gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Anti-monarchy

[Please view other pages to see the rest of the postings. Total posts: 71]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 25389 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-18-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's sad that people stoned at the escorts of king's car. We're creating this bad culture. But I'm still against monarchy system. It just creates slavery.

I don't want to sing the song or anthem saying that king is on my head and I put my head on queen's foots (I heard this from Bhutanese song, youtube video, posted by I_nepali). We had many patriotic songs made like that. King and the whole royal people never give damn about the poor people. They just never cared, and are never going to care. I've never heard king helping poor people. Whenever some news get published about poor people asking for help either from diseases, or children's conditions or others, they just turned blind. But people of Nepal always gave donations and tried to help them. The government also didn't do much. A classic example of it is government's decision to provide 2 crore for helping wealthy person like king's sister.

It's just enough, and we need a change. From Prithvi Narayan shah's time, I've not heard single time king going to help people.

I'm against monarchy.
 
Posted on 02-18-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I said monarchy that means not only the king but also the whole system of monarchy.
 
Posted on 02-18-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dictatorship in the guise of Bishnu's Avatar?!@#$%^&*()???
Kasto Jaaneko Bajiya le!
 
Posted on 02-18-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

am a BIG ROYALIST.

There are three categories of people in Nepal:

1> Royalist: Educated, learned, wise, and who can foresee the future. The most talented and loyal. They want to work, and dedicated to make the nation prosperous. They are religious, but not extremist.

2> Democratic: People who are corrupted and scared of unemployment if King's direct rule is imposed. Will even sell their daughter, sister and mother, if they are paid--even a cup of coffee. Highly uneducated, so they chose politics as their career; they wont find jobs.

3> Maoists: Uneducated, illiterate, sheep minded, poor, hungry, and also the terrorists. Forcibly want to create communal riots, entertain in civil war, and DO NOT like to work; they rather want to rob, kill, steal, murder, rape so that they can eat.

I am proud I belong to the FIRST category and I AM A ROYALIST.

Jai Desh! Jai Naresh!

Long live king!!!
 
Posted on 02-18-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

monarchy sucks........... so does gyane........

-Rockend
 
Posted on 02-18-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Long Live King in Exile. How about that?

Down with Monarchy.

All we need is a Socialist Republic: No Monarchy, No Communism, No Fascism, No Nazism.
If you are
"
..
Educated, learned, wise, (and who can foresee the future, you mean foresighted?. You did not have to use so many words to express one simple word. Hello!!! That shows how learned you are),most talented and loyal,
..
"
Why don't you make it to the top via free competition since you claiim you have all these qualities as there is a saying "True gold does not fear the flame".
 
Posted on 02-18-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Self claimed wise, learned, educated, talented, loyal, and able to foresee the future people, WHY IS NEPAL STILL IN MESS? WHO IS RESPONSIBLE?

Didn't kings and you educated royals have enough since 200 years? HOW MUCH MORE YOU GUYS WANT TO SUCK FROM POOR PEOPLE?

NOT EVERYBODY HAS LINKS TO ROYAL FAMILY, NETAS AND MAOISTS. I don't belong to either of these groups, and I've no selfish interests as you guys do. THERE ARE MANY NEUTRAL PEOPLE IN THIS WORLD.
 
Posted on 02-18-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TIME TO TAKE OFF
 
Posted on 02-18-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TIME TO TAKE OFF

 
Posted on 02-18-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The Shah Dynasty people were so incompetent. They could not even deal with the 104 years of Rana Regime let alone solving the problem of the Nepali masses.

Thank them for making Nepal the Poorest nation on the face of the planet.
They should go down like the loyal captain of the Titanic who went down with the vessel.
 
Posted on 02-18-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rajabadi Good Bye
Wish u happy Ending atleast not as France.

so good bye to real me 1 too.
So called Loyal and educated....? Ugly joke....


Cheers,
 
Posted on 02-18-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said TM.

I agree that king is not only responsible, we all are also responsible for mess in Nepal. But the root cause has to go first, and then hopefully, other things will get into the track.
 
Posted on 02-18-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

let this effigy burn for the time being
and still if this gyane doesnot flee, people will enter rajdurbar and burn him.

 
Posted on 02-18-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's sad that people stoned at the escorts of king's car. Some hired Congress and Communist gundas are most likely to have received blessings from the top leaders of these so called democratic forces.
 
Posted on 02-19-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KP wrote in his blog:

तित्राको मुख बैरी

जङ्गलमा बस्ने तित्रो चराहरुमध्ये अत्यन्त सानो प्रजातिको चरा भएरपनि सिकारीको नजरमा चांडै पर्छ रे । उसको रङ्ग हरियो भएको कारण हत्तपत्त चरा ठम्याउनै गाह्रो हुन्छ । तर तित्रिक्क तित्रिक्क गरेर कराइरहने उसको बानीले सिकारीले फेला पारिहाल्छ । त्यसैले त भनिन्छ तित्राको मुखै बैरी । अहिलेको अवस्थामा हेर्ने हो भने नेपालको राजनीतिमा राजा ज्ञानेन्द्र यस्तै तित्रा भएका छन् । बदिलंदो राजनीतिक वातावरणमा उनको राजनीतिक उचाइ तित्रो भन्दा पनि सानो भइसकेको छ । चारैतिरवाट अधिकारविहिन बनेर नारायणशिटी भुत बंगलामा बसेका छन् । तर अझै आफ्ना गलत कामको पुष्टि गर्ने बहानामा तित्रिक्क तित्रिक्क गर्न भने छाडेका छैनन् ।

प्रजातन्त्र दिवसको उपयोग गर्न मनसायले राजाले दिएको अभिब्यक्ति त्यही तित्राको संकेत हो । कमसेकम अहिले अधिकारविहिन बनेका उनको चर्को आलोचना हुन छाडेको थियो । भए गणतन्त्रको कुरा हुन्थ्यो तर राजा ज्ञानेन्द्र यस्ता उस्ता भन्ने खालका राजनीतिक भाषण हराइनै सकेको थियो ।

तर प्रजातन्त्र दिवसका दिन आएको सन्देशले पुन आलोचना निम्त्याएको छ । अबका केही दिन राजा ज्ञानेन्द्र स्वतन्त्रताप्रेमिहरुको चर्को आलोचनाका पात्र बन्ने निश्चित छ र यसको शुरुवात पनि भइसकेको छ ।

माघ १९ को कदम किन चालिएको थियो त्यसको राजनीतिक पुष्टि भइसकेको छ । त्यो हो राजा सकि्रय हुने लालसाको परिमाण । जनचाहना के हो त्यसको पुष्टि १९ दिने जनआन्दोलनले पुष्टि गरिसकेको छ त्यो हो स्वतन्त्रता । त्यसैले अहिले आएर माघ १९ जनताको चाहना बमोजीम भनेर टिप्पणि गर्नु भनेको ज्ञानेन्द्रका जनता भनेका भरतकेशर िसंह सच्चितशमशेर राणा तु_िल्स गिरि लायतमा खेमा मात्र रहेछन् भन्ने बुझिन्छ । कारण यो त्यही झुण्डको चाहना थियो जसलाइ ज्ञानेन्द्रले पुरा गरेका थिए । त्यसैले राजाले भनेको यो जनचाहना एक राम्रो राजनीतिक जोक्स बन्न पुगेको छ ।

सायद पशुपतिको दर्शन गर्न जांदा खाएको ढुंगावाट रन्थनिएर जनतासंगको सम्बन्धमा सुधारको प्रयासका लागि प्रजातन्त्र दिवसमा सन्देश दिने आइडिया दरवारीयाहरुकै काम होला । तर विचरा उनीहरुले अहिलेको परिस्थिती बुझ्न सकेनन् । जसका कारण सम्बन्ध सुधारका लागि आएको सन्देशले थप राजनीतिक आशंमा मात्र थप गरेको छ । यसले बढ्दै गएको गणतान्त्रिक माहौललाइ नै सहयोग पुर् याउंछ नै ।

सन्देशले ज्ञानेन्द्रले अझै हिम्मत भने हारेका छैनन् है भन्ने चै देखाएको छ नै । तर त्यो प्रयास मृत्यु कुरिरहेको िसंह झै हो । जो भोकाएको छ तर आफ्नै अगाडि बसिरहेको मृग खान सक्दैन ।

यदी जनता नै सर्वेसर्वा हुन् भन्ने ज्ञानेन्द्रमा चेत पलाएको भए उनले असोज १८ २०६१ वाट बैशाख १० २०६३ सम्म गरेको कु कार्यप्रति जनतासंग माफी मागेको भए माहौल केही सुधारोन्मुख हुनसक्थ्यो । आखिर त्रिता न ठहरिय ।

http://www.hamroblog.com/?p=333#more-333
 
Posted on 02-19-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good article gahugoro ....
 
Posted on 02-19-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another one from merosansar's blog.

 
Posted on 02-20-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-20-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well the terrorists are sponsoring the riots and such blogs. Common people have nothing to do with it.
 
Posted on 02-21-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाको बर्बराहट र कटवालको बफादारी
खगेन्द्र संग्रँैला

ढिलो-छिटो गरिएको कर्मको फल त प्राप्त हुन्छ नै । राजा ज्ञानेन्द्रलाई महाशिवरात्रिमा पशुपतिको मन्दिरमा धमिलो सा“झपख फल प्राप्त भयो । फल नरम र सरस थिएन । उसो त ज्ञानेन्द्रको कर्म नै कहा“ नरम र सरस थियो र - यिनले आफ्नो मध्ययुगीन बर्बर शासन जोगाइराख्न पर््रदर्शनकारी निहत्था नागरिकहरूको अन्तहीन गोलोमा ज्यानमारा गोली दागेका थिए । अहिले ती गोलीको फल इ“टाका रूपमा यिनलाई प्राप्त भयो । कतिपय करुणाका घै“टारूपी ज्ञानीहरूले ज्ञानेन्द्रलाई टक््रयाइएको फलबारे तुरुक्क आ“सु चुहाउ“दै गनगन गरेको व्यहोरा मैले पढे“ । तिनले फल टक््रयाउनेहरूलाई उपद्रयाहा, उच्छृङखल र असभ्य भन्दै लोकतन्त्रका अर्तिहरूको प्याकेज डिल गरेको पनि देखे“ । तर तिनले यथार्थको अर्को मुख्य पाटो नदेखेका देखेर भने म चकित भए“ । उसै त जाडो याम, त्यसमाथि ज्ञानेन्द्र पशुपतिमा सवारी हु“दा सिमसिम पानी परिरहेको थियो । घन्टौ“देखि पालो कर्ुर्दै लाममा बसेका दर्शनार्थीहरूलाई तिनले बन्दुकको बलले बढारेर किनारा लगाए । तिनले एक्लै दसौ“ हजारको पालो मिचे । अनि ती सारा नरनारीहरूलाई भिजेर मुसा हुन बाहिर छाडिदिएर तिनले पशुपतिको मन्दिर कब्जा गरे । त्यो क्षणमा ती दमित दर्शनार्थीहरूलाई राजा ज्ञानेन्द्रको क्रूर मकरतन्त्रको झल्झली याद आयो होला । र नै तिनले निजलाई कठोर कर्मको हल्का फल प्रदान गर्न चेष्टा गरे । सत्य यही हो । मर्का परेर झो“क चलेको बेला बाहुनले वेद पढ्दैन भन्ने उखानको मर्म हाम्रा ज्ञानीहरूलाई थाहा नभएको देख्दा मलाई त्यसै-त्यसै टिठ लागेर आउ“छ ।
आफ्नो कर्मको फलको र्स्पर्शबाट बालबाल बचेका ज्ञानेन्द्र झस्के । तिनलाई राजाका रूपमा आफ्ना दिन सकि“दै गएको कटुतम अनुभूति भयो क्यार । त्यसैले झोक्कि“दै, अहंकारले फुल्दै अर्धविक्षिप्त मुद्रामा फागुन ७ गते तिनले देशवासीका नाउ“मा सन्देश जारी गरे । सन्देश भन्नु नै के छ, त्यसमा त उही माघ १९ को फौजी कूको झुसिलो डकारमात्र छ । दलहरूलाई अनर्गल लाञ्छना र आफूलाई आफ्नै खुनी हातले सम्मानको सलामी । यतिका दिनपछि, आफूमाथि यत्रोविधि निन्दा र भर्त्सनाको वषर्ा भएपछि पनि केही नचेतेर ज्ञानेन्द्रले आफ्नो तानाशाही उचित थियो, त्यो बाध्यताले ल्याएको आवश्यकता थियो भन्दै आफ्नै कुरूप रूपको महिमामण्डन गरेका छन् ।

ज्ञानेन्द्रले फेरि पहिलेजस्तै अन्तरिम संविधानमाथि बुट बजारेर गर्जन गरे । यिनको यो मर्यादाहीन गर्जन ब्रह्मनालका सुताइएको रोगग्रस्त राजतन्त्रको बर्बराहट हो । तर ब्रह्मनाल पुर्‍याइएको रोगी मर्छ नै भन्ने केही छैन । अपवाद जेमा पनि हुन्छ । रोगी उठ्न सक्छ र ऊ तनक्क तन्कि“दै तङग्रिन सक्छ । अनि ऊ आफ्नो मति अनुसारको कर्ममा पुनः प्रवृत्त हुनसक्छ । ज्ञानेन्द्रको सम्भावित कथा पनि यस्तै हो ।

सन्देशका नाममा जब ज्ञानेन्द्रले विषवमन गरे, भाते न्रि्रामा लठ्ठ परेका सिंहदरबारवासी हाम्रा बहुरङ्गी लोकतन्त्रवादीहरू तर्सिए । अहिले समयले नेटो काट्न लाग्दा तिनका धारेहात ज्ञानेन्द्रतिर उठेका छन् । तर यो सब बेकार हो । शाही बर्बराहटको प्रेरणास्रोत नारायणहिटी दरबार होइन, सिंहदरबार स्वयम् हो । प्रतिगमनको ब्याड बनाउने र वीउ र्छर्ने कर्ताहरू सिंहदरबारमै छन् । यता यिनले वीउ छरे, उता नारायणहिटीमा विषवृक्ष पैदा भयो । ज्ञानेन्द्रको सन्देश त्यही वृक्षबाट आएको बमनकारी हरक हो ।

ज्ञानेन्द्रको सन्देशमा थुप्रै मानवद्वेषीहरू कुहिगन्धे सिनोका औ“साहरूझै“ जम्जमाएका म देख्छु । रायमाझी आयोगको ठहरअनुसार यी सबै औ“साहरू आन्दोलनकारीका ज्यान मार्ने हत्यारा हुन् । राजाको बोलीमा तुलसी गिरी र कमल थापाको मुस्कान छ, सत्चितशमशेर जबरा र भरतकेशर सिंहको हा“सो छ, बद्रीप्रसाद मण्डल र सलिम मिया अन्सारीको आनन्द छ, प्यारजङ्ग थापा र रुक्माङ्गद कटवालको गुलामीयुक्त सलामी छ । कटवाल साहेबको नाम यो लाममा आउ“दा लोकतान्त्रिक महलका शाही जर्नेलका कतिपय अन्तरङ्ग मित्रहरूले चित्त दुःखाउन सक्छन् । तिनले भन्न सक्छन्, अरे बाबा † नेपाली सेनाका नायक भइसकेका यी कटवालमाथि यो अनर्थ लाञ्छना किन - तर यिनको चित्त दुःखाइमा म कुनै दम देख्दिन । कटवालको बफादारी सङ्कटमा छ, त्यो म बुझछु । यिनी यसो हर्ेछन्, पुराना मुकुटधारी मालिकलाई नारायणहिटीमा देख्छन् । अनि कुदेर मालिकका चरणमा घु“डा टेक्न पुग्छन् । अनि फेरि यसो हर्ेछन्, टोपीधारी नया“ मालिकलाई बालुवाटारमा देख्छन् । अनि कुदेर मालिकलाई सलामी चढाउन त्यही“ पुग्छन् । तर कुरा बुझनर्ुपर्छ, पुराना मालिकप्रतिको भक्ति र दासता नया“प्रतिको भन्दा कता हो कता गहिरो हुन्छ । कटवालजीका कथाको गुह्य कुरो पनि यही हो ।

नेपाली भूमिको भार र नेपालीका मुटुको किलो सावित भएका राजा ज्ञानेन्द्रलाई नेपाल सरकार बनेकै दिन सदाका लागि विदा गर्न सकिन्थ्यो । त्यो पनि सजिलै । जागेको जनशक्तिको प्रलयङ्कारी गर्जन सुनेर राजा र तिनका आउरे-बाउरे-धुपौरेहरूको मूल सातो गएको थियो । तिनका नुर गिरेका थिए र तिनका हंसले ठाउ“ छाडेका थिए । सिंहदरबारका गुरुजीहरूले राजालाई आजको मितिले त्रि्रो पत्रु राजतन्त्र सकियो भनेका भए टन्टै खलास हुन्थ्यो । हुलचालकालमा छाला जोगाउन माकुरे दुलामा लुकेका राजा र तिनका चाकरगण प्रतिक्रियाहीन मूक मुद्रामा हेरेका हेर्‍यै हुन्थे । तर सिंहदरबारका खिया पुरुषहरूले सकेनन् । यो अब्बल मौका तिनले चुकाए । र नै ब्रह्मनालमा लम्पसार परेका राजाले आज टाउको उठाउन खोजेका हुन् ।

अर्को अस्सली मौका रायमाझी आयोगको रिपोर्टले दिएको थियो । यो रिपोर्ट तात्तातै लागू गरिएको भए सबै शाही अपराधीहरू खोरमा चलान हुन्थे । तर शुष्क मति र सुस्त गति भएका हाम्रा गुरुजीहरूले आ“ट गरेनन् । यिनले यो मौका पनि चुकाए । र नै यी सकल अपराधीहरूको उक्साहटमा अर्धमृत राजाले आज टाउको उठाउन दुःसाहस गरेका हुन् ।

सिंहदरबारका अन्तरे टाइपका गुरुजीहरूले नगरी नहुने काम गरेनन्, गरेर केही नलछारिने काममा सारा समय बर्बाद गरे । ती हात-हातमा फिता बोकेर राजाका नाउ“का घर-घडेरी, खेतखला र वनपाखा नाप्न निस्के । राजाको यति जमिन फेला पारे“, राजाको उति जमिन फेला पारे“ भन्दै तिनले किस्ताबन्दीको भाकामा हामीलाई सुनाए । चराचर जगत्कै महान् पराक्रम गरेको अभिनय गर्दै तिनले धाक लगाए । त्यो बेफ्वा“कको तोरिलाहुरे धाक थियो । थाहा छ, राजाले त्यो सब जमिन बन्दुकको बलले कब्जा गरेका थिए । त्यो बन्दुक अझै राजाकै हातमा थियो । फितावाल राजनीतिक अमिनहरूलाई त्यो बन्दुक खोस्न होश आएन । तिनले त अल्छी त्रि्रे स्वादे ज्रि्रोले झ“ै मनको लड्डु घ्युसित खा“दै मैले राजाका पखेटा काटे“, मैले राजाका नख-दन्त झारे“ भनेर बेतुकको फर्ुर्ती गरे । तर बन्दुकधारी राजाको शक्तिमा खासै घुन-पुत्ली लागेको थिएन ।

झन्डै अर्ढाई सय वर्षो राजाको शासनको आधार लोकसम्मति, लोककल्याण र लोकप्रियता कहिल्यै थिएन । आधार त केवल बन्दुक, बन्दुक र बन्दुकमात्र थियो । त्यो बन्दुक अझै राजाकै हातमा छ । फागुन ७ गतेको सन्देश बोल्ने राजा ज्ञानेन्द्र होइनन् । त्यो बोली नारायणहिटीका मिसिनगन र ट्याङ्कहरूको हो । त्यो बोली नारायणहिटीको शस्त्रागारमा थुपारिएका घातक हतियारहरूको हो । त्यतिका जनमारा हतियार राजाका हातमा छाडिदिनु अनि राजालाई निस्तेज तुल्याए“ भनेर नरनारीलाई ढा“ट्नु सिंहदरबारका गुरुजीहरूको हदैसम्मको पामरपना हो ।

अब अन्तिम मौका आएको छ । इतिहासका भित्तामा सि“गौरी हान्दै र वृद्ध बयलको भाकामा होक्रा“ गर्दै राजा ज्ञानेन्द्रले मौका दिएका छन् । यो जस्तालाई तस्तैको व्यवहार गर्ने बेला हो । सिंहदरबारमा कुम्भमेला भनिन लायकको संसद्-व्यवस्थापिका छ । गर्नलाई अर्थपर्ूण्ा काम केही नपाएर नाक कोट्याउ“दै र काखी कन्याउ“दै यो कुम्भमेलाको सारा समय बितिरहेको छ । अब भने गर्नलाई गतिलो काम आयो । सकल सांसद मन र वचनले एक होउन् र कमसेकम इतिहासमा कर्ीर्तिमान रहने एउटा काम गरुन् । त्यो हो, भोलि-पर्सि नै साहस र शानका साथ ढ्याक्क लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नु । यो घोषणाबाट संसद्-व्यवस्थापिकाका अग्रगामी र प्रतिगामीहरूको खुला परीक्षा हुनेछ । साधु र चोरहरू छुट्टनिेछन् । काङ्ग्रेसका खुला राजावादी र एमालेका छद्म राजावादीहरूका अनुहार देखिनेछन् । क्रान्तिकारी भाषण ठोकिरहेका र्सर्ूयबहादुर थापा र पशुपतिशमशेर राणाका सक्कली रूप पनि उजागर हुनेछन् । उसो त यो घोषणाले बफादारी सङ्कटमा परेर घडीको पेन्डुलमझै“ नारायणहिटी र बालुवाटारबीच हल्लिरहेका प्रधानसेनापति रुक्माङ्गद कटवालको दुःखको पनि अन्त्य हुनेछ । कटवालजीले नारायणहिटीका हतियार र फौजलाई बाहिर निकाल्नेछन् । नेपाल सरकारले राजा ज्ञानेन्द्रलाई तिनका झिटिगुन्टासाथ नारायणहिटीबाट सप्रेम विदा गरेर निर्मल निवासतिर चलान गर्नेछ । बस्, अब भने शाहीसेना सा“चो अर्थमा नेपाली सेना हुनेछ, र दुःखी कटवालजीको बफादारी एकसरो र हल्का हुनेछ । नेपाल सरकारप्रति र फगत नेपाल सरकारप्रति । तथास्तु ।

Posted on: 2007-02-20 21:54:46
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=101379
 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters