[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Dolpa Robbery
[VIEWED 6640 TIMES]
SAVE! for ease of future access.
Posted on 09-10-15 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डोल्पा जिल्लाको भिजेर गाबिसको कुगाउको २४ घरधुरी पुरै गाँउ दुई साता अगाडी शसस्त्र हतियार धारी समुह द्धारा कुटपिट गरी लुटपाट गरिएको छ । दुई साता अगाडी डोल्पा जिल्लाको सदरमुकाम देखी हिडेर जादाँ करिब एक साता भन्दा बढी लाग्ने भिजेर गाबिसको कुगाउमा लुटपाट भएको हो ।

भिजेर गाबिस वडा नं ९ कुगाउका पेम्बा तेन्जेन गुरुङ्ग , पाल्जाङ्ग गुरुङ्ग र निमा निक्याल गुरुङ्ग हप्ता दिनको पैदल यात्रा पछि केही सहयोगको आशामा जिल्ला सदरमुकाम दुनै पुगेका छन ।

ku gaun dolpa

पिडितका अनुसार मध्याराती एक्कासी शसस्त्र हतियार सहितको १८ जनाको समुहले गाउँका स्थानिय बासिन्दाहरुलाई आधुनिक हतियारहरु द्धारा अन्धा धुन्दा हवाई फाएर गरी मरणासन्न गरेर कुटपिट गरी सबै गाउका घरहरु पालैपालो लुटेर लिएको बताए ।

पिडित गुरुङ्गका अनुसार गाउघरमा भएका पुखौ देखी राखेका बहुमुल्य चाँदीका गरगहना , बहुमुल्य भोटे जातीले लगाउने मालाहरु भोटे खाममा ( चुरु ) महङगो क्यामरा , नागरिकता ,गुम्बाका पुराना धार्मिक पुजा आजामा चाहिने पौराणिक सर-समानहरु (घण्टी – ढिल्बु ) लगाएत घरयासी समानहरु सबै लुटपाट गरेको पिडित पेम्बा तेन्जेन गुरुङ्गले बताए ।

लुटपाट भए देखी अहिले स्थानिय बासिन्दहरु त्रसित बन्दै आएका छन । पिडितहरुले जिल्ला प्रसासन कार्यलय डोल्पामा पुरै गाउ चोरी भएको भन्दै उजुरी तथा सहयोगको लागि मंगलबार डोल्पा सदरमुकाम दुनैमा हप्ता दिनको पैदल यात्रा पछी पुगेको बताए ।

पुरै गाउनै लुटिएकोले कति लुटपाट भएको भन्ने एकिन गर्न नसकेको बताए । उनका अनुसार गाउको पुरै महत्वपुर्ण र बहुमुल्य सरसमान, धन सम्पती लुटेर लगिएको थियो । घटनामा कति क्षति भएको भने एकिन हुन सकेको छैन । यता घटनाको बारेमा बुझ्दा घटनाको कुनै जानकारी नभएको जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।


 
Posted on 09-10-15 8:51 PM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting how some people put their last name Gurung after they came form Tibet. I am Gurung and I hate this when mannges, lamas and other tibetans steal our Gurung identity.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters