भर्खर प्राप्त समाचार अनुसार माओवादी र सरकार तथा सातदल विच सहमति कायम भई प्रधानमन्त्री सहित आठैदलका नेताहरुले सयुक्त हस्ताक्षर गरेका छन । आज भएको सहमति १५ वुदेमा विभक्त गरिएको छ ।सहमतिमा मुख्य रुपमा निम्नाअनुसार रहेका छन ।
+ वुदे सहमतिमा प्रधानमन्त्री सहित आठैदलका नेताले हस्ताक्षर गर्ने
+ राजतन्त्रका विषयमा संविधान सभाका माध्यमवाट गर्ने र संविधान सभाको पहिलो वैठकले यसको निर्धारण गर्ने
+ माओवादीको सेनाका व्यवस्थापनका लागि मसिर ५ गते भित्रमा माओवादी सेनालाई व्यवस्थापन गर्ने जन अनुसार ७ डिभिजन तथा २१ व्रि्रेडमा व्यवस्थित गरिने राखिने छ ।
+ मसिर १५ गते भित्रमा अन्तरिम विधान जारी गरिने
+ . कार्तिक ३० गते भित्रमा माओवादी र सरकारका विचमा शान्ति संझौतामा हस्ताक्षर गरीने
+ निर्वाचनमा १८ वर्षो उमेरलाई मताधिकार प्रदान
+ .मसिर १५ भित्रमा अन्तरिम व्यवस्थापिका गठन गरिन
छ । त्यसै दिन पुनस्थापित प्रतिनिधि सभा र राष्टिय सभालाई विधटन गरिने छ ।त्यस पछि कायम हुने अन्तरिम
+ व्यवस्थापिकामा ३३0 सदस्य रहने छन जसमा ७५ जना नेपाली काग्रेसवाट , माओवादी र एमालेलेलाई ७३ ७३ , नेपाली काग्रेस प्रजातान्त्रिकलाई ४२ र वाकी अन्यवाट सयोजन गरिने ।
+निर्वाचनका लागि मिश्रीत निर्वाचन प्रणाली अपनाइने ।
+संवैधानिक अदालत गठन गरिने
इत्यादि रहेका छन