businesstycoon
More by businesstycoon
What people are reading
Subscribers
Please log in to subscribe to businesstycoon's postings.
:: Subscribe
|
जस्तो सुकै, जतिसुकै क्रुर शासक भएपनि इतिहास
|
[VIEWED 8062
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
businesstycoon
Please log in to subscribe to businesstycoon's postings.
Posted on 01-02-16 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राष्ट्रवादको कुरा आउँदा अधिकांसको हृदयमा राष्ट्रवाद हुन्छ, कसैले खुलेर प्रकट गर्दछ त कोहि खोल्दैनन, कसैले लेखेर त कसैले भाषण गरेर प्रकट गर्दछन । कसैले नारा जुलुस गरेर त कोहि शहिद भएर । आ-आफ्नो तर्फबाट सबै राष्ट्रबादी हुन् । याद आउँछ मलाइ ती दिन, ढाका टोपी लाउने ब्यक्ती पाखे कहलिन्थ्यो तर अहिले आएर राष्ट्रबादी कहलिन एकदिन भए पनि टोपी लाएर फेसबूकमा फोटो राख्न पर्ने भयो । तर दु:ख लाग्छ हामी नेपालीलाई टोपी लाउन पनि टोपी दिवस कुर्नु पर्ने भएछ । ढाका टोपीको बिरोधी होइन म, गर्व गर्छु टोपी लाउनलाई, मन पर्छ नेपाली पन र नेपाली संस्कार किनकि यो मन त नेपाली हो । सलाम छ सबैलाई एकदिन भए पनि टोपी लगाएर राष्ट्रियताको पहिचान गराएकोमा । आधुनिक र नामले मात्र गणतान्त्रीक सरकारले संविधानबाट हटाइएका पोशाक र टोपीलाई जनताले स्वस्फुर्त रुपमा मान्दै आउँछ भने बिरोध पनि किन गरिरहनु र ? बरु ससांक दाइले जस्तै शेर्पा समुदायको प्रतिनिधित्व झल्काउने टोपी लाएर आफ्नो समुदाय र क्षेत्र प्रति गर्व गर्न जति पनि हुन्छ तर राष्ट्रियता प्रति आघात पुग्ने काम नगरियोस । अर्को कुरा पञ्चायत कालमा शुरु भएको झण्डा, टोपी र पोषाक फेर्नुपर्छ भन्ने कुरामा बिवाद किन गरिरहनु पर्यो र ? राणा शासन, पञ्चायत शासन मन परेन जनतालाई अनि अझ भन्दा नेतालाई । त्यतिबेलाका अधिकांस शासकहरुलाई कसैले मन पराएनन । राजा र राजतन्त्रसँग जोडिएका नामबाट राखेका बाटाघाटाका नाम, दरबारका नाम, शहरका नाम, नदीका नाम, पाटि-पौवाका नाम मन परेन हाम्रा गणतान्त्रीक नेताहरुलाई । फेरे सबै कुराका नाम । तर अचम्म लाग्छ तत्कालिन राणाकालीन दरबार सिंहदरबारमा बसेर सत्ता चलाउन र पुस्तौ पुस्तासम्म पुग्ने धन आर्जन गरी जनतालाई लडाउन लाज लाग्दैन यी गणतन्त्रे नेतालाई ? किन बनाउदैनन नयाँ गणतान्त्रीक सिंहदरबार ? जस्तो सुकै, जतिसुकै क्रुर शासक भएपनि इतिहास मेटाउनु हुन्न, शालिक फुटाउनु हुन्न किनकी भावी पुस्तालाई इतिहास पढ्ने र जान्ने मौका मिल्नु पर्छ, अनि ईतिहास सम्पत्ती हो जसको जगेर्ना गरिनुपर्दछ
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NOV 18th TPS DAY |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| EAD Filing |
| अब के हाेला त? |
| Funny when Nepalis talk about Epstein and injustice |
| Work Permit |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| H1B |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|