[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 23400 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-26-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यो कथा पुरै कल्पनामा आधारित , कसैको जिबनसङ मेल खान गएमा संयोग मात्र हुन जानेछ।)

"बुद्धलाइ ढोग्दा पाँच बिन्दुले छुनु पर्छ। दुइ घुँडा, दुइ कुहिना निधार। यी यसरी" भन्दै मेरो दाँया उसले पहिले बुद्धको मुर्तिलाइ  दुइ हात जोडेर नमस्कार गर्यो, त्यसपछि घुँडा टेक्यो अनि दुइ हत्केलाहरुलाइ भुइँमा  घोप्ट्याएर निधार राख्यो।

"धन्यबाद।" मैले उसलाइ नहेरी भनें।

""किन तिमीलाइ पहिले कसैले सिकाएन?"

"सिकाको थ्यो, तर मलाइ अल्छि लागेर नमस्ते मात्र गर्या हुँ। जसरी ढोगेपनि मनभित्रको आस्था उस्तै हो नि।" उसको प्रश्नलाइ त्यति ध्यान दिन मन लागेन।

"हाम्रो भाषा राम्रै बोल्दि रहेछौ नि। तर अलि उच्चारण चाँही अझै सुधार्नु पर्ने रैछ।" मन्दिर घुम्दै मेरै पछि पछि आउदै रैछ।

"हैन, तिम्रो काम छैन?  खालि मैले कहाँ के गल्ती गर्यो भन्दै हेर्दै हिँड्दो रहेछ।" मलाइ देखि झर्को लाग्यो।

"कस्तो छिटो रिस उठ्दो रैछ तिमीलाइ ! मन्दिरमा रिसाउनु राम्रो हुँदैन भनेर थाहा छैन?" उल्टै  प्रश्न गर्छ।

जति बोल्यो उति नै छेउ पुच्छरको कुरा गर्ने बानी, कस्तो रहेछ यो मान्छे त । बल्लबल्ल हप्ताको एकदिन येसो मन्दिरमा आएर शान्त अनुभव गरुँ भन्दा पनि फेरि कुन चाँही फतौरे आइपुग्या हो यो।

"मलाइ तिम्रो अर्को कुरा पनि थाहा छ।" कानैमा आएर सासले बोल्यो उ।

"के?" झसङ हुँदै मैले सोधें।

"तिमी जहिले पनि entrance fee  नतिरीकन मन्दिर आँउछौ। अरुले तिमीलाइ बिदेशी भनेर नचिन्दा हुन्, तर मैले तिमीलाइ पहिलो दिनमै चिनेको। तिनीहरुलाइ भन्दिउँ?" ठ्याक्कै अगाडी बिदेशी हरुलाइ टिकट बेचिरहेका स्टाफहरु देखाँउदै भन्यो उसले। उसको आँखामा चोर भेट्या जस्तै खुशी थियो। अलिकति डर लुकाँउदै छेउकै पाटीजस्तो बुद्धको मुर्तिहरु भयेको ठाँउमा बस्न गयें।

"भगवानको दर्शन गर्न को लागि पैसा चाहिदैन। तिमीहरु चाहि फ्री मा मन्दिर आउन पाउने हामी चाही किन पैसा तिर्ने। त्यो पनि एकचोटिमा डलर। हरेक Sunday आँउछु, त्यो हिसाबले महिनाको २० अनि बर्सको २४० डलर अत्ति महङो भयो। तैपनि तिमीलाइ यो कुरा किन चासो भाको हँ?"

"मुख हेर्दा सोझी देखिन्थ्यौ। तर येस्तो ओठें जवाब फर्काउलौ जस्तो लागेको थिएन। त्यो पैसाले मन्दिरको जिर्णोद्वार गर्छ नि ? हामीलाइ बाँड्नलाइ हो ? तिमीहरु तेत्रो पैसा कमाउने मान्छेले तेति पनि धर्म गर्न सक्दैनौ?"

 

Contd................

"

 
Posted on 02-26-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello CL, I am good, thanks. Hope all is well with you too. Yeah, I have been kinda on and off from sajha lately..got a bit occupied with different stuffs in life. When is the rest of the story coming? Eagerly waiting to read rest of the story.  


 
Posted on 02-26-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो क्रेजी, मैले पनि जती बुझ्न खोजे पनि बुझ्न सक्दिन कहिलेकाही केटीहरुलाई
'किताब', 'हिसाबको सुत्र' वा 'पास गर्नु पर्ने जाँच' नै नभये पनि बुझ्नु त परीहाल्छ नि केटीहरुलाई
सदा झै राम्रो लेखाइ भनेको सुनेर हेर्न आ'को हो रइछ



 
Posted on 02-26-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Urfrenrites,

मलाइ पनि कथा भनु भनु लाग्यो,

Justareader,

अनि त्यसपछि राजा र रानीको बिहे भयेछ, जनताहरुले ताली बजाएछ।

आँउछ आँउछ अर्को भाग भोली नैं आँउछ, पीर नगरम।

NKC,

भोली दिंउसो आँउछ होला अन्तिम भाग चाँही, गाथमा आराम नै छ त? कबिता नसुनेको पनि धेरै भयो नि।

रिट्ठेले के बुझ्न खोज्या हो मैले पनि बुझ्न सकिन प्रभु। अलि प्रस्ट भन्नु भये हामी "केटीहरु" र हजुरसङ अन्तरक्रिया कार्यक्रम गर्न हुन्थ्यो नि साझामा।त्यसपछि चाँही बुझ्नु हुन्थ्योकि भन्ने लाग्यो मलाइ। नरिसाम है?


 
Posted on 02-26-08 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

भोली दिउसो कती बजे को शुभ साइत होला कुन्नी, घडी हेरर बस्न हुन्थ्यो ?  मेरो त गाथमा आरामै छ। हजुर को पनि गाथमा आरामै होला भन्ने आस गर्छु।  समय को ब्यस्ताले गर्दा खासै केही लेख्नै पाको छैन। २-४ लाइन राम्रो फुरे त यहाँ आएर पस्किम्ला नि।  


 
Posted on 02-26-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भइ हाल्छ नि।NKC Jyu,

भोलि दिउसोको सुर्यास्त भन्दा अघि र सुर्योदय पछि आँउछ।


 
च्याँङवा
Posted on 02-26-08 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्कु बाग काइले आउजा मोइच्याँङ? मोइले काप्पारमा बाजाउना पाउजा कि पाउताइना? आइले ता बिच्छु बान्चा, कालेलाई जास्दु के ठोक्नु पाप लाग्जा बान्दाइछ यो लोलले.....

तारा बारी दिग्गा लायु बाने बान होइ मोइच्याङ मोइले थिग पार्जा.......यो खाच्चारलाई मोइले नि तेस्को पाचि पाचि लाइदिन्जा, यास्ले बुजाउचा तेल्लाई जाम्मै कुरा.....


 
Posted on 02-26-08 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chyangbaaaaaaaaaaaaaa,

timi kata ho ahile? maile asti lekheko chitthi payo?

timro lol bhanne khachharlai mero dherai dherai maya bhandeu hai?

churpi lyayo?

 


 
च्याँङवा
Posted on 02-26-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो ता यादाइ छा मोइच्याङ लेकतिरा.....आस्दिको चिठ्ठि ता पाकु थियो.... यो म्हेरो खाच्चारले मोलाई पार्ना देना......लेरा बाग्यु, चिठ्ठीमा मोइ काकु काकै कार्यु के बाको हो तेल्लाई?

मोइले ता आचेल छुर्पि पार्नु पाको छाइना। चाउंरीकु दुध गाट्यु आचेल......जारो लागेकु छा। खाच्चार्निकु छुर्पी बानायु बाने काना मान्दाइना आमिलो बायु बान्जा के कार्ने। आस्दिनाकु जाम्मै बेसितिरा लाकेरा बेच्यु मोइले र आइले त्याइ पाइसाले तोङ्बा कादै छा। पासाङले आइजा च्याङबा तोङ्बा कानु बान्जा तरा तेस्को आप्पा मोलाइ डुकेरा बास्चा..... त्यासाइले पारि गाउतिरा पैचुङको मा जान्जा मो आचेल तोङ्बा काना......

तो ता आनि बायु रे बानेको सुनेरा यो लोल आचेल जोक्राकु जोक्राकै कार्चा....... तोइले तोङबा कादाइना रे बानेकु सुनेरा मो जोक्राको जोक्राकै कार्चा....... तेसाइले जोक्राकु बेला धेर तोङबा कान्जा मोइले आचेल........


 
Posted on 02-26-08 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha,

timi tongbale jhokrako hola. timi lekbata aauda malai sachikai pure churpi lyaideu hai chyangba. Pasangko gharma hola ni. kinera lyaideu na hai.

abu kahile farekine timi lekbata?


 
Posted on 02-26-08 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा को दुई भाग एक अर्का सँग बिछोड भएर पढ्न गाह्रो भएको महसुस गर्दै दुवै भागको मिलन गराइदिदै छु है क्रेजी --


केटीहरुलाइ मैले कहिले बुझ्न सकिन

(यो कथा पुरै कल्पनामा आधारित छ, कसैको जिबनसङ मेल खान गएमा संयोग मात्र हुन जानेछ।)

"बुद्धलाइ ढोग्दा पाँच बिन्दुले छुनु पर्छ। दुइ घुँडा, दुइ कुहिना र निधार। यी यसरी" भन्दै मेरो दाँया उसले पहिले बुद्धको मुर्तिलाइ दुइ हात जोडेर नमस्कार गर्यो, त्यसपछि घुँडा टेक्यो अनि दुइ हत्केलाहरुलाइ भुइँमा घोप्ट्याएर निधार राख्यो।

"धन्यबाद।" मैले उसलाइ नहेरी भनें।

""किन तिमीलाइ पहिले कसैले सिकाएन?"

"सिकाको थ्यो, तर मलाइ अल्छि लागेर नमस्ते मात्र गर्‍या हुँ। जसरी ढोगेपनि मनभित्रको आस्था उस्तै त हो नि।" उसको प्रश्नलाइ त्यति ध्यान दिन मन लागेन।

"हाम्रो भाषा त राम्रै बोल्दि रहेछौ नि। तर अलि उच्चारण चाँही अझै सुधार्नु पर्ने रैछ।" उ त मन्दिर घुम्दै मेरै पछि पछि आउदै रैछ।

"हैन, तिम्रो काम छैन? खालि मैले कहाँ के गल्ती गर्‍यो भन्दै हेर्दै हिँड्दो रहेछ।" मलाइ उ देखि झर्को लाग्यो।

"कस्तो छिटो रिस उठ्दो रैछ तिमीलाइ त ! मन्दिरमा रिसाउनु राम्रो हुँदैन भनेर थाहा छैन?" उल्टै प्रश्न गर्छ।

जति बोल्यो उति नै छेउ न पुच्छरको कुरा गर्ने बानी, कस्तो रहेछ यो मान्छे त । बल्लबल्ल हप्ताको एकदिन येसो मन्दिरमा आएर शान्त अनुभव गरुँ भन्दा पनि फेरि कुन चाँही फतौरे आइपुग्या हो यो।

"मलाइ तिम्रो अर्को कुरा पनि थाहा छ।" कानैमा आएर सासले बोल्यो उ।

"के?" झसङ हुँदै मैले सोधें।

"तिमी जहिले पनि entrance fee नतिरीकन मन्दिर आँउछौ। अरुले तिमीलाइ बिदेशी भनेर नचिन्दा हुन्, तर मैले तिमीलाइ पहिलो दिनमै चिनेको। उ तिनीहरुलाइ भन्दिउँ?" ठ्याक्कै अगाडी बिदेशी हरुलाइ टिकट बेचिरहेका स्टाफहरु देखाँउदै भन्यो उसले। उसको आँखामा चोर भेट्या जस्तै खुशी थियो। अलिकति डर लुकाँउदै म छेउकै पाटीजस्तो बुद्धको मुर्तिहरु भयेको ठाँउमा बस्न गयें।

"भगवानको दर्शन गर्न को लागि पैसा चाहिदैन। तिमीहरु चाहि फ्री मा मन्दिर आउन पाउने हामी चाही किन पैसा तिर्ने। त्यो पनि एकचोटिमा ५ डलर। म हरेक Sunday आँउछु, त्यो हिसाबले त महिनाको २० अनि बर्सको २४० डलर त अत्ति महङो भयो। तैपनि तिमीलाइ यो कुरा किन चासो भाको हँ?"

"मुख हेर्दा त सोझी देखिन्थ्यौ। तर येस्तो ओठें जवाब फर्काउलौ जस्तो लागेको थिएन। त्यो पैसाले त मन्दिरको जिर्णोद्वार गर्छ नि त? हामीलाइ बाँड्नलाइ हो र? तिमीहरु तेत्रो पैसा कमाउने मान्छेले तेति पनि धर्म गर्न सक्दैनौ?"

"हेर, पहिलो कुरा त म टुरिस्ट भयेर मन्दिर आको होइन। म येहीँको बासिन्दा जस्तै हुँ केही बर्स। अर्को कुरा म पैसा तिरेर धर्म गर्ने कुरामा बिस्वास गर्दिन। तिमी पनि हेर्दा येस्तो फतौरे जस्तो त लाग्दैनौ नि। आज तिमीले धेरै बोलीसक्यौ। अब १५ मिनेटलाइ मलाइ एक्लै छोडिदेउ, प्लिज।" तेति भनेपछि उ जुरुक्क उठेर हिड्यो।

अहिले पो मेरो ध्यान उ तिर गयो। उ त भिक्षु पो रहेछ। अघिसम्म मैले उस्को अनुहार मात्र हेरेकी थें। अहिले त उसले पहेंलो कपडा बेरेको देखें। कस्तो कलिलै देखिन्छ। २० नाघ्यो की नाघेन जस्तो। यो भन्दा पहिले मैले उसलाइ कहिले देखेकी छैन। यो देशमा बच्चा देखि बुढासम्म कोहि पनि बाटोमा अथवा मन्दिरमा भिक्षु भएर हिंडेको जहिं पनि देखिन सकिन्छ। कोहि केहि दिनको लागी र कोहि जिबनभरको लागी। बुद्ध हाम्रो देशमा जन्मेका थिए तर उनलाइ हामीले भन्दा बढी त अरुले पो चिनेका रहेछन्। सिर्सिर चिसो बतास बहन थाल्यो साँझमा। मन्दिरमा झुन्डिएका घन्टिहरु बिस्तारै बज्न थाले। सुनको जलपले सिगाँरिएको स्वर्णिम मन्दिर साँझको बत्ति बलेपछि झन् सुन्दर देखिन थाल्यो। मान्छेहरु पनि आउन थाले। मेरो मनमा "ॐ" का तरङहरु झन्क्रित हुन थाले।

"केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।" लामो सुस्केरा हाल्दै उ फेरि छेउमा आइसकेछ।

मलाइ झनक्क रिस उठ्यो। कति नै चिन्या जस्तो खाली म सङ मात्र कुरा गर्न आँउछ। एकचोटि सातो लिन मन लाग्यो उसको।

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्‍यो त केटीलाइ?"



क्रमश:..........................................अर्को भाग छिट्टै आँउदैछ.
Last edited: 26-Feb-08 07:30 PM
Last edited: 26-Feb-08 07:59 PM

 
Posted on 02-26-08 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा को दुई भाग एक अर्का सँग बिछोड भएर पढ्न गाह्रो भएको महसुस गर्दै दुवै भागको मिलन गराइदिदै छु है क्रेजी --

Thank you very much.


 
Posted on 02-26-08 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटीहरु आमा हुन,

तेसैले उनिहरुको निस्वार्थ मायाँ बुझ्नु पर्छ। 

केटीहरु श्रीजना हुन,

तेसैले उनिहरुको श्रीजनासिलता बुझ्नुपर्छ।

 

केटीहरु जीवन संगिनी हुन, गाडाको अर्को पांग्रो,

मोहोरको अर्को पाटो, तेसैले उनिहरुका भावनाहरु बुझ्नु पर्छ।

केटीहरु दिदी बहिनी हुन,

तेसैले उनिहरुका बेदनाहरु बुझ्नु पर्छ।

 

केटीहरु कोमलताका प्रतिमुर्तिहरु हुन,

तेसैले उनिहरुको मुलायमता बुझ्नु पर्छ।

केटीहरु मानव सभायताका खम्बाहरु हुन,

तेसैले उनिहरुको अक्षय शाहस बुझ्नु पर्छ।

उफ।

 

ह्वाट अ कम ब्याक।  दामी गयो CL ।


 
Posted on 02-26-08 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy ji,

Ramro lagyo tapain ko writing. Kalpanik nai bhaye pani satyata jhalkincha. Buddha ani desh ko bhawana bata prabhabit bhayera lekheko ma tapainlai dhanyabad. aru pani padhna pau, yehi mero ichhya hunecha. desh ani sahitye ko sadhai kadar garinecha.

Jay Nepal.


 
Posted on 02-27-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale, thank u for ur poem,

NepalPremi, your suppport is appriciated.


 
Posted on 02-27-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-2

 

"केटीहरुलाइ मैले कहिले बुझ्न सकिन" लामो सुस्केरा हाल्दै फेरि छेउमा आइसकेछ।

मलाइ झनक्क रिस उठ्यो। कति नै चिन्या जस्तो खाली सङ मात्र कुरा गर्न आँउछ। एकचोटि सातो लिन मन लाग्यो उसको।

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्यो केटीलाइ?"

"कुरै मिल्दैन त।" उसको अनुहारमा तनाब देखियो। "अहिलेकै कुरा गरुँ न। चाहीँ अघिदेखि राम्रो कुरा गर्न खोजीराको छु। तिमी चाहीँ आफै बाङो बाङो कुरा गर्दै निहुँ खोजिरहेछौ।"

" सङ निहुँ नखोज है फेरि । अहिले………………..? " मेरो रिसको पारा चढ्न थाल्यो।

"सबै केटीहरु उस्तै हुन्छन्।" फनक्क उता फर्केर बोल्यो उ।

"के रे?"

"केटीहरु सबै स्वार्थी हुन्छन् नि।"

"मैले तिम्रो के बिगारे हँ?"

"मेरो नबिगारे पनि अरु कसैलाइ अबस्य रुवाएकी होलौ।" झन् जोस्सियो उ।

" भन। तिमी के चाहन्छौ ? त्यति खराब नियतको जस्तो देखिदैंनौ।" उसलाइ फुर्काउनै पर्ने भयो। कतै पढेको कुरा याद आयो। कोहि पनि मानिस आफैमा खराब वा असल हुँदैन। "

"एकछिन मेरो कुरा सुनिदेउ। मेरो जीबन कथा भन्छु, मन नपरे पनि बुझ्या जस्तो गरि देउ। तिमीलाइ  त्यसपछि दुख दिन्न।"

", मन्जुर छ। तर तिम्रो कथा छोटकरीमा भन्ने भए मात्र सुन्छु। रात छिप्पिसक्यो मलाइ अध्याँरोमा एक्लै जान भुतको डर लाग्छ के।"

"गफाडी ! खाली हावादारी कुरा मात्र आँउछ। सोध भन्या येस्तो जवानीमा किन भिक्षु बने भनेर?"

", भन भन। तर  लामो बेलिबिस्तार लाउन थाल्यौ भन्यौ भने हिँडी हाल्छु है ?"

"एक जना मात्र हो र? तीन तीनजना केटीले धोखा दिएपछि पो यस्तो भिक्षु बन्नु परेको। आज भन्दा महिना अघि पनि कसैको प्रेमि थिएँ। तर एउटा सानो झगडाको कारण मलाइ छोडेर गइ। त्यसपछि मलाइ प्रेम भन्ने शब्दसङ नै घ्रिना लाग्न थाल्यो। मन धेरै नैं अशान्त भएपछि केहि महिना येस्तै भिक्षु बन्ने निणर्य गरें। तर अझै पनि उसको यादबाट मुक्त भएको छैन। कस्तो गारो कुरा। जो बाट भाग्न खोज्छु, उसकै सम्झनामा झन् झन् कैद हुँदैछु।

"तिमी ध्यान गर्दैनौ?" मलाइ अलि अलि प्रति दया लाग्यो।

"गर्छु।"

"ध्यानमा तिम्रो मन एकाग्र हुँदैन?"

contd..............in following posting. technical error!

Last edited: 27-Feb-08 09:11 AM

 
Posted on 02-27-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"केटीहरु सबै स्वार्थी हुन्छन् नि।" यो पार्त नि राम्रो लाग्यो।



 
Posted on 02-27-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

contd................................

"तिमी ध्यान गर्दैनौ?" मलाइ अलि अलि प्रति दया लाग्यो।

"गर्छु।"

"ध्यानमा तिम्रो मन एकाग्र हुँदैन?"

"हुन्छ। तर मेरी प्रेमिकाको तस्बिर सङै एकाग्र हुन्छु। जहिले देखि ध्यान गर्न थाले, तेहि बेला देखि झन् उसको समीप पुग्न थाले। यो प्रेम भन्ने कुरा नै कस्तो हो? जसलाइ पाउन सकिदैन, उसैलाइ धेरै सम्झिने।"

"अब कति दिन भिक्षु बन्ने तिमी प्रेमिकालाइ भुल्ने कोशिशमा?"

" महिना मात्र बाँकी छ। त्यसपछि सामान्य जिबन बाँच्नेछु। अब त केटीहरुको नाम पनि लिन्न म। बाहिर हेर्दा कोमल देखिने केटीहरु भित्र फलाम भन्दा पनि कठोर हुँदा रहेछन्। कत्रो ठुलो भ्रम हो जिन्दगीको।"

"सरी है। धेरै गहिरो चोट परेको रहेछ नि तिमीलाइ "

"मुख तिम्रो पनि छुच्चै , एउटा कुरा सोधुँ?"

"के भन?"

"तिमीले पनि कहिले प्रेम गरेकी छौ?"

"तिमीलाइ कस्तो लाग्छ? मेरो मन चाँही ढुँगा नै भन्ठान्यौ कि के हो?"

"तिमी कठोर देखिन्छ्यौ तर हुन सक्दिनौ जस्तो लाग्छ। तिम्रो पनि ट्र्याजिडी नै पर्या हो कि के हो?"

"मेरो दुइ कक्षामा नै दुइ चोटि लव परेको अनि तिन कक्षामा तिन चोटि ट्र्याजिडी धन्न जोगीनी बनिन।"

"छुच्ची,  हरेक कुरालाइ ठट्टा गर्ने गर्दो रहेछौ। जिबन नैं ठट्टा हो तिम्रो लागी?"

"हैन। जिबन जिबन हो।"

"तेसो भये तिमीलाइ प्रेमले, धोखाले, बिछोडले केहि गर्दैन? तिमी जहिले पनि येतिकै हाँसी रहन्छौ?"

"किन मान्छे हैन ?"

"तेसो भये भन तिमी प्रेमलाइ कसरी बुझ्छौ?"

"जसरी सबै प्रेमिप्रेमिकाहरु बुझ्छन्। एक्दम सरल, प्राक्रितिक, प्रस्ट भाबनात्मक सम्बन्ध।"

"तेस्तो सुन्दर सम्बन्ध टुट्दा मुटु दुख्दैन ? मन रुँदैन ? जिबनदेखि भाग्न मन लाग्दैन?"

"हरेक सम्बन्ध बिशेष लाग्छ, टुट्दा दुख लाग्छ समयको क्रमसङै घाउ पुरिदैं जान्छ। बिछोड भयो भनेर जिन्दगी रोकिदैन नि। जिन्दगी बग्दै जान्छ खोला जस्तै।"

"तिमी केटाको मनलाइ बुझ्छौ?"

" आफ्नै मनलाइ बुझ्दिन। अरुको मन बुझ्ने कोशिश किन गरुँ?"

contd....................


 
Posted on 02-27-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

contd....................

"तिमी केटाको मनलाइ बुझ्छौ?"

" आफ्नै मनलाइ बुझ्दिन। अरुको मन बुझ्ने कोशिश किन गरुँ?"

"प्रेममा एक अर्कालाइ बुझ्न जरुरी छैन?"

", तर दुइ जनाको फरकपनालाइ पनि स्वीकार्न सक्नु पर्छ। तिमी जस्तो कहिले बन्न सक्दिन। मेरो आफ्नै मौलिकता हुन्छ, आफ्नैपन, जसलाइ कसैले परिबर्तन गर्न सक्दैन। "

"त्यो कसरी सम्भव ?"

"धेरै आधिपत्य नजमाइकन आफ्नो प्रेमि/प्रेमिकाको प्राकितिक स्वभावलाइ सहज रुपमा बुझ्ने। गहिरो हिसाबको साध्यहरु जस्तो जटिल नबनाउने। एक मानवमा हुने केही त्रुटि कमजोरीहरुले उसको सम्पुर्ण माया अरु बिशेषताहरुलाइ ग्रहण लगाउन पनि मिल्दैन नि।"

"मायामा हरेक कुरा प्यारो हुन्छ। कमजोरी पनि। तर तेही कुरा पछि किन स्वीकार्य हुँदैन?"

"मलाइ थाहा छैन।"

"तिमीलाइ के थाहा ?"

"तिमी जिबनदेखि कहिले भाग्न सक्दैनौ माया बाट नै।"

"अब के गरुँ ?"

"कुन्नि? जे मन लाग्छ गर। मेरो चाहि जाने बेला भयो। अध्याँरो भैसक्यो"

"मेरो गुरुले पनि भन्न नसकेको कुरा गर्यौ तिमीले। तिमीसङ कुरा गर्दा सारै आनन्द आयो।  जानु भन्दा अघि एउटा कुराको जवाफ देउ मलाइ।"

"के?"

"केटिहरुलाइ किन मैले कहिले बुझ्न सकिन ?"

उही बिषयबस्तु, उही निराशापन र उही पट्यारलाग्दो जिज्ञासा। घुमिफिरि रुम्जाटार।

हे भगवान! सबैको कल्याण गर।

समाप्त।

 

 RITTHE, PLEASE ASSEMBLE ALL IN ONE POSTING. HIJOKO JASTAI GARI. TIMILAI ASHIRBAD LAGCHA MERO!

 

 

 

 

 


 
Posted on 02-27-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-27-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


" भन। तिमी के चाहन्छौ ? त्यति खराब नियतको जस्तो देखिदैंनौ।"

ooooooohfffff could not control my laugh while reading this line

ए भनेपछी बिजेलाई छोडेर केन्या गएपछी भिच्छु भेट भएछ क्रेजीलाई ! wow


राम्रो रहेछ कथा ! Flawless as usual. Thanks for pouring all at once.
ल म हिजो जस्तै सबै भागको मिलन गराइदिने कोशीस गर्छु है त

 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters