[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सिलिगुडि, मेरो तनाव र सुधा !

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 28786 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-19-08 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न भनेर हिडेका -सिलिगुडि ।  म बर्ष दिनपछि काठमाण्डौंबाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् । मिल्यो भने  एउटा माइक्रोवेभ ओभन किन्ने विचार थियो, रहर पनि गरेकि थिइन् । फेरि हाम्रो सल्लाह पनि थियो यसपालि को दशैमा फजुल खर्च नगर्ने  । त्यहि अनुसार भारु पैसा साटें, रोशन र तिर्थ ले पनि आ-आफ्नो हिसाब गरे।

 

गर्मी नै थियो त्यो दिन । त्यो मेची पुल जांदा, ओरालोमा रिक्सामा आएको आनन्द । अहो, बडो मीठास पूर्ण । म सुधासंग त्यो बाटो हिडेको थिंइन । एकचोटि उनलाई लिएर आउने मन भयो । मोबाइलमा 'टावर' फुल थियो । 'missed call' गरिदिए । बिहे भएको २ बर्ष नाघे पनि, हाम्रो प्रेम छेडछाड् यसरी नै चलेको थियो।

 

'पारि' को वातावाण नेपालको भन्दा फरक थियो । मलाई त हावा नै अर्को जस्तो लागेको थियो ।

तिर्थ त्यो वातावरणमा बढी भिजेको थियो । यो बसमा जाऔं छिटो पुगिन्छ भन्यो । हामी उसको पछि लाग्यौं । बस लगभग खालि थियो । म र तिर्थ सगैं बस्यौं । रोशन एक्लै । बिस्तारै बसमा मान्छे बढ्दै गए ।

'मत्‌वालि' अनुहार गरेका २ वटि कलिला ठिटीहरु बसमा चढे । रोशनले आफ्नो सिटमा ठाँउ बनायो । सानी चाँहि आएर उ संग बसिन् । हरियो टि र कालो जिन्स; हामीले जिस्काउने बहाना पायौं ।

बस अगाडि बढ्यो ।

सिलिगुडि पुग्दा सम्म गाडिमा यात्रुको भिड धेरै भएको थियो । जसो तसो हिलकार्ट रोड पुगियो । 'शहर त ठुलै हो मेरो पुरानो प्रतिक्रिया दोहोरियो । यता उता डुल्न थालियो । गर्मि थियो तर पनि मतलब गरिएन । कहिले स्कुले बेला को छेडछाड त कहिले खेलकुदका गफ । सिलिगुडिको बजार अनि हाम्रो उधेश्य हिन भ्रमण । हामी अझै केटाकेटि नै थियौं ।

 

घुम्दै जांदा I. Sc. मा bio group ki साथी भेटिइन् । श्रीमान र छोरोको साथमा । धेरै मोट्टाइछन्। तर मुहार उस्तै ।

मुसुक्क हासेर सोधे "सन्चै छ?"

"हो सन्चै छु। तिम्रो के छ नि?"

"मेरो पनि ठिक छ । सन्चै छु । “

उनको कुर्ता सलवार र कपाल बाध्ने रबरको रंग म्याच गराएर लगाउने बानि अझै उस्तै रहेछ ।

“दशैमा घुम्न त होला नि है?" मैले नियमित प्रश्न सोधें ।

उनि मुस्काइन् । उनको मुस्कान मलाई कलेज पढ्दा पनि मन पर्थ्यो

उनले श्रीमान चिनाइनन् । उनलाई मेरा साथी चिनाउन जरुरि थिएन ।

ल त है भनेर हामी आफ्नो बाटो लाग्यौं, उनि आफ्नो ।

सुधाको रहर । माइक्रोवेभ ओभनको दाम बुझ्नु पर्‌यो । साथीहरुले दिक्क माने । मैले अलिक जिद गरे । ६-८ वटा पसल डुलियो । दशैंको भिड । मैले भाषा english नै प्रयोग गर्न खोजे । केहि मतलब गरेनन् दोकानदारले । रिस उठ्यो । मैले त्यो street को पसलहरुमा सोध्न मन गरिन। पछि तिर्थ र मैले एउटा राम्रो पसल फेला पार्‌यौं । राम्रो कुरा गर्यो त्यो दोकानदारले । कोक मगाएर खुवायो । कोक को सोझो गर्न लाई सामान जबर्जस्ति त किन्नु पर्ने होइन ?? कता कता मनमा चिसो पस्यो ।

तर मान्छे भलादमि रहेछ । किन्न त किनिएन, तर सिलिगुडि प्रति बनेको बिम्ब थोर बहुत राम्रो भयो ।

 

अब कता जाने त?? कता कता!! भर्खर १२ बजेको थियो ।

तिर्थले "जाने त?" भन्यो ।

मैले केहि कुरो बुझिन ।

मलाई केटोहरुको नियत ठिक लागेन । ढिलै भए पनि पछि कुरा बुझें ।

 

“गर्ने केहि होईन, जाने भए जाउं न त।“  मलाई पनि किन किन जाउँ जाउँ लाग्यो, त्यो दिन ।

"के भनेको तिमीहरुले, फर्कने होईन?" रोशनले अन्कनाएको स्वरमा भन्यो ।

 

तिर्थले "केहि हुन्न यार, एकछिन घुमेर मात्र आउने हो" भन्न थाल्यो ।

तिर्थ पनि बिवाहित, म पनि अनि रोशन तयारीमा।

तिर्थले रोशनलाई प्रस्ट्यायो ।

"हेर, केहि हुन्न, एसो घुमेर मात्र आउने । कसैले केहि गर्दैन । तं टेन्सन न लि ।"

 

म पनि अस्समन्जस्य मा परें । यस्तो कुरा काकडभिट्टा मा नै भएको भए शायदै सिलिगुडि पुगिन्थ्यो होला । तर त्यो बेला म उनिहरु संग छुट्टिन सकिन ।

 

३ जना नेपाली केटा । २ बिवाहित । सिलिगुडिको बदनाम बाटोमा गइयो । हामी तिनै जना सफा थियौं । नियत पनि खराब थिएन । हामी समाज का भलादमी र सज्जन युवा । सिलिगुडि आउँदा सम्म शायदै कसैले सोचेको थियो होला, त्यो बाटोमा हिडिन्छ भनेर । तर त्यो बेला हामी त्यहि बाटोमा हिडिरहेका थियौ, अगि बढि रहेका थियौं । सत्य त्यहि थियो, मन जसको जस्तो भए पनि, उधेश्य जसको जे भए पनि । किन हाम्रो समाजका लोग्ने मान्छेको रुप यस्तो unpredictable हुन्छ ???

 

 

बस्ति साधारण थियो । मोटरसाइकल, रिक्साहरु कुदिरहेकै थिए । बच्चाहरु खेलिरहेका थिए । उमेरमा केटि हरु धेरै जिस्काएको भए पनि म पहिले पटक त्यस्तो माहोल मा हिड्दै थिएं । मलाई प्रत्येक पाईला झन् झन् गह्रौं हुदै गइरहेका थिए । शायद रोशनलाई पनि अफ्ठ्यारो लागेको थियो होला। न बाध्यता, न बानी, न चाह, तर पनि हामी हिड्न सकिरहेकै थियौं । कस्तो बिडम्बना !!!

 

तिर्थ एउटा बस्ति भित्र पस्यो । हामी पछि पछि गयौ । एउटी अधबैसें नारी थिइन् । उ घरको भित्र नै पुग्यो । रोशन र म पछाडि थियौं  । टाउको निहुराएर उभिएका ।

"यहां एउटा नेपाली दाइ थियो नि" तिर्थले सोध्यो ।

"अहिले बाहिर गएको छ" उनले भनिन् ।

हेर्दा उनी बानेश्वर कि तरकारी बेच्ने साउनी जस्ति थिइन् । सिंदुर पोते लगाएकि, परिचित झैं लाग्ने अनुहार । भाषा पुरै नेपाली ।

 

"अरु कोहि छैन?" तिर्थले सोध्यो ।

"भित्र छ, एकछिन है"

एकछिनमा २-३ वटि जवान केटिहरु आए ।

"मैले नेपाली खोजेको थिएं" तिर्थले भन्यो ।

 

"ए एएएए पार्वती !!" उनि कराइन् ।

 

 

 

क्रमश:………………………………………………………………………………


 
Posted on 01-19-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can we have Part II please?
 
Posted on 01-19-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great going man. The theme is really interesting.

Shady part of our lives is being diclosed. I will walk the alleys with you.

Good luck.


 
Posted on 01-20-08 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिलिगुडि, मेरो तनाब र सुधा

भाग १ बाट अगाडि।।

………………पार्वती आइन् । चाहिने भन्दा बढि लिपिस्टिकका साथ ।

"यो त होइन, अर्को खोजेको "

"अरु त अहिले छैन ।"

फेरि हामी तिर हेर्दै सोधिन, " यिनीहरुले हेर्दैन?"

"यिनीहरु त साथी मात्र आएको" तिर्थले स्पष्टयायो ।

"ल आजलाई जाने, पछि आउंला ।" तिर्थले बिदा माग्यो ।

मेरो सास आयो । रोशन र म जुरुक्क उठ्यौं । अनि सके सम्म भ्याए सम्म त्यहांबाट छिटो निस्कियौं । एक छिन पछि तिर्थ पनि आइपुग्यो ।

"उफ" मैले बाटोमा निस्केर लामो सास फेरें । रोशन हांस्यो । ऐठन त उसलाई पनि भएको हो। म केहि बोलिन ।

"देखिस, केहि हुन्न । अब एकै छिन घुमौं अनि फर्कने ।"

हामीले हुदैन पनि भन्न सकेनौं, हुन्छ पनि । तर अब अलिक सहज पनि भइसकेका थियौ । 

"केहि हुदैन क्या, अहिले केहि भयो? एकछिन त हो नि । जाऊँ हिड्" उसको कर थियो । 

रोशनले के सोच्यो "जाँउ न त एकछिन" भन्यो ।  

त्यो "केहि हुन्न" भन्ने शब्दले पनि मलाई डोहोर्‌यायो । यसपालि मेरा पाइला अलिक हलुका भए । म नै अगि लागे । 

अर्को ठाउंमा पनि त्यहि बार्ता, अलिक फरक ढंगमा । तर शैलि उहि । त्यसपछि अलिक परको पान दोकान को आड मा उभियौं हामी तिन भाई । २ जना केटा हरु आए ।

“दाई केटि चाहिन्छ?”

“ठिकै छ भाइ, हामी पछि भन्छौं नि, अहिले साथी कुरेको” मैले उनिहरुलाई पन्छाउन खोजे ।

उनिहरु गएपछि ४ वटि केटिहरु आए । चोलिको भित्रि स्पष्टरुपमा देखिएको थियो, सबैको ।  

उनिहरु मस्किन थाले । कुरा त गरियो तर सिधा भएर उनिहरु संग कुरा गर्दा नजर भट्किरहेको थियो। लाज नै त होईन तर कस्तो अफ्ठ्यारो लागेको जस्तो भयो । 

“जाने होईन दाई?” एउटि ले ठाडो प्रश्न राखिन् ।

“जाने नि, कस्तो हतार, एकछिन पान खाऔं ।“ तिर्थ कुरा गर्न खप्पिस थियो । 

दोहोर बात मार्दा, जिस्कदां, हाम्रो उकुस मुकुस अलिक सहज भएको थियो ।

२ जना खर्सांङ का रहेछन् । एउटि सिलिगुडि कै । सानी चाहिं १६ बर्ष, सबै भन्दा ठुलि २५ कि ।

एउटि अर्कि आएर हामीमा आफ्नो ग्राहक खोज्न थालि । दिदि को छोरि भनेर बच्चा लिएर आएकि थिई, तिर्थलाई के भयो । यसलाई मीठाई किनेर खुवाउनु भनेर ५० रुपैया दियो ।

रोशन पनि गफमा सामेल हुन थाल्यो ।  

केहि बेरमै कुराहरु छाडा हुन थाल्दै गए ।मलाई त्यहा बस्न मन लागेन । सकिन भनौं । उनिहरु कुरा गर्दै थिए । जाउँ भनेर म बीचमा नै हिडिदिए ।तिर्थ र रोशन ले के सोचे थाहा भएन, त जादै गर, हामी आईहाल्छौ भने ।

 फर्कदा त्यहांका केटिहरुले जिस्काए । पहिलो पटक युवतिको मुखबाट निस्केको छाडा शब्द सुनियो, गालिले भरिएको। कस्तो मनमा नै बिझ्यो । म पछाडि नहेरि हिडिरहे । अनि पर बाटो पारिको किराना पसलमा चिसो पिएर बसे ।

मन त्यसै गुम्सियो । किन आउन पुगे म यहां, के ले तान्यो । मलाई ग्लानि हुन थाल्यो । मनमा बिचार को द्वन्द सुरु भयो । म मेरा हरेक वैचारिक मान्यतामा आफुलाई गिरिरहेको पाउँदै थिए ।  

म आएको एकै छिनमा उनिहरु पनि आए, हांस्दै-हांस्दै ।

"किन हिडेको, क्या रमाइलो भयो?"

मलाई डर लाग्यो ।

"के गर्यो?"

"होईन त्यस्तो, के सोच्यो यसले फेरि?

दुइवटि केटि त इलाम का रहेछन् बुझिस्?"

देशका चेलि, एकछिन  नराम्रो लाग्यो। । केहि भनिन । तर, कस्ता थिए होलान भन्ने कौतुहलता नभएको भने पक्कै होइन ।

" अबेर भयो, जाँउ फर्केर ।" discuss नगरि मैले छोटो बाक्यमा प्रष्ट गरें ।

हामी सरासर फर्कियौं ।  

गाडी चढियो । मेरो अन्तरमनको देवताले मलाई पटक पटक चिमोटिरहेको थियो । मैले हजार तर्कले पनि आफुलाई सम्झाउन सकिरहेको थिईन । हरेक पटक म आफै संग हारिहेको थिए । केहि लागेन,  ipod सुन्न थालें । झ्याल बाहिर हेर्दै बसे, मन भुलाउन थाले ।  

उनिहरु दुईजना त्यहि अनुभवको काउकुतिमा रुमलिइरहे । उमेर संगै हाम्रो वैचारिक फाटो बढेको हो जस्तो अनुभव गरे । त्यसले मलाई शान्त हुन सहयोग गर्यो ।

रोशनले तिर्थलाई सोध्यो "तं पहिले पनि आएको थिइस?"

"थिइन"

"कसरि थाहा पाइस त त्यंहा नेपाली दाइ छ भनेर?"

"थुक्क साले, त्यति पनि थाहा पाइनस, त्यो त कुरा शुरु गर्ने बहाना पो हो त!!"

"एएएए" रोशनले ढिला बुझेछ ।  

म मुसुक्क हांसी दिंए । तिर्थ बच्चै देखि बाठो हो । नियत त उसको पनि खराब होइन तर चन्चले चाँहि पक्कै हो । मेरो विचार सहज हुदै गएको थियो ।

तर पनि मलाई आफैं देखि अफ्ठयारो भएको थियो । खासै बोल्न मन लागेन ।  

बाटोमा मैले मेरी सुधालाई धेरै सम्झें । कतिबेला घर पुगेर उनलाई भेटौं जस्तो भयो । भर्खर पानीटंकी आइपुगेको थियो । तिर्थले चिनी र दाल किन्यो । म किन्न गइन, मन पनि भएन । उसैले ५ केजी दाल ल्याइदियो । मीठाइ हामीले दिउँसै सिलिगुडिमा किनेका थियौं ।

मेची पुल तर्दा मलाई किन किन फेरो त्यो ठाउँ आउँछु जस्तो लागेन ।

 

तिर्थको घरबाट फोन आयो । भाउजुको फोटो रहेछ, कन्ट्याक्ट पिक्चरमा। मीठो बात गर्यो । १ घण्टामा घर आइपुग्छु भन्यो । रोशनले उसकी मायालुलाई sms पठायो ।

"बिहे गर्दैनस?" तिर्थले सोध्यो ।

"उनको बा मान्नु भयो भने आउने वैशाखमा" रोशन आशावादि थियो ।

मलाई घर पुग्न हतार लागेको थियो । माइक्रोमा थिंए, मोबाइल उठांए तर फोन गरिन् । सुधाले miss call गरिन् । मैले आउंदै छु भनेर sms पठांए । 

झ्यालबाट चिसो हावा पसेको थियो । नारायण गोपाल ipod मा गुन्गुनाउंदै थिए ।

"..तिमीलाई भुल्दा म एक्लो परेछुं

तिमीलाई सम्झे तिमी साथ आयौं ।

कुनै चिज मीठो म खोजि रहेंथें,

म सोची रहेथें ; तिमी याद आयौं ।

तिमीलाई भुल्दा…………………."     क्रमश:…………

Last edited: 20-Jan-08 01:43 AM

 
Posted on 01-20-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-20-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raascal Ji thank you for reading...

ill try to post as early as possible...


 
Posted on 01-21-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I cant imagine how u make the simple things so beutifullllllllllll.....though it was my second read i enjoyed it to the fullest............waitin for part iii.


 
Posted on 01-21-08 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good one, please post the third part.

 
Posted on 01-22-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग २ बाट अगाडि…………

मलाई घर पुग्न हतार लागेको थियो । माइक्रोमा थिंए, मोबाइल उठांए तर फोन गरिन् । सुधाले miss call गरिन् । मैले आउंदै छु भनेर sms पठांए ।
झ्यालबाट चिसो हावा पसेको थियो । ipod मा  नारायण गोपाल गुन्गुनाउंदै थिए ।

" तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झे तिमी साथ आयौं ।
कुनै चिज मीठो म खोजि रहेंथें
,
म सोची रहेथें
; तिमी याद आयौं ।
तिमीलाई भुल्दा..................................."

मन हलुका भयो । मोबाइलमा सुधाको फोटो हेरें । बल्ल बल्ल दमक पुगिएको थियो । कुन बेला घर पुगौं भयो । म गीतमा नै डुबेछुं । बुढीखोलाको पुलमा माइक्रो उफ्रदां झसंङ्ग भएं । त्यो बीचमा मैले संसार सोचिसकेको थिंए ।
इटहरि, जुटबिकास अगाडि माइक्रो रोकियो । झोला लिएर म रिक्सामा बसें । मलाई मेरी सुधा संगको त्यो एक दिनको बिछोड युगौं जस्तो लागेको थियो । म उनलाई भेटन ब्यग्र भएं ।
रिक्सालाई रु २० "तै" राख भनेर दिए अनि घर पुगें ।

उनी भान्सामा खाना बनाउंदै थिइन । झ्यालबाट मलाई हेरिन् । बाहिर आँगनमा आमा 'तिहुंन' केलाउंदै हुनुहुन्थ्यो ।
"
के ल्याएको?" आमाले सोध्नु भयो ।
"केहि ल्याइन । अलिकति दाल बोकेर आएं ।"
"लौ, अस्ति भर्खर फुपुकोबाट त्यति धेरै दाल आफै ल्याएको होइन?" आमाले गालि भन्नु भयो ।
त्यो दिन मलाई केहि कुराको होस रहेन ।
झोला राख्न भान्सामा गए । सुधालाई हेरि रहे । एकछिन हात समाएं

"
के गरेको?" उनले दबेको स्वरमा भनिन् ।
"
माया ।"     मैले उनलाई हेरि रहें ।

मलाई सुधा संग कुरा गर्न मन थियो । आमाले बोलाउनु भयो । भान्साको काम नसके सम्म म संग पर्खनु बाहेक बिकल्प थिएन । म आफ्नै कोठामा बसी रहें । दशैं आउन लागेको थियो । घरमा मान्छे आइरहेका थिए । तर मलाई कसै संग बोल्न मन लागेन । म कोठाबाट निस्किन ।
केहि कामको लागि सुधा कोठामा आएकी थिइन । मैले उनलाई मलिन
आंखाले हेरि रहे ।

"के भयो, सन्चो छैन? "
मैले टाउको हल्लाए, छैन भन्नलाई ।
उनले मेरो निधार मा हात राखिन् ।

"
ज्वरो त छैन । के भयो?" उनले सोधिन् ।
मैले उनलाई हेरि मात्र रहें ।
सोफामा सिरानी लगेर राखिदिइन् । अनि टिभि खोलिदिइन् ।
"
टिभि हेर्दै गर्नु, म छिटो काम सक्छु, तपाईं बस्दै गर्नु। है?" यति भनेर उनि गइन् ।
मलाई खास्सै खान मन थिएन, रुचेन पनि । उनि पनि खाना खाइ सकेर आइन् । मैले ल्याएको मीठाइ बोकेर ल्याएकि थिइन् ।

" खाना खानु भएन, यो खानु पर्छ है ।" उनले मीठो अनुरोध गरिन् ।
मैले यो राख न त्यहां भने। अनि उनको हात बाट लिएर आफैले राखिदिए
उनले मेरो कपाल मुसार्दै सोधिन, "के भयो आज?"
मलाई सहन गाह्रो भयो । उनलाई अंगालो हाले । आंसु आफैं बगे । सुधाले मेरो ढाड सुम्सुम्याइन् । उनका पनि आंखा सबै भिजेका थिए ।
"
के भयो भन्नु न?"
म बोल्नै सकिन । उनलाई अंगालोमै राखें, कसेर ।
केहि बेर हामी दुवै चुप भयौं । उनले टाउको हल्लाएर के भयो भनेर
सोधिन् । मैले सबिस्तार बतांए । दिनभरिका अनुभव र दौडिएका भावना । शायद श्रीमतीको महत्त्व मैले त्यो दिन गहिरो रुपमा बुझें ।

"यस्तो जाबो कुरामा पनि चित्त दुखाउने हो त?"

"खोइ, मलाई किन किन छट्पटि भयो। " मैले भनें ।

"मलाई तपाईं माथि विस्वास छ, अब देखि यस्तो सानो कुरामा चित्त नदुखाउनु" उनले मलाई सम्झाइन्

"तिम्रै लागि त बाँचेको छु ।"
उनले मेरो निधार चुमि दिइन् ।

मेरो तनाव सबै हट्यो । मैले त्यस्तो केहि सोचेको पनि होइन, गरेको पनि होइन । साथीहरु खराब पनि होइनन् । धेरै पछि भएको भेटघाटमा अल्लारेपन बोकेर घुम्न मात्र गएका थियौं । तर, कुन भावनाले मलाई त्यो दिन सहज हुन दिएन, मैले त्यो छुट्टयाउन नै सकिन । सुधा संग share गरेपछि मन आकाशमा पुगेको थियो ।

"खोइ त मेरो ओभन?" उनी जिस्काउने सुर मा थिइन् ।

म केहि बोलिन, अर्को पट्टी फर्केर बसें ।
उनी मिठाइको कचौरा बोकेर आइन्, फकाउँदै । मलाई धेरै भोक लागेको थियो। दुबै मिलेर खायौं ।

 

एकछिनको सन्नाटालाई तोडेर उनले भनिन् , "हामी अब सिलिगुडि कहिल्यै नजाने, है?"

नाइट ल्याम्पको मधुरो उज्यालोमा मैले सुधालाई झनै राम्री देखें
 

meaninglessthinkings@somewhereondearth


 
Posted on 01-22-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth,

सामान्य बिषयबस्तुलाई बिशेष बनाएर हामी जस्ता पाठकहरुकोलागि गुन लगाउने काम नछाडम है ब्रो। हामी पनि बैगुनी हुँदैनम। पढ्न छोडदैनम।


 
Posted on 01-22-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो छुटेको रहेछ। somewhereondearth जी, साँच्चै एउटा परिपक्व कथा पढे जस्तो लाग्यो, शैलीगत र वस्तुगत कुरा गर्दा। नछोडौँ है कलम चाल्न? शुभकामना छ!
 
Posted on 01-22-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Somesahilako story ta kasto man chune bai.

 Isn't this something called realization or ...  Nepalima k bhancha ? tyo ramro word cha ni euta.


 
Posted on 01-22-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोध हुनु???
 
Posted on 01-22-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo bhanda pani ramro word cha kya. kasto birse maile.
 
Posted on 01-22-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महसुस??
 
Posted on 01-22-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महशुस त feel हैन र?

शायद अहिले फ्याट्ट अरु शब्द नआएकोले हुन सक्छ, र यो घडिमा मैले सोच्दा चाहिँ-

realization ‍‍= बोध

self realization ‍‍= आत्मबोध

अरु सोचौँ सोचौँ साथीहरु, शब्द चाहिन्छ!


 
Posted on 01-22-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ मु नि कनफुस भईं ।।।।

CL सांईलि ले केहि फुराईन कि?.....

।। feel ..realization... अनुभव, बोध, महसुस गर्नु।।।
जाडो अनुभव गरे वा जाडो महसुस गरे वा दुबै????

 
Posted on 01-22-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth हजुर,  म के भनुम? एती राम्रो शब्द शिल्पी र प्रस्तुती छ कि, मेरो मानसपटलमा सजिब चित्र घुमिरह्यो ..कथाका हरेक लाइनसङै ......... स्वाभभिक अनी उत्कृष्ट |   

....
"के भयो, सन्चो छैन? "
मैले टाउको हल्लाए, छैन भन्नलाई ।
उनले मेरो निधार मा हात राखिन् ।

"
ज्वरो त छैन । के भयो?" उनले सोधिन् ।
मैले उनलाई हेरि मात्र रहें ।
सोफामा सिरानी लगेर राखिदिइन् । अनि टिभि खोलिदिइन् ।
....

अरु पनि खुराक पस्किम प्रभू ...

 
Posted on 01-22-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sacchikai man choyo sir yo katha le| man matrai hoina yo paali ta kalejo pani choyo|

ati uttam koti ko raicha katha|

 
Posted on 01-22-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

self realization ‍‍= आत्मबोध, this word is fantastic.

aba atmabodhako synonyms haru khoju na .

self realization ‍‍= आत्मबोध pranounce garda pani kasto ananda aucha hai.


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters