[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 171398 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 03-01-10 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! लोल गर्न पर्ने सबै ठाउँमा इन्क्लुडिङ पुन्टे बुडाको ऐतिहासिक फोटो!


आज बिहानै देखुन सानदाईले साझा होमपेज खेलिरहनु भा रेछ कहिले के कहिले के गर्दै हुनुहुन्छ!


अब जाउँ पुन्टे बुढाको फोटोको चर्चातिर-


माथि खुसी नानी द्वारा प्रस्तुत गरिएको डरलाग्दो आच्या हाँसोउठ्दो आच्या रिसउठ्दो फोटो हो श्री पुन्टेन्द्र प्यारा परियारको। हजूर आफ्नो सम्पूर्ण लाईफ नै ब्लाक एन्ड ह्वाइट होला भन्ने डरले होलिको मौका पारेर कुल जम्मा २५ ग्राम रंग पुन्टे बुडाले आफ्नो घाँटि प्रदेशबाट माथितिर पोखेर जिन्दगीलाई रंगिन बनाऊन प्रयास गरेका छन्। उनको बाटुलो अनुहारमा जम्मा भएको रंग करिव १० ग्राम छ भने बाँकि पन्ध्र ग्राम रंग उनको तालुमा कतै हराऊन पुगेको छ। उनको मुखाकृती भावबिहिन छ, अर्थात न त त्यहाँ कुनै रौनक छ न त कुनै रोमांच नै! बुडाको अनुहारको भावले बताइरहेको छ कि रंग लगाउन बुडालाई कुनै ईच्छा थिएन। जबरजस्ति रंगिन बनाऊन खोजिएको बुडाको थुतुनो रंग भएर पनि रंगहिन देखिन पुगेको छ!


 
Posted on 03-01-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




हा हा हा जिमाल बा लोल लोल महालोल

प्रणाम टक्राएँ है 

 
Posted on 03-01-10 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल टुसे !


लोल जिम्माल !


जिम्माल बुढा को नाम अब देखी "कार्टुनिस्ट बिर्खे" राख्नु पर्ला ! कसो गाम्ले हो? मज्जा को कार्टुन बनाउदा रछन बुढा मान्छे ! 


सपको हस्रुराइ भा हो त?


 
Posted on 03-01-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tuse?? hahahaha kya nam paechha.

birkhe ba le afaile banako ho tyo cartoon?? ki tuse le jasti ultha garya ho?
Last edited: 01-Mar-10 01:18 PM

 
निशान्त
Posted on 03-01-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बुढाको फोटोको चर्चा, अपडेट-


बाटुलो अनुहारमा रहेको सफा चश्मा र चश्मा भित्रका दयनिय आँखा र अरु कुराहरु हेर्दा यो थाहा हुन्छ कि बुडालाई रंग चश्मा खोलेको मौकामा पोतिएको थियो। बुडाको थकित आँखा वरपर समेत रंग लागेको देखिन्छ परन्तु चश्मा भने सफा देखिन्छ। बुडाको ओठ प्रदेश भने रंगरोगन बाट टाढा देखिन्छ जसले गर्दा उनको ओठ स्पष्ट देखिन्छ र ओठ भन्दा पनि ओठबाट निस्कन खोजेको तर नसकेको चिच्याहट दबिएको पनि महशुस गर्न सकिन्छ। अलिकता बटारिएको अनुहारमा बायाँ तर्फको कान मुनिको मांसपेषि हेर्दा बुडाले पटक पटक जिम जाने र ज्यान घटाऊने कुरा गर्दै आएको पूर्णतया झुटो भएको पनि साबित हुन्छ। करिब एक धार्निको हाराहारिमा रहेको उक्त मांशपेसि बुडाले लुकाऊने अथक प्रयास गर्दा पनि बटारिएर देखिन पुगेको छ। रंग छनौट गर्दा पनि कसैले हेर्दा थुतुनो जीवन्त देखियोस भन्नाका लागि बुडाले केवल प्राइमरि रंग (रातो, निलो र हरियो) मात्र प्रयोग गरेको देखिन्छ तर रंगको सहि अनुपात नमिल्दा, बुडाको दायाँ खन्ड खडेरि परेको आकाश जस्तो, बायाँ खन्ड खोलामा जमेको लेऊ जस्तो र च्यापु प्रदेश कुनै दैत्यको मुख जस्तो रंगहरुमा रंगिएको छ। अब जाउँ बुडाको नाक तिर; नियालेर हेर्ने हो बने बुढाको दुईवटा नाकको प्वालहरु अत्यन्तै गजब को देखिएको छ। बिहान उठे देखि बेलुका नसुते सम्म काम नभएको बेलामा बुडाले गर्ने च्याट, साउटबक्सको सयर र मुख छोडाईको प्रमाण कुनै स्माईलि जस्तै देखिने नाकका दुई प्वालले वर्णन गर्दछ।


 
Posted on 03-01-10 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब तिमी मेरो साथी लाई जसरी तोड मडोड गरेर नि केही सिप लागेन, केही राम्रो नाम भेटिएन तेइ भएर टुसे भन्द्या मैले त ! म्यान नगरुम है टुसे !


खुशी जिम्माल बा ले आफ्नै प्रोडक्सन ब्यानर मा बनाको रे त्यो कार्टुन !


माम खाएउ खुशी बुइनी?


 
निशान्त
Posted on 03-01-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबै महानुभावहरुलाई यो निशान्तको नमस्ते!


नमस्ते रिट्ठे साथी, नमस्ते खुसि संगिनि, नमस्ते परफेक्सनिस्ट र नमस्ते जिम्माल बा।


मेरो ठिकै छ! सबैलाई ठिकै होला भन्ने आशामा छु!


पुन्टे दाई नरिसाउनुहोस है!


 


 
Posted on 03-01-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे बज्जे नि यस्तो मिलार बर्णन गर्नी भईसकेछ ! लोल
 
Posted on 03-01-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nishe ko boli k bhayo? k khaeu e nishe?

mam ham garera cake kham ki bhandaichhu ritthe dai
 
निशान्त
Posted on 03-01-10 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बोलि धेरै राम्रो संग सुधारेको छु खुसि संगिनि। तिमिलाई कस्तो छ? जिवन राम्रे चलिरहेको होला हैन? रिट्ठे साथि के छ हालखबर? कलेज कस्तो चल्दै छ? अनि बुबा आमालाई सञ्चै?


 
निशान्त
Posted on 03-01-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो राहुल दाइ कता हुनुहुन्छ? चिप्ले दाइको हालखबर के छ? मदनवा र च्याङ्बा साथिहरु कता छन्? लहरे साथि नेपाल जानुभएको थियो भर्कनुभयो?


ए एकछिन है त म दुध पिएर आउँछु!


 
Posted on 03-01-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



पूण्ट्या फोटो बारे बिर्खेबा एन्ड पार्टीले एउटा गतिलो साइजको पुस्तक नै प्रकाशित गर्ला जस्तो छ ।


 
Posted on 03-01-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होलिमा के गर्‍यो त निशान्त? भाङ्गको नशा अझै छ जस्तो छ कि सुध्रेको जस्तो नाटक गरेको? अरु त केइ होइन मलाई था छैन र
 
Posted on 03-01-10 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल

"बुडाको थुतुनो रंग भएर पनि रंगहिन देखिन पुगेको छ!" ........... यो कुरामा मेरो पनि सहमति छ है ।

 
निशान्त
Posted on 03-01-10 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होलिमा म बिहानै उठेँ ६ बजेतिर। अनि त्यसपछि एकछिन व्यायाम गरेँ, नुहाएँ अनि मन्दीर गएँ आमासित। त्यसपछि फर्केर दुध र काजु खाएँ! अनि बाहिर एउटा भाँडामा अबिर लिएर गएँ। सबै साथिहरु आऊनुभएको रहेछ। हामिले एक अर्कालाई अबिर लगाईदियौँ। केटिसाथिहरुलाई मैले हत्केलाले गालामा अलिकता छुसुक्क मात्र अबिर लगाईदिएँ केटिहरुसंग होलि खेल्दा मैले पोहोर जस्तो बदमाशि पनि गरिन। अब म कहिले पनि बदमाशि गर्दिन। त्यसपछि खाना खाएँ! तिमिले के गरेउ खुसी संगिनि?
 
निशान्त
Posted on 03-01-10 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई नमस्ते! सञ्चै हुनुहुन्छ? अनि भाउजुको हालखबर के छ? हाम्रो घर तिर आउनुहोस न कहिलेकाहिँ! राम्रोनेपाल साथि तपाइँको हालखबर के छ? परिचय पाउँ छ साथि!
 
Posted on 03-01-10 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के देख्नु सुन्नु पर्या यही जुनिमा, यस्तो पनि हुँदो राइछ त? के निशे सुध्रेकै हो त?
हाहाहा नसकिने यो निशान्तेसँग

 
Posted on 03-01-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे बज्जे, यस्तो भाषा बोल्यो भने त भोकै मर्छ अहिले अनिकाल मा । लात को मान्छे बात् ले बुझ्दैनन रे अहिले मान्छे ।



तारेमाम खुशी ,



सञ्चै ??



लोला गोला ले ढाड पाखुरा त शाही सलामत छ ??
 


 
निशान्त
Posted on 03-01-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सुध्रेको हो खुसि संगिनि। मैले कतिपटक तिमिलाई जिस्क्याएँ त्यसको लागि सरि ल? मैले तिम्रो कपाल झाँक्रिको जस्तो देख्दा पनि रेशमि छ भनेर झुठो बोलेँ त्यसको लागि सरि ल? मैले तिम्रो मेकअप बिग्रेर झुर भएको बेलामा पनि कस्तो सुहाएको भनेर साइड हाने त्यसको लागि सरि ल? मैले तिम्रो कर्के नजर एकदम 'डल' लाग्दा पनि 'किलर लुक्स' भनेर लाइन मारेँ त्यसको लागि सरि छ? अब म मैले गरेको गलत कामहरु र मैले बोलेका झुटो कुराहरुको कन्फेस गर्छु नि ल?
 
Posted on 03-01-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दा म त मुभी हेरेर बसेको होलिमा त्यो जेपिटी लोला खान गइन बाहिर 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters