[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 200226 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
Posted on 02-19-10 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोज र भोज त लहरे ले गर्‍या भन्ने सुने को । माफि मागेन त लहरेले ।


जे होस्, माफि मागे , दिने न दिने त हाम्रो हातमा छ नि मखुला ??


कहिले काही रीस उठ्छ, हेड मास्टर देखेर । जहिले नि पढ्नु पर्छ केटा केटी हो भन्दै पाठ घोकाए। अहिले सम्म पढ्या पढेइ छु ।


खेल्नु पर्छ भाई हो भनेको भए, अहिले सम्म काठे बाघ मात्र होइन फलामे बाघ भैसक्थें होला। खेल्नु पो मज्जा है, खेल्दै मा दाम पनि हुने नाम पनि हुने, लरकी त फोसा। मखुला ??


 
Posted on 02-19-10 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा के भने नी जिम्माल --धुम्बाराही तिर दिनमा - अझ साँझ तिर भनम् न एक पटक नपुगी चैन हुँदैनथ्यो कुनै बेला-- एक साँझ एउटा साथी सँग त्यतै जाँदै थिएँ, धुम्बाराहीको रुख-मन्दीर पुग्नु अघिको घुम्तीमा पानी भर्ने ठाउँमा टोलका एउटा दाई झोक्राएर बस्या रछन। उनी गणीतको ट्युशन पढाउन आउँथे त्यता एस् एल् सी दिनेलाई। आफु चै बि एस् सी पढ्थे।


"के भो दाई?" सोध्नै पर्यो --


"नहुनु पर्ने भो नी" भने।


"के भो त्यस्तो?" भन्या "-- देको पैसा पनि उपहार भनेर उसैलाई दिएँ --" भनें।


हामी सुनीराथेम -- उनले आफ्नो मार्का पोखे --


सोर्ह बर्षे तरुनीलाई ट्युशन पढाउन पुग्यारेछन -- तरुनीका बा ले अन्त पढ्न पठाए जाँच दिनु अघि नै छोरी पास होली फेरी भनेर घरमै ट्युशनको बन्दोबस्त गर्या रे छन्। हाम्रो दाई पनि दंग। महिना मरे पछी बाउले हाम्रो दाईलाई पैसा दिदा रेछन, दाई चै मौका पारेर छोरी चैंलाई उपहार भनेर जिम्मा लाउँदा रेछन। तीन महिना बितेछ। कुन चै ज्याद्रोले त्यै दिन बिहानै बाँकी गणीत अब म सिकाउँछु भनेर तरुनी लग्देछ।


बिचरा दाई -- अब नझोक्राएर के गरुन?


अनि पधेँरा बाट उठ्दै दिब्योपदेश देका थिए हामीलाई -- "बुझ्यौ केटा हो -- ठीटी भन्या पनि यै पानी जस्तो हो -- तिर्खा लाग्या बेला पर्खे पछी अर्कैले मेटाउँदो रे छ--"


 


 
Posted on 02-19-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! दीप!


".....तरुनीका बा ले अन्त पढ्न पठाए जाँच दिनु अघि नै छोरी पास होली फेरी भनेर घरमै ट्युशनको...."


हाहाहाहा!


 
Posted on 02-19-10 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aanch, deep bro ko darshan dherai pachi garna paayiyo ho. deep bro lai dekhera maatra aako ni ho ma ta chautaarimaa. natra ta kohi chapki ni chaina ni ho. prabhu kathaa thapauna ho. last nai bhayi sakyo ni. prabhuko antim message ko reply ajhai garna payeko chaina jasto laagyo ni ho?
 
Posted on 02-19-10 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi! hello!!

malai yo geet kasto mann parcha, tapai harulai pani man parcha hola.

bye everyone.



 
Posted on 02-19-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Help guys,
ek chin agadi ma sajha ma aauda, you are logged in as admin bhanera aai ra thio. Ahile chahi gayo. Whats up with that?

 
Posted on 02-19-10 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ आस्था ......

के हो hi भन्न साथ bye?

 
Posted on 02-19-10 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो रामे?


केटी आई भन्नासाथ hi?



खै गोठाले अस्तिन कहिले हो मलाई पनि यस्तै भएको थियो मैले बुझ्या छैन।


 
Posted on 02-19-10 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु जिम्माल ..... पुरुष परीयो .........

 
Posted on 02-19-10 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे लाई तरुनि देख्नै नहुने , औरेजी नी आउछ , लु दोस्रो राउन्ड को तारे
 
Posted on 02-19-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>कुन चै ज्याद्रोले त्यै दिन बिहानै बाँकी गणीत अब म सिकाउँछु भनेर तरुनी लग्देछ। <<<


हाहा कस्तो फसाद परेछ त्यो दाई चाँही लाई !


 


हेल्लो झिल्के, आस्था, बैरे तथा रामे !


रामे - मैले बाल दीईन रे? लु कत्ती चहियो भन


बैरे - क्यारिछौ बैरे मान?


आस्था - त्यो गीत त मलाई पनि एकदम मन पर्छ !


झिल्के - हामी नि छम नि गफ गर्नलाई त ! छप्की नै चाहियो ब्रो लाई? नामै त झिल्के


गोठाले - खै मलाई त आको छैन तेस्तो म्यासेज अहिले सम्म !


जिम्माल - खै तमाखु सल्काउ त बुढा मान्छे


 


 
Posted on 02-19-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त फ्राइडे पो होत गान्ठे , केही फ्राइ गर्नु पर्ने होइन र भनेको ? लु जिम्माल तिमी फ्राइ गर म चै चिसो लेर आउछु ।



 
Posted on 02-19-10 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे एकान्तमा दुई मिलेट भेटुम्न मैले जानेको छ ।
 
Posted on 02-19-10 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aanch ritthe ta puraa guff hanna po khojdorahecha ho. 
mu ta chapki baayek baal ho ni. 
aaja dinbhari puraa ghuraan dera kuriraheko kya chautaarimaa hana, 3 jana maatra chapki dekha paryo ni ho.
 puraa boks haru chahi khoke ko khokai garne ho, tara chapki haru chahi 1 choti hi de pachi baal nadine ne ho. 

pura chautaariko dilmaa basera chapki haruko aate jaate heriraheko chu ni ho, kun din eutalaai udaauncha ni yo jhilke le ho.

 
Posted on 02-19-10 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana jhilkele tin wata chhapki kasari dekhyo maile ta duitaa maatrai dekhe ta , eutaa kataa lukechha ho..


के भन्छ जिम्माल फ्राइ गर्दै हो , खै हेरौन फ्राइ म यहाँ वाक्क दिक्क प्याक्क भै सके हो ।


हात चिसो भो चिसो बियर समातेर हो ।


 
निशान्त
Posted on 02-19-10 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रैदेखि नमस्ते छ ल! अन्त तोर्पेहरुलाई डेडलि घुराsssन दिएँ ल!


मो त लास्टै बिजि भयो हौ यो होल विक, आबो भि-डे त मो जस्तो हरिपको आफ्नै डे होन्त। आम्मामामा...एक से एक छब्किहरु मोलाई डेट बनाउन मेकअप गरिवरि रेडि भएको रैछ हैन अन्त मो पनि केसमा जेल लाईवरि डिङ्गोमा पोलिस लाइराको कि, जिम्स सुड्डाले र्याग गर्देर ओरिजिनल पोलिसले समात्यो हौ मोलाई त। सुड्डाले सुरुवालको डोरि घुसाऊने दुलोमा ५०० बक्स लुकाको थ्यो कि मोइले झ्याप हान्देकोन्त खित् खित् खित् सुड्डा त फायरsss के आबो भयो!


अन्त के हुँदैछ हौ यताहुँदि? नयाँ नयाँ भाईहरु पनि आएको रैछन्त। झिल्के सोम हाम्रो धरानतिरको जस्तो छन्तनि? ब्रो खुसिलाई चाहिँ साइड हान्ने हैन ल, फिरि निशान्त दादाले वार्निङ दिएन नभन्नु, अरुको ग्यासलाई लाईन मार्यो भने फिरि झुरपट्याँस हुन्छ फेस कच्याssक नपारेको धेरै भयो हौ!


 
Posted on 02-19-10 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कता लागे जम्मै , कुर्ने पालो मेरो परेछकी के हो आज चै ।
 
Posted on 02-19-10 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आत्था! फ्राई गर्दा तेल उछिट्टेर हातै पोल्यो।


खै हर्के बिर्को खोल, आधि बोतल त घाँटि भिजाम्दै सकिन्छ अरु छैन? लु यो फ्राइ चपाउँ मजाले!



 
Posted on 02-19-10 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काइदाको फोटो टासेछ जिम्माल ले , थरुनिले जे होश माछा काइदाको तारेकी छे जस्तो छ है , फोटो जताको भएनी , उही फूट्पाथ्मा राखेर तारेको जस्तो देखीने क्या है । मिठो फोटो छ ल अब माछाको त के कुरा गराइ भोर ।
लौ चिसो आझै लेर आए है मैले। यो चै जिम्माललाई मात्रै है , मेरो त्रफ बाट ।



 
Posted on 02-19-10 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nisanta bro, don't worry la, mu ta baal dinna ni ho talkeko kapaal or chucchu dingko ko. jun chapki pahile mu sanga pattincha usailai bhagauncha ni ho. tyesto sukya jyaan le raddis guff dine haina ni la, mu pani face maatra hoina pura jiu nai kachyak kuchuk paridincha ni ho, dingo samet .
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters