[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 69350 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
Posted on 08-20-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पाट, खै कथा?
 
Posted on 08-21-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<जय हो प्रभो, वाह आनन्द आयो पढेर, मन नै फुरुङ्ग भो, खास याँ त जाडो भेर बसी नसक्नु भा छ, बाहिर क्या मस्त घाम लाग्या छ तर कुइर्या सन्तानहरुले ए.सि. चिसो पारेर बसी नसक्नु भा छ। तर कथा पढेर क्या उथल्-पुथल भो, खै काँ काँ।


तर मलाई लाग्या मात्र हो कि कथा अली छोटै भएन र?>>


प्रभु हामी हाई स्कुल छदा को कुरो हो ,
च्याङ्ग्रा - " थुक्क ८ पनि ल्याउछ कसैले बिज्ञान मा "
म - " तेरो भन्दा डबल त आको छ के भन्छस "


अब पहिलो भाग भन्दा दोस्रो भाग लामै थियो नि होइन र ??


ritthe
<<खतरा गयो ल बैरे को मर्डन कथा !
रमाइलो छ सफल जिन्दगी भाग दुई पनि !
मेरो भनाइ चाँही छोटै भये नि धेरै ग्याप नगरम बिचमा ! चाडो चाडो अर्को भाग पनि राखम ! >>


ग्याप गर्न मन त कहाँ नै छ र प्रभु , तर परिस्थिती सँग ३६ को आँखाडा छ मिल्दै मिल्दैन


serial
<<ल बैरे ले चाल त क्या मजाले बिछाएछ
फसाउछ जस्तो छ केटा ले
रमाइलो भो पढेर बैरे >>


नफस्ने त कुरै छैन नि प्रभु , मेहनत को फल मिठो हुन्छ भन्थे आफ्नो नि त्यसै होला जस्तो छ


boulevard dreams
<<Lau Baire... The second episode of second part is also done now and so far its interesting and i am not disappointed.... But i dont know why i have a feeling in my mind that something bad is going to happen between the relationship of this couple... Lets see how it goes but nice job and keep it up.... Eagerly waiting for 3 episode.. >>


प्रभु के गरे र मैले त्यसतो भन्या , सफल जिन्दगी को शुभ कामना दिनु त कहाँ हो कहाँ , कुरो बिग्रन्छ पो भन्नु हुन्छ , लौ न यसो गर्नु त भएन नि । तर हेरु बिधी ले आफ्नो भाग्य मा के कोरी दिएका छ । बिधी को कुरा पुरा नभई के छोड्थ्यो र ।


Sufal
<<बैरे - तपाईं को सफल जिन्दगी भाग-२ साह्रै राम्रो छ। Silent Reader भएर पढिराखेकी छु।
म पनि अर्को भागको प्रतिक्षामा छु है!>>


तपाईं नि कडा अती कडा प्रभु , दाग्बत्ती जस्तो उत्तम श्रीजना गरेर बिच मै छोड्ने भएन नि ??


peacesoul
<<Thanks Baire for second part. Its really nice. Your writing skill is really good. I love the flow and the way you describe stuffs on the story. Like "boulevard dreams" I don't know why I am thinking the same way that something bad will happen to your relationship too. See, I personally had similar situation too. We broke up couple of times and reunited. When we were on phone we had some many similarities but when we met and there comes the differences. And I have seen couple of examples that who breaks up on first time there is very less chance of being together even they reunite later time in life. I think some kind of barrier comes in between.


On the other hand I have also seen people having better life even after the break up and uniting after 5 yrs later.I have seen a guys who broke up in '97 and his gf dated with at least 4-5 dudes and finally get back to the same guy after 5 yrs now they are happily married with 2 kids. You never know how life will treat you.


I love your writing. Whenever I get a chance, I just read it. Love your presentation. Keep up the good work. Its simply great. >>


प्रभु कुरा त सहि हो , तर त्यो दरार लाई आफु बिच आउन नदिनु पनि ठुलो कुरा हो , भने झै गर्न कहाँ सजिलो हुन्छ र,  होइन र  प्रभु ?
तपाईले कथा पढेर कमेन्ट गरिदिनु भएको मा म क्रित्ज्ञ छु ।


Nitisa
<<After much anticipated second part of "safal jindagi 2" is out tara यो के जी टि.भी को जस्तो character  हो बैरेको ??? outside good and inside छुचो??? How can a normal person be soooooooo good outside, doing right thing, saying right thing and at the same time have a kapati thinking... >>


साथी मन कपटी कस्को हुँदैन र ? बच्चा आमा को अगाडि लडी बुडी गर्छ आमा को माया पाउन , विद्यार्थी गुरु को अगाडि चाप्लुसी गर्न राम्रो नुम्बर पाउन को लागि , केटा ले केटी , केटी ले केटा को अगाडि नाटक गर्छ , उसको ध्यान पाउन को लागि । यो प्रबिधी त सधैं देखी चली आएको हो , तर त्यो कपट ले अरु कसै को हानी नगरे सम्म त्यो त माया को एक भाग मात्रै हो भन्छु कसो र ?


फेरी कुनै महा विद्वान ले भन्या रे - "Every Thing is fair in love and war " अब यो मुर्ख ले त्यो सुने पछी त पुगी हाल्यो नि ।


perfectionist
<<नितिसा जी, बैरे मान्छे नै तेस्तै रे। बाहिर त देखा मात्र हो, कम्ता कुतिल दिमाग छैन। >>


पुरे पाट काग ले सधैं काग काग भन्छ भन्थे रे , ठुल्दाइ ले भन्या है


काम ले अली ग्रस्त भएर कथा मा ढिला हुन पुगेको मा माफ  ।


 



 


 
Posted on 08-21-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>साथी मन कपटी कस्को हुँदैन र ? बच्चा आमा को अगाडि लडी बुडी गर्छ आमा को माया पाउन , विद्यार्थी गुरु को अगाडि चाप्लुसी गर्न राम्रो नुम्बर पाउन को लागि , केटा ले केटी , केटी ले केटा को अगाडि नाटक गर्छ , उसको ध्यान पाउन को लागि । यो प्रबिधी त सधैं देखी चली आएको हो , तर त्यो कपट ले अरु कसै को हानी नगरे सम्म त्यो त माया को एक भाग मात्रै हो भन्छु कसो र ? <<


 


यो कुरा चाँही साह्रै चित्त बुझ्यो, सोह्र आन सही बात


 


>>पुरे पाट काग ले सधैं काग काग भन्छ भन्थे रे , ठुल्दाइ ले भन्या है <<


लोल बैरे लोल क्या घच्ची कुरा गर्‍यौ यार तिमीले, हुन पनि हो नि है लोल लोल महा लोल


 
Posted on 08-21-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<प्रभु हामी हाई स्कुल छदा को कुरो हो ,
च्याङ्ग्रा - " थुक्क ८ पनि ल्याउछ कसैले बिज्ञान मा "
म - " तेरो भन्दा डबल त आको छ के भन्छस ">>>

लोल लोल महालोल


जय हो प्रभो, प्रभो को लीला अपरम्पार छ। हा हा हा हा

 
Posted on 08-21-09 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे जि. sorry for saying "kapati thinking" it was a poor choice of word तर यो कथामा  मलाई धरै कुरा हरु मन परेन one example,  {{बैरेले "मन मनै - Ohh I wish you really knew me झै लाग्यो , फेरी डाइलग दिए - " It doesn't matter where one is , what matters is who one is with ।।।।। " तरुनी दङ्ग !!!!!" }}If you don't mean it why even say it ? I don't agree with  "Every Thing is fair in love and war " I think this statement apply to those who wants do whatever they want do and don't think about the consequences.


 
Posted on 08-24-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nitisa जी जिन्दगी धेरै जसो कुरा मन नपरे नि मन नभए नि गर्नु र भन्नु पर्छ ।


मन परेको कुरा गरे र भने त हामी लाई समाज , नियम कानुन किन चह्हियो र ?


अब हेर्नु न पढ्नै मन छैन , पढ्नु त पर्‍यो नै , कसै सँग रिश उठ्यो भने त्यो मान्छे लाई कुट्नु पिट्नु त भएन ?? कसै को समान राम्रो लागे चोर्नु भएन ?


झुठो बोले मन नपर्ने मान्छे को हानी हुन्छ भन्दैमा झुठो बोल्नु भएन , साचो बोलेर चित्त दुख्छ भने, कसै को हानी हुन्छ भने साचो नि पक्षउनु पर्छ । यस्तै हो जिन्दगी होइन र ? फेरी मैले त मलाई लागेको कुरा गरेको , कसै को मन कसै अरु ले पढ्न सक्छ र ? मान्छे हरु जुगौ जुग एक अर्का सँग बिताउछन र पछी एक अर्का सँग बस्न नसकेर दिवोर्स पनि लिन्छ , मनै त हो बुझ्नै गाह्रो ।


मेरो सोचाइ, भनाइ, कथा को पारीवेश मा केवल रिया लाई डेन्भर ल्याउनु हो , उसको चित्त दुकाउनु वा उस्को हानी गर्नु नियत मेरो होइन । उस्लाई देन्भर ल्याउनु पनि कारण नै छ सायद आउने भाग हरु मा खुल्दै जाला ।


 अङ्रेजी मा भनी झै - My feelings and words were not meant to be offensive.  


 
Posted on 08-24-09 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेरै जि मैले कुरा बुझे .
 
Posted on 08-25-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर ।  उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ ।


उु - " कस्तो रमाइलो ठाउँ रहेछ है यहाँ त "


म केवल उस्लाई हेरी मुस्कुराइ रहे , म त्यो द्रिश्य र मेरी प्रियसी को दाजो गरी रहेको थिए । हार जीत कस्को भयो त्यो ठम्म्याउन सकिन ।


- " Please मलाई त्यसरी नहेर , I Know what you are thinking । मलाई Time चाहिन्छ , I will seriously consider this ."


- "मैले के नै भने र , म त तिमीलाई यो पल सँग दाजो गरी रहेको मात्रै थिए "


उु - " अनी कुन राम्रो त ? "


यथार्थ र सहि जवाफ मा फरक हुदो रहेछ , तर मलाई मेरो प्रश्न को सहि जवाफ थाहा थियो मैले न हिच्किचाई भनी - " तिमी "


उसको जवाफ - " I Know "


केही क्षण हामी त्यही बसी रहयौ , र बाहिर निस्किने तर खर गर्न आट्यौ । तयार भई राख्दा उसले मलाई सोधी - " आज यही खाने कि बाहिर ? "


- "बाहिरै केही खाउ हुन्न र ? " मन मनै सोचे घर मा पकाउदा काट कुट गर्नु पर्‍यो , पकाउनु पर्‍यो , भाडा माज्नु पर्‍यो , हिजो रात भरी उु आउने भनेर सफा सुगर गर्न लाग्या थिए फेरी गर्नु पर्छ भनेर घरमा खाने कुरा उपयुक्त लागेन ।


उु आफ्नो आँखा मा गाजल लगाइ रहेकी थीइ , आँखा को पारीली मा  आइ लाइनर कोर्दै थी , कहिले ब्लश ले गाला टक्टकाउथी भने कहिले कपाल सुम्सुमाउथी । - "के हेरी रहेको , give me  2 mins , जाउ बाहिर बसी राख "


- "किन मैले तिमीलाई हेर्नु हुन्न ?"


- " हुन्छ , तर तिमी लाई केटी को श्रिङ्गार पटार मा किन interst नि ?"


म केही नबोली बाहिर गएर बसे । एकै छिन मा उु बाहिर निस्की - "How do I Look ?" उत्तर - " Beautiful "


उु - " को जस्तै देख्या छु भन त " उत्तर - " रानी मुखर्जी "


उु - "रानी मुखेर्जी कि ऐश्वर्य राय " उत्तर - " ऐश्वर्य राय "


उु फेरी दङ्ग परी, भन्दै मा मेरो केही जाने होइन , उु दङ्ग पर्छ भने त Angelina Jolie नै भनी दिन्थे मेरो के बिग्रन्छ र ? 


हामी डेन्भर डाउन टोव्न घुम्न निस्कियौ , केही बेर यता उता घुमीयो , उसले पोज पोज मा फोटो खिची कत्ती पोज त आफु ले नि मारियो , बाट मा हिडि रहेका लाई खिचिदिन आग्रह पनि गरियो । केही बेर को हिडाइ र फोटो खिचाइ पछी खुट्टो ले सर्नै छाड्यो , खुट्टा ले हड्ताल सुरु गरी सकेको थियो भने पेट पालो कुर्दै थियो , लौ भएन खुट्टो लाई फकाउनु र पेट लाई युद्ध मा सामिल हुन दिनु अघी केही उपाय गर्नु पर्‍यो भनेर हामी एउटा डाईन आउट रेस्तुरन्त मा पस्यौ ।


आफ्नो अर्डर दिएर हामी , त्यो सितल साझ सँगै रमाइ रहेका थियौ ।


उु - " म नहुँदा अरु सँग पनि यस्तै गर्ने गरेको छौ कि क्या हो ?"


हरे भगवान कुरा फेरी अतित तिर जाला भन्ने डर ले - "किन नचाहिने कुरा गरी रहा " भने


उु - " तिमी सँग जिस्किन पनि हुन्न ? "कस्तो un-romantic मान्छे तिमी "


- " त्यसो भन्या होइन , कहाँ अरु सँग आउनु नि हान्न पो खोज्या त "


उु - " एउटा कुरा सोधु "


मुन्ना भाई मा झै मत पुछो भनी दिउ क जस्तो ला थियो तर , मुखबाट - " हुन्छ " भनी उत्तर आयो


उु - " तिमी प्राय जसो बाहिरै खान्छौ हो ?


मैले केही नसोची - " कहिले काही " भनी दिए , फेरी सोधे - " किन ?"


उु - " त्यतिकै सोधेको "


- " तिमीले कहिले त्यतिकै सोध्दैनौ , किन भन त !"


उु - " होइन खासै केही होइन , यसरी सधैं बाहिर खानु हुन्न , अहिले कमाइ छ त्यसइ ले सोच्दैनौ , तर savings को पनि बिचार  गर्नु पर्छ । आफ्नो भविश्य को बारेमा पनि सोच्नु पर्छ , We are not kids anymore "


मलाई उसको कुरा ले चित्त बुझ्यो , हुन पनि हो मैले अब भविश्य को बारेमा सोच्नु पर्ने त थियो , त्यही पनि उस्लाई जिस्काउन - " कमाए पछी खर्च  पनि त गर्नु पर्‍यो नि , आखीर  मरी लानु केही छैन "


उु - " मैले त्यसो भन्या होइन , खर्च  अवस्य गर्नु पर्छ , दु:ख ले कमाको पैसा मा मोज गर्न अर्कै मजा आउछ , आफ्नो पसिना को कमाइ भन्ने याद हुन्छ तर जीवन को कुन कुना मा झरी लुकेर बसेको छ त्यो थाहा हुन्न , त्यो पल नआए  पनि त्यसको लागि जगेणा भने गर्नु पर्छ । फेरी भविश्य भोली तिमी एक्लो हुने छैनउ , आफ्नो जीवन साथी को पनि तिमीले खयाल गर्नु पर्छ , त्यसैले अहिले देखी  saving गर्ने बानी पर्‍यो भने तिमी लाई पछी लाई सजिलो हुन्छ । Its not how much a Man makes, Its how much he saves ....."


- "Save  गर्ने तिमी छ्दैचाउ नि , मैले किन गर्नु पर्‍यो ?"


उु - " अ तिम्रो पैसा मलाई चलाउन दिन्छौ होला नि "


- " मेरो भन्नु नै तिम्रो हो, तिम्रो भन्नु नै मेरो हो , म सँग मेरो तेरो भन्ने कुरा नगर , मलाई मन पर्दैन " अली रिसाएर भने मैले


त्यही बिच वेटरले खाना ल्यायो । खाना खाइ सके पछी , हामी बाहिर निस्क्यौ , म चुरोट सल्काउन लागे ।


- " आज नखाए हुन्न "


- " अली कती मात्रै तान्छु " खाना खाए सि तान्नै पर्ने आफु लाई , उसलाई भने पटक्कै मन नपर्ने


उु - " अघी को कुरा ले अझै रिसाइ रहेको छौ कि क्या हो ? "


- "होइन किन रिसाउनु , तर आइन्दा प्लिज यस्तो तेरो मेरो कुरा चाँही नगर, मैले अघी नै भनी सके जे तिम्रो हो त्यो मेरो हो , जे मेरो हो त्यो तिम्रै हो " हान्न पाको डाइलग किन छोड्ने , दिए मैले नि एकै सास मा


उु - " ल ल , अब देखी गर्दिन, बरु तिमी ले चाँही चुरोट खान कहिले छोड्ने हो ? अब त उमेर पुगी सक्यो अब त न स्टाईल न पोज किन तानी रहनु पर्‍यो ?"


- " पहिला त तिमी लाई केही हुँदैन थियो अहिले चाँही किन एकासी के बिगारयो चुरोट ले तिम्रो ?"


उु - " तिमी ले भन्या होइन जे तिम्रो त्यो मेरो , जे मेरो त्यो तिम्रो , तिम्रो श्वासथ बिगारएे राख्या छ त्यो चुरोटले , तिम्रो र मेरो बिच को हरेक पल चोरी चोरी  पर लागि राख्या छ , तिम्रो चुरोट ले " उसले नि एकै सास मा भनी ।


आफु ले खन्या खाल्डो मा आँफै परीयो , हुन पनि हो अब त यो जिन्दगी मा उसको पनि अधिकार छ , आफु चाँही तेरो मेरो नभन भन्ने फेरी मलाई मन पर्छ भने तिम्रो टाउको किन दुख्ने त भन्नु भएन ।


- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।


 
Posted on 08-25-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Baire je, just completed third episode of the second part, tara khoi kina ho kunni yo episode ma testo special chai bhetiyena tara tapai manche bhaneko yaha khaire ko pani noon khayeko manche time bhyaunu bhayena tesaile lekhna saknu bhayena hola..


But eventually i know you will make this story great.. eagerly waiting for next episode Baire... good work bro.


 


 
Posted on 08-25-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग नि घच्ची गएछ


भनेपछी बिहा को कुरा निक्लियो होइन त -


अनी कहिले त बिहा - खबर गरौ के रे


 
Posted on 08-25-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।>>>

यस्मा केइ कुरो लुक्या छ कि जस्तो लाग्यो मलाई त। तर कथा पढ्दा फिलिम हेरे सरि मज्जा आउने क्या बैरे पाटको खुबिलियत। अब रिया सँग झ्याइ पार्न मात्र बाँकी भो। एस्सो हेर्दा चाँही भोली देखिन् बैरे पाट, घर मै भाडा माझेर बस्ला जस्तो छ, सेविङ गर्न पर्‍यो नि। ल के के पकाइन्छ अर्को भागमा त आइहाल्ला केरे। ल नाइस गोइङ

 
Posted on 08-25-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभोको जीन्दगी पनि सफल हुँदै गएर दोश्रो भागमा पुगिसकेछ! ल प्रभो पछ्याउँदै जान्छु बाटोबाटै!
 
Posted on 08-26-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे!


कथा सरररर  बगी रहेको छ । "तिम्रो र मेरो" भन्ने भावना मन पर्‍यो मलाई। अर्को भाग छिटो राख्नुहोला।


~सुफल


 
Posted on 08-26-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्षिम प्रभो बर्षिम, म जस्ता पाठकलाई त यस्तै बर्षाको भेलमा हेलिन मन लाग्छ।
 
Posted on 08-26-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा त्यस्तै हो कथा रमाइलो गैराछ बैरे मित्र !


फुर्सद मिल्ना साथ अरु थपुम बरु !


 
Posted on 08-27-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

boulevard dreams
<<La Baire je, just completed third episode of the second part, tara khoi kina ho kunni yo episode ma testo special chai bhetiyena tara tapai manche bhaneko yaha khaire ko pani noon khayeko manche time bhyaunu bhayena tesaile lekhna saknu bhayena hola..


But eventually i know you will make this story great.. eagerly waiting for next episode Baire... good work bro>>


प्रभु ठीक भन्नु भयो , फेरी गोर्खे को बानी नुन को सोझो हुनै पर्‍यो , यसो समय  समयमा साझा तिर घुसे नि सोझो त सोझो नै हो , आउने भाग हरु को मेरु डण्ड कोर्दै थिए यो भाग मा शायद केही होला आउने भाग भन्ने आशा छ ।


serial
<<ल यो भाग नि घच्ची गएछ
भनेपछी बिहा को कुरा निक्लियो होइन त -
अनी कहिले त बिहा - खबर गरौ के रे >>


बिहा रे के भन्छ बौचा , मैले उस्लाई रानी मुखर्जी , ऐश्वर्य राय भन्दा उु साच्चै कै ऐश्वर्य राय र रानी मुखर्जी भाको हो त , कहिले कहिले तरुनी को शब्द बाण हरु बाट बच्न यसो नि गर्नु पर्छ , आफु ले लहरी को हो मा हो मिलाको बिर्स्यो जस्तो छ नि ??


perfectionist
<<यस्मा केइ कुरो लुक्या छ कि जस्तो लाग्यो मलाई त। तर कथा पढ्दा फिलिम हेरे सरि मज्जा आउने क्या बैरे पाटको खुबिलियत। अब रिया सँग झ्याइ पार्न मात्र बाँकी भो। एस्सो हेर्दा चाँही भोली देखिन् बैरे पाट, घर मै भाडा माझेर बस्ला जस्तो छ, सेविङ गर्न पर्‍यो नि। ल के के पकाइन्छ अर्को भागमा त आइहाल्ला केरे। ल नाइस गोइङ >>


पुरे पाट आफ्नो जिन्दगी खुला किताब जस्तो छ के कुरा लुक्या होला, भाग्य मा लेख्या रहेछ भने झ्याइ नि गर्नु पर्छ कसो ? उहा लहरी ले लहरे को आमा लाई "मम्मी" भनी सक्यो आफ्नो त घरा नि थाहा छैन ।


Birkhe_Maila
<<प्रभोको जीन्दगी पनि सफल हुँदै गएर दोश्रो भागमा पुगिसकेछ! ल प्रभो पछ्याउँदै जान्छु बाटोबाटै! >>


प्रभो तपाईले म जस्तो लाई पछ्याउने भए म जस्तो ले  चाँही कस्लाई  पछ्याउने हो ?


Sufal
<<बैरे!
कथा सरररर  बगी रहेको छ । "तिम्रो र मेरो" भन्ने भावना मन पर्‍यो मलाई। अर्को भाग छिटो राख्नुहोला। >>


प्रभु हुन नि हो नि आफ्नो भन्ने भावना लाई कायम गर्नु पर्‍यो नि कसो , यसो आफु लाई नि खाचो पर्दा उु सँग मद्घत माग्न नि सजिलो , कुरै कुरा त हो नि !!


Deep
<<बर्षिम प्रभो बर्षिम, म जस्ता पाठकलाई त यस्तै बर्षाको भेलमा हेलिन मन लाग्छ। >>


प्रभु पुर्णे को जून जस्तै देखा पर्नु भयो तर म पनि मेरो कथा मा आफ्नो बहुमुल्य शब्द हरु छरिदिनु भयो , यो त ढुङ्गा खोज्दा देउता मिले झै भयो , प्रभु बाङ्गे ले सरsssssssssssर ताने सि नि कथा अगी बढ्ला भन्या अस्तु नै गर्नु भयो कि क्या हो ?


ritthe
<<अरु कुरा त्यस्तै हो कथा रमाइलो गैराछ बैरे मित्र !


फुर्सद मिल्ना साथ अरु थपुम बरु !>>


रिट्ठे सान के भन्नु जिन्दगी कुकुरको जस्तो भयो भन्या काम नि छैन फुर्सद नि छैन , अर्को भाग चाडो पस्किउला


 
Posted on 08-28-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे!


 खै सफल जिन्दगी भाग २ - को अर्को भाग? छिटो पोस्ट गर्नुपर्‍यो ।
 ~Sufal


 
Posted on 09-01-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।


उु - "बहाना त कत्ती आउछ हगी तिमीलाई "


म केही बोलिन । हामी हिड्दै गाडी भएको ठाउँ तिर गयौ । कोठा पुगेर एक छिन टि.भी हेरी बस्यौ ।


- " ल अब सुत्ने तर्खर गर्ने होइन ? भोली बिहान एस्पेन तिर जाउला "


- " हुन्छ " भनी उु पनि उठी र हामी सुत्ने तर्खर गर्न लाग्यौ ....................


बिहान आँखा ७ बजे नै खुल्यो , आफ्नो नित्य कर्म सकाएर किचन मा गई, ब्रेक फास्ट तयार पारी उस्लाई उठाए , मेरो यो नयाँ रूप देखेर उु दङ्ग थियो , तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएको थियो भनेर ।


डेन्भर बाट एस्पेन करीब ४ घण्टा को बाटो थियो । हामी निस्किदा ९ बज्न आटेको थियो ।  गाडी हाई वे मा छिर्ने बित्तिकै उु नुन खाको कुखुरा झै झोक्राउन थाली , मैले दुबै झ्याल खोली दिए , हावा को बेग र आवाज उस्लाई उठ्ने कर लाग्यो ।


उु - "एक छिन सुत्न देउ न १ घण्टा मात्रै अनी म फ्रेश हुन्छु के "


- " कहाँ सुत्ने , यस्तो रमणिय मौसम छ, साथ मा तिमी अली Romantic हुन सिकन "


आफ्नो बज्रले आँफै लाई प्रहार हान्दा कस्तो हुन्छ उसलाई महसुश भयो । उु मुस्कुरायो , मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी ।


- " please यस्तो bore नगर न , एक्लै चलाऊन एकदम गाह्रो हुन्छ क्या , जाबो ४ घण्टा को बाटो मा साथ दिन सक्दैनौ , जिन्दगी मा के साथ दिन्छौ ?"


अब मैले उसको माया लाई लल्कारेको थिए , यो चुनौती मलाई भारी पर्ला जस्तो थियो , तर सोचे ४ घण्टा त मैले चलाऊनु पर्ने हो कसरी गाह्रो पर्ने मलाई ? तर पनि डर भने लागि रहेको थियो , कती बेला यही डाइलग आफु लाई पेल्न आउँला भनेर ।


उु - " ल ल अब त उठ्नै पर्‍यो , यस्तो डाइलग हाने पछी, ल भन के कुरा गर्नु मन छ, Besides Move to Denver "


म - " दु:ख सुखका कुरा गर , हामी दुई को कुरा गर । भाग्य ले तिमी लाई फेरी म सँग अगाडि को सिट मा राखी दियो, पहिले यही सिट मा बस्दा आसुँ झर्थ्यो अब यही बेसी भयो " पेले मैले पेल्न पाको बेला ।


उु - " Please , म केही रोको थिईन के , त्यती खेर म बच्चै थिए , ईमोसनले टेक ओभर गरेर मात्रै हो , नभए रुन्थे तिमी जस्तो निर्दही को लागि , तिमी ले नि कम पापड बेला थियौ । म सोझी भएको ले फसे नभए त ......"


- " नभए के , मैले त केही गर्या थीईन , तिमी आँफै फस्या त हो नि । म त च्याङ्ग्रा को बिहे को लागि मात्रै गाको थिए । "


उु - "म नि त्यसकै बिहे को लागि गाको थिए , तिमी ले नै के के गर्यौ .......... तर कस्तो अच्चम्म हगी I Never thought I Would be with you again "


- " It was meant to be "


उु - "तिमिले च्याङ्ग्रा र केरेन लाई नि बोलाको भए हुने नि, तिनी हरु लाई नभेट्या नि बर्ष दिन भयो "


- "कवाफ मा हड्डी किन बेकारमा "


उु - "त्यो पनि हो " हाँस्दै


समय बित्दै गयो , बाटो सकिदै र साथ मा गर्ने कुरा हरु पनि , घडी हेर्दा ११ बजी सक्या रहेछ , भोक नि लाग्यो , खानेको बन्दो बस्त गर्नु पर्‍यो ।


- " केही खान को लागि रोक्नु पर्ला जस्तो छ "


उु - " के खाने , Mc Donalds हरु त नखाउ , बरु लन्च कै ब्यब्स्था गर्ने हो कि ? "


- " होइन लन्च त एस्पेन मै गर्नु पर्ला अहिले केही लाईट खाउ , हुन्न ?"


उु -" हुन्छ " 


एक्सित लिएर गाडी Mc Donalds मै रोक्यौ ,


उु - " ल म अली फ्रेश हुनु पर्ला "


उु रेस्टरूम तिर लागि , मैले फोन हेरे ११:२० सोचे अझै टाईम भाको छैन , अब एक घण्टा बाँकी छ ।


गोर्खे लाई चिकेन बाहेक अरु के नै पाईन्छ र Mc Donalds मा । चिकेन सन्द्विच मगाइयो , र फेरी बाटो नापियो । गाडी मा गफ गाफ त्यती खासै केही भएन , सि.डि सुनियो, हिन्दी फिल्म मा राजेश खन्ना ले झै अली अली आफु ले नि गाइयो ।

 

सि.डि  आधुनिक र पुराना हरु गीत हरु संकलन थियो , "पिया बसन्ती रे " घन्क्यो , आफु उस्ताद नभएनी सुल्तान खान को लय मा लय मिलाएर गाउँन थाले , उु पनि के कम ? चित्रा नै हुँ झै गरे , म हाँस्दै गाउँन लागे । गीत को घन्काइ मधुरो भयो ,

 

उु - " किन हास्या मेरो स्वोर सुनेर ?"

 

- "होइन (साचो बोल्न डर लाग्यो ), तिमीले मेरो साथ दिएकोले हास्या नि "

 

उु - " अनी मेरो स्वोर कस्तो छ त "

 

हरे भगवान आफ्नो स्वोर कहिले सुन्या थिन कि के हो , मलाई बिच मा किन पार्ने , हरेक चोटि झूठो बोल्दा , यामुण्ड ले चित्र गुप्ता लाई हेरेर - "यस्को नाम मा २ किलो इट्टा अझै थप " भनेको सुन्छु । त्यो मह जोडी को टेलिफिल्म झै "प्रभु मुख सानो छ छिर्दैन" भन्दा नि "ए त्यसो भए दात फोड्दे अनी पस्छ" भन्ला कि भन्ने डर, आफ्नो नाम २-३ ट्रक इट्टा त जम्मा भई सक्या थियो ।

 

अब अर्को जुग होला कि नहोला, यो जुगाँ त त्यस्को फल नभुग्त्ने बिचार ले - " ठ्याक्क चित्रा " भनेर जवाफ दिए ।

 

तरुनी नि दङ्ग आफु ले अरु थप केही भन्नु नपर्ने , के को टिकी ट्यास ट्यास ।

 

एस्पेन आउन केवल १ घण्टा बाँकी थियो , खल्टी मा फोन भाईब्रेट भएको महसुश भयो । मेरो कुराही सकिएको थियो ।

फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० " 


उु -" का फोन गर्न आट्या "


- " एस्पेन मा रूम बुक गर्या थिए , त्यही कोन्फिर्म गरु कि भनेर " मैले कुरा घुमाए


उु - "नेट बाट बुक गर्या रूम लाई नि किन कोन्फिर्म गर्नु पर्‍यो ? कस्तो पाखे तिमी "


मैले उस्को पाखे भन्ने भनाइ लाई घुरेर हेरे ...


उु " त्यस्तो भन्न खोज्या होइन, जिस्क्या मात्रै "


- " यही पाखे नभै भाको थिएन पहिले , अहिले मै बेसी भए "


उु - " तिमी त कस्तो un-interesting character , अली sense of humor किनेर राख "


- " अब त त्यही त हो नि "


उु - " ल ल भयो , सक्दिन तिमी सँग झगडा गर्न , म चाँही उु भनेर यहाँ सम्म आए , उु भने चाँही खाली ठुस्स को ठुस्स , बरु आज को के प्लान छ भन न, एस्पेन मा अझै हीउँ हुन्छ , मलाई स्कीङ  गर्न कस्तो मन छ "


- "हुन्छ , पहिले मोटेल मा चेक इन गरु अनी स्कीङ जाउला "


उु - " तिमी लाई स्की आउछ "


- "हल्का फुल्का "


उु - " I'm so excited "


हाम्रो अगी एस्पेन का द्रिश्य हरु सुरु भई सकेको थियो , हावा मा पनि बद्लावत भई सकेको थियो , चिसो हावाले मन मस्तिस्क नै बिउझाएको थियो । गाडी को सिशा खोलेर त्यो हावा को महसुश लिदै थियौ । एस्पेन शहर भित्र प्रबेश गरियो , घडी हेर्दा १:५२ भएको थियो , गाडी आफ्नो लक्ष बाट अली घुमाए ।


उु - "किन यहाँ घुमाको "


म - " यहाँ को इन्फर्मेसन सेन्टर मा हामी स्की गर्न जाने ठाउँ को पास छ रे , त्यही लिन " गाडी पार्क गर्दा २:०० बज्न आटी सकेको थियो ।


म - "तिमी पनि जान्छौ कि यही बस्छौ ? "


उु - "कती टाईम लाग्छ "


- "१० मिनट जती "


उु - " ल ल चाडो आउ , म यही बस्छु "


केही बेर पछी म आए , उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।


 


क्रमश :


 
Posted on 09-01-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब रमाइलो भयो बैरे यो भाग -


डाइलग त झक्कास् को छ - हाँसी हाँसी पढियो


ल अरु नि थप्दै जाउँ


 
Posted on 09-01-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० "  >>>

<<< उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।>>>

हैन प्रभो के हुन थालयो यो? २:०० बजे भनेर कल्लाई लेख्या? अनी को गीत सुनेर बसिरा? कोल्ले कल्लाई के देख्यो? हैन म त रनभुल्ल्लमा पो परें भन्या। ल बैरे पाट, अर्को भागको लागि पिलिज अर्को वीक सम्म नपुराउ है, नत्र त्याइं आएर खौँ हान्छु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters