gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 121588 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-23-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गालउ नयाँ चौतारि सुरु अरेऊ के रे धेरै धन्देबात छ!
पइलो पुर्जेट हो क्यारे तिम्रो, पइलो काम नै अकबरि अरेउ, छिट्टै घर अरेर खानि जोइ पाएस्!

...आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...

 
Posted on 11-23-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...

-------------
Good job Gaale
 
Posted on 11-23-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्मालजी, "अकबर" भन्ने चैं सुन्या जस्तो लाग्छ, यो "अकबरि" भन्या क्या हो?

उहिलेको जमानामा मैले पनि २ वटा चौतारी बना' थिएँ। यो तेस्रो परो। तर, अलि लाइनब्रेक धेरै बएछ, कस्तो झूर देखियो भने!!! यो फर्ममा अर्को लाइनमा पुगे, अटमेटिक रुपमा लाइन ब्रेक दिंदो रैछ भन्ने हेक्का नगरेकोले। अर्कोचेटिको चौतारी बनाउनेले बिचार पुराए बेस्।
 
Posted on 11-23-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो एउडा हाम्रो गाम्ले उखान त सुनेओ होलाउ के रे नि ।
"अकबरि सुनलाई कसि लाम्नु पर्दैन" भन्ने!
अकबर ‍‍‍‌= सम्राट = महान = अमुल्य.....यु नेम इट्
त्यस्तै भनेको 'अकबरि'
:)
 
Posted on 11-23-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, बल्ल बुझ्याँ! धन्नेबात!
 
Posted on 11-23-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गालउ एस्तो भाषाओ कुरो भैरा बेलाँ एउडा थप्न मुन लाओ।
तो 'लाहुरि भैँसि' भन्ने कथा त पडेओ होलाउ नि? तेसमा एउडा हरफ छ नि -
" यस्ता कत्ना कत्ना भैँसि सुमरियो..." भन्ने।
यो 'सुमरियो' भन्ने त सुनेओ थेँ मुइँले नि तर 'कत्ना' भन्ने चाहिँ येइ कथामा मात्तै देखेओ मुइँले कतातिर को भाषा परो कसइलाई था' थो कि त?
 
Posted on 11-23-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे भैंसी पढेको त हो, तर धेरै वर्ष अगाडि। अलि अलि सम्झे झैं लाग्छ।

पहिले त,भैंसी सुमर्ने भन्या के हो? भाले जनावर पो सुमर्छन् त, पोथी जनावर पनि सुमर्छन्???

"कत्ना कत्ना" भनेर "कत्रा कत्रा" (कति ठुला ठुला) भन्न खोजेको होला। त्यो कुन पात्रले बोलेको हो, त्यसको चरित्रनिर्माण कस्तो छ खै! मैले बिर्सियाँ। त्यही पात्रमा भर पर्छ। तर, दैनिक रुपमा प्रयोग गर्ने शब्द चैं अवश्य हैन होला।
 
Posted on 11-23-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद गालउ, जय होस्, पुन्ने होस्, सोचेको पुगोस्!
झिल्के र जिम्माललाई जदौ!
टुसुकक्क बसेर खुसुक्क बात मारम्ला पछि। अहिले दौडें म!
 
Posted on 11-23-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउ सुड्डोले दिएछ नि हौ. बब्बाऽऽलको चौट्स! ढाकर बोकेरऽ ल्याको कि तल शनिश्न्श्चरे देखि. एक घच्चि बसुम् ल.
गित सुनाऊ न हौ सु्ड्डोहुर!
 
Posted on 11-23-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो यो गाउँ मा बस्ने चौतारी पनि छैन कि के हो । चौतारी मा बसेर दोहोरी खेल्ने हो कि?
 
Posted on 11-23-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
छम छम. Nachi deu Nihure ra, 16 barsha cha timro umer
 
Posted on 11-23-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएँ, दादा र राते!
हन यि दादालाई के भ'को हो आचकल? बोलेओ कुरो बुझे मार्दिनु गाँठे!

खे राते दो'रि खेल्न त हुन्तो के रे नि, तर क्यार्नु ठिटा ठिटि पाटि छैनन अइले, हामि बुडा खाँडा मात्तै छम्
 
Posted on 11-23-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल बा! जिम्माल बालाई नि झर्को ला अस्तो छ यो निसेओ उरन्ठेउलो बोलीसँअँ.
भनेसि अब हामी हाम्रै भाखामा बोलम्.
कुरो के भन्दा उँदी जिम्माल बा, यो छ नि यो सप्पै बियार्नी अति गालउ हो ल हेर्नोस् त नागों चौपारी खनेर.
खोई पिप्लाऽ बुटो. यस्ता ३ पैसाआ कामलाई अकबरी भन्चन्?
 
Posted on 11-23-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खै बिसाम्नी छपनी?" भनेओ खै "पिप्लाऽ बुटो?" भनेर मरेँचु.
हाछ्छ्युँ ! हाछ्छ्युँ !
 
Posted on 11-23-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-23-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए दादा,
तो गालउले फलाक्नु फलाकेओ भन्दा मुन्यार हेरुम न हौ, हो रि तेइँ निर छ त नि छपनि! के भओ दादालाई गाँठे?
 
Posted on 11-23-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! चौराँ बस्नी, पलेँटी कसेर कुटिलकोसा खाँदै खाँदै?
 
Posted on 11-23-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!
हन दादा, तो चौरा बिचाँ के त तो ठाडो न ठाडो मास्तिर झ्याम्म पातका थुप्रो भा'को? चौपारि त हो नि गाँठे!
अब ढुङ्गा सुङ्गा ला'र मिला'र छपनि बनाम्न चाइँ बिर्सेछ गालउले। पिप्ला बोट छँदैछ के रे बरु गामका ठिटाहेरु खोजेर चाइन्जो तल आँधिका बगराटि ढुङ्गा खोजेर ल्याम्नु परो।
 
Posted on 11-24-06 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ गाम्ले हो जदौ है सप्पैलाई, गालबले गज्जपको काम गरेछ्न्, राम्रो चौतारी बनाएछ्न्, आफ्नो त भोज भतेर सकिएकै छैन अजै, अब जिम्माल बा ले भन्या जस्तो ढुङ्गो सुङ्गो ल्याउन चैं अहिले भ्याइएन भोली भए चैं बिचार अरम्ला,
ल एता जो जो छ, सबलाई गच्छे अनुसारको प्राणाम
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters