Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 153046 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-05-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त उहिले देखि को साथी चिलिम्, साथी भाई फिलिमको कुरा गर्छन्, म चाँही चिलिम को । मरी लानु के छ र, जिन्दगी कति जिउनु। काल् लाई नि बहान चाहियो नि। फेरि हाम्रो महा देब् त यहि चिलिम् भर मा सारा पशुको कल्याण गर्नु हुन्छ, यो राहुले नि कल्याणि को खोजमा।
 
Posted on 01-05-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हो यो ठुल्दाइले चिलिम चिलिम भन्दा भन्दै सारो भो के अनि चिलिम को सट्टा हुक्का तानियो । यो अ्रिकामा त तमाखु पनि के के फेलेभर हो मजा पो आउदो र छ, क्यार्दै छौ हो जिम्माल मामा, एसो भान्जाको घर तिर उक्ल क्यार, एसो तमाखु भरेर ख्वाम्ला ।
;)
 
Posted on 01-05-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा केटीहरु कता लगेचन्, स्वस्थानी तिर भुलेचन कि, यहाँत बुढाखाला मात्र रैचन्, लौ म पनि लगे तेतै तिर
 
Posted on 01-05-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै भान्जो, उकालो लाउन त मन थो के रे तर क्यार्नु छातिको बेथाले अर्नु अरिसको!
डाउडरले के जाति चिसो ठण्डि बाट बँच्नु भनेओ छ! अब चैत लाएसि मात्तै मिल्छ होला!

यिनि सुनिमा को परिन? हाउँरि कप्तानको नातिनि अस्ति देखिन्छे! कतिमा पढ्दै छौ बा?
 
Posted on 01-05-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जिम्माल बा पनि म त यो गाउँ म स्वास्थ्य कार्यकर्ता भएर आएकी नि ।
ए चिलिमे बुदा (राहुले), चिलिम स्वास्थ्य को लागि हनिकरा छ थाहा छैन, धेरै खान हुँदैन ।
 
Posted on 01-05-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो डाउडरनि नानि परिछिन्!
लौ न बा, यो मेरो छातिको बेथा ठिक अरिदेऊ। दिनभरि कुटु कुटु खान्छ रातभरि घ्यार‍-घ्यार अर्छ। उखेलेर चाइन्जो फालिदिम अस्तो बनाओ गाँठे आफ्नै रोगि छातिले। केइ यसो क्याउसुल स्याउसुल ट्याउलेठ स्याउलेठ लेखिदेउ न बा धर्म हुन्छ!
 
Posted on 01-05-07 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

है बा यो चिसोमा यस्तै हुन्छ, घरमा गएर आगो टेपर बस्नुको सट्टा यो रती बिख चिसो चौतारीमा यिनिहरुको लहै लहै म लगेर चिलिम तनेपछी छाती खराब हुँदैनता । ओखथी सोखति केहि चहिदैन, मजले तत्तत्तो झोल् खनोस् थिक् हुन्छ।
 
Posted on 01-05-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बा लाइ अहिलेलै यो गीत् है, जिम्मल्नि आमले गलि गर्लिन् है जद् धेरै खादा।

 
Posted on 01-05-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरो अरेकि हुन यिनि डाउडरनि नानि ले!
काँ पा'र जाँड खानु नि मुइँले!
बरु बुडेसलाकाँ धुमधुम्ति बसेर गुनगुनाईरा म त!

कइँ बार युँ हि देखा है
ये जो मनकि सिमा रेखा है
मन तोडने लगता है
अन्जानि प्यासके पिछे
अन्जानि आँखके पिछे
मन दौडने लगता है

राहोँमे राहोँमे, जिवनकी राहोँमे
जो खिले है फूल फूल मुस्कुराते
कौन सा फूल चुराके रख लुँ मै सजाके

जानुँ ना जानुँ ना, उल्झन ये जानुँ ना
सुल्झाउँ कैसे कुछ समझ ना पाउँ
किसको मित बनाउँ, किसकि प्रित भुलाउँ

 
Posted on 01-05-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हो जिम्माल बा, बुडेशकाल मा । । । । । । । । ।
मर्लिन नि जिम्मालनी आमाले,
जिम्मल् बा पनि रोमन्तिक्
ल जाओस् अरु पनि
 
Posted on 01-05-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै नि डाउडरनी नानि, अब बैँशमा त म वल्लो गाम पल्लो गाम सात गामको सपै भन्दा तो के जाति रोमाउठिक मुन्छे! सात गामका मै हुँ भन्ने तरुनि समेत, मैले सुकिलो दौरा सुरुवाल लाएर रोदिमा जोर मादल घन्काउँदै गिद गाउँदा मेरि बास्सै भुतुक्क हुन्थे! अब त हेर्दा हेर्दै कपाल पनि तिल चामल बाट चामल अस्तो सपै सेतो भओ। नलि खुट्टाँ नि पइले अस्तो तागत छैन। एस्तै रेछ बिधिको बिधान, अब त घाट लाने दिन कुरेर बसिराछु बन्नु परो बाबै!!
 
Posted on 01-05-07 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भएर त चिलिम सल्काउं भनेको जिम्मालबा, घाट कुरेर खात मा बस्नु भन्दा चिलिम सल्काउनु जाती, जिउनु नि ठोकेर आफ्नो छाती। कसो? सुनिमा नानी लाइ नि तारेमाम है, चिलिम सल्काएर।
 
Posted on 01-05-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत त्यस्तो भन्न हुँदैनानी, म बा लाई हेरविचार गरिहल्छु नि बरु आहिले रति भयो, भोलि म सङ उमेर् कम् हुने ओखति छ, बरु जिम्माल बा लाई भोली ल्यैदिन्छु अनि त हाम्रो जिम्माल ब पनि राजेश हमाल जस्तै, ल ब आहिले म लागे, निन्द्रा प नि लाग्यो , भोली भेटम्ला
 
Posted on 01-05-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ठुल्दाई सल्काउने भा' सल्काम के रे चिलिम सिलिम। तानिदिन्छु जे पर्ला पर्ला!

हो र डाउडरनी नानि? तिमी सँअ तो फेरि तरुनो बेलाँ फर्कने ओखति छ रे?
लु बा अहिले सुत्न जाऊ, भोलि ल्याइदेऊ है? तरुनो हुन मुन लाओ गाँठे! :)
 
Posted on 01-05-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो ठुल्दाइ के छ हो? चिलिम तानेर भ्या'को हो? मैले नि तमाखु खाएर झरेको । एसो चौतारी छिरेको जिम्माल मामा डाउडर्नी सँग के के गन्थन गरेर बस्या रचन । अब तपाईं नि पुग्नु भो, खै एक सर्को तानुम न त ।
 
Posted on 01-05-07 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि जिम्माल ब र म भएर यो गीत गम्ला है त

 
Posted on 01-05-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, भर्खर जिम्मालबा लाइ दिएं आजको कोटा सक्इयो, भोली मात्र, आज लाइ तारेमाम ।
 
Posted on 01-05-07 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कता त, गौशाला तिर मो मो खान हो कि क्या हो?
गा बेलामा चिलिम पनि रिफिल गरेर ल्याम है!
;)
 
Posted on 01-05-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात भर के चिलिम तान्नु र, बुढेसकाल नि २-४ घण्टाअ त सुत्नु नि परो नि। रात् को १ बज्दै छ, हाम्रो जमानामा भए २ तोप् लगाउने ट्याम् भै सक्यो। भोलि बिहान् खोक्दै आउला चौपारिमा। आज लाइ तारेमाम्।
 
Posted on 01-06-07 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानिमा(sunima_sh) त नर्सिनी(डाँडर्नी हैनन् उमेर पुउदैन के) रैछिन्। गीत राम्रो रेछ।
अरु सबै कता गएछन् स्वास्थानी सुन्नलाई।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
TPS EAD auto extended to June 2025 or just TPS?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
TPS Renewal Reregistration
Now Trump is a convicted criminal .
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Does the 180 day auto extension apply for TPS?
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Driver license help ASAP sathiharu
" अनि ग्रिन कार्ड बन्यो त ?"
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters