Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 158192 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-09-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्ता सुप वुप खायिन्न, फेरी जाँ पायो तेइको मम ले नि हुन्न, एभरेष्ट कै चायिन्छ।

क्रेजी पर्मात्मा चा ले भा नभा सप्पैलाई तारेमाम गरेछन

 
Posted on 02-09-10 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले पहिले अन्तरवार्ता लिईन्थ्यो अब लिईन्न, चौतारीको टाइमलाईन हेर्दा त्यस्तै देखिन्छ।


१) चौतारीको सुरुवात


२) स्याङ्ग्जा तथा वरिपरीका मात्र सदस्य थिए, स्याङ्जाली लवज सबैले प्रयोग गर्थे।(क्यारिच्चौ..आदी ईत्यादी)


३) अलि बढेर काठमान्डु सम्म आईपुग्यो, लवज जस्तो भए पनि हुने भयो।


४) पूर्वमा बढेर दार्जिलिङ्ग सम्म पुग्यो, दार्जिलिंगे लवज पनि आयो। (आँssच्....आदी ईत्यादी)


५) सबैतिर बढेर जापान देखि मिडलईस्टसम्म, अस्ट्रेलिया देखि साउथ अमेरिका सम्म बाट लगईन गरेर गाउँले बन्न थाले।


त्यसैले आउनु काफि छ नि हैन? हुन त हाम्रा गोठालेज्यू शुरुमै अन्तरवार्तामा परेका भए पनि सदस्यता पाउँथे!


 
Posted on 02-09-10 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवारको बिहानिमा यस चौतारीमा पाल्नु हुने सम्पूर्ण गाम्ले साथीभाइहरुमा
शुभ प्रभात, जदौ तथा तारेमाम !


नयाँ गाम्ले गोठाले ज्युलाई चौतारीमा स्वागत अभिवादन !


धन्यवाद !


 


-भवदिय


द रिट्ठे


 


 
Posted on 02-09-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 09-Feb-10 09:30 AM

 
Posted on 02-09-10 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 09-Feb-10 09:31 AM

 
Posted on 02-09-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



wrong post
Last edited: 09-Feb-10 09:31 AM

 
Posted on 02-09-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 09-Feb-10 09:26 AM

 
Posted on 02-09-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग भ पो
Last edited: 09-Feb-10 09:32 AM

 
Posted on 02-09-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छ यो पुरेकेटा, सपै चौतारीभरि फस, सेकेन, थर, फोर , फिथ सपै तिमी नै देख्छ त मेरा आँखा ले त?


 
Posted on 02-09-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल भएछ, मैले नि बल्ल बुझेँ, आर्को पेजमा गएछ

लोल लोल भो
 
Posted on 02-09-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning Guys and Gals and Budhas !!!


How we doing .. Cold Cold Tuesday , Baire doing Parnaam .


New chautaari forming , me lai inform nabhaying me becoming juss pass ..


 


खें खें खें खें खें खें खें खें


हिजो औरेजी सिक्या टराइ मारु भन्या अर्थ आउदैन रट्या थिए भनि दिए , लौ माथि देखि मुनी सम्मका औतारी हरु लाई झ्यप्प प्रणाम


 
Posted on 02-09-10 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ चिन्डे, आइ डु'ज प्रणाम, हाउ यू? सब ठीक ठाक, ओके? घराँ सप्प आराम भयिङ? नो थ्यांक यु, ओन्ली वेल्कम। ओके ताता बाइ बाइ।
 
Posted on 02-09-10 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लू २५ रुपिया बुझाये|




 
Posted on 02-09-10 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेछी मम नख्वाउने भयो, कुरो बुझियो। लु अब फारम भर्न दिनु पर्‍यो, क्रेजी पर्मात्माले अन्तर्वाता लिनी रे। त्यो २५ रुपैयाँ चाइँ मेरै भो, म तेस्मा अलिक थपेर मम खाएर आउँछु। गोठाले बाट शोर्ट कटमा भन्दा गोठे हुन्छ क्यारे, ल तेइ भे तेइ।

लु मेरो पैलो अफिसियल प्रणाम युक्त वेल्कोम, गोठे

 
Posted on 02-09-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सदस्यता प्रदान:


 हालै चौतारीको सदस्यताको लागि श्री गोठाले गिरी ज्यूबाट चौतारीमा परेको निवेदनउपर प्रचलीत कानून बमोजिम काम-कार्वाहि हुँदा निजवाट सदस्यता आवेदन-१ थान र सदस्यता चन्दा रु.२५.००(अक्षरेपी पच्चिस रुपैयाँ) लिई उनलाई चौतारीको आजन्म सदस्यता दिईएको छ। चौतारीको मान, मर्यादा, गरीमा तथा प्रतिष्ठालाई ध्यानमा राख्दै चौतारीमा पोस्ट गर्नुहुन, पोस्ट पढ्नुहुन तथा रमाऊनुहुन अनुरोध गरिन्छ। चौतारीमा निजको आगामि दिनहरु निकै उल्लासपूर्ण रहोस भन्ने हाम्रो कामना छ।


चौतारी सदस्यता मूल समिती


चौतारी, साझापूर


 
Posted on 02-09-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई जागरुक युवा


बिगत केहि दिन देखि चौतारीनगरको ढल जाम हुनगई, बाटो बाटोमा उम्लिएर बगेको तथा उक्त गन्धले सम्पूर्ण नगरलाई नै दुर्गन्धित बनाएको अवष्थामा केहि घिन नमानि मजाले सोहोरेर तथा जाम खोलेर सफा सुग्घर पार्न स्वस्फुर्त: रुपमा चौतारीका दुई युवा; श्री पुरेन्द्र प्याकुर्याल र श्री रिठाराम रायमाझी खालि हातले आफ्नो जागरुकता देखाई चौतारी नगरलाई सफा सुग्घर पारेकोमा सम्पूर्ण चौतारी कृतज्ञ छ।


दुई सहयोगी युवा


दुई जागरुक युवाहरुले सफा बनाएको चौतारी निकै नयाँ र रमाईलो देखिएकोले हाम्रा अन्य दुई जागरुक युवाहरु; श्री रामपुरे परियार र लहरेकान्त लाकौलले बिभिन्न परीकार तथा पेय पदार्थहरु आफ्नै खर्च र परीश्रमले तयार बनाएका छन्। खानेकुराको सुगन्धले दुई युवाहरुद्वारा सफा बनाईएको चौतारीमा अझ रौनक थपिएको छ। यी युवाहरुमा सम्पूर्ण चौतारी कृतज्ञ छ।

दुई रमाईला युवती

सफासुग्घर बनेको तथा व्यंजन पाकेको चौतारीमा बिभिन्न तरिकाको आकर्षक नृत्यहरु नाचि चौतारीमा रौनक थपेकोमा दुई युवतीहरु; सुश्री किरेजि कार्की र सुश्री खुसिनानि खतिवडाप्रती चौतारी कृतज्ञ छ।


दुई महा-सहयोगी वृद्ध


सफासुग्घर बनेको चौतारी र यहाँ पकाईएका बिभिन्न परीकार तथा पेय पदार्थहरु, चौतारीको डिलमा आनन्दले बसेर संतुष्ट नहोउन्जेल, पेटभरि खाएर अडेस लाएर तमाखु तान्दै, युवतीका नृत्य हेरिदिँदै चौतारीमा व्यापक रमाईलो थपिदिनुभएकोमा चौतारीका दुई महा-सहयोगी वृद्धहरु; श्री बिर्ख बहादूर बोगटी र श्री राहुलभाई रायमाझीमा चौतारी सबैभन्दा बढि कृतज्ञ छ।


धन्यवाद्


 

Last edited: 09-Feb-10 10:08 AM

 
Posted on 02-09-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huh? oh tyaso po? thikai chha ni ta. la la jadau.
 
Posted on 02-09-10 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि फेरि सुचनामा फेरबदल भएछ खुसी नानी हेर त!
 
Posted on 02-09-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<श्री बिर्ख बहादूर बोगटी र श्री राहुलभाई रायमाझीमा चौतारी सबैभन्दा बढि कृतज्ञ छ।>>>



लोल लोल बुढा बा क्या जोत्द्या, महालोल 

 
Posted on 02-09-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशीचा प्रणाम

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters