[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 69598 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
Posted on 08-13-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पढियो, झन्न्दै छुटेको पढ्न, अब केइ होला जस्तो छ, जुम जुम गुरुजी

 
Posted on 08-13-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला बैरे कती छोटो हो यो


अली लामो पो लेख्नु पर्छ नि


ल थपौ थपौ


 
Posted on 08-13-09 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Damnn, Hey Baire, thank you making the second edition of safal jindagi.. Hope it will be as interesting as the first edition. Despite of your busy schedule also you make some time to write second edition, hats off to you man. you are awesome.... lets start the journey...
 
Posted on 08-13-09 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बैरे ले झुक्यायो । एत्ती छोटो नि कथा हुन्छ, कथा त निन्द्रा लागुन्जेल पढ्न पुग्ने पो हुनु पर्छ त। सुरु भा छैन सक्की सक्यो, आधी सास पनि लागेन।
 
Posted on 08-14-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



<माया गरी मन
भित्र राखेको मान्छेले
त्यो मन लाई
दुखाउदा चित्त कस्को नदुख्ला
? >धरै नै
साचो कुरो गर्यौ
बैरे तिम्ले, तर
नि अलिक छोटो
भयो !!!



नि तिम्रो
सधैको,रेगुलर,हर्दम,जे भने
नि हुने एउता
पाठक हो, कोमेन्त
नगरि बस्नै
सकियेन, त्यहेी भयेर...अरु
नि छिटै राख
है बैरे!!!


 
Posted on 08-18-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<ल पढियो, झन्न्दै छुटेको पढ्न, अब केइ होला जस्तो छ, जुम जुम गुरुजी >>


ल प्रभु भाग २ त सुरु भयो अब भाग १ मा झै भाग्य दरो छ कि भनेर सोच्या , सुरुमा नै पारा तात्या छ हेरु के हुन्छ


serial
<<मुला बैरे कती छोटो हो यो
अली लामो पो लेख्नु पर्छ नि
ल थपौ थपौ >>


ल ल बौचा अर्को भाग अली लामो लेखुला


boulevard dreams
<<Damnn, Hey Baire, thank you making the second edition of safal jindagi.. Hope it will be as interesting as the first edition. Despite of your busy schedule also you make some time to write second edition, hats off to you man. you are awesome.... lets start the journey... >>
प्रभु दोस्रो राउन्ड मा साथ दिनु भएको मा मुरी मुरी धन्यवाद , तपाईं को आपेक्षा लाई पुरा गर्न सक्छु भन्ने आशा छ


pacific salmon
<<लौ बैरे ले झुक्यायो । एत्ती छोटो नि कथा हुन्छ, कथा त निन्द्रा लागुन्जेल पढ्न पुग्ने पो हुनु पर्छ त। सुरु भा छैन सक्की सक्यो, आधी सास पनि लागेन। >>


प्रभु काम को पेलान ले गर्दा छोटो भयो रिसानी माफ , अर्को भाग अली लामो हुने छ


saanu_fren
<<म नि तिम्रो सधैको,रेगुलर,हर्दम,जे भने नि हुने एउता पाठक हो, कोमेन्त नगरि त बस्नै सकियेन, त्यहेी भयेर...अरु नि छिटै राख है बैरे!!!>>



तपाईले आफ्नो शब्द कोष मेरो कथा मा पोकिदिनु भएको मा म आभारी छु ।


 
Posted on 08-18-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु म त कथा आयो भनेर हेर्या त, आउँदै छ नि है? रीफ्रेस गर्या गर्याइ छु, आइपुग्या छैन
 
Posted on 08-18-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खें खें खें खें खें खें मलाई थाहा थियो, पुरे जङ्गेर आउछ भनेर , आउँदै छ गुरु , क्रमश : गर्ने ठाउँ खोज्दै छु
 
Posted on 08-18-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अली लाSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSमै जाओस है पाट!
 
Posted on 08-18-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


समय ले आफ्नो काचुली फेर्दै गयो । गर्मी महिना चडचढी पोल्ने मौसम लाई उत्तर दिशाको सितल हावा ले ढाकदै गयो , जब ति दुई को मिलन भयो डेन्भर मा बसन्त को जन्म भयो । शायद बस्न्त को आगमनन् गर्न होश वा मेरो प्रियसीको, बोट बिरुवा ले पनि नयाँ पौदा हरु फुलाएर रङ्गी बिरङ्गी भई सजिन थाल्यो । बाटो घाटो मा मान्छे , बच्चा देखी ब्रिध सब को चहल पहल बढ्न थाल्यो । सितल हावामा नयाँ पौधा र बाटोका छेउका रेस्तुरन्त र ठेला गाडा मा खाना किन बेच गर्ने हरु को खाना को बास्ना मिसिदा सुन मा सुगन्ध थपे झै भएको थियो ।


उु आउने दिन पनि आयो । उसलाई लिन म काम बाट छिट्टै निस्किए , म न्यू योर्क गएको भए उसले शुक्रबार छुट्टी लिन्छु भनेकी थीइ , अब उु यहाँ आउँदा आफु ले पनि सोहि गर्नु पर्ने भएको ले शुक्रबार को छुट्टी मागी सकेको थिए । एअरपोर्ट सम्म जादा , मौसम देख्दा रफी को गीत याद आयो - " बहारो फूल बर्षावो ....... " गीत सँगै मैले नयाँ षड्यन्त्र पनि कोर्दै थिए । उसलाई आफ्नो चक्रबिउ मा फसाउन सकी भने, उु न्यू योर्क छोडेर डेन्भर सर्ने निस्चित थियो ।  


एअरपोर्ट को प्रतिक्षा कक्ष मा उसको प्रतिक्षा गर्दै थिए । उ आइपुगी , दिमाग एक्कासी बर्ष दिन अघी को याद मा भुल्न गयो । त्यो केल्विन क्लैन को बास्ना अझै पनि त्यस्तै छ । उु मुस्कुराउदै मेरो समक्ष आइ , एअरपोर्ट आउनु अघी , पसल छिरी केही रङ्गी चङ्गी गुलाबको बुके किनेको थिए त्यही पसारी , हात खोलेर आफ्नो अङ्गालो मा  उस्लाई आमन्त्रण गरे । उसले मेरो आमन्त्रण स्विकार गरी आएर मेरो अङ्गालो मा बाधीई ।


हुन त मैले एक तिर दो सिकार गरेको थिए , बिचरा उसलाई मेरो कपटी मन को बारे के थाहा । उु कल्युग अभिमन्यु थियो, मेरो चक्रबिउ बनेको देख्ने बित्तिकै भागने सुर उसको थियो । तर मेरो कपटी सकुनी मनले गुलाब र अङ्गालो सँगै चक्रबिउकोद्वार खोलेर उसलाई फसाइ सकेको उसले थाहा पनि पाएन । अब मैले खुखार खेलाडी झै नाप तौल सित खेल खेल्नु पर्ने थियो । आफ्नो चक्रबिउ को द्वार  उसले देख्न नपाउने गरी बलुउटेमा भसाउदै लानु पर्ने थियो ।


हामी त्यहाँ बाट निस्की मेरो डेरा तिर लाग्यौ , बाटो मा उही त्यो दिन को रिपोर्ट एक अर्का लाई बुझाईयो । मैले डेरा जाने सिधा बाटो पनि बदलीदिए, हाईवे बाट नलगी उसलाई भित्री बाटो बाट लगे , बाटा मा मानिस हरु चहल पहल थियो , घर हरु का बगैचा हरु रङ्गी बिरङ्गी फूल हरु ले सजिएको थियो । आँखा अगाडि हरियो डाँडा काडा हरु मा कही राता, कही पहेला र कही अनेक रङ्ग हरु मिसिएको थियो । "Fall in Denver",  डेन्भर विवाह मा सजेकी दुलही झै सजिएको थियो । त्यो रमणिय बातावरण मन नपर्न त मुटु बिना को मान्छे हुनु पर्छ ।


म - " कस्तो लाग्यो त डेन्भर "


उु - "so far, so good, मलाई थाहा छ तिमीले के गर्न खोज्दै छौ , म तिम्रो जाल मा फस्ने वाला छैन " ... म तिर हेर्दै उु मुस्कुराइ रहेकी थिई


म - "मैले केही गर्या छैन , अब म बस्ने ठाउँ , नै यती रमाइलो छ भने, त्यस मा मेरो के दोष ? "


उु - "मैले तिमीलाई राम्ररी चिनेको छु , Either way you are coming to New York "


मन मनै - Ohh I wish you really knew me झै लाग्यो , फेरी डाइलग दिए - " It doesn't matter where one is , what matters is who one is with ....."


तरुनी दङ्ग !!!!!


केही क्षण मै हामी मेरो डेरा तिर नि पुग्यौ । भित्र पस्दा उसको होष हरायो, कोठा मिलेको थियो । न्यू योर्क मा उसको कोठा मुसो को दुलो जत्रो थियो भने , यहाँ लिभिङ , डाइनिङ , र सुत्ने कोठा छुट्टै थियो , तर त्यो कुरा ले भन्दा मेरो कोठा चटक्क मिलेको देखेर होला उसको होष हराको । लिभिङ रूम बाट बाल्कोनी जाने ढोका खुल्लै थियो, क्षितिज मा रहेको डाँडा हरु,  मेरो कोठा र आफु बिच पर्ने शहर का घर हरु लाई पन्छौदै चिहाउदै थियो । ठीक समयमा ठीक ठाउँ मा हुनु पर्छ भन्थे , कोठा भित्र छिर्ने समय र हावा को बेग बाल्कोनी बाट छिर्ने साहित मिलेको रहेछ , ठ्याक्क हिन्दी फिल्म मा झै पर्दा हरु पनि हल्लिन थाले ।


उु - " Am I Dreaming ? तिम्रो कोठा यस्तो राम्रो त्यो माथि नि यस्तो मिलेको , पक्कै मलाई फकाउन " समान भित्र राख्दै


- " होइन अली अली सफा मात्रै गरेको हुँ , अब एक्लो ज्यान कती नै फोहर हुन्छ र "


उु - " हो , भेगस मा देख्या थिए तिमी कती सफा थियौ भनेर "


- " समय सँगै मान्छेको पनि परिवर्तन हुन्छ "


उु - " ल ल पत्ताए , धेरै डाइलग नहान , बरु म फ्रेश हुन्छु , तिमी पनि चेन्ज गर, एक छिन थकाइ मारु अनी बेलुका को लागि तयारी गरुला हुन्न ? "


हुन्छ भन्दै , म कोठा तिर लागे , उु चाँही सुटकेस खोल्न लागि ।  म चेन्ज गरेर बाहिर कोठा मा निस्किदा उु बाथरूम मै थीइ , उसको समान फेरी कोठा तिर लगेर राखी दिए । मरी मरी कोठा सफा गर्या यती चाडो भताभुङ्ग हुन त दिनु भएन , ३-४ दिन त हो नि सफा राख्नु पर्ने त्यस पछी त आँफै राजा आँफै प्रजा बालै छैन ।


म किचन तिर गएर जुस , फल्फूल र केही कूकिज हरु तयार पार्न गए । बाल्कोनी मा सधैं चुरोट निभाउने खरानी दानी मात्रै हुन्थ्यो , तर उसले डेन्भर आउछु भने सि , गराज सले मा २ वोटा कुर्शी र एउटा सानो टेबुल पनि किनेर ल्याए । खाना त्यही राखी कुरे , उु बाथरूम बाट निस्की, मस्किदै - " इन्तेरेस्तिङ " भनेर छेउ मा बसी ।


- "एक छिन बस्दै गर है , म पनि हात मुख धोएर आउछु " भनी उठे , बाथरूम तिर लाग्द मनले -" कत्ती न सधैं धोएको झै " भन्यो मन ले बोलेको नि सुन्ला कि भनेर बाथरूम भित्र छिरी हाले । आफ्नै बाथरूम पराया झै लाग्यो । चुरोट को गन्ध , ऐना मा पानी को छिटा हुने बाथरूम आज बास्ना सुगन्धित थियो ,  सिशा मा पनि चमक थियो , रुमाल झुण्डाउने ठाउँमा , एउटा बाथ टोवेल , एउटा फेस टोवेल र अर्को ह्यान्ड टोवेल मिलेर राखीएको थियो , म्याट र मत्चिङ शावर कर्टेन थियो ।  बाथरूम सँग पनि गफ गरियो - " $१०० खर्च गर्या छु तरुनी लाई फसाउन सकेन भने सब रिफन्ड गरिदिन्छु " भनेर थर्काए ।


मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर ।  उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ ।


क्रमश :


 
Posted on 08-18-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय हो प्रभो, वाह आनन्द आयो पढेर, मन नै फुरुङ्ग भो, खास याँ त जाडो भेर बसी नसक्नु भा छ, बाहिर क्या मस्त घाम लाग्या छ तर कुइर्या सन्तानहरुले ए.सि. चिसो पारेर बसी नसक्नु भा छ। तर कथा पढेर क्या उथल्-पुथल भो, खै काँ काँ।

तर मलाई लाग्या मात्र हो कि कथा अली छोटै भएन र?

 
Posted on 08-18-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खतरा गयो ल बैरे को मर्डन कथा !


रमाइलो छ सफल जिन्दगी भाग दुई पनि !


मेरो भनाइ चाँही छोटै भये नि धेरै ग्याप नगरम बिचमा ! चाडो चाडो अर्को भाग पनि राखम !




 
Posted on 08-18-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बैरे ले चाल त क्या मजाले बिछाएछ


फसाउछ जस्तो छ केटा ले


रमाइलो भो पढेर बैरे


 
Posted on 08-18-09 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau Baire... The second episode of second part is also done now and so far its interesting and i am not disappointed.... But i dont know why i have a feeling in my mind that something bad is going to happen between the relationship of this couple... Lets see how it goes but nice job and keep it up.... Eagerly waiting for 3 episode..


bd...


 
Posted on 08-19-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे - तपाईं को सफल जिन्दगी भाग-२ साह्रै राम्रो छ। Silent Reader भएर पढिराखेकी छु।
म पनि अर्को भागको प्रतिक्षामा छु है!

~सुफल


 
Posted on 08-20-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Baire for second part. Its really nice. Your writing skill is really good. I love the flow and the way you describe stuffs on the story. Like "boulevard dreams" I don't know why I am thinking the same way that something bad will happen to your relationship too. See, I personally had similar situation too. We broke up couple of times and reunited. When we were on phone we had some many similarities but when we met and there comes the differences. And I have seen couple of examples that who breaks up on first time there is very less chance of being together even they reunite later time in life. I think some kind of barrier comes in between.

On the other hand I have also seen people having better life even after the break up and uniting after 5 yrs later.I have seen a guys who broke up in '97 and his gf dated with at least 4-5 dudes and finally get back to the same guy after 5 yrs now they are happily married with 2 kids. You never know how life will treat you.

I love your writing. Whenever I get a chance, I just read it. Love your presentation. Keep up the good work. Its simply great.

Good Luck !!!

















 
Posted on 08-20-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Baire for second part. Its really nice. Your writing skill is really good. I love the flow and the way you describe stuffs on the story. Like "boulevard dreams" I don't know why I am thinking the same way that something bad will happen to your relationship too. See, I personally had similar situation too. We broke up couple of times and reunited. When we were on phone we had some many similarities but when we met and there comes the differences. And I have seen couple of examples that who breaks up on first time there is very less chance of being together even they reunite later time in life. I think some kind of barrier comes in between.

On the other hand I have also seen people having better life even after the break up and uniting after 5 yrs later.I have seen a guys who broke up in '97 and his gf dated with at least 4-5 dudes and finally get back to the same guy after 5 yrs now they are happily married with 2 kids. You never know how life will treat you.

I love your writing. Whenever I get a chance, I just read it. Love your presentation. Keep up the good work. Its simply great.

Good Luck !!!

















 
Posted on 08-20-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After much anticipated second part of "safal jindagi 2" is out tara यो के जी टि.भी को जस्तो character  हो बैरेको ??? outside good and inside छुचो??? How can a normal person be soooooooo good outside, doing right thing, saying right thing and at the same time have a kapati thinking...  
 
Posted on 08-20-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नितिसा जी, बैरे मान्छे नै तेस्तै रे। बाहिर त देखा मात्र हो, कम्ता कुतिल दिमाग छैन।
 



PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters