[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12  
[VIEWED 122058 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
Posted on 04-05-06 4:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको कबिता

गोतामेको कलम
राम्रा राम्रा
कबिता अजै लेखन
 
Posted on 04-13-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शाही टाट्नो"

भर्खरै फाल्यो
प्लाष्टिकले बेरेर
सुख्खा पराल
 
Posted on 04-14-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'स्वतन्त्रता'

के को पुग्थ्यो र
सुक्खा परालले
चरन नै चाहिन्छ
 
Posted on 04-14-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिनपछि फुर्सद निकालेर लेख्दैछु।

राजतन्त्र

बूढो भो रूख
सबै मिली उखालौं
लौ जरै देखि

 
Posted on 05-04-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए गोताएँ, यस्तो उल्का नि लेख्न पाइन्छ र हाइकुमा? त्यो पनि मधुपर्कमा।


पुष्कर लोहनी..

तिमी हरायौ
पिउन मन लाग्छ
मध्य रातमा ।

तिमी सम्झिदै
कुर्नुसम्म कुरेको
सिरक भित्र ।

तातो अँगालो
भुसुक्कै निदाइछु
जाडोको रात ।

च्याप्पिँदाखेरि
बैंस च्याप्पिन पुग्दा
पसिनै निस्क्यो ।

भरिएपछि
कहाँ गएर पोखुँ
मनै तरुनो ।

रसायो होला
पोखिन नदिनु है
भरे आउँला ।

भिजेको चोलो
पसिनाको गन्धमा
वाफको तातो ।

स्वादिलो होला
देख्दैमा लोभलाग्दो
चोलो फुकाल्दा ।

रस चुहियो
छचल्किँदै गाग्रोमा
माटाको भाँडो ।

मुटु नै छेड्यो
प्वालै परेर झर्यो
स्नेहको थोपा ।

तेजिलो आँखा
घोच्नुसम्म घोच्यो नै
सल्कि नै हाल्यो ।

थाहा भएन
साँढे लागिसकेछ
गोठालो जिल्ल ।

काखमा राख्दा
पत्याउनै सकिन
खुकुलो रैछ ।

आउने भए
सँगालेर राखौँला
पोखिनु परे ।

तिमी ठानेर
सुघ्नुसम्म नै सुघेँ
रक्सीको मात ।

छाडिदेउ न
बोकेर मै लैजान्छु
सँगै सुतौँला ।

र् र्सपले ठुँग्यो
रगताम्य सपना
निन्द्रा नै झर्यो ।
 
Posted on 05-04-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाईन्छ होला र त लेखे नि काका! जापानमा हाइकूको शुरुवात भने जेन गुरुहरुले ध्यान गर्दा पाएको
आध्यात्मिक अनूभूतिलाई थोरै शब्दमा ब्यक्त गर्ने बिधाको रुपमा भएको हो। तर जस्को हातमा पुग्यो त्यस्तै बनिहाल्छ। हामी निरंकुशतालाई हाईकूले हान्छौँ, यी गुरुले रतिरागमय हाइकू लेखेछन्।
त्यति रतिरागमय त हैन, तर मैले पनि सधैं लेख्ने भन्दा अलिक फरक हाइकू लेखेको थिएँ,फरक मौसमकाकारण त्यत्तिकै थन्केको थियो।

"नया वसन्त"

पीपल पात
नवजात शिशुको
कोमल त्वचा

निलो फैलियो
हरियो पोखिएको
छाया खंदिलो

सिन्दूरे साँझ
गाला गालामा चढ्दै
खुस्स उक्लन्छ

घुम्टोमा रात
शर्मीलो मुस्कानमा
खुला अँगालो।
 
Posted on 07-13-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुईगलमा राख्दा राख्दै यो धागोभरि फोहर जमिसकेछ गाँठे! यस्सो पूछपाछ पारेर टल्काउनै परो।

"नेताको स्मरणशक्ति"

धेरै पर्दैन
२ महिना काफी छ
खोर बिर्सन!


"संसद बिघटन नगर!"

वाग्लेले बोल्छ
गोविन्दे ताली ठोक्छ
खुमे ऊफ्रन्छ!
 
Posted on 07-14-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्री
चर्को बोली,
जनतालाइ गोली
मन्त्री खड्ग ओलि
 
Posted on 07-14-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब शिरीष आयो, भौते आयो, गौतम आयो
नेटो काटेको पुरानो फर्केर मौसम आयो

अरु नयाँ नयाँ फूलहरुको पनि आनन्द लिईरहेको छु है ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
Funny when Nepalis talk about Epstein and injustice
Work Permit
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters