world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 247750 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-27-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
 झिल्के ब्रो ,
 के भन्छ शिक्छ्या मन्र लय पाम्ने भे'सि मलै यो चक र कालो पार्टिको के मन पर्थ्यो र बाबै ।

 हउरको रोलनम्बर कति अरे ? ३ नै हो र भन्या ? कि फस् हुनलै हो   भुसुक्कै बिर्से बाबै नात्नातिनाहुरले दिमाग लै नै यस्तो ब्यस्त बनाई दिएकि रोलनंबर संझिने फुर्सद नै दिदैनन उसोत कइलेकाहीँ पैल्य पैल्य को चौतारी हेर्यो भने खुब हाँस्ने गराउछ ---अनिखेरि सबै भुराभुरीको निकै याद आंछ नि । मिष्टे कता हराए  हउरलै थाहा छ ? :(
 हउरले 'मिस' भनेओ त मनै परेन मलै खुरुक्क माष्टर्नी नानी भन्न छोडि :(

 
Posted on 01-27-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त माननिय मन्त्राणी  नै भ्न्नु पर्‍यो, अनी मलाई ब्रो भन्नु भाको, ल अब त म पनि ठुलो भयछु। हो त नै है मास्टर्नी नानी, पैला पैला हाम्रो जमानमा कती रमाइलो हुन्थ्यो, त्यो मिस्टे पनि जेल पर्या छ रे, आजीवन कारवासमा  (Marriage) छ भन्ने सुन्या थिय। आजकल पनि नयाँ दौतरी हरु आयर अर्कै किसिमको मज्जा छ। तर तपाइ त पहिला जस्तो आउनुहुन्न नि, बुढेस्काल्मा हस्पिटल जादै ठीक्क हो र? तैपनी मन्त्राणी भने नभै नहुने 
 
Posted on 01-27-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
 सबैले हउरलै ब्रो भन्च नि त्यै भ'र मैले नि ब्रो नै भनेकिम :)
 त्यो के जाती मन्तरी मलै बन्नु छैन  म जे छु त्यहि राउरो लाउछ। अनिखेरि हउरले नि त्यो के जाती रोज, गुलाफ के के जाति लेख्दै हुनुहुदोरे'छ क्यारे 
 सप्पै जो मुन्चे  बुढेसकाल लाग्दा जिम्माल बा अस्तो नलिखुट्टो  दुख्ने हुन्चन भन्नु भा' होला हउरले --अनिखेरि अस्पताल जानलै --हाम्लाई जान पर्दैन अस्पताल
 
Posted on 01-27-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाली खाली छ खै किन हो
मिस दर्शन है
मेरो निमन्त्रणा स्विकार्नु भएको मा आभारी छु
के गर्ने खै अघी पछी फुर्सत हुन्न छुट्टीको दिन आइजाओ न भन्यो कोही टेढ्दैनन
भऊते चाँही साच्चिकै सुतेको भन्ने बल्ल थाहा भयो
 
 
Posted on 01-27-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssss........ईssss........ कति बज्यो हँ?

 
Posted on 01-27-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सबैलाई नमस्कार छ है
 
Posted on 01-27-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - १३
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

सुर्यनारायणले पश्चिमी क्षितिजबाट पहेंलो किरण फालेर बिदा लिएको बेला छ। चारवटा भित्तामा जडान गरिएको बिजुली बत्तीको चहकलाई मधुरो बनाई कोठालाई अलि अँधेरो बनाइएको छ। त्यसको सट्टामा कोठाको बिचमा राखिएका चारवटा टेबुलहरुमाथिका मैन बत्तीका प्रकाशले उज्यालो थपेका छन्। ती चार टेबुलहरु लगातार जोडेर लामो बनाइएको छ । प्रत्येक टेबुलको पछाडि दुई वटा आरामदायी कुर्चीहरु राखिएका छन्। अगाडिपट्टि ती टेबुलसँग समानान्तर हुने गरी लाम्चो आकारको स्टेज जस्तो, भूईंबाट अलि अग्लो, भाग छ जसमा पुरै कार्पेट लगाइएको छ र बीचमा चकटी आकारका दुईवटा बाघका छाला ओच्छ्याइएको छ। दाहिनेपट्टिको छालाको चकटीमा एक अधवैंशे उमेरका व्यक्ति विराजमान छन्। उनका लामा जगल्टाहरुलाई सर्पले बेरेर सम्याएका, घाँटी र नाडीमा सर्प र रुद्राक्ष बेरिएका, शरीरभरि खरानी धसेका, अनि बाघको छालाको कट्टु लगाएका हुनाले उनी शिवजी हुन् भन्ने अन्दाज गर्न सजिलै सकिन्छ। (ल, सबैले कोटी कोटी नमस्कार गर्नुहोस्।) शिवजी अलि अधीर र बिचलित मुद्रामा छटपटाइरहेको भान हुन्छ।

शिवजी पार्वती! ए पार्वती! हैन तिनीहरु अँझै आइपुगेनन्? बोला'को समय त भइसक्यो। किन यस्तो ढिला गर्छन् बा!

पार्वती (भित्री कोठाबाटै) हजुर। आउँदै होलान् नि! तपाईंलाई नि कति हतार भा'को? नेपालीहरुको देउता भएसि नेपाली समय त अलिअलि भइहाल्छ नि।

शिवजी हैन। चाँडै आए भने चाँडै शुरु गर्न पाइन्थ्यो।

पार्वती आ! होस्। आफूले खाना पुरै बनाइभ्या' नि छैन।

शिवजी (उठेर भित्तामा टाँसेर राखिएको फोन डायल गरेको केही क्षण पश्चात) हेलो! अमरावती हो?
म कैलाशबाट शिब बोल्दै छु।
ए, ठिकै छ। अनि सुन त बाबु, इन्द्र त्यहीं छन् कि हिंडिसके?
ऐरावत हात्तीमा हिंडेको रे? खुरुक्क अन्तर्ध्यान भएर नआ'र किन बसाहामा चढेर आउन पर्या होला नि? झन् बेलुका अड्डा जमाउँला भन्या' त।
हात्तीमा आए पनि अड्डा जमाउन मिलिहाल्छ रे? कहाँ मिल्छ? देउताका राजा भ'र नि ड्रिङ्क् ड्राइभ गर्न मिल्छ?
हिंडिसक्या भए भइहाल्यो। ल त बाबु। (फोन रिसिभरमा राख्छन्)

पार्वती (भित्रैबाट) तपाईंलाई चैं किन फोनै गरेर सोध्न परेको नि? ध्यानदृष्टिले बिचार गरेर हेरेको भए भइहाल्थ्यो नि!

शिवजी ध्यानदृष्टिले हेर्नलाई फेरि मेडिटेसन् गर्न पर्छ। अलि ट्याम लाग्छ। झन त्यो भन्दा पनि प्राइभेसीको कुरा आउँछ। उनको हरेक क्रियाकलाप ध्यानदृष्टिले हेरिदियो भने बिचराको प्राइभेट लाइफ नै हुँदैन। (यत्तिकैमा बाहिर रुखको हाँगो भाँच्चिएको आवाज आउँछ।)

पार्वती केको आवाज हो हेरेर आउँछु। (एकछिन पछि बाहिरबाटै) ए, ईन्द्रजी आइपुगेछन् त। दर्शन् दर्शन्। पर्दैन, पर्दैन खुट्टामा ढोग्न त। अहिलेको जमानामा नमस्कार गरे पुग्छ।

ईन्द्र (बाहिर पार्वतीसँग बात मार्दै) के गर्नु हेर्नुस् न! बाटोमा यो ऐरावते रुख देख्ने बित्तिकै खानीकुरा खान खोजिहाल्छ। हजुरको आँगनको यो बोटको हाँगो पनि भाँचिदियो। आजभोलि यो छाडा भा'छ। बरु कहाँ बाँध्ने होला यो हात्ती?

पार्वती क्यै छैन। यस्तो रुख पछि लगाउँला। ऐरावतलाई त्यही रुखको फेदमा बाँधे हुन्छ। (एकै छिनमा पार्वतीको पछि पछि ईन्द्र आफ्ना छ जना अंगरक्षकसहित कोठामा पस्छन्।)

शिवजी (ईन्द्र र उनीसँग आएकाहरुको दण्डवत स्वीकार गरिसकेपछि टेबुलपछाडिको कुर्चीहरुमा बस्ने ईशारा गर्दै) ल, बस, बस। हामी तिमीलाई नै कुर्दै थियौं।

ईन्द्र (सबैजना टेबुलमा बसिसक्छन्। पार्वती भने फेरि अघिकै कोठामा फर्किन्छिन्) अनि प्रभो! हजुर त धेरै समयका लागि नै वेपत्ता हुनुभयो। कैलाश र स्वर्ग पुरै सुनसान भयो। कतै फेरि हामीलाई माया मारेर तपस्या गर्न त हिंड्नुभएन भनेर पीर मानिरा'।

शिवजी हैन हैन। यसचोटि मर्त्यतिर घुम्न भनेर गएको थिएँ। पहिलो पटक जाँदा कान्तिपुरतिर २-४ दिनभन्दा घुम्न पा' थिइन। मेरो भक्तहरु पनि थुप्रो रहेछन् नि त कान्तिपुरतिर। के नेपाली, के विदेशी? के गोरा? के काला? जता गए नि जो पनि "जय संभु!" भन्दै गाँजा तान्ने। पहिलो पटक जाँदा पनि अँझै बस्नुहोस् प्रभो भनेर कर गरिराख्या' थिए। अलि व्यस्तताले गर्दा टाइम दिन पाएको थिइन; तिमी पनि मलाई भेट्न भनेर कैलाशसम्म आ'थ्यौ क्यारे! अनि हतार हतार मै फर्किन पर्या'थ्यो। यसचोटि चाहिं अलि फुर्सद मिलाएर ७-८ वर्ष उतैतिर बसें। (यत्तिकैमा एउटा ट्रेमा चिया बोकेर पार्वती आउँछिन्। ईन्द्रको अगाडि चिया राखिदिएपछि शिवलाई पनि एक गिलास पुग्न दिन्छिन्। त्यसबेलामा उनी शिवजीलाई आँखा तरेर हेर्छिन्। शिवजी पनि उनलाई आँखा झिम्क्याएर चुप रहन संकेत दिन्छन्।) खुब रमाइलो भो। दिनदिनै जसो बाहिर निस्कियो। शिकार खेल्न गइयो। चितवन भन्ने ठाउँमा जंगल सफारी गरियो, अनि नारायणीमा जलबिहार पनि गरियो। (पार्वती त्यसपछि अरु सबैलाई चिया राखिदिएर रित्तो ट्रे बोकी फर्किन्छिन्।)

ईन्द्र ए! रमाइलो भएछ नि त प्रभो। अनि खानेकुरा पनि त मीठो-मीठो खान्छन् रे मर्त्यमा भन्ने सुन्छु त।

शिवजी खाना को त कुरै नगर। मर्त्यमा कति मिठा मिठा खाना भने कुरै नगर। हाम्रा चौरासी व्यञ्जनभन्दा मिठा। अँझ, गौशाला भन्ने ठाउँमा म:म भन्ने खानेकुराको त कुरै नगरौं। (अलि ठुलो स्वरमा) पार्वती! ल, ईन्द्रजीलाई म:म ख्वाऊ त। बना'की छु भन्या हैन?

पार्वती हजुर, अहिल्यै ल्याएँ। (पार्वती एउटा ठुलो प्लेटमा मासु र अर्को प्लेटमा रोटी बोकेर ल्याएर ईन्द्रको अगाडि राखिदिन्छिन्। फेरि एक पटक कोठामा फर्केर अर्को सानो प्लेटमा दुईवटा रोटी र अलिकति मासु राखेर शिवजीको अगाडि राखिदिन्छिन्)

शिवजी (पार्वतीसित साउती मार्दै) खै त म:म? यो त रोटी र मासु पो त।

पार्वती (शिवजीले मात्रै सुन्ने गरी) अनि, तपाईंले भित्र मासु, बाहिर पिठो पकाऊ भन्नुभा' हैन? त्यही भ'र भित्री कोठामा यो मासु पकाएँ र बाहिर आँगनमा चुलो लगा'र रोटी पकाएँ। यही त होला नि म:म। आफूले देख्या छैन के रे!

शिवजी (अँझै पनि मधुर आवाजमा) त्यसो भन्या हो त लाटी? पिठो भित्र मासु राखेर लड्डु बना'र पकाऊ पो भन्या त।

पार्वती (झर्किंदै) ऊ बेलामा भित्र मासु, बाहिर पिठो पकाऊ भन्नुभो। अहिले फरक कुरा गर्नुहुन्छ।

शिवजी ल ठिकै छ। बरु यो ईन्द्र पनि मर्त्यतिर गएर म:म खान बस्यो भने बरबाद हुनेभो। (ईन्द्रसँग बात मार्दै) अँ, म भन्दै थिएँ। अहिले तर नेपालतिर त कति बिकास भइसकेछ। खानेकुरा पनि सबै मेसिनमा पकाउँदा रहेछन्। कहाँसम्म भने भात त कसौंडीमा पकाउन छोडिसकेछन्; सबैजजना राइसकुकर भन्ने भाँडो चलाउँदा रहेछन्। मलाई पनि लैजानुस् लैजानुस् भनेर कर गरे। अनि एउटा बोकेर आएँ।

ईन्द्र ए! तर यत्रो अग्लो ठाउँमा भात राम्ररी पाक्छ र प्रभो? पानीको बोइलिङ् प्वाइन्ट त यहाँ धेरै कम हुन्छ क्यारे नि। त्यसै भएर आफूले स्वर्गमा भात खानै पाएको छैन। कहिलेकाहीं भोजभतेरमा मर्त्य जाँदा चाख्ने मात्रै हो। (पार्वतीले तरकारी, माछा, मासु, दुध, दही, घ्यू, करेलाको अचार, गोलभेंडाको अचार आदि टेबुलमा ल्याएर राख्छिन्।)

शिवजी त्यसको चिन्तै नगर। त्यो भाँडोले आफैं गरिदिंदो रहेछ। आजको यो डिनरमा पार्वतीले नेपालबाट ल्याएको मसिनो चामललाई त्यही राइस कुकरमा पकाउन लागेकी छिन्। यी परिकार सबै भातमा मुछेर खाँदा त बहुत आनन्द आउँछ। (अलि ठुलो स्वरमा) पार्वती! ल, ईन्द्रलाई राइसकुकरमा पका'को मसिनो भात खुवाऊ। (सबैजना आफ्ना आफ्ना थालमा ती परिकार राख्न थाल्छन्।)

पार्वती (खाली हात आउँछिन्। शिवजीसम्म पुगेर बिस्तारै बोल्छिन्) ए हजुर! मैले त त्यो राइस कुकर हो कि कुकुर हो बटन थिच्नै बिर्सेछु।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे त्रयोदशोध्याय॥१३॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।


 
Posted on 01-27-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१-२५  बज्यो
सुतुवाहुर


 
Posted on 01-27-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जहिलेनी माथिहुने चौतारी आझ त खोज्नु पर्नेपो भएछ। लु यो त अचम्म भयो है। सबै सुतेकी क् हो आझ। आफुत बिहान बिहान उठेर एक चोटि गाउ घुमिएन भने खाएकै पच्दैन। आझ माथि गाउमा केटाहारु झगडा गरेछन हिजो राती जाड खाएर। पञ्चायति बशेर आको आफु त। सबैलाई खुशी सँग बशेकाछन आहिले। सुन्तलिको पसालमा धेरै चिया खाएरे acidity भयो मलाई त कस्तो आमिलो पानी आएको पेत बाट।
लु आरुko के छ गाउ तिर खबर यस्हो लेखी तोपल्नु होला।
 
Posted on 01-27-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट मोर्नीङ अगेन ! धुत्तेरी फेरि सुतिएछ।

तर क्यै छैन, आफ्नो त अब उठेपछि आजै सोमबार सुरु भो भनम न। फेरि भोलि पनि सोमबार। आजको सोमबार त बिदा। याहुउउउउउउउउउउउउउ !

सोमबार बिदा मनाउने नयाँ काइदा, जता'ट नि फाइदै फाइदा, तारेमाम।

आज त आफ्नो बिशेष पिलान छ, अहिले कसैलाई भनिन्न।

अहिले मर्निङ-वाकमा हिँडे, बाइ।


 
Posted on 01-27-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssss........ईssss........ कति बज्यो हँ?

अड्डा जाने बेला भो कि क्या हो?भउते भाई सोमबार भन्दैचन्।


 
Posted on 01-27-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darsan gaamle ho taaaaaaaaaaaaaaa


 
Posted on 01-27-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ अनतरे कती सुत्न सकेको कती हाई गर्छ। उथ हामी यहाँ पुरै गाउ घुमेर आए सक्यौ यो आझै सुत्दै छ। लु लु उथ, मुख सुख धो, यस्हो पशुपतितिर घुमेर औंला। स्लेस्मआन्तक बनको कुर्चिमा बशेर गफ गरौला, लु उथ भनेको आझै बत्तरिदै छ अगत्ती। यस्ह्को सिरख फल्दे फल्दे अनी बल्ल उथ्छ। य् उथ भनेको आझै नसुनेको झै गर्छ अगती। 
 
Posted on 01-27-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

अन्तरेजी र हर्कबादुरदाई , नमस्ते है

 हर्कबादुरदाइ हउरसअ गाली अर्न पाम्ने लाइसेन्स छ--   ?  त्यतिकै गाली अर्ने आर्कालाई 

 ठूली,

 सन्छै छौ सिस?:)  तिम्ले ताआआआआआआ गर्दा चै  मलाई बिहानको ७ बजे अस्तो लाउच :)

रिठ्ठे र  लहरेजी  हास्दा मुसुक्क मात्रै अर्ने हो है जमिनमै लडिबुडि अर्न नपाई ल :)  :)

Last edited: 27-Jan-08 04:00 PM

 
Posted on 01-27-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss di malai tantai ta. hadurlaai aalaamai? :P


 
Posted on 01-27-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि  आलाम थु ।
 
Posted on 01-27-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ थुल्ननी के छ ताअाअाअाअाअा? तरकारी बेच्न गा हो आज नि?

हन कल्ले याँ घ्वाँक घ्वाँक गर्‍या हो?

ए हर्के पो र'च। अनि क्यार्न याँ बुङ्गुरले झैं हल्ल गर्चौ ए हर्के? तिम्लाइ हिजा जाँडले अझै छोड्या छैनकि क्या हो? लहरे र थुल्ननीले बोल्या बल्ल अलि अलि बुझ्न थालिया बेलाँ अब यो हर्के शुरु भो फेरि घ्वाँक घ्वाँक गर्न।


 
Posted on 01-27-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस दिदी, रिठ्ठे र लहरे नि आ'चन्। लु सपैलाई नमस्ते। आफू त बिरेकफास खान थालियो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters