sajhabusaima
Replies to this thread:

More by sajhabusaima
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Need Donation to Build Library In Eastern Chitwan
[VIEWED 6324 TIMES]
SAVE! for ease of future access.
Posted on 08-04-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथिहो  हामि ले धेरै राजनिति का कुरा गर्यौ बिकास का ब्याख्या गर्यौ  तर अब पालो आएको छ गाँउ समाज को बिकास गर्न लाग्ने । हुन सक्छ तपाइहरु मध्ये कति को दिल देखि चाहाना होला केहि गरौ भन्ने र यदि त्यस्तो छ भने प्लिज इमेल गर्न नभुल्नु होला। अनि कति साथि हरु बिभिन्न संघ संस्था  हरु मा आबद्ध हुनु हुन्छ र तपाइले कुने पनि तरिका ले  सहयोग गर्न सक्नु हुन्छ भने पनि इमेल गर्न को लागि अनुरोध गर्दछु । तपाइहरु सँग गाँउ मा कसरि शिक्षित बनाउन सकिन्छ र कसरि आएमुलक कार्यक्रम गाँउ का हरेक बासिन्दा सम्म पुर्याउन सकिन्छ  भन्ने केहि छ भने सेयर  गर्न अनुरोध गर्दछु तपाइहरु माझ।

साथि हो यो गाँउ पुर्ब चितवन को एउटा गाँउ हो जाँहा  सुकुम्बासि को ठुलो बस्ति छ र पढने मानिस हरु  कम मात्र  छैन अनि आए स्रोत पनि कम छ वा छदै छैन भन्दा पनि हुन्छ।  हरेक साल  म किताब किन्ने गर्दछु याँहा को लागि र केहि लाइ पढाउने प्रयास गर्दछु तर मेरो एकल प्रयास फेल त नभनु तर सफल हुन सकिरहेको छैन, त्यसैका लागि म चाहान्छु कि एउटा पुस्तकालय बनाउन सकियो भने याँहा का मानिस पढाउन सजिलो मात्र पर्ने छैन पुस्तकालय मार्फत ब्यबसाय मुलक शिक्षा र मानिस हरु लाइ ब्यबसाय मा लगाउन सकिन्छ ।हरेक महिला शिक्षित नभइ हाम्रो समाज सिक्षित हुन सक्ने बाला छैन्न  अनि त्यति बेला सम्म यि नेता भनउदा हरु ले सुकुम्बासिकै नाम मा हाम्रो समाज लुटन छोडने छैन ।  सुकुम्बासि को नाम मा राजनिति गर्ने हरु लाइ यति गरेर देखाउन सक्ने हो भने सुकुम्बासि ले नै उनिहरु को अनुहार मा थुक्ने छन । किनकि उनिहरु लाइ मौका दइनु पर्छ उनिहरु को जिन्दगि को नक्सा उनिहरु ले नै कोर्नेछन । गाँउ मा रहेको क्लब ले यसका लागि काम त गरिरहेको छ तर गरिबि का कारण केहि हुन सकिरहेको छैन , त्यसैले तपाइहरु को सहयोग को अपेक्षा गर्दछु ।

 
Posted on 08-05-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथि हो ,
हुन सक्छ मेरा कुरा हरु अलि धेरै नै भएका होलान  तर यो एउटा समाज परिबर्तन गर्ने प्रयास। साथि हो म  तपाइहरु सँग म पैसा मागिरहेको छैन, चाहिएको छ त अहिले  एउटा सल्लाहा, अनि सुझाब  गाँउ नै गाँउ ले भरिएको एउटा गाँउ र समाज को बिकास कसरि गर्न सकिन्छ भन्ने बिषयमा । याँहा धेरै इन्टेलेक्चल  हरु हुनुहुन्छ अनि याँहा केहि साथिहरु सँग देश बिकास  कसरि हुन्छ भन्ने सवाल मा आइडिया दिन सक्नु हुन्छ भने एउटा जिल्ला र गाँउ वा समाज को बिकास मा आस छ तपाइहरु को सुझाब  वा सल्लाहा छ र त्यो याँहा आउने छ ।

 
Posted on 08-05-08 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Are you sure?

Can you guarantee that Maoists' YCL and PLA will not bomb this library?

Need to think twice here these days before sending donation to Nepal these days.... Good luck !!

 
Posted on 08-05-08 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just wondering

nepal ka neta/samsad/savasad haru ko bhatta, health, bidesh bhraman kharcha rokyo bhane nepal ma testa library kati ho kati banna sakchan.

 


 
Posted on 08-05-08 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i am sorry i cant really read nepali very well. its sad i know but how do we donate?? i would like to help out if u write it in english and give deatiled inf abt who u r helping why etc thanks
 
Posted on 08-05-08 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

go ask PRACHANDA and Comrade BADAL.. they are from there.. and they probably have plenty of money they looted from Nepalese.


 
Posted on 08-05-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am happy to see such initiatives at the grassroot level........I highly appreciate it......Tell me abt yourself and problee I will know you because I am also from the same hood..............My home sweet home is near Buddha Shanti Ma Vi..................... Keep in touch...I will support you to my best in this campaign........

May all be blessed......

Jai Nepal


 
Posted on 08-05-08 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajhabusaima,      First of all bunch of thanks for ur noble idea and incentives u have been putting through.It would  be better if u would share how exactly u r thinking to do.....Also,I would really appreciate if u let us know about the village u r talking about.

 
Posted on 08-05-08 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Give detail I will donate....................... No matter if YCL bombs it orther day or whatever. But I do hope  the money is spend for its intended purpose. I have seen that people had made fortune out of donation money in the name of so called NGO's.

 


 
Posted on 08-06-08 4:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथि हो धन्यबाद  कमेन्टका लागि ढिलानै  भए पनि ।

साथि हो , हाम्रो देश र समाज को बिकास का लागि पहिला महिला अनि दलित र गरिब हरुलाइ एउटा  सुत्रमा बाँध्नु जरुरि छ र जुन म याँहा कुरा गरिरहेको छु  र यो त्यसैको एउटा भिजन हो । मैले  सोचेको लाइब्रेरि तपाइ हामि ले देख्ने गरेका सेन्ट्रल लाइब्रेरि र ब्रिटिस लाइब्रेरि होइन ।  यो एउटा नेटवोर्क   हो जसले पुर्ब चितवन को  कोराक, देखि कठार सम्म र चैन पुर देखि पिप्ले सम्म  बछौलि देखि  बिरेन्द्रनगर सम्म काम गर्ने छ। साथि हो लगभग यि सबै गाँउ मा महिला समुह हरु सहभागि छन  अनि चल्न नसक्ने भए पनि साधारण स्कुल पुगेका छन  तर अझ पनि लग भग ६५% महिला पढन सक्दैन्न अनि गाबिस हेरि १७% देखि ४२% सम्म बाल बालिका शिक्षा बाट बन्चित छन । कम्प्युटर  र इन्टरनेट धनिहरु र माथिल्लो दर्जाका मानिस मा सिमित छ भने टेलिफोन र बोर्डिङ स्कुलका  गरिब का लागि बनेकै होइन भन्ने परेको छ । 

साथि हो यो सोच अनुरुप हरेक  गाबिस का हरेक बार्ड मा  सम्पुर्ण दाजु दिदि र भाइ बहिनि लाइ  शिक्षा, रोजगारि र ब्यबसहियक तालिम उपल्बध गराइने छ । पढन लेख्न नजानेका आमा, बुबा दाजु दिदि वा भाइ बहिनि को हक मा ब्यबसायक मुलक शिक्षा सुरु गरिने छ (जसलाइ म अर्को भाग मा पोस्ट गर्ने छु) । उमेर भएर पनि स्कुल जान नपाएका हरु को हक मा स्कलर्सिप मिलाएर हरेक लाइ स्कुल पठाउने प्रयास गरिने छ ।  सुरु को बर्ष मा ३ गाबिस का ३ गाँउ अनि २ स्कुल बाट यो कार्य सुरु गरिने छ । जसमा  ४५-६० जना आमा बुबा अनि दाजु दिदि लाइ पढाइने छ भने  २ वटा स्कुल मा २०-३० वटा सक्लर्सिप उपल्वध गराइने छ ।यसरि समेटिने गाँउ मा ३ किसिम का संस्थाहरु हुनेछन्  र जुन एक अर्का सँग आबध्द रहेने छन। एक ले गाँउ मा शिक्षा सुधार अनि सामाजिक एकता का काम गर्ने छ , अर्को ब्यबसहिक, ट्रेनिङ अनि रोजगारि का लागि भने  ,अर्को सामाजिक चेतना, हक हित  का साथ साथ अतिरिक्त क्रियाकलाप मा काम गर्ने छ । हरेक गाँउ र स्कुल, गाबिस , हेल्थपोस्ट, हुलाक लाइ एक पोर्टल मा समेटिने छ । हरेक गाँउ का हरेक बासिन्दा लाइ यसले समेटने छ ।

यसले बिदेशि स्कुल हरु लाइ गाँउ का स्कुल सम्म पार्टनर्सिप प्रोग्राम चलाउन सहयोग गर्ने छ । गाँउ का किसान हरु लाइ बिज्ञ सम्म को पहुच र ब्यबसाय मा लाग्न चाहने  र लागेका हरु को हक मा बिज्ञ को सल्लाहा उपलब्ध गराइने छ । यसले गाँउ हरेक बार्ड मा गाबिस सँग मिलेर लाइब्रेरि का आधारभुत संर्चना स्थापित गर्ने छ र जसको  बिकास र संरक्षण को जिम्मा स्थानिय बासिन्दा लाइ दिइने छ । यसरि सँचालन मा आएका लाइब्रेरि मा नै साधारण र आधारभुत स्वास्थ सेवा को प्रबन्ध मिलाइने छ भने गाँउ मा भएका कार्य को अपडेट गाविस र स्कुल हरु मा पुर्याइने छ ।


साथि हो यो मेरो शोच हो हुन सक्छ तपाइहरु सँग म सँग भन्दा अझ बढि  कुरा हरु हुन सक्छन यि बिकास का मोडेल मा  यदि त्यस्तो केहिछ  भने प्लिज लेख्नु होला ।  साथि हो म अहिले आर्थिक संकलन गर्ने पक्षमा छैन त्यसैले मलाइ बौद्धिक सहयोग नै गर्नु होला । कसरि यि गाँउ र हरेक बासिन्दा सम्म नयाँ टेक्नोलोजि , शिक्षा र ब्यबासाय मा पहुच दिन सकिन्छ भने हाम्रा आमा हरुलाइ पनि बुबा हरुलाइ जस्तै   घरयासि देखि  समाजिक निर्णय मा पनि उत्तिकै रुपमा सहभागि गराउन सकिन्छ ।

केहि रिफरेन्स हरु :
http://www.bookaid.org/resources/downloads/advocacy/sharing-resources-research-paper.PDF
http://www.clir.org/pubs/reports/pub113/pub113english.pdf
http://unpan1.un.org/intradoc/groups/public/documents/apcity/unpan011286.pdf
www.britishcouncil.org/globalschools
http://www.campaignforeducation.org/action/2008_reports_cards/english/Nepal.pdf
http://www.oxfam.org.uk/education/





 
Posted on 08-06-08 5:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामाजिक चेतना

समाजिक रुप मा जन चेतना को आवस्यकता, बढदो गरिबि र  संस्क्रिति र धर्ममा भैरहेको अन्तराष्ट्रियकरणका प्रभाव ले हामि, हाम्रो समाज र बाल बालिकालाइ पनि प्रभाब पार्दैछ गएको छ र  त्यसका साथ चल्नका लागि गाँउ को हरेक मानिसलाइ शिक्षित बनाइनु जरुरि भैसकेकोछ। यस कार्य अन्तर्गत गाँउ का पढेका हरेक भाइ बहिनि लाइ सामेल गराइने छ, आमा, बुवा, दिदि, दाजु लाइ पढन र लेख्नका लागि ऊनिहरुलाइ बिशेष शिक्षक (प्रसनल टिचर) बनाएर सामाजिक दाइत्व दिइने छ साथमा उनिहरुलाइ पनि स्वास्थ सल्लाहा, सफा सुघ्घर सम्बन्धि सिक्ष दिइनेछ। जसले गर्दा हरेक भाइ बहिनेले आफ्नो क्षमता र प्रतिभा देखाउने मौका पाउनेछन् भने अभिभावक ले सजिलै सिक्न सक्ने छन् । जसमा गाँउ भरि रहेका मध्ये बाट हरेक पटक मा १५-२० जना अभिभावक लाइ छानेर नेपालि, गणित, स्वास्थ, अंग्रेजि, ब्यबासायिक सिक्षा र साधारण कम्प्युटिङ तालिम दिइने छ, जसलाइ तालिम सकिए पछी ब्यबसाय मा लाग्न गाँउ भरि रहेका स्वयं सेबक हरुले साथ दिने छन भने गाँउ बाट उठाएरनै लगानि गरिने छ।  

यसले गर्दा हरेक अभिभावक लाइ ब्यबसाय गर्दा ब्यबहारिक रुपमा आवस्यक पर्ने साधारण नेपालि, गणित, स्वस्थ, अंग्रेजि, र कम्प्युटर शिक्षा सजिलो र सर्भ सुलभ तरिकाले पुर्याउन सकिनेछ भने गाँउ मा ब्यबसाय बढने र गरिबि घटन मा केहि टेवा मिल्ने छ। यस अन्तर्गत ४ (१२० दिन) महिना लगाएर नेपालि, गणित, स्वास्थ, अंग्रेजि, ब्यबसाहिक शिक्षा, र साधारण कम्प्युटर सिकाइने छ । जस मा १५ जना भोलिएन्टर को ब्यबस्था गरिने छ , जसले तयार पारिएको टिचिङ प्लान लाइ सहभागि सम्म मात्र पुर्याउने छैनन कि ऊनिहरु लाइ ब्यबसाय मा नलागुनजेल सम्मका लागि सहभागि सँग मिलेर काम गर्ने छन् ।

यसका लागि ८००० खर्च गरिने छ ।  यसका लागि ४ महिना समय हुने छ र ४ जना ले यसलाइ पढाउने छन् ।  जसमा पढाउने लाइ रकम न्यन्तम दिइने छ र प्रशंसा पत्र को ब्यबस्था पनि गरिने छ गाँउले को तर्फ बाट। यस मा  घरको भाडा का लागि २००० र इन्टरनेट, कागज पत्र र बजुलि का लागि १६०० खर्च गरिनेछ । प्रशंसा पत्र,खेल खेलाउन र अन्य कार्यक्रम का लागि ४०० खर्च गरिने छ। यस का लागि आवस्यक पर्ने भिडियो, सिडि, किताव हरु का लागि १००० खर्च गरिने छ। कार्यक्रम को अन्त मा सहभागि, समाजसेबि, शिक्षक लाइ पुरस्कार को ब्यबस्था का लागि ५०० खर्च गरिने छ र रु २५०० शिक्षक लाइ उपलब्ध गराइने छ। यसका लागि हरेक साँझ दुइ घण्टा हुनेछ र दिउसो पढन चाहाने को लागि दिउसो लाइब्रेरि को ब्यबस्था का साथै बिशेष शिक्षक (प्रसनल टिचर) को ब्यबस्था गरिने छ जसले सहभागिले नजानेको कुरा बुझ्नलाइ सहभागि लाइ सहयो गर्ने छ भने लाइब्रेरि मा त्यस सम्बन्धि बढि भन्दा बढि कुरा देखाउने र बुझाउने प्रयास गरिने छ।

१.       नेपालि भाषा  (२१ दिन)

- हेरक सहभागि लाइ नेपालि शव्द, वाक्य बनाउन सिकाइने छ। यसमा धेरै भन्दा धेरै रुपमा सहभागिहरुलाइ भाग लिन लगाइने छ, जसले गर्दा उनिहरुले छिट्टो सिक्नेछन।

- हरेक सहभागिले बाक्य बनाउन सिके पछि उनिहरु लाइ धेरै भन्दा धेरै लेख्न लगाइने छ , जसले उनिहरु को लेख्ने सिपको बिकास हुन जानेछ ।

-  हरेक सहभागि लाइ लामा लामा बाक्य लेख्न लगाइने छ, जसले गर्दा उनिहरुले आफुले चाहेको कुरा लेख्ना सक्नेछन ।

-  हरेक सहभागि लाइ चिठ्ठि, निवन्ध लेख्न लगाइने छ, जुन यस कोर्ष को समाप्ति हुने छ।

-  हरेक दिन आउने प्रतिफल र सहभागि को नाम रेक्रड गरिनेछ, त्यसलाइ सुक्ष्म तरिका ले अध्यन गरिने छ र त्यहि आधार मा ऊनिहरु सम्म पुग्ने प्रयास गरिने छ ।


 
Posted on 08-06-08 5:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

१.       गणित शिक्षा  (२१ दिन)

 

-  यसको अन्त मा हेरक सहभागि ले सजिलै अङ्क चिन्ने छन, जसका लागि सहभागिहरु लाइ ग्रुप मा बिभाजन गरिन्छ र सकेसम्म ग्रुप को हरेक सहभागि लाइ अङ्क चिन्न दिएनेछ। यसमा धेरै भन्दा धेरै रुपमा सहभागिहरुलाइ भाग लिन लगाइने छ र ऊनिहरुलाइ धेरै भन्दा धेरै प्राक्टिस गर्न लगाइनेछ।

- हरेक सहभागि लाइ जोड, घटाउ, गणित र भागा सिकाइनेछ। जसमा ब्यबहारिक अङ्क प्रयोग गरिनेछ र सहभागि लाइ धेरै भन्दा धेरै समस्या दिएर त्यसलाइ हल गर्न भनिनेछ। जसले गर्दा सहभागि हरुमा आत्माबिश्वास बढन जानेछ।  

-  हरेक सहभागि लाइ कठिन जोड, घटाउ, गणित र भागा सिकाइनेछ र उनिहरुलाइ यसको  प्रयोग घरयासि  रुपमा कसरि प्रयोग गर्ने सिकाइनेछ  र यसले गर्दा उनिहरुले आफ्नो घरयासि खर्च को रेकर्ड गर्न सक्नेछन र खर्च मिनिमाइज गर्न सक्ने छन्।

-  हरेक सहभागि लाइ दस मलब को हिसाब सिकाइनेछ, जसले गर्दा उनिहरु ले कहि ठगिन नपरोस।

-  हरेक दिन आउने प्रतिफल र सहभागि हरुको नाम रेक्रड गरिनेछ, त्यसलाइ सुक्ष्म तरिका ले अध्यन गरिने छ र त्यहि आधार मा ऊनिहरु सम्म पुग्ने प्रयास गरिने छ भने यसले संचालकलाइ उनिहरु लाइ दिनु पर्ने अतिरिक्त समयको पनि हिसाब गर्न सजिलो हुनेछ  

 

२.       स्वस्थ शिक्षा (२१ दिन)

-   यस अन्तर्गत सहभागिहरु लाइ हरेक दिन आउनन सक्ने स्वास्थ समस्या लगायत यसबाट बच्न आवस्यक पर्ने अति नित्यान्त आवस्यक  साथ साथ रोग हरु सँग लडन का खातिर आइमाइ वा लोग्ने मान्छे को शरिर मा के के भौतिक पुर्बाधार चाहिन्छ भन्ने कुरा को ज्ञान दिइने छ ।

- यसले सहभागि लाइ बच्चा हुर्काउन मा आवस्याक पर्ने ज्ञान का साथ साथ मा उनिहरु लाइ कस्ता खाना कुवाउन जरुरत छ र समाज मा उत्पादन हुने कुन परिकार ले कति प्रोटिन र भिटामिन दिने छ भन्ने कुरा को ज्ञान दिने छ ।

- यसले आइमाइ र लोग्ने मान्छे को शरिर मा रहेका गुण का साथ साथ मा उनिहरु लाइ दैनिक रुपमा आवस्यक पर्ने प्रोटिन र भिटामिन को पनि ज्ञान दिने छ ।

-यसले मानिस लाइ स्वास्थ रहन गर्नु पर्ने क्रियाकलाप का साथ साथ मा कुनभोजन कासरि खादा स्वास्थ रहन मद्दत गर्ने छ भन्ने कुरा को पनि ज्ञान दिने छ ।

- यसले गाँउ मा गर्न सकिने प्राथामिक उपाचार का लागि आवस्यक ज्ञान दिने प्रयास गर्ने छ ।

- यसले डाक्टर वा अहेव लाइ गाँउ मा बोलायर सुत्केरि हुदा ध्यान दिनु पर्ने कुरा लगायत यस अवस्था मा ध्यान दिनु पर्ने कुरा को पनि ज्ञान दिने छ ।

 


 
Posted on 08-06-08 5:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

     

 

5.       साधारण अंग्रेजि शिक्षा (२१ दिन)

 

यसको अन्त मा हेरक सहभागि ले सजिलै अग्रेजि बाक्य बनाउन सक्नेछन, जसका लागि सहभागिहरु लाइ समुहमा बिभाजन गरिन्छ हरेक सहभागि लाइ शब्द चिन्न र त्यहि अनुरुप बाक्य बनाउन दिएनेछ। यसमा धेरै भन्दा धेरै रुपमा सहभागिहरुलाइ भाग लिन लगाइने छ र ऊनिहरुलाइ धेरै भन्दा धेरै सामान्य बाक्यहरु बनाउन लगाइनेछ। जसले गर्दा उनिहरु मा अंग्रेजि बोल्न र लेख्न सक्ने बानि मा बिकास हुन जानेछ र साना साना बाक्य बाट नै पारेग्राफ बन्दछ।

 

-   हरेक सहभागि लाइ भर्ब, नाउन का साथ मा ब्याकरण सिकाइने छ, जसले ऊनिहरु लाइ बाक्यबनाउन सजिलो हुनेछ र यस क्रमा उनिहरु लाइ बढि भन्दा बढि रुप मा सहभागि गराइने छ जसले गर्दा उनिहरु लाइ बुझ्न सजिलो हुना जानेछ ।

 

यस को अन्त मा हरेक सहभागि ले आफ्ना बारेमा र मन मा रहेका साधारण कुरा अग्रेजि पोख्न सक्ने छ । जसका लागि बढि भन्दा बढि सहभागि हरु लाइ हिज्जे लगायत अरु रोमान।चकारि कार्यक्रम गरेर सहभागि लाइ बुझाउने प्रयास गरिनेछ ।

 

हरेक सहभागि लाइ धेरै भन्दा धेरै ज्ञान दिने प्रयास गरिनेछ र कमजोर हरु लाइ अतिरिक्त समय दिएर सिकाउने प्रयास गरिनेछ। यस का लागि ३ बटा परिक्षा लिगिने छ र हरेक परिक्षा को मुल्याङकन गरेर कमजोर हरुलाइ अघि लैजाने प्रयास गरिने छ ।

 

हरेक दिन आउने प्रतिफल र सहभागि हरुको नाम रेक्रड गरिनेछ, त्यसलाइ सुक्ष्म तरिका ले अध्यन गरिने छ र त्यहि आधार मा ऊनिहरु सम्म पुग्ने प्रयास गरिने छ भने यसले संचालकलाइ उनिहरु लाइ दिनु पर्ने अतिरिक्त समयको पनि हिसाब गर्न सजिलो हुनेछ 

 

२.       ब्यबसाहिक शिक्षा (३० दिन)

-   बाख्रा पालन

यस मा उन्नत बाख्रा पालका लागि आवस्यक ज्ञान दिने प्रयास गरिने छ। जसमा बाख्रा खरिद देखि बाख्रा को बिक्रि सम्म आइपर्ने कुराहरु लाइ सरल भाषामा सिकाइने छ । जसले गर्दा यस पेशा अंगाल्न चाहाने सहभागि ले यसको गहिराइ सम्म पुग्न सकोस । यस मा शुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

- बुङ्गुर पालन

यस मा उन्नत बुङ्गुर हरु बाट कसरि लाभ लिन सकिन्च भने कुरा सगभागि हरुलाइ बुझाउने प्रयास गरिने छ। यसमा यसका लागि छाहिने बातावरण, खाना, लगायत सहभागि लाइ आबस्यक पर्ने ज्ञान दिने प्रयास गरिने छ। यसमा पनि बाख्रा मा जस्तै ब्यबसाय सुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

  कुखुरा पालन

यस मा पनि माथि उल्लेखित भए जस्तै कुखुराको ब्यबसाहिक उत्पादन मा आवस्यक पर्ने ज्ञान र सिप का बिकास को लागि प्रयास गरिने छ। यसमा पनि  अरुमा जस्तै ब्यबसाय सुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

- तरकारि वा घुम्ति पसल

यस मा सहभागि हरुलाइ साधारण पसल गर्दा चाहने ज्ञान र सिप  सिकाउने प्रयास गरिने छ। जसले सहभागिहरुलाइ बिज्ञापन देखि लियर आफ्नो बास्तुहरु  कासरि सजिलै ग्रहाक सम्म लैजाने प्रयास गर्ने छ। यसमा पनि  अरुमा जस्तै ब्यबसाय सुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

अर्गानिक खेति

यस मा सहभागि हरु लाइ केमिकल प्रयोग बाट जमिन लाइ भैरहेको नोकसानि देखि आफ्नै घर मा कम्पोस्ट मल बनाउने तरिका अनि नयाँ किसम को खेति गर्न का लागि आवस्यक पर्ने सिप र ज्ञान दिने प्रयास गर्ने  छ। यसमा पनि  अरुमा जस्तै ब्यबसाय सुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

३.       साधारण कम्प्युटर तालिम  (६ दिन)

यस मा सहभागि हरु लाइ आफ्नो ब्यबसाय का लागि चाहिने ज्ञान कसरि इनट्रनेट बाट लिने लगायत आफ्नो हरेक दिन को हिसाब कितब अनि दैनिक क्रिया कलाप लाइ काँहा र कसरि रेकर्ड गर्न पर्छ भनेर ज्ञान दिनु का साथ साथ मा हरेक घर सम्म सुचना प्रबिधि को पहुच पुर्याउने छ।


 
Posted on 08-06-08 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखेको लेख मा धेरै अशुद्ध र गल्ति भएका छन आस छ तपाइ हरु ले पढदा सच्चाउनु हुने छ भने गल्तो मोडेल लाइ भने यो यो कारण बाट गलत छ भनेर त्यसको अल्ट्रानेटिभ पनि दिनु हुने छ भन्ने आस लिएको छु ।

 
Posted on 08-06-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

roomtoread.org ले लाईब्रेरी, स्कूल बनाउने तथा छात्रबृत्ति दिने गर्छ। स्थानिय निकायबाट अग्रसरता देखाएर आधा खर्च ब्यहोर्ने हो भने उनीहरुले लाईब्रेरी बनाउने र नेपाली तथा अंग्रेजी किताबहरु पनि उपलब्ध गराउछन। उक्त संस्थाका अनुसार चितवनमा पनि उनीहरुको कार्यक्रम संचालन भएको छ। बिस्तृत जानकारीका लागि उनीहरुको स्थानीय कार्यालयमा संपर्क राख्‍नुहोस। मेरो कुरा चै किताबि मात्र हो र त्यहा थप साह्रा गाह्रा कुराको बारेमा जानकारी छैन।

http://www.roomtoread.org/

Book

John Wood - Leaving Microsoft to Change the World


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters