[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उही अतितका सम्झना

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE: <<  1 2 3  
[VIEWED 25034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-19-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा उही पुरानो। म र मेरी पूजा को। पूजा गम्भिर मुद्रामा आइपुगी मेरो घरमा। टिउसन पढ्नु पर्‍यो भन्दै। आज अचानक कसरी पढाई प्रती दया लागेछ, अचम्मै लाग्यो।
"हुन्छ, मलाई पैसा तिर, सबै बिषयको को पढाई दिन्छु टिउसन"---पाएको बेला फुर्ती झार्देको नि।
 
"ह्या नकरान घरबाट बाहिर निस्किनु पर्‍यो मलाई"---उस्को जहिले गुनासो  त्यही हुन्थ्यो। कस्तो अचम्म घरमा त फिटिक्कै बस्न मन नलाग्ने।
 
कुरा के भएछ भने उस्को बाबाको सरुवा काठमाडौं मै भएछ। बाबा अफिस बाट घर आइपुग्दा उ घरमा हुनु पर्ने। शनिबार र आईतवार त कतै जान्छु भनेर नसोचे पनि हुने। बाबा आमा दुबैले कडी कडाउ गर्न थाल्नु भएछ। तेत्तिका बर्ष सम्म हरेक दिन स्वतन्त्रता दिवस मनाइरा पूजालाई बिचरा तेत्रो घरको बन्धन। हुनत उस्ले मनाएका ति दिवसका उर्तीहरुमा आफु पनि अन्न धुन्न कती हिंडेकी छु। कती कुरा त हामी बिच नै दबिन्थे, उही दिन बिग्रेर फुस्क्यो भने चै आपत हुन्थ्यो। उस्ले मेरो नाम किन छोड्थी र? जेस्मा पनि "दीपिका र म" त उस्को थेगो नै जस्तो थ्यो। उ फस्दा आफु उम्किउला भनेर त नचिताए पनि हुन्थ्यो। उही माथि बाट कसैले हेरेकै हुनु पर्छ, भगवान ले त के हेर्थे होला र? हजुरबुवा ले हेर्नु भएको हुनु पर्छ, आफु त बाचिन्थ्यो। कुरा घर सम्म आइपुग्नु अगाडि नै आफ्नै मुख ले बाबालाई भन्यो, त्यो पनि भएका कुरा लाई फुल बुट्टा भरेर अनी अन्तिमा चै "बाबा गल्ती भयो" भनेपछी, परेको खन्डमा दुई चार थोपा आशु पनि झारिदियो, जस्तो गल्ती पनि माफ। गल्ती स्विकार्नु नै ठुलो हो भन्नु हुन्थ्यो बाबा अनी उहा को फुल सपोर्ट पाए पछी त ईन्द्र को बाबा चन्द्र नै आए पनि को डराउछ र? तर कहिले चै निकै नरमाइलो लाग्थ्यो बाबाको विश्वाशको फाईदा उठाएको भएर। दुई दिन त ज्ञानी पनि भईन्थ्यो, फेरी समय सँगै कुरा पनि बिर्सी सकेको हुने, फेरी जस्ता को त्यस्तै।  
 
१२ सुरु भएको २ महिना पनि भएको छैन, केस्को टिउसन पढ्ने भन्ने? पूजा चै जुन सजिलो छ त्यसैको पढ्ने भन्छे। कुरा सुन्दै रनक्कै हुने गरेर। उस्को भनाइ अनुसार सजिलो बिषय को पढ्यो भने धेरै मेहनत नगरि राम्रो नम्बर आउछ रे र घरमा देखाउन पनि सजिलो हुन्छ रे। उस्लाई पढ्ने होइन घर बाट बाहिर हुने धुन मात्रै थ्यो।

"हेर घरमा त म बस्नै नसक्ने भईसकेँ। फोन आयो भने बाबाको कोठामा पनि उठेकै हुन्छ, अझ घरी घरी कोठाको ढोका खोलेर चिह्याउने छोरी कोठामा छे कि छैन भनेर"---दिक्क मान्दै भन्दै थिई पूजा। अनुहार देखेर त माया पनि लाग्यो। त्यस्को बाबालाई फुपुहरुले नराम्रो सँग कान भरिदिएछन छोरीलाई ठीक ठाउमा राख भनेर त्यसैले त्यस्तो निग्रानी मा थिई उ। हुन पनि हो हामीलाई अली कडा त गर्नै पर्ने भएको थ्यो। छ चोटि "कुच कुच होता हे" हेर्न जाँदा त्यो पनि छ नै चोटि स्कुल हापेर जाँदा पनि कसैले थाहा नपाएका, त्यस्तो पनि हो त? झन त्यो त उमेर पनि तेस्तै। बिग्रिन के गाह्रो थ्यो र? जे पनि आँफैले भनेको ठीक लाग्ने बेलामा। 
 
मैले आँफैले तेस्लाई अप्सन दिएँ। पढ्ने भए कि फिजिक्स कि म्याथस। उ त दुबै होइन नेपाली पढ्ने भन्थी। हुन त नेपाली पनि कुन्ताको सजिलो हो र तर जती गरे पनि ६० कट्न मुस्किल हुन्थ्यो, घरमा चै थोरै नम्बर आयो भने पनि टेन्सन नहुने रे भन्न। त्यस्ता बठ्याइ मा त कती दुर दृष्‍टि थ्यो भने , चोरको हजार बुद्धी भने झैँ। धेरै बाद बिबाद उठ्यो तर अन्त्य मा गएर म्याथस कै पढ्ने भयौँ। बल्ल तल्ल गुरु भेट्यौ छेत्रपाटिको। उहा सँग नै पढ्ने भयौँ। ग्रुप मा ४ जना थियौ। म, पूजा, चारु र सुशिल। गुरु ले ग्रुप मा ४ जना त चाहिन्छ नै भन्नु भएको भएर। 
 
चारुलाई पूजा ले चिनेकी, महा बौद्धमा बस्थी। कता बाट चिनेकी हो मैले सोधिन। सुशिल चै मारवाडी, अर्को ग्रुप मा बढी विद्यार्थी भएर गुरुले हाम्रो मा लेराउनु भएको थ्यो।  जन्मन चाइ न्यू रोड मै जन्मेको रे तर नेपाली बोली त्यती प्रस्ट थिएन। हुन त हिसाब को टिउसन मा नेपाली किन प्रस्ट चहियो र? बरु हिसाब मा चै छुरा जस्तो रहेछ। छ कक्षा देखी नै बाबा को साडी को दोकान मा हिसाब किताब गरिदिन सुरु गरेको रे, हामीले क्याल्कुलेटर मा उत्तर निकाल्दा उस्को दिमाग ले पहिलेनै निकाली सकेको हुने।
 
त्यो ग्रुपमा मन लगाएर पढ्ने खाली सुशिल मात्रै थ्यो। चारुलाई संगत को अशर त्यती छिटो पर्ला भनेर त सपनामा पनि सोच्न नसकिने कुरा थ्यो तर आफ्नै आँखाले देखियो। गुरुबा ले बोर्डमा हिसाब गरिदिने, प्राय त किताब कै गर्नु हुन्थ्यो, स्कुल मै १० चोटि गरिसकेको हिसाब भनेर कहिले सारीएन। म त नसारे पनि बोर्ड मा हेरी त रहन्थेकी, पूजा त त्यो पनि नगर्ने। गुरुको कोठा चारै तिर हेरेर बस्थी। अनी बाटोमा सुरु हुन्थ्यो कहिले चै "बुझिस गुरु त क्या ह्यन्सी रइछ नि आफ्नो जमानामा, फोटो त खतरा खतरा छ नि भित्तामा" भन्दै। अझ एक्चोटी त "गुरु त भयन्कर रोम्यन्टिक रइछ नि" रे। कसरी थाहा पाइस भनेर सोधेको, "त्यो दराज ले अलिकती छोपिएको फोटो हेर्न गुरुबा र गुरु आमा को क्या पोज छ। अलिकती दराज को कुना बाट चिहाउनु पर्छ, भोली हेर है?"--उस्ले यो भन्दा म चै त्यस्को अनुहार हेरिराथेँ। आँखा चम्काइ चम्काइ सुनाइराथी। त्यस्को ताल देखेर म त मर्नै आँटेकी थिएँ बाटोमै हाँस्दा हाँस्दा, उस्ले त छोपिएको फोटो धरी चिहाउन भ्याइ सकेकी रहिछ। कस्तो निडर।
 
३ महिना टिउसन पढ्दा मुस्किल ले २० पन्ना भरिएको थ्यो होला। उही पढिस भन्दा पढेँ भनेको जस्तो। अन्तिम शनिबार चारुले हामीलाई घरमा खाना खान को लागि बोलाई। पूजा र म मात्रा जाने भयौँ। सुशिलले मिल्दैन भनिसकेको थ्यो। कालोपुल चोक बाट सफा टेम्पो चड्ने गरेका थियौँ। त्यो दिन त मरे काटे आउँदै आएन सफा टेम्पो नै। बाटोमा कुरेको आधा घण्टा नै हुन आटिसक्यो। कालो टेम्पो चै फाला फाल फेरी। अझ हाम्रो अगाडि आएर "ओ दिदिहरु कहाँ जाने हो" भन्दै सोध्ने। त्यस्तो जुङे मुठे हरुले अझ दिदी रे। पूजा चै हिड बरु यस्मै जाउ भन्न थाली। घाममा कुर्दा कुर्दा दिमाग पनि तातिसकेको थ्यो। पैसा को अनिकाल लागेको बेलामा दुई जना सँग गरेर जम्मा ४८ रुपया रहेछ। तेस्ले त टुडिखेल घुमाउदैमा सिध्याउछ, वान वे भनेर सिधा फेरी कहाँ लग्थे र? पूजा चै ह्या हिड जहाँ सम्म पुगिन्छ जाउ अनी ठ्यक्क ४८ भएपछी ओर्लिउ भनि।  अरु उपाए पनि थिएन। सुरुमै ५ रुपया त टेम्पो को मिटर मा चडेकै हुने, दुई मिनट पनि अगाडि गएको छैन जम्मा ३ रुपया हानेको थ्यो टेम्पो बिग्रियो। चालक ओर्लेर बनाउन थाल्यो हामीलाई ढिलो भईसकेको। अनी हामीले दाई ल भयो हामी जती चडेको छ  दिन्छौ अनी अर्कोमा जान्छौ हामीलाई ढिलो भईसक्यो भनेर पूजाले मेरो पैसा पनि लिई र ३ रुपया दीइ। चालक त ८ रुपया पो माग्छ। टेम्पो जम्मा १० पाइला पनि अगाडि बढाएको थिएन होला चडेदेखी।

"ओ दाई हामीलाई ठग्न खोजेको, थोत्त्रो टेम्पो आफु चलाऊछ अझ बसेको भाडा लिने? लिने भए खुरुक्क ३ रुपया लिउ नभए त्यो पनि पाउदैनौ"---पुजा सन्किन थाली। ड्रैभरले झन के छोड्थ्यो र। झन मुखै पो छोडेर कराउन थाल्यो। 
 
यस्तो ठग झारपात सँग पनि को कुरा गर्छ भनेर पूजा त लुइ लुइ हिडि। म पनि के गर्ने? चुप लागेर हिंडेको, त्यो ड्रैभर ले म अली झगडा गर्न नस्क्ने देख्यो कि डराएको देख्यो कुन्नी, उ त च्याप्प मेरो हात समातेर "ल जा त पैसा नतिरी " भनेर छोड्दै छोडेन। अब ८ रुपया नै भए पनि तिर्नु पर्‍यो भनेर  हेरेको त सबै पैसा पूजा सँग रहेछ, तेइ अघी तिर्ने बेलामा तेस्ले सबै पैसा लिएकी थिई। त्यो बुढो ड्राइभर ले हात भाँचौला नै झै गरेर समातेको छ छोड्ने होइन। फेरी त्यही कालोपुल टोल कसैले देखेर चिने भने अर्को बेज्जेत। पूजा छिटो तिर पैसा यस्ले मलाई छोडेन भनेको त, "तेस्ता ठग बुढोलाई लात्ताले हानेर अइजो, म ३ रुपया बाहेक त अरु ज्यान जाला दिन्न। तेस्ले के सम्झेको छ" भनेर उल्टो कराउछे। चुप लाग्दा त हात नै भाचौला जसरी समातेको थ्यो, लात्ताले हनेको भएत खुट्टै भँचिदिन्थ्यो होला। 
 
पसलको मान्छेहरु को केही काम छैन रमिता हेर्न बाहिर निस्के। पूजा त कहाँ हो कहाँ, गई त्यो त मलाई छोडेर। टेम्पो ड्राइभर आफ्नो टेम्पो नबनाएर उल्टो मलाई समातेर बसेको छ। एक्मन ले त हात सात टोकेर भाग्छु भनेर पनि सोचेँ तर सांच्चिकै गर्नु पर्दा त कहाँ बाट आट आउनु? अनुहार नुन खाएको कुखुरा जस्तो भईसकेको थ्यो। अनी तेस्लाई अली नरम भएर दाई मेरो घर नजिकै छ ल हिंड्नुस् त्यहा जाउ अनी म पैसा दिन्छु, अहिले त म सँग केही पनि छैन भने। पहिले त बाउठिराथ्यो पछी मान्यो। घर पुगेँ। भन्ने त अब बाबालाई नै हो। भने। यो पाली त साच्चिकै रुन मन लाग्यो आफु कती कम्जोर भएको भएर। बाबाले माथि बाट १० रुपया फ्यकिदिनु भयो ड्राइभरलाई, अरु केही भन्नु भएन। चुपचाप कोठामा गएँ। कम्ता लाज लागेको थिएन त्यो बाटोको सिन सम्झेर देख्ने हरु पनि हाँसेर गएका थे।    
 
३० मिनेट जती पछी पुजे आइपुगी। म रिस ले चुर भएर बसेको ठाँउमा अझ आएर " हेर मलाई त तेरो एकदम माया लाग्यो, त्यस्तो नाथे ड्राइभर सँग आफ्नो हात छुटाउन नसक्ने ले १२ पछी अमेरिका जान्छु भनेर के भन्छेस? बरु भनेको मान बाबालाई भनेर एउटा मुस्तन्डे सँग बिहे गरेर बस नेपालमै, तेरो रक्षा त गर्छ कि" रे उ त उल्टो 
 
..........

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-22-08 3:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika Jeee...Malai Lekhna ko lagi prerit gareko ma dherai dherai aabhar prakt gare hai...awasya pani aafno experience lekhne kosis chittai garne chu....

 
Posted on 09-22-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा जुन सजिलो छ त्यसको ट्युसन पढ्ने रे!

हुन त त्यो बजियाको हात सात टोकेर भाग्या भए नि हुने रहेछ, तर ठिकै गर्यौ। अनि पूजा फर्किएपछि रिसाएनौ त ऊ संग?

कस्तो रमाइलो रेछ लास्टमा परियो पढ्नेमा!

निर्दोष लेखाई कति ठाउँमा जस्ताको तस्तै लेखेको क्या!


 
Posted on 09-22-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, धेरै दिन पछी रमाइलो अनी हास्यब्यङ ले भरिपूर्ण कथा लिएर आएछौ। ""चोर का हजार दाउ, पूजा का त झन लाख"  " - आखिर पूजा त पूजा नै हो, पुजा को बर्णन गर्न त हजार जिब्रो भएको शेशनागलाई पनि गारो पर्ला। यसरी धेरै दिन बेपत्ता हुनु भएन है, बेला बेला मा कथाहरु पढ्न पाइयोस।

 
Posted on 09-22-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफाडी कान्छा
 
फुच्चे, पूजा अहिले नेपाल मा नै छे तर दसैं पछी फर्किन्छे। 
 
म पनि लेखाइ को प्रतिक्षा मा छु है त।
 
माइला दाई यो भन्दा निर्दोष लेखाई त के होला र? जे भएको थ्यो त्यही नै एक एक सिन सम्झिदै लेखेपछी।
खास त्यो ड्राइवरलाई रिस उठेको चै टेम्पो बिग्रेको बेलामा झन पैसा पनि कम दिन लागेको देखेर होला, रिसाउनु स्वोभाबिक पनि थ्यो होला तर मलाई रिस उठेको चै पूजा त्यही हुँदा पनि उस्लाई केही नगरेर मलाई चै समातेर बसेको देखेर।
पुजे सँग त म रिसाएर के साध्य लाग्ने माइला दाई? तेस्ता रिस त उस्ले हाँसेर नै उडाइदिन्थी। उल्टो मलाई स्याल भन्दै थि त्यो बेला मा त।
 
नेप्चु, बेपत्ता को कुरा तिमीले गर्ने, कस्तो सुहाएको नि आफु चै कुन दुलोमा पसेको हो भनत। अब त खोज्नै पर्ने बेला हुन आटिसक्यो
 
धन्यवाद!

 
Posted on 09-22-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chhyaa craZ ko mustandey ta kati naramro rahecha  

४८ रुपया रहेछ। तेस्ले त टुडिखेल घुमाउदैमा सिध्याउछ---ho bhanya, ma ta jamal mai utrera hinthey, tyo tundikhel parikrama gardai meter ma paisa chadeko herna kamta lobh laghteyna. dipu timro katha feri padhera hasiyo la aja pani :)


 
Posted on 09-22-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा जमलमै उत्रेर हिँड्ने रे हामि त केशरमहलमै उत्रेर हिन्थेम्!


 
Posted on 09-22-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kesharmahal ma utrena bhaey tempo kina chadnu ni, ghar batai kina nahinya ?  -- ki momo khane paiso bachaeyko birkheba le? hehe


 
Posted on 09-22-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 sisu mare ma huna pani ho baru ghar batai hide bhaihalthyo ni maila dai,

"chhyaa craZ ko mustandey ta kati naramro rahecha  " 

हा हा हा सिसु हो त्यो टुडिखेल्को परीक्रमा त टेम्पो मा गर्दा मन कटक्कै खान्थ्यो। हामीले एक्चोटि चै त्यो मिटर को छेउ को धागो तान्यो भने पैसा चडदैन भनेर हात नै रातो हुने गरेर तानेर बसेको याद आयो। मरी मरी मिटर तानेर बसेको मिटर को पैसा पनि जतिके त्यती नै अनी एकदम कम हानेको थ्यो। अर्लिने बेला मा त ड्राइभर ले यो मिटर बिग्रेको छ त्यसैले जती ताने पनि हुनेवाल केही छैन रे, उस्ले त देखिरा रे छ ऐना बाट। 

Last edited: 22-Sep-08 01:12 PM

 
Posted on 09-22-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मम खाने पैसा बचाएको रे! (मनमनै: कसरि थाहा पाइन होलि मेरि बास्सै)

अर्को कुरा हाम्रो पालामा बिक्रम टेम्पो हुन्थ्यो, जमलमा उत्रन पर्यो भने केशरमहलमा ठटाउनु पर्थ्यो बल्ल जमल पुगेर रोकिन्थ्यो। टेम्पोको लास्टमा कोचिएर बस्न परेको बेलामा चाहिँ उत्रन पनि केशरमहलबाट जमल आउन लाग्ने समय जति लागथ्यो सबैको घुँडामा लात हान्दै उत्रन परेर हेहेहेहे!


 
Posted on 09-22-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मिटर बिग्रेको छ त्यसैले जती ताने पनि हुनेवाल केही छैन रे, उस्ले त देखिरा रे छ ऐना बाट। lau maryo   badmaas keti :) ani ke bhanyou timiharule,  "haina haina dai meter ko puchchar umreycha ani hereko"  bhani hola puje le haina :P  
 
Posted on 09-22-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बेलामा चै पुजे होइन सिसु ठुलो बाबाको छोरी र म थ्यौ। उ पनि अर्को नमुना हो हाम्रो खान्दान को नाम रोशन गर्ने त्यो तान्न सिकाउने पनि उही नै हो। उ चाइ आफु नगरने अरुलाई सिकाउने मा पर्थी उस्ले तान भनेर तान्ने चाइ म । पछी त अझ हासी हासी "मिटर बिग्रेको छ भनेर पहिले भन्नु पर्छ नि" रे  
 
Posted on 09-22-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालले भनिसके- निर्दोष लेखाई । मन पर्‍यो, माया लाग्यो ।

 

अनि मुस्तण्डे चाही कुनै दिन साझाका साईबर-गुण्डाहरुलाई गाली गर्न पर्‍यो भने प्रयोग गर्छु होला, कपिराईट पाम् ।

 

Nepe


 
Posted on 09-24-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe

नेपे दाई, हजुरको आँखा परेछ, खुशी लाग्यो। धन्यवाद! त्यो चालक सम्झ्यो भने तर मलाई पनि आफ्नो माया लाग्छ। सोझो भएर हेपेको देखेर :@

"साझाका साईबर-गुण्डाहरु"  

हुन्छ, जहाँ जहिले जसरी प्रयोग गरे पनि हुन्छ त्यो "मुस्तन्डे" शब्द, कपिराईट दिएँ 


 
Posted on 09-24-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका मैयाँ जि निकै राम्रो कथा/संस्मरण लेख्नु भएछ !
मैले पुजा र दिपिकामा एउटालाइ छान्नपर्दा सोझि दिपिकालाइ नै छान्थेँ होला !!

हरि ॐ तत्सत !!

लेखाइ जारि रहोस !


 
Posted on 09-24-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"नेत्र हेरन मैले त भनिन बाबालाई। बेक्कार बाबाले खोज्नु भएको मुस्तन्डे कस्तो पर्ने हो कस्तो जस्तो लाग्यो। बरु अली ठुलि हुन्छु अनी आँफै खोज्छु भनेर सोचेँ त्यो बेलामा त।"


आफ्नो लागि मुस्तन्डे भेट्टायौ त दीपू?


 
Posted on 09-24-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SateLite

sate, धेरै दिन पछी देखियो नि। सञ्चै? धेरै दिन पछी देखियो , खुशी लाग्यो।

chipledhunga

चिप्लु, मुस्तन्डे त खोजे पो भेटाउनु। भयो चाहिएन त्यस्तो त।


 
Posted on 09-24-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika ji,

ekdam ramro katha, ani tyo bhanda ramro presentation. 
one  crazy question
,  when did the story take place? this is because i dont know when ktm wiped off all those black-tempos (it took me some time to notice there were none on the streets )

 
Posted on 09-24-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepali man6e

धन्यवाद!! यो कथा त म आफु नै १२ मा पढ्ने बेलामा भएको हो, तर कालो टेम्पो त मैले 2006 मा नेपाल जाँदा सम्म पनि देखेकी थिएँ त


 
Posted on 09-24-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म २००७ को शुरुतिर जाँदा चाँही हटिसकेका थिए।  पहिले पहिले नेपाल जाँदा  ट्याक्सी चढ्नु परे nostalgic भएर मारुतीको सट्टा पाएसम्म टोयोटा नै चढ्थें, ती पनि आक्कल झुक्कल बाहेक देखिएनन्।  चढ्न त पाउँदै पाइएन काठमाडौंमा त। बरु पोखरा र बेनीतिर केही मौका मिल्यो।  
Last edited: 24-Sep-08 05:36 PM

 
Posted on 09-24-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो र रमाइलो लेख। एस्तो राम्रो लेख्ने खूबी भएकी दीपीका मैयालाई पाऊने मान्छे कस्तो भाग्यमानी होला है।  
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters