[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 त्यही हो!

[Please view other pages to see the rest of the postings. Total posts: 79]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 36168 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-08-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou


भाग-१


"सोचाइका क्रमहरु सकिए जस्तो, यात्राको अन्तिम बिन्दुमा पुगिएजस्तो, कतै केहि बाकी नरहे जस्तो, यस्तै हुन्छ मलाइ आजकाल। केही कुराको अर्थ भेट्टाउदिन म, कहिँ पनि कारण पाँउदिन म। जीबन वाक्कै लाग्दो रुटिन भएको छ। हरेक कुरा निरस छन्, हरेक क्षण उदास पनि। म भित्र भित्रै थाकेकी छु, आफैभित्र उब्जिने प्रश्नहरुसङ  भाग्न थालेकी छु। यो जिबन के हो? म को हुँ? यी आबश्यक्ताहरु के हुन्? मलाइ यस्तै कुराहरुले हरदम पिरोलीरहन्छन्। मलाइ लाग्छ म कुनै दिन यस्तै लहडमा आत्महत्या गर्छु। मेरो लागी जिबन अस्तित्वबिहीन छ। भ्रमको भुँवरीमा रुमल्लिने सपनाका कुराहरु जस्तो। साँच्चै, म आजभोली डराउन थालेकी छु।"


"डर ?? के को डर? फेरि पागल पागल कुरा नगर त। हे भगवान! कुन पागल फिलिमको असर हो यो?" फोनमा मेरो कुरा सुनिरहेकी मीली उता हाँस्छे। म छक्क पर्छु। के मीली पनि मेरो कुरालाइ गम्भिरता पुर्बक लिन्न। म फेरि सोच्न थाल्छु, कोही मेरो कुरालाइ किन बुझ्दैनन्?


"एक पेग "मार्गरिटा अन द रक", पिउनु पर्छ जिबन सुन्दर देखिन्छ थाल्छ, साथी! ल, भरै ७ बजे आउ त्यही रेस्टुरेन्टमा, आजको ड्रिन्क्स् मेरो तर्फबाट।" भन्दै मीलीले फोन राख्दी।


मलाइ बाहिर जाने मन छैन, म कोठाभित्र एक कुनाबाट अर्को कुना गरी हिँडि रहन्छु। छटपटि जस्तो भैरहन्छ, मेरो प्यारो लेखकको नयाँ उपन्यास किनेकी छु, तर यो पढ्नै मन छैन। यसपाली लेखकले लेख्ने शैली परिबर्तन गरेको छ। उपन्यासमा एकपछि अर्को हत्या हुँदैछ, शायाद ३-४ भन्दा बढी मान्छे मरीसके, तर हत्यारा अझै मस्त हिँडीरहेको छ, बिना कुनै पस्चाताप। मलाइ उदेक लाग्छ, म  आधी पढेर उपन्यास राखिदिन्छु। हो, मलाइ केही गर्न मन छैन।

 

एकछिन झ्याल बाहिर हेर्छु, पानी उदेकलाग्दो गरी दर्की रहेछ। यो झरीको मौसम हैन तर पनि केहि दिनदेखी लगातार बर्षीरहेछ। मौसमले पनि मुडमा असर गर्छ। कतै मलाइ यही मौसमले त डिप्रेस गरेको छैन? झ्यालबाहिर सडक सफा छ, पानीले फोहोरहरु सबै बगाएको छ, सडक सुनसान छ। मानौँ, सडकमा हिँड्ने मानिसहरु गायब भएका छन्। लाग्छ, उनिहरुलाइ अरु कुनै ग्रहका प्राणीहरुले अपहरण गरेर लगेका छन्।


फोनको घन्टी बज्छ, मलाइ उठाउन मन लाग्दैन। मिली हुन सक्छे, अथवा अरु कोही। जो भए पनि के मतलब? कोहि मेरो कुरा बुझ्न तयार छैनन्। म मात्र किन उनिहरुको कुरा सुनु? म त्यतिकै झ्याल बाहिर हेरि रहन्छु, बल्ल एउटा मोटर देखिन्छ सडकमा, त्यसपछि केही अरु मोटरहरु देखिन थाल्छन्। फोनको घन्टी बजि नैं रहन्छ। म उठाँउदिन।


अल्छि लाग्छ, दराजको लुगाहरु मिलाउनु पर्नी। एसो हेर्छु छ्यालब्याल छन्, ह्या जति मिलाए त्यस्तै हो। झर्को लाग्छ। हैन, म मिलाउछु भरै सम्म। कोठा सफा राखे मन पनि आनन्द हुन्छ। यति जाबो कोठा मिलाए पनि नमिलाए पनि मेरै हो। यी भित्ताहरु मेरो दुखसुखका साक्षी बनेका छन्। जब संसारदेखि लुकेर म रुन्छु, यिनीहरु चुपचाप हेरिरहन्छन्, अरुलाइ भन्न सक्दैनन् न त सहानुभुतिको लागि केहि शब्द नैं सुनाउछन्। यिनीहरुले मेरो मनलाइ देखेका छन्, शायद बुझेका पनि होलान्।


"ढक" "ढक"  आबाज सुन्छु, त्यो अर्कै कोठामा होला। मलाइ ढोका खोलेर हेर्न मन छैन। "ढ्याङ, ढ्याङ" ढोकै फोर्ला जस्तो आवाज आएपछि खोलेर हेर्छु। मीली उभिएकी छे, उ मलाइ अङाल्छे, मेरो आँखा त्यतिकै रसाउछन्।


"ल, जाउ अब।" मीली ढोकाबाटै भन्छे।


"कहाँ?" मलाइ फेरि अल्छि लाग्छ।


"कहाँ रे? अघि फोनमा मैले के भनेको थिए?" उ रिसाउदै भित्र पस्छे।


"जान्न म कतै।" मलाइ झर्को लाग्छ।


"खुरुक्क हिँड्ने।" उ मेरो नजिकै उभिएर मलाइ आदेश दिन्छे। यहा मेरो साथी भने पनि परिवार भने पनि उही एकजना साथी हो। साथीहरु अरु पनि छन्, तर उ सङ जस्तो मेरो मनको कुरा अरुसङ हुँदैन। म अगाडी मेचमा फ्यालेको निलो जिन्स समात्छु र एउटा कुनामा जान्छु। उ मेरो पछि पछि आँउछे, जिन्स थुतेर लान्छे।


"के भयो?" मलाइ अचम्म लाग्छ।


"यो  खुइलिएको जिन्स मात्रै तिम्रो लुगा? जहिले यही थोत्रो पाइट लगाँउछे। अर्को लगाउने आज। जस्तो लुगा लगायो त्यस्तै हुन्छ मन।" मीली दराज खोलेर हेर्छे, कालो जिन्स झिक्छे।


"लगाउने म, तिम्रो च्वाइस?" मलाइ पनि रिस उठ्छ। म फेरि निलो जिन्स लगाउन थाल्छु, मीली एकछिनसम्म मलाइ हेर्छे अनि टि वि खोल्छे।


हामी ७ बजे अघि नैँ हाम्रो नियमित रेस्टुरेन्टमा पुग्छौ। यो नयाँ हो र त्यति मानिसहरु आँउदैनन्, हामीहरु बस्ने एउटा कौसी छ, जहाँबाट हामी अगाडीको हरियो बङैचा देख्छौ। बङैचाका रुखहरुमा झिलिमिलि बत्ति बालिएको छ। शायद नयाँ भएर होला रेस्टुरेन्ट धेरै सफा छ र शान्त पनि। भित्र पस्नासाथ ढोकैमा स्वागत गर्न बसेको छ एउटा युबक। उ हसिंलो छ र सुन्दर पनि। म भन्दा पनि मीलीसङ त्यो धेरै कुरा गर्छ। तर हामीलाइ थाहा छ उ खराब नियतको छैन। किनभने उ अर्कै समुहको जस्तो देखिन्छ। उसको साथीहरु केटै मात्र छन्, त्यो रेस्टुरेन्टमा सबै त्यस्तै छन्। हामीलाइ ढुक्क छ, कतैबाट टेन्सन छैन।


हाम्रो ठाँउमा कोहि बसेका छैनन्। मीली र बस्न नपाउदै "कोटुन" मेनु लिएर आँउछ। हामीलाइ अभिवादन गर्छ। हामीलाइ अर्डर सोध्छ। मीली उसको हालखबर सोध्छे। उ सन्चो छैन। उसलाइ सधै टाउको दुखेको हुन्छ, त्यो दुखाइ बिस्तारै गर्दन हुँदै हाततिर सर्छ। डाक्टरले उसको रोग पत्ता लगाउन सकेको छैन। मीली कुनै दिन २ वटा जिनटोनिक पछि ख्यालख्यालमा मलाइ देखाउदै भन्छे "डाक्टरले निको पार्न नसक्ने रोग उसैले निको पार्न सक्छे।" भनेर मलाइ देखाँउछे। त्यसदिनदेखि मैले कोटुनको मानसिक उपचार गर्नु परेको छ। कोटुन मलाइ देख्नासाथ खुशी हुन्छ। सधै झैँ आज पनि मैले उसको ब्यथा सुनिदिनु पर्छ।


"अहिले कस्तो छ कोटुन?" म आफुभित्रको निराशालाइ छोप्दै सोध्छु।


"अलि फरक छ।" कोटुनको अनुहारमा दुखाइको संकुचन उस्तै छ।


"अलि कम भयो?" मलाइ सकेसम्म छिटो सकाउन मन लाग्छ उ सङको कुरा।


"हैन के, पहिला भन्दा दुखाइ फरक भएको छ।" कोटुन टाउको कनाउदै भन्छ।


"कस्तो फरक?" मीली सोध्छे।


"पहिला टाउको हुँदै यसरी पाखुरा, कुहिना हुँदै हातको औंलाहरु झमझम पोल्थ्यो अहिले चाहिँ हातहरुबाट पेटतिर सरेको छ दुखाइ। पेटभित्र भित्रैबाट कसैले टोक्या जस्तो।" कोटुनको अनुहारमा अरु मुजा पर्छन्।


"लौ न, झन बढेछ कोटुनको दुखाइ। अब क्रेजीले तुरुन्तै औषधी दिनु पर्‍यो।" मीली कोटुनले नदेखिने गरी मलाइ दाँया आँखा झिम्काउछे।


"कोटुन! मलाइ लाग्छ तिमी राम्रो डाक्टरका जानु पर्छ। मलाइ त्यस बिषयमा त्यति ज्ञान छैन। साँच्चै भनेको म आफै डाक्टरका जाने बेला भएको छ। तिमी पनि जाउ।" मैले कोटुनको आँखामा म प्रतिको आशालाइ बेवास्ता गर्दै भने।


"हैन, मिस क्रेजी! मलाइ त तपाइले अस्ती सिकाउनु भएको कुराले केहि दिन आराम भएको थियो। मलाइ बिस्वाश छ तपाइले मेरो रोग निको पार्न सक्नु हुन्छ।" उसको बिस्वास देखेर मलाइ अचम्म लाग्यो। यो सबै ककटेल र मीलीको बदमाशी हो। मैले मीलीलाइ आँखा तरें।


"कोटुन! तिम्रो डाक्टर आज बिरामी हुनुहुन्छ।" उसले छड्के छड्के गर्दै मतिर इशारा गर्दै भनी। "त्यसैले डाक्टरको औषधी ल्याउनु पर्‍यो, जब उसलाइ औषधीले छुन्छ, त्यसपछी मात्र तिम्रो उपचार हुन सक्छ। हैन त?" भन्दै फेरी मलाइ जिस्काइ।


"सरी।" भन्दै कोटुन अर्डर नली फर्किन थाल्यो।


"म आज ककटेल पिउदिन, मलाइ खर्बुजाको जुस ल्याउदेउ।" मैले कोटुनलाइ भने।


कोटुन एकछिन रोकियो, अनि मीलीलाइ सोध्यो "तपाइलाइ नि मिस मीली?"


"मलाइ सधैं झैं जिनटोनिक ल्याउ। आज मैले तिमीहरु दुबैको उपचार गर्नु पर्छ जस्तो लाग्छ।" भन्दै हाँसी। कोटुन हाँस्दै गयो।


"बिचरा त्यो सोझो केटोलाइ उल्लु बनाउनु भयेन नि, मीली। उसको समस्या मानसिक जस्तो देखिन्छ। बेकारमा मलाइ डाक्टर बनाएर उसको पीडाको जोक बनाउने  है तिमी?" मैले मीलीलाइ सोझै भने, रिसाए नि रिसाओस भनेर।


"डाक्टरको समस्या पनि मानसिक त हो नि हैन र? अनि मानसिक डाक्टर र मानसिक रोगी भएपछि रोगको उपचार त सजिलै हुन्छ नि।" उसले उल्टो म प्रति ब्यंग गरी।


म चुपचाप आकाशतिर हेर्दै बसें। कोटुनले एकैछिनमा ड्रिंक्स लिएर आयो, मीलीको जिन टोनिक राखि दियो। मैले खरबुजाको जुस देखिन।


"यो तपाइको औषधी।" भन्दै कोटुनले मार्गरिटा राखिदियो। म मार्गरिटा, कोटुन र मीलीलाइ पालैपालो हेरिरहे।


क्रमश:

Last edited: 08-Feb-10 11:55 AM
Last edited: 08-Feb-10 12:00 PM
Last edited: 21-Feb-10 05:22 AM

 
Posted on 02-21-10 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसीचा!
न्यानो कमेन्टको लागि धन्यबाद!


बिस्टे,
अझै उठ्या छैन कि क्या हो? पलेटी कसेर बस्दा खुट्टा निदाँउछ रे।


ठुल्दाइ परमात्माको कमेन्टले त मलाइ अप्ठ्यारो पो लाग्यो, अलि अलि गरेर भन्नुस् ठुल्दाइ, नत्र हावामा उडिएला जस्तो भए म त, माथि माथि।


बिर्खे चा,


त्यही हो, त्यही हो, अरु कुरा पनि त्यही हो भन्न खोज्या चाहि के हो?


कालेदाइ नमस्ते,


कहाँ घुमाउरो हुनु ?अब सरल भयो जस्तो छ हेर्नु त कथा।


नक्कली केटि ज्यु,


हाँस्नु भयो खुशी लाग्यो, मिठो कमेन्टको लागि धन्यबाद हजुर!


eclectic,


गहिरो अर्थ लाइदिनु भयो, मलाइ त डर पो लाग्यो।


राम्रो बिश्लेशन गरिदिनु भयो। मुरी मुरी धन्यबाद!


गुच्चाचोर,


म रिसाको छैन भनेर थाहा पाउनु भयो हैन त?


हैन यो stat लाइ अरु भाषा भन्दा नि यो कथा किन बुझ्न गार्हो भएछ। रिसोच गर्नु पर्ला जस्तो छ। अनि सन्चै ?


हर्के,
एकैचोटि तेत्रो एक थाल खायो भने के हुन्छ? अपच हुँदैन? थोरै थोरै गरि खानु पर्छ साथी।


white_flag,
कमेन्टको लागि धन्यबाद!


बैरे, दिमाग फ्राइ मात्र गर्या पोच गर्या भए खाजा खान हुन्थ्यो। सरी है कथा त्यस्तै भएकोमा।


सन्तोष१९८४ ज्यु,
रिङटाको लागि क्षमा चाहन्छु। हो भन्या कथा किन घुम्या होला त्यसरी। अब घुम्दैन कि।


फुच्चे,
तिम्रोमा घाम लागेछ, यहाँ त हेर्दाहेर्दै पानी पर्छ, मौसमको भर छैन। खुशी लागेकोमा मलाइ पनि खुशी लागेको छ।

Last edited: 21-Feb-10 07:02 AM

 
Posted on 02-21-10 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसै भनेको हो त मेलो मेसो पाउन्न भनेर... अरुका कथा पहिलो भाग नभए पनि दोस्रो भाग पढे पछि कथा कता जान्छ भनेर अनुमान लगाउन सकिन्छ CL का कथा मान्नै पर्छ
अझै कुरीरा'को छु अरु भाग पढ्न.

 
Posted on 02-22-10 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks GC!


 Next part will be coming soon!


I still don't know when. But sometimes afterwards, not very late.


 
Posted on 02-22-10 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

still waitin....
 
Posted on 02-23-10 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेले भेनेझै ल ल गुर्लाम गुर्लाम!!!!!
 
Posted on 02-24-10 2:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-६


हरेक आमा र बच्चाको जस्तो सम्बन्ध हुन्छ, त्यस्तै हाम्रो पनि भयो। कहिले मनमुटाब, कहिले सम्झौता, कहिले घुर्की, कहिले मेलमिलाप। तर यी सबै कुरा हुँदाहुँदै पनि जसरी माँले मलाइ बिशेष माया दिनु भयो, अरुहरुले सधैं इर्ष्या गरे। माँ बिहानै मलाइ "तातो चिया" भन्दै बेड टी ल्याइदिनु हुन्थ्यो, म चिया आएको धेरै बेरपछि ब्युँझन्थे। माँ फेरि अर्को चिया बनाइदिनुहुन्थ्यो, त्यतिखेर म ठुली भैसकेकी थिँए। दिदीहरु माँलाइ गाली गर्नु हुन्थ्यो मलाइ बिगार्नु भयो भनेर। आजकाल जब म कसैले आफ्नो हुर्किसकेको बच्चाको लागि चिया बनाएको देख्छु, माँ को याद आँउछ। तरकारी मिठो छैन भने म खाना खाँदिन थिँए, त्यसैले माँ हत्त न पत्त मेरो लागि अर्को तरकारी पकाइदिनु हुन्थ्यो। आज त्यो दिनहरुको सम्झना आँउछ, मलाइ फेरि एकचोटि त्यो समय फर्किदिए हुन्थ्यो जस्तो लाग्छ। तर बिगत जति सुन्दर होस्, बर्तमान हुन सक्दैन। हामीलाइ नपाउने चिजको लोभ लागि रहन्छ।
 


मा र मेरो सम्बन्ध सामान्य हुँदै केहि बर्ष अघि असामान्य हुन पुग्यो। कारण ठुलो पनि हैन तर सानो पनि भन्न मिल्दैन। त्यो कुरालाइ म यहाँ खोतल्न चाहन्न। माँको मायामा अरु कसैले धेरै अधिकरण गर्न थाल्यो, जसले यो सबै गर्‍यो, उ माँको सन्तानमध्येको सबै भन्दा बिशेष हुन गयो। स्वाभाबैले हरेक आमा आफ्नो निर्बल सन्तानलाइ अलि धेरै संरक्षण गर्छन्। माँको बिचार र निर्णय शक्तिलाइ शायद त्यही प्राणीले परिबर्तन गर्न थाल्यो। घरेलु कुराहरुमा बिबाद हुन थाल्यो। शक्ति संघर्ष शुरु भयो। हामी बाबा र माँ को पक्षमा उभिन थाँल्यौ। अन्तत: माँ र मेरो अहंको द्वन्द यति नराम्रो भयो कि मेरो माँ सङ केहि बर्ष अघि बोलचाल बन्द भयो। पहिला मैले शुरु गरेको त्यो लडाँइमा मेरो जीत भयो। म बेला बेलामा उसको बारेमा अरुबाट कुरा सुन्थे। उ मेरो बारेमा कसैसङ केहि भन्दैनथ्यो, न त केहि सोध्थ्यो। शायद अब उ मलाइ मन पराँउदैन, अथवा माया गर्दैन मलाइ यस्तै लाग्थ्यो।


म सपनामा बिस्वाश गर्ने मान्छे हैन, तर पनि कुनै कुनै सपनाले मलाइ बारम्बार पछ्याँउछ। बिगत केहि महिना म जहिले नेपाल पुगेको सपना देख्थेँ। सपनामा माँ मलाइ बोलाउनु हुन्थ्यो, म उसङ  कुरा गर्थेँ। ब्युझेपछि फेरि नराम्रो लाग्थ्यो। माँसङ त मेरो बोल्चाल नै नभएको धेरै भैसकेको थ्यो। कहिलेकहि म पर्सबाट माको फोटो झिक्थे र सोधि रहन्थे। "माँ तिमी पहिला त्यस्तो थिएनौ, अहिले किन परिबर्तन भयौ?" म घमन्डमा यति चुर थिएकी माँ हैन समयले मलाइ परिबर्तन गरेको छ भन्ने कुरा बिर्सिन्थे। मेरो भित्रि मनमा जहिले पनि केहि हराएको जस्तो महशुस हुन्थ्यो। शायद यो मेरो माँको माया थियो वा मैले देख्न नसकेको मेरो माँ को प्रतिबिम्ब थियो। जब कोही आफ्नो आमाको मायाको कुरा गर्थ्यो म तड्पिन्थे, मलाइ माँको स्पर्श मिस हुन्थ्यो। कहिले कहि म "फेसियल" को लागि पार्लर जान्थे, जब त्यहाकी केटी मेरो अनुहार बिस्तारै धुन थाल्थी, मलाइ माँ को याद आँउथ्यो र म रुन्थे। उ सङ नबोले पनि म खुशी थिँन, शायद उ पनि मलाइ मिस गर्थ्यो। त्यसैले मैले उसलाइ सपनमा लागातार देख्न थालेको थिए।


मेरो मनलाइ यस्तै पीडाले चिमोटि रहन्थ्यो, मलाइ केहि कुरामा रमाइलो लाग्थेन। मन उदास हुन्थ्यो, पानी परोस् वा घाम लागोस्। म यो बेलामा मीलीलाइ भेट्न चाहन्छु। उसले मलाइ कहिल्यै पनि निराश गर्दिन। उ सुनिरहन्थी, मेरो दुखहरु, मौन संबाद हुन्थ्यो हामीबिच। धेरै कुरा आँखामा झल्किन्थे, त्यही पग्लिन्थे र परेलीको बार हुँदै बग्थेँ। उ केहि भन्दिनथी, न त म केहि बोल्थेँ। हामी यसरी मनलाइ माझ्ने काम गर्थ्यौँ। उसको हातको त्यो देखिने दाग अनि मेरो मनको नदेखिने घाउ दुबै दुख्थे। तर हामीसङ त्यो दुखाइलाइ ब्यक्त गर्ने शब्द हुँदैनथे। दुखाइ मापन गर्ने यन्त्र कतै भए शायाद मेरो मन धेरै दुख्थ्यो, तर पनि मीली "हैन" भन्न सक्दैनथी शायद। उ मलाइ जित्न दिन्छे, उ आफुलाइ हराउन सक्छे।


"मेरो कोठा कता छ?" मिस जोन्स मेरो अगाडी उभिएकी थी, मलाइ बर्तमानमा फर्काउदैँ थी। उनको अनुहारमा मेरो माँ को जति मुजाहरु छैनन्, हेर्दाखेरि शारिरिक रुपमा बलियै देखिन्छिन्। तर पनि उ आफ्नो कोठा बिर्सिरहन्छे। डिनर शुरु भैसकेको रहेछ, मिस जोन्स त्यति खान सक्दिनन्। अब उसलाइ कोठासम्म पुर्‍याउने मान्छे खोज्नु पर्छ। म कोहि देख्दिन, र उनलाइ सजिलो तरिकाले बताइदिन्छु।


"यहाँबाट सिधा जानुस र दाहिने मोड्नुस्, दाहिने मोड्नासाथै पहिलो ढोका तपाइको कोठा हो।"। मिस जोन्स "धन्यबाद" भन्दै "वाकर" लिएर जान्छिन्।


म अहिले काममा छु, मेरो जिबिकोपार्जनको माध्यम यही हो। त्यसैले मैले मेरो भावनाको पखेटाहरुलाइ उड्न रोक्दै जिम्मेबारी बहन गर्न सक्नु पर्छ। म डाइनिङ् रुमको निरीक्षण गर्दै छु। पाँचवटा टेबलमा आफ्नो आफ्नो ठाँउमा सबै जना बसेर खाँदै छ। उनिहरुलाइ चाहिएको कुरा थप्ने नियम छैन। तर पानी, चिया र कफी भने पाइन्छ। खाना मिठो छैन भन्नेहरु धेरै छन्, २५% खाने मात्रै पनि छन्, ५०% खाने पनि र १००% खाने अलि कम छन्। यसरी हेर्दाहेर्दै मेरो आँखा तेस्रो टेबुलको दोस्रो खालि कुर्सीमा पर्न जान्छ। त्यो मिस्टर बर्माको कुर्सी हो। तर उहाँ अब कहिल्यै पनि त्यहाँ बसेर खाना खान आउनु हुन्न। उहाँ दुइ दिन अगाडी मात्रै संसारबाट बिदा हुनु भएको छ। एक चोटि मेरो आँखा फेरि धमिलिन खोज्छ। सरल स्वभाबको कहिल्यै गुनासो नगर्ने मिस्टर बर्मा बितेको क्षण म कहिल्यै बिर्सङ सक्दिन। पहेंलो टिसर्ट र सेतो पाइजामा लगाएको मिस्टर बर्मालाइ मैले त्यो दिन धेरै बेरसम्म बोलाइरहेको थिँए।


"मिस्टर बर्मा, उठ्नुस्।" उनि खाट र व्हीलचेयरको बिचमा ढलेका थिए। यसो हेर्दा सुतेको जस्तो देखिन्थ्यो, उनको मुखबाट चक्लेट रङको पदार्थ निस्किएर सुकिसकेका थियो। म उनलाइ हरेक प्रयासमा ब्युँझाउन खोजिरहेको थिए, उनको शरीरलाइ झकझकाइरहेकी थिँए। "मिस्टर बर्मा, मिस्टर बर्मा।" उनि उठेनन्।


"उ मरिसकेको छ।" अर्की साथी आएर मलाइ भनी।


"यो कसरी हुन सक्छ? अघि भर्खर मैले उसलाइ दुइ गिलास पानी दिएकी, उसले बिस्तारै
पिउँछु भनेको थियो।" म साथीको कुरा सुन्न तयार छैन। मैले मिस्टर बर्माको नाकमा हेरेँ, उनले साँच्चिकै स्वाश फेरिरहेका थिएनन्। मैले उनको छातीमा दुबै हातले थिचेर मुटु चलाउन मात्र के खोजीकी थिए, टिना आएर मलाइ रोकी।


"उसले मरिसकेपछि बचाँउने उपाय नगर्नु भन्ने कागज साइन गरेको छ। तिमी CPR दिन सक्दैनौ।" टिनालाइ देखेर म छक्क परेँ।


उसले मलाइ उठाइ, अरु स्टाफहरु आए र मिस्टर बर्मालाइ खाटमा राखे।


"म एउटा कामको लागि एकछिन आएकी, यहाँ यस्तो भैसकेछ।" टिनाले बताइ।


म टाउको हल्लाउदैँ थिँए, मिस्टर बर्मा मरिसक्यो भन्ने कुरा मलाइ अझै बिस्वास लागिरहेको थिएन।


"अब तिमीले मिस्टर बर्मालाइ आज के के गर्‍यौ र उनी कति बजे मरे, मर्दा उनि कुन पोजिसनमा कस्तो देखिन्थे, सबै लेख्न शुरु गर।" टिनाले मलाइ अर्हाइ।


मैले लेख्न थाँले, लेख्दा लेख्दै मेरा आँखा फेरि उनलाइ सम्झेर सजल हुन थाले। बिचमा म बाथरुम गएर रोँए। टिनाले बुझी क्यारे एकछिन रेस्ट गरेँ।


"संसार यस्तै हो, उमेर पुगेपछि, समय भएपछि सबै मर्छन्।" अब झन् मलाइ मिस्टर बर्मा फर्केर नआउने पक्का भयो, म झन डाँको छोडेर रोएँ। मिस्टर बर्मा न मेरो आफन्त न मेरो साथी, तर पनि उनलाइ सम्झँदा मेरो मुटु चिस्सिन्छ र आँखा भरिन थाल्छ।


"यति संबेदनशिल मान्छे कसरी काम गर्छौ?" टिनाले मलाइ त्यो दिन सोधेकी थिइ।

यो संबेदनशिलता अरु सबैको दुखमा चस्किदिन्छ, तर आफ्नै मा सङको सबन्धमा किन उदार हुन सक्दैन भनेर म सोचिरहेकी थिँए।

क्रमश:

Last edited: 24-Feb-10 02:42 AM

 
Posted on 02-24-10 2:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy_love is back in Town..yay...
 
Posted on 02-24-10 2:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि अलि बुझे जस्तो छ है अब त... अर्को भागको प्रतिक्षामा..
 
Posted on 02-24-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौनता मौनता लामो मौनता साहिँली.....
I have no words to explain ur writing................म सकिएपछि एकैचोटी कमेन्ट गर्छु भनेर सोच्छु पढिसक्छु कथा जहिँको तहिँ भेट्टाउँछु शायद जिवन रोकिन चाहन्छ कथा सँगै एउटा छायाँ नदिने रुखको तलतिर को ढुंगे च्यापमा ....
अर्को भागको प्रतिक्षामा !!!

 
Posted on 02-24-10 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब! शब्दहरु पढ्दै जाँदा अल्छिलाग्दो बिहानीमा कडा कफिको चुस्कि लगाए जस्तो संतुष्टि मिल्यो!


 
Posted on 02-24-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Cartmann, GC, fuchche and birkhe!
 
Posted on 02-26-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-७


"मलाइ तिन दिन सुत्न मन छ, लगातार। त्यसपछि उठ्दा शायद मेरो जिबनमा फेरि पहिल्यै जस्तै स्फुर्ति आउन सक्छ।" म दोस्रो चोटि डक्टरसङ अनुरोध गरिरहेकी थिए।


"तिन दिन?" हेर्दै दया गरुँ गरुँ जस्तो लाग्ने डक्टरले मलाइ प्रश्नबाचक द्रिस्टिले पुलुक्क हेर्‍यो।


"मलाइ निद्रा लाग्दैन। मेरो दिमागमा सोचाइका बाढीहरु उर्लिरहन्छन्।"मैले आफ्नो समस्या बताए। यसपाली मलाइ आशा थियो।


"हँ--? पहिला पनि यस्तो समस्या थियो?" बाक्लो दारी भएको डक्टरले पावरफुल चस्माबाट चियाएर सोध्यो।


"कहिले कहिँ हुन्थ्यो, एक / दुइ रात हुन्थ्यो, फेरि आफै हराउथ्यो।" मैले भने।


"कस्तो खालको सोचाइहरु आँउछन्?" डक्टरले मलाइ औषधी दिन्छ भन्ने बिस्वास थियो।


"मनलाइ बैरागी बनाउने कुराहरु। दिक्क लाग्ने सोचाइ। केहि कुरामा पनि रमाइलो नलाग्नु। जिबन नैं ब्यर्थ लाग्नु। बाँच्नुको सार्थकता नदेख्नु। यस्तै यस्तै।" मैले सबै बताए जस्तो लाग्यो।


डक्टरले Anhedonia लेख्यो आफ्नो प्रेस्क्रिप्सनमा, मैले नदेखेको जस्तो गरे। मलाइ थाहा थियो, Anhedonia मतलब बेरस, बेस्वादको जिन्दगी। मनोबिज्ञानमा प्रयोग हुने शब्द ग्रीकबाट आएको। मैले पहिले नैं गुगलमा हेरिसकेकी थिए।


"प्लिज! मलाइ निद्राको दबाइ दिनुस्!" मैले अनुरोध गरेँ।


"औषधी नैँ खानु पर्ने जस्तो त देखिदैन।" डक्टरले मलाइ हैन प्रेस्क्रिप्सनमा हेर्दै भन्यो।


"तिन दिनलागि मात्र! त्यसपछि म सुचारु रुपले आफ्नो सुत्ने तालिका बनाउन सक्छु।" मलाइ  आफुप्रति आत्मबिस्वास थियो।


"तपाइको समस्या मनोबैज्ञानिक देखिन्छ, म तपाइलाइ साइक्याट्रिस्टकहा रिफर गर्छु।" डक्टरले बिस्तारै भन्यो।


"म ठिकै छु, म साइकियाट्रिस्टका जान चाहन्न।"मलाइ डक्टरको कुरा मन परेन।


"त्यो त डक्टरले गर्ने निर्णय हो। हुन सक्छ तपाइको समस्या शारिरिक नभएर मानसिक हो।" डक्टरले अरु बर्णन गर्ने कोशिस गर्‍यो।


"सिर्फ तिन दिन निदाउन सके भने मेरो समस्या आफै ठिक हुन्छ डक्टर! प्लिज मलाइ यस्तो कुनै चक्कि दिनुस्, जस्ले मलाइ तिनदिन निद्रा लगाँउछ।" फेरि पनि मैले अनुनय गरेँ।


"म तपाइलाइ निद्राको औषधी प्रयोग गर्ने लत बसालेको हेर्न चाहन्न। तपाइलाइ मनोबैज्ञानिक परामर्श चाहिन्छ।" डक्टर देखिएको जस्तो दयालु थिएन।


"डक्टर! म काम गरेर खाने मानिस हुँ। म सधैं निद्राको औषधी प्रयोग गर्न चाहन्न। त्यसमा पनि मेरो आफ्नै जिम्मेबारी छन्।" मैले सक्दो बिस्वास दिलाउने कोशिश गरेँ।


डक्टर र मेरो धेरै बेरको छलफलपछि अर्कोचोटि मलाइ साइकियाट्रिस्टका रिफर गर्ने शर्तमा निद्राको औषधी दियो, तिन दिनको लागि मात्र।


बल्ल मलाइ राहत महसुस भयो। म हत्त न पत्त आफ्नो डेराँ फर्केर आनन्दले सुत्ने बिचार गर्दैथे। बेड बनाउदैथे। कोठाहरु अलि अलि सफा गर्दैथे। तिनदिन म निदाउछु, त्यसैले तिनदिनको काम पहिल्यै नै सकेको राम्रो। काममा त छुट्टी मिलाएकी छु बिरामी भनेर। खानेकुराहरु अलि अलि छन्, पकाउन नपर्ने, तताएर खाए मात्र पुग्ने। तिन दिनको आरामले सुतेर ताजा भएर उठ्ने कल्पना गर्दै मैले दुइ चक्कि निद्राको औषधी खाये। एकैछिन भए पनि लुगाहरु मिलाउन थाले। मा भन्थ्यो "लुगाको इज्जत गरे लुगाले पनि हाम्रो इज्जत गर्छ।" तर ती कुराहरु पहिला त्यति महत्वपुर्ण लाग्दैनथे। अहिले मात्रै सम्झन्छु। मालाइ सम्झिदै लुगाहरु पट्ट्याउदै थिए, फोनको घन्टि बज्यो। मलाइ अलि अलि झुम्म गरिसकेको थियो, औषधी हो वा साइकोलोजी।


"हलो!" मेरो स्वर सानो थियो।


"यहाँ नराम्रो समाचार छ।" नेपालबाट मेरो  दिदीको छोरा बोलीरहेको थियो।


लागिसकेको निद्राको औषधीको असर छ्याङ भयो। मैले एकछिन फोनमा हेरे, भ्रम जस्तो लाग्यो। सपना हो कि जस्तो लाग्यो। मेरो बाक्य फुटेन। के भन्नुपर्ने भन्ने कुरै आएन।


"हेलो, हेलो!" उताबाट दिदीको छोराले सोध्यो।


"अँ--, म सुन्दैछु।" मैले सुस्तरी भने।


"हजुरमालाइ "आइ" "सी" "यु" मा भर्ना गरेको छ। खासै आतिनु पर्दैन। सलाइन दिरहेको छ। होश आएको छैन। पीर नगर्नु।" मलाइ पीर नगर्नु भने पनि उसको स्वरमा तनाब थियो।


"के भयो?" त्यति शब्द निस्के मेरो मुखबाट बल्लतल्ल।


"बिहानै उठ्नै सक्नु भएन, निद्रामै बेहोश हुनु भएछ। हामीले तुरुन्तै हस्पिटल लग्यौँ। अब out of danger हुनु हुन्छ रे। डक्टरले भनेको। तर---" उताको स्वरमा पनि हिच्किचाहट थियो।


"के तर--?" मेरो मुटु रफ्तारमा थियो।


"डक्टरले दाँया शरिरमा प्यारालाइसिसको हुन सक्ने संभाबना छ भनेको छ।" दिदीको छोराले स्प्ष्ट पार्यो।


"तिमी पीर नगर। म खबर गरिरहन्छु है।" दिदीको छोरा र म धेरै फरक छैनौँ उमेरमा, त्यसैले हामी दिदी भाइ जस्तै छौ। उसले उता फोन राख्यो, मेरो यता निद्रा भाग्यो।


अब संसारको कुनै औषधीले पनि मलाइ निद्रा लगाउन सक्दैनथियो। म सङ अझै चारवटा चक्कि बाँकि छ निद्रा लगाउने। के यो सप्पै एकै चोटि खायो भने मलाइ निद्रा नलाग्ला? अहिले त म केहि पनि झेल्न सक्दिन। मलाइ निदाउनु छ। मेरो मा उता बेहोश छ, म यता बेहोश हुन चाहन्छु।


क्रमश:

Last edited: 26-Feb-10 02:46 PM

 
Posted on 02-26-10 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चै समाप्त भयोकी भनेर हेर्न आको हैन रछ , स्माप्त भएसी पढ्ने हो भनेर क्रेजीली कुरेर बसिरहेको छु है ।
 
Posted on 02-26-10 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के! बिस्तारै हाज्मोला खादै पो पढ्नु पर्छ, एकैचोटि त उधोउभो भैहाल्छनि हैन?
 
Posted on 02-26-10 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्कै चोटि खाने अनी हज्मोला खाने उधो उभो नभै त खाको जस्तै हुन्ननी ।
 
Posted on 02-26-10 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

matured writing.. smooth and holding. 
thanks for sharing.

-somewhereondearth

 
Posted on 02-26-10 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिबन कस्तो अपरिभासित् छ भने जता बाट समाउन  खोजे पनि हाङा नै भेटिन्न चल्चित्र  जस्तू हेर्न मात्र मिल्ने सच्याउन  नमिल्ने,हम्रो जिबन जस्तो  कथा को लागि क्रेजी  लाई धन्यवाद   

 
Posted on 03-02-10 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-८


निद्राको त्यो चार चक्किलाइ मैले हत्केलामा राखे। एकछिन नियालेर हेरेँ।के यो खाँदा पनि म ढल्दिन त? त्यस्तै सोचाइ आयो। मरि त हाल्दिन तर केहि दिन पछि मात्र ब्युँझेपनि मलाइ केहि हुँदैन। आफ्नै जिबनको घुम्तीहरु जेलिन थालेका छन्। म केहि गर्न सक्दिन, मेरो हातमा अब केहि छैन। मैले बाँच्नु आबश्यक छ र? मेरो भित्रि मनले भन्यो "माको इक्षा शक्ति बलियो छ, उसलाइ केहि हुँदैन तिमी निराश किन हुन्छ्यौ? बिस्वाश गर मा लाइ केहि हुँदैन।" त्यसपछि मैले त्यो चार चक्किलाइ कमोडमा फ्लश गरे। म आफैलाइ आफ्नो भर थिएन, त्यो चक्किहरुको के भर?


मा एक्दम निर्भिक मान्छे, कसैसङ नडराउने, कसैको मद्दत नचाहिने। उ सधैं स्वाबलम्बी, अरुको निर्देशनमा बिचार परिबर्तन नगर्ने। सकेसम्म आफै लागि पर्ने, घर र कामलाइ सन्तुलन गर्न सक्ने। एकदम  अनुशाशित र हामीहरुलाइ काम बिगारेमा वा उसले भनेको नमानेमा सँजाय पनि दिने। एक हिसाबले उ त्यतिकै जिद्दि अनि कठोर शाषक। यसबेला के उ आफैलाइ समयको हातमा सुम्पेर हार स्वीकार्ला र? के उ प्यारालाइसिसको बिरामी भएर अरुको भरमा बाँच्न तयार होला र? मलाइ अरु भन्दा पनि त्यसपछि आउने परिस्थितिहरुको डर थियो। कतै उसले यो अबस्थासङ सम्झौता गर्न नसकेर मानसिक समस्या पो झेल्नु पर्ने हो कि? वा उसलाइ अरुले हेरबिचार गर्न नसक्ने पो हो कि? अनेक प्रश्नहरु आउन थाले मेरो दिमागमा म कोठाको एक कुनाबाट अरुको कुना नापिरहेकी थिए। ब्यर्थै मैले यत्रो बर्ष उ सङ कुरा गरिन। शायद मैले कुरा गरेको भये यस्तो हुदैन थियो कि? उसलाइ मैले नबोलेको कारण पनि चोट परेको थियो कि? उ उच्च रक्तचापको बिरामी त हो तर उसले नियमित औषधी खान्थ्यो र आफ्नो खाना र स्वास्थ्यको बारेमा सचेत थियो। उसलाइ अरु कुरा को टेन्सन हुनु नपर्ने थियो।


म यस्तै सोचाइहरुको प्रतिस्पर्धामा रातलाइ बिदाइ गर्ने तयारीमा थिँए, फेरि अर्को कल आयो नेपालबाट।


"हजुरमाको दुबै हात खुट्टा चल्यो। उहाँ बेडमा आफै दायाँ बाँया कोल्टे फर्किनु हुँदैछ।" उतापट्टि आशापूर्ण खबर थियो।


"मलाइ थाहा थियो, उ सजिलै हार मान्ने मान्छे होइन, उसलाइ केहि हुँदैन।" यो भन्दा धेरै अरु के खुशीको कुरा हुन सक्थ्यो र।


"तर अझै केहि दिन "आइ", "सी", "यु" मा राख्नु पर्छ रे। पुरा होशमा आउनु भाको छैन। सिटिस्क्यान गरि सक्यो। दिमागमा रगत जमेको छ रे। बिस्तारै औषधीले पगाल्दै छ रे। " दिदीको छोराले सक्दो बिबरण दिदैँ थियो।


"पैसाको चिन्ता नगर्नु, के गर्न सकिन्छ सबै गर्नु। म आजै पैसा पठाइदिन्छु। राम्रो डक्टर र सुबिधा भएको ठाँउमा उपचार गर्नु।" मैले गर्न सक्ने मेरो मा को लागि त्यही हो। त्यतिबेरसम्म पनि मैले आफै माको हेरबिचार गर्ने निर्णय गर्न सकिन। म आफै तयार थिइन मेरो मा लाइ बिबश भएको हेर्न। मेरो मा असक्त भएको म कसरी हेर्न सक्छु? उ त जहिले पनि सक्रिय थियो। म सक्दिन हेर्न माको आँखाहरु सहयोगको आशामा टिल्पिलाइरहेको। उ मेरो मा हो उसले अरुको भर पर्नु पर्दैन। उ आफै सबै गर्न सक्छ।


"अब चिन्ताको कुरा छैन। पैसाको खासै जरुरत छैन। तर पनि नर्सिङ होममा खर्च लाग्दैन भन्न सकिदैन। महङो छ, पठाउने भए पठाउ।" उताबाट त्यस्तै भन्यो।


"एउटा काम गर्नु, मलाइ सिटिस्क्यानको रिपोर्ट तुरुन्त पठाउनु।" मैले के भएको हो आफै हेर्न खोजें।


"हुन्छ, म कोशिश गर्छु।" दिदीको छोराले भन्यो।


"के म माको डक्टर सङ फोनमा कुरा गर्न सक्छु?" मलाइ धेरै कुरा सोध्न मन थियो मा को स्वास्थ्य को बारेमा।


"म सकेसम्म कुरा गर्छु यदि मिल्यो भने डक्टर राउन्डमा आको बेला तिमीलाइ फोन गरुँला।"


"म अहिले त्यहाँ आउन सक्दिन।" म ग्लानि र पस्चातापको यो अबस्थामा मालाइ रुवाउन सक्दिन।


"अहिले पर्दैन, दुइ चारदिनपछि हेरौंला, अहिले हामी सबै पालै पालो हेर्दैछौ।" मैले त्यही आशा गरेको थिए।


त्यसपछि मेरा आँखाहरु अलि अलि बोझिल भए। बाहिर उज्यालो हुँदैथ्यो, आँखाभित्र बिस्तारै अँध्यारो छाँउदै थ्यो। म तनाब र अनिद्राको थकाइले  त्यही सोफामा ढलेछु। मेरो मनले भन्दैथ्यो, माले जरुर मलाइ माफ गर्छ। उ होशमा आएपछि म कुरा गर्छु। उ म सङ अबश्य पनि बोल्छ। म भन्छु "मा! मलाइ माफ गर, मैले तिमीसङ यत्रो बर्ष कुरा गरिन। तर म सधै तिमीलाइ सम्झिरहेको हुन्छु। तिमीलाइ थाहा छ मा? तिम्रो फोटो मैले पर्समा राखेको छु। म तिमीलाइ पहिलाको जस्तै तन्दुरुस्त भएर हिँडेको हेर्न चाहन्छु।"


क्रमश:


 
Posted on 03-02-10 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के,
तिमीलाइ जिबन जलको जरुरत होला जस्तो छ। त्यो छैन भने एक चिम्टि नुन, एक पसार चिनि र छ चिया गिलास पानी बनाएर खानु है।


सोमेसहिला,


साझामा बेलाबेलामा आनु पर्‍यो, माया, दया सबैको बारेमा कथा लेख्न पर्‍यो, अनि पो हामी पनि अरुलाइ हाम्रो सोमेको कथा गज्जप छ बाबै भन्न पाँउछौ। अब देखि नहराउ है साहिला!


तिमी_ मेरो_साथी,


हाङा मात्र हैन म त पात, लहरा, पहरा केहि भेट्दिन पो त। के भाको होला है?


 
Posted on 03-02-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है गहकिलो रहेछ कथा त, सुरु सुरु को भाग पुरै तीन चोटि पढे पनि बुझ्न गार्हो थियो तर यि दुई तीन भाग त पुरा पनि पढ्न गार्हो हुने रहेछ।
आमा र सन्तानको सम्बन्ध माथिको भाव्पूर्ण प्रस्तुती ले मन नरमाइलो बनायो । छिटो सिध्याउनु पर्‍यो क्रेजी, कती मन दुखाइराख्नु?
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters