[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 147500 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-20-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ज्वाईँ त हो के रे नि तर यताहुँदि कसैको छोरि छैनन त क्यार्छौ?
लु बस चौतारिआँ, अनि गोताएँ सँअ मागेर एउ सर्को तमाखु नि तान!
 
Posted on 12-20-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा गोताएँ सँअ बेन्तो..... घोघे सँअ मकैक...
 
Posted on 12-20-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता हाम्रा हुँदी एउजाना साथी नेपालका ठूलै नेताका ज्वाईँ भा' हुँदा उनको नामै हाम्ले "ज्वाईँ" राख्देका छम्। यी नया ज्वाईँ कस्का ज्वाईँ परे कुन्नि? कि बिहेनै नगरी ज्वाईँ भ'का घ्वाईँ पो हुन् कि (गफै त हो।)!
 
Posted on 12-20-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहु बूडा, जिम्माल बूडा र हरि केटा, तिमीहरु त अहिले निद्रामा छौ होला के रे। जवाफ फर्का'को है; म सञ्चे छु।
 
Posted on 12-21-06 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेन्तोहसुर्ने नेताका ज्वाईँ ? कस्का ज्वाईँ ? म चैं नेता ज्वाईँ है
 
Posted on 12-21-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रा*चन्द्रे
 
Posted on 12-21-06 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्सो रमाईलो गरेको है ज्वाईँ सा'प, अन्यथा नलिम्।
 
Posted on 12-21-06 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईई!
 
Posted on 12-21-06 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईई!
साझामा कुरा गर्न सार्है जागर लागेर आको!
 
Posted on 12-21-06 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुत्नि बेलाँ, जस्तो जाँगर आएनि हाऽऽऽऽऽऽई त अर्ने परो नि, गाँठे!

मेरो त छोरी छैन, बुईनीको बिहे भई सको, साईबर बुईनीहुरले राजी थाप्ने हुन् कि होईनन्, मेरे नि ज्वाईं साप त भन्दिन! लु जा! पहिले जोईको फोटो देखाऊ, बुईनी भन्न लायक की छिन् कि छैनन् हेर्न परो, अनि बिचारम्ला के रे नि! :p

घोघे त टाऽऽऽऽऽऽऽऽप कसो जस्तो छ आफ्नै न्वारनले सातो लियो कि के हो? :D
 
Posted on 12-21-06 2:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=39638
यो धागोमा हाम्री मिस् को बारेमा के लेख्या हो त्यो"sajhauser"मोरीले ?
रिस् उठ्यो मलाई त!
गररररररर । । । ।

 
Posted on 12-21-06 3:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे, तिम्रो साथीले त कस्तो छाडा एमएसएन नाम राख्दो रैछ! हप्काऊ यार! :D
 
Posted on 12-21-06 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाउँलेहरुलाई नमस्ते!

:-)
 
Posted on 12-21-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि नमस्ते! के छ कुम्ले हालखबर?
कति चाँडै उठ्या यार? :)
 
Posted on 12-21-06 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्ले लाइ नमस्कार है त।

अब त खैरेको दशै पनि आयो,

रमि समि खेल्ने हो कि? हाँरा गाउँ तिर त पप्लु भन्ने पनि चल्या थ्यो एउपाला ।
 
Posted on 12-21-06 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्ले लाइ नमस्कार है त। के छ हालखबर?
 
Posted on 12-21-06 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि आए है नमस्कार अर्दै । अर्को गाम बाट सन्जूलै(sajhauser) नि बोलाकिम जोडि हुनलै आम्छिन कि ?:)
 
Posted on 12-21-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हो हालखबर?

घोघे र ज्वाइँ सापलाइ स्वागत छ।
 
Posted on 12-21-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच सब गाउँलेहरु जम्मा भइसकेको रहेछ यहाँ। ल ल बबाल गर्दै गर्नुस है!! म चाँहि फुर्सद मिल्यो कि एक दुइ वटा कुराहरु खोक्दिहाल्छु।

गालब ब्रो, के को बिहान चाँडो हुनु नि अन्त? काममा जोत्तिन परेन?

मरन्च्यासे ब्रो पप्लु खेल्ने रे? ल ल मलाई नि बाँड्नुस तास।

अनि ह्यारी ब्रो के छ हौ हालखबर? हिजो एक्कासी इम्पोर्ट्यान्ट कल आएर टाप दियो ब्रो त त्यसपछि त मीटिङ्ग नै क्यान्सिल के! हा हा हा!!

मिस जदौ!!

चित्रे! के छ खबर?? ब्रो लाई १९९४ को वर्ल्ड कप फुटबलको बारेमा कत्ति याद छ कुन्नि, एक दुई वटा कुरो सोध्नु थियो, मौका मिल्दा खुस्सुक्क सोध्छु है!! :डि

फिर से सलुट!!

:-)
 
Posted on 12-21-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढाइको एक अध्याय सकियो, अबको समयमा साझामा केहि लेखम भनेको, केहि लेख्नै आउन्न भन्या ।

गाम्लेको गफ सुन्ने बानि परेको, छोड्न पनि नसकिने । म अब चकटि लिन जान्छु, खुसुक्क आएर गाम्लेको भलाकुसारि सुन्नुनेछु ।

म सँ तास त एक गड्डि मात्र छ । रमि खेल्दा हुन्न ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
[New post] Why Would Krishna Have To Run From The Battlefield
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
ओच्छ्यान मुत्ने समस्या ( confession )
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters