[Show all top banners]

rhishi
Replies to this thread:

More by rhishi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लोकतान्त्रिक कविता !

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE: <<  1 2  
[VIEWED 15625 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-20-06 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरू
इन्क्लाबी अभिवादन !
सारा देश लोकतन्त्रप्राप्‍तीको आन्दोलनमा जुर्मुराई रहेको बेला, कविता मार्फत लोकतन्त्रको पक्षमा स-सक्त आवाज उठाउने सबै लोकतान्त्रिक फूलहरुलाई उन्नु नै यो धागोको उद्येश्य हो । आउनोस सबै जना हाते मालो गर्दै अघि बढौं र राजतन्त्र नढलेसम्म यसलाई निरन्तरता दिंऊ ! हाललाई मेरो कविता:

नेपाली जन ती हेर जागे॥

जागे जागे ! हेर ! अब जागे
नेपाली बीर ती, हेर जागे !
हेर सारा बिश्‍व ! यिनी जागे !
विप्लवी पथ ली, अघि लागे ॥

सतकौं सुतेर आज जागे !
दासबाट जन्ता हुन जागे !
इन्क्लाबी नारा लिई जागे !
चेतनापुञ्ज ती अघि लागे ॥

सुकेका तन लिकन जागे !
बिभूक्ष भैकन पनि जागे !
स्वतन्त्रताका निम्ति अब जागे !
हातमा हात ली अघि लागे ॥

“गणतन्त्र” लक्ष लिई जागे !
कवच कात्रोको साथ जागे !
सैलावी गतमा अघि लागे !
कण्टक पथका जति भागे !

नेपाली बीर ती हेर जागे !
हेर सारा बिश्‍व ! यिनी जागे॥
 
Posted on 05-03-06 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बोले “बाबू ! जोसमा होस राखे !
सत्ता रुपी घाँसको जाल फ्याँके !

नेता रूपी मत्स्य ती अल्झिएमा
सत्ता फेरी आउला यो जुनीमा ।
... ... ...

 
Posted on 05-07-06 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेता हो ! खबरदार !!

जाली त्यो दरवारको छतमुनी षड्यन्त्र नाना थरी
बुन्दै, हे जन हो ! कयूँ सतक ता बिते गए सत्वरी ।
जन्मे नृप अनेक राज - कुलमा रैती त भोकै रहे
स्वामी भै जनको लुटे मुलुकको बैभभ्य सारा हरे ॥

मिथ्या ती बहुतै गरी सपथ औ आशा जगाई कन
सत्तामा पहुचीं तिनै जनकले खोसेर सोसे तन
कैल्यै माड अहो मिलेन ! जगका भोका ता भोकै रहे
नांगा कामिरहे मिलेन कपडा स्वामी धनी भै रहे ॥

बच्चा के बिधवा, बुढा, युवक या आशक्त प्रजा सब-
बग्थे श्रमिकका पसानी तर ती लागे उँभो नै कब ?
रोटी औ कपडा र वास - थलको जोहो हुँदा मुश्किल
निर्धा हेरु जली रहे सबल ता मोटाउँथे हर् ‌पल ॥

त्यस्तो ब्याल परम्‍परा मुलुकको च्यातेर फालीकन
लक्ष्य त्यो अब ता समान हकको चौतर्फि फैंलाउँन
कालो बादल त्यो अचेत - पनको च्यातेर मिल्काउँदै
फाँडी घोर – घना बिषाक्त जगको दुर्मेष पन्छ्‌याउँदै-

ब्युँझे ती जनता लिई सलिल झैं सैलाव इन्क्लावको
मन्त्र - क्रान्ति लिएर, शान्ति पथमा सातो हरे भ्रान्तको ॥
मौका एक अमोल आज अहिले मिल्दो भयो सिर्जन
जन्ताको बलमा अहो ! मुलुक यो सद्‌मार्गमा लम्कन ॥

नेता हो ! अब लौ ! लिईकन छिटै संकल्प उन्नतिको
त्यागी मोह सबै मतान्ध नबनी, फड्को नया युगको
मार्नै पर्दछ आज ! यत्ति तिमिले बुझ्नै सकेनौं भने
लक्ष्य त्यो जन - तन्त्र ! भेदन यदी गर्नै सकेनौ भने-

कालो त्यो इतिहासको सगरमा, बुझ्यौ ! खल-पात्र भै-
कोरिन्छौ । जनको महा - सकटको गाली हुनेछौ कठै ॥
भन्नेछन्‌ नव सन्तती सब यहाँ नेता नपुंशक्‌ थिए
जन्ता कै बलमा बढे तर पनि धोका तिनैले दिए ॥

अस्तु ॥
 
Posted on 05-12-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“चोरको मोज, शूलीमा साधु” अहो किन यस्तो भो ?
पानी महँगो भयो धेरै, श्रम्‌को पसिना सस्तो भो ॥
अन्धेर नगरी, चौपट्टे राजाको कथा जस्तो भो ॥
सहनु सहे अतिमा खति हुन्छ - हुन्छ जस्तो भो ॥

चुनिई जाने नेता सबै निकम्मा हुँदा यस्तो भो ॥
सत्ताको भोका सबै हुँदा जन्ताको हुर्मत् ‌कस्तो भो !!
गिद्धले सीनु लुछेझैं यीन्को आँखामा स्वप्ना बस्दो भो ॥
कुर्सीमा हत्ते नेताको, सहिद्को रगत् ‌सस्तो भो ॥

तुरिनै लागेथ्यो सपना, फक्रेला आज जस्तो भो ॥
लुटाहा, फटाहा, मुसो त्यो, जालमा आज फस्दो भो ॥
उर्लदा भेल जन्ताको, सामन्त चुप्‌चाप बस्दो भो ॥
कसेर मुट्ठी उठेमा अझै दर्वार् - ‌जीर्ण खस्दो हो ॥
 
Posted on 05-12-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा रिशिजी, धन्यवाद है, मर्मस्पर्सि कबिताको लागि। रिसि जी पनि गोर्खालि हो कि क्याहो?
 
Posted on 05-14-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजलाई यो बुद्ध जयन्ती बिशेष !!

आऊ-आऊ बुद्ध ! संसार तार॥

ठूला - ठूला युद्धले त्रस्त सारा
खोला नाला रक्तले लाल लाल
मर्थे मान्छे ब्यर्थको काट -मार
बुझ्नै गाह्रो युद्धको कार -वार ॥

बोकी खुँडा हातमा वीर भन्थे
काटी दिन्थे शीरमा छेद बन्थे
मर्थे मान्छे हुन्नथ्यो क्यै कसूर
मानव्‌ता त्यो भाग्दथ्यो दूर-दूर ॥

शोला बन्दै बर्सने यत्र - तत्र
पग्ली घृणा नैनका कापबाट
स्वर्गङ्गा मै नाशको अर्घ घोली
पोख्थे मानौं चन्द्र दूराकासबाट ॥

धर्ती माता खिन्न भै भार सारा
बोकी हिन्थिन् ‌पापको त्यो फुहारा
पर्खी पर्खी बुद्धको जन्मलाई
धर्ती बस्थिन्‌ आस नौलौ जगाई॥

आए आए बुद्ध ती पाप हर्न
सारा धर्ती शान्ति सन्देश छर्न
सारा सारा युद्ध ती दूर भागे
निन्द्रा त्यागे मानसी साथ लागे॥

आँकूरा ती शान्तिका फुट्न थाले
हाँसो - खुशी, पल्लवी झुल्न थाले
घृणा भाग्यो, मूढता सुक्न थाले
थुँगा राम्रा प्रेमका फुल्न थाले ॥

खाँचो फेरी बुद्धको यो धरामा
विष्फारींदा युद्धको कार - वार
नासी घृणा प्रेमको उष्णतामा
आऊ ! आऊ बुद्ध ! संसार तार ॥
अस्तु!
 
Posted on 05-14-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशचन्द्र जी !
धन्यवाद ! म गोर्खाली हैन । म त सहिद सेतु बिक को गाँउको परें।
 
Posted on 05-16-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुद्ध-जयन्तीको अवसरमा लेखिएको माथिको कवितालाई साफी गर्दै पुनर्लेखन गर्ने प्रयास गरेको छु !

आऊ-आऊ ! बुद्ध ! हाँसी मुसुक्क ॥

ठूला - ठूला युद्धले त्रस्त सारा
खोला नाला रक्तले लाल लाल
मर्थे मान्छे ब्यर्थको काट - मार
बुझ्नै गाह्रो युद्धका कार - वार ॥

बोकी खुँडा हातमा वीर भन्थे
काटी दिन्थे शीरमा छेद बन्थे
मर्थे मान्छे ब्यर्थ बित्थै कसूर
मानव्‌ता त्यो भाग्दथ्यो दूर-दूर ॥

शोला बन्दै बर्सने यत्र - तत्र
घृणा मात्रै नेत्रका काप भित्र
‌कंगाली ती दरिद्रीले डसेका
नैराश्यै ती दीन - दु:खी बसेका ॥

धर्ती माता खिन्न भै भार सारा
बोकी हिंड्थिन्‌ पापको त्यो फुहारा
पर्खी- पर्खी बुद्धको जन्मलाई
धर्ती बस्थिन्‌ आस नौलौ जगाई॥

आए- आए बुद्ध ती पाप हर्न
सारा धर्ती शान्ति सन्देश छर्न
डाँडा-पाखा शान्ति नै गुञ्जियो त्यो
ढाकी पारावार नै फैलियो त्यो ॥

आँकूरा ती शान्तिका फुट्न थाले
हाँसो फक्रे पल्लवी झुल्न थाले
घृणा भाग्यो, मूढता सुक्न थाले
थुँगा ठूला प्रेमका फुल्न थाले ॥

सारा-सारा युद्ध ती दूर भागे
निन्द्रा त्यागे मानसी साथ लागे
नौला राम्रा व्योमले सप्‍तरंगी-
ईन्द्रेनीको सृजना गर्न लागे ॥

नाशी चोला बुद्धले यो धरामा
त्यागे धर्ती मोक्ष बाटो समाते
देवै ठूला शान्ति पर्यायवाची
सारा - सारा लोकले बुद्ध भाके॥

तुवाँलोले कालको यो धरामा
ढाक्यो सारा बुद्ध सन्देश आज,
धर्ती फेरी रुग्ण भो रुग्ण हेर
दोहोरिंदा युद्धका कार – वार॥

घृणा फेरी फैलियो अन्न – धन्न
बिझ्यो काँडा, प्राणमा सन्न - सन्न
धर्ती रुन्छिन्‌, लाजले सुँक्क-सुँक्क
आऊ, आऊ ! बुद्ध ! हाँसी मुसुक्क ॥

धन्यवाद
अस्तु
 
Posted on 05-16-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋषीजी,
म त तपाईँको कविता पढेर छन्दमा बगेँ, लयमा तैरिएँ, शब्दमा बुनिएँ र शैलीमा हराएँ!!!
गजब छन्!!
 
Posted on 05-16-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rishi is a "Tear Poet" , I liked the way he replied to Bhale.
 
Posted on 05-19-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ज्यू, नेपाली टेक्सान ज्यू ॥
धेरै धेरै साधुवाद हजुर हरुलाई कविता पढिदिनुभएकोमा ।
बिर्खेज्यु म त बामे सर्ने प्रयासमा छु , लेख्ने प्रयासमा मात्र छु । टेक्सान ज्यू म हजुरले भन्या जस्तो टियर कवि काँबाट हुनु, भर्खर तोते-तोते बोल्न सिक्दैछु ।
नया कविता यो चैं शास्त्रिय छन्दमा छैन, लोक छन्दमा लेखेको छु, तल पस्केको छु । यसलाई साफी त फेरी पनि गर्नु पर्छ होला, हाललाई टासिंहालम न भनेर ।

२०६४ ज्येष्ठ चार् गते

दुई-हजार् ‌त्रिसठ्ठी साल्‌ ज्येष्‍ठ चार्‌ गते
सिंह-दर्वार् ‌हल्‌ भित्र जन्‌-प्रतिनिधी गाथे
अस्सी काटे पनि युवा हाम्रा प्रधान्‌ ‌मन्त्री
जरै देखि उखेलेर फाले हुकुम्‌ तन्त्री ॥

सिद्यो अब जाहानी शासन
सत्तामा भो जन्ताको आसन
तीन - सतक्‌ सम्म ता पोसेर
फाले जुको जन्ताले घोचेर ॥

जात – धर्म, छुवा – छुत कुरिती ती हटे
नेपाली ती अब सारा विकाशमा डटे
श्रम रोपे पहरामा सिंचे पसिनाले
उन्नतिको मूल फुट्छ भन्छन् ‌हिमालले ॥

सवै जुटौं गणतन्त्र निम्ति
चुनावमा संबिधान्‌ -शभाको
भाग्य आफ्नो आफैंले लेख्‍न त
सम-हक्‌ छ यो देश्‌मा सवैको

नया नेपाल् ‌बनाउनु छ यस् ‌निम्ति उठ
जागा हर्दम् ‌बस्नु पर्छ नेपाली हो उठ
सुत्यौं भने हामीहरु नेता बन्छन्‌ गिद्ध
सत्ता लुछ्‌न सुरु गर्नन् ‌सामन्त ता सिद्ध ॥

जागि राख नेपाली अब ता
नेपालको सुरक्षा खातिर ॥
हाते-मालो गरेर अव ता
अघि बढौं देश्‌ यो सजाउन ॥

अस्तु
 
Posted on 05-20-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछि फेरि घुम्दै फिर्दै ऋषी दाजुका कविताहरु पढ्न आइपुगे। लोकतन्त्र बाहलीले त ऋषीदाजुको सृजनालाई झन झन बढावा दिएको जस्तो लाग्यो।

धेरै राम्रो छ। सृजनाको श्रृंखला अटुट जारि रहोस्
 
Posted on 05-23-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद नेपाली ठिटोज्यू अनि सम्सत पाठकहरुलाई पनि धेरै धेरै धन्यवाद ।
वास्तवमा नेपाली ठिटोज्यूले भन्नु भा जस्तै हालका दिनहरुमा मेरो कलम अलि-अलि गतिशील भएको चैं हो । केहि हदसम्म जनआन्दोलन २०६३ र तेसपछिका परिवर्तनहरुको असर ममा पनि परेको छ नै ।
हालसालै म दर्वारको गृहपृष्ठ भित्र छिरेको थिंए र यसक्रममा मैले हाम्रा धुन्धकारी युवराजको प्रोफाइल हेर्ने शौभाग्य पनि पाएँ जहाँ वहाँको शौख कविता लेख्ने रैछ ।विडम्बना नै भन्नु पर्‍यो वहाँद्वारा सृजित कुनै पनि कविता मैले हाल सम्म पढ्ने शौभाग्य नपाएको हुँदा, वहाँका निम्ति मैले एउटा गीत (जुन राम थापा वा कुमार बस्नेतजीको लयमा गुन्गुनाउन सकिन्छ ) लेखिदिएको छु ।साझावासी हरुका निम्ति सो गीत ह्याँ टाँस्ने जमर्को गरेको छु ॥

पारश शाहको गीत ॥

ए बा मलाई, डिस्को जान देऊ
खैरो-खैरो
खैरो-खैरो चिनी खान देऊ
ए बा मलाई, डिस्को जान देऊ !!

प्रजासँग डराउने भे
राजा किन भाको ?
यस्तै दुर्दिन्‌ भोग्न हो र
तेत्रो काण्ड मचाको ?

बुझ्दिन म
बुझ्दिन म लोक्, शोक् तन्त्र
बन्दूक गोली देऊ, मलाई देऊ
ए बा मलाई
ए बा मलाई डिस्को जान देऊ !!

कालो चस्मा लाँउछु म
कालै पदार्थ खान्छु ।
भन्या तिम्ले नमानेमा
तिम्लाई गोली हान्छु !!

घाँस खाने
घाँस खाने बाघ हैन
नर-भक्षी हुन देऊ ।
ए बा मलाई
ए बा मलाई डिस्को जान देऊ !!
 
Posted on 05-23-06 4:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गुरु! "रित्तो(pronounced null and void) चुनाउ" अगाडि लेखेको कविता सुनुम् न.
यी त पछाडिका भए केरे नि.
 
Posted on 05-24-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
धेरै पैले ज्ञानु सरकारले सत्ता लिएपछि प्रतिकृयास्वरुप लेखेको एउटा कविता छ, जुन आम्रिका बाट प्रकासन हुने नेपाली पोष्‍टले प्रकासित गरेकोथ्यो, त्यो कविता भन्नु भा हो की हजुरले, ल तल टाँसिदिन्छु नि त ।

पूकार

लाली त्यो क्षितिजै भरी अबनिको पोतेर अस्ताउदा
सूर्जे ती जसरी डुबी गगनमा निम्तन्छ कालोपना।
त्यस्तै “हे जन हो”। कठै अकारणै नेपाल बन्दी भयो
छोप्यो बादलले घना सगर भो एक्छत्र सामन्तको ॥
॥१॥
बोल्ने त्यो अधिकार कुण्ठित भयो सेतो र कालो पनि
खुट्‍याएर यहाँ सही गलत लौ को भन्न सक्ने अनि ?
मान्छेले सुचना कठै अब हरे। के पाँउथे सत्यको ?
उल्टो त्यो गतिमा समुन्नति अहो। पत्याउने मूर्ख हो॥
॥२॥
अस्ताएर डढे भयानक हिजो ओजेश भन्‍नेहरु
मुर्झाएर सुके सबै जगतका सामन्ति सत्ताहरु।
साक्षी बिश्‍व छ टिक्न ता अब कतै सक्दैन एक्‌तन्त्र भो
बन्दुक्‌का बलमा कतै पनि यहाँ छेकिन्‍न लोक्‌तन्त्र यो॥
॥३॥
नेपाली जनको पवित्र मनमा नेपाल कै बास छ
भूमी त्यो छ अखण्ड पो र त यहाँ स्वायत्त नेपाल छ।
आफ्‍नो त्यो अधिकार देश, जनता प्रति बिचारी कन
नेपालीहरुको भबिष्य अब ता निर्माण गर्ना कन॥
॥४॥
झुल्काएर नया बिहानी भुमिमा प्रकास लोक्‌तन्त्रको
रैतीबाट छिटै भएर जनता फालेर सामन्तको।
एक्‌तन्त्री, हुकुमी, मतान्ध र हठी जाहानिया शासन
नेपाली बढ लौ अघि अब गरी सोघोषणा क्रान्तिको ।।
॥५॥

२००५।०२।११
अमेरिकाबाट प्रकासित हुने ई-पत्रिका “नेपाली-पोष्‍ट” मा प्रकासित।
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters