cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

jetho390

Mr. D

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Did Latasha commit suicide or was she a victim?

[Please view other pages to see the rest of the postings. Total posts: 36]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 31393 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-13-15 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चिरन्जीवी पौडेल 

२७ असार, काठमाडौं । नेपाली सेनाका मेजर विष्णु कार्कीसित ७ महिनाअघि बिहे गरेकी २२ वर्षीया लतासाको मृत्युबारे माइती पक्षबाट छानविनको माग गरिएको छ । लतासाको हत्या नै भएको हो भन्ने पुष्टि भइसकेको छैन । घरतिरका आफन्तले चाँहि लतासाले छतबाट हाम्फालेर आत्महत्या गरेको बताउँदै आएका छन् ।

यदि यो घटनालाई आत्महत्या नै मान्ने हो भने पनि लतासा आफ्ना श्रीमानसँग खुसी थिइनन् भनेर विश्वास गर्नुपर्ने हुन्छ । यो घटनाको तथ्य विस्तारै उजागर हुने नै छ । तर, परिवारभित्र हुने आपसी असमझदारी, अविश्वास र सामान्य झगडाले कतिसम्म पीडादायी परिणाम ल्याउन सक्छ भन्ने यो घटनाले देखाएको छ ।

Latasha karki Death case  (2)

अनलाइनाखबरकर्मी महाराजगञ्जस्थित प्रहरी कार्यालयमा पुग्दा त्यहाँ लतासाका साथीहरु र आफन्तसहित करिब एक सयजनाले सत्यतथ्य बाहिर ल्याउन माग गर्दै प्रदर्शन गरिरहेका थिए । उनीहरुले लतासाका श्रीमान विष्णुतर्फ शंकाको सुई तेस्र्याएर नारा लगाएका थिए ।


लतासाका माइती पक्षको दाबीअनुसार मेजर विष्णु आफ्नी श्रीमतीप्रति अत्यधिक शंकालु थिए । केटा मान्छेहरुसित भेटेको वा बोलेको देख्नै नसक्ने उनले यही कुरालाई लिएर लतासालाई मानसिक यातना दिँदै आएको केटी पक्षको आरोप छ ।

यद्यपि मिडियासित भने केटा पक्षका मानिसहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन् । विष्णुको मोबाइल लगातार स्वीच्ड अफ छ ।


शारदा क्षेत्री (लतासाकी आमा) को बयान-

Latasha-karki-Mom-Sarada

मेरी छोरी पहिले निकै चुल्बुले थिई । एभरेस्ट इन्जिनियरिङ कलेज सीतापाइलामा ब्याचलर थर्ड इयर पढ्दैथिई । हिँड्दा पनि उडुँलाजस्तो गर्थी । तर, बिहेपछि अर्कै भई ।


बसुन्धरामा घर भएको, सेनाको मेजर केटो छ भनेर छिमेकीले प्रस्ताव ल्याए । सोधखोज गर्दा सबैले भने, केटो गज्जब छ, आँखा चिम्लेर छोरी दिए हुन्छ । केटो हेर्दा हामीलाई पनि चित्त बुझ्यो । छोरीलाई भन्यौं । ऊ त पहिल्यैदेखि ‘मामु म त हजुरले खोजेकै केटासित बिहे गर्छु,’ भन्थी । छोरी पनि बिहे गर्न तयार भई ।


बिहे हुनुभन्दा ४-५ दिन अगाडि हामीले केटाको घर काठमाडौंमा नभएको र सेनामा मेजर पनि भइनसकेको थाहा पायौं । त्यसपछि म अलि हच्किएँ । घर नभएकोलाई त कसरी छोरी दिनु जस्तो लाग्यो ।


तर, कुरा ल्याउने छिमेकीले काठमाडौंमा जग्गा किनिसकेका छन्, बिहेपछि घर बनाइहाल्छन् भनेर आश्वस्त बनाए । सेनाको मेजर पनि चाँडै हुन्छन् भन्ने कुरा गरे । हामी पनि ठिकै छ नि त भनेर छोरी दिन राजी भयौं ।

Latasha-and-Bishnu-Karki

गएको मंसिर २० गते धुमधामले बिहे गरिदियौं । उनीहरुले धापासीमा रहेको डेरामा बुहारी भित्र्याए । बिहे गरेको केही दिनसम्म व्यवहार ठिकै थियो । १५ दिनपछि उनीहरु पोखरा घुम्न पनि गए । पोखरा गएर आउँदासम्म पनि छोरी उज्यालै थिई ।


तर, एक महिनापछि छोरीको अनुहार मलीन देख्न थालेँ । सधैं हाँसिरहने छोरी हाँस्नै छाडेकी थिई । तर, केही सोधेकी थिइनँ । एक दिन आफैंले भनी, ‘मामु, केटा मान्छेहरु कस्तो शंकालु हुँदा रहेछन् है ।’

मैले सोधेँ, ‘किन र छोरी के भो ?’


अनि बल्ल उसले भनी, ‘हेरिस्यो न, हजुरको ज्वाइँले सानोतिनो कुरा पनि शंका गरिसिन्छ ।’

उसको कुरालाई त्यतिबेला मैले धेरै सिरियसली लिइँन । ठट्टा गर्दै मैले भनेँ, ‘केटाहरु त्यस्तै त हुन् नि । त्यसमाथि तँ यति राम्री छेस्, तेरो बाले त मलाई अझै बेला-बेला शंका गर्छन् ।’


मैले ठट्टा गर्न खोजे पनि ऊ हाँसिन । त्यसपछि मैले आफू ठीक ठाउँमा बस्नु, शंका गर्दै गर्छन् भनेर सम्झाएँ । तर, मैले सोचेको भन्दा समस्या धेरै ठूलो रहेछ ।


उनीहरु बस्ने घरको साइडमा जोडिएको एउटा घरमा इन्जिनियरिङ पढ्ने तीनजना केटा बस्दा रहेछन् । भान्सामा भात पकाउँदा ती केटासित आँखा सन्काइस भनेर गाली गर्थे रे ज्वाइँले ।


पहिले गाली गर्ने अनि मेरी छोरी रोइदिएपछि तुरुन्तै अंगालो मारेर माया गरेजस्तो गर्दा रहेछन् । ‘तिमी नरोऊ बेबी, तिमी रोएको म देख्न सक्दिनँ’ भनेर फकाउँदा रहेछन् । छोरी मान्छे हो, पग्लिन कतिबेर लाग्छ र ।


हुँदाहुँदा मेरी छोरीको मोबाइलमा ट्रयाकर राख्न पनि भ्याएछ । एक दिन माइती जान भनेर हिँडेकी रहिछ । बाटोमा मिठाई किन्न मन लागेर नक्शालतिर गइछ । हामीकहाँ भेटघाट गरेर बेलुकी घर फर्की । घर फर्केपछि ज्वाइँले उसित मोबाइल हेर्न मागेछन् । बिहेमा ज्वाइँले गिफ्ट गरेको आइफोन बोक्थी उसले ।


मोबाइल हेरेर ‘ओहो तिमी त नक्शाल गएको रहिछौ नि बेबी ।’ भनेछन् । मेरी छोरीले छक्क पर्दै, ‘हजुरले कसरी थाहा पाइस्यो,’ भनेर सोध्दा ‘मैले तिम्रो मोबाइलमा ट्र्याकर राखेको छु नि त’ भनेर जवाफ दिएछ ।


सासू पनि त्यस्तै अपजसे रहिछन् । ‘मैले त सासू रिझाउनै नसक्ने भएँ, उहाँलाई खुशी पार्न त साह्रै गाह्रो रहेछ’ भन्थी । मैले सासू भनेका यस्तै हुन्, भनेर सम्झाउँथे ।


छोरी बिहान कलेज जाँदा ११ जसरी पनि घर आइपुग्नैपर्ने उर्दी थियो रे । ११ बजे आइपुगिन् भने कहिले छोरीकी साथीलाई त कहिले कलेजमै फोन गरेर सोध्ने रे ज्वाइँले ।


त्यत्रो शंका लागेको भए मेरी छोरीलाई मकहाँ ल्याएर फ्यालेको भए पनि त हुन्थ्यो नि । कमसेकम बाँच्ने त थिई ।
लोग्ने र सासूको टर्चरले मेरी छोरी सातो गएझैं भएकी थिई । हाँस्नै छोडी । माइती आयो कि फर्किन हतार गर्थी । साथीहरुसित ‘मलाई त डिप्रेसन हुन्छ कि क्या हो’ भन्थी रे ।


घटना भएको दिन


अस्ति बुधबार म धरानमा थिएँ । दिउँसो ३ बजेतिर मोबाइलमा छोरीको म्यासेज आयो । ‘आइ लभ यू मामु, हजुरसँग धेरै धेरै धेरै…’ लेखेकी थिई । किन यस्तो म्यासेज पठाई भन्ने लागिरहेको थियो, एकैछिनमा फोन आयो । फोनमा पनि ‘मामु आइलभ यू’ भनी । मैले ‘लभ यू बेबी’ भनेँ । त्यसपछि भनी, ‘मामु हजुरसित धेरै कुरा गर्नुछ, हजुर कहिले आइसिन्छ ?’ मैले शनिबार आउँछु बेटा भनेँ ।


अनि त ‘होइन चाँडै आइस्यो न’ भन्दै सुँक्क सुँक्क गर्न थाली ।


मैले ‘के भयो बेबी तिमीलाई ?’ भनेर सोधेँ । उसले भनी, ‘मामू मलाई एकदम गाह्रो भइरहेको छ, यिनीहरुले के गर्न आँटेका हुन् बुझ्नै सकेकी छैन । हजुरको ज्वाइँले के के शंका गर्छ ।’ यति भनेर ऊ डाँको छोडेर रुन थाली ।


मैले एकचोटि सासूमासित कुरा गर्न सल्लाह दिएँ । उसले भनी, ‘सासूमालाई थाहा छ । सबैलाई थाहा छ । हजुरको ज्वाइँ मसित बोल्दैन ।’ ऊ फोनमा रोएको रोयै गर्न थाली ।


त्यसपछि मैले ‘तँ हाम्रो घरमा जा न त, रिफ्रेस हुन्छ’ भनेर सम्झाएँ ।


फोन राखेपछि मलाई साह्रै पेट पोल्यो । घरमा आफ्नी सासूलाई फोन गरेँ । ‘एकचोटि नातिनीलाई फोन गरेर घरमा बोलाउनुस् न’ भनेँ । उहाँले फोन गर्नुभएछ । छोरीकी सासूले फोन उठाइन् रे । ‘बुहारीले भात खाएकी छैन, सुतिरहेकी छ’ भनिछन् । त्यसपछि लतासालाई कुरा गर्न दिइछन् । सासूले लतासालाई खाना खान यतै आउ भनेपछि हुन्छ भनेकी थिइन् रे ।

कुरा गर्दागर्दै फोन डिस्कनेक्ट भएछ । त्यसपछि धेरैचोटि ट्राइ गर्दा कसले हो, काटेको काट्यै गरेछ ।


त्यसपछि साढे पाँच बजेतिर ल्याण्डलाइनमा फोन आएछ । बच्चाजस्तो आवाजमा कसैले ‘लतासा भाउजू त छतबाट हाम्फालेर ग्रान्डी हस्पिटल लगेको छ’ भनेर सुनाएछ । सासूमा अत्तालिँदै ग्राण्डी जानुभो । त्यहाँ उहाँले नातिनी देख्नुभएनछ । ज्वाइँ त्यही थिए रे । तर, जति घच्घच्याए पनि केही बोलेनन् रे ।


लतासाकाे शव शिक्षण अस्पतालबाट लैजाँदै । उनको माइतीले भने शव लैजान नदिने बताएका थिए ।

लतासाकाे शव शिक्षण अस्पतालबाट लैजाँदै । उनको माइतीले भने शव लैजान नदिने बताएका थिए ।

मलाई पौने ६ मा कान्छी छोरीले फोन गरी । उसले भनी ‘दिदी घरबाट लडेर हस्पिटल लगेको छ रे ।’ मैले 


सम्धिनीलाई फोन लगाएँ । ‘सम्धिनीज्यू के भएको हो ?’ भनेर सोधेँ ।

उनले भनिन्, ‘हेरिस्यो न हजुर, लतासाले त के गरिन्, के गरिन् । घरको छतबाट हाम्फालिन् । ‘कहाँ छ त मेरी छोरी’ भन्दा ‘हस्पिटल पो लगेको छ हजुर भनिन् ।’ मैले केही झगडा भएको थियो र ? भनेर सोधेँ । उनले जवाफ दिइन्, ‘मलाई केही थाहा छैन हजुर । उनीहरु दुईजना लोग्नेस्वास्नी बीचको कुरा हो ।’


मैले फोन राखेँ । टेकेको जमीन नै भासिएजस्तो भइहेको थियो ।


त्यसपछि हामी घर फर्किन भनेर बिराटनगर एयरपोर्टमा गयौं । साढे ५ बजेको प्लेन उडिसकेको रहेछ । अनि गाडी रिजर्भ गरेर काठमाडौं हिड्यौं । तर, छोरीको अनुहार हेर्न पाएनौं ।


हस्पिटल पुर्‍याउनासाथ छोरीलाई मृत घोषित गरिएछ । तुरुन्तै लासलाई ग्राण्डीबाट टिचिङ लगेछन् । यत्रो हुँदासम्म ज्वाइँले हामीलाई एक कल फोन गरेनन् ।


हस्पिटलमा प्रहरीले मुचुल्का उठाउने बेला आफन्त को हुनुहुन्छ भनेर खोजेछ । हाम्रो बुवाले म हजुरबा हुँ भनेर जानुभएछ । नपढेको र आँखा राम्रो नदेख्ने बुबालाई मुचुल्कामा ल्याप्चे लगाउन लगाएछन् । लासलाई टिचिङ लगेपछि ज्वाइँ घरतिर लागेछन् ।


मेरा दाइहरु प्रहरीसित गएर लास हेर्नुभएछ । एउटा आँखा बाहिर निस्किएको छ रे । घाँटी र पाखुरामा निलडाम छ रे । खुट्टामा पनि चोट लागेको छ रे । टाउकोमा पछाडिपट्टी चोट छ रे ।

latasha chhetri

हामी राति २ बजे काठमाडौं आइपुग्यौं । टिचिङ पुग्दा हामीलाई बिहान प्रहरी कार्यालयमा आउनू भने । भोलिपल्ट बिहान महाराजगञ्ज प्रहरीचौकीमा पुग्दा सम्धिनी, ज्वाइँं त्यही थिएँ । मैले रुँदै भनेँ, ‘सम्धिनीज्यू मेरी छोरी हजुरको पोल्टामा राखेकी थिएँ । कहाँ छे मेरी छोरी ?’ उनले ‘मलाई केही थाहा छैन हजुर’ मात्र भनिरहिन् ।


डीएसपी सा’बको कोठामा ज्वाइँसित भेट हुँदा उनले अनुहारमा सम्म हेरेनन् । त्यतिबेला ज्वाइँले मसित ‘घटना यस्तो-यस्तो भएको हो भनेर बेलीबिस्तार लगाएको भए पत्याउँथ्यौं होला । दुईवटा परिवार एउटै भएर अन्तिम संस्कार गथ्र्यौं होला । घरमै रोएर बस्थ्यौं होला, यसरी निसाफ माग्दै सडकमा उभिँदैनथियौं होला ।


हाम्फालेको ठाउँमा रगतको थोपा पनि छैन । उसलाई बेरेको कपडामा पनि रगत छैन । हाम्फालेको हो भने त रगतको खोलो बग्नुपर्ने थियो नि ? यसबाट पनि हामीलाई धेरै शंका उब्जेको छ । अहिले उनीहरुको व्यवहार देखेपछि त हामी १०० प्रतिशत नै विश्वस्त भइसकेका छौं कि यो हत्या नै हो ।


प्रहरीले किटानी जाहेरी लिन मानेन । तर, जाहेरीमा हामीले सबै कुरा लेखेका छौं, ज्वाइँको व्यवहारको विषयमा । हामी चाहन्छौं, घटनाको सत्यतथ्य के हो, त्यो बाहिर आओस् । हामीले सोधेका प्रश्नहरुको जवाफ दिइयोस् ।


- See more at: http://www.onlinekhabar.com/2015/07/298752/#sthash.Pxas4BGo.dpuf

 
Posted on 07-13-15 11:51 AM     [Snapshot: 145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why the hell cops are not filing FIR? Only because the accused is army...
 
Posted on 07-13-15 7:23 PM     [Snapshot: 541]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its definitely a murder..poor lady.. RIP!
 
Posted on 07-14-15 9:59 AM     [Snapshot: 891]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामफालेको ठाउमा रगत नहुनु : हत्या नै हुनु पर्छ !
गधाको बुद्धि , बस्ने भयो २० बर्स जेल |

 
Posted on 07-14-15 10:58 AM     [Snapshot: 980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gadha nai ho, yasti ramri swasni paaepachhi baru mahinau bida liera kaakha rakhera maya garera po basne ta! Aru dekha jaega! Yasto galti garne?? Thukka!

anyway RIP!
 
Posted on 07-14-15 8:06 PM     [Snapshot: 1312]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Blame our own Nepali culture, how could you marry someone without dating at least 2 years. Blame her family who gave her to some guy just because he is major or he has a house in Kathmandu. Social status ra izzat ko pachi lager huncha, heart safa cha vane bhariya lai chori diye ni huncha, kami damai lai diye ni huncha, testa mull dap, major, neta, doctor engineer vaneko kehi hoina, mari lane k char ek bar ko junima.
Last edited: 14-Jul-15 08:08 PM
Last edited: 14-Jul-15 08:20 PM

 
Posted on 07-14-15 9:09 PM     [Snapshot: 1400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

agreed divorce guy.....but "kami damai lai diye ni huncha" vanda chai dalit sathiharu risaulan hai....deshma sambhidhan banna lageko chha re.....hamilai hepyo vanera divorceguy lai feri mamaghar pathaidelan ni
 
Posted on 07-15-15 8:26 AM     [Snapshot: 1578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चै यो onlinekhabar मा आएको नया समाचार विश्वास लाग्यो:

http://www.onlinekhabar.com/2015/07/299734/



प्रत्यक्षदर्सि येसो भनिछन :

"लतासा छतमा उक्लिँदा सामुन्नेमा रहेको घरमा बस्ने निनी आफ्नो घरको बार्दलीमा भदाहा खेलाइरहेकी थिइन् । आफूले देखेको दृश्य उनले अनलाइनखबरलाई यसरी सुनाइन् :

म बार्दलीमा थिएँ । सीता आन्टी पनि बार्दलीमा नै हुनुहुन्थ्यो । हामी बार्दली-बार्दलीमै गफ गरिरहेका थियौं । एक्कासी छतको अगाडिपट्टि स्लोपमा लतासा भाउजूलाई देखेँ । उहाँ स्लोपमा दुई खुट्टा टेकेर टुक्रुक्क बस्नुभएको थियो । दुबै हातले पनि टेक्नुभएको थियो ।

म ‘लौन के गर्नुभएको ?’ भन्दै चिच्याएँ । लतासा भाउजू अलि आत्तिएझैं गरी पछाडि फर्केर हेर्नुभयो । त्यत्ति नै बेला उहाँको खुट्टाको ब्यालेन्स बिग्रियो । अलि-अलि पानी परेकाले सायद उहाँको खुट्टा चिप्लियो, र ह्रवात्तै तल खस्नुभयो । खस्दाखेरि उहाँ चिच्याएको आवाज आएन । सायद आतेसले गर्दा चिच्याउन सक्नुभएन ।"

 
Posted on 07-15-15 8:49 AM     [Snapshot: 1612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalilaure that changes everything. Everyone involved were so unfortunate. May she rest in peace.
 
Posted on 07-15-15 8:50 AM     [Snapshot: 1605]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिचारमा त्यो अगाडिको घरको बार्दलीमा बस्ने महिलाले "‘लौन के गर्नुभएको ?" भन्दै नचिच्याएँ को भए लतासा छत् बाट खस्ने थियिनन कि \ अगाडिको घरको मान्छे चिच्यौद चिप्लो स्लोपमा balance बिग्रियो कि \

छतमा जानु अगाडी लतासले बिष्णुलाइ "म संग नबोल्ने/माया नगर्ने भए छत बाट हामफालेर मर्छु भनेको हुनु पर्छ" , तेसो भने पछि बिष्णु आफुलाई लिन छत् मा आउछन् भन्ने बुझाई थियो होला \ अनि कतिपय बयस्क मान्छेले risk judge गर्न नसक्ने पनि हुन्छन , नत्र छतको स्लोप मा चड्ने भनेको अलि risky काम हो सामान्य मान्छेलाई \

देउसो ४ बजेको उज्यालोमा तेस्तो घना बस्तिभएको ठाउमा मान्छेलाई मरेर वा जिउदै छतबाट फाल्ने काम तेती सजिलै गर्न सकिन्न \



 
Posted on 07-15-15 8:54 AM     [Snapshot: 1620]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The only thing that did not make sense was the lack of blood as reported in the first news.
 
Posted on 07-15-15 9:02 AM     [Snapshot: 1635]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nope. If you read the latest news in detail, it says the blood was washed away by a heavy rain after the incident. In fact police must have all those proofs. The first news was just a narration of what Latasha's mom said, you can see the reporter did not even go the incident site the first time.
 
Posted on 07-15-15 2:16 PM     [Snapshot: 1873]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.facebook.com/pages/Justice-for-Latasha-Karki/868307499871667
 
Posted on 07-15-15 2:36 PM     [Snapshot: 1903]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know who is doing all this facebook बाजी , but people in there are saying 'the guy needs to be hanged.. blah blah'. I don't think this all will be helping her family either.

It would have been different if police had closed the case, but this case is still under investigation, i believe. People are just agitated. Don't want to hear anything but indicting the army guy.
 
collegefootballrocks
Posted on 07-15-15 2:55 PM     [Snapshot: 1954]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalilaure, why are you advocating for that major and his family?? I hope you are not one of his sibling/family member....I quietly notice that you are doing so...That major guy seems too arrogant and suspicious.... This is infact a murder..let the truth be revealed...
 
Posted on 07-15-15 4:05 PM     [Snapshot: 2028]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Our comments are based on the informations we have read and it will not alter the facts and no one need to be offended on our personal views.
If we do have tools to swap the floor still we get enough blood evidence, as we see in tv serials.
If there is no broken bones or factured of any thing , no blood on body and clothes will lead to homocide. Lets see the Post mortem results.
 
Posted on 07-16-15 9:15 AM     [Snapshot: 2349]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@collegefootballrocks,

तेसो होइन नि | I am not related to this army guy, neither i am advocating for his innocence. NBC मा ४८ hour mystery धेरै हेर्ने गरेकोले सम्भावनाको कुरो गरेको हो \ अनि i have a deepest sympathy to Latasha's family and relatives, तर सडकमा नाराबाजी र social media मा पनि आएपछि आफुलाई लागेको कुरा गरेको हो \ I somehow feel the police is almost certain that it is a suicide or could possibly be an accidental. This army guy is just a junior officer (a Captain??) in army with no apparent link to influential people in army or outside, so i don't think police would be favoring him due to any outside pressure. With all that, he may have some indirect role in the unfortunate incident. घरमा बिहान देखि पकाएको भात कसैले खाएको रहेनछ भने पछि केहि गडबड , चर्काचर्की त थियो होला | तर ३:४० सम्म आमा संग फोनमा कुरा गरेकी अनि ३:४५/५० मा बिष्णु अफिसबाट फर्किएर १० minute को बिचमा सब काम तमाम गरेर ४:०० बजे दिउसै छत बाट फालेको कुरो चै कसरि विश्वास गर्ने \
 
Posted on 07-16-15 11:27 AM     [Snapshot: 2437]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 17-Jul-15 10:36 PM

 
Posted on 07-16-15 11:33 AM     [Snapshot: 2448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 17-Jul-15 10:37 PM

 
Posted on 07-16-15 12:01 PM     [Snapshot: 2476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@rikky,
Can a person think s/he will die jumping from 2 story building? to me accidental is more likely.
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters