[Show all top banners]

lopchanlama
Replies to this thread:

More by lopchanlama
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

lopchanlama
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 आफ्नै चिहान

[Please view other pages to see the rest of the postings. Total posts: 37]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 12526 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-22-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै चिहान खनी म आँफैलाई पुरी दिन्छु
तिम्रो खुशीको लागी म चितामा सुती दिन्छु

भरी दिउन तिम्रो सिउँदो अरु कसैले
तिम्रो खुशीको लागि म मुटु रेटी दिन्छु

सधैं खुशीयाली छाई रहुन तिम्रो आँगानमा
तिम्रो खुशीको लागी म आँशुमा रुझी दिन्छु


मुस्कुराई रहनु तिमी हिमाल जसरी
तिम्रो खुशीको लागि म पिडांमा  हाँसी दिन्छु

आफ्नै चिहान खनी म आँफैलाई पुरी दिन्छु
तिम्रो खुशीको लागी म चितामा सुती दिन्छु





 
Posted on 01-31-08 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चरा  अनी मेरो देश

 

  ! सिकारी

किन पसिना चुहाउछौ  तिमी ?

यो टन्टलापुर घाममा

एक छटाक मासुको लागि

किन खेर फाल्छौ तिमी ?

हत्यारा बारुदहरु

एक छाक टार्न्नको लागि

नतेर्स्याउ मतिर भाई-मारा

बन्दुकहरु

नलत्पत्यौँ मेरो रगत

आँलो दागहरुमा

जाउ बरु

तताउँ पानी खड्कालोमा

आफ्नै घर जलाउने  हातहरुले

डुवी दिन्छु

होमी दिन्छु आँफैलाई

हेर्नु छैन मलाई

तिम्रो देशको नांगो तान्डव नाचहरु

जिउदो लास बनेर


 
Posted on 01-31-08 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै चिहान खनी म आँफैलाई पुरी दिन्छु
तिम्रो खुशीको लागी म चितामा सुती दिन्छु

 

 

keep contd.


 
Posted on 01-31-08 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छाजी तपाईंको आग्रहमा केही अंश मैले थपेको छु

हर्शुत्सव मनाउ तिमी तिम्रै अहंकारको
तिम्रो जितको लागि म जिन्दगी नै घुटी दिन्छु

हाँस्तै जानु उनको घर घुम्टो ओडी
तिम्रो पर्खाइमा म आर्याघाटमा कुरी बच्छु

आफ्नै चिहान खनी म आँफैलाई पुरी दिन्छु
तिम्रो खुशीको लागी म चितामा सुती दिन्छु



 
Posted on 02-02-08 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रत्यौली देखिन, घन्केको थियो मादल

रोएको देखिन, पुछेको थियो गाजल

 

एउटै थियो गोरेटो, दोबाटोमा पुगेर

आँशु देखिन, पुछेको थियो गाजल

 

तिमी पारी वारी, दोभानमा पुगेर

रुजेको थिएन, गज्रेको थियो बादल

 

भरेको थियो सिउँदो, डोलिमा चढेर

ओडेको देखिन , उठेको थियो आँचल

 

जन्ती   थियो, रोकियो आर्याघाटमा

मरेको थिएन, छरेको थियो चामल

 

रत्यौली देखिन, घन्केको थियो मादल

रोएको देखिन, पुछेको थियो गाजल

 

 


 
Posted on 02-02-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्-सान छ शहर बजार, आज भोली बन्द छ
फुलको होइन मेरो गाउमा, बारुदको गन्ध

डुलदैनन लोभि भमरा,झुम्दैनन केटा-केटी
बसन्तको होइन मेरो गाउमा, बमहरुको गन्ध छ

फुट्दैनन मुहानहरु,पिउदैनन पानी कसैले यहाँ
अम्रितको होइन मेरो गाउमा, रगतको गन्ध छ

पाइदैन जन्ती यहाँ,सबै मलामी र बाराखी छन
भाई-चाराको होइन मेरो गाउमा, लासहरुको गन्ध छ


 
Posted on 02-04-08 3:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झरी परेको रात

 

थाहा थियो तिमीलाई पनि

जानकार पनि थिएँ

हुँदैन थियो हामीले

पतिनगर बटुली

सपनाको महल सजाउन

सुक्क-सुक्क तिमी रोयौ

घुक्क्-घुक्क मन रोयो

एउटै थियो बात हाम्रो

अन्तिम प्रहार रात थियो

परिस्थितीले अर्कै मोड लिए पनि

तिमै मलाई आश थियो

हुनु थियो बैगयो

भाविको लेखा मेट्न सक्दिन

तर प्रिया

झरी परेको रात

पनि रोएको थिए


 
Posted on 02-06-08 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिना बादल गर्जन्छौ किन?

बिना बादल बर्षन्छौ किन?

असारको झरी पनि होइन

खहरे भेल पनि होइन

तर

दुइ-दिनको चिना-पर्ची

मायामा बदलियो किन?

 

के हो जिन्दगी? कर्कलाको पनि

के हो माया-प्रिती?उन्मत्त जवानी

बाचा गरम, तारा खसाउने

कसम खाउ, जुनी बिताउने

तर

चार दिनको माया-प्रिती

बिछोडियो किन?


 
Posted on 02-07-08 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही हाउकु

१ बन्द शहर

सुनसान सडक

शान्ता नेपाल

 

लोभि भमरा

उन्मत्त फुल

मिठो सम्भोग

 

निलो सागार

खुला आँकाश

प्यासी यात्री

 

 काँधमा बन्दुक

पसिना पुसदै

देशका कर्णधार

 

 बन्द कोठा

ओठमा ओठ

चोखो माया


 
Posted on 02-07-08 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत

अलिकति जिउन देउ
अलिकति पिउन देउ
पिडा सबै भुलेर
अलिकति जिउन देउ

रेत्यो मुटु तिमीले यसरी
जिउने अर्को पाटो रहेन
साथ छोड्यो तिमीले यसरी
हिंड्ने अर्को बाटो रहेन
अलिकति झुम्न देउ
अलिकति पिउन देउ
पिडा सबै भुलेर
अलिकति जिउन देउ

जलाई दिए तस्वीर
बगाई दिए खरानी
भिज्ने छैनन अब कहिल्यै
हर रात सिरानी
अलि कति भुल्न देउ
अलिकति पिउन देउ
पिडा सबै भुलेर
अलिकति जिउन देउ

 
Posted on 02-09-08 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lopchanlama-jee,

 

गजलको व्याकरण पक्षमा कमी देखिन्छ, तर शिल्प पक्षमा मैले प्रशस्त सम्भावनाहरु देखें तपाईमा । त्यसैले तपाईलाई शुभकामनाहरु दिन यहाँ हाजिर भएको हुँ ।

 

गजल-व्याकरणको चिनारी पुस्तकहरु खोजेर पढ्नुहोला ।

 

अलिकति मद्दत यसले पनि गर्छ:

http://www.ebazm.com/ghazalbeher.htm

 

गजलको शिल्पबारे सानो चिनारीलेख डा. घनश्याम न्यौपाने 'परिश्रमी' बाट यहाँ छ:

http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2063/02/inner/inner3

 

घनश्यामजीले दशौं बुँदामा उक्तिवैचित्र्य (तगज्जुल) को चर्चा गर्नुभएको छ । तपाईको रत्यौली त देखीनँ गजलमा यो गुण प्रचुर भएको मानेको छु मैले ।

 

लौ त, सृजना जारी राख्नुहोला ।

 

अनगिन्ती शुभेच्छाहरु सहित,

 

Nepe


 
Posted on 02-10-08 3:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe जी, तपाईंको सुझाव र सल्लाहलाई धेरै-धेरै धन्यवाद अनी आभारी पनि, मेरो गल्ती औल्याई दिनुभएकोमा।र केही सहयोगी linkहरु उपलब्द गराई दिनुभएकोमा मुरि-मुरी धन्यवाद। तपाईंको आशिर्बादलाई सिरोपर गरी आगामी दिनहरुमा त्र्युटी रहित गजल कोर्ने कोशीस गर्नेछु साथै आगामी दिनहरुमा पनि यस्तै सुझाव र सल्लाहको अपेक्ष्या गर्दछु।

lopchanlama


 
Posted on 02-13-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

     नाम


पागल भन
मुर्ख्र भन
बैरागी भन
चाँहे धोखा दिने
निस्ठुरी भन
नाम तिमी
जे दिन्छौ
स्विकार्छु म
उपहार सम्झी
तर
कसले देखेको छ र?
औंसिको रातमा
तिम्रो तस्बिर च्यापी
 बगाएको आँशु


 
Posted on 02-13-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कविता मा लेखेको theme लाई के शब्द ले पारीभासित गर्न सकिन्छ? मैले भन्न खोजेको के भने, त्यो सत्यता जस्को ज्ञान अरुलाई छैन। यहाँ लेखेको जस्तो, कवी ले उन्को तस्विर हेर्दाइ आसु बगाएको त हो, तर अरु कसै लाई पनि त्यो थाहा छैन, र बिभिन्न consequences झेल्नु पर्छ। paradox त होइन यो , अरु के हो?

 

-----------------------------------------------------------------------------------------

     नाम


पागल भन
मुर्ख्र भन
बैरागी भन
चाँहे धोखा दिने
निस्ठुरी भन
नाम तिमी
जे दिन्छौ
स्विकार्छु म
उपहार सम्झी
तर
कसले देखेको छ र?
औंसिको रातमा
तिम्रो तस्बिर च्यापी
 बगाएको आँशु


 
Posted on 02-13-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LL-jee,

 

The last three lines would make a beautiful Haiku. Very close to 5-7-5 syllables rule of Haiku. However, the whole piece is still good.

 

One important note. In every kind of writing, one thing that is very important is coherence (सामञ्जस्य ).

 

No part should be out of place or contradicting with other.

 

In this one, चाहे धोखा दिने निस्ठुरी भन  appears out of place or contradicting with the rest of the story.

 

Otherwise good one. Sounds sweet.

 

Keep writing.

 

Nepe


 
Posted on 02-13-08 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

copycat जि, मेरो रचना पढी प्रतिकृया लिखिदिनु बएकोमा धन्यवाद। मैले यस कबितामा बाध्यता बस बिछोडिनु पर्दा बिना कुनै गल्तिमा प्रेमिकाले आफ्नो प्रेमिलाई गलत सोचेको रिपेक्छ्यलाई कबितामा ढल्न खोजेको हुँ।

nepe जि तपाईंले औल्याई दिनु भएको गल्तिको कदर गर्छु। भविस्यमा पनि यस्तै सुझाव अनी  सल्लाहको अपेक्ष्या गर्दछु।

यहाँहरुको लागि मैले अर्को कबिता थपेको छु।

    जुनेली रातको सोमरस

 

क्षितिज पारी सुर्य निदाउदै थियो

तारा कुन्जहरु ब्युझदै थियो

जुनेली  मुस्कुराउदै थिई

तिम्रो मायाले मलाई बोलाइरहेकी थिई

अनायसमै पाइलाहरुले डोर्यायो मलाई

कुनाको टेबुलमा गई थचक्क बसे

मन्द मुस्कान मिसाई तिमीले

भर गिलास थपक्क राख्यौ

मैले घुट्कोमा रित्याएँ

मस्किएर, लट्ठिएर

तिमी सोमरस भर्दै गयौ

पुरुषार्थ देखाउन

रित्याउदै गएँ

एवं रित चल्दै गयो

सुन्-सान मध्य रातमा

ढल्-मल गर्दै उठे

जुनेली जगमगाइरहेकी थिई

प्रिया!

सोमरसको नसा हो कि

तिम्रो मायाको नसा

अथवा

दुबै मिसिएर "कक्टेल" भएर

पाइला चाल्नै नसकी

उत्तानो परेर पछारिएँ

माथि जुनेली मलाई गिज्याइरहेकी थिई


 
Posted on 02-20-08 4:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्का भेट भो
कुशल - मंगल
उताबाट कहिले झर्नु भो?
अनी के छ  हाल- खबर?
अहो
बन्द, चक्का -जाम
हड्ताल, नारा-जुलुस
महंगी, लोडसेडिक
अपहरण
भो पुनाराब्रिद्दी खबर भए
मलाई अली हतार छ

 
Posted on 02-20-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नजिस्कनु मसँग

नमस्कनु मदेखी

तिमीलाई

प्रियासी बनाउन सक्दिन

अहिले

मेरो देश सँगै रोइरहेकोछु

मेरो बुद्ध खोजिरहेकोछु

 

आलो घाऊहरु मेरो देशको

पिडाहरु मेरो बुद्धको

मेरो देश रोएको बेला

मेरो बुद्ध हराएको  बेला

तिमीलाई कसरी सम्झाउ?

तिम्रो प्रेममा

लिप्त भई

जवानीको खेलहरु

खेल्न सक्दिन भनी?

अहिले

शान्तिको खोजिमा छु

मेरो देशसँगै

मेरो बुद्धहरु भेट्टाउन

 

 


 
Posted on 02-20-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lopchan-jee,

 

Just sharing a poem very similar in content and tone with yours. It was written for a new year’s eve some four years ago. It feels strange to see how we are still in the “front”, this time fighting among ourselves to get the best share of the pie.

 

Nepe

 

______________________________________

 

 

http://sahitya.freenepal.com/8poem_deepak.htm

 

स्थगित उत्सव नयाँ वर्षको

 

पोहोर परार झै

यस पाली पनि

माफ गर्नु

उत्सव अझै स्थगित राखी

यो संक्षिप्त शुभकामना सन्देश

पठाएको छु

प्रियतम तिमीलाई

मोर्चाबाट

 

म मोर्चामा छु अझै

 

फूलहरु जथाभाबी कुल्चेर हिडेका छन् आँधी

म बगैचाको मोर्चामा छु

पुलहरुको निर्माण कर्मीहरु बिर्सेर हिडे आधी

म फट्केहरुको मोर्चामा छु

 

सपनाहरुको आखेटमा छन् केहि धुलोहरु

म आँखाको मोर्चामा छु

सद्दामे सपना पुनर्जागरण रोक्ने माकुरे दुलोहरु

बनाउने पाखाको मोर्चामा छु

 

गोरेटा चिप्ला छन् पुरानो हिलो नयाँ वर्षा ले भिजेको

म गोडा र बाटाका मोर्चामा छु

फेरि हिसाब राखेर बेहिसाब काँढा बिझेको

घाउ, मलम र खाटाका मोर्चामा छु

 

म मोर्चामा छु प्रियतम

मलाई शुभकामनाहरु पठाउ

जडेर ताता चुम्बनहरु

म तिम्रो ओठमा राख्‍नेछु

अर्को वर्षसम्म गरम

स्थगित उत्सव नयाँ वर्षको

_________________________


 
Posted on 02-20-08 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepe ji, it is very nice poem. the theme of our both poem seems  similar.

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters