[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आभा

[Please view other pages to see the rest of the postings. Total posts: 105]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 80130 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-08-12 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     20       ?     Liked by
 

आभा


हाम्रो टोल छेउ एउटा बस स्टप थियो। जो पनि चढ्न मिल्ने बस रोकिदैन थ्यो त्यहाँ। हाम्लाई नी चढाउने भए, डाईभर र खलासी छोडेर मोटराँ भा सबैको जुत्ता पुस्दीम्ला, मोजा मिलाईदिम्ला सम्म पनि भनेको हो बाङ्गेले। तर त्यस्तो उदार स्वयमसेवकको सेवा पनि सराप्दै अस्वीकार गरेका थिए त्यो बसाँ चढ्नेहरुले। धेरै जसो गाढा नीलो फरक र हल्का नीलो सट लाएर चढथे, चढ्नेहरु त्यसमा। कैले कैले सेतै फरक, सेतै सट लाएर नी चढथे। हाम्लाई चै, बसको फल आँखा तरी मर भने जस्तो थ्यो।

"ए गुरुजी, खलासीको ठाउँ खाली छैन यो बसाँ? हुँदा यसो खबर पाम न" बाङ्गेले डाईभरलाई एक बिहान सोधेको थ्यो। गुरुजीले, "किन खलासी मात्रै? डाईभरै भए भैगो नी" भन्याथ्यो झर्केर।

"हुन त हुन्थ्यो गुरुजी तर दुईटा कुरो पर्यो के -- एक त बस चलाउन आउँदैन, अर्को सडकै मात्र हेर्ने भए त यत्तिकै ठिक छ नी -- बस सस नचलाई फुर्सदले हेर्न पाईरहीया छ --किन दु:ख गर्नु -- खलासी हुँदा चढाउन ओराल्न नी पाइने -- बस भित्र फुर्सदै फुर्सद -- कसैले भाडा नतिर्लान भन्ने झन्झट पनि छैन--मनले जता रहरहरु उतै हेर्न पाईने -- त्यै भएर खलासी हुन खोज्या। मलाई फेरी तलब सलब चाईने नी होईन, एक्स्ट्रा खलासी राख्न मिल्दैन, गुरुजी?" सोध्ने बित्तिकै डनहिलको लामो सर्को तान्यो बाङ्गेले। गुरुजीले केही भनेनन, घुरी रहे। बाङ्गेले डनहील दियो, गुरुजीले लिएनन बरु बेस्सरी एक्सीलेटर थिचेर मुस्लो धुवाँ छोडे, कानै खाने गरी हरन थिचे।

मन त उनलाई बाङ्गेको कानै खाने गरी मुख छाडन मन लाग्या थ्यो होला, तर बसाँ भाकाले उजुरी गर्लान र जागिर धरापमा पर्ला भनेर होला हरन र एक्सीलेटरले नै काम चलाए।

बस ईन्जीन जसरी गुरुजी तातेको देखेर बाङ्गे पनि छेउ लाग्यो।

एकातिर बसको "साईलेन्सर"ले धुवाँ छोड्दैथ्यो अर्को तिर बाङ्ग्याले। उ पनि त चुरोटको ध्वाँ छोडदैथ्यो नी। बसको त्यो साईलेन्सर त नाम मात्रैको थ्यो, झर्कै लाग्ने गरी कराउँथ्यो कराउनलाई।

"यस्तो कराउने पूर्जाको नाम के खान साईलेन्सर राख्या होलान?" म अलि पर सर्दै भनें।

"नाम त ठिकै छ नी, साईलेन्सर भन्या चुप लाउने होईन र? चुप लाग्ने भा पो पूर्जाको नाम मिलेन भन्नु -- यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ? मान्छेलाई कुरा सुरु गर्न कि यो कि आफु अलि परै पुग्नु पर्छ, कि चुप लाग्नु पर्छ--नत्र आफुलाइ कुरा दोहोराउँदै ठिक्क, छेउको ले "के रे?" भन्दै दिक्क कसो?" बांङ्गेले चुरोटको सर्को फेरी तान्नु अघि हाँसेर सोध्यो।

"तेरो नी साईलेन्सर त चल्या चल्यै छ-- उसै त ठीटीहरु ट्याक्सीमा हुने ऐनामा देखिने कुरा जस्ता छन, हेर्दै गयो पर पर हुँदै जान्छन--यसरी साईलेन्सर चलाएसी झन झन साईलेन्स बढ्दै जाला नी " उस्ले चुरोट तान्दै ध्वाँ छोडदै गर्या तिर ईंगीत गर्दै मैले भनें।

बसमा छड्के नजरेले हेर त -- तँलाई हेर्ने र मलाई हेर्ने कुन धेरै छन? बांग्गेले भन्यो। उस्ले भन्या जस्तै गरेर हेर्या उ तिरै धेरै हेदै हाँस्दै थिए--

बाङ्गेले थप्यो, हेर बाबु--ज्ञानी केटो भन्या बाउ आमालाई चाईने हो क्या तरुनीहरुलाई होईन त -- चिल्लो तेलमा देब्रे सिँउदो कोरेर, टिलिक्क टल्क्या जुत्ता, तनक्क पर्या सर्ट, धारे पाईन्ट जखेर, पछाडी झोलामा किताब बोकेर हिन्ने केटा यी केटीहरुका बाउ-आमालाई त मन पर्ला तर यी मध्धे धेरैलाई त्यस्तो केटा चाहिएकै छैन---" बाङ्गेले जानकारी गरायो।

बस अब हिन्ने सुरसारमा थ्यो--

मैले भनें "त्यै त तै जस्तो बिग्र्या केटा पर्खेर बसीराछन ठीटीहरु--"

उस्ले भन्यो "हो नी --नभए तैले त निकै फेला पारीसक्या हुनुपर्ने अहिलेसम्म। कत्ति न भलादमी भन्ठान्छस आफुलाई। यो बेला भनेकै बिग्रीने बेला हो क्या--सुधृने बेला त पछी आउँछ--त्यै बेलाँ सुधृम्ला नी--जहिले जे को बेला हो त्यै गर्नु पर्छ--"

"सुधृने बेला चै कुन हो नी?" सोधें-- अब यसै बाङ्गेले ज्ञान बाँडीराथ्यो उसै, भेट्या बेला टीपटाप पारीराखे काम लागे लागीहाल्छ नलागे हुर्र्यईदे भैगो।

"कैले कैले अब--अहिले मलाई के थाह्--मेरो बाउ त अहिले सम्म सुध्र्या छैनन--मेरै पालो त कैले हो कैले नी--"

"के भो र तेरो बाउलाई?"

"कस्तो के भो? मलाई चुरोट नखा भन्छन, एक बट्टा दिनको उनैले तान्छन, रक्सी खाएर आईस भने घराँ छिर्न दिन्न भन्छन, बाथरुम सम्म जान उनैलाई भित्ता छाम्नु पर्छ पर्या बेला --नातेदार चिन्न टाईम लाग्छ उनलाई पप्लुका तास फ्याट फ्याटी चिन्छन, सुन्दरीहरु प्रति उनको अनुराग जग जाहेरै छ--अब तेरा पट्टीका भलादमीहरुको पनि स्वस्ती सुन्छस की?"

"ल ल भो--" मैले भनें। आफुलाई थाह नभाको नी थप्ने हो की बाङ्गेले भन्ने पीर।

"ठीटीहरुको बसले टंगाल काटीसक्यो होला--बस गाको अहिले हो? तँ चै यहीँ बसेर फलाकीराख।" मैले अलि झर्केर झैं भने।

यो त गए नी फर्केर आउने बस हो। यो बस र हाम्रो मन उस्तै हो नी, हैन भन्त? ठीटीहरु हुँदा भरीभराउ १ गतेको सत्तेनारन मन्दिर जस्तो, नहुँदा रित्तो त्यै सत्तेनारनको मन्दिर तर २ गतेको। तर सक्रान्ती मैनामा एक चोटी आउँछ, धन्न ठीटीहरु चैं दिनदिनै। उस्ले भन्यो।

"बसै भरीका ठीटी त तँलाई चाहिया होईनन होला नी?"

"बसै भरीका त होईन",-- फेरी एकै छिन सोचेर भन्यो बाङ्गेले "भए त राम्रै पनि हुँदो हो तर जती जन्ती लिएर गए पनि--जन्ती लिएर गा घरमा जती सुन्दरीहरु भए पनि दुलहा सँग जग्गेमा बस्ने त एउटै दुलही हुने हो। बिर्सीन त भएन नी।" उस्ले हाँस्दै भन्यो।

ठीटीहरु हिने पछी अन्माको जग्गे जस्तो बस स्ट्प छोडेर भिमसेनथान तिर लागीसक्या थेम हामी। ईस्कुल त फेरी हाम्रो नी जानु थ्यो।

"तर तँ जे भन बाङ्गे है यो चुरोट चिलीम तानेर चैं ठीटीहरु झुम्मेलान जस्तो मलाई लाग्दैन" लाग्या कुरो भनें।

"झुम्मीन्छन नै त कस्ले भन्या छ र--उनीहरुको ध्यान तान्ने एउटा कारण हुन्छ भन्या नी--ध्यान त तान्नु पर्यो नी फसमा जसरी हुन्छ। फेरी चुरोट त तीनीहरुको बाउले तान्छन, दाईहरुले नी तान्छन। देखेकै छन। अलि आँटी रछन भने उनैले नी तान्लान। तर जे भए नी उनीहरुलाई मन परे पनि नपरे पनि चुरोटको रेपुटेसन तैंले सोचे जस्तो खत्तम पनि छैन। बुझिनस? उस्लाई मन नपरे यो चुरोट खाने मान्छे मलाई मन पर्दैन भन्छे, लौ त तिम्रो लागि भनेर छोडदिन्छु। उ पनि उस्को असर देखेर दंग, म पनि मेरो देखेर। के बिगृर्यो र?" अरु श्लोक थप्यो उसले.

"एउटीले भनी रे भन्दैमा छोडदिन्छस चुरोट?" मलाई पत्याउन अलि सकसै परेको ले सोधें।

"उ सँग हुन्जेल त छोडदीन्छु नी--सँधै त अब उ नै सँगै हुन्छे की हुन्न" बाँग्गे निस्फिक्री हाँस्यो।

घरै छेउ आईपुगीया थ्यो। जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।

लामपोखरी पूर्ब लागीएको मात्रै के थियो, मैलो मैलो देखिने राता लुगामा पहेलो ओढ्ने ओढ्या, निधारमा तेर्सा खरानी धर्का बिच ढाडो लाम्चे आंखा बना, लट्टा पर्या कपाललाई आधि उधो जुरो पार्या, एउटा हातमा तिर्सुल, डमरु तेसैमा उन्या अनि अर्कोमा कमण्डलु बोक्या, खुट्टाकै रंग सँग मेला खाने कालो कालो चप्पल लाको ब्यक्तित्वले बाङ्गे तिर तिरसुल तेर्साउँदै भन्यो "तिम्रो भाग्गे हेर्दीन्छु म--" भाग्गे हेर्छु भन्नेले अरु पनि के के हो भन्न खोज्दैथ्यो बाङ्गेले उछिन्यो "पैला आफ्नै हेर्नु नी--के दशा लागेर हो यस्तो ताल छ--दश तिर नमागी खाने बन्दोबस्त छैन--सुत्ने कुन पाटी तिर हो--पैला आफ्नै दशाका ग्रह शान्ती गर्नु--भाग्गे बनाउनु अनि अरुको तिर लाग्नु क्या गुरु--कसो?"

तेर्साको तिर्सुल ढाडो टेकाएर चित पर्या गुरुलाई बाङ्गेले अझ नजिक गएर भन्यो, "घरै नजिक नभा भे बिदेसी चुरोट तान्नु हुन्थ्यो गुरु र म मिलेर --तर अब गुरुका दशा खत्तम रेछन-- के गर्नु र घरै अघि भेट भो--"

हामी मुस्कुराउँदै अघि बढीम--गुरु घुर्दै थिए हाम्लाई।

बाङ्गेको घरै छेउ पुगे पछी उस्ले र मैले एक अर्कालाई हेरा हेर गरीम। बाङ्ग्या कौसीमा त सुन्दरी एउटी जगमगाई रा छे बा!

"पूर्णिमा रे छ आज, आफ्नै कौसीमा चन्द्रमाको लगन रे छ--लाईट लिएर आफु चै बस स्ट्प पुगीयो। थुक्क!" बांग्गेले थुकुम्ला झैं गरेर भन्यो.

मैले बाङ्गेलाई सोधे, "को यार यो?"

उस्ले भन्यो " जो भए नी तेरो चै मेरै मार्फतको नाता हो--यति सम्झिराख बाँकी मैले बुझे पछी बुझाम्ला"

उ त घर भित्र लाग्यो म अलपत्र परें। म पनि लागुम भित्रै भने गाँस टिपेर ईस्कुल बत्तिने ट्याम भैसक्या अघि नै हो--घर तिर लखर्किम, दर्शन पाउँदा पाउँदै मन्दीर छोडने कुरा नी भएन।

म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।
---

 
Posted on 03-07-12 1:27 PM     [Snapshot: 4718]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बल्ल दर्शन पाइयो !! अब भने खाना खायरै जाने सोच्दैमा बांगे बांगेर घर जाने भन्ने होला !!

ल अरु भागको पर्खाइमा भनि रहनु त नपर्ने हो क्यार !!

 
Posted on 03-08-12 1:25 PM     [Snapshot: 4994]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो सुरु गरे देखी अन्त्य सम्मै अधरमा मुस्कान लेराउने लेखाइ। मलाई त सुकिर्ती हेर्न मन लाग्यो।

त्यसरी घर नै पत्ता लगाएर बाङे लाई तेत्रो ज्यु ज्यु गर्दा त कती अभिबादन पछी हजुरले भेट्न पाउनु भएको होला अब मैले यहाँ बसेर हेर्न मन लाग्यो भनेर कहाँ पाउनु?  तर सुकिर्तीको बर्णन चै साह्रै मिठो। 
 
Posted on 03-14-12 10:30 AM     [Snapshot: 5326]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो  आभाको सुन्दरतामा मग्न भयर कथा अगाडी बढाउने बिर्स्यो जस्तो छ
 
Posted on 03-15-12 11:45 AM     [Snapshot: 5500]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lala bro chado lekhnu paro...pratyak 1/1 ghanta ma sajha kholera kati khojnu...chado garum chado...

 
Posted on 04-03-12 10:52 AM     [Snapshot: 6067]     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ...

भावहरुको अघि शब्दहरु निशस्त्र थिए। आकसिदा धडकन, झुक्दै उठ्दै गर्दा ती परेलीहरु, फक्रीदा ती अधरहरु, परीधी बाहीर पारे झै गरी परीधी भित्र पार्दा ती हेराईहरु निश्चित शब्दका पहुँच बाहीर थिए तर अमुक थिएनन। उ सूर्य थिई, उस्को बयान सायद गर्न सकिन्थ्यो पनि होला, तर सूर्य किरण झै छरीएका उस्का भावहरुको स्पर्श अनुभव त गर्न त सकिन्थ्यो तर भेला पार्न सकिन्नथ्यो। शब्दले समेटने त झन कुरै भएन।

 

बाङ्गे र उस्का कुरा हुन थाले, म चुपचाप छेउमै थिएँ। आभा बेला बेला हजुरबा तिर हेर्थी अनि कुरा गर्थी। कुरा औपचारीक नै थिए तै पनि उस्ले कौसीमा जाने मन गरी। बाङ्गेलाई भनी, म भर्याङ्ग त के झ्याल र पाईप चढेर आईज कौसीमा भने पनि तयार थिएँ, बाङ्गेले हैन अब घर जानु पर्छ भन्यो। मुन्ट्याईदीम कि बज्यालाई जस्तो नलागेको त हैन तर सहनै पर्यो।

 

हैन भुजा खाएर जानु पर्छ, उस्ले बाङ्गेलाई भनी। बाङ्गेले काकीलाई अघि नै त्यो आज नहुने जानकारी गराएको सुनायो। त्यसो भए चिया नखाई त जान पाईँदैन भनी, बाङ्गेले त्यो कर्म पनि सकेको सुनायो। अहिले मलाई खान मन छ नी त, ल आउनु कौसीमा भन्दै उ बाटो लागि। बाङ्गेले म तिर हेर्यो, देख्यो होला दर्शन ढुङ्गामा दर्शन ढुङ्गा जुधेको अनि फिलुङ्गाहरु। हजुरबाले पनि जान त जा--बैनीले भनेको पनि मान्नु कैले काहीँ त भने। उस्ले केही भनेन-- पछी लाग्यो। मैले पनि फ्याँके दर्शन ढुङ्गा र लागें भर्याङ तिर बाङ्गे पछी पछी। आभाले चियाको अनुरोध भान्छमा जिम्मा लाईसकेकी थिई।

कौसीमा पुगे पछी बेग्लै रमाईलो भो। मैले बाङ्गेलाई देखेकै थिईन भन्दा पनि हुन्छ। उ अस्तित्व बिहीन थ्यो त्यहाँ मेरो लागि। उ त्यो खोला जस्तो थ्यो जो नदी सम्म पुग्थ्यो, नदीको अस्तित्वलाई स्थापित गर्थ्यो तर स्वयम् भने अस्तित्वहीन हुन्थ्यो।

दाजु-बैनीको कुरा हुँदो थ्यो। आभा र मेरा हेराई धेरै चोटी जुधेका थिए तर औपचारीक परीचय ओझेलमा परेको थ्यो।

बाङ्गे र उ मैतीदेबीको भिनाजुका कुरा गर्दै थिए, उ पस्चिम फर्केर उभिएकी थिई, बाङ्गे र म पूर्ब फर्केर। मेरो दाईने तिर उभिएको थ्यो बाङ्गे। कुरा हुँदै थ्यो उनीहरुको, म जात्राको खट जस्तो ढल्किदै दाईने तिर बाङ्गेको कुममा आफ्नो कुम अढेस लाउन पुगें। उ अलि छिटो कतै सरेको वा हटेको भए म नभएको खम्बामा जड्याँ अढेस लाग्या जसरी डंग्रगै हुने। तर उ उभिएकै थ्यो तर मेरो अढेसमा उस्को पनि सन्तुलन् बिग्र्यो, मेरो त बिगारेकै थ्यो। उ अलि पर हुत्तियो, म पनि सम्हालिएँ। आभाले केही बुझिन छक्क परी।

"के गर्या तैले यो?" बाङ्गे झर्कियो।

"हैन म त भुत भै छु कि क्या हो--आफुले हेर्दा छु जस्तो अरुले हेर्दा छैन जस्तो--अदृस्य भैयो कि भनेर टेस गर्या--" मैले भनें। भन्न सुरु गर्दा बाङ्गे तिर हेरेको थिएँ, सकाउँदा आभा तिर हेरें।

उस्ले सायद बुझी क्यारे, उ हाँसी। नबुझेको त बाङ्गेले पनि कहाँ हो र, अहिले बुझे जस्तो गर्यो।

"ए, यो मेरो साथी -- दीप, तर मान्छे खत्तम छ" उस्ले हाँसेर मेरो परीचय गरायो आभालाई।

"संगत गतीलो नभएर हो -- हुन त टोलमा म बिग्रेको यस्को संगतले, यो सुध्रेको मेरो संगतले भन्ने हल्ला ब्यापक छ" मैले नी थपें।

"हल्लै मात्रै हो की?" बल्ल उस्ले म तिर हेरेर मेरै लागि शब्द खर्च गरी। मन त तुरुन्तै खजान्ची भैगो। उस्का शब्द जम्मा पारीहाल्यो।

"अलि अलि त हल्लै पनि हो--मैले भन्या जति यो सुध्र्या अलि छैन, यस्ले चाहे जति म बिग्र्या पनि छैन" थप्दें भेट्या बेला।

"हो हो यो एकदम सज्जन छ" बाङ्गेले पेच हान्यो।

"त्यो पनि हुने रहर छ, त्यै उत्तम दर्जाको संगत पाएँ भने हुन्छु त्यो पनि एकदिन। त्यो दिन पनि त्यति पर छैन जस्तो छ।" अहिले पनि भनाई आभा तिर हेर्दै सकाएँ।

केही गुलाफी रंगले उस्को अनुहार केही पल सजाए अनि त्यस्मै लिन भए झैं देखें मैले।

"म सुकीर्ती" उस्ले म तिर हेर्दै भनी। अधरबाट उस्का मुस्कानका पुस्प-पत्रहरु झैं बर्षिदा थिए। मनले ती सबै पत्रहरु जतनले भेला पार्यो, भुइँमा एउटा पनि खस्न दिएन।

उस्ले आफ्नो परीचय दीईरहनु त पर्ने थिएन, तर दीनुको अर्थ मैले मेरै हिसाबले बुझें।

उस्ले दुई पल मेरा आँखमा सिधै हेरी अनि बाङ्गे तिर हेर्द सोधी, "दाई कुन स्कुलमा रे? पढाई राम्रो छ?"

"बाङ्गेले स्कुलको नाम भन्यो, पढाईको कुरा गरेन। हुन त स्कुल नाम चलेकै थ्यो--त्यतिले नै पुग्छ भन्ने सोच्यो कि थाह छैन"

त्यै बेला आयो चिया, केही निम्कीहरु पनि थिए।

"पढाई त गज्जब राम्रो छ होला है?" उस्ले बाङ्गेलाई हेर्दै फेरी सोधी। हातमा चियाको कप लिएकी थिई। मैले चै एक सुरुप लाई सकेको थिएँ। बाङ्गे सुरुप लिने क्रममा थ्यो। त्यसैले जबाफ मैले नै दिएँ।

"अब पढाईको बारे त पढ्नेलाई सोध्नु पर्च, यस्को काम त भर्ना भए पछी सकिगो नी"।

"आफु नी आफु--तँ छस नी बोर्ड हान्लास जस्तो" बाङ्गेले सुरुप लिएको चियामा भएको तापक्रममै झोस्यो मलाई पनि।

"हो त" मैले भनें।  बाङ्गेले झोसेको राम्रै लाग्यो मलाई।

"किन हुँदैन थ्यो --मास्टरहरु त्यै कुरा गर्दा हुन दिनदिनै--एस् एल सीको रिजल्ट भा दिन कुन कुन बोर्ड चै ध्वस्त पार्छ एल्ले फेल भा झोकाँ भन्दा हुन" यस पटक बाङ्गेले हाँसेर कुरा सकायो।

त्यै बेलाँ काकी आईन माथि। कुराका भाका फेरीए। उन्ले फेरी भातको राग अलापिन, बाङ्गेले मासुको। मासुको राग अलाप्नु के थियो, यसो घडी हेर्दै ओहो! भुसुक्कै ढीलो भैसकेछ भन्यो अनि छिट्छिटो चिया तान्न थाल्यो। मैले नी त्यै गर्या-- जिब्रोको एक तह एउटा सुरुपमा खुईलिया जस्तै भो। अब घराँ मासु भात खानु पर्ने होला, शनिबारको दिन-- स्वाद बाङ्गेको हतारले बिगार्ने भै गो--खुईलिया जिब्रोमा पीरो मासु--स्वाद त धरापमा पर्ने नै भो। तर जे होस, आभाको छत्र छायाँमा परीयो। जीब्रोको स्वाद अहिले धरापमा परे पनि मनको स्वाद भने झन तिखो भएको थ्यो।

बिदा भएर बाटो लागीयो। आभाले बाङ्गेलाई शब्दले मलाई भावले बिदा गरी। धोबीखोला हुँदै घर आईयो। बाटोमा बाङ्गेलाई मैले मासु किन्ने कुरा गर्दा त्यो त भन्द्या पो त भन्यो। थाहै थ्यो। किन तुषारापात तिर लागिस भन्दा किन किन यो काम गर्नु नहुने हो कि जस्तो लागीराछ मलाई भन्यो। मैले उस्लाई, "एक चोटी बिहे त हुन दे --तेरो भ्रम सबै हटछ" भन्दें। उस्ले घुर्यो मात्रै। अब सुकिर्तीको कुरा बन्द आजलाई। फेरी कुरा गरीस भने, उस्लाई यस्तो यस्तो कुरा भन्दीन्छु, अर्को भेट अघि नै तेरो सराद गर्दिन्छे उस्ले" भन्यो।

म चुप लागें। अहिले उसैले जितेको ठिक थ्यो।

त्यस पछी केही दिन बिते। बस स्टप जाने क्रम चलेकै थ्यो। मैले अरु बेला बाङ्गेको साथ मात्रै दिन्थे, अचेल उस्को लागि मेहनत पनि गर्न थालेको थिएं। बिशालनगरकी पाण्डे सुपत्री मामाघर तिरको सम्पर्कमा छे भन्ने पत्ता लगाएर माराजगन्ज दुई चोटी पुगीसकेको थिएँ। एक चोटी त बाङ्गेलाई समेत लिएर। पाण्डे सुन्दरीको हेराईमा अचेल निक्कै लचकता थियो। "यो चुरोट सुरोट भन्ने तान्ने कुरा चै होईन रे छ" भन्दै बाङ्गे वाक्दान गर्थ्यो--बिसेष गरी पाण्डे सुन्दरीलाई सुनाउथ्यो। बसको छेउछाउ चुरोट खान छोडेको थ्यो।

बाङ्गे मान्छे बैगुनी थिएन। आभालाई उस्को घर बोलाएको बेला मलाई घरमै लिन आएको थियो। कत्रो रहर थ्यो--के के न भनुम्ला--के के न सुन्न पाईएला--अनुभव गरीएला भन्ने थ्यो--बाङ्ग्या बाउले त्यै दिन बाङ्गे र मलाई बालाजु खेदे। आउदा आभा गैसकीछ। बाङ्गेले केही छैन, म यस्को क्षती पूर्ती गराम्ला भनेको थ्यो र भर परेको थिएँ। भर पर्नु पर्ने कारणमा त्यो बिशालनगरकी सुन्दरीले पनि योगदान गरेकी थिई।

शनिबारको बिहान थ्यो। सात जस्तो बजेको हुंदो हो। पशुपती जान बाङ्गे कुनै पनि बेला आईपुग्ने थ्यो। तयार हुँदै थिए। नभन्दै एकै छिनमा बाङ्गेलाई कोठा बाहीर बोलेको सुनें मैले। म त्यति बेला दोस्रो तलामा बस्थें। मुल ढोका बन्द भए मात्रै नत्र उ सुरु सुरु मेरै कोठामा आईपुथ्यो। काका बाहीर निस्कीन लागेका रे छन, उनी सँग दुई शब्द बोलेको सुनें। ढोका टक टक गर्यो। किन सुध्रेछ आज भन्दै थिएँ, उसैले खोल्यो ढोक्या। ढप्क्याको मात्रै थियो। चुकुल लाको थिएन। ढोका सम्म त म पनि पुगेकै थिएं। खुलेको ढोका भित्र म थिएँ, बाहीर बाङ्गे र आभा।
...

 
Posted on 04-03-12 11:03 AM     [Snapshot: 6075]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ह्यत्तेरी कती छोटो हो ? र कस्तो ठाउमा गएर रोकेको ? 
 
जे भने नि सुन्ने हैन ..... छिटो अर्को भाग रखम है दिप जिउ । परेको म बेहोरुला । 

 
Posted on 04-03-12 12:42 PM     [Snapshot: 6159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After a long time...was desperately waiting for this. Thnx.

 
Posted on 04-03-12 1:11 PM     [Snapshot: 6174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभो कुर्नु कुरेपछि सुकीर्तिको कथा आको ... कस्तो ठाउँमा लगेर रोकेको नि? के होला के होला भैरछ छिटो टसुम आर्को भाग पनि ... 
 

 
Posted on 04-03-12 2:48 PM     [Snapshot: 6225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yasto lamo break paachi aako AABHA lai ka nira lyayera break hannu bhako... Aba Kati break line ho ...
 
Posted on 04-03-12 6:06 PM     [Snapshot: 6300]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gajjab cha la...
 
Posted on 04-04-12 8:49 AM     [Snapshot: 6458]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्सो खड्कुलो पनि बोकेर उभ्या' थ्यो' की बांगे त्यो ढोका बाहिर?
 
Posted on 04-04-12 9:14 AM     [Snapshot: 6483]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान बांगे बहिनी दान गर्न आयो जस्तो छ ल - येसो हेर्दा त दीप को लप पर्ला पर्ला जस्तो छ -

तर एसमा पनि अरु कथा मा जस्तै - दीप को हात मा लाग्यो त्यहि चुरोट मात्र हुने हो कि - कहिले हात मा लड्की हुने होला 
 
Posted on 04-04-12 9:47 AM     [Snapshot: 6493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भर्याङ्ग त के झ्याल र पाईप चढेर आईज कौसीमा भने पनि तयार थिएँ, बाङ्गेले हैन अब घर जानु पर्छ भन्यो। मुन्ट्याईदीम कि बज्यालाई जस्तो नलागेको त हैन तर सहनै पर्यो।"   हा हा 

झक्कास गयो यो भाग पनि !!

 
Posted on 04-05-12 3:07 PM     [Snapshot: 6717]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु,
यसपाली कथा पढ्दा पढ्दै आभाको नाम मेरो मानसपटलमा स्थापित भैसकेको बेलामा उनको नाम " सुकीर्ति "  लगभग मैले बिर्सिसकेको थिए l 
अनि पढाईको कुरा भन्दा चलेको स्कूलको नाम मात्र भन्नु यो चै हाम्रै स्टाईल हो नि ]
 
Posted on 04-05-12 6:04 PM     [Snapshot: 6774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिप-दाज्यु,

घच्चीको गयो ल यो पाली पनि तर कस्तो हिन्दि सेरिअल जस्तो ध्यांग ढोकामा लगेर रोकेको कथालाइ ..... लौन अगाडी बढोस न ..... हजुर त हाम्रो गाउले जस्तो लग्यो हजुरका कथाको लोकेशनहरु सुन्दा त ..... हेहेहे ल दाज्यु अगाडी बढोस न त ढोकाबाट कथा .........
 

 
Posted on 04-05-12 8:14 PM     [Snapshot: 6831]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 oh ho feri tyastai
deep dailai kasle samjhaune bhanya
hya manchhe kaile katha poorai padhdai basaula bhanera basirachhau...deepdailai k bhanne...

manchhelai aasa dekhaune ani 2 barsa laideene poora garnalai

 
Posted on 04-06-12 8:38 AM     [Snapshot: 6939]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, धन्न बाङ्गे बोलेको सुन्नु भएछ। नत्र त आभाकै अगाडि बाङ्गेले सुतेको मान्छेलाई घसार्दै बाहिर निकाल्न बेर लगाउदैनथ्यो। बाङ्गे भर भएको मान्छे होइन भनेर आँफैले कती चोटि भनिसक्नु भयो।

किन लेराको रहेछ त उस्ले बहिनिलाइ एका बिहानै हजुरको घरमा?

 
Posted on 04-06-12 2:01 PM     [Snapshot: 7034]     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

खुलेको ढोका भित्र म थिएँ, बाहीर बाङ्गे र आभा…

अब भो की! ब्युँझिसक्या हो कि मस्त निन्द्रैमा हो आफु जस्तो भो। अगाडी उभिएकी आभै हो कि झझल्को हो--यस्तरी झझल्को आउने गरी रातीहुँदी पनि केही तानेको त थिएन--सोच्दै थिएँ--"हैन हिँजो तान्या गाँजाले छोड्या छैन कि क्या हो? के टोलाई रा ढोका छेकेर" भन्दै बाङ्गे भित्र छिर्यो। हिच्किचएकी आभालाई उसैले भित्र आउने संकेत गर्यो। मैले ढोका खोल्दा जुन मुस्कान आभाको अधरमा थ्यो त्यो अझै कायमै थ्यो।

मैले भनें "के नचाहीने कुरा गरी रा? त्यो पनि ठुल्ठुलो स्वरमा--नतान्दै त तान्यो कि झैं गर्छन फेरी उ चैं तानेकै हो कि झैं गर्छ--"

बाङ्गे पनि हाँस्यो, आभा पनि।

बाङ्गे र आभा दुबै उभिएका थिए। बाङ्गे अरु बेला भए त सुरु सुरु मेरो ओछ्यानमै आएर बस्थ्यो आज आभा पनि भएकोले होला उ पनि उभिएकै थ्यो। कोठामा एउटा टेबल अनि कुर्सी पनि थ्यो--पढ्न सजिलो हुन्छ रे भनेर बाउले प्रायोजन गर्देका थिए--खिया लाग्ने माल भैदेको भए कुन जमानामा खिया लागेर पत्र पत्र भैसक्थ्यो--त्यो कुर्सीमा बसेर पढेको उही बाउलाई झुक्याउन बेला बेला लाई छोड्ने हो भने बाँकी केही रहन्नथ्यो। त्यो कुर्सीमा की त फ्यात्त फ्याल्या लुगा हुन्थे--कसैले मिलाईदीईसक्या भए रित्तै हुन्थ्यो।

टेबलमा किताबहरु थिए, ती पनि बा का लागि राखेको थ्यो। अब उनैले पैसा तिरेर ल्याको टेबल, उनैले किन्देका किताब--नपढने त ठीकै छ- रीत्तै राख्दिन त भएन। टेबलको धुलो चै म पनि बेला बेला पुस्थें। त्यो एक दुई चोटी "हेर हेर टेबलमा धुलो जम्या--कैलेई बसेर पढ्ने भए पो हुन्छ" भन्ने डाईलोक सुनीसक्या भएर। टेबलका किताबहरु म दिन दिनै घुमाउँथे। पढ्न पो गार्हो त, पढ्या जस्तो गर्न त सजिलै थ्यो।

अब त्यो कुर्सीमा बसुम भन्न हामी तीन जना कोठामा, ओछ्यानमै बसुम भन्न लाई एक त ओछ्यान मिलाको पनि छैन दोश्रो सुन्दरी कोठामा छिर्ना साथ सिंधै ओछ्यानमा निम्तो दिने आँट नी राम्रो हैन जस्तो लाग्यो।

आभा चै मेरो कोठा नियाल्दै थिई। हुन ता कोठा बाउ-प्रुफ गरेको थिएँ तै पनि कतै केई चुक छ भनेर पीर लाग्या जस्तो नी भो।

टेबलमा नी किताब, र्‍याकमा बाक्ला बाक्ला अरु किताबहरु देखेर उ भ्रममा परीछ क्यारे, बोली "निक्कै पढ्न मन लाग्छ जस्तो छ"

"किन पढ्दैन थ्यो, किताबहरु त तेस्तै उस्तै हो झ्याल--झ्याल तिर, कौसीमा, बाटो हुँदी मनग्गे पढ्छ--त्यस्तरी बाहीरै पढेर आउँछ अनि फेरी घर आईसकेर पनि पढ्न त के मन लागोस" बाङ्गेले थप्यो।

मैले केई भनीन। के भन्नु? आभाले केही पल मलाई हेरीरही। मैले नी भ्याए सम्म सिधै हेराईले उस्लाई बन्धक बनाएँ, सिधै नभ्याएको बेला पनि हेराईको परीधी बाट भने उस्लाई उम्किन दिईन।

"यो खडे बाबा भएर कति बेर सम्म बसीरहनु पर्ने हो? यसो बसुम, चिया भनुम केही छैन।" बाङ्गेले स्वरलाई अलि उचाईमा पुर्याएर भन्यो।

"हो त--हत्तेरी!" मैले मन मनै भनें।

"अरु बेला त तँलाई सिंहासन चाईदैन थ्यो, राज होस पनि भन्नु पर्दैनथ्यो, आज चै किन नी?" यो चै मैले सुन्ने गरी भनें। भन्न त भनें, तर अरु केही भन्ने कुरा मनमा नआएर भनेको।

"आज म एक्लै आ होईन नी त -- देखिनस?" उस्ले भनें।

"देख्या मान्छेलाई त कुर्सी छ त यहाँ, भन्दै मैले धुलो पुस्या जस्तो नी गरें कुर्सीको"

"हैन ठिकै छ" उस्ले भनी।

" म चिया भनेर आउँछु" भन्दै म निस्किन ला थें "म त नखाने" आभाले भनी।

"यत्रो बेर उभ्याएर अझ झर्को फर्को गरेर -- च्या अब तँलाई-- त्यो पनि मागे पछी--पर्या छैन" बाङ्गेले नी दीयो दनक।

मैले उनीहरुलाई हेरें। अनुहारमा उनीहरुको कुनै उजुरी वा रोष थिएन। आभा अझै कोठालाई हेराईले समेटदै थिई।

"पख म आमालाई नी बोलाउँछु, घरमा नयाँ मान्छे आको चिनाउनु पनि त पर्यो नी" मैले भनेको बाङ्गेलाई, सुनाको आभालाई झैं गरी भनें।

"तेरो को हो र तैंले चिनाउन लाई, मेरी बैनी मै चिनाउछु नी--आमा काँ? माथि भान्छमा हो?" भन्दै बाङ्गे अघि लाग्यो। आभा पछी लागि। म चै आभाको पछी लागें। झट्ट मनमा आयो, "त्यो जग्गेमा को अघि लाग्छ हँ साच्ची?"

"अनि यति बिहान कता बाट नी? " भान्छा तिर उकालो लाग्दै गर्दा मैले सोधें।

"यति बेला सोध्या हेर न त्याँ" बाङेगे भन्यो।

"म त हिजै आ" आभाले अलि बिस्तारो स्वरमा भनी म तिर पुलुक्क हेरेर।

भान्छमा पुगीयो। आमालाई चिनायो बाङ्गेले। मेरी आमाले फेरी बाङ्गेका अलि अलि नातेदारहरु चिन्थिन।

फलाना हजुरबाका सन्तान, फलान ठाम बस्ने यता र उताको तालमेल बसाले पछी चिनीन मेरी आमाले नी आभालाई।

"किन यती झन्झट गरेर चिनीरहनु पर्थ्यो, म अलि पछी सजिलै चिनाईदिन्थे" मनमा आफ्नो चै यस्तो कुरा आयो।

त्यही आमा सँगको कुराबाट बुझियो, आभा हिंजो आईछ बाङ्गे कहाँ। म हिनीसके पछी आकी हुनु पर्छ, बाङ्गेको घरमा त म पनि थिएँ हिंजो। उ आउने थाह भाको भए पर्खिन्थे। थाह भएन। बाङ्गेलाई थाह भएर भनेन कि उस्लाई नी थाह थिएन, उही जानोस।

आभाले उ अब यतै पढ्ने स्कुलको कुरा हुँदै छ, घर बनाउने जस्ता सबै कुरा भनी आमालाई।

अहिले बिहान पशुपती जान ला भने पछी म पनि जान्छु अनि उतै बाट बत्तीसपुतलीमा उस्लाई छोड्दीनु भनी रे भन्थ्यो बाङ्गे। घराँ बस्न लाई कर गरी रा थे--पछी आउँला भनेर आई भन्थ्यो।

"म सँग जाने भनेर आएकी हो त यो?" मनले यै प्रश्न सोध्यो,  अनि तुरुन्तै "हो" मा जबाफ दियो। म दंग।

अघि तल त चिया खान्न भन्थी आभा अहिले आमाले दिए पछी सुरुप्याउनु सुरु गरीसकेकी थिई।

चिया पछी बिदाबारी भएर लागियो बाटो। बाङ्गे मालीगाउँ तिरबाट कालोपुल हुँदै जाम भन्थ्यो, मैले मानीन। म चै पुरानो भत्क्यापुल भाको तिर बाट जाम भन्न थालें। मैले नै जितें आखिर। कालो पुल तिरबाट जाँदा भण्डारखाल आउँथ्यो पहिला अनि त्यो गौसाला पनि नपुग्दै आभाले पैला मलाई घराँ छोडदीनु अनि पसुपती जानु भनी भनें? गौसालाबाट बत्तीसपुतली नजिकै थ्यो तर उता चावेल तिर बाट आउँदा उस्ले त्यसो भन्न मिल्दैनथ्यो किनकी पसुपती पैला आउँथ्यो गौसाला भन्दा। मैले आफ्नो दुनो सोझाको थिएँ।

उ सँग पसपती गएर सँगै दर्शन गर्नु परेन त, मौका पर्या बेला?

हांडीगाउको बाटोमा सुन्दरी त्यो पनि नौली सँग हिन्नु पर्थ्यो-- एक्सरे भिजन भएकाहरु बाटा हुँदी अलपत्र भएका त छँदै थिए, कुना काप्चा तिर बाट पनि निस्किन्थे। त्यो किस्नमन्दीर अघि त ब्वाँसाहरुको जमघटै रे छ। आभाले निक्कै असजिलो मानी त्यहाँ।

एउटाले मन्त्र पढ्ला र कान थुन्नु पर्ला भनेर त्राहीमाम हुँदै तरीयो भुतेस्वरको ब्वाँसा भेल। कसो मन्त्र जपेको सुन्नु परेन। एउटा वाक्य बोल्दा दुइ तिनटा जति त मन्त्र_शब्द जप्थे। अरुलाई मात्रै के भन्नु --भन्न त --चलनै त्यस्तो थ्यो भनुम न।

"यो ठाउँ किन यस्तो?" ढुङ्गेधारा तिर लाग्दै गर्दा आभाले सोधी।

किन यस्तो भन्नु अब? त्यस्तो पार्न हाम्रो पनि योगदान थियो।

"काम छैन अनि" भनीयो।

हिन्दा बाङ्गे र म सँगै, उ बाङ्गे संगैको तालमेल थ्यो तर पटक पटक् उ म र बाङ्गेको बिचमा हुन्थी। कैले उ आफै हुन्थी, कैले म पार्थे।

"नेपालगन्ज रमाईलो होला है?" मैले सोधें। अब के भन्ने के--केही न केही त भन्दै गर्नु पर्यो।

"यो भन्दा त रमाईलो छ" उस्ले भनी।

ब्वाँसाहरुले रेपुटेशन डुबाईहाले नी। हामी एक जना सुध्रेर पनि के गर्नु र?

"एक्का चल्छन त्यता" बाङ्गेले नी जान्या देख्या कुरा होला भन्यो।

"एक्कामा रमाईलो हुन्छ" आभाले भनी।

"एक्का भएनी एक्लै चढ्नु पर्ने त होईन होला नी?"

"होईन" उस्ले हाँसेर भनी।

"आफुलाई मन पर्या मान्छे सँग चढ्न पाए त म नी चढथें, एक्का" मैले ह्वात्तै भन्दें।

बाङ्गेले अलि धारीलो हेराईले हिर्कायो, आभाको भने लचकिलो थ्यो हेराई।

"दुई जना साथी साथी चढ्नु, रमाईलो भै हाल्छ नी" आभाले म र बाङ्गेलाई हेर्दै भनी।

"भो, यो सँग त यहीं भेट भै रा छा नी--त्याँ सम्म गएर नी यै सँग एक्का चढ्नु पर्या छैन" मैले भनें।

"को सँग चढ्न खोज्या त?" यस पटक आभाले सोधी।

जबाफ त उस्लाई नी थाह थ्यो होला तै पनि सोधी।

"तिमी सँग" भन्ने आँट आएन आफ्नो फेरी त्यै बेलाँ।

"त्यै टाँगा चलाउने पनि त हुन्छ नी --त्यो र यो दुई जना भैहाले नी" बाङ्गेले निस्फिक्री हाँसेर भन्यो।

धोबीखोला तरेर उकालो लागीदै थ्यो।

"यता हाम्ले यसरी घुमा जसरी उता नयाँ मान्छे आउँदा घुमाउने चलाउने छैन?" मैले आभालाई सोधें।

"छ" उस्ले भनी।

"भैहाल्यो नी त" मैले भनें।

"कैले आउने?" उस्ले सोधी।

त्यसको पक्का जबाफ म सँग थिएन। त्यै पनि "नआई त भाकै छैन" सम्म भनें।

"कैले त?" आभाले फेरी सोधी। म सँग जबाफ छैन भन्ने बुझेरै होला धरपकड गरेकी।

"त्यो टुडीखेलमा माहाँकाल अघि सुगा राखेर बस्छ एउटा, त्यस्ले जैले जा भन्छ तैले आउँछ यो" बान्ङ्गेले भन्यो।

"ए, साईत निकालेर?" आभाले मुस्कुराउँदै सोधी।

"साईत त जुराउनै पर्यो नी --पण्डीत भिडाएर-- चिना देखाएर--साईत जुराएर आउँछु नी आउन आउन परे पछी" लौजा त भनेर भन्दें मैले। भन्न त लगन पनि निकालेर भन्न मन थ्यो तर आँटले धर्म छोड्यो र भन्न सकिन।

बाङ्गे र आभा दुबैले पुलुक्क हेरे म तिर। बाङ्गेको हेराईमा "अहिले भेटलास है तैले" भन्ने भनक थ्यो, आभाको हेराईमा "साँच्चै कि ख्याल ख्याल?" भन्ने प्रश्नको छनक भए झैं।

चाबेल गणेश घुमेर अघि लागीदै थ्यो अब।

"म त अब पर्सी नेपालगन्ज गै हाल्छु" आभाले भनी।

म त टक्क रोकिएँ एक पल। बाङ्गेले त्यस्तो कुनै प्रतिकृया जनाएन। सायद उस्लाई पैलेई थाह थ्यो।

"अनि यतै पढ्ने भनेको हैन त?" मैले आभालाई सिधै हेरेर सोधें।

"हो, स्कुलको कुरा हुँदै छ--तर अब घर गएर त आउनु पर्यो नी" उस्ले भनी।

म त झन्नै, "ल बर्बाद" भन्नेमा पुगेको।

"अनि कैले आउने त?" मैले सोधें।

"खै--छिट्टै हो तर" उस्ले भनी।

खै किन हो बाङ्गे हाँस्यो। "किन हाँस्या?" भन्या "यत्तिकै" भन्यो। अनि बाङ्गेले उस्का कुरा गर्न थाल्यो, परीबारका कुरा गर्न थाल्यो। मैले नचिनेका मान्छेहरु, ठाउँको बारे गफ हुन थाल्यो। म यसो आफ्ना कुरा तिर आभालाइ ल्याउन खोज्थे, बाङ्गे पारीवारीक कुराम लगिहाल्थ्यो।

हुँदा हुँदै मित्रपार्क अघि बढीयो, बाटो काटीयो र लागियो पशुपतीका गुरुको मन्दीर हुँदै पश्चिम ढोका तिर।
पशुपती घुम्ने हाम्रो बिशेष तरीका थ्यो, दर्शन गर्ने एउटा परीपाटी बसालिएको थ्यो। त्यै अनुसारको गरीयो त्यो दिन पनि। आभाले नी त्यसै गरी।

पशपतीमा माहादेब भेटीएलान भन्ने आशमा आवत जावत थिएन हाम्रो। महादेब आए नै पनि पक्का चिलिम बोकेर उता बिष्वरुप, राममन्दीर यत्र तत्र बसेका साधु शन्त, मन देखि लागिपरेका समाजसेवी उन्का भक्तहरुलाई नभेटी हामी जस्ता तरुनी सँग चन्दन  माग्न आउनेहरुलाई किन भेटी रहन्थे। तर आभा पनि मन्दीर भित्र माझिएकी भक्त जस्ती हुँदीरैछे। ढोग्दा आँखा चिम्म गरेर ढोग्थी।  मन्दीर घुम्दा मूर्ती ढोग्दा आस्था र भक्तिमा उ समर्पीत देखिन्थे। त्यहाँ भित्र देवी देउताका बाहेक अरु कुरा गर्न उस्ले चासो राखिन। देवी देउता कुरा गर्न आफुलाई त्यस्तो चासो नाईं।

सानो साँढे पछाडीबाट पैले बाङ्गेले दर्शन गर्यो, अनि उस्लाई पनि पशुपती दर्शन गराईयो। पैला त त्यो साँढे पछाडी बाट दर्शन गर्न मानेकी थिईन--लाईन लाग्छु भन्दै थिई। लाईन लागेर अब कैले कैले। अनि अरु बेला भए चन्द्न-सुन्दरी खोजिन्थ्यो--- त्यो दिन जो ओर्लियो दर्सन गरेर सिंढीबाट उसै सँग चन्दन मागे मैले। बाग्ङेलाई नी दिनु पर्यो चन्दन भन्या एउटी फेला पारीसकेछ उस्ले।

आभा म सँग उभिएकी थिई, बाङ्गे चन्दन लाउँदै थ्यो केही कदम पर। चन्दन म सँग पनि थ्यो। बाङ्गेले देला चन्दन पैला भनेर मैले आभा तिर चन्दन तेर्साएँ। उस्ले चन्दन र म दुबैलाई हेरी।  मलाई के सुर चल्यो, मन मनै जय शम्भो! भनेर उस्ले हात लम्काउनु अघि नै चन्दन लाईदिएँ। त्यो बाङ्गेले पनि देख्यो। मैले चन्दन लाईदीए पछी उस्ले टाउको झुकाई।

"टीका लाईदिएँ--खै त भेटी?" जे पर्ला पर्ला भनेर सोध्दें।

"दिम्ला नी" उस्ले भनीं।

बाङ्गे आईपुगी हाल्यो। बाङ्गे सँग भाको चन्दन चै उस्ले घरमा नी दिन्छु, अनि नेपालगन्ज लान्छु भनेर बोकी।

पशुपतीमा दर्शन पछी चिया चुरोट तान्ने गरेको। चुरोट त आज बर्जेत थ्यो। चिया पनि उ नखाने भन्न थाली। घरै जाम भनी।

बाटोमा बाङ्गेले फेरी यो हजुर्बा र त्यो हजुर्बा, यो फुपु र त्यो फुपु भन्दै छेउ न टुङ्गाको (मेरो लागि) कुरा गर्दै लग्यो। यी मान्छे जो जो भए नी खडकुलाँ पानी खन्याउँदा चिन्छन मलाई नी भनेर चित्त बुझाएँ। के गर्नु।

बाङ्गे र मैले उस्लाई घर पुर्याईदेम। निधारमा मैले लाईदेको चन्दनले सिउँदो उस्को छुँदो थ्यो।

भात नखाई आउन दिएनन। बाङ्गेको घराँ फोन गर्दे। मेरो घराँ नी जड्या थ्यो रातो फोन हालसालै। त्यसमा नी घण्टी बजाईदीए।

दरो गोदीयो मासु भात। घरमा काका काकी हजुरबा, हजुरामाको परेड चलको चलेई। यसो केई मनको कुरा आफ्नो सुराँ गर्न पा हैन।

भात गोदे पछी हामी हिन्न ला थेम, आभाले दाई सँग एउटा फोटो खिच्छु भनी। घरमा लगेर सबैलाई देखाउँछे रे उता नेपालगन्जमा । बाङ्गे सँग उ उभिई। काकाले ल्याए क्यामेरा। म नी टाँस्सीन जान भएन। मन त थियो नी।

एउटा फोटो खिचे पछी, "दाइको एउटा खत्तम साथी पनि रे छ भनेर चिनाउन हुन्छ ल, भन्दै बाङ्गे भए पट्टी गएर उभिएँ म पनि। मन त आभा सँग उभिने थियो तर के गर्नु। काकाले हाँसेर फोटो खिचे। पछी त काका काकी हजुरबा हजुर आमा जम्मै आए फोटोमा। त्यती गर्दा नी एउटा फोटोमा आभा सँग उभिने जोहो परेन।

ठुलठुलो स्वरमा उनीहरु हाँस्दै कुरा गर्दै थिए। मैले बाङ्गे नजिकै पुगेर सानो स्वरमा "मलाई खुत्रुक्कै पार्यो ---" मात्रै लय हालेर के सुरु गरको थिएँ उ बिच्केर गयो मान्छेहरु सँग मिसिन।

यसो सेन्टी कुरा गरुम्ला आभा सँग बिदा हुँदा भन्या किन पाईन्थ्यो। तै पनि उस्को निधार तिर हेर्दै यो चन्दन भोली मेटीए पनि फोटोमा त मेटीदैन होला नी" सम्म भन्न चै मौका पारें। उस्ले एकटक हेरेकी थिई मलाई मैले त्यसो भन्दा।

आभा जान्छे भनेर मन उदास त थ्यो तर फर्किन्छे भनेर खुसी पनि।

बिदा भएर बाटो लागियो। मैले बाङ्गेलाई धन्यबाद दिएर भनें, "हेर बाङ्गे तैले ठुलो गुन लाईस -- म पनि बैगुनी मान्छे हैन-- यता आफ्नो सँगै फोटो खिच्न त्यस्तै उस्तै भयो तर अब पाण्डे सुन्दरी र तेरो चै म खिच्ने ब्यबस्था मिलाउँछु।"

बाङ्गे फिस्स हाँस्यो।

"तैले उस्लाई आभा भन्छस भनेर भन्दीएँ, मैले।" बाङ्गेले सुनायो।

"अनि के भनी त?" मैले उत्सुक भएर सोधें।

"मेरो न्वारन गर्ने त्यो को?" भनी। बाङ्गेले गम्भीर भएर भन्यो।

"सत्ते?" मैले झस्केर सोधें।

"असत्ते" बाङ्गे हाँस्यो।

-------
दुई चार महिना अघि म नेपाल गएको थिएँ। नेपाल जाने बाङ्गेलाई नभेटने कुरै भएन।

म पुगेको पहिलो शनिबार थ्यो, मैले बाङ्गेलाई फोन गरेर "आज भाटभटेनी जाम यार" भनें।

"अहिले खुल्या छैन--तँ आईस रे भन्दैमा बेला न कुबेला खोल्छ? " भन्यो।

"तँलाई भनेर--मन्दीर के को बन्द?" भन्या ए! म त सुपर मार्केट भन्ठान्या भन्यो। ल म एकै छिनमा आउँछु भन्यो।

उस्ले यत्रो अजंगको एस् यु भी किनेको रे छ --त्यै लिएर आउँथ्यो। आज त्यो देखिन।

"के मा आईस तँ?" भन्या "पैदल" भन्यो।

"किन?" भन्या "आज पुराना दिन जिउन मन् लाग्यो" भन्यो।

भाटभटेनी दर्शन गरेर फर्किदै थेम। एक ठाउँमा म टक्क उभिएँ "यार बाङ्गे, यहाँ अझै आउछ बस? तँ खलासी हुन खोज्या थिस नी?" मलाई हाँस उठ्यो।

म भन्दा जोड सँग उ हाँस्यो। "क्या सम्झाईस यार" भन्दै।

"के रे त्यस्को नाम?--- पाण्डे हैन? त्यो सुन्दरीको के छ हाल खबर अचेल?" सोधें।

"त्यो पाण्डे त अहिले के भै कुन्नी -- दुई चोटी बिहे गरी सकी यार तेल्ले त" बान्ङ्गेले सुनायो।

"दुई दुई चोटी गर्दा नी तेरो चै पाली अझै आको रैन्छ उस्को लिस्टाँ -- मैले त मामाघरमा चक्कर लाई लाई कुरा मिलाईदेको थिएँ--के गरीस तैंले?"

"गर्या त त्यै माया हो मैले नी ---पछी तँ र तेरो माया लिएर काँ जाने हो मर्न ती जा भनी" त्यस्तै भो। धेरै माया गर्न नहुने रे छ कसैलाई नी --चिनी धेरै भयो भने तीतो हुन्छ भन्थे--त्यै भाको होला" बाङ्गेले हाँसेर भन्यो।

मैले त्यो बस स्ट्पको वरीपरी हेरें। समय कहाँ बाट कहाँ पुगी सकेको थ्यो। "ती दिनहरुको सार्है माया लाग्छ यार बाङ्गे मलाई" मैले सायद भाबुक भएर भनें।

उस्ले उस्को फोन झिक्यो अनि कस्लाई हो फोन गर्यो "पूर्णदाई, के गर्दै हुनुहुन्छ?"

उताबाट कस्ले के भन्यो, बाङ्गेले त्यो पूर्णदाईलाई हामी भा ठाममा आउनु भन्यो।

"को पूर्णदाई भन्या? किन बोलाको?" भनेर सोध्या।

"पशपती जाम यार, मैले गाडी मगाको। आज दिन पनि शनिबारै हो। पुरानै दिनमा फर्किम केही बेरलाई भए पनि।" उस्ले भन्यो।

"पैला काँ मोटर चढेर जाने गरेको थ्यो त?" मैले सम्झाएँ।

"थाह् छ" उस्ले भन्यो। "तर नया दिनमा चढेर पुरानो दिन जाने क्या!"

एकै छिनमा आयो उस्को मोटर। मोटरमा उ र म पछाडी बसीम। उस्ले चुरोट सल्कायो। मैले भने "चिया खान मन लाग्यो यार"।

उस्ले एकै छिन खै के सोच्यो, अनि भन्यो "ल पख म तँलाई सलिड ठाउँमा लिएर जान्छु मेरो एउटा काम पनि छ" अनि ड्राईभर तिर हेरेर भन्यो "पूर्णदाई, कपन जाम"

गाडी बिशालनगर तिर लाग्यो। बाङ्गेले फोने झिकेर को सिद्दार्थ भन्ने सँग कुरा गर्न थाल्यो। उस्ले फोन राखे पछी मैले भनें "काँ कपन गै र नी -- एक कप चिया खान-- फेरी को यो सिद्धार्थ भन्ने?" सोधें।

"पैले एघार नम्बरमा हिन्दा पो कपन काँ हो काँ अहिले त एकै छिनमा आउँछ हेर्न--"

"अनि सिद्दार्थ भन्ने को नी? मलाई नौलो मान्छे भेटन मन थिएन।

"तैले चिन्दैनस -- धेरै बेर लाग्दैन--त्याँ कपनमा क्या खतरा चिया भेटीन्छ--तँलाई चित्त बुझेन भने मलाई भन्लास-- बरु तैले पूर्णदाईलाई चिनिनस?" उस्ले ड्राईभर तिर हेर्दै भन्यो।

ड्राईभरले ऐना मिलायो--म तिर हेर्यो अनि मुसुकुराउँदै भन्यो मैले त चिनें।

उस्ले चिनें भने पछी मैले पनि नियालें।

"दाई यता आउनु त" बाङ्गेले ड्राईभरलाई भन्यो।

मोटर बिशालनगरबाट अघि बढ्दै थ्यो। त्यो बसन्त सम्सेरको दरवार काटेर अघि लागेको थ्यो--उता कुमारी--टुण्डालदेवी जाने बाटो छुट्टीने ठाउँमा पुगेर ड्राईभरले गाडी रोकेर ओर्ले अनि मेरो छेउ आएर उभीए।

उनी मुस्कुराईरहेका थिए। मैले फ्याट्टै चिनें।

"ए, तपाईँ त्यै बसको ड्राईभर हैन?" एक्कासी मेरो आबाजमा उत्सुक्ता बढ्यो।

"अब मलाई खलासी राख्नु न भन्दा भन्दा टेर्या हैन" बाङ्गेले हाँस्दै भन्यो।

हामी सबै हाँसीम्। रमाईलो भयो।

"मैले पूर्णदाईलाई तेई भएर बोलाको क्या, पुराना दिनमा फर्किने भन्या हैन?" बाङ्गेले भन्यो। "कस्तो लाग्यो त?"

"गज्जब!" मैले भनें।

मोटर रिंगरोड तिर बढ्दै थ्यो ---"आभाको के छ हालखबर?" मैले सोधुम कि नसोधुम गर्दा गर्दै सोधें।

"अर्काकी श्रीमतीको हालखबर तँलाई किन चाहियो?" उस्ले भन्यो।

"नेपालगन्जबाट त फर्किदै फर्किन, ए!" मैले भनें।

उ हाँस्यो। म पनि।

अनेक थरी अरु कुरा भए।

बाङ्गेले सिद्दार्थ भन्नेलाई फेरी फोन गर्यो कपन पुग्ने बेलामा।

एउटा भब्य घर अघि लगेर मोटर रोके पूर्णदाईले।

"म यही बसीरहन्छु, तेरो के काम हो छीटो सक--चिया खान जाने कता हो --पशपती जानु पर्ने --फेरी घर बाट फोन आउँछ ऐले।" मैले भनें।

बाङ्गेले "हुन्छ मोटरमै बसीराख म एकै छिनमा आउँछु" भन्यो र घर भित्र लाग्यो।

पूर्णदाई मोटरमै थिए। म उनी सँग कुरा गर्न थालें। मनमा एउटा कुरा लागेको लागेकै थियो। निर्क्यौल गर्नु पर्यो भनेर पूर्णदाईलाई सोधे, "दाई यो सिद्दार्थ भन्नेको श्रीमतीको नाम आभा हो?" मुटु ढुक ढुक हुँदै थ्यो जोडले मैले यो प्रश्न सोध्दा।

पूर्णदाईले म तिर पुलुक्क हेर्दै भने "होईन"।

मन हलुम भो।

बाङ्गे आयो, संगै अर्को मान्छे पनि आयो। सिद्दार्थ भन्ने त्यै होला।

उनीहरु मोटर तिर आएको देखे पछी म पनि मोटरबाट ओर्लें। बाङ्गेले मलाई चिनायो। हात मिलाएँ त्यो मान्छे सँग। एउटी ५/६ बर्षकी केटी पनि दौडीदै आई।

बाङ्गेले, "आभा, अंकललाई पनि नमस्कार गर" भन्यो।

म त झस्किएँ।

बाङ्गेले हाँस्दै भन्यो, "ल ल हिन भित्र, सुकीर्तीले चिया बसाली सकी -- क्या खतरा चिया बनाउँछे-- यता मिठो भएनछ भनें अन्त पनि जाम्ला"।
-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------


 
Posted on 04-06-12 3:05 PM     [Snapshot: 7080]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Superb. I salute u Deep Sir.
 
Posted on 04-06-12 3:18 PM     [Snapshot: 7090]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दीप जी, long weekend होइन हजुर को?? यो weekend मा चाही कथा को अर्को भाग पनि लेख्नु पर्छ है !!! सारै राम्रो छ ल !!
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters