aarigato
More by aarigato
What people are reading
Subscribers
Please log in to subscribe to aarigato's postings.
:: Subscribe
|
[VIEWED 2016
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
aarigato
Please log in to subscribe to aarigato's postings.
Posted on 07-11-08 1:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वनमन्त्री मातृका यादवले एक जना कर्मचारीलाई शौचालयमा थुनेपछि कर्मचारी क्षेत्रमा ठूलो हलचल मच्चिएको छ । मन्त्री यादवले प्राकृतिक पर्यावरण बिगारेको आरोपमा ती कर्मचारीलाई थुन्नु भएको थियो । तर, उहा“को यो कार्यले देशको प्राकृतिक पर्यावरण बनाए पनि कानुनी पर्यावरण भने नराम्ररी नै बिगारेको छ । यस कार्यका लागि धेरैले मन्त्रीज्यूको विरोध गरे । तर, मलाई लागिरहेको छ, यसमा मन्त्रीज्यूको विरोध गररिहनुपर्ने कुनै कारण छैन । मन्त्रीज्यू जो हुनुहुन्छ, उहा“ वनमन्त्री हुनुहुन्छ । वनलाई जङ्गल पनि भनिन्छ । अतः उहा“लाई जङ्गलमन्त्री पनि भन्न सकिन्छ । जङ्गलमन्त्री भन्दा नेपाली व्याकरणमा अशुद्ध हुन सक्छ । त्यसैले जङ्गली मन्त्री भन्नुपर्ला । अब भन्नोस्, जङ्गली मन्त्रीले जङ्गली व्यवहार देखाए भनेर किन आपत्ति गर्ने - जसको कामै जङ्गलको हिफाजत गर्नु हो ।
जङ्गलको हिफाजत गर्नु भनेको रूख-बिरुवाको मात्र हिफाजत गर्नु होइन । जङ्गली स्वभाव, जङ्गली पारा, जङ्गली प्रवृत्ति र जङ्गली कानुनको पनि हिफाजत गर्नु हो । शौचालयमा थुनेर मन्त्रीज्यूले जङ्गली कानुन र जङ्गली स्वभावको हिफाजत गर्नुभएको छ । के यसका लागि मन्त्रीज्यूलाई बधाई दिनुपर्दैन ?
मन्त्री यादवज्यूले यस्तो कार्य यसभन्दा पहिले पनि गर्नुभएको थियो । वास्तवमा यस्तो कार्यक्षमता देखेरै उहा“लाई पटक-पटक जङ्गलमन्त्री बनाएको हो । हामी आशा गर्न सक्छौ“, मन्त्री यादवको कार्यकालमा नेपालको जङ्गल मात्र होइन, जङ्गलभित्रका रूख-बिरुवा मात्र पनि होइन, जङ्गलको स्वभाव, जङ्गलको प्रवृत्ति, जङ्गलको कानुन र जङ्गलको संस्कृति पनि सुरक्षित हुनेछ । पर्यावरण संरक्षणवादीहरू यसमा के भन्न चाहन्छन्, कुन्नि !
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Toilet paper or water? |
TPS EAD auto extended to June 2025 or just TPS? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
मन भित्र को पत्रै पत्र! |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
advanced parole |
TPS Renewal Reregistration |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Guess how many vaccines a one year old baby is given |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
Tourist Visa - Seeking Suggestions and Guidance |
Sajha Poll: Who is your favorite Nepali actress? |
Biden said he will issue new Employment visa for someone with college degree and job offers |
Why Americans reverse park? |
Nepali Passport Renew |
Driver license help ASAP sathiharu |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|