[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 69613 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
Posted on 01-06-10 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaaja bhane katha padhna majja aayo!!!!! Aafno bhagya ma Bairya jasto lekhe rainchha k garnu ra....
 
Posted on 01-07-10 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biare ko katha padda ko majai arko cha... katha pada paddai aafu pani musu musu hasna pugincha..


aba baire le riya paune bho hoina..... la ta baira aba baki bhag chadai rakhnu paryo..


 
Posted on 01-11-10 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-13-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<<<<रिया चेन्ज गर्नु अघि नै बाहिर निस्की मेरो ओठ मा स्पर्श छाडी र फेरी चेन्ज गर्न गइ । >>>
अैला, क्या सीन छ।
आयो आयो, छोरो आयो! बज्ये बैरे, काँ मात्र गैरा भन्या त, न्यू योर्क पो गा रेछ। घच्ची आयो। सिरिङ्गै पारेर आयो। कागज त भन्यो बज्येले, ऐले मामा बनाउन ला त हैन होला भन्छु केरे। रिया कोलोराडो जान्छु भन्न ला जस्तो छ, खप्पराँ त लेखेरै आ छ बैरेले। लु लाइफ बन्नी भो जस्तो छ, अर्को भाग पनि आजै राखे कसो होला? तिमी त हराको हराइ गर्छौ फेरी, आस पनि गर्न नहुनी, भर पनि पर्न नहुनी खाले छौ।


क्या क्या डीटेल लेख्छ भन्देखुन के भन्नु र! अब कथाको हरेक लाइनको बर्णन गर्न बसियो भने बैरेको कथा भन्दा लामो हुन्छ, तेइ भेर केइ नलेखुम। ल मज्जा आयो >>


यती चाडो मामा बन्ने रहर पुरे ? टुट मुला पुरे । पहिले बिहे त हुन देउ


serial


<<पुरे कै कपेर पेस्ट गर्या >>


धन्य हो प्रभु कम से कम त्यती गर्ने समय त पाउनु भयो , म त अब बौचा को कथा लेख्नु पर्ला कसो पुरे ??


STUPIDA
<<haray...........baiman bairay......kaha liyara katha rokya...........paap lagcha..........ki ti buda ba lay vhanya jastoe -"chappa samatay ra, futta chodnue jastoe"..........arkoe vhag ni chadoe lekhnue paroye....


Anyway....I am one of the silent readers. Always enjoyed ur postings, and really couldn't stop this time from THANKING YOU.......THANK YOU!!!!>>


प्रभु , पढिदिनु भयो , त्यो माथि नि कमेन्ट लेखिदिनु भयो म क्रितज्ञ भए


Santosh1984
<<Aaaja bhane katha padhna majja aayo!!!!! Aafno bhagya ma Bairya jasto lekhe rainchha k garnu ra.... >>


प्रभु यो बैरे को भाग्य त ब्रम्हा जी ले समय लिएर कोर्या हो , तर समय समय मा सब जना त्राही त्राही भन्न आउथे ब्रह्मा जीले अरु को पाप को भ्न्डार आफ्नै खप्पर मा राखी दिए


quicksiler
<<biare ko katha padda ko majai arko cha... katha pada paddai aafu pani musu musu hasna pugincha..


aba baire le riya paune bho hoina..... la ta baira aba baki bhag chadai rakhnu paryo..>>


प्रभो यो लेख्ने भन्दा नि पढ्ने ब्यक्ती को खुबिलिटी को कुरा हो । अर्को भाग पस्कदै छु


NitiSa
<<Nice going!!! >>
औरेजी मा भनु भेन Thankx


 



 


 
Posted on 01-13-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यू योर्क शहर को उज्यालो उसको मुस्कानको अगाडी फिक्का परेको थियो ।


उसलाई फेरी अंकमाल गरे , अब फिर्ती तयारी त गर्नै पर्‍यो । आफ्नो जीवन को सबै भन्दा ठुलो उपहार पाएको थिए मैले । भोली साझँ को फिर्ती थियो तर यो पाली एक्लै होइन दुबै जना जाने भएका थियौ ।


(समय लाई केही अगाडि लगौ )


म मा धेरै कुरा हरु को बद्लावा आएको थियो । केही कदम बढाउनु अघी आफ्नो मात्रै होइन रिया को बारे मा नि सोच्नु पर्ने भएको थियो । पहिले को झै अल्लारे पारा हरु लाई जिम्मेवारी हरु ले ढाक्दै आएको थियो । केही कुरा हरु  भने बद्लन निकै गाह्रो भएको थियो जस्तै - पकाइ र सफाइ । हुन त रियाले पनि धेरै कुरा हरु सँग सम्झौता गरेकी थीई । सधैं मैले भता भुङ्ग गरेका कुरा हरु उसले मिलाएर राख्थी ,घर सधैं चिटिक्क पारेर राख्थी , खान पिन को ब्यबस्था सधैं गर्थी । स-साना कुरा हरु सबै को मेला पाटो गरेकी थीई ।


पहिलो झगडा ....


कामको पेलाई मा केवल म मात्र होइन उु पनि परेकी थीइ, घर आए पछी काम को बिषय मा कुरा हुन्थ्यो , एक अर्का लाई सहानुभुती दिनु बाहेक अरु के नै गर्न सक्थ्यौ र ? बिस्तारै बिस्तारै काम घर भित्र आइपुगेको थियो । कहिले काही काम बाट घर आउँदा जुन आकाश मा झुलिकी सकेको हुन्थ्यो । पहिले त एक अर्का लाई कुरी बस्थ्यौ तर जती जती यो क्रम बद्दै गयो त्यती त्यती खाना एक्लै खानु परेको थियो हामी दुबैले ।


रिया - सुन न यो पाली को लोङ वीकेन्डमा केही गरु है ?


- "मेरो मिल्दैन, प्रोजेक्ट डियु छ , काम हुन्छ होला । "


रिया - "कत्ती काम काम , पहिले हरेक वीकेन्ड बाहिर गैइन्थ्यो , हप्ता , महिना मा बद्ल्यो अब त त्यो नि बन्ध "


- " अब काम छ के नै गर्न सक्छु र ?"


रिया - " काम मा भन न, बरु यो हप्ता र नेक्स्त हप्ता ओभर टाईम गर्छु , वीकेन्ड चाँही छुट्टी दे भनेर "


- अली ठुलो स्वोरमा "बरु काम नै छोडि दिउ ?"


रिया - " मैले के नै नराम्रो भने र ? किन ठुलो स्वोर मा कराको ?"


- "खै, मैले ठुलो स्वोर मा बोलेको झै लागेन "


रिया - " अब त तिमी लाई के लाग्थ्यो र ? अरु केही होइन म बेसी भएको हो "


त्यो दिन हामी ३-४ घण्टा बोलेनौ .... फकाउ झै लागेको थियो तर सोचे - "may be she needs to be alone "



.........


डेन्भर मा जाडो महिना लाई भगाउन , गर्मी महिना आएको थियो , दिन हरु लम्बीदै गएका थिए , मान्छे हरु को चहल पहल पनि बध्दै गएको थियो,


रिया - "भोली त शनिबार, के छ प्लान ?"


- "काम का केटा हरु ले अब वीकेन्ड मा बास्केट बल खेल्ने भनेका छन, बिहान त्यही जानु पर्ला , दिउसो तिर केही गरे हुन्न ?"


- "हुन्छ "


बिहान बास्केट बल खेल्न गइयो, शायद शरीर फुर्तिलो नभएको धेरै भएको भएर होला अङ्ग प्रत्यङ्ग दुखेर आयो । २०६ प्रकार को हड्डी हुन्छ भनेको सुनेको थिए,  कहाँ कुन नली मा जोडीएको हुन्छ थाहा पाए ।


घर छिर्ना साथ जुत्ता एक कुना तिर फाले , बल्ल तल्ल मोजा फुकाले, अर्को कुरा तिर फाले , अनी नुहाउन गए । नुहाएर बाहिर आउँदा महारानी फुलेल -


- "के भयो ? किन ठुस्की रहा ?"


रिया - " तिमीलाई मेरो केही मत्लब छ , म सधैं तिम्रो पछी पर्न सक्छु , यसो घर सफा सुगर राख्न help गर्नु , त्यो नि गर्न सक्दैनौ भने फोहर त पार्दै हिंड्नु पर्दैन नि ?"


आफु थाकेर लोत पर्या थिए , के मुख लाई जस्तो भयो , गएर सोफा मा पल्टे ,


उु - "मरी मरी बिहान भरी सफा गरे , अब गएर थ्याच्च बस , त्यही हो तिम्रो काम "


- " के अब आफ्नै घर मा बस्न नपाउने भए ? मैले जे गरे नि तिमीलाई किन गाह्रो हुन्छ आजकाल ? God I can't stand your Nagging "


टि.भी खोले


उु - "हो अब त मैले बोलेको नि तिमीलाई Nagging भयो होइन ?"


- "Can You please shut up for a while, I want to concentrate on this " टि.भी देखाउदै


रिश को झोक ले होला उु पनि मुर्मुरिदै गई खोठा भित्र , ठुलो आवाज आयो ढोका लगाएको , आवाज सँगै पारो नि तात्यो , त्यही पनि बोल्न जानु भनेको आगो मा घिउ थप्या बरोबर हुन्छ भनेर चुप लागे ।


थाकेर होला कती खेर आँखा लाग्यो थाहा नै भएन आँखा खुल्दा त २:०० बजे को थियो , भोक लागेर नि चुर भएको थिए , रिया के गर्दै होली भएर चिहाउन गए , उु पनि मस्त ले बुडालिन कण्ठ रहेछी ।


मन मनै सोचे - "अब त फकाउन पर्छ नभए फेरी अर्को कहानी सुरु हुन्छ "


गएर सुटुक्क उस्को छेउ मा बसे , उसको कपाल सुम्सुमाउन लागे , शायद मेरो स्पर्श पाएकोले होला उसले आँखा खोली, अगी को रिश बाँकी नै थियो क्यारे , मेरो हात हटाइ अर्को तिर फर्की ।


उु - "बाहिर जाउ, किन फकाउन आको ?"


- "म कहाँ, फकाउन आको हो र, म त यसै तिमी के गरे राखेको होलौ भनेर हेर्न आएको "


उु - "देख्यौ होइन ? जाउ अब तिम्रो टि.भी हेर्न "


- " यस्ती राम्री , हेर्न छोडेर त्यो टि.भी कस्ले हिरोस "


उु - "अघी सम्म त त्यही टि.भी हेरी राख्या थियौ त ?"


- "कती खेर आँखा लागेछ थाहा नै भएन , आँखा लाग्ने थाहा भाको भए त यही आएर तिम्रो छेउ सुत्थे नि ? बौला हो र एक्लै सुत्न ?"


उु - "कुरा त कती आउछ हगी तिमी लाई "


- " लौ अब उठ , भोक नि लाग्यो बाहिर नि जाने भन्या होइन , ल तयार हौम "


उु - " ए भोक लागेर पो आको ?"


- हिन्दी मोभी को डाइलग दिए  " भोक भन्दा नि प्यास धेरै "


उु जुरुक्कै उठी ।


बाहिर केही खाएर कहाँ जाने भनेर सोध्दा उस्ले - "घर हेर्न जाउ न , अब त सकिन नि आट्यो होला , जुलाई मा तयार हुन्छ भन्या होइन ?"


- "हो , ल जाउ न त जाउ "


हामी ले कोन्ट्राक्ट दिएको घर लगभग तयार भई सकेको थियो , अब अर्को महिना त सर्न नि तयार हुने थियो ।


शायद घरमा सर्ने भनेर होला , फर्किद बाटो मा - " अब नेक्स्त वीक देखी घर मा के के समान राख्ने त्यो नि हेरुम है "


- " हुन्छ , तर please केटीको जस्तो घर नबनाउ है , अली कती Modern राख "


उु एक छिन चूप लागि,


- "के भयो, किन चूप ?"
   
शायद हाम्रो बिच यो कुरा नभएको होला उस्ले - "केही होइन " भनेर जवाफ दि ।


समय यसरी नै बित्दै गयो , हेर्दा हेर्दै घर मा नि सरीयो , उस्लाई ध्याम्म बन्द गर्ने ढोका हरु र मैले फोहर गर्ने ठाउँ हरु बडेका थियो । झगडा स-साना हुँदै गर्थे , फकाउने सधैं मै हुन्थे , कहिले काही झगडाको साइज पनि घर जस्तै हुन थालेको थियो । घरमा ठाउँ धेरै भएर होला झगडा पछी दुरी नि बद्दै गएको थियो , कहिले काही दिन हुन्थ्यो सम्झौता हुन अघी ।


हामी दुबै लाई थाहा थियो कि यो सब एक अर्का सँग बस्दा यस्तो सा-सानो कुरा हरु हुन्छ भनेर, अङ्रेजी मा भने झै - " Our life was becoming a Normal flow"


एक दिन म घर आउँन ढिलो भएको थियो । घर आउँदा उु कोठा भित बस्दै सुक सुक गर्दै थीइ , मलाई देखेर मेरो सामु आएर मलाई अङ्गाली


- " बैरे, घर मा हाम्रो र हामी सँगै बसेको कुरा थाहा भयो "


क्रमश :


 
Posted on 01-13-10 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुर्दार, सोमबारबाट मंगलवार भनेको आज बुधवार भो, आज नि नआ भे त्यो लहरेलाई कुट्या झैँ कुट दिन्थेँ।

कस्तो सहि चित्रन गरेको पाट तिम्ले, हुन त आफु त्याँ सम्म पुग्या छैन तर पनि सोचेरै डर लाएर ल्यायो। त्यस्तो धेरै माया गर्थ्यौ, ऐले दुरी बध्दै गयो भन्छ। अनी घराँ थाहा भेर के भो त, केटो अली अली मात्र बिग्र्या हो, खासै नराम्रो बानी ऐले छैन भने त नाइ-नास्ती हुन्थेन कि। तर साची है मुर्दार ब्या नगरि बस्या रेछ, डर त भै हाल्छ, याँ सुनेरै मलाई डर भै सक्यो। कस्तो कस्तो थाममा ल्याएर रोक्छ भन्देखुन्।

झन्नै बिर्सेंको, घर किनेकोमा बधाई छ है।

<<<म त अब बौचा को कथा लेख्नु पर्ला कसो पुरे ??>>>

हो हो लेख्देउ, तर होस्, यो लहरेको कथा लेख्नी भनेको खाली यो केटीको पछी कैले त्यो केटीको पछी बाहेक केइ हुनी हैन क्यारे, त्यो त ऐले नै थाहा छ नि, बरु तिम्राइ कथा इन्तेरेस्तिङ छ, ल अब हल्ला नगरि अगाडि बढाउ, अब फेरी यो शनिबार केटाहरुको गेम छ भनेर नलेखी बस्नी हैन नि, भोली खाली छ केरे, लेखेर टास्नु छिटो छिटो!

 
Posted on 01-13-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मजा आयो। पहिला त सुरु देखि नपढ्या भएर हो नि।


अब को मोड गजब होला जस्तो छ,। झगडा नि पर्न थालेछ, घरमा नि थाहा भएछ, मिलाऊ बैरे मिलाऊ वियोगान्त चाहिँ नहोस है।


 
Posted on 01-13-10 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा त कती झगडा गर्न सकेको - झगडा गरेर फकाउन नि मजा नै हुन्छ -


खतरा गइराछ कथा अहिले सम्म त


अब चाँही बैरे ले झ्याइ पार्ला जस्तो छ ल -


थाहा भएपछी बिहे नगरि भयो र - ल बैरे बधाई छ -


 
Posted on 01-13-10 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire bajya kasto bihe nai nagari gharjam garna sakeko ta? maane pravo maane!!!!!!!
 
Posted on 01-15-10 3:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते बैरे ज्यु, 


साच्ची न मेरो ब्यस्तताका कारण साझामा visit गर्थे अनि सुटुक्क  निस्कन्थे, लामो समय भयो मैले कमेन्ट गर्न छाडेको। तर आज मलाई केही नभनि यो मनले शान्ति दिएन, त्यसैले केही लेख्दै छु। 


यति छर्लङ छ कि तपाईंको कथा, सन्सनी पूर्ण छ, अनि intersting त्यतिकै, फिल्म हेरे जत्तिकै छ, पढ्न सुरु गरे पछि छोड्न सकिदैन जब सम्म कथा अन्त्य हुँदैन। म लगायत म संगैका साथीहरुले यस कथालाई असाध्य मन पराएका छन् । कथा लेख्ने क्रम जारी रहोस भन्ने कामना गर्दछु।


यदी real लाईफमा रिया आफ्नै girlfriend हुन् भने फलोस फुलोस तपाईंहरुको माया। यो wish मैले पहिले पनि गरिसकेको छु। फेरी पनि एक पटक।  
 
जदौ 
कालेदाइ          


 
Posted on 01-21-10 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

heterika baire..chado naya bhaag prastut garnu paryo... agreem dhanyabad takkrauchu...chado chado...

 
Posted on 01-21-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@बैरे:
 
Posted on 01-21-10 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<मुर्दार, सोमबारबाट मंगलवार भनेको आज बुधवार भो, आज नि नआ भे त्यो लहरेलाई कुट्या झैँ कुट दिन्थेँ।
कस्तो सहि चित्रन गरेको पाट तिम्ले, हुन त आफु त्याँ सम्म पुग्या छैन तर पनि सोचेरै डर लाएर ल्यायो। त्यस्तो धेरै माया गर्थ्यौ, ऐले दुरी बध्दै गयो भन्छ। अनी घराँ थाहा भेर के भो त, केटो अली अली मात्र बिग्र्या हो, खासै नराम्रो बानी ऐले छैन भने त नाइ-नास्ती हुन्थेन कि। तर साची है मुर्दार ब्या नगरि बस्या रेछ, डर त भै हाल्छ, याँ सुनेरै मलाई डर भै सक्यो। कस्तो कस्तो थाममा ल्याएर रोक्छ भन्देखुन्।
झन्नै बिर्सेंको, घर किनेकोमा बधाई छ है।
<<<म त अब बौचा को कथा लेख्नु पर्ला कसो पुरे ??>>>
हो हो लेख्देउ, तर होस्, यो लहरेको कथा लेख्नी भनेको खाली यो केटीको पछी कैले त्यो केटीको पछी बाहेक केइ हुनी हैन क्यारे, त्यो त ऐले नै थाहा छ नि, बरु तिम्राइ कथा इन्तेरेस्तिङ छ, ल अब हल्ला नगरि अगाडि बढाउ, अब फेरी यो शनिबार केटाहरुको गेम छ भनेर नलेखी बस्नी हैन नि, भोली खाली छ केरे, लेखेर टास्नु छिटो छिटो! >>


पुरे  के गर्ने भन्या काम छ , तिम्रो जस्तो कोड फ्रीज भा छैन , आफ्नो कोड नै कोड छ जिन्दगी भरी, लु १-२ घण्टा मा टासुला


Birkhe_Maila
<<मजा आयो। पहिला त सुरु देखि नपढ्या भएर हो नि।
अब को मोड गजब होला जस्तो छ,। झगडा नि पर्न थालेछ, घरमा नि थाहा भएछ, मिलाऊ बैरे मिलाऊ वियोगान्त चाहिँ नहोस है।>>


बिर्खे बा बियोग नहोश भन्ने त मेरो नी कामना हो तर सब को कथा तपाईं बा र जिम्माल बुढी को जस्तो सधैं लोउ नै लोउ कहाँ हुन्छ र


Serial
<<लौ जा त कती झगडा गर्न सकेको - झगडा गरेर फकाउन नि मजा नै हुन्छ -
खतरा गइराछ कथा अहिले सम्म त
अब चाँही बैरे ले झ्याइ पार्ला जस्तो छ ल -
थाहा भएपछी बिहे नगरि भयो र - ल बैरे बधाई छ - >>


लहरे बच्चा जमिने कहीले कहीले भोटो सिलाउने अहीले भन्या झै कुरा नगर न यार । घर मा थाहा पाउने बित्तिकै बिहे गर्या भए अहीले कृष्ण जी डोउन हुन्थ्यो, तर झगडा पछि फकाउन चाँही निकै मज्जा आउछ , बौचा ले लहरी लाई कम फकाको होईन र


Santosh1984
<<Baire bajya kasto bihe nai nagari gharjam garna sakeko ta? maane pravo maane!!!!!!! >>


प्रभु , त्यो भन्छ नी टेस्ट ड्राइभ हो त्यहि गर्या मात्रै हो क्या


kAledai
<<नमस्ते बैरे ज्यु, 
साच्ची न मेरो ब्यस्तताका कारण साझामा visit गर्थे अनि सुटुक्क  निस्कन्थे, लामो समय भयो मैले कमेन्ट गर्न छाडेको। तर आज मलाई केही नभनि यो मनले शान्ति दिएन, त्यसैले केही लेख्दै छु। 
यति छर्लङ छ कि तपाईंको कथा, सन्सनी पूर्ण छ, अनि intersting त्यतिकै, फिल्म हेरे जत्तिकै छ, पढ्न सुरु गरे पछि छोड्न सकिदैन जब सम्म कथा अन्त्य हुँदैन। म लगायत म संगैका साथीहरुले यस कथालाई असाध्य मन पराएका छन् । कथा लेख्ने क्रम जारी रहोस भन्ने कामना गर्दछु।
यदी real लाईफमा रिया आफ्नै girlfriend हुन् भने फलोस फुलोस तपाईंहरुको माया। यो wish मैले पहिले पनि गरिसकेको छु। फेरी पनि एक पटक।  


जदौ 
कालेदाइ>>
          
कालेदाइ तपाईं हरु को प्रोत्सहान ले गर्दा नै लेख्ने क्रम जारी नै छ , यसरी नै पढिदिनु होला , मेरो कथा हरु लाई आफ्नै झै माया  गरिदिनु  अरु के आइ चाहियो र मलाई


quicksiler
<<Heterika baire..chado naya bhaag prastut garnu paryo... agreem dhanyabad takkrauchu...chado chado...>>
प्रभु आउँदै छु , पकाउदै छु अब तुरुन्तै पस्किन्छु


पुरे :- मुख बिगार्या हेर न बजिया , पूण्टे दाई ले जिम्माल लाई "चिलिम ब्रेक लिन नपाएका ठुल्दाई।" को उत्तर  भन्या कुरो पढ त्यहि भा हो ??


 


 
Posted on 01-21-10 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<पुरे :- मुख बिगार्या हेर न बजिया , पूण्टे दाई ले
जिम्माल लाई "चिलिम ब्रेक लिन नपाएका ठुल्दाई।" को उत्तर  भन्या कुरो पढ
त्यहि भा हो ?? >>>
>

<<<चिलिम ब्रेक लिन नपाएका ठुल्दाई।
हग्न बस्दा आची अड्क्या बिर्खे झैँ>>>

बुझिएन, ल स-प्रसँग व्याख्या गर अब

 
Posted on 01-21-10 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो त्यो बिग्र्या मुख को कारण
<<हग्न बस्दा आची अड्क्या >>
हो भनेर सोध्या


 


टुट मुला कथा लेख्दै छु डिस्टर्ब गर्छ


 
Posted on 01-21-10 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोरो बैरेको कथा आयो भनेर दौडेर आएको त !! "जिल्ल बुढी हिस्स दात" पर्द्यो ।
कथै बिर्सिने बेला हुन लाग्यो !!!ल ल छिटो लेखम साथी |
Hos Prashad

 
Posted on 01-21-10 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- " बैरे, घर मा हाम्रो र हामी सँगै बसेको कुरा थाहा भयो "


साचो भनु भने कुरा खासै ठुलो, मलाई चाँही लागेको थिएन , अब सँगै बसे पछी कुनै न कुनै दिन त थाहा हुनु नै थियो , उसलाई पहिले घर मा खबर गर भनेको मानिन, अब आफ्नो मुख र अरु को मुख ले भन्नु मा फरक धेरै हुन्छ , शायद त्यही कुराले होला उसको यो हाल भएको ।


- " ठिकै छ त , तिमी ले के भन्यौ ? "


उ - "कस्तो ठिकै छ ? कसरी ठिकै छ ? ठीक केही छैन , घरमा बुवा आमा दुबै रिसाउनु भयो , धेरै कुरा केही हुँदै भएन "


- " हामीले शायद यो कुरा घर मा पहिले नै भनेको भए कुरा यस्तो ठुलो हुँदैन थियो होला , ठिकै छ अहिले यो Topic गरम नै छ , अली सेलाए पछी घर मा कुरा गरुला "


उु - "मलाई त एकदम डर लागि रहा छ , घर बाट हुन्न भन्यो भने त म तिमी सँग ..."


- "यो कुरा त पहिले नै सोच्नु पर्ने होइन र ? "


उु - " I Do not need any advice, Can you please just show some support?"


- " तिम्रै support त हो नि , नभए कस्को गर्न जाउ त ? "


खासै भन्ने हो भने , मन को कुनै कुना मा अली चोट भ्ने पुगेको थियो , हाम्रो सम्बन्ध को लागि उु आफ्नो घर सँग जुध्न सक्दैन थियो , के यही थियो त मेरो प्रेम को सम्मान ?


रात भरी निद्रा लागेन , मन भरी कुरा हरु खेल्न थाले , धेरै यदी यसो भयो भने उसले के गर्ली भन्ने प्रश्न हरु उठ्न थाले , फेरी सोचे , उु कस्तो थियो भन्ने कुरा त मलाई पहिले थाहा थियो , यो सम्बन्ध मा बाधिनु अगी नै मैले सोच्नु पर्ने कुरा थियो , अब यस्तो कुरा सोच्नु हुन्न जस्तो लाग्यो , फेरी सोचे , तर उसको यस्तो रूप त मैले पहिले देखेको नि थीइन ।


रात गई बात गई भने झै भोली पल्ट कुरा सब ठीक भयो । आफ्नो त्यो मन को कुरा र संका हरु उसको सामु न त खोले नै न त खोल्न उचित नै लाग्यो । दिन हरु फेरी बित्दै गए , दशैं तिहार नि लड्दै पड्दै ढोका सामु आइ पुग्यो । नवमी को दिन बेलुकी घर मा फोन घुमाउदा घुमाउदा रात कट्यो मरी गए लागेन , लौ अब उतै बाट गर्लान नि भनेर सुतियो । 


दशमी को दिन आयो,  विबाह को बन्धन मा त बाधिएका थिएनौ , त्यही पनि टिका टालो गर्ने संस्क्रिति त छोड्नु भएन ।  अब सम्बन्ध मा पर्या भए, आफु घर को ठुलो बडो हुन्थे , नेपालमा टिको लाइदिने को निधार खाली हुनु हुन्न भन्थे त्यसैले एका बिहानै मन्दिर तिर लागे , हुन त पहिले अरु को हात को टिको लगाए नि हुन्थ्यो तर आफ्नो घर किने पछी को पहिलो टिका घरै मा सुरु गर्ने रहर ......


मन्दिर मा देवी को आर्धना गरी पूजारी को हात बाट टिका लगाइ कुदे म नि घर तिर टिका सुरु गर्न , साइत त छोड्नु भएन नि । बाटो बाट उसलाई फोन गरे ,


- " ल तयार भएर बस है , म आइ पुग्छु १५-२० मिनट मा, अनी टिका को समान नि ठीक पारी राख "


उु - " हुन्छ "


घर पुगे भित्र पस्दा उसलाई कतै देखिन , अझै सुती रहा होला भनेर रिसाउदै कोठा भित्र छिरे , उु फेरी आँखा भरी आशु लिएर बसी राख्या थीइ


कारण त थाहा थियो त्यही पनि नथाहा पाको झै सोधे -


- " ल के भयो , आज को दिन नि कोही रुन्छ ?"


उु - "घर बाट फोन आको थियो , बुवा आमा दुबै रिसाउनु भाको छ , अब तलाई घर परिवार चाहिएन , दशैं मा नि घर मा फोन गर्नु छैन, तलाई हाम्रो केही मत्लब छैन , भन्नु भयो "


उु झन डाको छोड्दै रुन थाली


- "अनी भनेनौ हिजो रात भरी फोन गर्या लाइन नै लागेन भनेर ?"


उु - "भने , तर विश्वाश नै गर्नु भएन "


- "ल भई, हाल्यो नि mis-understanding भयो होला , आज को दिन नि रुन्छ , अलछिन लाग्छ , ल Fresh भएर आउ टिका लगाउ "


उु - " त्यती मात्रै होइन , मैले ल अब भयो नि त , किन रिसाइ रहनु भाको , आज टिका को दिन नि कती गाली गर्नु हुन्छ , ल टिका लगाइ दिनु भन्दा ....."


उसको रुवाइ झन चर्को हुन थाले को थियो , श्वास को सन्तुलन रुवाइ ले बिगारे को थियो , हिक्क हिक्क र सुक्क सुक्क गर्दै बोल्दै थीइ 
 
उु - " तलाई घर को इज्जत , आफ्नो परिवार को संस्क्रिति केही मत्लब भएन , अमेरिका गएर निकै के के नै गरिश जस्तो लाग्यो , आफ्नो जात भात नमिल्ने केटा सँग गएर सम्बन्ध गासिस ।  त्यती ले मात्रै नपुगेर, सँगै बस्न नि थालिस , घर मा खबर गर्न नि उचित ठानिनस । तलाई हाम्रो मतलब छैन भने हामीले तेरो मत्लब किन गर्ने , के टिका लगाइ भयो र ..... भन्नु भयो "


कुरा सुन्न त सुने तर पच्न चाँही निकै गाह्रो भयो , यहाँ कुरा उु म सँग बसेर ठुलो भाको हो कि मेरो र उसको जात नमिल्ने कुरा ठुलो भाको बुझ्न सकिएन । चाहे क्षेत्रि, नेवार, भोटे, गुरुङ , मगर होश, आफ्नो जात आफ्नै गौरोब हो , त्यही भएर आफ्नो जात को बारे अरुले केही भन्दा पारो तात्यो , फेरी अर्थ को अनर्थ लाग्ला भनेर रिश पचाए


- "तिमिले के भन्यौ ?"


उु - "के भन्नु सुनी रहे , हुन पनि हो म तिमी सँग घर मा कुरा नगरि बस्न नहुने "


अब चाँही थर्मो मिटर जीउ मा छुवाको भए फुट्थियो , त्यही पनि थामे आफु लाई


- "त्यो सोच्ने समय त मैले तिमी लाई दिएकै थिए होइन र ?"


उु - "तिमी Please सबै कुरा मेरै टाउको मा किन हाल्न खोज्छौ , मैले हाम्रो Relation ले यस्तो रूप लेला भनेर सोच्या थीन "


- " के रूप , कस्तो रूप ? "


उु - " म त घर बाट हुन्छ भन्नु हुन्छ भन ठान्या थिए , त्यही भएर मैले पहिले नै भनेको थिए घर बाट हुन्न भन्नु भयो भने हुँदैन भनेर "


- " घर बाट हुन्न नभन्नु को कारण ?"


उु - "बैरे, Please तिमी Modern हुन नखोज , तिमी लाई नि थाहा छ मलाई नि थाहा छ , तिम्रो र मेरो बिच मा सब से ठुलो अन्तर भनेको हाम्रो जात नै हो । मलाई केही Problem छैन , तर नेपाल मा बुवा आमा को सोचाइ पुरानो छ । "


बाबु आमा को सोचाइ पुरानो होइन आफु ले चाहेको ब्यक्ती को सोचाइ पुरानो भएर होला ठुलो स्वोरले


- "यो त तिमी ले म सँग सम्बन्ध गास्नु र तिम्रो बुवा आमा ले तिमी लाई अमेरिका को प्लेन मा राख्न अघी सोच्नु पर्ने कुरा होइन र ? यहाँ problem तिम्रो घर ले नमान्या होइन तिमीले सम्झाउन नसक्याले मलाई धेरै भई रहा छ "


उु - "के अब म घर मा सब सँग झगडा गरे तिमी सँगै बसु त ? "


- " म सँग त तिमी बसे कै छौ , घर मा झगडा गर भन्या होइन , कुरा मिलाउ, सम्झाउ भन्या मात्रै हो "


उु - " तिमी लाई मेरो घर कस्तो छ थाहा छैन "


- " त्यसो भए म सँग किन सम्बन्ध गास्या त "


उु - - " के यो सम्बन्ध तोडौ भन्या हो तिमी ले ?"


- "मेरो भनाइ को अर्थ त्यो होइन , तर हामी बिच को जुन तिमी लाई लाग्छ Great Wall थियो त्यस्को कदर त गर्नु पर्थियो "


उु - " Please तिमी solution को सट्टा Problem नबढाउ "


- "घर मा कुरा मिलाउ भन्ने मेरो solution थियो , त्यसो भए तिमीले के सोच्या छौ "


उु - " केही सोच्या छैन , तर घर बाट हुन्न भन्यो भने चाँही, I cannot move forward "


- "What Do You Mean that you cannot Move Forward"


उु - " घर बाट हुन्न भन्नु भयो भने तिमी सँग विबाह गर्न सक्दिन, घर सँग सम्बन्ध तोडेर तिमी सँग सम्बन्ध गास्न सक्दिन "


- " Well त्यस भए Save your Relationship with your home, म सँग सम्बन्ध तोड "


- "दशैं मा दशा भन्या यही हो " 


म मुर्मुरिदै कोठा बाट निस्के । Living Room मा दशैं को टिकाको पूजा थाली लाई हेरे , मन बद्लिन खोज्दै थियो फेरी उस्को "Blood is thicker than Water" भन्ने attitude सम्झे , निस्के घर बाट बाहिर


क्रमश :



 


 
Posted on 01-21-10 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा एकदम रोचक अवस्थामा <as usual > आएको छ /
बैरेको <presentation > राम्रो लाग्छ, कथा रेगुलर्ली  पढ्ने गरेपनी एकाध पटक बाहेक कमेन्ट गर्न पएको थियिन, आज नगरि बस्नै सकिन /
थाहा छैन आज कथा तपाईंको जीवन भन्दा कती अगाडि छ, वा तपाईंको जीवन्मा आजको प्रस्तुती कती अगाडि घतेको थियो, तैपनी मेरो शुभकामना तपाईंलाई  तपाईंको जीवन फलोस फुलोस/

अनी कथालाई अली चाडओ चाडओ पढ्न मन लाग्छ, कल्लाई भन्ने होला ?
 
 
Posted on 01-21-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भनौ ...... रिया नानी त्येस्ति रहिछिन है ...... पहिले नै थाहा पाएको भये भाग बैरे भाग भन्नु हुन्थ्यो ........ हैन घर त्येस्तो छ भन्ने थाहा पायि पायी, घर मा नभनी कन, एसरी बैरे सँग बस्ने, तर पछी घरको लागि तिमी लाई छोडिदिन्छु भन्दा त मैले त रिया कै कम्जोरी देखे है साथी हरु ........ कमजोरी हो कि उमेर भएको बेलाको बठ्यायी हो अली बुझ्न गाह्रो भयो ......

 
Posted on 01-21-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कथा चाँही साह्रै राम्रो लेक्छ बैरे ले तर कुरौदा कुरौदा हैरान नै पार्छ। लौ अब छिटो छिटो अर्को भाग लेखनु पर्‍यो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters