[Show all top banners]

sunile
Replies to this thread:

More by sunile
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पशुपति र स्वयम्भूका ९७% बाँदरमा क्यान्सर र एड्स
[VIEWED 16442 TIMES]
SAVE! for ease of future access.
Posted on 03-12-17 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँदरको टोकाइबाट मानिसमा सर्ने खतरा
tata

पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ। केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ।

-३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो। विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो। जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए। अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी-एड्सको उच्च जोखिममा छ।

-‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन्। उल्टै मानिसलाई आक्रमण गर्न आउँछन्। यस्तो अवस्थामा मानिसलाई चिथोर्यो‍ वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो‍ भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभी-एड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भने।

नयाँ भाइरसको जोखिम

कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ। रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ। तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा योभन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस फेला परेको डा. पुनले बताए।

हेर्पेस बी भाइरस : यो भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ। यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ।

सिमिनियम ४० भाइरस : बाँदरको पिसाबमा अत्यधिक पाइने भाइरस हो यो। ३९ मध्ये ३५ बाँदरमा सिमिनियम ४० भाइरस पाइएको थियो। यही भाइरसले क्यान्सर लाग्न महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइएको छ।

सिमिनियम फोमिग भाइरस : यो भाइरस बाँदरले टोक्दा लाग्ने र्या‍ल वा चिथोर्दा सर्ने गर्दछ। यो भाइरस क्यान्सर र एचआइभी-एड्ससँग सम्बन्धित रहेको र नेपाली बाँदरमा ९७ प्रतिशत देखिएको छ। चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या हो।

सिमिन इमुनोदिफिसिन्सी भाइरस : यो पनि बाँदरले टोक्दा वा बाँदरको रगतबाट सर्ने गर्दछ। मानिसमा देखिँदै आएको एड्स पनि यही भाइरसको परिस्कृत रूप मानिन्छ।

रेबिज भाइरस : यो भाइरस पनि नेपाली बाँदरमा देखिएको छ। तर, हालसम्म मृत्यु भएको तथ्यांक छैन। त्यसैले रेबिजविरुद्धको खोप दिने गरिएको छैन। ‘हुँदै नहुने भन्ने होइन, एकैपटक धेरै मानिसलाई टोकेको अवस्थामा खोप दिनुपर्ने हुन्छ,’ डा. पुनले भने।

सहरका बाँदरबाट बढी समस्या

डा. पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए। अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताए। यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ। ‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन्। उनीहरूले जुनसुकै समयमा बाटोमा हिँडिरहेका मानिसलाई टोक्न सक्छन्। यस्ता बाँदरमा क्यान्सर र एचआइभी-एड्सको भाइरस रहेको पाइयो। त्यसैले बाँदरसँग जिस्कने र खानेकुरा दिनबाट टाढै बस्नुपर्छ,’ डा. पुनले नयाँ पत्रिकासँग भने।

शुक्रराज अस्पतालमा दैनिक पाँचजना बिरामी

बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन्। तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा. पुनले बताए। ‘बाँदरको टोकाइबाट हुने यस्तो रोगबारे कसैलाई जानकारी थिएन। हामीले पनि बिरामी आउँदा रेबिजको मात्र सुई लगाउने गरेका छौँ। तर, यो अनुसन्धानले सबैलाई सोच्न बाध्य बनाएको छ,’ उनले भने। तत्काल असर नगरे पनि दीर्घकालीन रूपमा यसले असर गर्ने उनको भनाइ छ।

बाँदर र मानिसमा उस्तै रोग : वन्यजन्तुविज्ञ

वन्यजन्तुविज्ञ डा. मुकेशकुमार चालिसेले बाँदर र मानिसमा उस्तै रोग हुने गरेको बताए। ‘पशुपति र स्वम्यभूका बाँदर एकै प्रकारका हुन्। पशुपति र स्वयम्भूमा गरी नौ सयको संख्यामा बाँदर छन्। आहारको हिसाबले त्यो अत्यन्तै धेरै संख्या हो। यसको व्यवस्थापनमा सरकार लाग्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने। ५० बाँदरको क्षमता भएको पशुपति र स्वयम्भूमा नौ सय बाँदर हुँदा आहारको अभावमा उनीहरूले मानिसलाई आक्रमण गर्ने गरेको र त्यसबाट मानिसमा रोग सर्ने जोखिम रहेको उनले बताए।

‘मानिसमा जस्तै बाँदरलाई पनि जुका पर्ने, शरीरका विभिन्न भागमा दाद देखिने, ज्वरो आउने, निमोनिया हुने, झाडापखाला लाग्ने, क्यान्सर हुने, एचआइभी-एड्सको संक्रमण हुने गर्दछ,’ डा. चालिसेले भने, ‘धनुष्टंकार बाँदरमा पनि हुन्छ, यसले बाँदरलाई कुनै असर गर्दैन, तर बाँदरबाट मानिसमा सर्न गएमा केही समयमै मानिसको मृत्यु हुन्छ।’

यसरी गरिएको थियो अनुसन्धान

पशुपति र स्वयम्भूमा छुट्टाछुट्टै बसेका बाँदरलाई समातेर परीक्षण गरिएको थियो। खानेकुरा दिँदा आउने भएका कारण पनि मन्दिर आसपासका बाँदरमा अनुसन्धान गर्न सहज भएको थियो। बाँदरको पिसाब, रगत, र्या‍ल परीक्षण गरिएको डा. पुनले जानकारी दिए। सो परीक्षणपछि मात्र बाँदरको टोकाइबाट क्यान्सर र एचआइभी-एड्सको जोखिम हुने पत्ता लागेको हो। नेपालका बाँदरमा क्यान्सर र एचआइभी÷एड्सको भाइरस रहेकाले सचेत बन्न वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले सचेत गराएको पुनले बताए।
Hundai
fasino
प्रकाशित मिति: सोमबार, फाल्गुण ३०, २०७३ ०५:२०:१८
प्रतिकृया दिनुहोस
- See more at: http://setopati.com/chapa-bata/64825/#sthash.uiD0M8nl.dpuf
 
Posted on 03-13-17 10:37 AM     [Snapshot: 1928]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is absolutely possible, as rhesus monkey serve as a suitable host for such viruses.
But when comes to scientific and health related news, its better to quote the primary source along with it. Not "Setopati" or "Kaalopati", where the even general news can't be trusted in the very first place.
 
Posted on 03-13-17 10:44 AM     [Snapshot: 1992]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

It is absolutely pathetic that news agencies making a fuzz about a study which was done more than 10 years ago and making it sound like it is emergency.
Just so you know this article was published more than 10 years ago
https://wwwnc.cdc.gov/eid/article/12/6/06-0030_article


I agree there is a problem but don't make it sound like it will kill all people in Nepal and at least mention some reference like CDC.
 
Posted on 03-14-17 8:25 AM     [Snapshot: 4773]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If this article is ten years old, then the issue must have gotten only worse. Nobody in Nepal knew when this article was published in 2006. What's the matter with the government and people of Nepal? In my opinion, this is a very serious issue but nobody seems to be worried or concerned.
 
Posted on 03-14-17 9:39 AM     [Snapshot: 4986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ignorance is blessing and government do not want to publicized it. If they do they have to work on it.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters