[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 19968 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-20-15 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयल निगम प्रमुखकै निर्देशनमा यसरी हुन्छ इन्धन कालोबजारी (प्रमाणसहित) २०७२ मंसिर ४ गते २०:१७ मा प्रकाशित
४ मंसिर, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काकै निर्देशनमा भलवारी डिपोले राजधानीको एक पेट्रोल पम्पलाई १२ हजार लिटर डिजेल दिएको खुलेको छ ।
भलवारीबाट तेल लिएर आएको ना ४ ख ७१४५ नम्बरको ट्यांकरलाई प्रहरीले नवलपरासीबाट नियन्त्रणमा लिएको थियो । स्थानीय प्रशासनलाई सूचना आएको थियो कि यो तेल कालोबजारी गर्ने प्रयोजनले नियम विपरित दिइएको हो । तर, अनुसन्धानका क्रममा आयल निगमका प्रमुख खड्काले ठाडो आदेशमा तेल दिइएको पाइएको छ ।
अनलाइनखबरलाई प्राप्त कागजातहरुका अनुसार काठमाडौंको हामा आयल स्टोरले रिङरोड विस्तार गर्दै आएको संघाई ग्रुपलाई भन्दै तेल मागेको थियो । यसअघि काठमाडौंको डिपोबाट तेल दिँदै आएको उसले यो पटक भने भैरहवाको भलवारी डिपोबाट तेल दिन माग गर्दै पत्र लेखेको थियो ।
Hama

जसलाई निगमका कार्यकारी निर्देशक खड्कालाई तोक लगाइदिए । जबकी आयल निगमले कुनै डिपोलाई काठमाडौंका पम्पलाई तेल दिने कुनै अधिकार नभएको आयल निगमकै अधिकारीहरु बताउँछन् ।
अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपवछि निगमले अहिले सबै नाकाबाट आएको तेलको ७५ प्रतिशत तेल सिधै काठमाडौंको थानकोट डिपोमा पठाउन भनेको निगमका एक निमित्त निर्देशकले बताए ।
काठमाडौंमा आएको तेलबाटै थानकोट डिपोले पालैपालो विभिन्न पम्पहरुलाई तेल दिने तालिका तय गर्ने गरेको छ । ‘सिधै भलबारी डिपोले काठमाडौंको पम्पमा तेल दिने अधिकार राख्दैन’ स्रोतले भन्यो-झन अहिले संकटको बेला सबै डिपोलाई सिधै तेल काठमाडौंका पम्पमा नपठाउन भनिएको छ ।’ Oli-bill

भलवारी डिपो प्रमुख दिनेशकुमार यादवले पनि कार्यकारी निर्देशक खड्काको निर्देशनमा तेल दिएको बताएका छन् । नियमका अधिकारीहरुका अनुसार कुनै पनि ठूलो आयोजनाले थानकोट वा अन्य डिपोहरुबाट सिधै तेल लैजाने गरेका छन् । तर, कार्यकारी निर्देशक खड्काले पम्पहरुसँग मिलेर कालोबजारी गर्ने नियतले नियम विपरित तेल दिएको यो प्रमाण भएको निगमकै अधिकारीहरु बताउँछन् ।
http://www.onlinekhabar.com/2015/11/352647/

 
Posted on 11-20-15 4:57 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयल निगमले यसरी गरिरहेको छ कालोबजारी, हेर्नुस् प्रमाण

  • विज्ञान अधिकारी/पहिलोपोस्ट -
काठमाडौं : बिहीबार राति एउटा ट्याङ्कर नवलपरासीमा प्रहरीले नियन्त्रणमा लियो। ना४ख ७१४५ नम्बरको ट्याङ्कर नेपाल आयल निगमको भलबारी डिपोबाट तेल बोकेर काठमाडौँका लागि गुडेको थियो। जिल्ला प्रशासनलाई जानकारीसमेत नदिई ट्याङ्कर पठाएको थाहा भएपछि प्रहरीले नियन्त्रणमा लिई पुनः भलबारी नै पठाएपछि खुल्यो निगम आफैले कालोबजारीलाई प्रोत्साहन गर्दै कसरी पेट्रोलियम पदार्थ वितरण गर्दैछ।  ​

सरकारले कालोबजारी नियन्त्रण गर्न उच्चस्तरीय समिति बनाएकै दिन यस्तो रहस्य खुलेको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालय कालोबजारी छानविन गर्न सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा समिति बनाएकै समयमा कुनै एउटा फर्मको नाममा १२ हजार लिटर डिजल दिइएको छ त्यो पनि पम्पमार्फत्।
 
निगमको भलवारी डिपोले रिंगरोड विस्तार गर्ने कम्पनी संघाई ग्रुपको नाममा स्वयम्भुमा रहेको हामा पेट्रोल पम्पलाई यो परिमाणको डिजल दिएको हो। निगम आफैले चरम अभाव भएको भन्दै कुनै पनि पम्पलाई आफ्नो सिफारिशबाहेक ग्यालिनमा डिजल नदिन परिपत्र जारी गरेको छ।

निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार तीन हजारसम्मको पेट्रोलियम पदार्थ निगम केन्द्रीय कार्यालयको सिफारिशमा स्वयं फर्मलाई मात्रै दिइएको छ। 

‘हामीले सिफारिश गरेको आधारमा पम्पबाट दुई/चार सय लिटर पेट्रोलियम पदार्थ पम्पले दिनसक्छ । तर धेरै परिमाणको तेल सम्वन्धित फर्मकै नाममा दिइन्छ। पेट्रोल पम्पबाट ठूलो परिमाणको तेल दिन मिल्दैन,’ उनले पहिलोपोस्टसँग भने।

तर निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक आदेशमा निगमका भलवारी डिपो प्रमुख दिनेश यादवले हामा पम्पको नाममा १२ हजार लिटर डिजेल पठाएका थिए।

पहिलोपोस्टलाई प्राप्त गोप्य पत्रमा हामा पम्पले रिंगरोड विस्तारको काम गरिरहेको संघाई ग्रुपले पेट्रोलियम पदार्थ नहुँदा काम ठप्प भएको भन्दै आवश्यक इन्धन उपलब्ध गराउन आग्रह गरेको थियो। निगममा संघाईको कुनै पत्र बिना निगमका कार्यकारी निर्देशक खड्काले कातिक १५ गते भलवारी डिपो प्रमुखलाई १२ केएल (१२ हजार लिटर) डिजेल दिन निर्देशन दिएका थिए।


निगमका अनुसार सम्वन्धित फर्मको निवेदन बिना तेल दिनै मिल्दैन।
 
‘सम्बन्धित फर्मको निवेदन बिना तेल दिनै मिल्दैन। अझ कुनै पम्पलाई यसरी फर्मको नाममा तेल दिने निर्णयले निगमले कालोेबजारी गरिरहेको स्पस्ट प्रमाण समेत हो,’ निगमका एक कर्मचारीले भने, ‘अहिलेसम्म तथ्य थिएन तर बिहीबारको घट्नाले तथ्य र प्रमाण समेत फेला परिसकेको छ।’

 यही निर्देशनका आधारमा डिपो प्रमुख यादवले बिहीबार यो पम्पलाई डिजेल दिएका हुन्। उनले हामाको नाममा दिएको तेलकोे चलानीमा ‘एनओसीका श्रीमान् एमडी साहेबको कातिक १५ पत्रको तोक बमोजिम उपलब्ध गराएको’ उल्लेख छ।

प्रहरीले डिजेल बरामद गरेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा राखेको छ। स्रोतका अनुसार यो डिजेल बरामद भएपछि निगमभित्र हल्लीखल्ली मच्चिएको थियो। डिपो प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी सामु कार्यकारी निर्देशकको दबाबमा डिजेल दिनुपरेको बताएको स्रोतले बतायो । 

‘उहाँले १५ दिनको अवधिमा धेरै पटक दबाब दिनुभयो । अस्ति फोन गरेर तिमीले त्यतिपनि काम गरेनौ भने म अबदेखि फोन गर्दिन भन्नुभयो,उनको भनाई उद्धृत गर्दै एक कर्मचारीले भने, ‘जागिरकै लागि पनि मैले गैरकानुनी काम भएपनि डिजल पठाएको हुँ ।’

स्रोतका अनुसार आयल निगम र पम्पको मिलेमतोमा आएको डिजेल महँगो मूल्यमा बिक्री गर्न ल्याइएको हो । थानकोट डिपोबाटै दिन सकिने तेल भलबारीबाट दिन लगाएर कालोबजारी गर्न लागिएको स्रोतले बतायो।

स्रोतका अनुसार यो बाहेक कन्जुमरको नाममा पनि महँगो मूल्यमा तेल बिक्री भइरहेको छ। ठूला व्यवसायिक घरानाहरुले महँगो मूल्यमा निगमको डिपोबाटै तेल किनिरहेका छन्। 

http://www.pahilopost.com/content/-10225.html

 
Posted on 11-20-15 5:09 PM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कानुनसानुन जान्दिनँ, विराटसँगै तेल किनिन्छ' 06 Nov 2015 | शुक्रबार २० कार्तिक, २०७२ सुजन ओली गोपालबहादुर खड्का, कार्यकारी निर्देशक, नेपाल आयल निगम
गोपालबहादुर खड्का, कार्यकारी निर्देशक, नेपाल आयल निगम

काठमाडौं- 'तपाईंले पेट्रोलियम आपूर्ति ठेक्का दिँदा कानुन मिच्नुभयो?'
– 'कानुन नमिची तेल ल्याउनै सकिन्न'
'तपाईं कानुन मिच्न पाउनुहुन्न'
– 'कानुनसानुन जान्दिनँ, तेल नल्याई छाड्दिनँ'
'देशको कार्यकारी त कानुनभित्र हुन्छ, तपाईं माथि कसरी?'
– 'पहिलो काम संकट टार्नु हो, अहिले कानुन मान्नु जरुरी छैन।'
'विराटलाई नियमविपरीत २० करोड पनि दिनुभो?'
– विराटले तेल ल्याउँछजस्तो देखेरै सम्झौता गरेर एलसी खोल्न पैसा दिएका हौं।'
'चाइनाबाट ल्याउँदा भन्दा महँगो मूल्यमा जनताले कसरी किन्छन्।'
– 'जनतालाई तेल चाहिया छ, महँगो भन्ने छैन।' 

माथिको संवाद कुनै कालोबजारिया व्यापारी र उपभोक्ताबीचको होइन। विराटनगरस्थित निजी कम्पनी विराट पेट्रोलियम प्रालि (विराट आयल) लाई गैरकानुनी तरिकाले करोडौंको ठेक्का दिएर विवादित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र संसदीय समितिका सदस्य (विधायक) हरु बीचको हो।

भारतले नाकाबन्दी लगाएपछि चर्किएको इन्धन अभाव टार्न सरकारको निर्देशनअनुसार नेपाल आयल निगमले निजी कम्पनीबाट पेट्रोलियम आपूर्ति गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो। उक्त टेन्डर अनधिकृत रुपमा विराट आयललाई दिएका खड्काले बिहीबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बद्ध समितिका २० जना विधायकबीच चुनौती दिए, 'कानुनसानुन मान्दिनँ, तेल नल्याई छाड्दिनँ।'

१५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सूचनामार्फत ग्लोबल टेन्डर आह्वान गरेको निगमले खड्काकै ठाडो आदेशमा प्रतिस्पर्धामा उत्रिएका २१ कम्पनी पन्छाएर विराटलाई प्रतीतपत्र (एलसी) खोल्न बिनाआधार २० करोड रुपैयाँसमेत भुक्तानी दिएको थियो।

यस सम्बन्धी समाचार नागरिकमा सार्वजनिक भएकै दिन बिहीबार समितिले यसबारे थप बु‰न कार्यकारी निर्देशक खड्कासहित वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, सचिव ङइन्द्रप्रसाद उपाध्याय र वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालालाई समितिमा बोलाएको थियो।

छलफलका क्रममा खड्काले विराटलाई ठेक्का दिएर आफूले सही निर्णय गरेको जिकिर गरे। 'कानुनसानुन छाड्दिनुस्, जनतालाई तेल चाहिएको छ, महँगोसँग पनि मतलब छैन। त्यसकारण तेल ल्याएरै छाड्छौं,' खड्काले समितिमा भने, 'अहिलेको कानुनले तेल ल्याउन सकिन्न, त्यही भएरै कानुन मिचेर भए पनि विराटलाई ठेक्का दिएकाले उसले ल्याएको तेल खरिद गर्छौं।'

खड्काले 'कानुन मान्दिनँ' भनेपछि विधायकहरु उनीसँग आक्रोशित भएका थिए।

'कानुन नमान्ने तपाईं को? तपाईं कानुनभन्दा माथि हो?' समितिका सदस्य सुभाषचन्द्र ठकुरीले भने, 'देशको कार्यकारी प्रमुख त कानुनी सीमाभित्र हुन्छ, तपाईं त्यसभन्दा पनि माथि हो?'

सांसद ठकुरीले तेल संकट छ भन्दैमा कसैले जनताको करमाथि लुट मच्चाउन नपाउने बताए। 'जनताले तिरेको करमा तपाईंको रजाइँ चल्दैन,' उनले भने, 'त्यही करबाट तलब खानेले कालोबजारीलाई प्रश्रय दिन पनि मिल्दैन।'

सांसद अम्बिका बस्नेतले विराट आयलमा खड्काको पनि लगानी रहेको दाबी गर्दै त्यही कारण कानुनविपरीत एलसी खोल्न पैसा दिएको बताइन्। 'पदीय दुरुपयोग गरेर खड्काले विराटलाई अग्रिम भुक्तानी गरेका छन्,' उनले भनिन्, 'जनतालाई महँगोमा तेल बेच्ने रणनीतिमा लागेका कार्यकारी निर्देशकलाई तत्काल बर्खास्त गर्नुपर्छ।'

छलफलमा खड्काले विराट आयलले तेल ल्याउने देखेपछि अग्रिम भुक्तानी दिइएको सकारे। 'हामीले अग्रिम भुक्तानी गरेका हौं,' उनले भने, 'सरकारले जुनसुकै विकल्प खुला गरेर भए पनि तेल ल्याउने अधिकार निगमलाई दिएकाले यस्तो गरेको हो।'

छलफलमा वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले विराटले ल्याउने तेलभन्दा चीनबाट ल्याउँदा ६१ प्रतिशत सस्तो पर्ने बताए। 'विराटले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल दिने सुनिएको छ। यो भन्सारबाहेकको मूल्य हो। भन्सार जोडिँदा २ सय २० भन्दा कममा आउँदैन।' उनले समितिका सदस्यलाई जानकारी दिँदै भने, 'तर चीनबाट ल्याएको पेट्रोल १ सय ३५ रुपैयाँमा उपभोक्तालाई दिन सकिन्छ।'

आसयपत्र हालेका अन्य २१ कम्पनीको प्रस्ताव हेर्दा तेल ल्याउनेजस्तो नदेखिएको तर विराट योग्य देखिएकाले फाइल सदर गरेको उनले दाबी गरे।

छलफलमा खड्काको दाबी सुनेर रुष्ट बनेका उपभोक्ता संरक्षण मञ्च, नेपालका अध्यक्ष प्रेमलाल महर्जनले 'करोडौं कुम्ल्याउन पाएपछि किन कानुन मान्नुहुन्थ्यो त?' भन्दै र्यानखर्या ख्ती पारेका थिए।

'अहिले १ सय ४ रुपैयाँ लिटरमा पाइने पेट्रोल २ सयमा ल्याएर कति कमिसन खान खोजेको हो? प्रस्ट पार्नुस्,' महर्जनले भने, 'तपाईंले दिएको मनलाग्दी ठेक्का खरिद ऐन, उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐनविपरीत छ। यसैलाई टेकेर तपाईंमाथि मुद्दा हाल्छौं, तपाईंलाई हामी कुनै हालतमा छाड्दैनौं।'

भारतको सिलिगुडीमा प्रतिलिटर पेट्रोल ६६.११ भारु (१०५.७७ रुपैयाँ) पर्छ। त्यसैगरी, डिजलको मूल्य ४९.५५ भारु (७९.२८ रुपैयाँ) पर्छ। तर, विराट आयलले १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल निगमलाई बिक्री गर्ने सम्झौता गरेको छ।

'प्रतिस्पर्धी २१ कम्पनीको प्रस्ताव बेवास्ता गर्दै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने गरी खड्काले विराटलाई ठेक्का दिलाए,' स्रोतले बुधबार नागरिकसँग भन्यो, 'बिनालगानी ५ करोड ५ लाख रुपैयाँ चोखै कुम्ल्याउने गरी विराटलाई ठेक्का दिइयो।' यही सम्झौताअनुसार तेल कारोबार भए विराटले पेट्रोलबाट २ करोड ३५ लाख र डिजेलबाट २ करोड ७० लाख नाफा पाउनेछ।

निगमका कार्यकारी निर्देशक खड्काका अनुसार सिलिगुडीमा लोड गरेको २५ ट्यांकर तेल (१ ट्यांकर बराबर २० हजार लिटर) ३५ किलोमिटर वर भारतीय नाका पानीट्यांकीमा आइसकेको छ। यो भनेको सम्झौताअनुसार ल्याउनुपर्ने २ लाख ५० हजार लिटर डिजेल र २ लाख ५० हजार लिटर पेट्रोल हो। स्रोतका अनुसार यसरी ल्याइने तेलको भन्सार पनि निगम आफैंले तिनुपर्ने विराटको सर्त कार्यकारी निर्देशक खड्काले मानेका छन्।

कार्यकारी निर्देशक खड्का विराट आयललाई तेल किन्न २० करोड रुपैयाँ बराबरको एलसी खोलिदिएको स्वीकार गर्छन्। 'अहिलेको संकट टार्न तेल आवश्यक छ, जसरी पनि तेल ल्याउनुपर्छ,' उनले भने। विराट आयलसँग भएको मूल्य सम्झौताबारे पनि खड्काले भने, 'नेपालीलाई अहिले तेल आवश्यक छ, जति मूल्य परे पनि तिर्छन्।'

विराट चार वर्षअघि नै कालोसूचीमा

विराट आयललाई २०६८ चैत २७ गते बसेको तत्कालीन मन्त्रिपरिषद बैठकले बन्द गर्न निर्देशन दिएको थियो। विदेशबाट डढेको मोबिल ल्याएर पेट्रोलियम पदार्थ बनाई बिक्री गरेको फेला परेपछि तत्कालीन मन्त्रिपरिषदले उक्त कम्पनी तत्काल बन्द गर्न निर्देशन दिएको थियो।

तत्कालीन सभासद भीम आचार्यको अध्यक्षतामा गठित पेट्रोलियम पदार्थ उच्चस्तरीय छानबिन समितिले छानबिन गर्दा विदेशमा डढेको मोबिल मिसाएको पेट्रोलियम पदार्थ बिक्री गरेको फेला पारेको थियो। त्यसपछि समितिले उसको उत्पादन तथा कम्पनी नै बन्द गर्न सरकारलाई लिखित सुझाव दिएको थियो। सोही आधारमा मन्त्रिपरिषदले कम्पनी बन्द गर्न निर्देशन दिए पनि पालना हुन सकेन। 
http://nagariknews.com/feature-article/story/48176.html

 
Posted on 11-20-15 5:12 PM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विराटको ठेक्का ब्युँताउने खेल

  • मङ्गलबार २४ कार्तिक, २०७२
काठमाडौं- पेट्रोलियम पदार्थको चरम संकट देखाउँदै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का विराटनगरस्थित विराट पेट्रोलियम प्रालिलाई नै पुनः तेल आपूर्ति ठेक्का दिलाउन ज्यान फालेर लागेका छन्। 

निगमले विराटसँगको सम्झौता खारेज गरेको २४ घन्टा नबित्दै खड्का आफैं तेल आपूर्ति ठेक्का पुनः विराटलाई नै दिलाउन लागिपरेका हुन्। 'विराट तेल आपूर्तिका लागि एकदमै सक्षम कम्पनी हो,' खड्काले निगममा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, 'उसले तेल आपूर्ति नगरेसम्म अहिलेको संकट टार्न सम्भव छैन।'

सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदले जसरी भए पनि तेल ल्याएर संकट टार्न दिएको अधिकार प्रयोग गरेरै भए पनि विराटलाई आपूर्ति जिम्मा दिनुको विकल्प नरहेको उनले जिकिर गरे।

'अहिले कमिसनको कुरा छाड्दिनुस्,' उनले भने, 'अहिले जनतालाई पेट्रोलियम पदार्थ चाहिएको हो, कमिसनसँग मतलब छैन।' खड्काले असोज ३० गते २० करोड रुपैयाँ अग्रिम भुक्तानीसहित विराटलाई अनधिकृत रूपमा पेट्रोलियम आपूर्ति ठेक्का दिएका थिए। यो विषय सार्वजनिक भएपछि व्यवस्थापिका संसदका सार्वजनिक लेखा, उपभोक्ता हितसम्बद्ध र अन्तर्राष्ट्रिय श्रम समितिले बेग्लाबेग्लै छानबिन थालेका थिए। विवाद चर्किएपछि निगमले आइतबार मात्र उक्त ठेक्का खारेज गरेको थियो।

खड्का भने पुनः सोही कम्पनीलाई ठेक्का दिलाउन आन्तरिक गृहकार्यमा लागेको स्रोत बताउँछ। पेट्रोलियम पदार्थको चरम अभाव देखाएर तेल आपूर्तिको ठेक्का विराटलाई नै दिलाउने खेलमा खड्का लागेको निगम स्रोतको दाबी छ। विराटलाई दिएको ठेक्का खारेज गर्ने र अग्रिम भुक्तानीसमेत फिर्ता लिने बताएको भोलिपल्टै सोमबार सोही कम्पनीलाई तेल आयातको ठेक्का नदिए चरम संकट देखा पर्ने खड्काको अभिव्यक्ति सार्वजनिक भएको छ।

हालको आपूर्ति अवस्थाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विराटले तेल ल्याउन सक्ने बताए। 'पेट्रोलियम पदार्थ ल्याउँदा निजी क्षेत्र एक्लैले ठूलो रकम लगानी गर्न सक्दैन,' उनले भने, 'त्यसैले अग्रिम भुक्तानी दिनुको विकल्प छैन।' यसअघि निगमले मागेको आशयपत्रमा २२ कम्पनी सहभागी भएकामा ११ वटालाई तेल ल्याउन 'नो अब्जेक्सन लेटर' दिइएको थियो।

'विराटजस्तो राम्रो कम्पनीले तेल ल्याउन खोज्दा सबै लागेर रोक्ने प्रयास भयो,' पत्रकार सम्मेलनमा खड्काले भने, 'यो राम्रो कुरा होइन, सक्षम कम्पनीले अहिलेको संकट टार्न खोज्छ भने दिनुपर्छ।'

अधिकांश समय विराटको सकारात्मक चर्चा गर्न भ्याएका खड्काले कमिसन खाए पनि तेल ल्याउनुपर्ने बताए। 'संकटका बेला अलि–अलि कमिसनको खेल हुन्छ,' उनले भने, 'त्यस्ता कुरालाई बढी प्राथमिकता दिनु आवश्यक छैन।'

धनगढी नाका त्रिनगरका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार साँझ तीनवटा डिजेलका ट्यांकर नाकाबाट नेपाल भित्रिएको बताए। एक ट्यांकर नाकापारि गौरीफन्टामै रोकेर राखिएको उनले जनाए।

कार्यकारी निर्देशक खड्काले इन्धन आपूर्ति ठप्प भएको बताएपछि धनगढीबाट तीन ट्यांकर डिजेल पेट्रोलका गाडी नेपाल भित्रिएका छन्। त्यसैगरी, भैरहवा नाकाबाट पनि १० वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल भित्रिएको भैरहवा डिपोका प्रमुख दिनेश यादवले जानकारी दिए।

कार्यकारी निर्देशक भने सात दिनदेखि एकथोपै पेट्रोलियम पदार्थको आयात नभएको भन्दै विराटलाई तेल आयात ठेक्का दिलाउन कम्मर कसेर लागेका छन्। जनतालाई तेल नदिने, बजारमा चरम अभाव देखाउने र यही मौकामा विराटलाई ठेक्का सुम्पने खेलमा खड्का लागेको निगम स्रोत बताउँछ।

धनगढीबाट १ सय ६५ किलोमिटर दुरीमा रहेको इन्डियन आयल कर्पोरेसनको बनथरा तेल डिपोमा शुक्रबार भरिएका चारवटा डिजेलका ट्यांकर शनिबार बिहान ४ बजे गौरीफन्टा नाका पुगेका थिए। रक्सौल नाकाबाहेक अन्यबाट पेट्रोलियम पदार्थ आइरहेको छ। तर, कार्यकारी निर्देशक खड्काले सात दिनदेखि एक थोपै नआएको दाबी गर्दै विराटलाई दिन खोजेका हुन्।

निगमका अनुसार विराट आयलले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र डिजेल १ सय ८७ रुपैयाँमा आपूर्ति गर्ने गरी ठेक्का दिन खोजिँदैछ। सम्बद्धस्रोतका अनुसार प्रस्ताव पेस गरेका अन्य कम्पनीले विराटको भन्दा लिटरमा ३० रुपैयाँसम्म कम मूल्यमा आपूर्ति गर्ने उल्लेख गरेका थिए। उनीहरूले आफ्नै खर्चमा तेल ल्याउने र त्यसलाई निगमले खरिद गरिदिनुपर्ने प्रस्तावसमेत गरेका थिए।

'तर, कार्यकारी निर्देशक खड्काले प्रतिस्पर्धी २१ कम्पनीको प्रस्ताव पन्छाउँदै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने गरी विराटलाई ठेक्का दिलाएका थिए। विराटले बिनालगानी ४ करोड ४ लाख रुपैयाँ चोखै कुम्ल्याउने पक्का भएपछि संसदका धेरैजसो समितिको ध्यान त्यतातर्फ गएको हो। 

http://www.nagariknews.com/economy/story/48405.html

 
Posted on 11-20-15 5:14 PM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेल ल्याउन निजीलाई मनलागी ठेक्का


काठमाडौं- भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयात गर्न ठेक्का पाएको निजी कम्पनी विराट आयललाई प्रतीतपत्र (एलसी) खोल्न नेपाल आयल निगमले नियमविपरीत २० करोड रुपैयाँ दिएको छ। यति मात्र होइन, त्यही पैसाले ल्याउने तेल निगमले दोब्बर मूल्यमा खरिद गर्दैछ।

निगमले १५ दिनका लागि पेट्रोलियम आपूर्ति गर्न सार्वजनिक सूचना आह्वान गरेपछि स्वदेश तथा विदेशका २२ कम्पनीले आवेदन दिएका थिए। तीमध्ये विराटनगरको विराट आयललाई निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको 'ठाडो आदेश' मा पेट्रोलियम आपूर्ति गर्ने ठेक्का दिइएको स्रोतले जनाएको छ।

निगमका अनुसार विराट आयलले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल आपूर्ति गर्नेछ। सम्बद्ध स्रोतका अनुसार प्रस्ताव पेस गरेका अन्य कम्पनीले विराटको भन्दा लिटरमा ३० रुपैयाँसम्म कम मूल्यमा आपूर्ति गर्ने प्रस्ताव गरेका थिए। उनीहरूले आफ्नै खर्चमा तेल ल्याउने र त्यसलाई निगमले खरिद गरिदिनुपर्ने प्रस्तावसमेत गरेका थिए।

'तर, कार्यकारी निर्देशक खड्काले प्रतिस्पर्धी २१ कम्पनीको प्रस्तावलाई बेवास्ता गर्दै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने विराटलाई ठेक्का दिलाए,' स्रोतले बुधबार नागरिकसँग भन्यो, 'विराटले बिनालगानी ४ करोड ४ लाख रुपैयाँ चोखै कुम्ल्याउने पक्का भएको छ।'

सिलिगुडीमा प्रतिलिटर पेट्रोल ६६.११ भारु (१०५.७७ रुपैयाँ) पर्छ। त्यसैगरी, डिजलको मूल्य ४९.५५ भारु (७९.२८ रुपैयाँ) पर्छ। तर, विराट आयलले १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल निगमलाई बिक्री गर्ने सम्झौता गरेको छ।

स्रोतका अनुसार सिलिगुडीमा लोड गरेको २५ ट्यांकर तेल (१ ट्यांकर बराबर १६ हजार लिटर) ३५ किलोमिटर वर भारतीय नाका पानीट्यांकीमा आइसकेको छ। यो भनेको सम्झौताअनुसार ल्याउनुपर्ने २ लाख लिटर डिजेल र २ लाख लिटर पेट्रोल हो। उक्त परिमाण बराबरको तेल केही दिनभित्र काठमाडौं आइपुग्नेछ। स्रोतका अनुसार यसरी ल्याइने तेलको भन्सार पनि निगम आफैंले तिनुपर्ने विराटको सर्त कार्यकारी निर्देशक खड्काले मानेका छन्।

कार्यकारी निर्देशक खड्का विराट आयललाई तेल किन्न २० करोड रुपैयाँ बराबरको एलसी खोलिदिएको स्वीकार गर्छन्। 'अहिलेको संकट टार्न तेल आवश्यक छ, जसरी पनि तेल ल्याउनुपर्छ,' उनले भने। विराट आयलसँग भएको मूल्य सम्झौताबारे पनि खड्काले भने, 'नेपालीलाई अहिले तेल आवश्यक छ, जति मूल्य परे पनि तिर्छन्।'

आयल निगमले विराटले ल्याएको तेल नकिन्न पनि सक्ने जानकारी खड्काले दिए। 'यसबारे सरकारले निर्णय गर्छ,' खड्काले भने, 'पहिला तेल आउन दिनुस्।' निगम र विराटबीच व्यापारिक डिल पेट्रोलियमको कालोबजारी गर्ने उद्देश्यबाट भएको देखिन्छ।

निगमका पदाधिकारीहरू विराट आयलसँग भएको व्यापारिक डिलबारे विरोधाभासपूर्ण जवाफ दिन्छन्। निगम निर्देशक मुकुन्द घिमिरेले विराट आयललाई तेल ल्याउनका लागि निगमले एलसी खोलिदिएको बताए। 'हामीले तेल आयातका लागि बिराटलाई एलसी खोलिदिएका छौं, उसले ल्याएको तेल हामी किन्छौं,' उनले भने।

निगमकै अर्का एक उच्च अधिकारी भने बंैक ग्यारेन्टी मात्र बसेको र विराट आयलले ल्याएको तेल निगम किन्न बाध्य नहुने दाबी गर्छन्। 'एलसी खोलेका छैनौं, बैंक ग्यारेन्टी मात्र दिएको हो,' ती अधिकारीले भने, 'उसले ल्याएको तेल उसैले बिक्री गर्छ। निगम किन्न बाध्य छैन।'

त्यसैगरी, निगमले सार्वजानिक गरेको तीनदिने सूचनामा १५ दिनका लागि (दसंैलाई अभाव हुन नदिन) पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपर्ने उल्लेख थियो। तर, सूचना निकालेको झन्डै एक महिना बितिसक्दा पनि विराटले तेल ल्याएको छैन। स्रोतका अनुसार अझै विराटले समय थपेको छ। यो समयमा ग्लोबल टेन्डर गरेरै तेल ल्याउन सकिन्थ्यो।

विराटले यसरी पायो ठेक्का

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले गत असोज ३० गतेे अर्थात दिल्ली जानु अघिल्लो दिन राति २ बजे विराटको फाइल स्वीकृत गरेका थिए। ३० गते दिउँसो खड्काले निगमका निर्देशक तथा वितरण विभाग प्रमुख दीपक बराललाई विराट आयलका सञ्चालक अर्जुन क्षत्रीले ल्याएको फाइल स्वीकृत गर्न निर्देशन दिए।

उक्त फाइलमा बैंक ग्यारेन्टी पनि निगमले व्यवस्था गर्नुपर्ने र एलसी खोल्न निगमले नै २० करोड रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेपछि बरालले फाइलमाथि टिप्पणी उठाउन मानेनन्। फाइलमाथि टिप्पणी नउठाएको भन्दै कार्यकारी निर्देशक खड्काले वितरण विभाग प्रमुख बराललाई सो ठाउँबाट हटाएर कार्यकारी निर्देशक कक्षमा एउटा कुनामा राखेका छन्।

३० गते राति २ बजे क्षत्रीको फाइल सदर गरेर खड्का भोलिपल्ट अर्थात कात्तिक १ गते दिल्ली गएका थिए। स्रोतका अनुसार पेट्रोलियम पदार्थ आपूर्ति गर्दा वितरण विभागको टिप्पणी अत्यन्तै जरुरी हुन्छ। तर, त्यो काम कार्यकारी निर्देशक आफैंले गरे।

तेल आपूर्ति गर्ने विराट आयलले माथिको 'ठाडो आदेश' छ भन्दै टिप्पणी उठाउन दबाब दिएपछि बराल बाहिरिएका थिए। त्यसको भोलिपल्ट फाइल सदर भइसकेको थियो। निगमका अन्य निर्देशकलाई यस बारे जानकारी नभएको बताएको स्रोतले जानकारी दियो।

कार्यकारी निर्देशकले विराट आयलले बैंक ग्यारेन्टी ल्याउँछ, त्यसको टिप्पणी उठाउनुपर्योो भनेपछि बरालले फाइल अध्ययन गर्दा बैंक ग्यारेन्टी थिएन। त्यसपछि उनी टिप्पणी उठाउन हच्किएका थिए।

केही घन्टापछि विराट आयलले बैंक ग्यारेन्टी ल्याएपछि पेस्की चाहियो भन्दै निगममा क्षत्रीले दबाब दिएका थिए। त्यसको फाइल सदर भने कार्यकारी निर्देशकले गरेपछि विराटले २० करोड रुपैयाँ पाएको हो। निगमका उच्च पदाधिकारीबीच यस विषयमा कुनै छलफल नभएको स्रोतले जनाएको छ। 
http://www.nagariknews.com/economy/hydropower/story/48114.html

 
Posted on 11-20-15 5:15 PM     [Snapshot: 60]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयल निगमबाटै कालोबजारी

काठमाडौं-नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निजी कम्पनी विराट पेट्रोलियमबाट आउने तेल महँगोमा बेच्ने नियतले भारतबाट जेनतेन आइरहेको तेल बिक्रीवितरण पनि रोकिदिएका छन् । 
यसबाट निगम आफैं 'संस्थागत' कालोबजारीमा उत्रिएको देखिएको छ ।

कार्यकारी निर्देशक खड्काले सोमबार पत्रकार सम्मेलन गरी पेट्रोलियम मौज्दात सकिएकाले उपभोक्तालाई लाइन नबस्न आग्रह गर्दै तेल बिक्रीवितरण रोकेका हुन् ।

सरकारी स्वामित्वको निगमले निजी कम्पनी विराटबाट तेल ल्याएर चर्काे मूल्यमा बेच्नकै लागि आफ्नो कारोबार ठप्प पारेको उच्च स्रोतको दाबी छ ।

भारतले दुई महिनादेखि सीमामा नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको आयात ८२ प्रतिशत कटौती भएको छ तर यो तथ्यांक निगमले अहिलेसम्म सार्वजनिकै नगरी तेल बाँडिरहेको थियो । निगमको पछिल्लो भनाइअनुसार वर्तमान मागको १८ प्रतिशत तेल नेपाल भित्रिएर वितरणसमेत भइरहेको छ ।

'कार्यकारी निर्देशक खड्का आफ्नै संस्थाको तथ्यांकविपरीत भारतबाट एक थोपो तेल नआएको भन्दै विवादास्पद वक्तव्य दिँदै हिँडेका छन्,' निगम उच्चस्रोतले भन्यो, 'तेल आउँदाआउँदै यसरी औपचारिक रुपमै तेल वितरण रोक्नु सिधै कालोबजारी हो ।'

'आइओसीबाट आएको तेल बिक्री गरिरहँदा विराटको तेल महँगोमा बिक्री हुँदैन,' स्रोतले नागरिकसँग भन्यो, 'विराटले ल्याएको तेल बिक्री गरेपछि आपूmले पनि मोटो रकम कमिसन खान पाइन्छ । अनि किन आइओसीबाट आएको तेल बिक्री गर्न मान्थे ?'

वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार विराटबाट आउने तेल महँगो मूल्यमा बिक्री गर्नकै लागि पाँचवटै डिपोबाट तेल वितरण रोकिएको हो ।

'यसअघिसम्म औपचारिक रुपमा जानकारी दिएर कहिल्यै तेल बिक्री रोकिएको थिएन,' स्रोतले भन्यो, 'तर अहिले चीनबाट पनि १३ लाख लिटर तेल नेपाल भित्रिरहेको र भारतीय नाकाबाट पनि केही परिमाणमा आएको अवस्थामा के आधारमा तेल वितरण रोकेको हो, पत्तो पाइएन ।'

निगम प्रवक्ता मुकुन्द घिमिरेले विराटनगर नाकाबाट ५० ट्यांकर पेट्रोलियम पदार्थ आउने बताए । 'यसअघिको भन्दा अहिले धेरै ट्यांकर छुटेका छन्,' उनले भने, 'यसैगरी नाकाबाट आयात बढ्न थाल्यो भने अवस्था सामान्य बन्दै जान्छ ।'

निगमका भैरहवा क्षेत्रीय डिपो प्रमुख दिनेश यादवले भैरहवाबाट २० वटा ग्यास तथा ट्यांकरका गाडी भित्रिने सम्भावना रहेको बताए । रक्सौलबाहेक नाकाबाट धेरथोर आयात भइरहेको उनको भनाइ छ ।

त्यसैगरी, बेतालपुर नाकामा पनि लोड बढाउन सरकारले आवश्यक पहल थाल्नुपर्ने बताए । 'बेलातपुर नाकाबाट पर्याप्त मात्रामा लोड हुन सकेको छैन,' उनले भने, 'उक्त नाकामा लोड बढाउनेबित्तिकै ठूलो परिमाणमा ट्यांकर नेपाल भित्रिन्छन् ।'

खड्का भने सबै नाका रोकिएकाले तेल वितरण गर्न नसक्ने भन्दै उम्किन खोज्दैछन् ।

निगमले अबदेखि पेट्रोलियम पदार्थ वितरण गर्न नसक्ने जनाउनुले पनि निगम आफैं संस्थागत रुपमा कालोबजारीमा उत्रेको हो । यसले जसरी पनि आपूर्ति ठेक्का दिने तयारी गर्दै तेल कारोबारलाई संस्थागत रुपमा कालोबजारी गर्न बाटो खोलेको छ ।

भारतबाट पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नआए पनि सीमित परिमाणमा भने आइरहेको छ । निगमकै भनाइमा वर्तमान मागको १८ प्रतिशत आपूर्ति भइरहेको छ । तर, निगमका कार्यकारी निर्देशक खड्का भने 'भारतबाट एकथोपो पनि तेल नआएको' भन्दै विराटलाई तेल ठेक्का दिने र उसले महँगोमा ल्याएको तेल चर्काे मूल्यमा बिक्री गरेर कमिसन सोहोर्ने खेलमा लागेका छन् ।

खड्काले ८ दिनदेखि एक थोपो पनि तेल नभित्रिएको भन्दै इन्धन वितरण रोक्ने बताएर यसबाट विराटलाई तेलको ठेक्का दिन खड्कालाई सहज हुनेछ ।

विराटले ५ लाख लिटर डिजेल तथा पेट्रोल महँगो मूल्यमा बिक्री गर्ने योजना बनाएको छ । निगमले तेल वितरण नरोक्दासम्म विराटले ल्याएको तेल महँगो मूल्यमा बिक्री गर्न कठिन हुन्छ । त्यसैले निगमले तेल नबाँड्ने औपचारिक निर्णय गरेको हो । निगमले तेल नबाँड्ने भनेपछि विराटले महँगो मूल्यमा ल्याएको तेल बजारमा सहजै पठाउन सकिन्छ ।

उक्त परिमाणको तेल बिक्री गरेपछि कार्यकारी निर्देशक खड्कासहित विराटसँग मिलेमतो गरी काम गरेका सबैले मोटो रकम कुम्ल्याउनेछन् । http://www.nagariknews.com/economy/story/48469.html

 
Posted on 11-20-15 5:17 PM     [Snapshot: 61]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तथ्य लुकाउँदै कालोबजारी

काठमाडौं-नेपाल आयल निगमले कालोबजारीको पोल खुल्ने डरले भारतबाट ल्याइएको पेट्रोलियम पदार्थको बिक्रीवितरणसम्बन्धी विवरण वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत उपलब्ध गराएको छैन ।
तीनपटक माग्दा पनि विवरण र तथ्यांक उपलब्ध गराउन अटेर गरेपछि मन्त्रालय निगमलाई निर्देशन दिने तयारीमा छ ।

इन्धन बिक्रीवितरणमा निगमकै मिलेमतोमा कालोबजारी भइरहेको सार्वजनिक भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि के÷कति पेट्रोलियम पदार्थ काठमाडौं भित्रिएको र कुन/कुन पम्पबाट बिक्रीवितरण भएको नखुलेको भन्दै मन्त्रालयले तत्काल सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिए पनि निगमले बेवास्ता गर्दै आएको छ ।

'इन्धन वितरणको सम्पूर्ण विवरण उपलब्ध गराउन पटक–पटक निर्देशन दिएका छौं, तर निगमले आजसम्म दिएको छैन,' मन्त्रालय उच्चस्रोतले मंगलबार नागरिकसँग भन्यो, 'यसको अर्थ आफूले गरेको कालोबजारीको पोल खुल्छ भन्ने नै हो । हामी कुनै पनि हालतमा विवरण लिएरै छाड्छौं ।'

मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक बिदा परेकाले निगमलाई बुधबार लिखित निर्देशन दिएर विवरण माग्नेछ ।

मन्त्रालयका उपसचिव शिव त्रिपाठीले अहिलेसम्म तीनपटक विवरणका लागि ताकेता गरेको जानकारी दिए । तर निगमले आफ्नो कर्तुत खुल्ने भएकाले सम्पूर्ण विवरण उपलब्ध गराउन आनाकानी गरेको मन्त्रालयको बुझाइ छ ।

नाकाबन्दीपछि पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात भइरहेको तर त्यसको वितरण उचित नभएको गुनासो आएपछि मन्त्रालयले सम्पूर्ण जानकारी माग गरेको हो । निगमका पदाधिकारी विभिन्न बहाना बनाएर वितरण गरिएको पेट्रोलियम पदार्थको जानकारी नदिएको हुन सक्ने बताइएको छ ।

भारतबाट आएको तेल निगमका उच्च अधिकारीले आफ्ना आसेपासे, नातागोताका पेट्रोलपम्प र मोटो रकम बुझाउने व्यवसायीलाई परलभन्दा धेरै महँगोमा बिक्री गरिरहेको भन्ने आएपछि सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयले दिएको मौखिक निर्देशन नमानेपछि बुधबार निगमलाई लिखित पत्र पठाउने मन्त्रालयको तयारी छ ।

व्यवसायीका अनुसार अहिले प्रतिट्यांकर पेट्रोल ३५ लाख रुपैयाँ र डिजेल २६ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ । उपभोक्ता बाध्य भएर कालोबजारमा पेट्रोल प्रतिलिटर औसतमा ४ सय ५० र डिजेल ४ सय रुपैयाँसम्म तिरेर किनिरहेका छन् ।

स्रोतका अनुसार सम्बन्धित कालोबजारीसँग कुरा मिलेपछि पेट्रोल पम्पमा बिहानै वा रातिराति मात्र महँगो मूल्यमा तेल बेच्ने गरिएको उपभोक्ताको गुनासो आए पनि आयल निगम भने कानमा तेल हालेर बसेको छ ।

एक ट्यांकर डिजेल २६ लाख तिरेर आफ्नो उद्योगमा ल्याउनुपरेको बाध्यता सुनाउँदै एक व्यापारीले भने, 'सरकार र निगम नै सहज आपूर्ति नहोस् र आएको तेल महँगो मूल्यमा बेचेर मोटो रकम कुम्ल्याउन पाइयोस् भन्ने ध्याउन्नमा छन् ।'

व्यवसायीका कुरालाई केही दिनअघि निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आयोजना गरेको पत्रकार सम्मेलनले पनि थप पुष्टि गर्छ । भारतले अघोषित नाकाबन्दी गरे पनि विभिन्न नाकाबाट छिटफुट रूपमा तेल आइरहेको छ । खड्काले भने एक थोपा पनि तेल नआएको भन्दै कालोबजारीलाई प्रश्रय दिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

काठमाडौंलगायत आसपासका जिल्ला सुरक्षा निकाय, अत्यावश्यक सेवा र सार्वजनिक यातायातलाई वितरण गर्ने उद्देश्यसहित यो परिमाणको डिजेल ल्याइएको हो । तर, त्यसो हुन नसकी सो इन्धन निगम उच्च पदाधिकारीका निकट मानिएका पम्पलाई दिएर कालोबजारीमा बेच्न भन्दै पठाइएको गुनासो बढेपछि वितरणको सम्पूर्ण विवरण पठाउन निगमलाई निर्देशन दिएको हो ।

पम्पलाई कालोबजारी गर्न पठाइएको तेल अहिले उद्योगीले परल मूल्यभन्दा दोब्बरमा किनेर उद्योग चलाउँदै आएका छन् । निगमले सर्वसाधारणलाई बिक्री गर्दा प्रतिलिटर १ सय ४ रुपैयाँमा पेट्रोल र ८१ रुपैयाँमा डिजेल बिक्री गर्नैपर्ने बाध्यता छ । तर, पम्पलाई कालो धन्दा गर्न लगायो भने आफ्नो गोजी पनि भरिने र पम्पवाला पनि मालामाल हुने भएपछि निगम कालोधन्दामा जुटेको हो ।

पेट्रोलियम पदार्थ अभावको मौका छोपी विभिन्न संगठित संस्थाकै मिलेमतोमा तेलको कालोबजारी भइरहेको छ । निगम र विभिन्न पेट्रोलियम व्यवसायीको मिलेमतोमा पेट्रोलियम कालोबजारी तीव्र भएको छ ।

निगमले पेट्रोलपम्पहरुमा निश्चित परिमाणमा पेट्रोलियम पदार्थ दिएको भए पनि पम्पसञ्चालकले पूरै परिमाणमा पेट्रोलियम पदार्थ नबेची कालोबजारी गर्ने गरेको स्रोतको दाबी छ ।

'पेट्रोल पम्पवालालाई निगमले ८ हजार लिटर तेल दिन्छ, उनीहरु ३÷४ हजार लिटर बेचेर बाँकी कालोबजारी गर्छन्,' स्रोतले भन्यो, 'अभावका बेला प्रहरीले पनि केही गर्न सकेको छैन ।'

निगमले ठूला सवारीसाधनलाई डिजेल उपलब्ध गराउने गरेको भए पनि थोरै मात्र सवारीसाधनले लाइन बसेर तेल भर्ने र बाँकीले महँगो मूल्यमा कालोबजारीमार्फत तेल किन्नुपर्ने बाध्यता रहेको उनले बताए ।
http://www.nagariknews.com/economy/story/48785.html

 
Posted on 11-20-15 5:24 PM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुख्य सचिवले क्याविनेटमा गरे कार्यकारी निर्देशकको आलोचना, खड्का को प्रति जिम्मेवार छन् ?

प्रकाशित मिति: Nov 10, 2015

विज्ञान अधिकारी/बिजमाण्डू काठमाडौं । मुख्य सचिव सोमलाल सुवेदीले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको अभिव्यक्तिप्रति गम्भिर चासो व्यक्त गर्दै छानविन अघि बढाउनुपर्ने बताएका छन् ।   मंगलबार मन्त्रिपरिषद् बैठकमा मुख्य सचिवले कार्यकारी निर्देशकको अभिव्यक्ति गैरजिम्मेवार भएको र उनी कुन संस्थाप्रति जवाफदेही हुने भन्दै प्रश्न गरेको एक मन्त्रीले बिजमाण्डूलाई जानकारी दिए ।   


नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का । 

‘हामीले कस्तो व्यक्तिलाई आयल निगम जस्तो जिम्मेबार संस्थामा नियुक्ती गर्यौ । उनी कोप्रति जिम्मेवार हुन्छन्, सुवेदीले भनेका थिए, ‘खड्काले मन्त्री र सचिवका निर्देशन अटेर गरिरहेका छन् । त्यसरी हिड्ने व्यक्तिबाट हामीले कसरी सुशासन खोज्न सकिन्छ ?’ मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सुवेदीले खड्काको आलोचना गरेका थिए ।   उनले खड्काको आलोचना गर्दा प्रधानमन्त्री केपी ओली भने थिएनन् । खड्काले सोमबार पत्रकार सम्मेलन गरी विगत पाँच दिनदेखि एक थोपा तेल नआएको भन्दै अत्यावश्यक सेवा बाहेक कसैलाई पनि तेल दिन नसकिने बताएका थिए ।   भारतको अघोषित नाकाबन्दीका बेलामा सूचना समेत दिन कन्जुस्यायी गरेको निगमले सोमबार भने उपभोक्तामाथि मनोवैज्ञानिक त्रास फैलनेगरि सूचना नै जारी गरेको थियो । कार्यकारी निर्देशक खड्काले पत्रकार सम्मेलन गरेर एक थोपा तेल नआएको भन्दै झुट बोलेका थिए ।   आइतबार र सोमबार गरेर भारत र चीनबाट एक सय ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको थियो । उच्च स्रोतका अनुसार खड्काले नवनियुक्त वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निर्देशन समेत अवज्ञा गर्दै आएका छन् । मन्त्रीको कार्यकक्षअघिनै उनले कतिपय व्यक्तिलाई खड्का भनेको डराउने मान्छे होइन भन्दै हप्कीदप्की समेत गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।   खड्काले सचिव ङइन्द्रप्रसाद उपाध्यायले दिएको निर्देशन अवज्ञा गर्दै आएका छन् । अघिल्लो सरकारका वाणिज्यमन्त्री सुनीलबहादुर थापाले खड्कालाई नियुक्ती गरेका हुन् । उनी सडक विभागबाट सेवा निबृत्त कर्मचारी हुन् । 

किन निरीह भए वाणिज्य तथा आपूर्तिमन्त्री ? 
नवनियुक्त वाणिज्य तथा आपूर्तिमन्त्री पुनले समेत तेलको चरम अभाव भएको बेला निगमलाई सही व्यवस्थापन गर्न असफल भएका छन् । उनले निगमभित्रको वेथिती मात्रै होइन कार्यकारी निर्देशक खड्कालाई समेत काम लगाउन नसकेको स्रोतले बतायो । स्रोतका अनुसार कार्यकारी निर्देशक खड्काले सोमबारको पत्रकार सम्मेलन समेत मन्त्री पुनलाई जानकारी नदिई गरेका थिए ।   अहिलेको जटिल परिस्थितीमा पत्रकार सम्मेलन गरेर जथाभावी बोल्दा समेत खड्कालाई सामान्य सोध्ने आँट समेत नगरेको मन्त्री निकटस्रोतले बतायो । उनले मन्त्रीलाई हेपेर आफुखुशी निगम चलाइरहँदा समेत मन्त्री पुनले कुनै हस्तक्षेप गर्न सकेका छैनन् ।   ‘अभावको मौकामा तेल वितरणमा समेत भद्रगोल र अनियमितता भएको छ । आफुखुशी पम्पलाई तेल दिने र केही ठूला उपभोक्ताको नाममा जथाभावी वितरण भइरहेको छ, निगमका एक कर्मचारीले भने, ‘यसको सामान्य जानकारी समेत मन्त्रीलाई गराइएको छैन ।’ मन्त्री पुनले निगमभित्रको यो अव्यवस्थालाई हेर्न सकेका छैनन् । इन्धनको चरम अभावका बेला मन्त्रीले सही व्यवस्थापनमा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।   स्रोतका अनुसार मन्त्रीले आफ्नै सचिवालय समेत व्यवस्थापन गर्न नसकेकोले समस्या भइरहेको छ । ‘मन्त्रीको सचिवालय समेत भद्रगोल छ । दुई/चार लिटर तेलको तोक लगाएर सचिवालयका कर्मचारी बसेका छन्,’ वाणिज्यका एक कर्मचारीले भने, ‘हामीले युवा मन्त्री पायौं भनेको तर उनी निरीह र हातखुटा बाँधिएको जस्तो पाएका छौ । यस्तो शक्तिशाली मन्त्रालय प्यारालाइज्ड जस्तो देखिएको छ ।’ 
http://www.bizmandu.com/content/-13958.html

 
Posted on 11-20-15 5:28 PM     [Snapshot: 75]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो छ आयल निगमका नयाँ हाकिम खड्काको पृष्ठभूमि, दरबारमार्ग अध्याँरो पार्ने उनै हुन्
  प्रकाशित मिति: Jan 27, 2015

प्रभात भट्टराई/बिजमाण्डू काठमाडौँ । 

निजी क्षेत्रको पहलमा दरबारमार्गमा लगाइएको सोलार बत्ति उठाएर अँध्यारो पार्ने डिभिजन सडक कार्यालय सानो गौचरनका पूर्व प्रमुख गोपालबहादुर खड्का आयल निगमको कार्यकारी निर्देशक नियुक्त गरिएका छन् । 

निगममा सुधार अभियान थालेका चन्डिकाप्रसाद भट्टलाई हटाएर निजी क्षेत्रको विकास प्रयासमा समेत अवरोध पुर्याउने खड्कालाई सरकारले निगम प्रमुख बनाएको हो । भट्टलाई हटाउन वाणिज्यमन्त्री सुनिलबहादुर थापालाई उनकै पार्टी राप्रपादेखि पेट्रोलियम व्यवसायीले निरन्तर दबाब दिँदै आएका थिए।  

खड्का डिभिजन सडक कार्यालय सानो गौचरनमा तीन बर्ष देखि प्रमुख थिए ।


उनले सडक विभागका महानिर्देशक माधव कार्कीसँग असहमति जनाउँदै निजामति सेवाबाट राजिनामा दिएका छन् । कार्की विभागको महानिर्देशक बनेपछि काठमाण्डौँका मिनभवन र सानो गौचरन दुबै डिभिजन कार्यालयका बैंक खाता छानविनका लागि रोक्का गरेका थिए । त्यसपछि खड्काले राजिनामा दिएका हुन् । 

२०७१ सालका नयाँ बर्षमा दरबार मार्ग विकास बोर्ड सहित छ संस्थाको सम्युक्त पहलमा दरबारमार्गमा सोलार बत्ति जडान गरिएका थियो । बत्ति बलेको १५ दिनमै खड्काको नेतृत्वमा डिभिजन कार्यालयले सोलार बत्तिको पोलमा विज्ञापनका लागि राखेको ग्लोबोर्ड उठाएर लग्यो । 

आफु मातहतको सडकमा विज्ञापन बोर्ड राखेर पैसा कमाएको आरोप सुरुमा कार्यालयले लगाएको थियो । तर त्यो आरोप पुष्टि हुन नसके पछि ग्लोबोर्डले नारायणहिटी संग्रहालय छेकेको तर्क सडक कार्यालयले गर्यो । 

सोलार मेन्टनेन्स गर्ने आर्थिक बन्द भए पछि दरबार मार्ग पुन अँध्यारो हुन पुग्यो । काठमाडौँ महानगर पालिका, ट्राफिक प्रहरी लगायत समेत अनुरोध अस्विकार गर्दै सडक कार्यालयले ग्लोबोर्ड उठाएर लगेको थियो । मुख्य सचिव लिलामणी पौडेलले समेत निर्देशन दिए पछि बाध्य भएर दुई महिना पछि कार्यालले ग्लोबोर्ड फिर्ता गरेको थियो । त्यस यता भने दरबारमार्गमा बत्ति बल्दै आएको छ । 

स्रोतका अनुसार बाहिर जे सुकै तर्क गरे पनि सडक कार्यालय प्रमुख खड्काले आफ्नो बगैँचामा पनि सोलार बत्ति जडान गर्नु पर्ने लगायतका व्यक्तिगत माग विकास बोर्डले अस्विकार गरेको बदला लिन दरबारमार्गलाई नै अँध्यारो पार्ने 'साहस' गरेका थिए । 
खड्काले निगमको कार्यकारी निर्देशक हुन उच्च राजनीतिक साँठगाँठ समेत मिलाइ सकेका थिए । उनी बैद्य माओवादी निकट छन् । बैद्य माओबादीका केहि नेताले आफ्ना कार्यकर्ता माझ तीन महिना अघिनै खड्का आयल निगमको कार्यकारी निर्देशक हुने खुलासा गरेका थिए । आफ्नो पुर्ख्यौली थलो सिन्धुलीका वैद्य माओवादी नेतासँग उनको सघन उठबस छ । 

http://www.bizmandu.com/content/-10403.html

 
Posted on 11-20-15 5:34 PM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is there anyone in Nepal who is not corrupt? Sometimes I feel ashmed to hear about and talk to people in Nepal to find out that their only preoccupation is how to make money, more money, a lot of money.
 
Posted on 11-20-15 5:34 PM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is there anyone in Nepal who is not corrupt? Sometimes I feel ashmed to hear about and talk to people in Nepal to find out that their only preoccupation is how to make money, more money, a lot of money.
 
Posted on 11-20-15 7:21 PM     [Snapshot: 161]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेल लुकाएर यसरी पो कमाउँदा रहेछन् आयल निगमका गोपालबहादुर खड्काले !
gopal khadka

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का र निगमको थानकोट इन्धन डिपो प्रमुख रविन कुमार शर्माको मिलेमतोमा पेट्रोलियम पदार्थको व्यापक कालोबजारी भएको रहस्य सार्वजनिक भएको छ । नेपाल आयल निगमसम्बद्ध स्रोतका अनुसार डिपो प्रमुख शर्मा निगमका आधिकारिक बिक्रेताहरुलार्ई बाइपास गर्दै कमिसनको भरमा नियमविपरीत पेट्रोलियम पदार्थको सिधै बिक्रीवितरण गरेर करोडौँ रकम असुल्न सफल भएका छन् ।

डिपो प्रमुख शर्माले आर्थिक प्रलोभनमा डिपोबाटै तीन हजार लिटरदेखि १२ हजार लिटरसम्म पेट्रोलियम पदार्थ लोड गरेर विभिन्न व्यापारिक आवरणमा तस्करी एवं कालोबजारीमा संलग्न व्यक्तिहरुको घर एवं व्यापारिक प्रतिष्ठानहरुमा ट्यांकर पठाउने गरेको र उक्त धन्दाबाट आएको कमिसनमध्येको ५० प्रतिशत रकम निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई बुझाउने गरेको निगमको केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए । उनका अनुसार डिपो प्रमुख शर्माले विभिन्न अत्यावश्यकीय प्रयोगको लागि भन्दै विभिन्न होटल, क्रसर उद्योग र केही कलकारखानाहरुसँग मोटो रकम असुलेर ट्यांकरमार्फत सिधै पेट्रोलियम पदार्थ उपलब्ध गराएर कालोबजारीलाई टेवा पु¥याएका छन् ।

विवादास्पद पृष्ठभूमिका डिपो प्रमुख शर्मा विगत दुई वर्षदेखि थानकोट डिपोमा मस्ती गर्दै आइरहेका छन् । नेपाल आयल निगमको प्राविधिक ओभरसियर रहेका शर्मालार्ई निगमको तत्कालीन व्यवस्थापनले कर्मचारी प्रशासन विनियमावलीको परिच्छेद ५ को दफा ५(४)मा निगमको अधिकृतका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि प्राप्त हुनुपर्ने व्यवस्थालार्ई लत्याउँदै २०५२ सालभन्दा अगाडि सेवा प्रवेश गरेका कर्मचारीहरुको हकमा शैक्षिक योग्यतासम्बन्धी प्रावधानमा संशोधन गर्दै एक तहमुनिको शैक्षिक योग्यता हुनुपर्नेमा सो नहुने व्यवस्था कायम गरी २०६४ सालमा सिधै आठौँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । स्नातक तह उत्तीर्ण नगरेका उनलार्ई आठौँ तह अधिकृत पदमा बढुवा गर्ने निगम व्यवस्थापनको उक्त निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालार्ई नियमविपरीत बढुवा गरिएकाले घटुवा गर्न निर्देशन दिँदै पत्र काटे पनि उनको व्यक्तिगत फाइल नै गायब पारेर उनलार्ई थानकोट डिपो प्रमुख बनाइएको स्रोतको दाबी छ ।

यता, निगमअन्तर्गतका कार्यालय प्रमुख, अधिकृतस्तरका कर्मचारी एउटै कार्यालयमा दुई वर्ष र सहायकस्तरका पाँच वर्षभन्दा बढी समय काम गर्न नपाउने स्पष्ट व्यवस्था निगमको कर्मचारी प्रशासन विनियमावलीको परिच्छेद ७ को १ (क)मा हुँदाहुँदै हालको निगम व्यवस्थापनले उनको सरुवा गर्न आवश्यक ठानेको छैन । दशौं तहको डिपो प्रमुख दरबन्दीमा नियम कानुन मिचेर आठ तहका शर्मालार्ई जिम्मेवारी दिइएको छ । यसअघि निगमको अत्यन्तै आकर्षक मानिने अमलेखगञ्ज डिपोमा एक वर्ष प्रमुख भएका उनलार्ई अख्तियारले अकूत सम्पत्ति आर्जन गर्नेहरुको सूचीमा निगमका अन्य केही कर्मचारीसहित उनको नाम समेत सार्वजनिक गरेको थियो । आजको आर्थिक दैनिकमा मदन भण्डारीले खबर लेखेका छन् ।

http://www.ratopati.com/aakhabar/14127/


 
Posted on 11-20-15 7:25 PM     [Snapshot: 163]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन करोड कमिसन हत्याउने खड्काको योजना तुहियो

काठमाडौं । पूर्वआपूर्तिमन्त्री सुनील थापालाई पाँच करोडको थैली बुझाएर नेपाल आयल निगमको कार्यकारी निर्देशकको पद हत्याउन सफल गोपाल खड्काको कमाउ धन्दामा संसदीय अंकुश लगाएको छ । विराट पेट्रोलियमबाट महँगोमा तेल किनेर नेपाली र निगमलाई समेत आर्थिक बोझ थोपार्ने निगमका कार्यकारी निर्देशक खड्काको योजनालाई संसदीय समितिको चेतावनीले तुहाइदिएको हो । नियम कानुनको समेत धज्जी उडाउँदै कमिसनको मोहमा विराट पेट्रोलियमलाई इन्धन आयात गर्न जिम्मा दिने पूर्ववत निर्णयलाई संसदीय समितिले रोकेपछि अहिले खड्का तनावमा रहेका छन् । 
हालको खरिद दरभन्दा चार गुना महँगो मूल्य पेस गरेर पेट्रोलियम किन्ने जिम्मेवारी दिएको निगमले विराटलाई तेल किन्नकै लागि २० करोड समेत पेस्की दिइसकेको थियो । तर, सर्वत्र आलोचना र संसद्को लेखा समितिले समेत छानबिन गर्न थालेपछि सो निर्णयबाट निगम पछि हटेको हो । 
स्रोतका अनुसार निगमका कार्यकारी निर्देशक खड्काले मोरङको विराट आयललाई पेट्रोलियम पदार्थ आयातको लागि स्वीकृति दिँदा तीन करोडको कमिसन विराटबाट लिएका थिए । केही हप्तादेखिको अघोषित नाकाबन्दीको कारण देशभर पेट्रोलियम पदार्थको हाहाकार भएको मौकामा आपूर्ति सहज बनाउने नाममा निगमका कार्यकारी निर्देशक खड्काले सो गैरकानुनी काम गरेर निगम डुबाउन लागेको आरोपसहित निगमका एक कर्मचारीले सदावहारसँग गुनासो गरे । 
उता, संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको शनिबार अपराह्न बसेको बैठकले विराट पेट्रोलियमसँग भएको सम्झौतासम्बन्धी कागजात मगाएर छलफल गर्ने निर्णय गरेको छ । समितिका सभापति भीष्मराज आङदम्बेको सभापतित्वमा बसेको बैठकमा उपस्थित अधिकांश सांसद्ले निगमका कार्यकारी निर्देशक खड्काको चर्को आलोचना गरेका थिए ।
तीन करोड कमाउने धन्धामा लागेको खुलेपछि विराट पेट्रोलियमले भने नेपाल आयल निगमसँग गरेको सम्झौता भंग गरेको एकतर्फी सूचना जारी गरेको छ । विराट पेट्रोलियमले आइतबार एक सूचना जारी गर्दै भनेको छ, ‘हामीले नेपाल आयल निगमसँग भएको सम्झौता खारेज गरी यो कार्यबाट अलग भएको जानकारी गराउँछौँ ।’
निगमले विराटलाई चार लाख लिटर पेट्रोलियम पदार्थ ल्याउन २० करोड रुपैयाँ पेस्की दिएको थियो । कमिसनको खेलमा यस्तो विवादास्पद सम्झौता गरेर निजी कम्पनीलाई पोस्ने काम गरेको आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि आरोप लागेको थियो । सस्तो मूल्यमा पेट्रोल किनेर महँगो मूल्यमा बेच्ने गरी सम्झौता भएपछि विवाद सुरु भएको थियो । संसदको लेखा समितिले यस विषयमा सबै विवरण समेत मागेको थियो ।
भ्रष्टाचारीका कारण एक वर्ष अघिसम्म अर्बौं घाटामा रहेको निगम एक वर्षदेखि बिस्तारै बौरिँदै अहिले करिब साढे २० अर्ब नाफामा पुगेको छ । 
तर, भारतले लगाएको नाकाबन्दीको मौका छोपेर निगमलाई फेरि धराशयी बनाउने खेलमा निगमकै कार्यकारी निर्देशक गोपालबहादुर खड्का लागेको स्रोत बताउँछ ।
भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्तिमा समस्या भएपछि गत २७ असोजमा निगमले ‘१५ दिनका लागि इन्धन आपूर्ति गर्ने’ भन्दै सार्वजनिक आसयपत्र माग गरेको थियो । स्रोतका अनुसार आसयपत्र पेस गर्ने २२ कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य पेस गरेको विराट पेट्रोलियमलाई ठेक्का दिएर करोडौँ रुपैयाँ भ्रष्टाचार गर्न खोजिएको थियो । विराटले भन्दा ३० रुपैयाँ कम दरमा अन्य कम्पनीले आसयपत्र पेस गरेको स्रोत बताउँछ । निगम प्रमुख खड्काले गत ३० असोजमा विराट पेट्रोलियमलाई इन्धन ल्याउने ठेक्का दिने निर्णय गरेका थिए । त्यसपछि उक्त कम्पनीको नाममा एलसी खोल्नका लागि २० करोड रुपैयाँ अनधिकृत रुपमा अग्रिम भुक्तानी दिइएको थियो । 


यस्तो थियो नाफा खाने मेलो
विराटले भारतको सिलिगुडीबाट पेट्रोलियम पदार्थ भनेको थियो । त्यहाँ अहिले पेट्रोलको मूल्य एक सय पाँच रुपैयाँ ७७ पैसा र डिजेलको मूल्य ७९ रुपैयाँ २८ पैसा छ । तर, उसले पेट्रोल एक सय ९९ रुपैयाँ र डिजेल एक सय ८७ रुपैयाँमा निगमलाई बिक्री गर्ने सम्झौता भएको थियो । यसबाट विराटलाई पेट्रोलमा प्रतिलिटर ९३ रुपैयाँ २३ पैसा र डिजेलमा प्रतिलिटर एक सय सात रुपैयाँ ७२ पैसा बिनालगानी नाफा हुने थियो । किनकि, खड्काले दुई लाख लिटर डिजेल र दुई लाख लिटर पेट्रोल ल्याउनका लागि विराट पेट्रोलियमलाई २० करोडको एलसी पनि खोलिदिएका छन् । यसबाट विराटलाई जम्मा चार करोड एक लाख ९० हजार रुपैयाँ नाफा हुने थियो । यो नाफामध्ये एक करोड मात्रै विराटले राख्ने र बाँकी रकम भने गोपाल खड्काले आफूले मागेको पनि निगम स्रोतले बताएको छ । आफू र अन्य निकायलाई मिलाउनका लागि तीन करोड एक लाख ९० हजार रुपैयाँ दिनुपर्ने सर्तमा सम्झौता भएको स्रोत बताउँछ । यो रकम माथिदेखि तलसम्म बाँडफाँड गरिने बुझिएको थियो ।
खरिद गरिएको तेलमा ढुवानी भाडा, भ्याट र भन्सारलगायत सबै रकम आयल निगम आफैँले व्यहोर्ने भनिएको थियो । उक्त रकम जोडेर काठमाडौं ल्याइपु¥याउँदा डिजेल दुई सय ६ रुपैयाँ ७२ पैसा र पेट्रोल दुई सय ३७ रुपैयाँ नौ पैसा पर्ने थियो । यसरी काठमाडौं ल्याइपु¥याउँदा डिजेल र पेट्रोलको कुल मूल्य आठ करोड ८९ लाख २४ हजार रुपैयाँ पर्ने थियो ।
निगमले घाटा खाएरै अहिलेको मूल्यमा उक्त डिजेल र पेट्रोल बेच्ने कुरा थियो । जसबाट डिजेलमा एक सय २५ रुपैयाँ ७२ पैसा र पेट्रोलमा एक सय ३३ रुपैयाँ नौ पैसा प्रतिलिटरका दरले घाटा लाग्ने थियो । दुई लाख लिटर पेट्रोलमा दुई करोड ६७ लाख ८० हजार र डिजेलमा दुई करोड ५१ लाख ४४ हजार गरी पाँच करोड १९ लाख २४ हजार रुपैयाँ आयल निगमलाई घाटा लाग्ने देखिएको थियो । 
निगमका निर्देशक मुकुन्द घिमिरेले एलसी खोलेकोबाहेक अरु विषयमा आफूलाई केही जानकारी नभएको बताएका थिए । ‘विराटको विषयमा मलाई केही पनि थाहा छैन, के–कति रेटमा कति परिणाममा ल्याउने हो, कहाँ डेलिभरी दिने हो, मैले केही कागजात हेरेको छैन,’ निर्देशक घिमिरेले भनेका थिए, ‘एलसी खोलेको हो, योबाहेक अरु विषयमा जानकारी एमडी सरबाटै लिनुस् ।’
ठेक्काका विषयमा अरु उच्च अधिकारीसँग छलफल नगरी राति २ बजे ठेक्का दिएपछि भारत गएका खड्काले फर्केपछि भने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई, निर्देशक दीपक बराल र निर्देशक घिमिरेलाई सबै कुरा जानकारी गराएको निगम स्रोतले बताएको छ । तर, उनीहरू यस विषयमा सन्तुष्ट थिएनन् । निगमलाई घाटा लाग्ने गरी विराटलाई ठेक्का दिन नहुने भन्दै फाइल स्वीकृत नगरेपछि तत्कालीन वितरण विभाग प्रमुख बराललाई उनले जिम्मेवारी विहीन बनाएका थिए । ‘अरु निर्देशक पनि कारबाही हुने डरले केही बोल्न चाहँदैनन्,’ निगमका एक अधिकारीले भने, ‘तर हामीसँग मोटामोटी कुरा गर्दा असन्तुष्टि व्यक्त गर्छन् ।’
आयल निगमलाई घाटा लाग्ने गरी विराट पेट्रोलियमलाई मनपरी ठेक्का दिएका विषयमा सांसदले चर्को विरोध गरी तत्काल रोक्न निर्देशन माग गरेका थिए । 
आयल निगमले २० करोड रुपैयाँ एउटा व्यक्तिलाई दिएर इन्धन ल्याउन दिएको, तर आयल निगम आफैँले ल्याउन नसकेकामा सांसदले आपत्ति जनाएका थिए । सभासद् सुवासचन्द्र शाहले नियम मिचेर काम गरेकोप्रति आपत्ति जनाएका थिए ।


के हो विराट ?
विराटनगरको विराट पेट्रोलियम चार वर्षअघि खारेजीमा परेको कम्पनी हो । डढेको मोबिललाई पेट्रोलियम पदार्थ बनाई बिक्री–वितरण गरेको उक्त कम्पनीलाई सांसद भीम आचार्यको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिले खारेजीका लागि सरकारलाई सिफारिस गरेको थियो । २७ चैत ०६८ को मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि उक्त क्रम्पनी नियमतः खारेज भएको थियो । तर, गैरकानुनी रुपमा सञ्चालनमा रहेको कम्पनीले खड्कासँगको व्यक्तिगत सम्बन्धका आधारमा आसयपत्र पेस गरेको थियो ।
अहिले विराटलाई इन्धन ल्याउने जिम्मा दिन चारवटा ऐन बाधक छन् । प्रतिस्पर्धा ऐन– ०६२, उपभोक्ता संरक्षण ऐन– ०५४, सार्वजनिक खरिद ऐन, कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐन–०३२ अनुसार विराटलाई दिइएको अनुमतिको प्रक्रिया नियमविपरीत रहेको जानकार बताउँछन् । 


 
Posted on 11-20-15 7:28 PM     [Snapshot: 167]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतीयलार्इ तेल ठेक्का दिएर ४ करोड कमिसन खाँदै अायल निगम प्रमुख खड्का, निगमलाइ पाँच करोड १८ लाख घाटा

भरत पाण्डेय

काठमाडौं– देशमा पेट्रोलियम पदार्थको आपूर्तिकर्ता नेपाल आयल निगमको विषयमा एउटा भनाइ छ, ‘आयल निगम दुहुनो गाईजस्तै हो ।’
भ्रष्टाचारीका कारण निगम एक वर्ष अघिसम्म अर्बौं घाटामा थियो । तर, एक वर्षदेखि बिस्तारै बौरिन लागेको निगम अहिले करिब साढे २० अर्ब नाफामा पुगेको छ । तर, यही नाफाको समयमा निगमलाई फेरि धराशयी बनाउने खेल सुरु भएको छ । यसको अगुवाइ गरेका छन्, निगमकै कार्यकारी निर्देशक गोपालबहादुर खड्का र यसको गतिलो अवसर बनेको छ, भारतले लगाएको नाकाबन्दी ।
भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्तिमा समस्या भएपछि गत २७ असोजमा निगमले ‘दशैंमा १५ दिनका लागि इन्धन आपूर्ति गर्ने’ भन्दै सार्वजनिक आसयपत्र माग गरेको थियो । आसयपत्र पेस गर्ने २२ कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य पेस गरेको भारतीय नागरीककाे कम्पनि विराट पेट्रोलियमलाई ठेक्का दिएर करोडौँ रुपैयाँ भ्रष्टाचार गर्न लागेको आयल निगमका कर्मचारीले बताएका छन् । उनीहरूका अनुसार अरुले विराटले भन्दा ३० रुपैयाँ कमसम्ममा आपूर्ति गर्न सक्ने आसयपत्र पेस गरेका थिए । निगम प्रमुख खड्काले गत ३० असोजमा विराट पेट्रोलियलाई इन्धन ल्याउने ठेक्का दिने निर्णय गरेका थिए । त्यसपछि उक्त कम्पनीको नाममा एलसी खोल्नका लागि २० करोड रुपैयाँ अनधिकृत रुपमा अग्रिम भुक्तानी दिइएको छ । सम्झौता र एलसी खोलिएपछि अब विराटले आयल निगमकै लगानीमा भारतको सिलगुडीबाट डिजल र पेट्रोल ल्याउनेछ ।
विराटले भारतमा इन्धन लोड गरिसकेको खड्काले बताए । ‘विराटलाई सिलिगुडीबाट ल्याउन कुनै समस्या छैन, तेल लोडिङ गरिसकेको छ,’ खड्काले भने, ‘उसले पश्चिम बंगाल सरकारलाई पनि कन्भिन्स गर्न सकिन्छ भनेकाले अब चाँडै इन्धन नेपाल ल्याउँछ ।’ विराटले ल्याउने भनेको भारतको सिलिगुडीमा अहिले पेट्रोलको मूल्य एक सय पाँच रुपैयाँ ७७ पैसा र डिजेलको मूल्य ७९ रुपैयाँ २८ पैसा छ । तर, उसले पेट्रोल एक सय ९९ रुपैयाँ र डिजल एक सय ८७ रुपैयाँमा निगमलाई बिक्री गर्ने सम्झौता भएको छ । यसबाट विराटलाई पेट्रोलमा प्रतिलिटर ९३ रुपैयाँ २३ पैसा र डिजलमा प्रतिलिटर एक सय सात रुपैयाँ ७२ पैसा नाफा हुनेछ ।

यो बिनालगानीको नाफा हो । किनकि, खड्काले दुई लाख लिटर डिजल र दुई लाख लिटर पेट्रोल ल्याउनका लागि विराट पेट्रोलियमलाई २० करोडको एलसी पनि खोलिदिएका छन् । यसबाट विराटलाई जम्मा चार करोड एक लाख ९० हजार रुपैयाँ नाफा हुनेछ । यो नाफामध्ये एक करोड मात्रै विराटले राख्ने र बाँकी रकम भने गोपाल खड्काले आफूले मागेको पनि निगम स्रोतले बताएको छ । ‘आफू र अन्य निकायलाई मिलाउनका लागि तीन करोड एक लाख ९० हजार रुपैयाँ दिनुपर्ने सर्तमा सम्झौता भएको छ,’ स्रोतले भन्यो, ‘यो माथिदेखि तलसम्म बाँडफाँड गर्नुपर्ने भनेर मागिएको हो, तर कहाँ–कहाँ दिने हो भन्ने थाहा भएन ।’
खरिद गरिएको तेलमा ढुवानी भाडा, भ्याट र भन्सार लगायत सबै रकम आयल निगम आफैँले व्यहोर्नेछ । उक्त रकम जोडेर काठमाडौं ल्याइपु¥याउँदा डिजेल दुई सय ६ रुपैयाँ ७२ पैसा र पेट्रोल दुई सय ३७ रुपैयाँ नौ पैसा पर्नेछ । यसरी हेर्दा काठमाडौं ल्याईपु¥याउँदा डिजल र पेट्रोलको कुल मूल्य आठ करोड ८९ लाख २४ हजार रुपैयाँ पर्नेछ ।

० विराटलाई मनमौजी ठेक्का दिँदा निगमलाई पाँच करोड १८ लाख घाटा
० बिनालगानी विराटलाई चार करोड एक लाख ९० हजार नाफा
० एक सय पाँच रुपैयाँको पेट्रोल एक सय ९९ रुपैयाँ र ७९ रुपैयाँको डिजेल एक सय ८७ रुपैयाँमा किन्दै
० ढुवानी भाडा, भ्याट र भन्सार निगमले आफैँ तिर्ने
० कालोबजारी प्रमाणित व्यापारीबाट खरिद

तर, निगमले भने घाटा खाएरै अहिलेको मूल्यमा उक्त डिजेल र पेट्रोल बेच्नेछ । जसबाट डिजलमा एक सय २५ रुपैयाँ ७२ पैसा र पेट्रोलमा एक सय ३३ रुपैयाँ नौ पैसा प्रतिलिटरका दरले घाटा लाग्नेछ । दुई लाख लिटर पेट्रोलमा दुई करोड ६७ लाख ८० हजार र डिजेलमा दुई करोड ५१ लाख ४४ हजार गरी पाँच करोड १९ लाख २४ हजार रुपैयाँ आयल निगमलाई घाटा लाग्ने निगमका अधिकारीले हिसाब निकालेका छन् ।
ठेक्का प्र्रक्रियाबारे आफूलाई थाहै नभएको निगमका उच्च अधिकारी बताउँछन् । निगमका निर्देशक मुकुन्द घिमिरेले एलसी खोलेकोबाहेक अरु विषयमा आफूलाई केही जानकारी नभएको बताए । ‘विराटको विषयमा मलाई केही पनि थाहा छैन, के–कति रेटमा कति परिणाममा ल्याउने हो, कहाँ डेलिभरी दिने हो, मैले केही कागजात हेरेको छैन,’ निर्देशक घिमिरेले भने, ‘एलसी खोलेको हो, योबाहेक अरु विषयमा सबै एमडी सरबाटै जानकारी लिनुस् ।’
ठेक्काको विषयमा अरु उच्च अधिकारीहरूसँग छलफल नगरी राति २ बजे ठेक्का दिएपछि भारत गएका खड्काले फर्केपछि भने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई, निर्देशक दीपक बराल र निर्देशक घिमिरेलाई सबै कुरा जानकारी गराएको निगम स्रोतले बताएको छ । तर, उनीहरू यस विषयमा सन्तुष्ट छैनन् । निगमलाई घाटा लाग्ने गरी विराटलाई ठेक्का दिन नहुने भन्दै फाइल स्वीकृत नगरेपछि तत्कालीन वितरण विभाग प्रमुख बराललाई उनले जिम्मेवारी विहीन बनाएका छन् । ‘अरु निर्देशक पनि कारबाही हुने डरले केही बोल्न चाहँदैनन्,’ निगमका एक अधिकारीले भने, ‘तर हामीसँग मोटामोटी कुरा गर्दा असन्तुष्टि व्यक्त गर्छन् ।’

samitiसंसदको उद्योग वाणिज्य समिति पनि चुप
आयल निगमलाई घाटा लाग्नेगरी विराट पेट्रोलियमलाई मनपरी ठेक्का दिएका विषयमा सांसदले चर्को विरोध गरी तत्काल रोक्न निर्देशन दिन माग गरे पनि संसदको उद्योग वाणिज्य समितिले कुनै निर्देशन दिन मानेन । इन्धन आपूर्तिका लागि आयल निगमले आफ्नो निजी स्वार्थमा कुनै व्यक्तिलाई अनुमति दिएकोबारे पनि आफूहरूलाई जानकारी नभएको भन्दै सांसदहरूको आपत्ति छ ।
आयल निगमले २० करोड रुपैयाँ एउटा व्यक्तिलाई दिएर इन्धन ल्याउन दिएको, तर आयल निगम आफैँले ल्याउन नसकेकामा उनीहरूको आपत्ति छ । इन्धन समस्या समाधान गर्ने नाममा नियम मिचेर भ्रष्टाचार गर्न खोजिएको भन्दै सभासद् सुवासचन्द्र शाहले नियम मिचेर काम गरेकोप्रति आपत्ति जनाए । ‘इन्धन आपूर्तिका लागि व्यावहारिकताका नाममा भएका नियम मिचेर ठेक्का दिन अनुमति दिइएको हो ?’ उनले भने, ‘२०औँ करोड सरकारले व्यक्तिलाई दिएर इन्धन ल्याउन मिल्ने, तर सरकारी निकायले किन मिल्दैन ?
उनले संस्थागत रूपमा कालोबजारी गर्न दिएर अन्योलताको फाइदा उठाउन दिइरहेको भन्दै विरोध गरे । सांसद अम्बिका बस्नेतले अनुमतिको प्रक्रियाले निगमसमक्ष प्रश्न खडा भएको बताइन्। ‘त्यो कम्पनीले बढी मूल्यमा ल्याउने भनेको छ। उसैलाई पैसासहित निगमले अनुमति दिएको छ,’ उनले भनिन्, ‘गुणस्तर इन्धन ल्याउन सक्ने वा नसक्नेमा पनि अन्योल छ। यसतर्फ सरकारको ध्यान जान जरुरी छ।’
संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा बिहीबार भएको छलफलमा सांसदले आपूर्तिमन्त्री, सचिव, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, आयल निगमका कार्यकारी निर्देशक सबैसँग यस विषयमा प्रस्ट पार्न जोडदार माग गरे ।

तर, समितिका सभापति भिष्म आङदाम्बेले भने निर्देशन दिन मानेनन् । ‘यो गम्भीर विषयमा हामीले अझै छलफल गरेर मात्रै निर्देशन दिनुपर्छ, माननीय ज्यूहरू,’ उनले भने, ‘सबैले अध्ययन गरेर पनि आउनुहोला, भोलि वा पर्सि बैठक बस्नुपर्छ, कडा निर्देशन दिने हो ।’ समितिले भोलि फेरि आन्तरिक छलफल भन्दै बैठक डाकेको छ ।

चार वर्षअघि नै खारेजीमा परेको हो विराट
विराटनगरको विराट पेट्रोलियम चार वर्षअघि खारेजीमा परेको कम्पनी हो । डढेको मोबिललाई पेट्रोलियम पदार्थ बनाई बिक्री–वितरण गरेको उक्त कम्पनीलाई सांसद भीम आचार्यको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिले खारेजीका लागि सरकारलाई सिफारिस गरेको थियो । २७ चैत ०६८ को मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि उक्त क्रम्पनी नियमतः खारेज भएको थियो । तर, गैरकानुनी रुपमा सञ्चालनमा रहेको कम्पनीले खड्कासँगको व्यक्तिगत सम्बन्धका आधारमा आसयपत्र पेस गरेको थियो ।
अहिले विराटलाई इन्धन ल्याउने जिम्मा दिन चारवटा ऐन बाधक छन् । प्रतिस्पर्धा ऐन– ०६२, उपभोक्ता संरक्षण ऐन– ०५४, सार्वजनिक खरिद ऐन, कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐन–०३२ अनुसार विराटलाई दिइएको अनुमतिको प्रक्रिया नियमविपरीत रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

मन्त्रिपरिषद्ले दिएको अधिकार भन्दै मनपरी
आयल निगम प्रमुख खड्काले आफूले मन्त्रिपरिषद्ले दिएको अधिकार प्रयोग गरेर विराटलाई स्वीकृति दिएको बताएका छन् । ‘क्याबिनेटले एउटै फर्मसँग वार्ता गरेर ठेक्का दिन अधिकार दिएको छ,’ उनले भने, ‘ग्लोबल टेन्डर होइन, आसयपत्र भएकाले एकजना पार्टीसँग बसेर यसरी ल्याउनुस् भन्न पनि सकिन्थ्यो ।’ उनले विराटलाई बैंक ग्यारेन्टीका आधारमा एलसी खोलिदिएकाले ल्याउन नसकेमा ब्याजसहित पैसा फिर्ता हुने बताए ।
खड्काले नेपालमा हरेक क्षेत्रमा विरोध गर्ने बानी भएको भन्दै नियम मिचेर निर्णय नगरेमा तत्कालको समस्या नटर्ने दाबी गरे । ‘मलाई चाइना जाँदा पनि राति मात्र खबर गरेर अर्को दिन गएको हुँ,’ उनले भने, ‘तर फर्केपछि कसले भनेर जानुभयो भन्ने प्र्रश्न आयो, नियम मिचेर गर्न सकिएन भने त्यही पनि आउँदैन ।’

निगमलाई लेखाले पत्र पठायो

नेपाल आयल निगमले विराट पेट्रोलियमलाई इन्धन आपूर्तिको ठेक्का दिएपछि संसदको सार्वजनिक लेखा समितिले यसबारे चासो देखाएको छ । निगमले तेल आपूर्तिका लागि छनोट गरेको इन्धन आपूर्तिकर्तालाई अग्रिम भुक्तानी गर्नुको कारण र त्यसका सर्त खुलाएर पठाउन भन्दै आयल निगमलाई लेखा समितिले शुक्रबार पत्र पठाएको छ ।
निगमले अर्जुन क्षेत्रीले सञ्चालक रहेको विराट पेट्रोलियमलाई तेल ल्याउन भन्दै पेस्की दिएको थियो ।
निगमले यस्तो निर्णय गरेसँगै सार्वनिक लेखा समितिले पेट्रोलियम पदार्थ आयात गर्ने प्रयोजनका लागि जारी गरेको आसयपत्रपछि काम–कारबाहीको विवरण तीन दिनभित्र उपलब्ध गराउन भन्दै पत्र पठाएको हो ।
विवरणमा आसयपत्रमा उल्लिखित विषय, इच्छुक आपूर्तिकर्ता र उनीहरूको व्यावसायिक काम–कारबाहीको विवरण पनि लेखाले मागेको छ ।
आसयपत्र अनुसार निवेदन दिएका व्यवसायीको हालको विवरणसहित आपूर्तिकर्ता छनोट गर्दा लिएको आधार खोज्दै समितिले सम्झौताका सर्तबारेको लिखित जानकारी माग गरेको छ ।
त्यस्तै, छनोेटमा परेको निजी आपूर्तिकर्ताले ल्याउने तेलको बिक्री–वितरण योजना तथा दर र मूल्यबारे समेत खुलाएर पठाउन लेखाले निर्देशन दिएको छ ।

क्षेत्री ‘भारतीय नागरिक’

०५१ सालदेखि इटहरीको पंकज पेट्रोलपम्पबाट नेपालमा पेट्रोलियम कारोबार थालेका विराट पेट्रोका अध्यक्ष क्षेत्री ‘भारतीय नागरिक’ हुन्। पूर्वी नेपालका तेल व्यवसायी क्षेत्रीलाई सिक्किमे भनेर चिन्छन्। क्षेत्रीसँग पंकज पेट्रोलपम्प खरिद गरेका इटहरीका व्यवसायी श्याम जलानले पनि उनी सिक्किमका ठूला तेल कारोबारी रहेको बताए। ‘पेट्रोलपम्प किनेपछि क्षेत्रीसँग सम्पर्क छैन,’ जलानले भने, ‘तर सिक्किममा उनका थुप्रै पम्प छन्।’

ट्यांकर चालक छँदा क्षेत्रीले नेपाल–भारत दुवैतर्फको तेल कारोबार बु‰न पाए। स्रोतका अनुसार नेपालमा पेट्रोलियम कारोबार थाल्न उनले नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन्। ‘क्षेत्री थरको फाइदा उठाउँदै उनले झापा वा इलाम जिल्लाबाट नेपाली नागरिकता लिएका हुन्,’ स्रोतले भन्यो, ‘अनुसन्धान गर्दा पत्ता लाग्छ।’

केही समयअघिसम्म सिक्किम, सिलिगुडी क्षेत्रमा ‘ड्राइभिङ’ गर्दै आएका क्षेत्री अहिले सिक्किमको ‘आधा बजेट आफैं खेलाउँछु’ भन्दै हिँड्ने गरेको उनलाई चिन्नेहरू बताउँछन्। सीमावर्ती भारतीय बजार नक्सलबाढीमा पेट्रोलपम्पको कारोबार सुरु गरेसँगै ‘मालामाल’ बनेपछि नेपालका पेट्रोल पम्पमा पनि लगानी गरे। स्रोतका अनुसार इटहरीस्थित पंकज पेट्रोलपम्पमा उनले पहिला लगानी गरेका थिए। ‘हामीले जान्दासम्म उनी गाडीका ड्राइभर थिए,’ इलामका एक पेट्रोलियम व्यवसायीले भने, ‘अहिले उनले ज्यादै ठूलो आर्थिक हैसियत बनाएका छन्।’


 
Posted on 11-20-15 7:31 PM     [Snapshot: 170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयल निगमको कार्यकारी निर्देशकमा खड्का

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई पदबाट हटाएको छ । आफ्नो दललाई रकम नउठाएको भन्दै आपुर्ति मन्त्री सुनिल बहादुर थापा र राज्यमन्त्री गिरी बहादुर केसीले यस अघि नै भट्टलाई हटाउन चाहेका थिए । उनीहरु राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का तर्फबाट मन्त्री बनेका हुन् । भट्टलाई कार्यकारी निर्देशकबाट हटाउन पेट्रोलियम व्यवसायीले पनि दवाव दिएका थिए । स्वचालित मुल्य, पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार ट्यांकरको ढुवानी भाडा समायोजन, ग्यासको कोटा वृद्वि नगर्ने अडान जस्ता सुधार कार्यक्रम थालेपछि पेट्रोलियम व्यवसायी कार्यकारी निर्देशकसँग रुष्ट भएका थिए । भट्टलाई हटाएर निगममा सडक विभागका इन्जिनियर गोपालबहादुर खड्कालाई नियुक्त गरेको जानकारी दिइएको छ । 

http://www.sahakarikhabar.com/?p=5311

 
Posted on 11-20-15 7:35 PM     [Snapshot: 176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चीनसँग इन्धन सम्झौतामा आयल निगमकै कार्यकारी निर्देशक बाधक

Managing Director of Nepal Oil Corporation Gopal Bahadur Khadka
गोपाल खड्का, कार्यकारी निर्देशक, नेपाल आयल निगम

काठमाडौँ, १ मंसिर ।

पेट्रोलियम पदार्थ सहज आपूर्तिका लागि सरकारले चीनको पेट्रो चाइना कर्पोरेसनसँग इन्धन आपूर्ति सम्झौता गर्ने तयारी गरिरहँदा सम्झौता हुन नदिन नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सक्रियरुपले लागेको नेपाल आयल निगमसम्बद्ध स्रोतको दाबी छ ।

चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा कार्यकारी निर्देशक खड्का नै बाधक देखिएपछि वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन खड्कालाई पत्तै नदिई चीनबाट सहज तरिकाले इन्धन आपूर्ति सहज गराउन व्यावसायिक सम्झौता गर्ने विषयमा उच्चस्तरीय भेटवार्ताको लागि बेइजिङ पुगेका हुन् ।

करिब दुई महिनादेखि जारी अघोषित नाकाबन्दीका कारण इन्धनको चरम अभावको समयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्तरी छिमेकी चीनसँग इन्धन सम्झौता गरेर इन्धन आपूर्तिको लागि वैकल्पिक तयारी गरेस्वरुप नेपाल आयल निगम र पेट्रो चाइना कर्पोरेसनबीच बेइजिङमा ११ कात्तिकमा समझदारीपत्रमा हस्ताक्षर भएको लामो समयसम्म निगमले दीर्घकालीन रुपमा मागको करिब ३० प्रतिशत इन्धन आपूर्ति गर्ने व्यापारिक सम्झौता गर्न पत्र प्रेषित गर्नुपर्नेमा त्यसो नगरी आलटाल गर्दै आएका कार्यकारी निर्देशक खड्काले सरोकारवाला निकायको व्यापक दबाबका कारण बाध्य भएर ढिलो गरी गत हप्तामात्र व्यावसायिक सम्झौताको लागि पूर्ववत् रुपमा गर्नुपर्ने सम्पूर्ण तयारीसहित पेट्रो चाइनाका आधिकारिक प्रतिनिधिमण्डललाई व्यापारिक सम्झौताको लागि नेपालमा आमन्त्रण गर्दै औपचारिक पत्र प्रेषित गरेको र नेपालका केही विवादास्पद पृष्ठभूमिका कम्पनीसँग कमिसन लिएर चर्को मूल्यमा इन्धन आपूर्ति गर्ने सम्झौता गरेपछि कार्यकारी निर्देशक खड्काको नियतमाथि शंका गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन पाँच सदस्यीय टोलीसहित गोप्य तरिकाले हङकङ हुँदै चीनको राजधानी बेइजिङ पुगेका हुन् ।

औपचारिक तरिकाले बेइजिङ जाँदा आफ्नै मन्त्रालयका केही अधिकारीका साथै मातहतको नेपाल आयल निगमका अधिकारीबाट असहयोग हुने तथा यस प्रक्रिया रोक्न ठूलो चलखेल हुनसक्ने आंकलन गरेका मन्त्री पुन प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मन्त्रालयका सीमित अधिकारीलाई मात्र खबर गरेर २४ कात्तिकमा मध्यरात हङकङसम्म मात्रै जाने भन्दै ड्रागन एयरको नियमित उडानमार्फत हङकङ हुँदै चीनको राजधानी बेइजिङ पुगेको मन्त्री पुनको निजी सचिवालयसम्बद्ध स्रोतले जानकारी दिएको छ ।

मन्त्री पुनले चिनियाँ पक्षसँग छलफलको लागि सहजताको लागि एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसनका उपमहासचिव एवं एमाओवादी अध्यक्ष प्रचण्डनिकट रहेका चाइनिज एजेन्टको रुपमा परिचित व्यापारी नरेन्द्र उलक र एमाओवादीका पूर्वसभासद् राजकाजी गुरुङलाई लिएर सुटुक्क बेइजिङ पुगेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक आत्तिएका छन् । करोडौँ कमिसनको खेलमा विराट पेट्रोलियम र पेट्रोलिम्याक्स प्रालिसँग चर्को मूल्यमा इन्धन आपूर्ति सम्झौता गरेर नेपाल आयल निगम डुबाउने खेलमा लागेका कार्यकारी निर्देशक खड्कासहित निगम र मन्त्रालयका केही उच्चपदस्थ अधिकारीसमेत मन्त्री पुनलार्ई असफल बनाउन लागिपरेको स्रोतको दाबी छ । चीनबाट इन्धन ल्याउने विषयमा सम्बन्धित निकायका अधिकारीहरु नै असहयोगी भूमिकामा देखिएपछि मन्त्री पुन चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा अग्रसर हुँदै चिनियाँ पक्षसँग वार्ता गर्न बेइजिङ पुगेको मन्त्रीनिकट स्रोतको दाबी छ ।

विराट पेट्रोलियमसँग कमिसनको लोभमा चर्को मूल्यमा इन्धन खरिद गर्ने गरी जारी गरिएको २० करोड रुपैयाँको एलसी काण्डमा संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेपश्चात् आत्तिएका खड्काले मध्यरातमा विराटलाई निगमसँगको ठेक्का सम्झौता खारेज गर्न लगाएका थिए । स्रोतका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्का तथा माओवादी नेता टोपबहादुर रायमाझी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च नेतृत्वको संरक्षणका कारण विभिन्न अनियमितताका घटनामा मुछिँदा समेत खड्कामाथि कारबाही हुन नसकेको एमाओवादीका एक केन्द्रीय सदस्यले बताए ।

सार्वजनिक पदधारण गरेका व्यक्तिबाट अधिकारको दुरुपयोग गरी कानुनविपरीत रकम भुक्तानी दिने तथा कानुनविपरीत अभिव्यक्ति दिने कार्यकारी निर्देशक खड्काउपर कारबाहीको माग चौतर्फी उठ्दा समेत हालसम्म उनीमाथि कारबाही नहुनु दुःखद भएको बताउँदै उनले विराट काण्डमा उच्च राजनीतिक नेतृत्व समेतको मिलेमतो रहेको बताए । पेट्रोलियम पदार्थ अभाव रहेको मौकामा कार्यकारी निर्देशक खड्का तेल माफियासँग मिली अस्थायी रुपमा विराटमार्फत इन्धन आपूर्ति गरी अन्त्यमा नेपाल आयल निगमका सम्पूर्ण पूर्वाधारहरु समेत विराटलाई सुम्पिएर नेपाल आयल निगमलाई धरासायी बनाउने खेलमा लागेको व्यापक गुनासो आएपछि मन्त्री पुनले बेइजिङबाट फर्केलगत्तै नेपाल आयल निगम र मन्त्रालयका केही अधिकारीको फेरबदलको तयारी गरेको स्रोतको दाबी छ ।

-मदन भण्डारी

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०७२

http://www.nepalese.org/article/2015/11/17/33994/

 
Posted on 11-20-15 7:43 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयल निगम ग्यांस उद्योगीको कब्जामा, निगमका कामकारबाहि पनि संघबाटै हुनथाले


नेपाल आयल निगममा व्यवसायी हावी भइरहेको कुरा आइरहेका बेला अब निगमको सांचो नै व्यवसायीले पाएका छन् । 

निगमले कर्मचारीको हड्तालका कारण काम गर्न नसकिएको भन्दै आफूले गर्नुपर्ने काम नेपाल एलपी ग्यास उद्योग संघलाई छोडिदिएको हो। शनिबार ग्यास वितरण बारे जानकारी दिने पत्रकार सम्मेलनसमेत आयल निगमले एलपी ग्यास उद्योग संघको टेकु कार्यालयमा गरेको छ । निगमले गरेको पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मुकुन्द घिमिरे र वाणिज्य विभागका निर्देशक हरिनारायण वेल्वासे सहभागी भए । निगमले अर्काको कार्यालयमा गएर पत्रकार सम्मेलन गरेको पहिलो पटक हो । कर्मचारी हडतालका कारण फोन उठानउनेसमेत मानिस नभएको भन्दै सबै काम संघकै कार्यालयबाट हुने व्यवस्था मिलाइएको निगमका प्रवक्ता घिमिरेलेबताए ।  ुनिगममा कर्मचारी हड्ताल छ, काम गर्ने मानिस छैन, त्यसैले हामीले सबै जिम्मेवारी उहाँहरुलाई नै दिएका छौं,ु घिमिरेले भने, ुअहिले भइरहेको ग्यास वितरणको सबै तथ्यांक, अनुगमनका रिपोर्टहरु संघले एकीकृत गरेर राख्ने गरेको छ।ु कन्ट्रोल रुममार्फत भारतबाट आएको ग्यासको तथ्यांक, उपत्यकामा बिक्री भएको तथ्यांकदेखि बजार अनुगमनसम्मलाई राख्ने गरिएको छ । यही कन्ट्रोल रुममार्फत निगम, वाणिज्य विभाग र प्रहरीको संयुक्त अनुगमन समेत हुन्छ । यही रुममा हटलाइन राखिएको छ जसमा ग्यास आएनआएको गुनासो सुनुवाई हुने गर्छ । निगमका एक अधिकारीका अनुसार नियमन गर्ने निकायले सबै अधिकार संघलाई सुम्पिएपछि उपभोक्ताले सहज रुपमा ग्यास पाउने वातावरण रहँदैन। ुग्यास उद्योगीले अभावको मौका छोपेर नयाँ सिलिन्डर बिक्री गरिरहेका छन। जेल हाल्नुपर्ने व्यापारीलाई ग्यास वितरणको साँचो दिनु सरकारको लाचारीपन हो,ु उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, ुयो निर्णयले व्यापारी र मन्त्रीबीच भेद छुट्टिएन। बानियाँले मन्त्री र राज्यमन्त्री व्यापारीको चंगुलमा फसेको भन्दै यस्तो अवस्थाले उपभोक्ताले सहज रुपमा ग्यास पाउने कल्पना गर्नै नसकिने बताए। ग्यास बिक्रेता महासंघ नेपालका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले वाणिज्य मन्त्रालय र निगमलाई टेकु कार्यालयमा सार्न सुझाव दिए ।  अब सरकारको कुनै औचित्य रहेन । सरकारले साँचो व्यवसायीलाई हस्तान्तरण गरेपछि वाणिज्य मन्त्रालयको जिम्मा पनि संघलाई दिए हुन्छ, उनले भने । ग्यास उद्योगीले डिसेम्बरमा कम ग्यास आएको मौका छोपेर बजारमा नयाँ सिलिन्डर बिक्री गर्दै आएका छन् । साना ग्यास उद्योगले अभावलाई मौका ठानेर बजार विस्तारमा लागेका छन् । साना ग्यास उद्योगीकै कारण बजारमा ग्यासको हाहाकार भएको हो । व्यापारीलाई नयाँ सिलिन्डर बेच्दा प्रतिसिलिन्डर कम्तिमा पाँचसय ६० रुपैयाँ नाफा हुन्छ । व्यापारीसँगको मिलेमतो निगममा कार्यकारी निर्देशक गोपालबहादुर खड्का आएपछि सुरु भएको हो । उनी आउनेवित्तिकै लोडसेडिङको तालिका जस्तै उपत्यका विभिन्न स्थानमा ग्यास बिक्री गर्ने योजना सारेका थिए । सरकारी स्वामित्वको नेशनल ट्रेडिङमार्फत विक्री भइरहेको ग्यासलाई उनैले रोकेका थिए । उपत्यका विभिन्न स्थानमा सुरु भएको बिक्रीको अनुगमनमा संघलाई खड्काले नै पहिलो प्राथमिकतामा राखेका थिए । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले संयुक्त अनुगमन टोली गठन भएको भन्दै अरु सरोकारवालालाई बोलाएका थिए । ुहामीलाई अहिले निगम सरकारको हो जस्तै लाग्दैन,ु निगमका एक कर्मचारीले भने, ुनयाँ कार्यकारी आएपछि सबै निर्णय संघमार्फत गराउन खोज्नुहुन्छ ।ु तर निगमका कार्यकारी निर्देशक खड्का भने आपूर्ति सहज बनाउन सबै विकल्पलाई खुला राखेर काम अघि बढाएको बताए । ुलव र वारमा धेरै नियम लाग्दैन । हामीले अभावलाई यही रुपमा हेरेर शनिबार एक दिन मात्रै कन्ट्रोल रुम संघमा  राखेका हौं, उनले भने, ुनिगमभित्रको समस्या समाधान भएपछि हामीलेनै संचालनमा ल्याउनेछौ। 

http://www.arthiknepal.com/single-post.php?news_id=1152


 
Posted on 11-20-15 7:48 PM     [Snapshot: 188]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निगमका महाप्रवन्धक खड्काको निर्देशनमा काठमाडौं ल्याउँन लागेको डिजेल ट्याङ्कर प्रहरी नियन्त्रणमा

Published on Nov 19 2015 

स्थानीय प्रशासनसंग कुनै समन्वय नगरी महाप्रवन्धक खड्काले किन ल्याउँन लागे डिजेल ट्याङ्कर ? श‌ंकास्पद गतिविधि भलबारी डिपो प्रमुख यादवको कि महाप्रवन्धक खड्काको ?

  काठमाडौं मार्ग ३ , नेपाल आयल निगमको भलबारी डिपोबाट तेल बोकेर काठमाडौंका लागि हिडेको ट्याङ्कर आज नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीस्थित भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्करलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको रुपन्देहीका gbkप्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।
Nepal-Oil-Corporation-130315-5-700प्राप्त समाचारमा भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्कर निगमका महाप्रबन्धक गोपालबहादुर खड्काको लिखित निर्देशनमा आफूले काठमाडौँका लागि पठाएको निगम भलवाडी डिपोका प्रमुख दिनेश यादवले बताएसंगै यस अघि जारी नाकाबन्दीको नाममा आयल निगमबाटै ट्याङ्करका ट्याङ्कर इन्धनको कालोबजारी भएको भन्दै यत्र तत्र सर्वत्र चर्चा चलिरहेको अवस्थामा महाप्रबन्धक खड्काको लिखित निर्देशनमा त्यो पनि डिपोले स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शङ्कास्पदरुपमा काठमाडौं पठाउँन खोज्नु आफैमा थप रहस्यको प्रसंग सावित भएको छ ।

त्यसोत निगमका महाप्रवन्धक खड्काले इन्धन कालाबजारी प्रकरणको चर्चा चलेसंगै आफु निकटका कर्मचारीहरुसँग आफुलाई प्रचण्ड र प्रम ओलीले पनि हटाउन नसक्ने भन्दै हिडेको आयल निगमसम्वद्ध स्रोतले जनाउँनु पनि यसको थप प्रमाण भएको बताइएको छ ।  एकातर्फ भारतले गरेको नाकाबन्दी पश्चात आयल निगममाथी नै कालोबजारी गरेको आरोप लाग्नु अकोतर्फ महाप्रवन्धक खड्काले इनन्धन आपूर्तिका लागि विवादीत भनिएका विराट आयललाई इन्धन कम्पनी लाइ डबल मुल्यमा ल्याउन सहमति दिनु त्यस्तै चीनबाट इन्धन आपूर्ति गर्ने सवालमा गर्नु पर्ने नितिगत निर्णयमा ढिला सुस्ती गर्नु जस्ता अनेकन प्रकरणसंगै आज नवलपरासी प्रहरीले नियन्त्रणमा भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्कर निगमका महाप्रबन्धक खड्काको लिखित निर्देशनमा आफूले काठमाडौँका लागि पठाएको प्रष्टिकरण दिनु भनेको महाप्रबन्धक खड्काद्दारा सम्पादित नियोजित रहस्यको एक पछिल्लो श्रृखला भएको दावी समाचार सूत्रहरुको रहेको छ ।


 
Posted on 11-21-15 9:41 AM     [Snapshot: 289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयल निगमका कार्यकारी निर्देशक खड्कामाथि अख्तियारको छानविन

२०७२ मंसिर ५ गते १४:३८ मा प्रकाशित

५ मंसिर, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक आदेशमा भलवारी डिपोले काठमाडौंको निजी पम्पलाई तेल दिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयागले छानविन थालेको छ ।

भलवारी डिपोले काठमाडौंको हामा आयल स्टोरलाई १२ हजार लिटर डिजेल दिएको पाइएपछि रुपन्देही प्रहरीले अनियमितताको आशंकामा बिहीबार राति नै ट्यांकर नियन्त्रणमा लिएको थियो ।

तर, कार्यकारी निर्देशककै निर्देशनमा तेल दिइएको पाइएपछि खड्का अनुसन्धानमा तानिएका हुन् । स्रोतका अनुसार अख्तियारले शुक्रबार नै खड्कालाई बोलाएर भलवारी काण्डबारे सोधपुछ गरेको छ ।

क्षेत्रीय कार्यालय भैरहवाले थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बताए ।

हामा आयल स्टोरले रिङरोड विस्तार गर्दै आएको संघाई ग्रुपलाई भन्दै भलवारी डिपोबाट डिजेल दिन नियमलाई पत्र लखेको थियो । जसलाई कार्यकारी निर्देशन खड्काले तोक लगाइदिएका छन् ।

तर, नेपाल आयलका असधकारीहरुका अनुसार कुनै डिपोलाई काठमाडौंका पम्पलाई तेल दिने कुनै अधिकार छैन । मिलेमतोमा कालोबजारी गर्न लागेको आशंका बढेपछि अख्तियारले छानविन थालेको छ ।

http://www.onlinekhabar.com/2015/11/352855/
 
Posted on 11-23-15 8:15 PM     [Snapshot: 439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखा समिति सदस्यले भने- निर्देशक खड्का नै संस्थागत कालोबजारीमा

-नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको लिखित निर्देशनमा मंसिर ३ गते भलबारी डिपोबाट स्वयम्भूस्थित हाम्रा पेटोलियमलाई दिन भन्दै ना४ख७१४५ नम्बरको ट्यांकरमा २० हजार लिटर दरले उपलब्ध गराइरहेका छन्। 
 
इन्धन कारोबार गर्ने एक मात्र सरकारी संस्था आयल निगम स्वयम् कालोबजारीमा लागेको तथ्य पेश गर्दै सोमबार लेखा समितिमा त्यसका सदस्य रामहरि खतिवडाको भनाइ उद्धृत गरी नागरिक दैनिकले छापेको छ। 
 
निगमका कार्यकारी निर्देशक खड्काको मिलोमतोबिना अन्य पदाधिकारीले यस्तो काम गर्न सक्तैनन् भन्दै खतिवडाले समितिमा भने, 'कालोबजारी गर्ने निगमकै कर्मचारीमाथि कारबाही गर्नुपर्छ।' 
 
समितिमा उपस्थित वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले 'छानबिन भइरहेको' जानकारी गराएका थिए। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०७२ ०७:४४:३१

http://setopati.com/chapa-bata/36812/

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters