[Show all top banners]

jhaukiri
Replies to this thread:

More by jhaukiri
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Shitasma

Jalparri
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 दाई उठ्नुस ...बिहान भयो !!
[VIEWED 6241 TIMES]
SAVE! for ease of future access.
Posted on 03-19-13 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 दाई उठ्नुस ...बिहान भयो !!
 
दाई उठ्नुस ...
बिहान भयो |
रुखका चराले चिसो सिरेटोलाई
सुरिलो धुन बनाएर गाउन थालिसके..
बुढो सुर्य पनि जुर्मुराऊदै अजंगको पहाड चडदैछ 
दलिनमा घुसारेको बीऊ लिऊ 
र छरौ 
स्वतन्त्रताका सासहरु ........!!
 
थकानले चुर भएर सुत्नु भा"को होला........ 
प्रतिगमनका डल्लाहरु फोर्दा फोर्दै  तंपाईका
हातमा उठेका ठेलाहरु नदेखेको होइन....
कुलोमा बगेको रगतको खहरे भित्र आफ्नो 
प्रतिबिम्ब खोज्न थामिएका आँखाहरु ...
अब उघार्नुस ....
बिहान भयो !!
 
कसरी लड्नु भो त्यत्रा भुसतिघ्रेसंग...... 
हाम्रै मासु खाएर ..हामीलाई लिलिपुटका 
आदिम मानिस बनाउने ती असत्तिहरुसंग  
हामीभन्दा एक वर्गमाथि उठेकाहरु 
आज लाखापाखा लागेका छन् .....
तोरीका गेडा जस्तै यता उता भागेका छन् ........
हिजो रातभर मुक्तिका असिनाहरु बर्सिए..
उठ्नुस दाई........ आज अराजकताको भेल रोक्नु छ !!
 
धेरै भयो............ तंपाई यसरी नसुतेको,
घामको सिरानी हालेर,
अगेनाको खरानी फालेर
त्यही घामको किरणमा परिबर्तनको राप आ'को छ 
खरानीको लप्को नै त सर्बब्यापी भा'को छ 
त्यसैले दाई उठ्नुस ...
पोको पारौं ..........
जलेको देश !!!!!!!!!
 

 
Posted on 03-19-13 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भाई !
चारैतिर अन्धकार मात्रै देखिन्छ नि ?
यो कस्तो बिहान हो ?

 
Posted on 03-20-13 10:07 AM     [Snapshot: 193]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हजुर को कविताको पारखी हो....यो पनि राम्रो लाग्यो  .... मेरो मनले नि अलिकति फत्फतायो है.....गल्ति माफ पाम 

 अन्धकारको घुम्टो उघार्नुछ
देशलाइ रगत र आतंकको कडीबाट फुकाउनुछ 
दाइ ले भाइ लाइ काटेर माथि उठेको हैन्स्याको क्रान्ति 
रक्तिम आहाल अनि भ्रस्ट मुकुटबाट पन्छाउनुछ
दाइ उठ्नोस न ...अब बिहानी भएकोछ 
दाइ पुच्नोस न ...आमाको निर सरिता सारै बिझाएकोछ 

- थाने 

 
Posted on 03-20-13 3:15 PM     [Snapshot: 318]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तंपाईले देखेको बिहान तुँवालो लागेको दिन पर्यो जस्तो छ ........!
 अमेरिकन चस्माको कमाल हो !! हाहाहाहा........
Last edited: 20-Mar-13 03:16 PM

 
Posted on 03-21-13 10:03 AM     [Snapshot: 486]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 And  as always ..Thahachhaena bro...i aprreciate your kind words
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters