[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 69357 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
Posted on 10-20-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल आयो कथा -


घच्ची को गाछ


यो बैरे यो वन लाइनर हरु त झन के भन्ने - ब'बाल नै छ


क्या हँसाउने


 
Posted on 10-20-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो आयो, पाटकी बैरे!!

तर बैरेले चाँही धिलाई ल्याये नि छोरै ल्यायो बज्ये!

हैन यो कुरो भन्ने कुरो नि कत्ती आ यो बैरेलाई? हे प्रभो, एस्सो ट्युसन पायिन्छ कि भन्या, अलिकती सिक्न पर्‍यो जस्तो छ। काँबाट मात्र आउनी भन्या, कि DBA हुन पर्नी हो भने भनुम केरे, जिन्दगीमा सब कुरो सकिन्छ होला, तर यो बैरे जस्तो मिठो गफ चुट्न चाँही कैले नआउने भो जस्तो छ बाSSSSSSS।

ल च्याङ्रा र केरेनलाई पनि बधाई। अब अर्को भाग चाँही धिला नगर है, भन्द्या छु

 
Posted on 10-20-09 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Had fun reading the post. Waiting for more soon.
 
Posted on 10-21-09 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खतरा छ यो part त। कुरा त कत्ती आउछ बैरेलाई .  Superb writing.
 
Posted on 10-22-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial
<<ल बल्ल आयो कथा -
घच्ची को गाछ
यो बैरे यो वन लाइनर हरु त झन के भन्ने - ब'बाल नै छ
क्या हँसाउने >>


बौचा वन वन लाइन ले गर्दा त पुरा सेन्तेन्स हुन्छ नि कसो ??


perfectionist
<<आयो आयो, पाटकी बैरे!!


तर बैरेले चाँही धिलाई ल्याये नि छोरै ल्यायो बज्ये!


हैन यो कुरो भन्ने कुरो नि कत्ती आ यो बैरेलाई? हे प्रभो, एस्सो ट्युसन पायिन्छ कि भन्या, अलिकती सिक्न पर्‍यो जस्तो छ। काँबाट मात्र आउनी भन्या, कि DBA हुन पर्नी हो भने भनुम केरे, जिन्दगीमा सब कुरो सकिन्छ होला, तर यो बैरे जस्तो मिठो गफ चुट्न चाँही कैले नआउने भो जस्तो छ बाSSSSSSS।


ल च्याङ्रा र केरेनलाई पनि बधाई। अब अर्को भाग चाँही धिला नगर है, भन्द्या छु >>


पुरे पाट ट्युसन त ठुल्दाइ ले दिन्छ हामी जस्तो झार पात त पाको बेलामा बाण हान्ने मात्रै हो अब कोड नै कोड प्रभु हरु सँग DBA भएर के नै हुन्छ र त्यो कोड मा हासँ भन्ने हास्छ रो भने रुन्छ DATABASE आफ्नो हात मा त केही छैन । अर्को भाग थपुला चाडो नै


santosh1984
<<Had fun reading the post. Waiting for more soon. >>


पढिदिनु भएको मा धेरै धेरै आभारी छु ।


NitiSa
<<खतरा छ यो part त। कुरा त कत्ती आउछ बैरेलाई .  Superb writing>>


यो Superb writing भन्दा नि Superb Reading को बात छ भन्छु । कुरो गर्दै जादा आउने रहेछ के गर्ने हड्डी नभाको जिब्रो Control नैहोता


 
Posted on 10-28-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त्यो दिन लाई पूर्ण बिराम गर्न आफ्नो कोठा तिर लाग्यौ ।


आँखा लाग्या मात्रै के थियो , भाले बास्या झै पोथी बासी , उठ कत्ती सुती रहा होला ६:०० बज्यो । आँखा खोली बिदा को बेला ६:०० बज्या नि देख्न पाए, - "कम से काम ७:०० बजे सम्म त सुत्न देउ , ७:०० बजे त उठ्न नि सकिन्छ यो ६:०० त अत्ती गाह्रो हुन्छ , दिन खराब हुन्छ "


रिया - " ल म केरेन लाई उठाउछु " भन्दै फोन तिर लागि


- " थाक्या होलान् किन डिस्टर्ब गर्छौ ?" हाँसो फुस्कियो मुख बाट , थाम्नै सकिन ।


रिया - " के भन्न खोज्या ?"


- "केही होइन , गर गर "


उस्को फोन लाग्यो , अब उता बाट त के कुरा भयो कुन्नी यता चाँही सुन्या यती मात्रै हो -


" ओये उठ, कत्ती सुत्न सक्छस "


....... (यो चाँही उता बाट केही भन्या )


" त बिहान देखी नै यस्तै सोच्छस हो ?"


.......


" सब त जस्ता कहाँ हुन्छ ?"


........



"खै केरेन लाई दे फोन "


......


"Hey"


...........


"Really, so...."


.......


" Guys !!!!!!! you know thats all they care about "


.........


"So What Time will you guys be ready "


..........


"OK , see you in a bit "


फोन राखेको आवाज सुनियो ।


Blanket को स्पर्स अचानक शरीर बाट हट्यो , ल उठ अब, उनिहरु नि तयार हुदै छ , तिमी पनि तयार हौ अनी Breakfast गर्न जाम । त्यो एस्पेन को चिसो शरीर मा परेसी कसरी नउठी भयो र उठे । - "के कुरा भयो र किन च्याङ्ग्रा लाई बिहान देखी गाली गरी रहा ?"


रिया - " तिमीहरु केटा हरु सब एउटै खाल को छौ "


- "लौ मैले के गरे, अर्का को रिश म सँग किन पोख्ने होला " भन्दै म Bathroom तिर छिरे ।


तयार भएर निस्किदा केरेन र च्याङ्ग्रा कोठा मा आइ सकेको रहेछ ।


च्याङ्ग्रा - " यस्तो नि हो honeymoon को भोली पल्ट कोही ६:०० बजे उठ्छ ? तेरो बिहे मा अलार्म क्लक दिन्छु त्यो नि ५:०० को टाईम सेट गरेर , तेरो कोठाको हरेक कुना काप्चा मा हालिदिन्छु घडी नै घडी अनी थाहा पाउछस , तैले " रिया तिर हेर्दै


रिया - "नकरा धेरै , कत्ती honeymoon तेरो "


च्याङ्ग्रा केरेन को हात सुम्सुमाउदै - " Everyday I Spend with you is another Honeymoon for me Baby "


रिया - " Karen , Don't fall in his traps , He does not think with his ......"


वाक्य सकिनु भन्दा अघी नै च्याङ्ग्रा मरी मरी हास्यो , कुरो त मैले नि बुझे तर आफ्नो मायालु को डाइलग मा आफु नै कसरी हास्नु त्यो नि दिन को सुरुवात मा , मध्यानन र अन्त मा भाको भए अर्कै कुरो , अहिले त support देखाउनै पर्‍यो


- " लौ लौ धेरै नहाँस दिन बाँकी नै छ फेरी रोको रोइ होलास नि दिन भरी , हिड बरु Breakfast खान जाम "


केरेन - "That's a First, Didn't see That coming "


- "You Don't know many more Things about me, " भन्दै केरेन लाई लिई म लागे Breakfast खान , दुई कुकुर बिराला झगडा गर्दै आउँदै थिए ।


म र केरेन , निकै अगाडि थियौ उनिहरु भन्दा , त्यही देखेर होला केरेन ले मलाई हेर्दाइ सोधी - " च्याङ्ग्रा , has told me so much about you , that I feel like I know you from long before . You have something planned for the entire weekend, and I want to know what it is . Please don't give me one of your punch lines "


अब पर्‍यो फसाद , डाइलग नहान भन्या छ कसरी हानु , आउने दिन हरुको प्लान त छ तर कसरी भनु ?


- "Trust me on this , if I tell you what I have planned for us , it wouldn't be a surprise would it ? but don't give her any ideas about this . Just roll with the flow "


केरेन - " If you say so "


हामी breakfast खान गयौ


आउने दिन को प्लानिङ सुरु भयो ?


च्याङ्ग्रा - " So Whats the Plan "


- " Lets take a tour of Aspen for atleast half a day and head towards Colorado Springs ! What do you say?"


रिया र केरेन खुस फुस गर्न थाली , आफ्नो प्लान सब भाडी देला भन्ने डर ..


केरेन - " Its too cold to be taking a stroll lets just drive around and stop by if we see something interesting ! How about that , If not lets head towards Springs "


- " Sounds like a plan "



जाडो मा तरुनी हरु के निस्किन्थे गाडी बाट बाहिर त्यसै  गाडी बाट नै घुमियो र केही क्षण मै हाम्रो Destination कोलोराडो स्प्रिङ्गस हुन पुग्यो ।


४ घण्टा को दूरी साथी भाई हरु साथ मा कती चाडो बित्ने रहेछ ।


ख्याल ठट्टा , मजाक मस्ती गर्दा गर्दै हामी कोलोराडो स्प्रिङ्गस पुग्यौ ।


क्रमश :


 
Posted on 10-28-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



माकुडी, त्यो .................. सब बुझियो बाSSSSSSSS मरें म हासेर, अ बज्ये बैरे, अङ्रेजी भर्जन हाला याँ साइदको कुइरीले बस्न नदिनी भो अब मलाई। त्यो पनि हाँस्ने रे, लौ भो अब!!!

हा हा हा, प्रभो माने भन्या, पेट मिची मिची पढियो, दिन झक्कास भो, काम आ थ्यो, तर ऐलेलाई होल्ड अब, यो कमेन्ट नटाँसी त देग चल्दैन छोरो

ल बबाल मज्जा आयो प्रभो, अझ ढिलो नगरम केरे
 
Posted on 10-28-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि घच्ची को गयो -


कुरा पनि कहाँ बाट मात्र आको यो बैरे चा लाई


ल अर्को नि राख ल


 
Posted on 10-29-09 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dude Baire I am your fan!!!!!!! Loving it!!!!!!
 
Posted on 11-03-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<माकुडी, त्यो .................. सब बुझियो बाSSSSSSSS मरें म हासेर, अ बज्ये बैरे, अङ्रेजी भर्जन हाला याँ साइदको कुइरीले बस्न नदिनी भो अब मलाई। त्यो पनि हाँस्ने रे, लौ भो अब!!!


हा हा हा, प्रभो माने भन्या, पेट मिची मिची पढियो, दिन झक्कास भो, काम आ थ्यो, तर ऐलेलाई होल्ड अब, यो कमेन्ट नटाँसी त देग चल्दैन छोरो


ल बबाल मज्जा आयो प्रभो, अझ ढिलो नगरम केरे >>


हेर बजिया हासेको, नेपाली सँग खैरेनी बसे त खैरे ले नेपाली बुझ्छ , खैरे ले नेपाली बोल्छ , नेपाली ले अङ्रेजी बोल्दैन ।


serial
<<यो भाग पनि घच्ची को गयो -
कुरा पनि कहाँ बाट मात्र आको यो बैरे चा लाई
ल अर्को नि राख ल >>


कुरो त गर्नु नै पर्‍यो नि सर , ज्यु ढाल हियर तरुनी बाघ्छे एउटै शस्त्र भन्या बोली हो त्यो त दिनै पर्‍यो नि कसो ?


santosh1984
<<Dude Baire I am your fan!!!!!!! Loving it!!!!!! >>


ध्नयबाद प्रभु , अङ्रेजी मा भन्ने हो भने I am highly Obliged


 
Posted on 11-03-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकै बिजी भए आज छोटो प्रस्तुती मात्रै
 
Posted on 11-03-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्याल ठट्टा , मजाक मस्ती गर्दा गर्दै हामी कोलोराडो स्प्रिङ्गस पुग्यौ ।


कोलोराडो स्प्रिङ्गस मा गर्या कुरो हरु लेखे महाभारत भन्दा ठुलो पुराण यही हुन्छ , सन्छिप्त मा भन्ने हो भने त्यो ट्रिप साह्रै रमाइलो भयो । समय लाई अगाडी बढाएर , हामी डेन्भर फर्किने दिन मा लगुम ।


डेन्वर र कोलोराडो स्प्रिङ्गस को दुरी ४ घण्टा को थियो । हामी बिहान ९:०० बजे कोलोराडो स्प्रिङ्गस बाट डेन्वर को लागि निस्केका थियौ । कारीब ११:०० बजे हामी Mc Donalds मा खान को लागि रोकेका थियौ । रिया र केरेन Fresh हुन्छु भनी गएका थिए । च्याङ्ग्रा चाँही Order दिन लागेको थियो ।


म बाहिर बसी चुरोट तान्दै फोन गर्न लागे ।


उता बाट उसले फोन उठाइ


--  "Hey How you doing ? "


उु "Good, How about yourself ? "


-- "Doing Good .... Are you free Today ?"


उु "Yes "


-- "I was planning to come there today, will you have time ? "


उु "Yes sure, But are you sure she is fine with this decision ? "


-- "No Idea, but atleast she will have time to think about this. "


उु "Are you Sure ? "


-- "I think so. Its one of the biggest decision, I don't know how she will react but she deserves to know!! "


उु "What time will you be here !!"


-- "I think we will be there within the next 30 - 45 mins ... "


फोन राखेर भित्र जान खोज्दा मेरो अगाडि केरेन र रिया उभिएको थियो , उनिहरु एक अर्का लाई हेर्दै  थिए, कुरा उनीहरु ले केही बुझेको थिएन , अगुल्टो हान्या कुकुर बिजुली चम्कदा तर्सिन्छ भन्या जस्तै उनिहरुको मुहार मा प्रश्न हजार थिए । रिया को आँखा मा आसुँ का थोपा हरुले भरिएका थिए ।


च्याङ्ग्रा आयो - "Hey the orders , ready !!! "


च्याङ्ग्रा - " What happened, someone died ? "


-- " केही होइन , Lets go in "


खाना खाँदै थियौ , केरेन ले सोधी - "Do you want to explain anything ?"


-- "Nope " मैले जवाफ दिए ।


केरेन ले रिया लाई हेरी , उसको आँखा अझै रसाएको नै थियो , च्याङ्ग्रा ले मलाई हेर्यो , मैले च्याङ्ग्रालाई । शायद उस्ले मेरो आँखा मा त्यो भनाइ पहिले देखेको ले होला केही बोलेन ।


खाना खाएर सकिए पछी हामी फेरी डेन्वर तिर लाग्यौ । गाडी मा सुन्यता छाएको थियो । मैले आधी घण्टामा आउछु भनेको थिए फोन मा त्यो आधा घण्टा नि बित्यो मैले हाइवे बाट एक्जिट लिएर एउटा घर तर्फ लगे । उु बाहिर कुह्री रहेकी थि !!!!!!!!!!



क्रमश :


 
Posted on 11-03-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पातकी बैरे ले कहाँ ल्याएर कथा रोक्यो भन्देखिन


छिटो कथा अगाडि बढाउ त खुरुकन


अहिले -


एस्तो नि हो त -


हप्ता दिन कुराएर लेख्या हेरन त्याँ -


 
Posted on 11-03-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I second Serial's comment. Too short man Baire!!!!!! This is like "Flashforward", too short of an episode. Hehhehe. Good one though. 
Hey I never read Safal Jindagi-1, where is it????

 
Posted on 11-03-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-03-09 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ऊ को नि ??? छिटो राख्नु पर्‍यो अर्को भाग।
 
Posted on 11-04-09 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Read Safal Jindagi-1. Bajya Bairele garnu garya rachha ni pahile ta. "CK ko Eternity", you gotta be kidding me man. Reminded me of an interesting story of mine. The truth is, I still can't help myself with the smell. I would fall for anyone wearing that. hehehehe
Anyway, the things make much more sense now. Impatiently waiting for the next part. Hurry up Baire!!!!!!

 
Posted on 11-04-09 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why does the second paragraph of my comments get samller fonts? Weird!!!!!!
 
Posted on 11-09-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उु बाहिर कुह्री रहेकी थि !!!!!!!!!!


मलाई देख्ना साथ - हात हल्लाइ - "Follow Me ?"


- "Sure "


उसले एउटा घर अगाडि रोकी । म गाडी बाट ओर्ले , अरु लाई पनि ओर्लिने संकेत गरे ।


- "These are my friends, he is च्याङ्ग्रा , she is karen, and she is Riyaa....... She is Sarah"


सेरा - "Nice to meet you. "


सब चकित नै थिए , कुरो कसैले बुझेको थिएन ।


सेरा - "Shall we go in ? I don't want you guys to wait "


हामी घर भित्र छिर्यौ । घर खाली थियो !!! म मुसुँ  मुसुँ हासी रहेको थिए । केरेन ले नि कुरा बुझी उु मेरो छेउ मा आइ - "Its beautiful " भनी । रिया को आँखा फेरी रसायो , उु आस्चर्य को साथै त्यो पल लाई कसरी समेट्ने भनी सोच्दै होला जस्तो मलाई लाग्यो ।


- " वहाँ क्या सस्पेन्स " च्याङ्ग्राले भन्यो ।


सेराले - "Isn't this just beautiful ? " भनी सोधी ।


च्याङ्ग्रा - " It is, but if you were the surprise, then there would have been a lot of explaining to do "


सेरा - "Sorry ?"


च्याङ्ग्रा ले सेरा लाई राम काहानी सुनायो । सेरा हासी , हामी सबै हास्यौ । सेरा Office मा अरु भिजिटर हरु छन भनी लागि, जाने बेला हामी लाई साचो Office मै छोडि दिन आग्रह गरी ।


- "So what do you guys think ?"


च्याङ्ग्रा - " Its nice , where is my room ?"


केरेन - "Its beautiful . I knew you were upto something but this was unexpected "


रिया चुप नै थि ।


च्याङ्ग्रा - "हेल्लो  मिस!! केही त बोल !!"


रिया - "राम्रो छ " म तिर हेरी - "सरी "


- "This is the model building, If everyone likes this I am going to put a contract on the same floor plan. It will take about 6-8 months to build. By that time you (Riyaa) will have time to think about it and make her transfer to Denver " 


रिया - "This ain't fair, I still am not sure if I want to move here."


रिया - "तिमिले मलाई फसाउन पाउदैनौ । घर लिने बहाना ले मलाई यहाँ बोलाउन पाईदैन !"


च्याङ्ग्रा - "ओह हिरोइन , धेरै नाटक नगर, तलाई किन एक्लै त्यहाँ बस्नु पर्‍यो । यही ठीक छ । "


केरेन - "I Think its about time you start plaaning for you two Riyaa. Its High Time "


- "तिमी सोच , No Pressure , Contract हाल्दै मा धेरै जाने होइन , तर त्यहाँ जती कमाउछौ , आधी भन्दा बेसी रेन्ट मै तिर्छौ , आफ्नो सम्पत्ती पनि केही त हुनु पर्‍यो , यहाँ मिली जुली गरौला ............"


च्याङ्ग्रा ले मलाई ईशारा गर्‍यो ।


- " Come on Karen , Let me show you rest of the place "


केरेन र म त्यहाँ बाट  निस्क्यौ ।


केरेन - "Its a nice place. For a time being I knew you were upto something when I heard you on the phone"


केरेन - " So you think you guys ready for the commitment ?"


म - " I think so , but the toughest part is informing the families, They do not know about us yet "


केरेन -" I am sure they will be fine with it "


- " I hope so "


हामी जादा च्याङ्ग्रा ले मेरो नाउँ पार गराउने काम गरिसकेको रहेछ । रिया दङ्ग थियो ,


केरेन - "So I guess you are fine now "


रिया - "Yes "


केरेन - "Cool this calls for a celebration !! "


केरेन  - "Do you need to put a contract Today ? "
 
- "No I can do it later in the week"


च्याङ्ग्रा - " Ok then, Why waiste time. Lets go to your place and lets get waisted, By the way how far is it "
 
- "About 20 mins"


रिया - " तलाई खाली जाँड कै पिर छ, है ?"


च्याङ्ग्रा - " हात मे सराब , साथ मे सवाब , अरु के नै चाहियो ?"


हामी त्यहाँ बाट म बस्ने अपार्टमेन्ट तिर लाग्यौ ।


(बाटोमा )


केरेन - " Does this mean that you guys will be getting married soon "


रिया  - " Well I still need to decide "


केरेन  - "Come on, I thought you already agreed to it ...... Are you guys going back home to get married or getting married here "


म  - " That is the biggest challenge,  Informing them is the first thing"


च्याङ्ग्रा  - " त्यो त ठुलो कुरा नै भएन नि, के  नै  भन्ला  बुढा  बुढीहरुले  "


ma - " भन्नु त पर्‍यो , मान्ने हो कि होइनन "


रिया तिर  हेर्दै  - " नेपालै गएर झाइकुटी गर्ने कि यही  ?"


म - " I Think getting married here saves a lot of hassle, but you have friends and family back home, we need to decide on it"


च्याङ्ग्रा - " थपक्क नेपाल गएर सान सित बिहे गर , यहाँ आएर पार्टी दे  भई हाल्यो नि  , बरु नेपाल बाट यहाँ बाड्ने कार्ड नि लेर  आइज  ....... Mr and Mrs. बैरे  ---------- invites you भन्दै "


रिया  - " अप्पुइ किन  Mr and Mrs बैरे --------- , मेरो चाँही अस्तित्व नै नहुने कि क्या हो बिहे भएपछी ?"


च्याङ्ग्रा - " के अस्तित्व भन्दै जोरी खोजी रहा ? कार्ड मा नि तेरो नाम लेख्छ ? त्यो त चली आएको परम्परा हो "


रिया - " हो त्यही भन्दै केटी हरु लाई हेप "


च्याङ्ग्रा - " तेरो नाम नै, फेर भन्या भए त के गर्थिस होला तैले ? तर भन्ने नै हो भने गर्नु पर्छ " च्याङ्ग्रा म तिर हेरेर हाँस्दै - " सुन बैरे नेपाल बाटै यस्को नाम पनि फेरिदे , फेरी यहाँ आएपछी अनेक नाटक होला "


केरेन - " That's not right, She deserves to have her own name ? Why force ? This is what needs to come from within"


च्याङ्ग्रा - "Honey !!!! आए त हो नि नआए ?"


केरेन ले केही बुझिन त्यही पनि चुप लागि ।


च्याङ्ग्रा - म तिर हेर्दै  " केही त बोल किन चुप "


म - "I agree with Keren , It has to come from within .... आफु त धान को बाला ...... गरे खुशी नगरे No Complain"


च्याङ्ग्रा - "जोइ टिङ्ग्रे हुने भईश "


रिया - " जे पायो त्यही नबोल " म तिर हेर्दै - "केही भन्न सक्दैनौ यस्लाई ?"


म - " अपार्टमेन्ट आयो "


क्रमश:

 


 
Posted on 11-09-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I knew Baire would pull off something like this. That's so sweet (ouchh!!!!! I sound like a girl). Thats the way to go. You just have to show to these girls that you are committed. They aren't too hard to please. I hope you don't mess up this time. Riya seems to be like a very nice and pretty girl. Someone I would like to have as my wife ( hope someone is not reading this post). 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters