lakhe

More by lakhe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कपालबाट सोलार प्यानल
[VIEWED 1853 TIMES]
SAVE! for ease of future access.
Posted on 07-08-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कपालबाट सोलार प्यानल

काठमाडौं, (नेस) देशले ऊर्जासंकट भोगिरहेका बेला एक कलेजका विद्यार्थीले मानिस तथा जनावरको कपाल एवम् रौंबाट सोलार प्यानल बनाउने प्रविधिको विकास गरेका छन्। 

राजधानीको टि्रनिटी इन्टरनेसनल कलेजका विज्ञान संकायका विद्यार्थी मिलन कार्की र हरिहर अधिकारीले दुई वर्षलगाएर यो प्रविधिको विकास गरेका हुन्। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले कपाल प्रयोग गरी बनाइएको उक्त सोलार प्यानलको प्रदर्शन गरेका थिए।

मानिस वा जनावरको कालो रौंलाई नुनपानीमा डुबाएर अर्द्धचालक बनाई सोलार प्यानल तयार गरिने जानकारी उनीहरूले दिए। यसरी रौं प्रयोग गरी ८ भोल्टको सोलार प्यानल २ हजार रुपियाँमा तयार गर्न सक्ने दाबी उनीहरूको छ। एउटा सोलार प्यानल तयार गर्न आधा किलो कपाल आवश्यक पर्ने उनीहरूले बताए।

सो अवसरमा ऊर्जा मन्त्रालयका सचिव शंकर कोइरालाले नयाँनयाँ प्रविधिको विकास गर्ने विद्यार्थीलाई मन्त्रालयले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। टि्रनिटी इन्टरनेसनल कलेजका प्रिन्सिपल इन्द्रप्रसाद सुवेदीले आफ्नो कलेजका विद्यार्थीले नयाँ प्रविधिको विकास गरेकोमा खुसी व्यक्त गर्नुभयो। नास्टका प्राविधिक अधिकृत देवकुमार यादवले नास्टले सो प्रविधिको प्राविधिक परीक्षण गर्ने बताउनुभयो


http://www.newsofnepal.com/new/detailnews.php?type=mahanagar&id=3778




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters