[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 त्यही हो!

[Please view other pages to see the rest of the postings. Total posts: 79]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 35908 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-08-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou


भाग-१


"सोचाइका क्रमहरु सकिए जस्तो, यात्राको अन्तिम बिन्दुमा पुगिएजस्तो, कतै केहि बाकी नरहे जस्तो, यस्तै हुन्छ मलाइ आजकाल। केही कुराको अर्थ भेट्टाउदिन म, कहिँ पनि कारण पाँउदिन म। जीबन वाक्कै लाग्दो रुटिन भएको छ। हरेक कुरा निरस छन्, हरेक क्षण उदास पनि। म भित्र भित्रै थाकेकी छु, आफैभित्र उब्जिने प्रश्नहरुसङ  भाग्न थालेकी छु। यो जिबन के हो? म को हुँ? यी आबश्यक्ताहरु के हुन्? मलाइ यस्तै कुराहरुले हरदम पिरोलीरहन्छन्। मलाइ लाग्छ म कुनै दिन यस्तै लहडमा आत्महत्या गर्छु। मेरो लागी जिबन अस्तित्वबिहीन छ। भ्रमको भुँवरीमा रुमल्लिने सपनाका कुराहरु जस्तो। साँच्चै, म आजभोली डराउन थालेकी छु।"


"डर ?? के को डर? फेरि पागल पागल कुरा नगर त। हे भगवान! कुन पागल फिलिमको असर हो यो?" फोनमा मेरो कुरा सुनिरहेकी मीली उता हाँस्छे। म छक्क पर्छु। के मीली पनि मेरो कुरालाइ गम्भिरता पुर्बक लिन्न। म फेरि सोच्न थाल्छु, कोही मेरो कुरालाइ किन बुझ्दैनन्?


"एक पेग "मार्गरिटा अन द रक", पिउनु पर्छ जिबन सुन्दर देखिन्छ थाल्छ, साथी! ल, भरै ७ बजे आउ त्यही रेस्टुरेन्टमा, आजको ड्रिन्क्स् मेरो तर्फबाट।" भन्दै मीलीले फोन राख्दी।


मलाइ बाहिर जाने मन छैन, म कोठाभित्र एक कुनाबाट अर्को कुना गरी हिँडि रहन्छु। छटपटि जस्तो भैरहन्छ, मेरो प्यारो लेखकको नयाँ उपन्यास किनेकी छु, तर यो पढ्नै मन छैन। यसपाली लेखकले लेख्ने शैली परिबर्तन गरेको छ। उपन्यासमा एकपछि अर्को हत्या हुँदैछ, शायाद ३-४ भन्दा बढी मान्छे मरीसके, तर हत्यारा अझै मस्त हिँडीरहेको छ, बिना कुनै पस्चाताप। मलाइ उदेक लाग्छ, म  आधी पढेर उपन्यास राखिदिन्छु। हो, मलाइ केही गर्न मन छैन।

 

एकछिन झ्याल बाहिर हेर्छु, पानी उदेकलाग्दो गरी दर्की रहेछ। यो झरीको मौसम हैन तर पनि केहि दिनदेखी लगातार बर्षीरहेछ। मौसमले पनि मुडमा असर गर्छ। कतै मलाइ यही मौसमले त डिप्रेस गरेको छैन? झ्यालबाहिर सडक सफा छ, पानीले फोहोरहरु सबै बगाएको छ, सडक सुनसान छ। मानौँ, सडकमा हिँड्ने मानिसहरु गायब भएका छन्। लाग्छ, उनिहरुलाइ अरु कुनै ग्रहका प्राणीहरुले अपहरण गरेर लगेका छन्।


फोनको घन्टी बज्छ, मलाइ उठाउन मन लाग्दैन। मिली हुन सक्छे, अथवा अरु कोही। जो भए पनि के मतलब? कोहि मेरो कुरा बुझ्न तयार छैनन्। म मात्र किन उनिहरुको कुरा सुनु? म त्यतिकै झ्याल बाहिर हेरि रहन्छु, बल्ल एउटा मोटर देखिन्छ सडकमा, त्यसपछि केही अरु मोटरहरु देखिन थाल्छन्। फोनको घन्टी बजि नैं रहन्छ। म उठाँउदिन।


अल्छि लाग्छ, दराजको लुगाहरु मिलाउनु पर्नी। एसो हेर्छु छ्यालब्याल छन्, ह्या जति मिलाए त्यस्तै हो। झर्को लाग्छ। हैन, म मिलाउछु भरै सम्म। कोठा सफा राखे मन पनि आनन्द हुन्छ। यति जाबो कोठा मिलाए पनि नमिलाए पनि मेरै हो। यी भित्ताहरु मेरो दुखसुखका साक्षी बनेका छन्। जब संसारदेखि लुकेर म रुन्छु, यिनीहरु चुपचाप हेरिरहन्छन्, अरुलाइ भन्न सक्दैनन् न त सहानुभुतिको लागि केहि शब्द नैं सुनाउछन्। यिनीहरुले मेरो मनलाइ देखेका छन्, शायद बुझेका पनि होलान्।


"ढक" "ढक"  आबाज सुन्छु, त्यो अर्कै कोठामा होला। मलाइ ढोका खोलेर हेर्न मन छैन। "ढ्याङ, ढ्याङ" ढोकै फोर्ला जस्तो आवाज आएपछि खोलेर हेर्छु। मीली उभिएकी छे, उ मलाइ अङाल्छे, मेरो आँखा त्यतिकै रसाउछन्।


"ल, जाउ अब।" मीली ढोकाबाटै भन्छे।


"कहाँ?" मलाइ फेरि अल्छि लाग्छ।


"कहाँ रे? अघि फोनमा मैले के भनेको थिए?" उ रिसाउदै भित्र पस्छे।


"जान्न म कतै।" मलाइ झर्को लाग्छ।


"खुरुक्क हिँड्ने।" उ मेरो नजिकै उभिएर मलाइ आदेश दिन्छे। यहा मेरो साथी भने पनि परिवार भने पनि उही एकजना साथी हो। साथीहरु अरु पनि छन्, तर उ सङ जस्तो मेरो मनको कुरा अरुसङ हुँदैन। म अगाडी मेचमा फ्यालेको निलो जिन्स समात्छु र एउटा कुनामा जान्छु। उ मेरो पछि पछि आँउछे, जिन्स थुतेर लान्छे।


"के भयो?" मलाइ अचम्म लाग्छ।


"यो  खुइलिएको जिन्स मात्रै तिम्रो लुगा? जहिले यही थोत्रो पाइट लगाँउछे। अर्को लगाउने आज। जस्तो लुगा लगायो त्यस्तै हुन्छ मन।" मीली दराज खोलेर हेर्छे, कालो जिन्स झिक्छे।


"लगाउने म, तिम्रो च्वाइस?" मलाइ पनि रिस उठ्छ। म फेरि निलो जिन्स लगाउन थाल्छु, मीली एकछिनसम्म मलाइ हेर्छे अनि टि वि खोल्छे।


हामी ७ बजे अघि नैँ हाम्रो नियमित रेस्टुरेन्टमा पुग्छौ। यो नयाँ हो र त्यति मानिसहरु आँउदैनन्, हामीहरु बस्ने एउटा कौसी छ, जहाँबाट हामी अगाडीको हरियो बङैचा देख्छौ। बङैचाका रुखहरुमा झिलिमिलि बत्ति बालिएको छ। शायद नयाँ भएर होला रेस्टुरेन्ट धेरै सफा छ र शान्त पनि। भित्र पस्नासाथ ढोकैमा स्वागत गर्न बसेको छ एउटा युबक। उ हसिंलो छ र सुन्दर पनि। म भन्दा पनि मीलीसङ त्यो धेरै कुरा गर्छ। तर हामीलाइ थाहा छ उ खराब नियतको छैन। किनभने उ अर्कै समुहको जस्तो देखिन्छ। उसको साथीहरु केटै मात्र छन्, त्यो रेस्टुरेन्टमा सबै त्यस्तै छन्। हामीलाइ ढुक्क छ, कतैबाट टेन्सन छैन।


हाम्रो ठाँउमा कोहि बसेका छैनन्। मीली र बस्न नपाउदै "कोटुन" मेनु लिएर आँउछ। हामीलाइ अभिवादन गर्छ। हामीलाइ अर्डर सोध्छ। मीली उसको हालखबर सोध्छे। उ सन्चो छैन। उसलाइ सधै टाउको दुखेको हुन्छ, त्यो दुखाइ बिस्तारै गर्दन हुँदै हाततिर सर्छ। डाक्टरले उसको रोग पत्ता लगाउन सकेको छैन। मीली कुनै दिन २ वटा जिनटोनिक पछि ख्यालख्यालमा मलाइ देखाउदै भन्छे "डाक्टरले निको पार्न नसक्ने रोग उसैले निको पार्न सक्छे।" भनेर मलाइ देखाँउछे। त्यसदिनदेखि मैले कोटुनको मानसिक उपचार गर्नु परेको छ। कोटुन मलाइ देख्नासाथ खुशी हुन्छ। सधै झैँ आज पनि मैले उसको ब्यथा सुनिदिनु पर्छ।


"अहिले कस्तो छ कोटुन?" म आफुभित्रको निराशालाइ छोप्दै सोध्छु।


"अलि फरक छ।" कोटुनको अनुहारमा दुखाइको संकुचन उस्तै छ।


"अलि कम भयो?" मलाइ सकेसम्म छिटो सकाउन मन लाग्छ उ सङको कुरा।


"हैन के, पहिला भन्दा दुखाइ फरक भएको छ।" कोटुन टाउको कनाउदै भन्छ।


"कस्तो फरक?" मीली सोध्छे।


"पहिला टाउको हुँदै यसरी पाखुरा, कुहिना हुँदै हातको औंलाहरु झमझम पोल्थ्यो अहिले चाहिँ हातहरुबाट पेटतिर सरेको छ दुखाइ। पेटभित्र भित्रैबाट कसैले टोक्या जस्तो।" कोटुनको अनुहारमा अरु मुजा पर्छन्।


"लौ न, झन बढेछ कोटुनको दुखाइ। अब क्रेजीले तुरुन्तै औषधी दिनु पर्‍यो।" मीली कोटुनले नदेखिने गरी मलाइ दाँया आँखा झिम्काउछे।


"कोटुन! मलाइ लाग्छ तिमी राम्रो डाक्टरका जानु पर्छ। मलाइ त्यस बिषयमा त्यति ज्ञान छैन। साँच्चै भनेको म आफै डाक्टरका जाने बेला भएको छ। तिमी पनि जाउ।" मैले कोटुनको आँखामा म प्रतिको आशालाइ बेवास्ता गर्दै भने।


"हैन, मिस क्रेजी! मलाइ त तपाइले अस्ती सिकाउनु भएको कुराले केहि दिन आराम भएको थियो। मलाइ बिस्वाश छ तपाइले मेरो रोग निको पार्न सक्नु हुन्छ।" उसको बिस्वास देखेर मलाइ अचम्म लाग्यो। यो सबै ककटेल र मीलीको बदमाशी हो। मैले मीलीलाइ आँखा तरें।


"कोटुन! तिम्रो डाक्टर आज बिरामी हुनुहुन्छ।" उसले छड्के छड्के गर्दै मतिर इशारा गर्दै भनी। "त्यसैले डाक्टरको औषधी ल्याउनु पर्‍यो, जब उसलाइ औषधीले छुन्छ, त्यसपछी मात्र तिम्रो उपचार हुन सक्छ। हैन त?" भन्दै फेरी मलाइ जिस्काइ।


"सरी।" भन्दै कोटुन अर्डर नली फर्किन थाल्यो।


"म आज ककटेल पिउदिन, मलाइ खर्बुजाको जुस ल्याउदेउ।" मैले कोटुनलाइ भने।


कोटुन एकछिन रोकियो, अनि मीलीलाइ सोध्यो "तपाइलाइ नि मिस मीली?"


"मलाइ सधैं झैं जिनटोनिक ल्याउ। आज मैले तिमीहरु दुबैको उपचार गर्नु पर्छ जस्तो लाग्छ।" भन्दै हाँसी। कोटुन हाँस्दै गयो।


"बिचरा त्यो सोझो केटोलाइ उल्लु बनाउनु भयेन नि, मीली। उसको समस्या मानसिक जस्तो देखिन्छ। बेकारमा मलाइ डाक्टर बनाएर उसको पीडाको जोक बनाउने  है तिमी?" मैले मीलीलाइ सोझै भने, रिसाए नि रिसाओस भनेर।


"डाक्टरको समस्या पनि मानसिक त हो नि हैन र? अनि मानसिक डाक्टर र मानसिक रोगी भएपछि रोगको उपचार त सजिलै हुन्छ नि।" उसले उल्टो म प्रति ब्यंग गरी।


म चुपचाप आकाशतिर हेर्दै बसें। कोटुनले एकैछिनमा ड्रिंक्स लिएर आयो, मीलीको जिन टोनिक राखि दियो। मैले खरबुजाको जुस देखिन।


"यो तपाइको औषधी।" भन्दै कोटुनले मार्गरिटा राखिदियो। म मार्गरिटा, कोटुन र मीलीलाइ पालैपालो हेरिरहे।


क्रमश:

Last edited: 08-Feb-10 11:55 AM
Last edited: 08-Feb-10 12:00 PM
Last edited: 21-Feb-10 05:22 AM

 
Posted on 02-08-10 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सदा झै उत्कृष्ट रचना !


सुन्दर र सरल लेखाइ !


 


 
Posted on 02-08-10 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! रिक्तता देखियो! शब्दमा हैन, कथामा!


गजब छ! छिटो अगाडि बढाऊ!


 
Posted on 02-08-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow..................... के भन्ने शब्दै आएन... .... दुइ चार वटा कुरा दिमागमा आयो साहिँली... तर कथा सकिएपछि भन्छु !!!
दोश्रो भागको प्रतिक्षामा.....

 
Posted on 02-08-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सदा झै निखारिएको लेखाइ। बिषय वस्तुमा भर्खर प्रबेश भाकोले कथाको बारेमा टिप्पणी गरी हाल्नु ठीक हुंदैन। छिटो अर्को भाग पढ्न पाए बेश हुन्थ्यो।

 
Posted on 02-08-10 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" यसपाली लेखकले लेख्ने शैली परिबर्तन गरेको छ"|  Agree with that.
 
Posted on 02-08-10 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरुवात त धेरै नै राम्रो छ । अर्को भागको प्रतिक्ष्यमा !!!!!!!!!
 
Posted on 02-08-10 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी पर्मात्मा ,

म 'नि सुन्दैछु।

अर्को भागको प्रतिक्षामा

 
Posted on 02-09-10 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी, खुसी लाग्यो अर्को कथा लिएर आउनुभएकोमा (धेरै दिन पछि)... भर्खर त शुरुवात भयो...(कथा कता जान्छ भनेर गेस गर्न पनि गारो).. जे भए पनि क्रेजीको कथा राम्रो हुन्छ. 
(फुच्चे ले जस्तो गर्ल्यामगुर्लुम लेखिदिनु न) 
छिनछिनमा साझा हेरिरहू जस्तो लाग्छ अब कथा नसकिदा सम्म 

 अर्को भागको प्रतिक्ष्यामा

guchcha chor!

 
Posted on 02-09-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद साथीहरु!


म फुर्सत मिलाएर सकेसम्म छिट्टै अर्को भाग लेख्ने कोशिशमा छु।


 
Posted on 02-09-10 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fursad milaayera bhanyaa ke - kuraa bujhi yena

1 part raakhera arko part naraakhera crazy le thulo paap gareko cha

lau jaa ta
 
Posted on 02-10-10 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्रेजी ज्यु,


तपाईंको कथाको टपिक् नै साह्रै फोर्स परेको छ -"त्यही हो" नौलो छ। अनी, राम्रो छ। कथाको बाँकी भागहरुको पर्खाइमा।


कालेदाइ 


 
Posted on 02-11-10 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou

भाग-२


"म आज अल्कोहोल पिँउदिन।" मैले स्पष्ट भने।


"आजै देखि छोड्ने कि? आज अल्कोहोल भोली मलाइ पनि छोड्न के बेर?" मीली अझै पनि बिस्वाश गरीरहेकी थिन मलाइ।


"हैन, छोड्ने कुरा कहाँबाट आयो? म त आज एकदिनको कुरा गरिरहेको छु। अल्कोहोलले छोडेपछि झन् डिप्रेस हुन्छु जस्तो लाग्छ। त्यसै पनि मन रित्तो रित्तो भएको छ।" मैले अलिकति बिस्त्रित बताए।


त्यसपछि बल्ल कोटुन खरबुजाको जुस लिन गयो। मीलीले जिनटोनिक "चियर्स" गरी मेरो पानीसङ। एउटा चुरोट सल्काइ, सोचमग्न भइ, अनि फेरि सोधी।


"साँच्चै के भइरहेको छ हँ?"


"खोइ? केहि भएको छैन। त्यतिकै दुख लाग्छ। जिबन खालि बाँच्नको लागि बाँचिएको जस्तो। केहि सार देख्दिन। केहि महत्व देख्दिन। झन यो पानीले त दिक्कै बनाउछ।" मैले टाढा टाढा हेर्दै भने।


मीलीले अर्को चुस्की लि, "हुँ--" गरी अनि फेरि भनी "जिबन बाँच्नकै लागि हो साथी। आफ्नो परिवार, देश र साथीहरुसङ टाढा आएर हामी जे गर्दैछौ त्यो पनि बाँच्नकै लागि हो। मर्नलाइ सजिलो छैन होला तर बाँच्नलाइ पनि कम गार्हो छैन।"


कहिलेकहिँ मीली सानो सानो कुरा पनि सामान्य तरीकाले भन्छे। तर उ त्यति गम्भिर जस्तो लाग्दैन मलाइ कहिले पनि।


"मर्नलाइ सजिलो छैन रे। फ्यानमा पासो लगाएर झुन्डियो भने एकै छिनमा सुँइकिन्छ। मुसा मार्ने दबाइ खायो भने पनि खत्तम भइन्छ। मर्नलाइ एक्दम सजिलो छ जस्तो लाग्छ मलाइ।" मैले सुनेको जति भने।


"कोशिश गर्ने कि?" मीलीले जिस्काइ।


"कहिलेकहि मलाइ कोठाको पंखामा झुन्डिउ जस्तो पनि लाग्छ।" मैले नि मीलीलाइ धम्काए।


"ए, फ्यान भन्दा गर्हुङो तौल भएपछि झुन्डिनु अघि नैं फ्यान भाँचिन्छ। के कुरा गरेकी?" उ हाँसी।


म चुप लागे। मीली हरेक कुरालाइ त्यसरी नैं लिन्छे। मलाइ उ सङ कुरा गर्नु बेकार लाग्छ।


"आजकाल कुन किताब पढ्दै छौ?" अचानक मीलीले सोध्छे।


"छैन, कुनै पनि" म एकछिन सम्झिन्छु र भन्छु "अस्ति एउटा पढ्दै थिँए, बोर लाग्यो र आधीमै रोकेँ।"


"घरमा फोन गर्दैछौ?" मीली कारणहरु खोतल्न चाहन्छे।


"छैन।" छोटो उत्तर दिन्छु।


"योगा गर्दैछौ?" मीली शायद मेरो अन्तर्बार्ता लिदँइछे।


"छैन।" कति बोल्नु पर्ने यो केटीलाइ मन मनमा भन्छु, तर मुखले केहि बोल्दिन।


पानी अरु बाक्लो पर्न थालेको छ। चिसो पनि बढ्दैछ। पानीको फोकाहरु गोलो गोलो गरी फुट्दैछन्, म जिबनलाइ त्यही फोका जस्तै फुटेको देख्छु। अन्धकार पनि बढेको छ। मीली चुप छे। उ चुरोट तान्दै लामो लामो स्वाससङै धुवाँ फ्याँक्दै छे। मलाइ त्यो चुरोटको धुवाँ नभएर मीलीको मुटु जलेर आएको धुवाँ जस्तो लाग्छ।


धुवाँ हेर्दै म पशुपतिको आर्यघाट सम्झिन पुग्छु, त्यस्तै बाक्लो बाक्लो धुवाँहरु एक आपसमा प्रतिस्पर्धा गर्दै उडिरहेका। जलिरहेका लाशहरु, जलाउने ठाउँ नपाएर कुरिरहेका निर्जिब मान्छेका शरीरहरु। क्रन्दन गरिरहेका महिलाहरु, रुन नसकेका तर आँसु लुकाउन नसकेका पुरुषहरु, कहिले नफर्किने गरी गएका अभिभाबकलाइ बिदा भन्न नसकेका बालकहरु। बागमतीको दुर्गन्ध र त्यही सेलाउन राखिएका अहिले बोलुला झैं गर्ने पार्थिब शरीरहरु। मेरो टाउको भारी हुन्छ, म मीलीलाइ हेर्न खोज्छु तर उ र म बिच धुवाँले छेकेको छ। सास फेर्न गार्हो हुन्छ। म मीलीलाइ बोलाउछु, उ बोल्दिन। म जुरुक्क उठ्छु र चारैतिर हेर्छु। मीली गायब छे, हामी बसेको ठाउँ परिबर्तन हुँदैछ। मेच र कुर्सीहरुको ठाँउमा बाक्लो घाँस उम्रिरहेका छन्। हामी पसेको रेस्टुराँ कालो डरलाग्दो जङल भैरहेको छ। कोटुन फर्केर आएन। वरिपरि ठुलो ठुलो रुखहरु देखिन्छन्। कहिँ कतै मान्छे देखिदैंन। धुवाँले गर्दा म निस्सासिरहेकी छु। मलाइ मेरो बाटो थाहा छैन। म हिँड्न खोज्छु, सक्दिन। घिस्रिएर अलि पर पुग्छु, अझै मीली देख्दिन न त कोटुन नैँ आँउछ। म अझै चार हातखुट्टा घिसारेर बामे सर्दैछु। मेरो पछि पछि कोहि "सरक, सरक" हिंड्दै मलाइ पछ्याउदै आँउदैछ। म अलि छिटो छिटो घिस्रिदैंछु। मुटु जोडजोडले धडकिदैं छ। मलाइ पछ्याउने "पदचाप" नजिकै आँउदैछ, शायद त्यो पिशाच होला वा भयंकर डरलाग्दो एउटा आँखा भएको राक्षस। त्यसले मलाइ उचालेर पछार्ला, हुन सक्छ मेरो घाँटि निचोरेर मार्ला, मेरो रगत पिउला। ममा अरु घस्रिने तागत छैन, बाटोहरु कतै छैन। अब म यही जंगलमा मर्ने भए। कसैले मेरो लाश पनि नभेटाउने भए। केहि नलागेपछि म जोडले चिच्याँउछु "आsssssssssssमा।"


मेरो मुटु अझै पनि बेसरी धड्किदैँ छ, सास छिटो छिटो बढिरहेको छ। सिरकभित्र मेरो शरीर खुम्चिएको छ, मेरो एउटा हातलाइ आफ्नै शरीरले थिचेको छ। मेरो कानमा आफ्नै केशहरु चलेको आवाज सुनिएको छ। म झ्यालबाहिर हेर्छु, झलमल्ल घाम लागेको छ। घाँटि मुख सुकेर प्याक प्याक भएको छ। म पानी पिउन जान्छु। दिँउसै कस्तो डरलाग्दो सपना देखियो। एकछिन सोच्छु। मीलीलाइ धेरैपछि सपनामा देखेको, कतै इ-मेल पठाइकी भनेर चेक गर्छु। इन्बक्समा नयाँ मेल छैन। मैले मीलीलाइ चाइना छोडेपछि ४-५ वटा मेल लेखिसके, तर उसले मलाइ अझै लेखेकी छैन। कतै मीली यो संसारबाट बिदा त भइ सकिन? त्यस्तो त नहुनु पर्ने। म फेरि सोच्न थाल्छु।


क्रमश:

Last edited: 11-Feb-10 11:34 AM
Last edited: 21-Feb-10 05:23 AM

 
Posted on 02-11-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक सासले पढें । श्वास बढ्यो । धडकन तेज भयो ।
वाह् वाह परमात्मा, सजिब चित्रण । मनोभावको आकर्षक उदबोधन ।

 
Posted on 02-11-10 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "जिबन बाँच्नकै लागि हो साथी। आफ्नो परिवार, देश र साथीहरुसङ टाढा आएर हामी जे गर्दैछौ त्यो पनि बाँच्नकै लागि हो। मर्नलाइ सजिलो छैन होला तर बाँच्नलाइ पनि कम गार्हो छैन।"
Well said, CL.
Waiting...

Guchcha chor.

 
Posted on 02-12-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Rahul dai and guchchachor jyu!



 
Posted on 02-15-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow....from physical to abstract.......................I m enjoyin ............and waiting n waiting...
तिम्रो शब्दमै दिने हो भने:
म कथा कुर्छु ,कुरिरहन्छु !! मलाई प्रतिक्षा जीवन लाग्छ सबै भन्छन् जीवन छोटो हुन्छ तर अचम्म मेरो प्रतिक्षा लामो हुँदैछ । के मेरो जीवन भन्दा पनि मेरो प्रतिक्षा लामो छ ???
WAITING WAITING STILL WAITING !!!!

 
Posted on 02-15-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchche, well said...
कथा लेख्दै छू भनेर बिर्सेजस्तो छ CL ले
हामी कुरिराको छौं है


guchcha chor.



 
Posted on 02-16-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou

भाग-३,


लेख्नु पर्ने कुरा थुप्रै छ, लेख्ने भनेरै बस्छु घरि टाउको दुख्छ, घरि एलेर्जीले सताँउछ। लेखेर नि के नै हुन्छ र जस्तो लाग्छ, तर साथीभाइहरु मिठो मिठो कमेन्ट लेखिदिनु हुन्छ फेरि लेख्न मन लाग्छ। फुच्चे भन्छ के उसको प्रतिक्षा जिबन भन्दा लामो छ? कति छिट्टै उसले तिन अक्षरको प्रतिक्षा र तिन अक्षरको जिबनलाइ एकैनासले दाँज्छ। हो नि प्रतिक्षा नैं जिबन हो, तर खोइ त के को प्रतिक्षा हो यो? म आफै सोध्न थाल्छु। गुच्चाचोर ज्युले मैले कथा नैं लेख्न बिर्सेकी भन्दा मलाइ लाग्यो, मलाइ सम्झाउने साथीहरु पनि हुनुहुँदो रहेछ अथवा भनौँ मेरो कथालाइ सम्झिने शुभेच्छुकहरु पनि हुनु हुँदो रहेछ साझामा।


मीलीलाइ एउटा समस्या थियो। उ आफै निदाउन सक्दिन थी। पहिले पहिले उसले त्यस्तो केही भनिन, तर एक्दिन मैले उस्को सेतो सलक्क परेको हातमा केहि दागहरु देखेँ। उस्को नाडीमा धेरै चोटि ब्लेडले काटेको जस्तो दागहरु थियो। मलाइ प्रत्यक्ष सोध्न डर लाग्यो, तर मैले त्यस्तो दागहरु धेरै चोटि पहिले नि देखेको थिए। मलाइ अनुमान गर्न गार्हो थिएन। उसले आफै भनी बिरालोले कोतरेको भनेर, मैले शायद घरि घरि त्यही दागमा हेरेकोले होला। मलाइ बिरालोले कसरी कोतर्छ थाहा छैन, तर ब्लेड्ले चिराचिरा पर्दा ठ्याक्कै त्यस्तै दाग हुन्छ चाहि थाहा छ। मेरो कामको सिलसिलामा मैले त्यस्तो दागभित्र लुकेको धेरै पिडाहरु सुनेको छु। हामी सभ्य हुने प्रयासमा कसैलाइ केहि पनि असर नपुगोस् भनेर सोच्छौं। त्यसैले मैले पनि मीलीलाइ अरु केहि सोधिन। एकदिन उसले निद्राको औषधीहरु छोडेको जानकारी दी। मैले राम्रै गरेछौ भने। तर उस्लाइ निदाउन झन समस्या परेको रहेछ। त्यसपछि हाम्रो भेट भयेन। म बिदा हुँदा उ बिरामी थी। मैले फोनमा म अब जाँदैछु भन्दा उ फर्केर आयेपछि भेटुँला भन्दै थी। उसले फिल्ड ट्रिप सोचिछ, मैले अर्कै देशमा सरुवा भएर जाँदैछु भन्दा बल्ल उसले क्षमा मागी। अन्तिम समयमा राम्ररी भेट्न नपाउदा मलाइ नि दुख लाग्यो।


कोटुन केटा भएर जन्मियो, तर उसले जहिले पनि आफुलाइ केटिको रुपमा पायो। उस्लाइ केटीको जस्तै लुगा लाउन मन लाग्थ्यो, केटी जस्तै हाँस्न मन लाग्थ्यो, पाँइट हैन, जामा लाउन मन लाग्थ्यो। कति चोटि लुकि लुकि उसले आमाको लिप्स्टिक गाजल लगाँउथ्यो। स्कुलमा पनि केटिहरुको बाथरुम जान मन लाग्थ्यो। बिस्तारै ठुलो हुँदै जाँदा उसलाइ चिन्ता हुन्थ्यो। उ किन अरु केटा जस्तो छैन? केटाको शरिरमा केटी हुन मन लाग्ने कुराले कोटुन आफै चकित थियो। उसलाइ आफ्नो शरिर नैं परिबर्तन गर्ने चाहना भयो। त्यसैले उ एक दिन कसैलाइ नभनी शहर आयो र काम गर्न थाल्यो। उसलाइ शल्यक्रियाले शरीर परिबर्तन गर्ने रहर छ। उसको सपना छ, पैसा जम्मा गर्ने र बैँकक गएर अपरेशन गर्ने। तर उसको तलब राम्रो छैन। महङो अपरेशनको लागि उ पैसा जम्मा गर्न सक्दैन। उसको शरीर नै उसको आफ्नो हैन। यी सबै कुराले उसलाइ सधैं टाउको दुख्छ। उ सधैं बिरामी हुन्छ, मनको दुखाइ शरीरमा भोगीरहन्छ।


कोटुनको जस्तै सबैको आ-आफ्नो प्यारो दुखाइ हुन्छ, जुन मनबाट शुरु हुन्छ र बिस्तारै शारिरिक पीडामा परिणत हुन्छ। मेरो मन दुखेको छैन, तर मलाइ जाडोभरी रुघा लाग्छ। केहि हप्ताअघि देखि औषधी शुरु गरेको छु। गुगल गरेर हेर्दा यो औषधीको साइड इफेक्ट धेरै छैन। तर ३-४ वटा आत्महत्या देखिएको छ। अब मलाइ मानसिक रुपमा असर पर्न थालेको छ। मेरो यो बैरागी अनुभव कतै औषधीको कारण त हैन? यो नाथे मन पनि के के सोच्छ। लाखौँ, करौडौँ बिरामीहरुमा चार जनाले आत्महत्या गर्छन भने त्यसमा मैले चिन्ता गर्नु पर्ने कुरा के छ र? यो आर्थिक मन्दिमा हरेक दिन कति मानिसहरु आत्महत्याको प्रयास गर्छन्। जो सफल हुन्छन्, मुक्त हुन्छन् यस झमेलाबाट, जो हुँदैनन, अरु बिषेषण थपेर बाँच्छन्। "कायर" ,"हुतिहारा",
"असफल" के के।


यो घडीको सुइ पनि कति ढिला हो? हैन हैन, घडी हैन आज म फेरि ढिला भयेछु। काम भन्ने एउटा ठाँउ छ, जाँउ की नजाँउ हुन्छ, आधा घन्टा ढिला भैसकेछ। "सिक कल" गरुँ जस्तो लाग्छ। अस्तिको हप्ता पनि त्यस्तै गरेको, यो हप्ता नि गर्यो भने त निकाल्न बेर छैन। यहाँ जे पनि हुन सक्छ। म त्यस्तो जोखिम लिन सक्दिन जस्तो लाग्छ। बिल तिर्नु छ नि। जानै पर्छ, मुन्टिनै पर्छ। डलरले दास बनाएको छ, इयुरोले त्यस्तै गरेको छ रे स्वप्ना भन्थी। हामी खाली दासै नै छौ, आमाको सपनाको, बुबाको इक्ष्याको र सामाजिक अपेक्षाको। मेरो त्यस्तै भयो, माको लागि पढेँ, बुबाको लागि पढेँ, आफ्नो लागि पढ्ने बेलामा इक्ष्या मरिसकेको थियो। आज ग्याँस हाल्नु पर्छ, सकिनै लागेको छ। बरु पर्समा क्रेडिट कार्ड पो छ कि छैन हेर्नु पर्यो। पर्स खोल्छु, कार्ड रहेछ, अलिकति खुद्रा पैसा नि चाहिन्थ्यो त्यो रहेनछ। म पर्सको सबै पकेट खोज्छु। कहिँ छैन, अगाडी एउटा सानो पकेट छ जहाँ पैसा राख्न मिल्दैन, तर मैले उसको फोटो राखेको छु।


उसको यो फोटो मैले उसलाइ थाहा नदिकन ल्याएकी थिएँ। फोटोमा उ त्यस्तो घमन्डी देखिदैंन। नदेखिएर के भयो? उसमा अंह छ, म मा जिद्दी। हामी दुइ बिचको यो युद्ध बर्षौदेखि चलिरहेको थियो। अझै कम भएको छैन। के उसलाइ थाहा होला म उसको यो फोटो कहिले कहि भए पनि हेर्छु भनेर? के तिमी पनि मलाइ सम्झन्छौ? मेरो फोटो हेर्छौ? तिमी पहिले त्यस्तो थिएनौ त? कसरी परिबर्तन भयौ? म फोटोलाइ सोध्न थाल्छु। फोटो कहिले बोल्दैन। तर टेलिफोनको घन्टि बज्छ। के उसले फोन गरेको हो? मलाइ बिस्वास लाग्दैन। यो कस्तो संयोग? भ्वाइस मेलमा आज काममा आउने की नआउने भन्ने खरो सुपरभाइजरको स्वर सुनेपछि हत्त न पत्त भन्छु "आँउदैछु, ट्राफिक जाम छ, पन्ध्र मिनेटभित्र पुग्दैछु।"


क्रमश:


 


 

Last edited: 16-Feb-10 10:13 AM
Last edited: 21-Feb-10 05:24 AM

 
Posted on 02-16-10 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजिका कथाहरु जीवन ब्यथाहरु जस्तो लाग्छ। अब्यक्त भावहहरुलाई सरल तर सरस ढंगले पस्केकी छिन् । लेख्न त धेरै लेख्छन तर यो कौशलता सबैमा हुन्न।
 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters