[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भ्यात्ले लाई कल्ले?

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 12700 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-27-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भ्यात्ले लाई कल्ले?"

ए दीप, त्यो भ्यात्लेलाई फोन गर्न -- आउँछ की -- तिनजना मात्रै त के खेल्नी -- मजै आउँदैन।

अबिनले हातमा अटाई नअटाई तास फिस्दै मलाई काम अरायो।

तैं गर्न -- तेरो साथि -- मलाई उठनै मन लागेन।

मेरो नी के को साथि? त्यै सुशिलदाई काँ आईरदो रे छ -- तिँ तास खेल्दा चिन्या त हो नी -- अबिनले सुनायो।

अनि अस्ति तेइ भ्यात्लेकाँ गा हैन त तँ, हामीले माछा मार्न हिन भन्दा मिल्दैन भनेर -- बिस्सेले थप्यो।

त्यो त अब त्यैँ सुसिलदाई काँ गा बेला कार्ड भिडायो अनि के त नी -- सफाई दियो अबिनले।

खै फोन? अबिनले सोध्यो।
****
म्यारेज खेल्ने भनेर बिस्से म र अबिन तास ठिक्क पारेर बस्या पातकी मधुकरले आउन मिलेन भनेर फोन गर्यो। मधुकरको लोग्ने स्वास्नी नै खेल्थे -- पाँच जना भए पछि त भै हाल्थ्यो।

स्वास्नीलाई सन्चो भएन भन्छ बज्या।

तँ एक्लै आइज न त -- मैले अलिकति अनकनाएर भनें मधुकरलाई।

अबिन र बिस्से दुबैले घुरेर हेरे मलाई।

काँ आउनी एक्लै मारी हाल्छे नी। झन तेसमाथि हारियो भने त --

मिलान जसरी भए नी -- आईज आईज -- ब्यर टन्नै छ --म:म ठिक्क पार्या छ -- भनें मैले अरु के भन्नु?

ल ल हेर्छु न्त -- आशाको त्यान्द्रो झुन्डाएर फोन राख्यो उस्ले।

के आउँ छ रे? दिक्क लाग्या जसरी सोध्यो अबिनले।

था छैन स्वास्नीलाई सन्चो भएन भन्छ -- एक्लै आईज भन्या मार्छे भन्छ--बोरै भो मैले सुनाएँ।

एक्लै त नआकै ठिक छ। बिस्स्ले ढुक्कै भन्यो।

मैले बिस्से तिर हेरें अनि अबिन तिर। दुईटैको हेराई उस्तै थ्यो।

तेस्को स्वास्नी पनि आए पो रौनक आउँछ -- बिस्सेले झिक्यो कुरो।

तेस्को स्वास्नी आउनी तँलाई के को रौनक नी? मैले सोधें। हुन त कुरो बिस्सेले ठेगानकै गर्या हो।

अब आफ्नो छैन अनि के त नी? बिस्सेले निर्धक्क सुनायो।

तेस्को स्वास्नी संग त हार्दा नी मजा लाग्छ मलाई त -- कस्तो मीठो कुरा गर्छे। अबिन त झन अगाडी लाग्यो। कुरो त हो -- बोलेकै मीठो उस्ले त।

ह्याँ हुँदा चैँ भाउजु भाउजु भनेर नथाक्ने नभा बेलाँ चै तेस्को स्वास्नी तेस्को स्वास्नी भन्नी रौनक र मीठो कुरा रे -- पातकीहरु। पाको बेलाँ मैले नी दोष लाई देँ -- भागेदार त म पनि हो तेसो त।

अब के भन्नी त ---? बिस्से र अबिन दुइटैको अनुहारमा एक किसिमको चमक आयो र फिलुङ्गो झैं बिलायो।

मैले तिमीहरु भन्दा पैले ब्या गरें भने त बस्दीन म तिमीहरु सँग -- मैले हाँसेर सुनाएँ।

मैले पैला ब्या गरेँ भने म पनि बस्दिन तिमेरु संग। अबिनले पनि कुरा प्रस्ट पार्यो।

म त कुरा छिनेकै दिन डेरा सर्नी हो -- बिस्सेले थप्यो।

एक राउन्ड हाँसियो। साथि साथिमा हाम्रो बिस्वास तेस्तो थ्यो।
*****
खै फोन? अबिनले फेरी सोध्यो।

मलाई के था? बिस्से बोलेन मैले जबाफ दिएँ।

तैले अघि कुरा गर्या हैन मधुकर सँग। काँ राखीस? अबिनले सम्झायो।

भान्छा मै होला न्त उतै राख्या जस्तो लाग्छ। सुनाएँ।

ले न त -- अबिनले फेरी अरायो।

लागी रा छ -- जान तैँ फोन गर्नी तैले हो क्यारे -- भन्देँ।

म त सक्दिन -- खेल्न मन लाए तै गर भन्न थाल्यो।

खेल्न त मन लाग्या अघि देखी -- बज्या रबि जेलो जस्तो थ्यो -- थलथले --भ्यात्ले।
सक्दिन म पनि-- खास कुराकानी गर्ने गर्या छैन काँ तास खेल्न आईज भनेर फोन गर्ने? मैले भनेँ --

ल ल फोन गर्न त -- तेस्ले उठाए पछि मलाई दे म कुरा गरम्ला अबिनले भन्यो।

आजा दिन झुर रे छ -- काँ मधुकर्या अप्सरा जस्ती स्वास्नी सँग म्यारेज खेल्न छोडेर अघोरी भ्यात्ले सँग भिड्नु पर्ने भो -- बिस्से बिरक्तियो।

यता उता जमघटमा कुरा गर्यो हो भ्यात्ले सँग --फोनमा त बोल्या थे न।

"हेलो रबि जी हो?" मैले सोधे उता फोन उठे पछि।

अङ्ग्रेजीमा गडरयाङ्ग र मडर्याङग गर्यो --

यस्तो खत्तम अङ्ग्रेजीमा को सँग रीसाईरा रे छ -- भन्ठाने मैले सोधेको सुनेन छ क्यारे --

रबिजी हो? फेरी सोधें नरम सँग -- आर्काको रीसाँ म फेला परम्ला र नआउला खेल्न फेरी तास भन्ने पिर।

"हो -- के गर्छस?" भ्यात्ले यसपाली नेपालीमै जङ्गियो। मैले केई गर्नु न भन्नु --

मैले केई बोल्नु अगि नै फेरी कुर्लीयो "ह्याँ फोन नगर भन्या हो हैन मैले? कति चोटी भन्नु पर्छ? "

कैले भन्यो नगर भनेर? फेरी म को को तेस्लाई के था? कलर आई डी भए पनि -- म छक्क परेँ।

उ गर्जीदै थ्यो -- "डु नट कल लिस्टाँ छु म --- था छ? फाईन तिराउँछु -- जाक्दिन्छु म -- चाइँदैन कलिङ्ग कार्ड भनेसी त --- "
 
Posted on 10-01-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Deep,
Sorry I missed you in my last thread. You dropped by a tad late. I have two things to say about the piece:

1. I am never introducing you to my wife. I don't trust you.
2. As I said earlier, you write with the flair of Bhairav Aryal.

I wanna see you write longer.

Hope everything is fine with you.
 
Posted on 10-05-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahhahah hahahhaha hahahha
Deep Bro, babal chha hai

काँ मधुकर्या अप्सरा जस्ती स्वास्नी सँग म्यारेज खेल्न छोडेर अघोरी भ्यात्ले सँग भिड्नु पर्ने भो
 
Posted on 10-13-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..... agrees with sum_off..- you write with the flair of Bhairav Aryal.

Deep bro, you are simply amazing. Write seriously, you got great potential in writing..

Let more flowing like this..

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
lost $3500 on penny stocks !!!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters