[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 116198 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-15-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न बाट नया हाम्रो चौतारी
लाम्पुछ्रे कबिता टासेर वरि परि
सान्नानि ले बना'को लहै ssssss
ha baata .....
 
Posted on 11-15-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"न" बाट?

न त पिर भो
झरेको कपालको
न नै शोक मनाउँछु
चिल्लेको खप्परको

मेरो त बिहे भइसक्यो, गाँठे!
तिम्रो पो सिनित्तिएला बरै,
पर्नु अगावै अघि बिहेको चक्करको!
 
Posted on 11-15-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तिरुले जितिछ।
 
Posted on 11-15-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नया चौतारीको जग हालिछन सान्नानी ले। तेसै ले सान्नानी लाइ २ मुठी धनिया को पात है।

अनि सबै गाम्ले हरु लाइ जदौ मेरो पनि।
 
Posted on 11-15-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्! झन् ज्यान दे'र दिप ब्रोलाई जवाफ दिम् भनेको त, दुई दुई जनाले उछिनि सकेछन्! :(

ग्वाँचेको कथा पुरानै रैछ, तर फेरि पनि पढ्न रामाईलै ला'गो!
 
Posted on 11-15-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि , यहाँ त नया चौतारी बनायेर सान्ननीले उधुम गरिसकिचन, आफुलाई भने चियाउने सम्मनि फुर्सत् भा हैन, गूड् जब सान्नानी
ग्वाँचेको कथा पुरानै रैछ, तर फेरि पनि पढें, फेरि राम्रो ला'गो!
लौ जम्मै लाई जदौ,
गीत् बनाम्दै गरौँ है
 
Posted on 11-15-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ह" बाट?

हात फैलाएर माग्न नि लाजै भो
पैसै तिरेर किन्ने कहिले हो?
लुटेर ल्याम्, "चोर" को तक्मा नचाहिंदो
खोसेर ल्याउँदा, फेरि खोसिने डरै भो

अब गर्न सकियो मात्र आश
ठुलो मोईन्टरै बिना, दिपेको कविता नसोझि
कठै! जाने भो रहेको सास!

"स" बाट!
 
Posted on 11-15-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"स" बाट!

सानो एउटा काम गरम्
desktop मा right click garera properties मा थिचम्
अनि settings मा गएर
screen resolution लाई more तिर धकेलम्

"म" बाट

गर्न चाही नगर्नु है मैले भनेको फेरि के भन्दा के आइलाग्नी हो?
 
Posted on 11-15-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त गरे सान्नानि
बिग्रीनु सम्म् बिग्र्यो कम्पुटार्
पुछर् मात्र आउथ्यो आघि त
स्क्रीन् नै आधा भो आइले लौ

भनि हाल उपचार् :S
 
Posted on 11-15-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-15-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बाट:

ल मोइन्टरले धर्म छाड्यो
भाग्गेले कर्म
दु:खले जरो गाड्यो
कस्ले बुझ्नी मर्म
 
Posted on 11-15-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त केहि गर्नै परेन एत्तिकै कति राम्रो आयो
अब तो कबिता नसोझिदैमा सासै पो किन जाने हो?

ह बाट
 
Posted on 11-15-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु एका तिर मोइन्टर सोझ्याउँदा सोझ्याउदै हाकिमले आफ्नो ढाड सोझ्याम्नी पो हो की?
 
Posted on 11-15-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या हत्तेरिका, सम्झाइदेउन सबलाई
कस्तो थोत्रा मोइन्टर चलाका यिनले

तितौरी त्यो मोइन्टर् लाई दुइ लात् हान त
तेइ हो तेस्को उपचार्

र बाट
 
Posted on 11-15-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका कसरि भयो तेस्तो
अरु को कम्पुटर् मा चै राम्रो आउने
मेरो त कर्मै हो कि उस्तो
पुचर् त छदै थ्यो स्क्रीन् पनि बाङिने :p
na baata........
 
Posted on 11-15-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

र बाट कि न बाट, कस्तो कन्फ्यूजिङ्,
बाङ्या मोनिटर् हुने जतिलाई खुच्चिङ् :P:P

ङ बाट
 
Posted on 11-15-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hai mero ta yesto ako ho, yeso herdai kherai langurko pucchar jastai chha, chaldaina matra, langur bhayeko bhaye ufrera kata puge sakthyo.

 
Posted on 11-15-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रै छ त मेरो मा त
न त छ कबिता पुच्छर जस्तो
पुच्छर हुने हरु को त,
पर्यो होला स्क्रीन नै सस्तो
स्क्रीन नि आधा भयो रे लौ न
कम्पुटर चलाउने मुन्छे झन कस्तो

:P

त बाटा
 
Posted on 11-15-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ङ बाट ङयार र रर र
भ .....भौ भौ
थोत्रे कम्पुटार् भन्ने लाइ
कुकुर् लाइ दिम्
ma baata........
 
Posted on 11-15-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ङ बाट??
ङ बाट कबिता लेख्ने कसरी
बिग्रेको कम्प्युटरमा नबस त्यसरी
के म तिम्रो कम्प्युटर बनाईदिम?
लौ छिटो मलाई प्लेनको टिकट पठाइदिम!!

म बाट
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters