's parliament is all filled with SOOJO looking corrput leaders and murderers, what makes Milan different from them? Is it just beauce they do not ear jeans, visits temple, have family or just beacuse you have a relative in the parliament?
Even thoug Milan looks like a cheesy 80s failed rock band singer, binged on burger, other than that I don't see anythiong wrong with him. I'm supporting him!!!
Rock on Man!!!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters