[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 170863 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 02-26-10 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यसपछीको कथा त के भनाई भो र ---"


कथै छ ? त्येसो भये त भन्न पर्‍यो नि दीप ब्रो ......
 
Posted on 02-26-10 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या कुरा सम्झना आयो भने। त्यो कुखुराको परमधाम एक्सप्रेस नि मज्जाको हुन्थ्यो। घोप्ट्याएको बाल्टिन जस्तो भाँडो हुन्थ्यो तल चुच्चोतिर प्वाल भाको। कुखुराको घाँटि बटारेर स्वाट्ट चक्कु चलाएसि त्यसमा घोप्ट्याइदिन्थे। त्यसमछि घुडुडु ठुलो डडम चलाईदिएसि रातो प्वाँख फुक्लेर कुखुरा नाङ्गै हुन्तो, त्यो नि काँच्चे चपाम्न मन लाग्थ्यो उमेर कै कुरो त होला नि!


अब तरुनी पउलेर बिलाए पनि, एसो च्वाट्ट परेको पुराण सुनाएसि फेरि जम्छन, एक बाजि जमेसि त के भो र खुर्कि खुर्कि भने नि बटुलेर थुप्रो पार्न सकिन्छ नि!


रामे त्यो खुकुरी रम एउटा गिलाँसमा हालेर लेऊ त साह्रै घाँटि चिलायो हौ! खै औतारीहरु कता कता यसो संगै बसेर रम चिरिप्प पारेर पुरानो कुरा सम्झँदै " थुक्क जीन्दगी" भन्न हुन्तो कहिले मिल्छ र खै?


 
Posted on 02-26-10 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन नपाउनु .............

ल रिठ्ठेको लागि नेपाल बाट मगाएको .......




 
Posted on 02-26-10 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रिठ्ठे ........... घरै भित्र गएर खाने भये नि टन्न छ .........






ल अरु पनि यो ट्याम्पू मा लेराएको छु ........

ल पेट भरी खानु ........


म र जिम्माल चाँही रम हान्न थाले है त ......






 
Posted on 02-26-10 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< तर खै जेठको घाम जस्तो भो जिन्दगी-- बिरगन्जको छत जस्तो भो यो साझा--अनि त्यस्मा राख्या नौनी जस्ता भए तरुनीहरु --के गर्नु -->>>
खै यो के भन्या हो कुन्नी, कुरो बुझे त मार्दिनु ल, त्यो लहरे लाई

प्रणाम गरेँ प्रभो। हुन त म नि दीप ब्रोको कथा पढ्दै साझा छिर्या हो केरे, मलाई नि सपर्‍यो कि बिगारयो चाइँ थाहा भेन।

सप्पै ठुला-बडाहरुको गप हुँदै रेछ। म चाइँ चुपो लाएर साइडमा बसिरा। त्यो कुखुरोको फिल्ला चाइँ म नि खान्छु है, नलु नलु मात्र खान्छु म त, फ्यान्टा सँग। खुशीचा खै, उ नि खान्थी कि, फेरी पछी आ'र मैले मात्तै खायो भन्छे, कम्ता छुच्ची छे र उ पनि। ल आउ है, नत्र बुढाहरुले सप सकाउँछन, झट्टै आउ। अनी नलेखी मुसु मुसु हाँस्दै पढ्नी मान्छे नि आए हुन्छ केरे, मिलेर खाम्ला। लु मैले चाइँ फ्यान्टा ल्याएं है




Last edited: 26-Feb-10 04:05 PM

 
Posted on 02-26-10 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ब्रो -- ब्रो पूर्ब तिरको हो क्यारे -- त्यसैले पूर्बेली कुरो सम्झे एउटा--तिहारमा हाउजी खेल्दा रे छन तेता--"हाउजी खेल्न जाने होईन? जुम जुम" भनें -- के हो हाउजी भन्या फेरी--नाम सुन्दै तर्साउने हो कि जस्तो -- खेलको बारेमा सोध्या--उनीहरुले बुझाए मैले बुझिन--साँझ परीसक्या थ्यो तै पनि मनग्गे न्यानो थ्यो--त्यसमाथि लामखुट्टे झुण्ड झुण्डमा ह्याङ्ग आउट गर्दै डस्ने गर्ने बेला भा रे छ--त्यसैले यत्तिकै डसीएर बस्नु सट्टा हाउजी खेल्दिम न त भनेर चल्देँ।


 रिक्सामा सरर गैयो--सुन्दरीहरु देखिईयो जता ततै--बाहिर आएर राम्रै गरीयो जस्तो लाग्यो-- -- जाँदै रमाईलो भो। वहाँ पुगेसी हाउजीमा हारीयो। लम्बर काटदैको हैरान, केई नी जितिएन। तर जति हारे नी -- छेवैमा अलि कस्सेकी ठीटीले दुई चार चोटी हेरी--अनि हाँसी पनि--यसैले असुल्यो मैले हार्या भनेर चित्त बुझाएँ। भरे त म उस्लाई हेर्ने सुराँ लम्बर काटन बिर्सिंदो रछु -- त्यो उस्लाई घत परेछ। तर म चै हार्या हारेई भो - पैसा हाउजीमा -- मन कस्सेकीमा --


ल अब बाटो लागियो आजलाई---बिनाबित्थामा जिन्दगीलाई एकदिन बुढो पारेर गयो यो दिन पनि।


 
Posted on 02-26-10 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरा खान नसकिने भोरे नेपालआँ । मान्छेको भाउ सतो हुँदै छ , कुखुरा चाँही महँगो । बर्ड फ्लु स्लु को बाल छैन, केजी को ३५० रे । चौतारी कै कुखुरा हेरेर चित्ता बुझाउनु पर्ला अब ।


घर जाने ट्याम हुन लाग्यो । तारेमाम ।


 
Posted on 02-26-10 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दीप ले कुखुरा छोडेको टेम्पो अाइरहेको रहेछ ......



 
Posted on 02-26-10 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे पुरे को ताल ......

त्येस्तो कुखुराको साप्रो खान त झोल मैले लेराएको नै छु नि .........

फन्टा सँग खाएर जातै फाल्ने भयो .......


ठुल्दाइ केही गर्नु पर्‍यो पुरेलाई



 
Posted on 02-26-10 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे लाई मैले केही गर्नु पर्दैन, सुन्तलिले गर्छे ।


 अहिले फ्यानटा र भ्याण्टा को गर्छ । एक छिन पछी सुरा र सुन्दरिको । ट्याम भा छैन क्या, एक घण्टा ढिला छ, मध्यमाञ्चलको ट्याम।


 
Posted on 02-26-10 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेँख हेँख हेँख!



 
Posted on 02-26-10 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए होत ....
एक घण्टा पछी सुरु गर्ला ...........

 
Posted on 02-26-10 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा ..........
कहाँ बाट आयो एस्तो ........

बिर्खे र खुशी को कार्टून .........
 
Posted on 02-26-10 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल फेरी ह्याप्पी होली भन्दै म लागे .......

उतै कान्छीको भट्टि तिर भेटम्ला ........



 
Posted on 02-26-10 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






बबाल!!!! जिम्मालबाले काँबाट लेर आए यस्तो, बबाल!!!!!!! कार्टुन नि बनाउन थाले बुढाले हरे शिव, पर्मेसोर। यो बुढाले नगरनी नि केइ नि भएन। प्रभो ढोग गरेँ। हा हा हा हा हा। अव्सम!!!
 
Posted on 02-26-10 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल औतरी हरु लाई मेरो पनि ह्यप्पी होली, चौतारी क गुरु हरु त एक से एक खली रहेछन आझ थाहा पाइयोओ, "त" "र" "म" मा एकदम खप्पिस। म चै  जहिलीए पनि लस्टा के भाको एस्तो

ल एउटा सत्य घटना मा आधारित् जोक , यो जोक १९६० मा तत्कलिन U S S R को

ब्रेज्नेव एउटा स्कुल को inspection गर्दै रहेछ, grade ७ को स्टुडेन्ट लाई उस्ले सोधेछ

ब्रेज्नेभ: तिम्रो बाउ को हो ?
स्टुडेन्ट: शोभीयेत् यूनिएन
ब्रेज्नेभ:तिम्रो आमा को?
स्टुडेन्ट: कोम्मुनिस्ट पार्टी
ब्रेज्नेभ: ठुलो  भएपछी  तिमी के बन्न चाहन्छौ
स्टुडेन्ट: टुहुरो

यो जोक बुह्ज्ने ले अहिले हासे  हुन्छ , नबुह्ने ले पनि अहिले हासेर अर्थ भोली खोजे हुन्छ
      
Last edited: 26-Feb-10 06:47 PM

 
Posted on 02-26-10 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अज होली मा एउटा नेवारी गीत
 
Posted on 02-26-10 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-10 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-10 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters