[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 159659 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 04-23-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म त लाग्नु पर्‍यो घिचेर आम न है

खास मा केइ होइन - हिजो को बिर्यानी बाँकी थ्यो

त्यती खानु पर्ला -

 
Posted on 04-23-10 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामायाण, महाभारत को समय हो र रिठ्ठे, घाम को तपस्या गरे नि बच्चा पाएका छन, हावा नजिकै बाट उडे पनि बच्चा पाएकै छन, कन्दमुल खाए पनि बच्चा पाएकै छन, खेत खन्दा नि बच्चा पाएकै छन ........... अजेल त्येसरि बच्चा जन्मिँदैन ...... त्येसैले सुन्तली ले अर्को साल तिम्रा भतिजा लेराउने चान्स नै छैन ..... ज्यान गये नि म केही गर्दिन .........

अनी खोइ त कोशेली रिठ्ठे ?

ठाम ठाम मा प्यालो टाउको राखेर पढ्नु होला नत्र के के अर्थ लाग्छ के के .......

 
Posted on 04-23-10 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल महा लोल रामे लोल लोल लोल


 
Posted on 04-23-10 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न खोज्या के त रामे तिम्ले घाम हावा कन्दमुल जत्तिको नि ह्याउ छैन भन्या तिउरो


बच्चो नपाउने त बुझियो


तर "ज्यान गए नि केइ गर्दिन" चाइ किन नि,केइ त गरे भई हाल्यो नि,
पुरे ले वाँ के के पनि गर्‍यो बच्चोनि पाएन।


 
Posted on 04-23-10 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल महा लोल  लोल लोल लोल




 
Posted on 04-23-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न खोज्या तेइ होला बिचरो ले तर जिब्रो अली चपार बोल्छ हाउरो रामे !


अनी बिस्टे माट्साप हाम्रो काँन्छो कत्रो भो हँ? उहिले देख्दा टुकु टुकु हिंड्न खोज्थ्यो अब त पिले इस्टेसन माग्न थालो होला भन्चु


 
Posted on 04-23-10 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


हन के भन्न खोज्या हुन् चौतारीका औतारिहरुले? विर्यानी खाएर पनि कँही बच्चा जन्मन्छ त? त्यँही पनि बच्चा पाउने जातिले खाए पनि के हो के हो भन्नु हुन्थ्यो।  खै के खै के भने जस्तो......  


अनी रामेले केही गर्दैन भन्ने कुरा पत्त्याको पत्यै हो। वहाँको कार्य वखान गर्न त यहाँ कसैको पनि सामर्थ्य छैन। नेपालको डाँडाकाँडादेखी काठमाडौंको गल्लीसम्म, काठमाडौंको गल्लीदेखी अम्रिकाको जंगलसम्म वहाँको लीलाको वर्णन गएर साध्यै छैन। कुटिल वाक्य बोल्न  बडो खप्पिस मानिनुहुन्छ वहाँ। जस्तो 'केही गर्दिन' भन्नुको मतलब केही कुरा चाँही गर्दिन तर अरु धेरै कुरा गर्छु भनेको हो, अब 'केही पनि गर्दिन' भनेको भए अर्थ अर्कै लाग्थ्यो।  


ल अरु भनेको त्यस्तै हो अहिलेलाई सबै औतारीहरुलाई हाई अनी बाई।


 

Last edited: 23-Apr-10 11:39 AM

 
Posted on 04-23-10 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छो ठुलो भो नि मार्साब,ठुलो हुँदै छ्,बाउ लाई उछिन्ला जह्तो छ् केरे,पिले इस्टेसनै त माउन थालया छैन,जत्तिखेर नि उ सँअँ पिले गरी राख्म चै भन्छ केरे। ठुल्दाइलाई फर्किन दिम अनि भेटम्ला नि एउटो संचारबार पारेर कसो।
 
Posted on 04-23-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे जदौ ।


ओह चौतारी त झिलिमिली भाको रैछ । बिस्टे काजी, रामे , लहरे, रिट्ठे को वार्तालाप लोल लोल ।
बल्ल चौतारी पुरानै शैलिमा झुल्के छ । बधाई छ। दौडधूप ले रंग रुप नै परिवर्तन भैसक्यो ।


 
Posted on 04-23-10 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ नि झुल्किनु भएछ नि त लोड्सेडिङ को मौका परेर भाउजु ले नदेख्ने गरी। तारेमाम।
अनी दाई कस्तो हुँदै छ् पेटे आतंककारी हरु ले त दु:ख द्या छैनन?
सानेपा तिर को कार्जे सकिया हो त ?
 
Posted on 04-23-10 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी करायो यो जिते ......

साँहिलाइ केही नगरनु मा यो ईतिहास कहाँ बाट आयो? जिते ले जस्तो कुटिल वाक्य बोल्न नसकेर नै होला .. भन्न खोजेको कुरा पनि बङ्याइ बङ्याइ प्रस्तुत गरेका छन औतारिहरुले ..... भन्न त "केही पनि गर्दिन" भनेको हो .... तर औतारिहरुले पाये पछी के के लेख्छन के के ....

अब बिस्टे काजी, आफु पुरे जस्तो पारीएन नि त .......


तारेमाम ठुल्दाइ .......

रङ रुप नै परिवर्तन भयिसक्यो? निलो हुनु भयो कि क्या हो? अबतार मा हिरो खेल्न पाउनु हुन्छ अब ...... पार्ट २ मा ..
अनी ठुल्दाइ मेरो नाम मा कती प्लेट म म हान्नु भयो त?

 
Posted on 04-23-10 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ तारेमाम ! रातको खान पान सक्केर चौतारी मा सवारि चलाऊनु भएछ धन्यवाद छ !


अनी बल्ल बल्ल जागिर पाएर जागिर खाने हरुले भोज ख्वाये जस्तो ठुल्दाइले नि बल्ल बल्ल जागिर छोडेसी भोज ख्वाउन पर्छ भन्ने कुरा ध्यान मा राख्नु होला क्यारे ! हामी दाँत तिखारेर बस्या छम यता ! तल माथि एता उती पर्‍यो भने फेरी ल्यान्ड गर्ने हावाइ अड्डा त येतै हो क्यारे पिलेन बाट निस्किन साथ छोप्लान नि फेरी पुण्टे बुढाले !


हुन्छ माट्साप, ठुल्दाइको फिर्ती सवारि भएसी प्लान गर्नु पर्ला यसो जोखाना हेरेर !


जिते नि रामे भन्दा काम खेलाडी त होइन है ! जदौ गरे है जिते पर्भु


 
Posted on 04-23-10 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी


सकेको छैन सानेपाको काम पनि । त्यो काम पनि नेपाल को संबिधान जस्ताइ होला जस्तो छ । ठेकेदार पनि एकपा ( नेमाले ) कै नेता पर्‍यो।



पेटे भाईरस, नाके भाईरस ले अझै छुन सकेको छैन। अचूक अस्त्र प्रयोग गरेर होला। म: म: खाने - अचार् न खाने । पानी को सट्टा चिया र झोक चल्या बेला कोक खाने गरेर होला ।
 


 
Posted on 04-23-10 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो गफ गर्या नि रामे आज सुक्क्बार भर,रमाइलो एक्छिन्को।
हुन्छ रिट्ठे सर तेसै अर्नु पर्ला,ठुल्दाइ को जागिर चाडया भोज नि तेइ बेला लाई भो ल।
एकपा नेमाले रे लोल्ज लोल्ज
म्:म: खाने अचार नखाने त अली खल्लो भएन र भन्या दाई,डल्लो तेत्तिकै कुप्लुक्क पर्न त अली मजा आउन्न हो।
पान को सट्टा चिया र झोक चल्या बेला कोक काइदा चै झक्कस को लायो दाई फेरी लोल्ज लोल्ज
ल दाई मोज गर्नुस् भोज गर्नुस् ।।भाउजु लाई प्रनाम सुनाइदिनु। शुभरात्री।
 
Posted on 04-23-10 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे,
म: म: त थरी थरी को खाइयो । सप्पै चौतारीको औतारिहरुको नाममा आफ्नै दाम खर्चेर खाइयो । कृष्ण बहादुर को छोरो अब काले कृष्ण होला भन्ने डर भो, घामले पोलेर, काम ले पेलेर ।


तारेमाम रिट्ठे,


जागिर छोडेको उपलक्षमा भोज खुवाउने हेतुले उपदान, औषधोउपचार, बिदा आदी इत्यादी को सुबिधा लिन दौडेको दौडेकै छु। म्यराथुन तीन चार चक्कर लगाइ सक्यो होला सकेको छैन ।


 
Posted on 04-23-10 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचार बिना को म:म को डल्लो त कत्ती खल्लो हुन्छ होला है !


तर बाहिर को म:म खाँदा बिचार गर्नु पर्ने त अचार नै हो !


मैले नि सुरु को १ हप्ता त त्यस्तो उस्तो केइ खाइन पानी नि मिनरल वाटर खाए !


भात नि मिनरल वाटरले पकाको खाए


ब्यान ब्रश गर्दा नि मिनरल वाटर ले गरे  (रिट्ठे ले धेरै खोक्यो भन्लाउ धारामा पानी नै नभएपछी के उपाय लाग्छ त)


फेरी एक हप्ता पछी त ई-मिनिरल वाटर !


ई = नेपाली ई


 


 


 
Posted on 04-23-10 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे । अचार् खानु अघी बिचार  गरेन भने रेस्ट रूम इज बेस्ट रूम हुन्छ ।



पानी ले हानी गर्छ नानी भन्छन । मिनरल न भाको मिनरल वाटर पिउदै छु र जिउदै छु ।


धारामा पानी नआको झोकमा रजिनामा दिएको हो नि खानेपानीबाट । नैतीकता भनेको यही नै हो नि, मखुला ??
 


 
Posted on 04-23-10 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म स्यानो छैन रेलमा चढी सुइँकन बेर छैन
म बिरानो छैन तरुनिसँगै नाचन बेर छैन


झरीमय शुक्रबारे अपरान्हको जदौ सबै गाम्लेहरुलाई।


रिट्ठे, रिट्ठेले हाँसायो मिनरल पानीको कुरोले। फोटो हेरम् न बरु अरु। अनी खोइ त प्रश्नावलीको जवाफ?   
ठुल्दाइ, लौ सानेपातिर जानु भयो भने चिप्लेको तारेमाम भनिदिनुहोला। पूर्या घर चाँही पुग्नु भो त? घाम चाँही कुन चाँहीले डढ्नुभएको? आकाशे घाम कि त्यो सिमरामा बनेको सूर्यको? मम चाँही खानुहोस् है टन्न बरु अचार् मिनरल वटरको बनाउनु भन्नुहोस् न।
बिष्टे, हाउँरो इस्कूल पढ्या मान्छे आज पनि यतै आएको रहेछ है।
रिट्ठेलाई पनि पून्टे बुढाले छोप्या थ्यो कि क्या हो एर्पोर्टमा? कती ठटायो ट्याक्सी भाडा? बरु बिराटनगर एअरपोर्टबाट हर्क्या रिक्सा चढ्न पाइयो कि पाइएन नि?
रामे, के छ त सप्ताहन्तको योजना?
बाउचा कता गएछ नि? बासी बिर्यानीले पेट दुख्यो कि कसो?
बाघे (अरुले जीते भन्छन् केरे), शिकार कस्तो थियो त आजको?
 


 
Posted on 04-23-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ई-मिनिरल वाटर रे हा हा हा हसायो रिट्ठे ले
आफ्नै थुतुनो लाई दुई हात लामो लपुवा ख्वार हो त्यो पनि हा हा हा
 रेस्ट रूम इज बेस्ट रूम हुन्छ हा हा हा
जदौ चिप्ले मित्र
किन अबेर झुल्कियोउ नि आज,
हन को रच त्यो तेइ बाघे कि जिते हो कि कसो जस्तो लाओ मलाई नि,त्यो त तिउरै गाउ तिर को हैन र् भन्या।
 
Posted on 04-23-10 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्ले गुरु नि हाजिर हुनु भे छ , तारेमाम ।


रात छिप्पिसकेकोले आजलाई यही बिदा माग्नु पर्ला। भोली बिजुली मैयाको कृपा भए यसो चौतारी आउँला।
तारेमाम।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters