[Show all top banners]

Shantipriya
Replies to this thread:

More by Shantipriya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गोली प्रहारपछि दीपेन्द्रले बुबालाई लात्ती हानेका थिए

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21958 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-31-11 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For those who thinks dependra is not killer, you will never believe it! YET THIS IS THE REALITY SPOKEN MANY TIMES BY MANY EYEWITNESSES. 

संस्मरण

'गोली प्रहारपछि दीपेन्द्रले बुबालाई लात्ती हानेका थिए'
युवराज दीपेन्द्रले आफूसहित राजपरिवारका नौ सदस्यलाई मारेको १९ जेठ २०५८ को दिन नारायणहिटीको पारिवारिक जमघटमा राजा वीरेन्द्रकी दिदी शाहजादी केतकी चेष्टर पनि थिइन्। चेष्टरले दरबार हत्याकाण्डको १० वर्षपछि दीपेन्द्रले गोली लागेर ढलेका बाबुलाई लात्तीले हिर्काएकोदेखि त्यस दुर्भाग्यपूर्ण रातबारे कुन्द दीक्षितसँग केही नयाँ कुरा खोलेकी छन्।
केतकी चेष्टर

 
दीपेन्द्र दुवै हातमा बन्दुक लिएर जङ्गी पोशाकमा भित्र छिर्दा म दिदी जयन्तीसँगै विलियार्ड रूमको ढोकाछेउ उभिएकी थिएँ। पहिले यस्तो जमघटमा आउँदा चारैतिर नजर डुलाउँदै उपस्थित सबैको जायजा लिने युवराजका आँखा त्यस दिन कुनै कुरामा सीधा केन्द्रित थिए। मैले दिदीलाई साउती गर्दै भनें, “हैन अब पनि उसको उमेर बन्दुक देखाउँदै हिँड्ने हो र?” राजा वीरेन्द्रले पनि छोरा आफ्नो हतियार देखाउन आएको भन्ठानेका थिए होलान्, तर दीपेन्द्रले दाहिने हातको बन्दुक चलाए। गोली उनको बुबालाई लाग्यो, उनी घाइते भए। उनले जमिनमा ढल्नुअघि भनेका थिए, “के गरेको?” दीपेन्द्रले अर्को हातमा पनि बन्दुक भएकाले गोली चलेको बन्दुक असन्तुलित भएर अरू गोलीहरू सिलिङतिर उछिट्टिए।

कुमार गोरख र डा. राजीव शाहीले भुईंमा लडेका राजाको शरीरबाट बगिरहेको रगत रोक्ने प्रयास गरे। हामी सबै पनि वीरेन्द्र भएतिरै दौडियौं। त्यत्तिकैमा दोस्रो पटक कोठामा आएका दीपेन्द्रलाई रोक्न खोज्दै अधिराजकुमार धीरेन्द्रले भने, “पुग्यो बाबु, तिमीले गर्नु गरिसक्यौ।” काकाले आफूलाई निरस्त्र गर्न खोजेको ठानेर दीपेन्द्रले धीरेन्द्रमाथि नै गोली चलाए। मेरो विचारमा, आफूलाई मनपर्ने काकालाई पनि मारेपछि उनी अझ रक्तपाततिर उद्यत भएको हुनुपर्छ। कोठाको एक चक्कर लगाएर बाहिर निस्केका दीपेन्द्रले तेस्रोचोटि ढोकैदेखि बन्दुक चलाउँदै आएर कोठाको चारैतिर गोली बर्साए।

त्यतिखेर म धीरेन्द्रको घाउबाट बगेको रगत रोक्ने प्रयास गरिरहेकी थिएँ। हलचल गर्न नसके पनि उनी अचेत थिएनन्। आफैं गम्भीर घाइते भएर पनि मलाई गोली लागे-नलागेको सोद्धै थिए। त्यहीबेला मैले पनि आफ्नो शरीरबाट रगत तपतप चुहिरहेको देखें। मेरो देब्रे पाखुराको केही टुक्रा मासु उछिट्टिएर धीरेन्द्रको कमिजमा झ्रेको र दाहिने काँधमा दुइटा गोली लागेको रहेछ। तर दुखिरहेको थिएन, आघातको बेला शरीरले पनि पीडा महसुस गर्दो रहेनछ।

यो सबै पाँचै मिनेटमा भयो। दिदी भुईंमा लडिरहेकी थिइन्। अधिराजकुमारी कोमललाई छातीमा गोली लागेको थियो। शीताष्माले एउटा गोली उनको कानैमा झ्न्झ्नाएर गएको बताइन्। अझ् त्यति धेरै मानिस मरेनन्। जतिबेला गोली शुरु भयो, कोठाको अर्को छेउमा भएका शाहजादा पारसले तुरुन्तै आफ्ना भाइबहिनी र नातेदारहरूलाई एउटा सोफा पछाडि लुकाएका थिए। एक पटक दीपेन्द्रको आँखा पारसमा पनि परेको थियो, तर पारसले भने, “दाइ मलाई नहानिबक्स्योस्...।” दीपेन्द्रले बन्दुक तल फर्काए र छाडिदिए। श्रुति अचेत थिइन्, अत्यधिक रगत बगेको कारण अस्पतालमा वितिन्। रक्तचाप घटिरहेको अवस्थामा पनि डाक्टरहरूले उनको कपडा हटाएर शरीरको कुन भागबाट रगत बगिरहेको छ भन्ने पत्ता लगाएनन्।

गोली हानिसकेपछि दीपेन्द्र आफ्नै कोठातिर फर्किए। आमा रानी ऐश्वर्य र भाइ निराजन उनको पछि-पछि दौडिए। दीपेन्द्रले कोठातिर जाने भर्‍याङको माथिबाट उनीहरू दुवैलाई देखे होलान्, तर अन्धकारमा शायद एडीसी ठानेर हानेको गोलीले आफ्नै भाइको ज्यान लियो। नजिकै भएको कसैले रानी ऐश्वर्यले चिच्याएर बोलेको सुनेको थियोः “तिमीले आफ्नो बुबालाई मार्‍यौ, भाइलाई मार्‍यौ, मलाई पनि मार। हान, हान!” त्यसपछि उनले आफ्नी आमा र आफैंलाई पनि गोली हानेर मारे। र, यो सबै सकियो।

कुन्द दीक्षित
त्यो घटना मेरो मनमस्तिष्कमा अझ्ै ताजै छ। ती दृश्यलाई दोहोर्‍याई-तेहेर्‍याई स्मरण गर्दा मलाई दीपेन्द्रले आफ्नो बुबालाई गोली हानेर लडाइसकेपछि लात्तीले हानेको कुराले घरीघरी झ्क्झ्क्याइरहन्छ। एक हिसाबले त्यो क्षण गोलीप्रहार भन्दा पनि स्तब्ध पार्ने खालको थियो। हाम्रो संस्कृतिमा कसैले पनि मृत शरीरको त्यस्तो अपमान गर्दैन।

मलाई अहिले के विश्वास छ भने दीपेन्द्रले बुबालाई मात्र मार्न चाहेका थिए। त्यसपछि कानुनअनुसार उनै राजा हुन्थे, उनले हामी सबैलाई चुप रहन भन्थे र सबै कुरा त्यत्तिकै सेलाउँथ्यो, कसैले सत्य कुरा बाहिर ल्याउने साहस गर्दैनथ्यो। मेरो पुस्ताका परिवारका सदस्यहरू प्रायः सबै सकिइसकेका थिए, बाँकी युवा पुस्तालाई चुप लगाउन सकिन्थ्यो। तर काकालाई मारेपछि उनी उन्मत्त भएर अरूलाई पनि मार्न थाले।

मलाई लाग्छ, दीपेन्द्रले त्यस रात पिएको बहाना मात्र गरेका थिए। उनी लरबराउँदै हिँडेको त देखिन्थ्यो, तर त्यो अभिनय गरेको भनेर स्पष्ट बुझन सकिन्थ्यो। म उनलाई त्यति राम्रो चिन्दिनथेँ, तर उनी कुनै पनि हदमा जान सक्ने मान्छे रहेछन्। उनलाई सबै कुरा उपलब्ध थियो, उनी मेधावी थिए, उनले छोटो जीवनमै धेरै जानेका थिए; आखिर बच्चैदेखि राजा बन्न हुर्काइएका हुन्। उनी जनतामा राम्रोसँग भिजेका थिए।

उनले पूर्वतयारी र होशियारीसाथ योजना बनाएका थिए। दीपेन्द्र त्यस रात त्यहाँ सबै आउन् भन्ने चाहन्थे, त्यसैले सबैलाई आफैंले निम्त्याएका थिए। मानौं, उनी चाहन्थे ती सबै मानिस आफ्नो बुबाको मृत्युको साक्षी बनुन्, र कुनै ढङ्गले सोचेका थिए होलान् यसले राजा हुन उनलाई बढी आधिकारिकता प्रदान गर्नेछ। आमजनताको समर्थन चाहनु उनको स्वभाव नै थियो।

काठमाडौं हल्लैहल्लाले भरिएको ठाउँ हो, र यस घटनाको पछाडि पनि देवयानीले दीपेन्द्रलाई विवाहको अल्टिमेटम दिएको हल्ला चल्यो। तर, राम्रो संस्कारमा हुर्किएकी उनबाट कसैमाथि त्यो स्तरको दबाब बढाउने काम हुन सक्दैनथ्यो। दीपेन्द्रलाई यसरी टुट्ने अवस्थामा पुर्‍याउनुमा विवाह र अरू चिजहरू पनि जोडिएका हुनसक्छन्।

अधिराजकुमार ज्ञानेन्द्र त्यतिबेला पोखरामा थिए। उनलाई लिन पठाइएको हेलिकप्टर खराब मौसमका कारण उड्न सकेन। सडकबाट ल्याउन पठाइएका सिपाहीहरूलाई केही नभनी ल्याउन आदेश दिइएको थियो। सेना यसरी आफूलाई लिन पोखरा आएपछि उनी काठमाडौंमा सैनिक कु भएछ र आफू नजरबन्दमा परेछु भन्ने सोच्न पुगेका थिए।

मलाई लाग्छ, दीपेन्द्रले कर गरेका भए अधिराजकुमार ज्ञानेन्द्र त्यो रात्रिभोजमा सरिक हुनेथिए र उनी पनि बच्ने थिएनन्। उनी र उनका छोरा शाहजादा पारस यस्तो योजनामा संलग्न हुनै सक्दैनन्। उनीहरू पूर्णतः निर्दोष छन् भन्ने कुरा स्थापित होस् भन्ने म चाहन्छु। त्यस रात जे भयो त्यो राजसंस्थाको अन्त्यको सुरुआत थियो, त्यसकै एक सदस्यको कर्तुतका कारण। यद्यपि पछि थपिएका घटनाक्रमले पनि यसमा योगदान गरे।

राजा महेन्द्र अरू १० वर्ष मात्र बाँचेका भए नेपाल धेरै बलियो जगमा उभिएको हुन्थ्यो भन्ने कुरालाई म कहिल्यै आफ्नो दिमागबाट हटाउन सक्दिनँ। उनी सच्चा राष्ट्रवादी थिए। राजा वीरेन्द्र जनतामाथि यति विश्वास गर्थे, अवसर पाए तिनले जे पनि गर्न सक्छन् भन्ने उनको सोचाइ थियो। निरङ्कुश सत्ता प्रयोग गर्न असहज मान्दै उनी संवैधानिक भूमिकामै रमाए। नेपालको भविष्यप्रति पूर्ण रूपले आशावादी राजा वीरेन्द्रसँग कुरा गर्न पाउँदा पनि धन्य भएझै लाग्थ्यो।

आजसम्म पनि मलाई के कुराको पश्चात्ताप छ भने दीपेन्द्रलाई पहिलो गोली चलाउने वित्तिकै हामीले झ्म्टेर रोक्नुपर्थ्यो। यस कुरालाई लिएर म आफूलाई बारम्बार धिक्कारिरहन्छु। हामीले तत्कालै त्यस्तो केही गर्न सकेको भए, घटनाक्रमले भिन्दै मोड लिन्थ्यो होला।

तर, त्यसपछि नेपालको राजसंस्थालाई कसले जोगाउन सक्थ्यो भनेर सोध्नुहुन्छ भने ती हुन्, गिरिजाप्रसाद कोइराला। मलाई सम्झ्ना छ, घटनाको दोस्रो दिन छाउनी अस्पताल आएका प्रधानमन्त्रीले मुमाबडामहारानी रत्नलाई सोधेका थिए, “सरकार, मैले जनतालाई के भन्ने?” मुमाबडामहारानीको जवाफ थियो, “यो जनताबाट लुकाउन हुने कुरा होइन। यसले हाम्रो परिवारमा त धब्बा लगाउँछ नै, तर हामी त्यससँगै जिउन सक्छौं। सत्य-तथ्य लुकाइयो भने राष्ट्रमाथि नै आघात हुनेछ।” तर मिडियाको एकोहोरो प्रचार र सभामुख रानाभाटको गाईजात्रे पत्रकार सम्मेलनले गर्दा आकस्मिक दुर्घटना र षड्यन्त्र भन्ने कुरा सत्य बनेर फैलियो।

प्रधानमन्त्रीले मुमाबडामहारानीको सल्लाह मानेका भए, देश अर्कै बाटोतिर जान्थ्यो होला। निश्चय नै, स्वचालित हतियार आकस्मिक रूपमा पड्केको भन्ने दरबारको वक्तव्यले काम गरेन। त्यसले विश्वको नजरमा उल्टै हामीलाई नै गिरायो। त्यस्तै, दीपेन्द्रलाई राजा बनाउनु पनि गलत काम थियो। क्लिनिकल रूपमा मरिसकेको मानिस कसरी राजा बन्नसक्थ्यो, राजगद्दी उत्तराधिकारसम्बन्धी कानुनमा यसलाई रोक्ने प्रावधान अवश्य नै थियो होला।

घटनापछि मलाई पनि अरूसँगै अस्पताल लगियो। मेरो दाहिने पाखुरा अझै ठीक भएको छैन, आधाभन्दा माथि उठाउन सक्दिनँ। तर शारीरिक चोटले भन्दा पनि बढी मलाई अझै त्यो भयानक रातको सम्झ्ना र दिदी र अरूहरूको मृत्युले पिरोलिरहेको छ। त्यो एउटा आततायी घटना थियो, र त्यसपछिका १० वर्ष मेरा लागि निकै कष्टकर भएका छन्।


 
Posted on 05-31-11 8:58 AM     [Snapshot: 44]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SOURCE : HIMAL KHABAR

नाराणहिटी हत्याकाण्ड षड्यन्त्रको खेती
 
नारायणहिटी दरबार हत्याकाण्ड षड्यन्त्र थियो भन्ने धारणाले हामीलाई अझै छाडेको छैन। सो घटनाको १० वर्ष पुगेको सन्दर्भमा प्रस्तुत छ, कनकमणि दीक्षितको किताब देखेको मुलुक को दोस्रो अध्याय 'षड्यन्त्रको खेती'का केही अंश।
कनकमणि दीक्षित

 
१९जेठ २०५८ रातको पहिलो प्रहर बादलले काठमाडौँ उपत्यका ढपक्कै ढाकेको थियो। एउटा हेलिकप्टर विमानस्थलबाट उड्यो र मेघको घेरालाई तोडेर बारम्बार पश्चिमतर्फ जाने कोसिस गर्दागर्दै असफल भयो, अनि अँध्यारोमा झिपिक्-झिपिक् बत्ती बाल्दै विमानस्थलतिरै फर्कियो।

... न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई सेनाको जीपले थापाथली नर्भिक अस्पतालबाट हतार-हतार छाउनीस्थित सैनिक अस्पताल पुर्‍यायो। त्यहाँ पुग्दा उनले लामबद्ध लासहरूको थुप्रो देखे। खरानी वर्ण भइसकेको एक लासको छातीमा साईबाबाको लकेट झुण्डिएको थियो। डा. देवकोटाले दोहोर्‍याएर हेर्दा पो थाहा पाए, त्यो लास राजा वीरेन्द्रको रहेछ। श्रुतिको सास भने अझै बाँकी थियो। यसैबीच डा. देवकोटा माथि शल्यकक्षमा पुगेर युवराज दीपेन्द्रलाई बचाउन जुटे र आफ्नी पत्नी डा. मधु देवकोटा (दीक्षित)लाई मोबाइलमा फोन गरी यो कुरा बताए। केही समयपछि नै मधुको फोन आयो-

“कनक, बर्बाद भएछ, एभ्रीबडी इज डेड्!”
“के भनेको?”
“नारायणहिटीमा, रोयल फ्यामिली का सबै जना डेड्!”

यसरी थाहा भयो- मधुमार्फत राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनलगायत राजपरिवारका आठ जनाको मृत्युको कुरा। दीपेन्द्रको देहावसान पर्सिपल्ट भयो।

राति उडेको त्यो हेलिकप्टर अधिराजकुमार ज्ञानेन्द्रलाई लिन पोखरा जान खोजेको रहेछ। मोटर बाटोबाटै काठमाडौँका लागि हिँडेका ज्ञानेन्द्रलाई भोलिपल्ट बिहान मात्र हेलिकप्टरले गजुरीबाट उपत्यका उतार्‍यो।

आजसम्म पढिएका, सुनिएका र प्राप्त भएका विवरणका आधारमा युवराज दीपेन्द्रले आफ्ना पितालगायत अरू सबैलाई गोली हानेको प्रस्ट हुन्छ तर, विशेषगरी ज्ञानेन्द्रको परिवारका सबै सदस्य बचेको र पारसको ज्यादतीपूर्ण अतीतका कारण भोलिपल्ट बिहानैदेखि षड्यन्त्रका कुरा मात्र सुनिन थाले। नारायणहिटीभित्र वीरेन्द्रको परिवारबीचको तनाव, अन्तर्द्वन्द्व तथा खान्दानी परिवेशभित्र भएको कानेखुसीबारे प्रायःजसो सबै जनता अनभिज्ञ नै थिए। त्यसैले पनि यत्रो हत्याकाण्ड भएपछि षड्यन्त्र भएको वा रचिएको हल्ला पत्याउन धेरैलाई गाह्रो भएन भने युवराज दीपेन्द्रलाई दोष लगाउँदा धेरैले नपत्याउनु पनि स्वाभाविकै थियो।

भूमिगत अवस्थामा रहेको माओवादी भने षड्यन्त्रको खेतमा पानी लगाउन व्यस्त बन्यो। उता रातारात उत्पन्न परिस्थितिमाझ् हत्याकाण्डमा ज्ञानेन्द्रको संलग्नता रहेको किटानीका साथ शुरु भएको भयानक षड्यन्त्रको सुझाव विपरीत रहेका प्रमाण, विवरण परिस्थितिका आधारमा तार्किक रूपमा आफ्ना भनाइ राख्न र खण्डन पेश गर्न सक्ने अधिकांश जानिफकार तथा बुद्धिजीवीहरूले मौनव्रत लिए र आजसम्म लिएकै छन् । पढेलेखेका ठहरिने नेपाली समाजका प्रतिनिधिहरूले प्रमाण नपुगेको र साधारण विश्लेषणले पनि अपूर्ण बनाइदिने यस षड्यन्त्रको कथालाई मान्यता र बढावा दिए। उता नेपाली बौद्धिकले मान्यता दिइसकेपछि संसारभर यही षड्यन्त्रको कथा फैलिने मौका पायो। ...

 
पाठक महोदयले आफैं यो प्रश्नको जवाफ दिइहेर्नुस्, “राजा वीरेन्द्रलाई कसले मारेको होला?” तपाईंको जवाफ के हुन्छ कुन्नि, तर मेरो निष्कर्ष भने मैले पेश नगरी हुँदैन- आजसम्म उपलब्ध प्रमाण तथा तर्कको आधारमा यो भन्न सकिन्छ कि नारायणहिटी विध्वंस युवराज दीपेन्द्रबाट रचिएको थियो। भोलि नयाँ प्रमाणले अर्कै तथ्य दर्साए म मेरो यो ठम्याइ बदल्न तयार छु। ...

जहाँसम्म प्रमाणको कुरा छ, त्यसका लागि नारायणहिटी हत्याकाण्ड हुँदा त्यहाँ रहेका २४ जनामध्ये मर्ने नौ जनाबाहेक बाँचेका १५ जनालाई सोधे पुग्नुपर्ने हो। हत्याकाण्डबारे जान्न चाहनेहरूका लागि सो घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा उनीहरूले दिएको विवरणको हुबहु ट्रान्स्त्रि्कप्ट हाजिर छ। त्यही अन्तर्वार्ताको भिडियो एकताका नेपाल टेलिभिजनको अधीनमा थियो, त्यो पनि अनुसन्धान गर्न चाहनेले पत्ता लगाउन सक्नुपर्ने हो। उदेकलाग्दो कुरा त के छ भने हत्याकाण्डका प्रत्यक्षदर्शी बालबच्चाहरूको बयानलाई समेत विश्लेषकहरूबाट त्यति वजन दिइएन र विश्वास गरिएन। के उनीहरूको बयान पनि षड्यन्त्रकै पाटो थियो? राजनीतिक रूपले उनीहरू पूर्वाग्रही पक्कै थिएनन् होला। ...

कसले मार्‍यो त राजा वीरेन्द्रलाई? जवाफका लागि केही परिस्थितिजन्य प्रमाणलाई नियाल्नुपर्ने हुन्छ किनकि त्यो त्रिभुवन सदनका मूल पात्र बितिसकेका छन् भने बाँचेकाहरूको बयानलाई विश्वसनीय मानिएको छैन। हत्याकाण्डताका युवराज दीपेन्द्र मानसिक तनावमा थिए भन्ने ठम्याइ उनीसँग नजिक रहेकाहरूको छ। काका धीरेन्द्रलाई समेत पदच्युत गर्न सक्ने आमा ऐश्वर्यले छोरालाई देवयानी राणासँग विवाह गर्नका लागि निषेध गरेकी थिइन्। जुद्ध शमशेरको परिवार (रानी ऐश्वर्य) तथा चन्द्र शमशेरको सन्तान (देवयानीका बाबु पशुपति शमशेर राणा) बीचको पुरानो प्रतिस्पर्धा र कुण्ठाले वर्तमानसम्म असर पारेको रहेछ। भारतको रवाफी ग्वालियर घरानाकी पुत्री (देवयानी राणाकी आमा)बारे ऐश्वर्यको नकारात्मक सोचले पनि दीपेन्द्रको रोजाइ स्वीकार्य नहुनुमा भूमिका खेलेको देखिन्छ।

बूढानीलकण्ठ स्कूलमा पढेका तर खासै केही इलम नगरी मात्र युवराजको पद बोकेका दीपेन्द्रमा देवयानीलाई विवाह गरे श्रीपेच हरण हुने आमाको धम्कीले ठूलै तनाव उत्पन्न भएको हुनुपर्छ। फेरि, बाबु वीरेन्द्रले राम्रो नियन्त्रणमा नराखेका दीपेन्द्रमा रक्सी तथा चरेस लिने आदत बसेको र साथीभाइको जस्तो व्यवहार गर्ने अङ्गरक्षकहरूले पनि यो लतका विषयमा कुनै कदम नचालेको बुझिन्छ। सानैमा पेस्तोल उपहार पाएर चलाउन सिकेका दीपेन्द्रलाई बन्दुक मोह त थियो नै। त्यतिबेला माओवादीसँग लड्न सेनाका कर्णेल-इन-चिफ भएका नाताले उनले तीन-तीन अत्याधुनिक स्वचालित बन्दुकको निरीक्षण गर्दै थिए र ती अस्त्र आफ्नै खोपीको र्‍याकमा सुसज्जित थिए।

दीपेन्द्रले हत्याकाण्डको केही दिनअगाडि योजनाबद्ध हिसाबले सबैलाई रात्रिभोजमा डाकेका थिए- चितवन र पोखरा भ्रमणमा रहेका काका ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत विशेष आग्रहका साथ। प्रधानमन्त्रीले पारिवारिक भेलामा आउँदिनँ, भनेर इन्कार गरेका थिए। नारायणहिटी प्राङ्गणभित्र दीपेन्द्रकै वासस्थान त्रिभुवन सदनमा त्यो १९ गतेको कालरात्रिमा बाबु-आमा, काका-काकी, बहिनी-ज्वाइँ, बच्चाबच्ची आदि भेला भए। छलफल र ड्रिङ्कस् चल्दैथियो। दरबारभित्र नितान्त पारिवारिक समारोह भएकाले अङ्गरक्षकहरू छुट्टै कोठामा बसेका थिए। प्रत्यक्षदर्शीबाट सार्वजनिक भएको सूचनाअनुसार अलि मात लागेको जस्तो देखिएपछि दीपेन्द्रलाई अरूको आडमा माथि बेडरुममा पठाइएको थियो तर एकैछिनमा मिलिटरी पोशाक लगाई तीन बन्दुक भिरेर उनी तल र्लिए। छुराले एक जनालाई मार्ला, अरूले नियन्त्रणमा ल्याउन कोसिस गर्दागर्दै पेस्तोल हुनेले दुईजना, तर मिनेटमा दर्जनौँ राउन्ड फायर गर्न सक्ने स्वचालित बन्दुकले एकैछिनमा नौ जना मार्न असम्भव थिएन।

देखेको मुलुक
लेखकः कनकमणि दीक्षित प्रकाशकः जगदम्बा प्रकाशन, २०६६ ISBN: 978-9937-8227-0-1

दीपेन्द्रको जस्तै अनुहार भएको मुकुण्डो लगाएर कसैले गोली चलाएको भन्ने आशङ्का भने बढी हिन्दी फिल्म हेर्नेको बुझाइ मात्र हो। वास्तवमा कसैको अनुहार दुरुस्त हुने गरी प्रयोग गर्न सकिने रबर मास्क कतै बन्दैन, सिवाय बलिउड सिनेमामा। ठूलो पर्दामा विशेष गरी खलनायकबाट मास्कको प्रयोग भएको जसरी देखिन्छ त्यो त फिल्म सम्पादनको तरक्की मात्र हो। तर यो कुरा नबुझनेका लागि दीपेन्द्रको अनुहारको मुकुण्डो लगाएर अरू कसैले गोली चलाएको हो भन्ने ठोकुवा पत्याउन सजिलो भइदियो। यस्तै उक्त रात कैयन् सुरक्षाकर्मी गायब गरिएको र लासलाई ट्रकमा लगेर जलाइएको हल्ला अझै जीवित छ तर त्यति धेरै मान्छेहरू मारिँदा पनि परिवार वा आफन्तबाट उनीहरूको खोजी किन भएन? आजसम्म धेरैले मान्दै र भन्दै आएको प्रमाणका आधार ज्ञानेन्द्रको वर्तमान निरङ्कुश स्वभाव र पारसको विगतको क्रियाकलापबाट मात्र जन्मिएको जस्तो देखिन्छ।

नारायणहिटी हत्याकाण्ड दीपेन्द्रले नै रचेका हुन् भन्ने प्रत्यक्षदर्शी छन् र दिवङ्गत दीपेन्द्रको मनस्थिति र आन्तरिक तनावबारे पनि परिस्थितिजन्य प्रमाण हाजिर छन्। राजा ज्ञानेन्द्रको हकमा हत्याकाण्डको बेला उनी पोखरामा रहेको तथ्य कसैले इन्कार गर्दैन। उनको निजी परिवारका सबै सदस्य बाँचेकोमा उनीमाथि शङ्का गरिएको छ तर उपलब्ध प्रमाणको सामु यो तथ्यले आफैंमा धेरै वजन पाउँदैन। यस सन्दर्भमा के कुरा पनि सम्झ्न जरुरी छ भने घटनामा ज्ञानेन्द्रको परिवारका सदस्य मात्र बचेका थिएनन्, बरु त्यो कोठामा रहेका आधाभन्दा बढी परिवारजन पनि बाँचेका थिए। ...

अधिराज पारसको हकमा दीपेन्द्रको विध्वंस शुरु हुँदा उनले त्यो कोठाको एक भागमा रहेका बच्चाबच्चीलाई बचाउन दाइ नमार्नोस् भन्दै हात फिँजाएको जानकारी ती नातेदार बालकहरूले दिएका छन्। उता, ज्ञानेन्द्रको परिवारलाई मात्र किन केही नभएको त भन्नेको जवाफ छ- रानी कोमललाई जाँच्ने डाक्टरको भनाइमा कोमलको छाती नै पूरा छेड्ने गरी गोली पसेको थियो र रिबका हाडहरूलाई पनि चोट लागेको थियो। मुटु अलिकति मात्र छल्दै गोली फोक्सो छेडेर पछाडि ढाडबाट निस्केको थियो। गोली अलिकति यताउता भएको भए रानीको पनि आफ्ना जेठाजू, दिदी र अन्य परिवारजनसँग देहावसान निश्चित थियो।

प्रमाण र प्रत्यक्षदर्शीको कुरा त एउटा भयो, अझ् फराकिलो परिप्रेक्ष्यबाट पनि षड्यन्त्रको सम्भावना न्यून भएको अड्कल लगाउन सकिन्छ। २१औँ शताब्दीको युगमा पनि के, शक्तिशाली राजा बन्ने दाउमा ज्ञानेन्द्रले योजना बनाई दाइलाई मारेर आफू राजा बन्न खोजे होलान्? राजा भइसकेपछि देखिएको ज्ञानेन्द्रको मूर्ख्याईं र निरङ्कुशता लाद्ने चेष्टा गरेको भरमा उनलाई दाजु मार्ने योजना रचे भन्न मिल्छ? षड्यन्त्रपूर्ण हत्या गर्ने योजना बनाउँदा र एउटा राजालाई आफ्ना आफन्तसामु मार्न खोज्दा देखिने असङ्ख्य भेरिएबल्स् (नियन्त्रण भन्दा बाहिरका विभिन्न सम्भावनाहरू)का जोखिम मोलेर कसैले त्यस्तो हत्याकाण्ड रच्थ्यो होला! फेरि अरू पनि मर्ने सम्भावना हुँदाहुँदै सपरिवार उपस्थित भोजको बीच अरू कसैलाई लगाएर दाइको हत्या गर्न लगाउनु मूर्ख्याईं हुँदैनथ्यो? ती अन्य षड्यन्त्रकारीले कुनै बेला आफ्नो सहभागिताबारे बक्लान् भन्ने सम्भावना पनि हेर्नुपर्‍यो। ईर्ष्या, लोभ र पापपूर्ण कार्य गरेको भनिएका ज्ञानेन्द्रको मस्तिष्कमा जो-कोहीले आफैंलाई राखेर हेरून् र प्रश्न गरून्- यो सब पत्यार लाग्ने कुरा हो? ...

आजसम्मका प्रत्यक्षदर्शीको विवरणको आधारमा त्रिभुवन सदनको बैठक कोठाभित्र ६ जनाको हत्या गर्ने दीपेन्द्र नै थिए भन्न सकिने अवस्था छ। बाहिर दुई जना (ऐश्वर्य र निराजन)लाई पिछा गरेर गोली चलाउने पनि दीपेन्द्र नै थिए पनि भन्न सकिन्छ। दीपेन्द्र स्वयंको मरणको हकमा भने यसै हो भन्न मुश्किल छ- या त उनले बायाँ हातले आफैंले पिस्तोल चलाए या त हत्याको शृङ्खला रोक्न त्यहाँ आइपुगेका कसैले उनीमाथि गोली चलायो।

... नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुसन्धान र खोजी जरुरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुट्कारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून्।


 
Posted on 05-31-11 9:28 AM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दीपेन्द्रको जस्तै अनुहार भएको मुकुण्डो लगाएर कसैले गोली चलाएको भन्ने आशङ्का भने बढी हिन्दी फिल्म हेर्नेको बुझाइ मात्र हो। वास्तवमा कसैको अनुहार दुरुस्त हुने गरी प्रयोग गर्न सकिने रबर मास्क कतै बन्दैन, सिवाय बलिउड सिनेमामा। ठूलो पर्दामा विशेष गरी खलनायकबाट मास्कको प्रयोग भएको जसरी देखिन्छ त्यो त फिल्म सम्पादनको तरक्की मात्र हो"- THis is not true, couple of months ago, one guy masked as old man was arrested in Canada, He was boy in HOngkong. And it is easy to convince all during night time.
* Anybody has answer Why dipendra did not spealk single word during massacre ? During anger, man express their anger and frustation before punishing other, but why he did not say anything ?
* if He want to kill Birendra to be king, no necessary to kill in the presence of many people.Do you think he was absoltely stupid ? and could get love and support from people as brave king who killed his father/king? Do u believe Dipendra was illetrerate 16th century man ? २१औँ शताब्दीको युगमा पनि के, शक्तिशाली राजा बन्ने दाउमा ज्ञानेन्द्रले योजना बनाई दाइलाई मारेर आफू राजा बन्न खोजे होलान्? ke दीपेन्द्रको हक्मा चाँही यो लागु हुदैन कुन्दन महोदय ?

* And i do not believe, Aishyarya was capable to prevent Dipendra to be king. 

I do not want to be unfair w/ Dipendra. and there is no way to establish Gynendra/paras company. Paras is key person involved in this massacre.
I still believe 100% grand design.
Last edited: 31-May-11 09:33 AM
Last edited: 31-May-11 09:45 AM

 
Posted on 05-31-11 10:32 AM     [Snapshot: 335]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pheri kunde ra kanake le paisa khayer arko naya natak lekhe.

 
Posted on 05-31-11 10:32 AM     [Snapshot: 320]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ha ha ha manche haru nepal ka ajib chan. Jiundo manche ko kura biswas garna sakdainan, ani mareko manche le kina tyesto sochyo hola bhanchan. 

gyanendra ra paras le durbar hatyakanda garya bhaye girija and company le gyendra lai ganatantra ayepchi wa auna lagda jhundiyai sakte.

Gorakh, ketaki, bachha haru lai eutai kura bhanna kasari sikaka holan meri bassai?

harey murkha prani ho, dekhneko ankha phutte sunne ko sahi bhanya jasto kina khali paras lai bitulo ra dipendra lai chokho dekchau? dubai eutai dyanka mula thiye..sabai jana le dipendra bhanda timi haru manma gantho pari hoina hunai sakdaina bhani kaile samma afulai murkha pramanit gari rahanchau?

Dhnaya nepali ko chetana ko star-tyesai karan ta nepal aja yo awastha ma cha!!

 
Posted on 05-31-11 11:00 AM     [Snapshot: 393]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol !! This is a good way of milking $$$ off of Nepali Bhedas.  Birendra is dead and so is Dipendra, whether he kicked him or not is not going to make any difference.  But these writers are going to make a fortune out of this षड्यन्त्र business thanks to our NEPALI BHEDAS.
 
Posted on 05-31-11 11:23 AM     [Snapshot: 436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Aren't these Dicksit  family also known as "Indian Dalaals"

Writer did a good job of making a hero out of Paras and a lunatic out of Dipendra.

"दीपेन्द्रको जस्तै अनुहार भएको मुकुण्डो लगाएर कसैले गोली चलाएको भन्ने आशङ्का भने बढी हिन्दी फिल्म हेर्नेको बुझाइ मात्र हो। वास्तवमा कसैको अनुहार दुरुस्त हुने गरी प्रयोग गर्न सकिने रबर मास्क कतै बन्दैन, सिवाय बलिउड सिनेमामा। ठूलो पर्दामा विशेष गरी खलनायकबाट मास्कको प्रयोग भएको जसरी देखिन्छ त्यो त फिल्म सम्पादनको तरक्की मात्र हो। तर यो कुरा नबुझनेका लागि दीपेन्द्रको अनुहारको मुकुण्डो लगाएर अरू कसैले गोली चलाएको हो भन्ने ठोकुवा पत्याउन सजिलो भइदियो।"

LMAO..on the above paragraph. Who is she kidding with this logic....duplicate masks are being prepared in  " myth busters" discovery show. You put a hat on a face covered with beard and not make eye contact with anyone in the room....without speaking a word.....massacering your father...mother and little brother and sister....Who would kill their little brother and sister regardless of how angry you are with your parents.....who would try to kill your little bhanja bhanji ...and grand mothers and grand aunts......and if Dipendre really needed to kill his father.....would it have been just easy to kill him in private...than kill him infront of 200 relatives......This can be argued either way...

There is a possibility of being little off mentally after multi generating inbreeding but what dipendra supposidly did was insane and he had no history of being insane. I would not even have believed this crap even if paras was accused of it....forget about dipendra doing it.

 
Posted on 05-31-11 11:45 AM     [Snapshot: 450]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Trustworthy !!! Nobody in royal family could do so apart from Dipendra. It's not like killing harke or shyame inside their hut, even though it deals with great risks. It's about killing a king inside his Palace in the vigilance of his army. No outsiders could do so. King and CP are the only ones permitted to carry arms inside the palace. At what basis Gyanendra and Paras could execute such a cumbersome task? Did all the officers of RNA back brother of king and not the king? Remember, Kot massacre was a clash in army when Gagan Singh was killed. I do not think it's a consequnce of a conspiracy, if it was it would have leaked. It is more a result of whim. Most importantly, if it was Gyanendra's strategm then he would not do it in such a naive way that everybody could point finger on him. If he wanted to kill all the members of Birendra why he took Nirajan to Chitwan with him ? Coz taking him to chitwan coould foil the plot. 

षड्यन्त्रपूर्ण हत्या गर्ने योजना बनाउँदा र एउटा राजालाई आफ्ना आफन्तसामु मार्न खोज्दा देखिने असङ्ख्य भेरिएबल्स् (नियन्त्रण भन्दा बाहिरका विभिन्न सम्भावनाहरू)का जोखिम मोलेर कसैले त्यस्तो हत्याकाण्ड रच्थ्यो होला! फेरि अरू पनि मर्ने सम्भावना हुँदाहुँदै सपरिवार उपस्थित भोजको बीच अरू कसैलाई लगाएर दाइको हत्या गर्न लगाउनु मूर्ख्याईं हुँदैनथ्यो? ती अन्य षड्यन्त्रकारीले कुनै बेला आफ्नो सहभागिताबारे बक्लान् भन्ने सम्भावना पनि हेर्नुपर्‍यो। ईर्ष्या, लोभ र पापपूर्ण कार्य गरेको भनिएका ज्ञानेन्द्रको मस्तिष्कमा जो-कोहीले आफैंलाई राखेर हेरून् र प्रश्न गरून्- यो सब पत्यार लाग्ने कुरा हो? ...

These are notable points. Thanks Shantipriya for the post.

 
Posted on 05-31-11 12:07 PM     [Snapshot: 528]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shoulda Woulda Coulda YEAH.
He said, she said, it said, they said !!  WTF !!  Does it really matter ?  Is this information going to make yours or anyone's life better ? Is this discussion going to make Nepal a bettar place ? NO !!


 
Posted on 05-31-11 12:12 PM     [Snapshot: 528]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Well Nalapani, King Gyanendra and his family are made victim to the situation. While bruises and scars of bullet wound remains there in Komal’s chest, while Gorakh lost his beloved one, people in our country are ready buy the casual arguments of CHIYA PASALE than the eyewitnesses.

First people loved “blindly” king Birendra even though he was the one to tie hand with the Maoists so as to make democratic parties weaker. Yet he will be written in history as democratic king. He was the one who kept dead silence over relentless and brutal killings of innocent nepalese by Maoists. I still remember television footage of the dead body of police men scattered all around in the Jajarkot hill.  King Birendra kept silence, let alone making any dissent over such brutal killings. On hindsight, he was no less responsible than the Maoists for country’s current situation. He did what all “ Monarchhy” lover king would do to protect their throne.  

When king Gyanendra become king, he straight away told media that “ ma tulu tulu heri rahane daju jasto raja banna channa”. With that comment both SPAMS started seeing their end as they were already incredibly unpopular amongst the people. Gyanendra increased RNA presence and curtailed down Maoist activities to that stage only 2000 Maoists were left to be dead. But fearing King gyanendra will tighten the screw political parties continued to remain silence over Durbar hatya kanda so that they could play the political card to fool the foolish nepali to score political point. If they were that sure, would not they have  crucified king gyanedra and paras in dobato? People in Nepal are incredibly dumb!!


 
Posted on 05-31-11 12:39 PM     [Snapshot: 636]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well there were so may eye witnesses. King is no more king. People adress gyanendra as third class citizen in media and news. So why non of the eye witness has not changed their version from any side. Talkin about the mask, that is just possible in discovery channel and in movies. Yeah there was a incident of this hong kong guy. But  if this thing was so easy then lot of prime minister and president in different countries would have been killed with these same tactics.  This thing is not practial it sounds more like a fiction. I dont know why they came with such a bad reasoning that people had to hard to belive.
 
Posted on 05-31-11 12:40 PM     [Snapshot: 622]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Who could have done the massacre??

1. India with the help of Nepali political party like Nepali Congress: India has always seen Nepal as a " Bato ko Kanda", it made sense for India to get rid of the Monarchs to turn Nepal into a leaderless nation by destroying the sense of unity.

2. Political Parties with the help of Royal Insider: NC always saw monarchy as an obstacle and Maoists had declared Monarchy as their enemy...they were both fighting Monarchy in their own way.

3. Paras/Gyanendra with the help of India or political parties: For the lust of being a king themselves

4. Dipendra's insanity.

Out of all the reasons i have listed above...Dipendra's insanity is least likely of all to have caused the massacre in my opinion.

 
Posted on 05-31-11 12:43 PM     [Snapshot: 577]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Last edited: 31-May-11 01:46 PM

 
Posted on 05-31-11 1:42 PM     [Snapshot: 722]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हुन त कुनै पनि घटनामा षड्यन्त्रकरी मनसिक्ता ले ग्रशित ले प्रश्नका ठेली तेर्स्याउनु कुनै ठुलो होइन। तर साझा को विद्वान राहुलभाइ को जवाफ यो नाथे कान्छु दिने प्रयास गरे कसो होला? 

१- राजापरिवार का सम्पूर्ण आफन्तहरुको भेलामा नगै सँगइ चितवनको कार्यक्रममा सँगइ भएका भतिजा निराजन लाई पठाइ ज्ञानेन्द्र एक्लै पोखरा रत्न मन्दिरमा आराम गर्न जानुको चित्त बुझ्दो जवाफ के होला ??
यो प्रश्न को जवाफ कोमल को छातीमा लगेको गोलिको घाऊ लाई सोध्ह कसो होला? हुन त षड्यन्त्रकरी बिचार  लगाउने हो भने त ज्ञानेद्र आफ्नो मोती श्रीमतीलाई नि खान्छइ सिद्धे भनेर सकाउनेनै बिचार  गर्या थिएकी होइन? 

२- ८.४५-८.५० बेलुकी गोली चल्यो, ९.३० सम्ममा सबै घाइते, म्रितकहरु सैनिक अस्पताल पुर्‍याइए। के त्यतिन्जेल ज्ञानेन्द्रलाई खबर गरेनन होला कसैले ? त्यस्तो अवस्थामा जस्तो किसिम को सुरक्षा ब्यबस्था मिलाएर राजाधानी किन आउन चाहेन। भोलीपल्ट बिहान मात्र किन काठमाडौ आए ? सबै काम तमाम भयो कि भएन भन्ने पर्खाइ बाहेक के हुन सक्थ्यो ।
 
अवस्य, थाल मार्ग बाट आउन्दा असुरक्चित हुने दृष्‍टिकोनले नेपाली सेनले हावाइ मार्ग मार्फत लेरौन चहेको कुर बहिर आएकै हो। अब त्एहन सबैलाई थाह त भाईहाल्यो नि हुनेवला राजालाई कस्तो सुरक्षा दिनु पर्छ भन्ने। अब मलाई जवाफ मैन्ले सोछे जस्तो भएन भनेर त्यो सत्यनै होइन भन्नु त मुडे बल लगाउनु होइन र?  

३- भोलिपल्ट बिहानै हनुमान ढोका स्थित पुरानो दरबारमा निकै चहलपहल थियो। मेरी स्वर्गिय आमा, बिहान वाक गर्न जानु भएकोथ्यो । त्यता अप्रत्याशित हलचल देखेर त्यहाका एक स्थानिय कर्मचारी लाई सोध्दा- बीरेन्द्रका सारा सन्तान मारियो, ज्ञानेन्द्र  राजगद्दी लिन आउने  रे- भने छन। त्यो कुरा मलाई सुनाउनु भए पछी म आँफै गएर हेर्न गएको थिए । आमा को कुरा सहि थियो । जबकी त्यती बेला सम्म नेपालको कुनै सरकारी वा निजी मेडियाले राजा बीरेन्द्रको निधन भएको पुष्टि गरी सकेको थिएन ।
 
एस्को उत्तर एसरी दिउन। मेरा मामा छौनी अस्पातलमा काम गर्छन् र उन्ले सबै राज परिवार कुरा गर्दा दीपेन्द्र ले नै मारेको भने। म तपाईंको आमा को कुरको विश्वाश गरौ कि मेरो मामाको? अनी तपाईंकी आमले कस्लाई सोधेको ? हावाल्दार्लाई? अनी हावाल्दार्लाई सबै कुरा थाहा हुन्छ त? खेर एस्त कपोल्कल्पित तर्कको कुनै हिसियत म देख्दिन, तर तपाईं गोरख जस्ले आफ्नो अर्धङिनी गुमाए, अरु प्रतक्च्य दर्शी जस्ले आफ्नो नातेदर र परिवार गुमए, उस्को कुरा नपत्याउने अनी टोम दिक यन्द ह्यरी को पत्याउने कस्तो मनसिक्त हो यो? 

४- बीरेन्द्र लगायत कुनै पनि म्रितकको पोस्टमार्टम किन गरिएन ? कहाँबाट कुन दिशाबाट कुन प्रकार को हतियार प्रयोग भएको भन्ने थाहा होला भनेर त हैन ?
 
एस्को जवाफ त खस गिरिजा बाबु लाई सोध्नु पर्ने। कसैले सोधेनन उन्लाई। उनी त उल्तै ग्रन्द डिजाईन भन्दै एस्बाट उम्के। गरेको भये धेरै राम्रो हुन्थ्यो तर गरेनन। तर गरेर रेसुल्ट म दीपेन्द्र को दि यन ए सबैको म्रित शरीर मा पैएको भ्एनी षड्यन्त्रकरी बिचारका पृष्‍ठ पोशक हरुले मान्न तयार हुन्थे त? बिन लादेन मारेको छैन भन्ने को सन्ख्य नि कम् छ र? अरुको कुरा त त्एत्रा प्रत्क्च्य दर्शीको कुरा नमन्ने घुरान लाई पुरान सुनएर मात्र केही हुन्थ्यो र? 

५- दीपेन्द्र को बाँया कन्चटबाट गोली छिरेर दाँयाबाट निस्कियो भन्ने खबर थियो र रिपोर्ट मा नि पछी त्यही आयो । जब कि दीपेन्द्र लेफ्ट हाण्डेड थिएन । जनताले छावनी अस्पातल घेरेर दीपेन्द्रको लाश देखाउन माग गरेका थिए। राती कर्फ्यू जारी गरी कथित ३ दिने राजाको सब यात्रा नगरपालिकाले मारेर कुकुर लगे जस्तो किन गरियो ? दीपेन्द्र को लाश न देखाए पनि पोस्ट्मर्टम को रिपोर्ट नक्कली नै भए नि किन देखाइएन ?


 
अब लेफ्त हन्देद नहुन्दैमा लेफ्त ह्यान्डले गोली चल्दैन भन्ने त होइन। सैनिक प्रशिक्षानलेको सामान्य सैनिकले दुबइ हत्ले गोली चलाऊन सिक्नु पर्छ क्यारे। अफु त विद्वान होइन तर यस्तै सुनेको छु है। अर्को कुरा दीपेन्द्र लाई ऐश्वोर्य को बडी गर्द्ले नै मारेको भएनी दीपेन्द्रले जे गर्‍यो त्यो त कम् हुन्न थियो।  अर्को कुरो, बिरेन्द्र को सब्यात्रा जुन भन्दा भाईलो देखियो, त्यस्तै दीपेन्द्र को सब्यात्रामा नि हुने देखी चि गिरिजा बाबु ले बुद्धी पुर्यर नेपाली मुर्ख मान्छेलाई बाचाएक हुन नि । नत्र दीपेन्द्र सँगइ कती सती जन्थे नि। त्यता तिर नि सोछे कसो होला? नक्कली होस् य सक्कली पोस्त्मोर्तेम रिपोर्ट देखको भये तपाईं पत्यौनु हुन्थ्यो र? एत्रा सारा जिउन्दा प्रतक्च्य दर्शीले भनेको कुर नपत्याउने ले? हुन त केटाकी चेस्तेर लाई तन्न घुस तिएर यो लेख लेखेको होला नि हगी? 

६- र सबै भन्दा महत्वपूर्ण कुरा, त्रिभुवन सदन जहाँ यी सम्पूर्ण हृदयबिदारक घट्ना भए, त्यसको नामो निशान किन मेटाइए। घट्ना भएकै राती दमकल को फोहरा प्रयोग गरी किन सफा गरिए र केही दिन मै जग समेत न रहने गरी त्रिभुवन सदन भत्काइए   । घट्ना स्थल जस्ता को तस्तै राखी जाँचबूझ गराउनु पर्ने हैन र ? आफु चोखो छु भनेर हजार देउता भाक्ने ग्यानेन्द्र र तिनका सन्तानले चोखो भएको भए फ्लोरिन्सिक जाँचबूझ गराउन र घट्नास्थल सुरक्षित किन गर्न सकेन वा मानेन ?
 
अब कसैको घरमा कुनै थौन्मा आफ्नो बन्स नै बिनास भएको छ भने त्यो थौन्लाई सधैं उस्तै राखेर जिन्दगी भरी त्यो थौन हेर्दाइ त्एइ दिन सम्झिदै कसैलाईनी रोएर बस्नत मन्लाग्दैन होलानी हगी? अर्को कुरा त अहिले ज्ञानेन्द्र तेस्रो दर्जक नागरिक भ्एक चन, पार्टीहरुले किन एसो गरिनस तन नै हत्यरहोस् भनेर ग्एन्द्रलाई काठघरमा किन नल्एक होलन हगी? थप्पद कन्दमा छैन परस्को बयन लिएन्छ एत्रो कान्डमा छैन पार्टी चुप छन नि हगी? अनी जब एउत मान्छेको सपरिवार समप्त हुन्छ उस्लाई फोरेन्सिकको बदी चिन्ता हुन्छ कि आफ्नो शान्ति को? मान्छे त तिनिनी मान्छेनै हुन नि होइन? 


 
 
अन्तमा, म विद्वान नभ्एनी, ज्ञानेन्द्रलाई राजनीतिक रुपमा मन नपराउनु आफ्नो थौन्मा होल, तर कुतर्क गरेर हत्यकानडमा जोद्नेकाम त नेपाली राजनीति पार्टीले नि गरेक छैनन, जनता कती मुर्ख भका हुन भगवान जने! 

 







 

 
Posted on 05-31-11 1:46 PM     [Snapshot: 839]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छु जि तपाईं को तर्क र उत्तर प्रती  नाजवाफ छु। तपाईं नै सहि र सत्य भएको मानिछु र मेरो तर्क मेरो बिस्लेषण यही अन्त्य गर्दै छु। अन्यथा न लिनु होला ।

 
Posted on 05-31-11 1:50 PM     [Snapshot: 861]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said Kanchu. You are right.
 
Posted on 05-31-11 1:58 PM     [Snapshot: 894]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Ha ha ha well said kanchu! very sarcastic yet very correct. Could not have said it better! 

I like this answer -ha ha ha 

"मेरा मामा छौनी अस्पातलमा काम गर्छन् र उन्ले सबै राज परिवार कुरा गर्दा दीपेन्द्र ले नै मारेको भने। म तपाईंको आमा को कुरको विश्वाश गरौ कि मेरो मामाको? अनी तपाईंकी आमले कस्लाई सोधेको ? हावाल्दार्लाई? अनी हावाल्दार्लाई सबै कुरा थाहा हुन्छ त lolll

 
Posted on 05-31-11 2:09 PM     [Snapshot: 917]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nalapani ra Sid bro pani rajabadi

La ma khusi bhaye!

 
Posted on 05-31-11 2:12 PM     [Snapshot: 917]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Btw, rahulvai, tapaile ta afno  annutarit  prashna haru nikalnu bhayecha ta? rahana dinu bhayeko bhaye hunthyo aru ni tyestai jawaf ko paechya gareka lai sahayog hunthyo. tara kehi chaina. mero comment ma mainle tapaiko prashna harulai hubahu rakheko chu, sayad aunda dinharuma yesle kehi sakaratmak sandesh dinecha.  Kher tapaiko prashnako lagi muri muri dhanyabad ra sathi haru nalapani ra santipriya lai ni dhanyabad!





 
Posted on 05-31-11 2:47 PM     [Snapshot: 983]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 @ Nagarikreport

DO YOU HAVE ANY PROBLEM WITH ME ?

I know you are in delusion of omniscience and regarding only yourself as a mr. know all. If you don't have balls to listen to others' perspective and inputs why the hell you racist post the threads in public forum like sajha ?  Do not pull my leg. Kina matwali matwali bhanera karauchas? i know I am more aryan than you mongrel of dravid tara ma ta jasto racist haina. Taile jasto language prayog  garna malai talai bhanda ramro gari auach but ma ta jasto mean hoina, debate garna nasakera star jharera gali garne.

Take home msg tero lagi: You are a pround Kshyatriya who escaped from muslims into Nepal and got protected by us 'Matwali'. Yo nepal bhanne desh nai yahi matwali khas le nai banayeko bho, ta jasto chokho Kshyatriya ta bharat barsa ma basnu parne kina usa aayis?


Furthemore, I m not going to comment on any of your idiotic post and do not comment about me and my post either.

PEACE !!! 

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters